बागलुङ-दशैँ आयोकी च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ ।
एक-दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् ।
मनले इच्छाएझैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन ।
दशैँका लागि च्याङ्ग्रा लिन वर्षेनि यहाँका व्यापारी दुःखजिलो गरेर हिमालपारिको जिल्ला मुस्ताङ पुग्छन् ।
हप्तौँ समय र उस्तै खर्च लगाएर च्याङ्ग्रा ल्याउँछन् । व्यापारी अम्मरबहादुर क्षत्री, महेन्द्र केसीलगायत सोमबार जोमसोम पुग्नुभएको छ । कोही बाटोमा जाँदैछन् ।
भाउ महँगिएका कारण धेरै च्याङ्ग्रा ल्याउने सोचमा व्यापारी छैनन् ।
मुस्ताङमा रोज्जा च्याङ्ग्राको मूल्य रु ४० हजारसम्म पुगेकाले यहाँ ल्याएर बेच्दा त्यसको भाउ रु ४५ हजारमाथि पुग्छ ।
मूल्यमा कुरा मिले बढी किन्ने नत्र पसलबाट बेच्नका लागि थोरै मात्र च्याङ्ग्रा ल्याएर फर्कने केसीले बताउनुभयो ।
दशैँमा च्याङ्ग्राको मासुको अत्यधिक माग हुन्छ ।
केही वर्षअघिसम्म दुई हजारसम्म च्याङ्ग्रा यहाँ ल्याइने गरेकामा अहिले त्यो संख्या एकदमै कममा झरेको छ । कोराला नाका नखुल्दा तिब्बतका व्यापारीले सहजरुपमा च्याङ्ग्रा मुस्ताङ ल्याउन पाउँदैनन् ।
स्थानीय च्याङ्ग्रा मात्र बजारमा आउने गर्छ । मुस्ताङमा पालिने च्याङ्ग्राले मात्र बजार माग धान्दैन ।
च्याङ्ग्रै कम आएका कारण मूल्य बढेको व्यापारी बताउँछन् ।
गत वर्ष यहाँका व्यापारीले रोज्जा च्याङ्ग्रालाई रु २७ हजार ५०० तिरेर ल्याएका थिए ।
काठमाडाैँ-मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलबार भने देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै बहुमजन समाज पार्टीका नेता सतिशचन्द्र मिश्रले पनि आफूलाई लखिमपुर खिरी जान रोक लगाएको जानकारी दिए।
यस्तै युपीका पूर्वमुख्यमन्त्री अखिलेश यादवलाई पनि उक्त स्थानमा जान रोक लगाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यसैबीच लखिमपुर खिरीमा प्रदर्शनकारी किसानको मृत्युको विषयमा आज बिहानै पत्रकार सम्मेलन समेत आयोजना गरिएको थियो।
पत्रकार सम्मेलनका क्रममा किसान नेताले केन्द्रीय राज्यमन्त्री अजय कुमार मिश्रा टेनीका छोराले किसानमाथि गोली हानेको दाबी गरिएको छ।
भारतीय किसान युनियनका नेता राकेश टिकैतले पत्रकार सम्मेलनमा मन्त्री मिश्रालाई बर्खास्त गर्न, उनका छोरालाई गिरफ्तार गर्न र मृतकका परिवारलाई १–१ करोड क्षतिपूर्ति दिन माग गरेका छन्।
हिजो दिउँसो लखिमपुरको तिकुनिया इलाकामा किसान र भारतीय जनता पार्टीका कार्यकर्ताबीच भएको झडपमा चार किसानसहित आठ जनाको मृत्यु भएको थियो।
काठमाडौ -नेपालीहरुको महान् पर्व बडादशैं, तिहार तथा छठ लगायतका पर्वहरु ढुक्कसँग मनाउन उपत्यकाका तीनै जिल्लाका सिडियो लगायत सुरक्षा निकायहरुले आम सर्वसाधारणलाई आग्रह गरेका छन् ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी (सिडियो) गोविन्द रिजालले प्रशासन कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर अगाडि बढेको जानकारी गराउनुभयो ।
चाडपर्वको बेला सर्वसाधारणहरु ठगिने र असुरक्षित महसुस गर्ने हुँदा त्यस्ता अपराधिक कार्यलाई नियन्त्रण गर्नका लागि सुरक्षा योजना बनाएकोले सर्वसाधारणहरुले सुरक्षाको अनुभूति गर्न सक्ने जिकिर गर्नुभयो ।
चाडपर्वको बेला आवत जावत् गर्ने यात्रुहरुको संख्या बढ्ने हुँदा उनीहरुलाई ठगिने अवस्था आएमा वा कुनै समस्यामा परेमा उनीहरुलाई लक्षित हेल्पडेस्कको व्यवस्था गरेको जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो–‘नयाँ बसपार्क, कोटेश्वर, बल्खुलगायतका ठाउँहरुमा हेल्पडेस्क राखिएको छ भने कोभिड लक्षित सुरक्षा योजना लागू गराउनका लागि ट्राफिक प्रहरीलाई सक्रिय बनाइएको छ ।’
उहाँले भन्नुभयो–‘हामीले प्रहरी बृत्तहरुबाट समेत घरदैलो कार्यक्रम गरि सबै ठाउँको बस्तुस्थितिको जानकारी लिईरहेका छौं, अपराधिक कार्य भएको पाइएमा तुरुन्त कारबाही गछौं ।’
ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले यस चाडपर्वको वेलामा हुने अनुगमन लागायतका बिषयमा उपभोक्ता मंच नागरिक समाज लगायतले मात्र आवाज उठाउने गरेकामा सञ्चार केन्द्र जस्तो सञ्चार क्षेत्रको संस्थाले आवाज उठाएर अन्तर्किया आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाले ललितपुर प्रशासनले चाडवाडमा मात्र नभएर सधै शान्ति सुरक्षाको ब्यबस्थापन गर्दै आएको जनाउनुभयो ।
उहाले अहिले प्रत्यक्ष अनुगमन संघिय कानुनले स्थानियतहलाई जिम्मा दिएको अबस्थामा समेत प्रशासनले स्थानिय निकायसँग समन्वयबाट तथा अन्य कानुनसँग तालमेल गरेर अनुगमनको कार्यलाई तिब्रता दिएको बताउनुभयो । साथै उहाले ललितपुर बाशीलाई ढुक्कसँग चाडपर्व मनाउन आग्रह समेत गर्नुभएको छ ।
त्यस्तैगरी भक्तपुरकी सिडियो रुद्रादेवी शर्माले अहिले भक्तपुर क्षेत्रमा अनुगमन कार्यलाई तिब्रता दिदै अनुगमनका क्रममा कैफिएत भेटीएकालाई नगद जरिवाना तथा सम्झाएर छाडिएको जानकारी दिनु भयो ।
उहाले भाटभटेनीलाई हिजोमात्र बढी मुल्यमा चिनी बिक्री गरेको पाहिएकाले ५० हजार जरिवाना तिराएको जानकारी दिनु भयो । साथै उहाले चाडपर्वको समयमा सार्वजनिक सवारीमा महिलामाथी हुने हिंसाजन्य घटनालाई पनि निराकरण गर्न प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले चाडपर्वमा आम मानिसको शान्ति सुरक्षा र उपभोक्ता हित संरक्षणका लागि प्रधानमन्त्री कार्यालयले विभिन्न निर्णयहरु गरी सम्बन्धित सबै मन्त्रालय, विभाग र कार्यालयहरुलाई निर्देशन दिएको र सोही अनुसार काम कारबाही अगाडि बढेको बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी बैद्यले नेपालीहरुको महान चाड दसै निकै खर्चिलो चाड भएको बताउदै नेपालीहरुमा ॠणगरेर भएपनि मिठो मसिनो खानै पर्ने चाडको रुपमा मनाउदै आएको बताउनुभयो ।
उहाले यस संस्कार नेपालीमा धेरै देखिएको बताउनुभयो । उहाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लत्ता कपडा, खाध्य बस्तु लगायतका बिषयमा निकैनै महत्वका साथ गुणको परिक्षणमा लागेको बताउनुभयो ।
उहाले जिप्रका स्थानिय तह तथा उपभोक्ता मार्फत कार्यअगाडी बढाएको जानकारी दिनुभयो । उहाले गतसाता ३५ लाख बरावरको डेट एक्सपाएर भएका अखाध्य बस्तु जफत गरी नष्ट गरीएको जानकारी दिनुभयो ।
बाणिज्य तथा उपभोक्ता हकहित संरक्षण बिभागका निमित्त महानिर्देशक शिवराज सेडाइले बिभागले अनुगमनको कार्यलाई बर्षभरीनै गर्दै आएकोमा चाडपर्बको बेला थप जनशक्ती ब्यबस्थापन गरी अनुगमनकार्य सक्रियताका साथ अगाडी बढाएको जानकारी दिनुभयो ।
कार्यक्रममा उपत्यका प्रहरी परिसरका प्रवक्ता एसएसपी सुशीलसिंह राठौरले चाडपर्व लक्षित विशेष सुरक्षा योजना तर्जुमा परेको बताउनुभयो । चाडपर्व नजिकिँदै गर्दा आर्थिक अपराध, मादक पदार्थ सेवन, लागु औषधको प्रयोग, ट्राफिक नियमको उल्लंघन, कालाबजारी जस्ता अपराधिक घटनाहरु घट्ने भएकाले त्यस्ता अपराधिक घटनाहरु न्यूनीकरण गर्नका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाएको जिकिर गर्नुभयो ।
उहाँले अपराधिक घटना घट्नेवित्तिकै उपत्यकाका जुनसुकै स्थानमा १० मिनेटमा प्रहरी पुग्ने गरि व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो–‘कुनै पनि सर्वसाधारण समस्यामा पर्नुभयो भने नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्नुहोस् ।’
उहाँले यात्राको क्रममा महिला तथा बालबालिकाहरुले यौनजन्य हिंसा घट्ने गरेको प्रसङ्गमा बोल्दै भन्नुभयो–‘महिला तथा बालबालिकाहरुलाई यौनहिंसा लगायतका र्दुव्र्यवहारबाट जोगाउनका लागि सुरक्षा व्यवस्था मिलाइएको छ, ढुक्क भएर यात्रा गर्नुहोस्, चाडपर्व मनाउनुहोस् ।’
कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका उपनिर्देशक शिवराज सेँढाईले उपभोक्ताको हित संरक्षणमा विभाग सक्रिय भएर लागेको दाबी गर्नुभयो । उहाँले विभागले चाडपर्वको बेला हुने कालाबजारी र मूल्यबृद्धि नियन्त्रणका लागि अनुगमनलाई तिव्रता दिएको र गल्ती गर्नेलाई कानुन अनुसारको कारबाही गरिएको जानकारी गराउनुभयो ।
नेपाल आयल निगमका उपकार्यकारी निर्देशक सुशिल भट्टराईले अन्तर्राष्ट्रिय बजारमा तेलको माग बढ्दो मूल्यबृद्धि भएको जानकारी गराउनुभयो । पछिल्लो समय विश्व बजारमै तेलको मूल्यबृद्धि भएको छ विश्व बजारमा मूल्यबृद्धि हुँदा नेपाल आयल निगमले भने बजारमा घाटा खाएर तेलको आपूर्ति गरेको दाबी गर्नुभयो ।
‘आयल निगमलाई मासिक ३ अर्ब घाटा रहेको छ, सो घाटा हामीले मूल्य स्थिरिकरण कोषबाट पूर्ति गरिरहेका छौँ’ भन्दै उहाँले छिट्टै मूल्य समायोजन नभएमा कोषमा भएका १२-१३ अर्ब सकिने भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले आयल निगमले घाटा नै खाएर भएपनि बजारमा गुणस्तरीय तेलको आपूर्ति भने गरिरहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा उपभोक्तावादी नेता प्रेमलाल महर्जनले स्थानीय सरकारहरुले २०७२ को संविधानले नै व्यवस्था गरेको अधिकार अनुसार उपभोक्ता हित संरक्षणसम्बन्धी कार्य गर्न नसकेको बताउनुभयो ।
स्थानीय सरकारहरुले समेत उपभोक्ताको अधिकारलाई पहिलो प्राथमिकता राख्नुपर्ने भएपनि जनप्रतिनिधिहरुबाट उपभोक्ताको हितमा कुनै काम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय किन मूल्यबृद्धि भईरहेको छ ? भन्ने प्रश्न समेत गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी लगायतले महत्वपूर्ण भनाई राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता तराई विकास तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईले गर्नुभएको थियो ।
मुम्बई-बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई प्रहरीले लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको छ ।
मुम्बईस्थित समुद्री किनारको क्रूज सीप पार्टीमा २३ वर्षीय आर्यनलाई मुम्बई प्रहरीले लागूऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले आर्यनसँगै उसका ८ जना साथी मुनमुन धमेचा, नूपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त छोकर, गोमित चोपरा, आर्यन खान र अरबाज मर्चान्टलाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरुलाई हिरासतमा राखी लागूऔषधको मुद्दा अगाडी बढाउने गरी छानविन सुरु गरेको छ ।
प्रहरीको लागूऔषध विभाग बिभाग मार्फत आर्यनसँगै आठ जनामाथि अनुश्नधान तथा छानविन अगाडी बढाएको हो । उनीहरुको समूहमा दुई महिला समेत रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले कोकिन, चरेस, मेफेड्रोन जस्ता लागूऔषध प्रहरीले बरामद गरेको जनाएको छ ।
मुम्बई प्रहरीको लागूऔषध नियन्त्रण विभागले सुशान्त सिंह राजपुतको आत्महत्यापछी पछिल्लो समय बलिउडकर्मीहरुमाथि निगरानी बढाएको छ ।
झडपपछि पनि कार्यक्रम भने जारी रहेको छ । जिल्ला सभापति कर्ण मल्ल समूहले विरोध जनाए पनि वडा अधिवेशन र पालिका अधिवेशन भएपछि जिल्लामा कांग्रेसको विवाद बढ्दै गएको हो।
मल्ल समूहले नै आमसभा आयोजना गरेको हो । उनीहरुले अधिवेशन फेरि हुनुपर्ने माग गरेका छन्।
भक्तपुर-नेपालीको महान् चाड दसैँतिहार नजिकै आइसकेको छ । दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको भीड लाग्न थालेको छ । चाडबाडको मौकामा बजारमा व्यापारीहरुको मनोमानी बढ्दै गएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा वाणिज्य विभाग, साना तथा घरेलु उद्योग कार्यालय, खाद्य गुणस्तर विभाग, प्रहरी, उपभोक्ता महासङ्घ, नगरपालिका र पत्रकारसहितको टोलीले सुरु गरेको बजार अनुगमनमा यस्तो पाइएको हो ।
बजार अनुगमनका क्रममा ठूला व्यापारिक केन्द्रका रुपमा चिनिएको भाटभटेनी सुपर मार्केटदेखि स्थानीय खुद्रा व्यापारीसम्मले उपभोक्तालाई ठगी गरेको पाइएको छ ।
आज बिहान भक्तपुरको सूर्यविनायक क्षेत्रमा भएको अनुगमनमा सेल्सबेरीमा खरिद बिल नै नराखी आफैँले मूल्य सूची टाँसेर सामान बिक्री गरेको पाइएको छ ।
दैनिक उपभोग्य सामानमा समेत पसलै पिच्छे फरक मूल्य रहने गरेको बजार अनुगमनका क्रममा पाइएको छ ।
अनुगमन टोलीले विभिन्न सामानहरुको मूल्यमाथि प्रश्न गर्दै सामान खरिद बिल हेर्न खोज्दा खरिद बिल नै नराखेको पाइएको छ भने नापतौलमा फरक परेको पाइएको छ ।
नापतौलको अनुमतिसमेत नलिएको पाइएपछि तीन दिनभित्र कार्यालयमा उपस्थित भई सम्पूर्ण कागजपत्र पेस गर्न निर्देशन दिएको छ ।
सूर्यविनायककै मानन्धर हार्डवेयरमा उपभोक्तलाई नाफा छुट नदिई बिक्री गरेको पाइएको छ । हार्डवेयरले कम्पनीसँग बोनस र छुट लिए पनि उपभोक्तालाई छुट नदिएको र ढुवानी, लोड अनलोडको नाममा थप शुल्क लिएर सामान बिक्री गरेको पाइएको छ ।
सूर्यविनायककै चम्पकेश्वर हार्डवेयरको अनुगमनमा सात वर्षदेखि नापतौलको अनुमति नै नलिई सामान बिक्री गरेको पाइएको छ । आवश्यक बिल बिजकसमेत नराखेको पाइएको छ ।
सूर्यविनायकको दीपु इम्पेक्समा अनुगमन गर्नाका साथै चुनदेवीस्थित चुनदेवी स्टोरमा गरिएको अनुगमनमा टोलीले कारबाही गरेको छ ।
चुनदेवी स्टोरको सञ्चालक निलिमा कार्माचार्यलाई तत्कालै रु १० हजार जरिवाना गरेको छ । स्टोरले बिल बिजक देखाउन नसकेको, अत्यधिक फोहर गरेको, म्याद गुज्रेका सामान बिक्रीमा राखेको,कालो बजारी गरेको पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो ।
यसअघि प्रशासनको नेतृत्वमा मध्यपुरथिमि–४ राधेराधेस्थित भाटभटेनी सुपर मार्केटको अनुगमनमा भाटभटेनीले खरिद बिलबिजक साथमा नराखेको, तरकारीका प्याकेटका तौल उल्लेख नगरेको र केही वस्तुमा अस्वाभाविक मुनाफा राखेर बिक्री वितरण गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तु कालोबजारी गरेको पाइएको थियो भने चिनीमा कालो बजारीसम्बन्धी ऐनले तोकेको खरिद मूल्यको २० प्रतिशतभन्दा बढी मुनाफा लिएर वस्तु बिक्री वितरण गरेको पाइएको छ । ऐनले यसो गरेमा कालोबजारी गरेको ठहर्ने व्यवस्था गरेको छ ।
भाटभटेनीले चिनीमा २५ प्रतिशत नाफा राखेर बिक्री गरेको पाइएको छ । भाटभटेनीले ७१ रुपैंया ५० पैसामा खरिद गरेको चिनी रु ८९ मा बिक्री वितरण गरेर उपभोक्तालाई ठगी गरेको पाइएको छ भने बोतलको पानी रु २६ मा खरिद गरेर रु ४५ मा बिक्री गरेको पाइएको छ ।
अनुगमनका क्रममा ग्राहक अफरका नाममा बिस्कुटका प्याकेट टुटेको फुटेकोसमेत बिक्रीका लागि राखेको, तरकारी र फलफूलमा उपभोक्तालाई ठगी गरेको, तरकारीका प्याकेटमा मूल्य राखे पनि तौल नराखेर प्रतिकेजी मूल्य कति हो ? उपभोक्तालाई जानकारी नदिई बिक्री गरेको पाइएको छ ।
भाटभेटेनीमा उपभोग्य सामानमा मिति नाघेका वस्तु र उपभोग्य वस्तु एकै स्थानमा भण्डार गरेर बिक्री गरेको, बिस्कुट र चकलेटमा प्याकेटमा अङ्कित मूल्यभन्दा दोब्बर मूल्यमा बिक्री गरेको पाइएको छ ।
भाटभेटेनीको प्राङ्गणमै रहेको केएफसी चिकेन र पिजा हन्टले स्थानीय नगरपालिकामा व्यवसाय दर्ता नगरेको पाइएको छ । तेलमा पनि बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ ।
भाटभटेनीले कालोबजारी गरेको र उपभोक्ता ठगी गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले रु ५० हजार जरिवाना गरेको सहायक प्रजिअ केशरीले जानकारी दिनुभयो ।
उपभोक्ता मञ्चका अध्यक्ष मनोज थापाले बजारमा अनियमितता बढेको बताउनुभयो । उहाँले भाटभटेनीमै पनि अनियमितता रहेको, ऐन विपरीत नाफा ८० देखि ३०० प्रतिशतसम्म राखेको पाइएको उहाँले जानकारी दिनुभयो ।
खाद्यान्न, तेल, घीउ, चिनी लगायतमा २५ देखि ८० प्रतिशतसम्म बढी मूल्य लिएको र लत्ताकपडामा ३०० प्रतिशत, चामलमा बोरामै रु ३०० देखि ४०० समेत बढी मूल्य लिएको पाइएको थापाले जानकारी दिनुभयो ।
यहाँ हर्बल मिसावट चिनीमा आधा किलोको रु १५८ लिएको बताउनुभयो । चाडबाडको मुखमा सरकारी निकाय डिडिसीले समेत तेल र घीउमा रु १०० वृद्धि गरेको पाइएको उहाँको भनाइ छ ।
हार्डवेयरहरुले डण्डीदेखि सिमेन्टसम्ममा उपभोक्तालाई ठगी गर्ने पाइएको बताउनुभयो । कम्पनीसँग छुट र बोनस लिने तर उपभोक्तालाई छुट नदिई उल्टै ढुवानी, लोड अनलोडको चार्ज भन्दै बढी मूल्य लिएर ठगी गर्ने गरेको पाइएको छ ।
सिमेन्टमा एक बोरामा रु ४५ ठगी गरेको पाइएको उहाँले बताउनुभयो । केही समय अगाडि सूर्यविनायकको शक्ति ब्रान्डको पाउरोटीमा किरा परेको भेटिएको स्मरण गर्दै अनुगमनलाई नियमित गरी कारबाहीको थालनी नगर्दा व्यापारीको मनोबल बढ्ने गरेको उहाँको भनाइ छ । अनुगमन गर्ने तर कारबाही नगरी फर्कने प्रवृत्ति नै गलत भएको उहाँको भनाइ छ ।
आजको अनुगमनकै क्रममा सूर्यविनायकस्थित दीपु इम्पेक्सका सञ्चालक दिनेबहादुर धौबञ्जारले चाडबाडको मुखमा चिनी, खाने तेल, चामल र दालमा अत्यधिक मूल्य वृद्धि भएर आएको बताउनुभयो ।
नेपालको चिनीलाई निरुत्साहित गरी भारतीय चिनीको आयात बढ्दा बजारमा मनोमानी भएको बताउँदै उहाँले भारतबाट आयात गरिएका धेरै म्याद गुज्रेका खाद्यान्नमा नेपालका डिलरले नयाँ स्टिकर टाँसेर पुनः बजारमा पठाउने गरेको पाइएको बताउनुभयो ।
पसललाई मात्रै दोष दिन नमिल्ने भन्दै उहाँले डिलरबाटै उपभोक्ता ठगिने गरेको र बजारको महँगी वृद्धि नियन्त्रणमा सरकारी निकायले चासो नदिँदा बजारमा बेथिति बढेको बताउनु भयो ।
प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन: उपलब्धि शत प्रतिशत
प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवासमक्ष प्रतिष्ठानको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा प्रतिष्ठानका कुलपति प्रा गङ्गाप्रसाद उप्रेतीले सो प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
प्रतिष्ठानले सो आवमा ८३ अध्ययन अनुसन्धान, अनुवाद र ग्रन्थ लेखनको काम सम्पन्न गरेको छ । त्यस्तै ५० राष्ट्रिय/अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, कार्यशाला र प्रवचनका काम भएका छन् ।
यसैगरी ग्रन्थ प्रकाशन ८१ वटा भएको छ । संस्थाले १२ पत्रिकाका २१ अङ्क पनि सो अवधिमा प्रकाशन गरेको छ ।
यस्तै नेपाली बृहत् कोषको मोबाइल एप निर्माण र सो शब्दकोषलगायत मातृभाषाहरुका शब्दकोषको एकीकृत डाटाबेस पनि निर्माण भएको सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
“कोभिड– १९ पछि सिर्जित बन्दाबन्दीजस्ता प्रतिकूलता भए पनि हामीले शत्प्रतिशत उपलब्धि हासिल गरेका छौँ”, उहाँले भन्नुभयो ।
समारोहमा प्रतिष्ठानका प्राज्ञसभा सदस्य पनि सहभागी हुनुहुन्थ्यो ।
प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन: उपलब्धि शत प्रतिशत
वीरगञ्ज-नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीजि क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नुपरिरहेको बताउनुभएको छ ।
उहाँले मुलुकका उद्योग तथा व्यवसाय क्षेत्रका समस्याको समाधानका लागि निजी क्षेत्रसँग परामर्श गरेर नीति बनाउनुपर्ने बताउनुभयो ।
बाराको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको दोश्रो साधारण सभालाई सनिबार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले ल्याएको प्रतिस्थापन बजेटमा गरिएका कतिपय व्यवस्थाहरु निजी क्षेत्र मैत्री नरहेको दावी समेत गर्नुभयो ।
ढकालले भन्नुभयो ‘‘सरकारले उक्त बजेटमार्फत् ल्याएका कतिपय नीतिले निजी क्षेत्रलाई सहयोग गरेको छैन बरु ढाड सेक्ने काम गरिरहेको छ ।’’
पछिल्लो समय प्लाष्टिक सिटको आयातका विषयमा सरकारले गरेको व्यवस्थाका कारण नेपाली व्यवसायीको सयौँ कन्टेनर बोर्डरमा अलपत्र परेका ढकालले बताउनुभयो ।
सरकारले निजी क्षेत्रसँग जोडिएका कुनै पनि नीति बनाउँदा सम्बन्धित पक्षसँग परामर्श गर्न पनि सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो ‘‘सरकारले बनाउने नीतिले दीर्घकालीन महत्व राख्ने भएकाले सम्बन्धित पक्षसँगको परामर्शमा नीति बन्नुपर्छ, जसले देशको उद्योग व्यवसाय फस्टाउन सकोस् र निजी क्षेत्रको पनि हित गर्न सकोस ।’’
नेपाल सरकारले गर्नुपर्ने काममा समेत निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वमार्फत् योगदान गरिरहेकाले सरकारले यस क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने ढकालको भनाई रहेको थियो ।
‘‘हरेक उद्योगी व्यवसायीले आफ्नो सामाजिक उतरदायित्व अन्तर्गत सरकारले गर्नुपर्ने काममा सघाइरहेका छन् तर सरकारले भने यस क्षेत्रलाई प्रोत्साहनको सट्टा हतोत्साही बनाउने मात्र गरेको गुनासो देशव्यापी रुपमा व्यवसायीहरुको रहेको छ’’ उहाँको भनाई थियो ।
वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगको संरक्षण र विकासमा सरकार गम्भीर बन्नुपर्ने ढकालले बताउनुभयो ।
मुलुकको कुल राजश्वमा महत्वपूर्ण योगदान पु–याउने भएपनि वीरगञ्ज–पथलैया करिडोरका उद्योगका लागि आवश्यक सडक, ढल जस्ता न्यूनतम पूर्वाधारको विकासमा पनि राज्यले ध्यान नपुर्याउनु दुःखद रहेको ढकालले बताउनुभयो ।
सो कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं २ का अध्यक्ष गणेश लाठले सरकारले वीरगञ्ज–पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता नदिँदा स्थानीयबासी र उद्योगीबीच सधैँ विवाद हुने गरेको बताउनुभयो ।
उहाँले सरकारले औद्योगिक क्षेत्र र वाबसोबास क्षेत्र छुट्टयाइदिनुपर्नेमा त्यसो हुन सकेको गुनासो गर्नुभयो ।
मुलुकको राजश्व र रोजगारीमा यहाँका उद्योगले पु¥याएको योगदानालाई सरकारले कदर नगरेको लाठको भनाइ थियो ।
आजबाट सुरु भएको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । नगर उद्योग वाणिज्य सङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने स्वतःअध्यक्ष हुनेछन् भने बरिष्ठ उपाध्यक्ष सहित अन्य पदाधिकारी चयनका लागि निर्वाचन प्रकृया सुरु भएको जानकारी दिइएको छ ।
काठमाडौँ । लाभांश अनुमोदन गर्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले ५४ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७६–७७ का लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
सभाले आर्थिक वर्ष २०७६–७७ को वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गतेबाट कात्तिक १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा आकाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।
उनको भना अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याइएका थिए ।
केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–३ र ४ को बीचमा पर्ने धौनाखोलीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उक्त चौकीको शनिबार उद्घाटन गरेका बताएका छन् ।
सो अवसरमा पुर्चौडी नगरप्रमुख रणबहादुर कुँवर, बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पाल, सशस्त्र प्रहरीका प्रमुख गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर राना लगायत स्थानीय बासिन्दालगायतको उपस्थिति थियो ।
प्रहरी चौकी स्थापनाले उक्त क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने विश्वास गरिएको छ ।
तत्कालललाई उक्त चौकीमा प्रहरी हबल्दारको नेतृत्वमा छ प्रहरी रहने बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिएका छन् ।
यसका साथै स्थानीय तहसँग समन्वय गरी सुरक्षा अवस्थालाई मजबुत पार्न जनशक्ति बढीभन्दा बढी परिचालन गरिने जनाएको छ ।
हाल जिल्लाभरि २४ प्रहरी चौकी, दुई इलाका प्रहरी कार्यालय, सीमा प्रहरी चौकी एक र चार अस्थायी प्रहरी पोष्ट स्थापना भइसकेका छन् ।