एमाले पार्टी भन्दा बढी एकल स्वामीत्वको कम्पनी: माधव नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

अध्यक्ष नेपालले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको र एमाले पार्टी भन्दा बढी एकल स्वामीत्वको कम्पनी जस्तो भएको टिप्पणी गरेका छन् । ।

बिहीबार एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै नेता नेपालले केपी ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको र अब औपचारिक दिन हेर्नमात्रै बाँकी रहेको टिप्पणी गरेका छन् ।

नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताए ।

उनले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको धारणा राखे ।

क्याविनेटले आज पूर्णता पाउँछ सकेसम्म आजै सपथ ग्रहण हुन्छ: प्रचण्ड

काठमाडौं –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मक्याविनेटले पूर्णता पाउने र सपथ ग्रहण हुने बताएका छन् ।

बिहीबार राजधानीमा एक सञ्चार माध्यमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । अध्यक्ष दाहालले भने “मन्त्रिपरिषद्ले आज पूर्णता पाउछ र उस्तै परे आजै मन्त्रीहरुले सपथ लिने छन् ।”

आफूले समावेशिता, समानुपातिकता र हिजोको राज्यद्वारा विभेदमा पारिएका सबै वर्ग समुदायलाई अगाडि ल्याउन लगातार कोसिस गरिरहेको भन्दै दाहालले भर्खरै पार्टी कमिटीमा ३५ प्रतिशत महिला प्रतिनिधित्वको निर्णय भएको सुनाए । ‘संविधानमा ३३ प्रतिशत छ । हामी ३५ पुर्‍याउनेमा छौं,’ उनले भने ।

दाहालले क्याविनेटमा आफ्नो पार्टीबाट ५० प्रतिशत महिला पुर्‍याएको पनि बताए । मधेसी, जनजाति, दलितलाई समेट्ने प्रयास गरिएको उनको भनाइ थियो ।

दाहालले सामाजिक रुपान्तरणका लागि जनमत ठूलो कुरा भएको भन्दै श्रमजीवी जनताको पक्षमा जनमत निर्माण गर्न सुझाए ।

भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने अध्यक्ष नेपालको घोषणा

भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने अध्यक्ष नेपालको घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको हो ।

नेकपा (एमाले) परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)मा आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने निर्णय भएको छ ।

बिहीबार जोशीे एमाले केन्द्रीय सदस्यबाट राजीमा दिएर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

उनलाई स्वागत गर्दै अध्यक्ष माधवकुमार नेपालले एमालेका अरु नेता कार्यक्रता पनि आफूले नेतृत्व गरेको पार्टीमा आउने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट आदर्शबाट च्युत भइसकेको, राष्ट्रियताको मामिलामा आत्मसपर्णवादको नीति लिएको उनको दाबी छ ।

उनले जोशीलाई पार्टीमा स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका हुन् ।

भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने अध्यक्ष नेपालको घोषणा

नेता भानुभक्त जोशी एमालेबाट एकीकृत समाजवादीमा प्रवेश

नेता भानुभक्त जोशी एमालेबाट एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं –नेकपा एमालेका नेताले नेकपा एकीकृत समाजवादीमा पार्टी प्रवेश गरेका छन् ।

नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन् ।

अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा स्वागत गरेका छन् ।

एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेर नेता जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले बताए ।

जोशीले पार्टी प्रवेश कार्यक्रममा इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट लाग्ने बताएका छन् ।

नेता भानुभक्त जोशी एमालेबाट एकीकृत समाजवादीमा प्रवेश

भक्तपुरका शक्तिपीठमा बिहानैदेखि मेला

घटस्थापनाका दिन आज यहाँका विभिन्न शक्तिपीठमा बिहानैदेखि मेला लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

ब्रह्मायणी नदीमा स्नान गर्ने र मन्दिरमा दर्शन एवं पूजा गर्नेको भीड लागेको हो । यहाँका नौवटा शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ ।

भक्तपुर नगरपालिकाले यस वर्ष पनि कोरोनाको जोखिम बढेकाले शक्ति पीठमा भीड तथा मेला नगर्न र सामान्य पूजामा सीमित गर्न आव्हान गरे पनि शक्तिपीठमा भने बिहानैदेखि पूजा गर्ने तथा दर्शनार्थीको भीड लागेको छ ।

त्यसैगरी भक्तपुरमा आजै रातिदेखि नवरात्रि मेला पनि सुरु हुँदैन छ। घटस्थापनाका दिनबाट सुरु हुने मेलाले यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्दछ ।

रातको समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर पूजा गर्ने परम्परा छ ।

नवरात्रि मेलामा पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीका दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ ।

नवमीका दिन राती महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचण्लन छ ।

नवमीका दिन रातिभरि र दशमीका दिन ब्रह्मायणीमा हजारौको भीडमा मेला भर्ने गरिन्छ ।

सवारी दुर्घटनामा दुईको मृत्यु

इटहरी-सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला–२ का २० वर्षीय विभिषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुवै जना गम्भीर घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ । ट्रक र चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–९ का ३१ वर्षीय अर्जुन गिरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

आज नवरात्रको पहिलो दिन घरघरमा विधिपूर्वक घटस्थापना गरिँदै

काठमाडौं-दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिँदै छ ।

प्रत्येक वर्ष असोज शुक्ल प्रतिपदादेखि असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन दशैंको जमरा राख्ने गरिन्छ ।

नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोप्ने चलन छ ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।

जमरामा जौबाहेक मकै जस्ता अरु अन्न पनि रोप्ने चलन छ । जमरालाई आयुर्वेदिक औषधिको रुपमा समेत लिइन्छ ।

विधिपूर्वक घट अर्थात् घडा राखी त्यसमाथि शक्तिस्वरुपा दुर्गाको पूजाराधना गरी आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा देवीको प्रसाद ग्रहण गरिन्छ ।

दशैंमा देवीका विभिन्न रुपहरुको पुजा गर्ने चलन छ । दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजाराधना गरिन्छ ।

महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

यस अवसरमा देशभरका शक्तिपीठमा पूजाराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकमा जनगणना गर्न माग

अनेरास्ववियुले कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीको क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज विज्ञप्ति जारी गर्दै चुच्चे नक्शामा समेटिएको दार्चुला जिल्लामा पर्ने महाकाली पारीका गाउँ कालापानी, लिम्पियाधुरा र लिपुलेक वरिपरीका क्षेत्रमा राष्ट्रिय जनगणनामा गणना गर्न माग गर्नुभयो ।

विज्ञप्तिमा भनिएको छ, “जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि पर्याप्त सुरक्षा चुनौती भएकाले सरकारले तत्काल दुई पक्षीय कूटनीतिक वार्तामार्फत समस्याको समाधान गरी जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्ने गरी नेपाली बस्ती र नेपाली नागरिकको सूचीकरण गर्न सुपरिक्षक पठाउन जोडदार माग गर्दछौं ।” १२ औँ राष्ट्रिय जनगणना आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुँदैछ ।

सुचना तथा सञ्चार प्रबिधिको क्षेत्रमा के गर्दै छ नेपाल दुरसञ्चार प्राधिकरण ?

सुचना तथा सञ्चार प्रबिधिको क्षेत्रमा के गर्दै छ नेपाल दुरसञ्चार प्राधिकरण ?

काठमाडौँ-दूरसञ्चार सेवा प्रदायकबाट लिइने दुई प्रतिशत रकमले ग्रामीण क्षेत्रको सूचना प्रविधिको विकासमा लगानी गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले बताउनु भएको छ ।

तराई बिकाश तथा सञ्चार केन्द्रले काठमाडौँमा आयोजना गरेको एक अन्तक्रिया कार्यक्रममा उहाले उक्त कुरा बताउनु भएको हो ।

निर्देशक अर्यालले नेपाल दूरसञ्चार प्राधिकरणले अहिले २०७६ साल कात्तिक ५ गते डिजिटल फ्रेमवर्क नेपाल जारी भएपछि सुचना तथा सञ्चार प्रबिधीको क्षेत्रमा त्यसैलाई आधार मानेर बिभिन्न कार्य गरिरहेको जानाउनु भएको छ ।

उहाँले फ्रेमवर्क कार्यान्वयन गर्न मन्त्रालयले संयन्त्र बनाउने विषयमा छलफल गरिरहेको अबस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले पनि डिजिटल फ्रेमवर्कलाईनै आधार मानेर कार्यहरु सञ्चालन गर्ने तयारी पनि गरिरहेको बताउनु भयो।

दूरसञ्चार सेवा प्रदायकबाट लिइने दुई प्रतिशत रकमले ग्रामीण क्षेत्रको सूचना प्रविधिको विकासमा लगानी गर्न लागिएको जानकारी उहाले दिनुभयो ।

अर्यालले दुरसञ्चार प्राधिकरणमा सेवा प्रदायक कम्पनीहरुको वार्षिक आयको २ प्रतिशत रकम जम्मा हुने रकम प्रयोग गरेर पूर्वाधार निर्माण गर्ने र दुरदराजका मानिसहरुमा समेत सहज र सुलभ रुपमा इन्टरनेट प्रदायक सेवा पुर्‍याउनका लागि ग्रामीण दुरसञ्चार विकास कोषको कार्यान्वयन गर्नका लागि दुरसञ्चार प्राधिकरण लागिपरेको बताउनुभयो ।

त्यसैगरी ब्रोडव्याण्ड इन्टरनेट सेवालाई प्रभावकारी बनाउनका लागि प्राधिकरणले १८ वटा आयोजनाहरु पहिचान गरी त्यसको कार्यान्वयनका चरणमा अगाडि बढेको उहाले बताउनुभयो ।

अर्यालले ती आयोजनाहरुको ९२ प्रतिशत भौतिक प्रगति भईसकेको जानकारी गराउनुभयो अर्कोतर्फ मध्यपहाडी लोकमार्ग भएर देशभरका ७७ वटै जिल्लामा उच्च क्षमताको सूचना प्रविधिमा आधारित सूचना महामार्ग निर्माण गरी सबै सेवाग्राहीहरुको पहुँचमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउने कार्यलाई नेपाल दुरसञ्चार प्राधिकरणले विशेष प्राथमिकता दिएको बताउनुभयो ।

सुचना तथा सञ्चार प्रबिधिको क्षेत्रमा के गर्दै छ नेपाल दुरसञ्चार प्राधिकरण ?

२ सय १९ मोटरसाइकल नियन्त्रणमा

२ सय १९ मोटरसाइकल नियन्त्रणमा

ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाएका २१९ मोटरसाइकल नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट नम्बर प्लेट स्पष्ट नलेखिएका १६५ र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, ‘अनटेस्ट’, अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका र नम्बर प्लेट ढाकिएका मोटरसाइकल विरुद्ध विशेष अभियान सञ्चालन गरेको जानकारी दिएका छन ।

विशेषगरी नयाँ ‘अनटेस्ट’ र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाइकलले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेकाले यस्ता मोटरसाइकललाई कारबाहीको दायरामा ल्याएको महाशाखा उनले बताए ।

ट्राफिक नियम उलङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुनसक्ने चोरी लुटपाटलगायतका आपाराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाइ छ ।

त्यस्ता तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले ५०० देखी एक हजार ५०० रूपैँयासम्म जरिवाना गर्दै आएको छ ।

२ सय १९ मोटरसाइकल नियन्त्रणमा

आयल निगम घाटामा: मुल्य घटाउन र निगमलाई बचाउन सरकारले मात्र सक्ने

आयल निगम घाटामा: मुल्य घटाउन र निगमलाई बचाउन सरकारले मात्र सक्ने

काठमाडौँ-विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि भईरहेको अबस्थामा अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुँदा आयल निगम संकटतर्फ अगाडि बढेको छ ।

६ बर्षपछी पहिलोपटक आयल निगम घाटामा गएको निगमका उपकार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनु भएको छ ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले निगम घाटामा गएकावारे जानकारी दिनु भएको हो ।

उहाँको भनाईलाई नेपाल सरकारको सर्बोच्च निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता समेत रहनुभएका सहसचिव कृष्णबहादुर राउतले गम्भीरतापूर्वक लिनुभएको थियो ।

यससँगै आयल निगमको समस्याप्रति सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएर जनतालाई राहत तथा आयल निगमलाइ पनि बचाउने तर्फ केही न केही सम्बोधन गर्ला भन्ने आशा लिन सकिन्छ ।

नेपाल आयल निगमले आफूँ घाटा मै रहेर पनि गुणस्तरीय पेट्रोलियम पदार्थ र ग्याँसको आपूर्तिमा भने कमी नगरेको निगमका उपकार्यकारी निर्देशक सुशील भट्टराईले बताउनु भएको छ ।

विगतमा तेलको मूल्य घटबढ हुँदा बजारमा तेलको अभाव हुने, तेलमा मिसावट र कालाबजारी हुने जस्ता उपभोक्ता हित विपरितका कार्यमा भने न्यूनीकरण गरिएको कार्यक्रममा भट्टराईले जानकारी दिनुभयो।

नेपाल आयल निगमको अनवरत प्रयासले गर्दा बजारमा तेलका अभाव हुन नपाएको निगमका उपकार्यकारी निर्देशक सुशील भट्टराई दावी गर्नु भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यबृद्धिसँगै आपूर्तिमा असहज स्थिति सिर्जना नहोस् भनेर नेपाल सरकारले चाँडो भन्दा चाँडो आयल निगमको घाटा ब्यबस्थापन गर्नु पर्ने देखिएको छ ।

सरकारले ‘सर्प पनि मरोस् लठ्ठी पनि नभाँचियोस्’ भन्ने नीति अवलम्बन गर्दै पेट्रोलियम पदार्थमा विभिन्न शिर्षकमा उठाउँदै आएको करमा छुट दिएको खण्डमा बजारमा तेलको आपूर्ति तथा मुल्यपनि कमभएर जनतालाई राहत हुने र आयल निगम पनि संकटबाट बच्ने देखिन्छ ।

आयल निगम घाटामा: मुल्य घटाउन र निगमलाई बचाउन सरकारले मात्र सक्ने

मध्य भोटेकोशीको ९० लाख कित्ता शेयरको बिक्री खुला

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले कूल रु ९० करोड बराबरको रु एक सय अङ्कित मूल्यका ९० लाख कित्ता शेयर आजदेखि निष्कासनमा ल्याएको हो ।

निष्कासन गरिने कूल ९० लाख कित्ता शेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिशेयर रु एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा माग बमोजिम आवेदन नआए ढिलोमा आगामी कात्तिक ३ सम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित लागत करिब रु १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ हुने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल रहेका छन् ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारी, संस्थापक शेयरधनी संस्थाका कर्मचारी र आयोजना प्रभावित तथा सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि गरिएको निष्कासनमा आवेदन दिई बाँडफाँटमा परेका शेयरधनीले यस निष्कासनमा पुनः आवेदन दिएमा आवेदन रद्द हुने उल्लेख गरेको छ ।

निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो विश्वास छ: प्रधानमन्त्री

निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो विश्वास छ: प्रधानमन्त्री

निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता नगर्नेमा आफ्नो विश्वास रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्रीले उक्त भनाई ब्यक्त गरेका हुन् ।

देउवाले निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिनुको साथै दण्डहीनता अन्त्य गर्ने बताउदै प्रहरीकालाई निष्पक्ष अनुसन्धान तर्फ जोड दिएका हुन् ।

कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीमा संक्रमण फैलिन नदिन प्रहरीले गरेको योगदानको प्रशंसा गरेका छन् ।

देउवाले अपराधका नयाँ शैलीप्रति प्रहरी चनाखो हुन जरुरी रहेको भन्दै प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउने बताए ।

कार्यक्रमलाई संवोधन गर्दै देउवाले प्रहरी कर्मचारीहरु परिस्थितिको पर्वाह नगरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनका खटिने विश्वास लिएको बताएका छन्।

प्रधानमन्त्रीले सरकार अमर प्रहरीका परिवारको साथमा रहेको बताएका छन् ।

निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता गर्दैन भन्ने मेरो विश्वास छ: प्रधानमन्त्री

दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन

असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ ।

बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवङ्गत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज मैथिल परम्पराअनुसार जिल्लाका धार्मिकस्थल र पवित्र जलासय एकाबिहानै भरिभराउ छन् ।

पितृपक्षमा धार्मिकस्थलमा पितृलाई तर्पण र पिण्ड दिने हिन्दू मैथिल परम्परा छ । यसै परम्परालाई थाम्दै आज हिन्दू मैथिलले महोत्तरीका धार्मिक महत्वका जलाशय र धार्मिकस्थलमा तर्पण तथा पिण्ड दिएर १५ दिने पितृपक्ष विसर्जन गर्न लागेका हुन् ।

यस अवसरमा जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव मन्दिर, पुरन्दर, वरुण र भार्गव सर ९तलाउ० तथा जिल्लाकै मटिहानीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा पितृ तर्पण दिनेहरु भरिभराउ छन् ।

यसबाहेक बलवा नगरपालिकाको ध्रुवकुण्ड, भङ्गाहा नगरपालिकाको सिद्धनाथस्थान, बर्दिबास नगरपालिकाभित्रका टुटेश्वरनाथ महादेव मन्दिर, राईमण्डल धार्मिक क्षेत्र र रातु, मरहा, जङ्घा एवं बाँके नदी किनारमा श्रद्धालुहरुको जमघट देखिएको छ ।

पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने मैथिल–हिन्दू जनविश्वास छ । यजमान (श्राद्ध गर्ने कर्ता) को भीड बढेसँगै पुरोहित (कर्मकाण्डी ब्राह्मण)लाई पनि भ्याइनभ्याइ परेको छ ।

कर्तापिच्छे गोत्र, नाउँ र पितृको फरक–फरक सङ्कल्प पढ्नु र कर्तालाई अह्राइरहनुपरेको पुरोहित बताउँछन् ।

मिथिलामा असोज कृष्णपक्षका १५ तिथिभित्र १६ तिथि (पूर्णिमा तिथिको श्राद्ध असोज कृष्ण प्रतिपदा वा औँसीका दिन गरिनेसमेत १६) का श्राद्ध गरिने भएकाले यसलाई ‘सोलहसराद’ (सोह्रश्राद्ध) पनि भन्ने गरिन्छ ।

पूर्णिमा तिथिको पार्वण श्राद्ध पनि औँसीका दिन गरिने भएकाले पक्ष १५ दिनकै भए पनि श्राद्धचाहिँ १६ तिथिका हुने भएकाले यो पक्षलाई ‘सोलहसराद’ भन्ने गरिएको बर्दिवास–२ का कर्मकाण्डी ब्राह्मण (पुरोहित) महेशकुमार झा बताउनुहुन्छ ।

दशैँ, तिहार र छठजस्ता महान् चाडवाडअघि पितृलाई तृप्त गर्न एउटा पक्षभरि नै तर्पण र पिण्डदान गरेर श्राद्ध गर्ने परम्परा चलेको हिन्दू परम्पराको कर्मकाण्डका ज्ञाता बताउँछन् ।

वर्षका अन्य बेला गरिने शुभकार्य (विवाह, व्रतबन्ध, यज्ञयज्ञादि) अघि नान्यमुखी श्राद्ध गरेर कार्य निर्विघ्न सम्पन्न होस् भन्ने गरिने कामनाजस्तै दशैँ, तिहार र छठपर्वको मुखमा पितृहरुलाई तृप्त गर्न एकपक्ष नै छुट्याइएको हुनसक्ने अर्का कर्मकाण्डी ब्र्राह्मण जिल्लाकै भङ्गाहा नगरपालिका–४ का बासिन्दा भरतराज बरालको भनाइ छ ।

हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक ९पृथ्वी० झर्ने भएकाले आफ्ना सन्तानले यसपक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ । पितृपक्ष विसर्जनसँगै अब बडादशैँ पर्वको चहलपहल सुरु भएको देखिँदो छ ।

सांसदहरुले यस वर्षको दशैं भत्ता नपाउने

सांसदहरुले यस वर्षको दशैं भत्ता नपाउने

काठमाडौँ । यसवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले दशैं भत्ता नपाउने भएका छन् ।

बिगतदेखि संघीय सांसदका लागि दिँदै आएको दशैँ भत्ता यस पटक काटिएको हो ।

संघीय संसद सचिवालय लेखा शाखाले असोज महिनाको तलब मात्रै खातामा राखिदिएको जनाएको छ ।

दशै भत्ता खातामा नआएपछि केही सांसदहरुले सचिवालयमै आएर आक्रोश समेत व्यक्त गरेका छन् ।

गत वर्ष दशैं भत्ता दिँदा विवाद भएको र यस वर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैं भत्ता नदिएको संसद सचिवालयका प्रमुख लेखा अधिकृत बसन्त सिग्देलले जानकारी दिए ।

बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँदै आएका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन् भने राष्ट्रिय सभामा ५९ जना सांसद रहेका छन् ।

संघीय सांसदहरुका लागि प्रतिमहिना २ करोड ९८ लाख ४६ हजार र सांसदका निजी सचिवका लागि १ करोड ४३ लाख ७४ हजार खर्च हुने गरेको छ ।

सांसदहरुले यस वर्षको दशैं भत्ता नपाउने