जसपाको भागमा परेका यी हुन् चार मन्त्रालय

काठमाडौँ । सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालले चार मन्त्रालय पाउने भएको छ। समाजवादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको हो ।

मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको औपचारिक जानकारी गराएका हुन्।

सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेतासमेत रहेका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राजकिशोर यादवले बताए।

त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ।

नेता यादवले भने, ‘आज बिहान सत्तारुढ दलको बैठकले बालुवाटारमा जुन मन्त्रालयको भागबण्डा गरेको छ, त्यसको बारेमा अध्यक्षले बैठकलाई जानकारी गराउनु भयो। हाम्रो भागमा चार वटा मन्त्रालय आएको कुरा जानकारी गराइयो। सबैलाई मन्त्री बनाउन त सकिँदैन। त्यसैले अब तपाईंहरुले आफ्नो आफ्नो कुरा राख्नुस्, कसरी लाँदा राम्रो हुन्छ रु भन्ने कुरा भयो। पार्टीले पनि अब मन्त्रालयको कुरा यसरी बैठक बसेर टुंगिने विषय होइन भनेको छ। तपाईंले पार्टीको हितमा सबै प्रकारणको क्षत्रीयता, जातीयता, लिंगिकता, मूल्यांकन र क्षमताको आधारमा निर्णय गर्नुहोस्। त्यो निर्णय हामी स्वीकार गर्छौँ भनेर पार्टी अध्यक्षलाई त्यसको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरिएको छ।’

जनता समाजवादी पार्टी, नेपालका २१ जना सांसदहरु रहेका छन्। सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएको हो। अब दलहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रिपरिषदले पूर्णता पाउनेछ।

विज्ञापनमा कर्मचारीले अत्याधिक कमिशन लिने कार्यको अन्त्य गर्नुपर्छ

सङ्घीय तथा प्रदेश कार्यालयबाट प्रदेशस्तीय सञ्चार माध्यममा वितरण गरिने विज्ञापनमा कर्मचारीले अत्याधिक कमिशन लिने कार्यको अन्त्य गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित सूचना तथा सञ्चारसँग सम्बन्धित सरोकारवाला व्यक्तिसँग अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीले मन्त्रालयले पत्रकारको वृत्ति विकासका लागि आवश्यक कानुन निर्माण गरी कार्य गर्न आग्रह गरेका छन् ।

आन्तरिक मामिला तथा कानून राज्यमन्त्री लिलावल्लभ अधिकारीले जनताप्रति उत्तरदायित्व बनाउन सञ्चारकर्मीले स्वस्थ्य रुपमा आलोचना गर्न आग्रह गर्नुभयो ।

उहाँले सञ्चार क्षेत्रलाई मजवुत र मन्त्रालयको कामलाई पारदर्शी बनाउन महासङ्घसँगको सहकार्यमा आवश्यक कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विज्ञापनको कमिशनलाई अन्त्य गर्न सञ्चार गृहलाई सोझै विज्ञापन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रादेशिक सञ्चार प्रतिष्ठानका निर्देशक यज्ञ शर्माले कार्यपत्र प्रस्तुत गर्दै कोरोनाबाट ज्यान गुमाएका दुई सञ्चारकर्मीलाई रु ५०-५० हजार तथा कोरोना सङ्क्रमित सात जनालाई रु २५ हजारका दरले सहयोग उपलब्ध गराएको सो अवसरमा जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ प्रदेश १ का सभापति लिलावल्लभ घिमिरेले पत्रकारका समस्या र यसका समाधान विषयक कार्यपत्र प्रस्तुत गर्दै ३० दैनिक, ११० एफ एम, ५८ साप्ताहिक पत्रपत्रिका, २०० अनलाइन, सात टेलिभिजन र एक हजार ६१० पत्रकार कार्यरत रहेको जानकारी दिनुभयो ।

मन्त्रालयका उपसचिव कमल थापा, वरिष्ठ पत्रकार मोहन भण्डारी, प्रदेश पत्रकार महासङ्घका निर्वतमान सभापति विक्रम लुईँटेल, मोरङका सभापति सञ्जिव खनाल, सञ्चारिका समूह प्रदेश १ का अध्यक्ष इन्दिरा भट्टराई र अनन्त न्यौपानेले श्रमजीवी पत्रकारलाई सूचनामा पहुँच सहज बनाउन मन्त्रालयले आवश्यक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तरक्रियामा मोरङ जिल्लामा कार्यरत विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारको सहभागिता थियो ।

गठबन्धनमा मन्त्रालय बाँडफाँडमा सहमति : छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँने

काठमाडौं-सत्तागठबन्धनमा रहेका पाँच दली बिच मन्त्रालय बाँडफाँडको बिषयमा सहमति भएको छ।

आज बालुवाटारमा दुईपटक सम्म चलेको शीर्ष नेताहरूको गहन छलफलमा मन्त्रालय बाँडफाँडको बिषयको अन्तिम टुंगो लागेको छ ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलले मन्त्रालयको भागबण्डा मिलाएको बताएका छन्।

कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्रालय लिने , माओवादी र नेकपा समाजवादीले ५-५ मन्त्रालय पाउने भएका छन्। त्यस्तै जसपाले पनि ५ वटा मन्त्रालय पाउने भएको छ ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए।

‘शीर्ष नेताहरूबीच मन्त्रालयबारे भने सहमति भइरहेको जनाइएको छ । आज सहमती जुट्ने सम्भाबना लगभग पक्का भएकाले अब छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँने बताइएको छ ।

कांग्रेसले सञ्चार र महिला बालबालिका मन्त्रालय, एकीकृत (समाजवादी)ले रक्षा, पर्यटन तथा नागरिक, उद्योग बाणिज्य आपूर्ति, शहरी विकास र युवा तथा खेलकुद लिने भएको छ भने जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, संघीय मामिला, वन र श्रम मन्त्रालय पाउने सहमति बनेको छ।

गठबन्धनमा रहेका सबैको नेताहरूबीच शक्तिशाली र स्रोत बढी परिचालन गर्न पाउने मन्त्रालयमा दाबी रहेपछि कुरा मिल्न सकेको थिएन। यस बिचमा नेपाली कांग्रेस र माओवादीका तर्फबाट मात्र मन्त्री भएका थिए।

खोपकेको अध्यक्षमा चन्द्रकिशोर

खोपकेको अध्यक्षमा चन्द्रकिशोर

खोज पत्रकारिता केन्द्र (खोपके) को अध्यक्षमा पत्रकार चन्द्रकिशोर झा सर्वसम्मत चयन हुनुभएको छ ।

खोपकेको आज सम्पन्न साधारणसभाले चन्द्रकिशोरको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा पत्रकार निर्मला शर्मा, महासचिवमा रामजी दाहाल र कोषाध्यक्षमा रामेश्वर बोहरालाई चयन गरिएको छ ।

त्यसैगरी थप दुई सदस्य पछि मनोनयन गर्ने गरी पत्रकार हरिबहादुर थापा, लक्ष्मी बस्नेत र राजाराम गौतमलाई सदस्यमा चयन गरिएको छ ।

खोपकेको अध्यक्षमा चन्द्रकिशोर

इन्टरनेट सेवा प्रदायकको तार काट्नुमा यस्तो छ कुलमानको भनाई

नेपाल बिद्युत प्राधिकरणले बिजुलीको खम्बा प्रयोग गरेवापत शुल्क नबुझाएका इन्टरनेट सेवा प्रदायकको तार काटेको बिषय अहिले सर्वत्र चर्चाको बिषय बनेको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तर काट्ने बिषयलाइ त्यती ठुलो रोइलो गर्नु नपर्ने बताएका छन् ।

उनले प्रधिकरणको यस निर्णय सर्वसाधारणको हितमै रहेको बताएका छन् ।

निर्देशक कुलमान घिसिङले इन्टरनेट सेवा प्रदायकहरुलाई पोलभाडा दर बढाउनुको औचित्य प्रष्टाउदै ।

पूर्वाधार प्रयोग गरे तार काट्ने चेतावनी दिँदै प्राधिकरण सूचना निकाले पछि सेवा प्रदायकहरु भाडादरमा असन्तुष्ट हुँदै त्यसको विरोध गरिरहेका बेला घिसिङ्गले भाडा बढाउनुको कारण प्रष्ट पार्नुभएको हो ।

घिसिङले इन्टरनेट सेवा प्रदायकहरुलाई प्राधिकरणले पोलभाडा बढाएको नभइ यसअघि कुनै रेट नभएको स्पष्ट पार्नुभयो ।

प्राधिकरणले परिमार्जन गरेको पोलभाडालाई नै कारण बनाएर सेवा प्रदायकहरुले मूल्यवृद्धि गर्नेसम्मको तयारी गरेको आफुले सुनेको बताउँदै घिसिङले आफुहरु समन्वय गर्न तयार रहेको बताउनुभयो ।

‘नेपालमा हाम्रो जतिपनि ग्राहक छन् त्योमध्येमा आन्तरिक ग्राहक ५० लाख छ।

घरघरमा जहाविद्युत पुर्‍याएका छौं आन्तरिक ग्राहकको जनसंख्या करिब ९० प्रतिशत पर्छ । आन्तरिक ग्राहकहरुबाट हामीले वार्षिक ३० अर्ब रुपैयाँ पाउँछौं ।

बाँकी औद्योगिक तथा व्यापारिक ग्राहकहरुबाट गरेर प्राधिकरणले कुल ७० अर्ब रुपैयाँ उठाउँछौं,’ घिसिबले भन्नुभयो–’विद्युत भनेको ठूलो पूर्वाधार हो ।

हामीले सेवा प्रदायकहरुलाई भाडामा दिएको पोल तथा ओपीजीडब्लू केबलबाट प्राधिकरणले जम्मा २५ देखि ३० करोड रुपैयाँ उठाइरहेको हो ।’

आफुहरुले तोकेको भाडादर पैसा धेरै उठाउनका लागि नभएको भन्दै घिसिबले सहरको सौन्दर्य कायम गर्न सेवा प्रदायकहरुले पोल प्रयोग गर्दा सहप्रयोग गर्छन् भनेर गरेको जिकिर गर्नुभयो ।

‘सेवा प्रदायकहरुले सेयर गरेर तार तान्नु हुन्छ कि भनेर मूल्य तोकेका हौं । २४ कोरको तार तान्नु र १ कोर तान्नुको खर्च उही हो ।

२४ कोरको तार तान्यो भने धेरै सेवा प्रदायकहरुले सेयरिङ्ग गरेर एउटै तार सबैले प्रयोग गरेर तारको जालो शहरबाट बिस्तापित गर्लान भनेर राखेको हो,’ घिसिङले भन्नुभयो ।

४४ कोर वा ९६ कोर तार तान्यो भने आकार र बजनको हिसाबले एउटै हुने उहाँले बताउनुभयो ।

९६ कोर तार तानेर सबैले एउटै तार प्रयोग गरेमा अहिलेको भन्दा पनि सस्तो भाडादर सेवा प्रदायकहरुलाई पर्ने घिसिङले सम्झाए ।

अहिले हरेक पोलमा हरेक व्यक्तिले हरेक इन्टरनेट सेवा प्रदायकहरुले तार तान्ने गरेको बताउनुभयो ।

सेयर गर्ने वा बिग्रिएर, आगो लागेमा कुनै पनि सेवा प्रदायकहरुले तार नफेर्ने बरु अर्को नयाँ तार तान्ने प्रवृत्ति निर्मूल पार्न भाडादर कायम गरिएको घिसिङको भनाई थियो ।

घिसिङले आफुहरु सेवा प्रदायकहरुको तार काट्ने वा हटाउने पक्षमा नरहेको भन्दै सहकार्यमा समस्या समाधान गर्न तयार रहेको जानकारी दिनुभयो ।

देशभर करिब ९० प्रतिशत घरधुरीहरुमा विद्युतको ग्रीड पुगेको भन्दै उनले प्राधिकरणको पोल देशका अधिकांश घरहरुमा पुगेको र यो ठूलो पूर्वाधार भएको उहाँको भनाई थियो ।

इन्टरनेट, केबल टिभी, टेलिफोनलगायतका तारहरु प्राधिकरणकै पोल प्रयोग गरेर तानिरहेका छन् ।

देशभर यी सेवा विस्तारमा प्राधिकरणको पूर्वाधारले ठूलो सहयोग पुगेको र पोल नभएको भए यी सेवाहरुको विस्तार गर्न असम्भव रहेको तर्क घिसिङको छ ।

प्राधिकरणको पूर्वाधार नभएको भए अहिले सेवा प्रदायकहरुलाई फाइबरदेखि अन्य तार विस्तार गर्न निकै महँगो पर्ने दाबी उहाँको छ ।

६ जनाको हत्यामा संलग्नलाई थुनामा राख्न आदेश

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको हत्यामा संलग्न भएको आरोप लागेकालाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत सङ्खुवासभाले अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिनुभयो ।

मादी नगरपालिका–१ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको सूचना अधिकारी प्रसाईंले बताउनुभयो । अदालतले १७ वर्षीय नरेश कार्कीलाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको उहाँले बताउनुभयो ।

गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

‘तिमी बिना’ बोलको गीत बजारमा

काठमाडौँ-गायक अनेस्ट बोम्जनको ‘तिमी बिना’ बोलको गीत बजारमा आएको छ ।

गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

श्रीजना स्यङ्तानको शब्द, आर बि लामाको संगीत र संगीत संयोजन रहेको उक्त गीतलाई कर्साङ लामाले मिक्सिङ गरेका हुन ।

भिडियोलाई गंगाराम राइले छायांकन,सम्पादन र र कलर गरेका हुन ।

पूर्व सांसद इच्छाराज तामाङ पक्राउ

पूर्व सांसद इच्छाराज तामाङ पक्राउ

काठमाडौं-पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् ।

सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ ।

तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत र्फममा लगानी गरेको आरोप पनि छ ।

दसैमा अनुगमन तथा शान्ति सुरक्षा ब्यबस्थापनका लागी के गर्दै छ प्रधानमन्त्री कार्यलय ?

काठमाडौँ-दसैको बजार अनुगमन तथा शान्ति सुरक्षा ब्यबस्थापनमा प्रधानमन्त्री कार्यलयका सचिब कृष्ण बहादुर राउतले मुख्य सचिबको अध्यक्षतामा केन्द्रिय अनुगमन समिती गठन गरी कार्य अगाडी बढाउने कानुनी ब्यबस्था आधारमा कार्य अगाडी बढाईएको जानकारी दिनु भएको छ ।

काठमाडौँमा तराई बिकाश तथा सञ्चार केन्द्रले आयोजना गरेको बजार अनुगमन तथा शान्ति सुरक्षा ब्यबस्थापन बिषयक अन्तरक्रिया कार्यक्रममा उहाले प्रधानमन्त्री कार्यलयले गरेको कार्यबारे जानकारी दिनुभएको हो ।

उहाले मुख्य सचिबको अध्यक्षतामा गठन हुने केन्द्रिय अनुगमन समितीमा सबै मन्त्रालयका सचिव सदस्य रहने र सबै मन्त्रालयको समन्वयमा अनुगमन कार्य अगाडी बढाउने गरेको जानकारी दिनुभयो ।

केन्द्रिय अनुगमन समितीले गत भदौ मसान्तमा बैठम बसेर बजार, आवागमन सहजता, कोभिड प्रोटोकल लगायतका निर्णय गरी सबै मन्त्रालय मातहत निर्देशनात्मक आदेश पठाई सकिएको उहाले जानकारी दिनु भयोे ।

उक्त केन्द्रिय अनुगमन समितीको बैठकमा कार्य समिक्षा हुने गरेको जानकारी पनि सचिव राउतले दिनुभयो ।

सचिव राउतले राज्यका तिनै तहले अनुगमनकोकार्य बर्षभरीनै गर्नु पर्ने तथा चाडपर्वको वखत अत्याधिक आर्थिक कारोवार हुने गरेकाले सरकारको दायित्व कालोबजारी, महंगी, अखाध्य बस्तुको गुण अनुगमन गरी स्वस्थ बजारको स्थापना गर्ने लक्ष्यका साथ अनुगमनको कार्यमा प्रधानमन्त्रीकार्यले काम गरिरहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्यलयले प्रदेश सरकारलाई पनि अनुगमन तथा स्वस्थ बजार ब्यबस्थापनका लागी पत्राचारगरी जिम्मेवारी बोध गराएको पनी सचिव राउतले जानकारी दिनुभयो ।

त्यसै गरी यातायातको क्षेत्रमा समेत अनलाईन टिकेट काट्ने प्रबिधिलाई प्रोत्साहन गरेर टिकेटको कालोबजारी नियुनिकरण गरिएको उहाले जानकारी दिनुभयो ।

अहिले अनलाइन मार्फत हुने बस्तुको का रोवारमा फोटोमा देखाईएको बस्तु तथा उपभोक्ताले प्राप्त गर्ने बस्तुमा निकै फरक पाइएका र त्यस तर्फको अनुगमनका लागी समेत निर्देशन प्रधानमन्त्री कार्यलयले दिई सकेको उहाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्यलयका सचिब तथा प्रवक्ता कृष्ण बहादुर राउतल शान्ति सुरक्षाको सवालमा प्रधानमन्त्री कार्यलयले राज्यका सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी मार्फत शान्ति सुरक्षा कायम राख्न सादा पोसाकका प्रहरी तथा प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा बढाएको बताउनु भयो ।

सचिब राउतले भन्नुभयो प्रहरीले सिआरभी भ्यान, र्‍यापिड रस्पोन्स टिम लगायत बिभिन्न आपत्कालीन तथा नियमित शान्ति सुरक्षा कायम गर्न संरचना हरबखत तैनाथ गरेको र तयारी अबस्थामा राखिएमने पनि जानकारी दिनुभयो ।

वीरगन्जका मेयर सरावगीद्वारा खातुनको उपचारमा सहयोग

वीरगन्जका मेयर सरावगीद्वारा मुस्कान खातुनको उपचारमा सहयोग गर्नुभएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले एसिड प्रहारबाट घाइते मुस्कान खातुनको उपचारका लागि रु दुई लाख सहयोग गर्नुभएको छ ।

प्रमुख सरावगीले आफ्नो सेवा सुविधालगायत पारिश्रमिकको रकमबाट स्थापना गर्नुभएको ‘मेयर कल्याणकारी कोष’बाट उक्त रकम खातुनलाई सहयोग गर्नुभएको हो ।

एसिड प्रहारबाट खातुनको घाँटी, पेट र छातीमा घाउ भएको छ । उहाँको तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्था छ । खातुनको उपचारका लागि आर्थिक अभाव भएपछि नगर प्रमुख सरावगीले सहयोग गर्नुभएको हो ।

खातुनको कानको समेत शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव भएकाले उहाँलाई सक्दो सहयोगका लागि नगर प्रमुख सरावगीले सबैमा अपिल गर्नुभएको छ ।

साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलङ्का पराजित

साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलङ्का पराजित

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ ।

गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो ।

नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो ।

यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गर्नुभयो ।

श्रीलङ्काका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल गर्नुभयो ।

खेलको पहिलो हाफको ३३औँ मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभयो ।

यस्तै खेलको ५१औँ मिनेटमा नेपालका तर्फबाट अन्जन विष्टले गोल गर्नुभयो ।

खेलको ५७औँ मिनेटमा मार्भिन ह्यामिल्टनले श्रीलङ्काका लागि पहिलो गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्‍याउनुभयो ।

यसैगरी आयुस घलानले खेलको ८६औँ मिनेटमा गोल नेपाललाई ३–१ को अग्रता दिलाउनुभयो ।

खेलको अन्तिम समयमा श्रीलङ्काका लागि डिलोन डी सिल्भाले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–२ को स्थितिमा पु¥याए पनि आफ्नो टोलीलाई जित दिलाउन भने सक्नुभएन ।

लगातारको जितसँगै नेपाल साफ च्याम्पियनसिपको शीर्ष स्थानमा पुगेको छ ।

नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ । अब नेपालले तेस्रो खेल असोज २४ गते भारतविरुद्ध खेल्नेछ ।

साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलङ्का पराजित

नेकपा समाजवादीको प्रदेश नं २ को कमिटी गठन

काठमाडौँ-नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश सम्पर्क कमिटी प्रदेश नं २ को कमिटी गठन भएको छ ।

पार्टीका स्थाइ कमिटी सदस्य कल्याणी खड्काले नवनिर्वाचित कमिटी अध्यक्ष वेदनाथ कोईराला सहितको ३२ जनाको टिमलाई सपथ खुवाएर कमिटीको जिम्मेवारी दिनु भएको हो ।

सपथ ग्रहण कार्यक्रममा अध्यक्ष वेदनाथ कोईराला सहित सचिवमा हरिदेव यादब , सदस्यहरुमा नारद कुमार लुईटेल, राजेन्द्र प्रसाद खनाल, सदस्य तथा आर्थिक बिभाग प्रमुखमा शत्रुधन प्रसाद चौधरी लगायत निम्न सदस्यहरुको उपस्थिती रहेको थियो ।

नेप्से परिसूचक आज छ अङ्क बढीले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज छ अङ्क बढीले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ६८ अङ्कले घटेर दुई हजार ५७० दशमलव ८१ अङ्कमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २८ अङ्कले घटेर ४८४ दशमलव ९८ अङ्कमा पुगेको छ ।

नेप्से परिसुचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

कूल २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर रु तीन अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५मा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहका शेयर उकालो लागेका छन् ।

होटल तथा पर्यटन १२ दशमलव ८, जीवन बीमा पाँच दशमलव ६२, लघुवित्त ७२ र अन्य २१ दशमलव ६१ अङ्कले बढेका छन् ।

यस्तै बैंकिङ् तीन दशमलव ८८, विकास बैंक ८६ दशमलव ४, वित्त ५२ दशमलव ९३, जलविद्युुत् ६५ दशमलव ०८, लगानी शून्य दशमलव ६४, उत्पादन ३२ दशमलव ४३, सामूहिक लगानी कोष शून्य दशमलव १०, निर्जीवन बीमा १३ दशमलव १७ अङ्कले घटेका छन् ।

कारोबारका आधारमा आज युनाइटेड मोदी हाईड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

सो कम्पनीको रु १२ करोड १२ लाख १६ हजार ७७४ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै नेपाल बैंक लिमिटेड रु ११ करोड ३५ लाख १४ हजार ९८६, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ९६ हजार ८३९, नेशनल हाईड्रोपावर रु नौ करोड ५४ लाख १३ हजार ६७८ र रैराङ्ग हाईड्रोपावर रु नौ करोड २२ लाख ७४ हजार ३१ मूल्यमा कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा आशा लघुवित्त वित्तीय संस्था कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनी, सपोर्ट लघुवित्त, मिथिला लघुवित्त, महिला लघुवित्तका लगानीकर्ताले नौ प्रतिशत भन्दा बढीले कमाएका छन् ।

आजको कारोबारमा मनकामना स्मार्ट लघुवित्त नौ दशमलव ३८, दिव्यश्वरी हाईड्रोपावर सात दशमलव १९ राधि विद्युत् कम्पनी छ दशमलव ५७, माउण्टेन हाइड्रोपावर छ दशमलव २३ र ङादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले छ दशमलव ०८ प्रतिशतले गुमाए ।

शेयर कारोबार हुने साताको दोस्रो दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर रु ३५ खर्ब ९८ अर्ब ६८ करोड ६८ लाख ८० हजारको हाराहारीमा ओर्लेको छ ।

नेपाल टेलिकमको बोनस सहितको फेस्टिवल अफर सार्वजनिक

काठमाडौँ-नेपाल टेलिकमले नेपालीहरुको महान चाडको अवसरमा भोलि असोज १९ देखि डाटा,भ्वाइस प्याक र रिचार्ज गर्दा बोनसको फेस्टिवल अफर सार्वजनिक गरेको छ ।

नेपाल टेलिकमल रिचार्ज गर्दा बोनस सहितको फेस्टिवल अफर उपलब्ध गराउने भएको छ ।

उक्त अफरहरु दशैंका अवसरमा भोलि (असोज १९ गते) देखि कार्तिक २ गतेसम्म उपलब्ध हुने नेपाल टेलिकमले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

यसैगरी महत्वपूर्ण पर्वहरु तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुने टेलिकमले बताएको छ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक रु. ६९ मा उपलब्ध हुने बिज्ञप्तीमा उल्लेख छ ।

भ्वाइस सेवा अन्तर्गत रु. २५ मा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, रु. ४० मा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र रु. ५०० मा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले बताएको छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने बताईएको छ । रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने छ ।

उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिने जनाएको छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

सवारी भाडा बढाउन माग गर्दै बस व्यवसायी आन्दोलित

काठमाडौँ– सार्वजनिक बस व्यवसायीहरुले सोमबार भाडा बढाउन माग गर्दै काठमाडौँका सडकमा बस तेर्स्याएर प्रदर्शन गरेका छन्।

पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्दा पनि भाडादर भने समायोजन नगरिएको भन्दै यातायात व्यवसायीले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले इन्धनको मूल्य बढेको अवस्थामा भाडा पनि बढाउनुपर्ने माग गरेका छन् । उनीहरुले बस नचलाएर हड्ताल गरेका छन्।

व्यवसायीले सोमबार बौद्धबाट चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायतका बस व्यवसायीले आन्दोलनस्वरुप यातायात हड्ताल गरेका हुन् ।

तेलको मूल्य ८० रुपैयाँबाट ११३ पुग्दा पनि भाडा १५ रुपैयाँ नै रहेकाले आन्दोलन गर्नुपरेको यातायात व्यवसायीले बताएका छन् ।

यातायात व्यवसायीको आन्दोलनका कारण चक्रपथ, भक्तपुरसहितका क्षेत्रमा चल्ने गाडीहरु ठप्प छन्।