बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा पेस गरेकी छिन् ।
उनले प्रदेशसभा बैठकमा राजीनामा दिने घोषणा गर्दै सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा बुझाएकी हुन् ।
सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ ।
जस अनुरुप मुख्यमन्त्री शाक्यले ३० दिन भन्दा केहि ढिलो विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेकी थिइन् ।
सो प्रस्तावमाथि छलफल भइ मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा राजीनामा घोषणा गरेकी हुन् ।
योसँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।
प्रदेश सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धनबीच यसअघि नै नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिने सहमति भइसकेको छ ।
जाजरकोट-नेपालकै सबैभन्दा गहिरो ताल हो शे फोक्सुण्डो । वरिपरि पहाडले घेरिएको बीचमा रहेको वाई आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा अवस्थित छ ।
तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर छ । नेपालको गहिरो यो तालको गहिराइ ६५० मिटर छ ।
कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो तालले बेलाबेलामा रङ बदल्छ भनिन्छ । हिमालको काखमा रहेको यो ताल सफा र कञ्चन हिमाल पग्लिएर बनेको छ ।
शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज पनि हो । यो डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ ।
यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।
यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजातिका पक्षी, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ ।
यहाँ पाइने हिउँ चितुवाको आहार–विहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।
काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।
निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो शे फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औँ शताब्दीमा निर्मित शे गुम्बा पनि यहीँ छ ।
गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।
निकुञ्जको आम्दानी नगण्य भएकाले मध्यवर्ती क्षेत्रका बासिन्दाको चाहना अनुसारका एकीकृत संरक्षण र सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकिएको छैन ।
डोल्पा सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाईजहाज नै हो ।
तालको मनोरम दृश्यले जसलाई पनि मोहित बनाउँछ । पछिल्लो समय फोक्सुण्डो ताल आकर्षणको केन्द्र बन्ने गरेको छ । सडकमार्ग हुँदै यहाँ पुगेमा यात्रा निकै रमाइलो छ ।
त्यस्तै हवाई मार्गमार्फत गएमा झनै मन लोभ्याउने दृश्य देख्न सकिने पर्यटकहरु बताउँछन् । बास बस्नका लागि ठाउँठाउँमा होटेलहरु निर्माण गर्ने क्रम जारी छ ।
बाटोमा जतिसुकै दुःख पाए पनि तालसम्म पुग्दा पर्यटकलाई लोभ्याउने प्राकृतिक क्षमता छ । डोल्पा मात्र होइन, छिमेकी जिल्लाको समृद्धिको ठूलो आधार ताल बन्न सक्छ । ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र छ ।
राज्यको लगानी न्यून
कर्णालीमा रहेका पर्यटकीय क्षेत्रहरुको विकास, समृद्धि र संसारलाई आकर्षित गर्नसक्ने क्षमता भए पनि राज्यले ध्यान नदिँदा यहाँको हीरा पनि किराका रुपमा परिणत हुनु परेको कर्णालीवासीको गुनासो छ ।
राज्यको लगानी तथा भरपर्दो रुट निर्माणमा ध्यान नदिँदा माल पाएर चाल नपाएझैँ भएको टानका कार्यसमिति सदस्य जितेन्द्र झाँक्री बताउनुहुन्छ ।
निजी क्षेत्रबाट स्थानीयवासीले दुःख गरी निर्माण गरिएका होटेल, घरबास मात्र फोक्सुण्डोमा रहेको छ । याम छोपेर मात्र यहाँका गतिविधिहरु चल्ने भएकाले स्थानीयवासीलाई समेत दुःख भएको झाँक्रीले बताउनुभयो ।
छिञ्चु जाजरकोट हुँदै डोल्पासम्म जाने सडकको ट्र्याक खोलेसँगै फोक्सुण्डो ताल आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ ।
अहिले जाजरकोट खण्डमा पुल निर्माणको काम करिब ८० प्रतिशत सकिएको छ भने डोल्पा खण्डमा निर्माण जारी छ ।
जाजरकोट सदरमुकामदेखि १७ किलोमिटरमा रहेको ठूलीभेरी र सानीभेरीका सङ्गमस्थल रिम्नासम्म पिचको काम जारी रहेको छ ।
त्योभन्दा माथि जाजरकोटको अन्तिम विन्दु तल्लु बगरसम्म पिचका लागि केही दिनमै बोलपत्र आह्वान गर्न लागिएको सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुव झाले बताउनुभयो ।
जाजरकोटदेखि दुनै सडक ११७ किलोमिटरमा १४ वटा पुल निर्माण गर्ने काम जारी छ ।
शे–फोक्सुण्डो मात्र नभएर उपल्लो डोल्पामा आन्तरिक पर्यटक बढाउनका लागि भौतिक संरचना निर्माणमा भारी जोड दिनु जरुरी छ ।
संसारमै लोपोन्मुख हिउँ चितुवासमेत यही निकुञ्ज क्षेत्रमा पाइन्छ । अहिले सो ठाउँमा रहेका चारवटा हिउँ चितुवालाई रेडियो कलार जडान गरी अध्ययन थालिएको निकुञ्जले जनाएको छ ।
प्राकृतिक सुन्दरतामा मात्र नभएर सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले पनि निकै धनी छ डोल्पा ।
डोल्पाको सुन्दर पक्षले जति ख्याति पाएको छ, त्यसअनुसार पर्यटक जान नसक्दा नीति निर्माण तहमा बस्नेलाई सधैँ यस क्षेत्रका जनसाधारणले आक्रोश पोख्दै आएका छन् ।
सुर्खेतको छिञ्चुदेखि जाजरकोट हुँदै तल्लोबगरसम्म, तल्लोबगरदेखि खदाडसम्म, खदाडदेखि त्रिपुराकोटको कान्तिबजारसम्म र कान्तिबजार हुँदै डोल्पाको सदरमुकाम दुनै सडक मार्गबाट पुग्न सकिन्छ ।
हवाई जहाजबाट जाने हो भने अहिले काठमाडौँदेखि डोल्पाको जुफाल एयरपोर्टसम्म यात्रुको चापअनुसार नेपाजगञ्जदेखि जुफालसम्म हवाई सेवा नियमित छ ।
जुफालदेखि डोल्पाको सदरमुकासम्म जिपमा एक घण्टा लाग्छ । त्यसपछि फोक्सुण्डो जान पैदल यात्रा तय गर्नुपर्ने हुन्छ । दुनैदेखि तीन दिनको पैदल यात्रापछि फोक्सुण्डो तालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
धार्मिक महत्व उत्तिकै
डोल्पा जाने मुख्यद्वारमा बाला त्रिपुरासुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको एक अङ्ग पतन भएको ठाउँ र दश महाविद्यासमेत उत्पत्ति भएकाले मन्दिरको विशिष्टता छ ।
बाला त्रिपुरासुन्दरी मन्दिरस्थललाई ‘त्रिपुराकोट’ पनि भनिन्छ । यो पुरानो तिब्रिकोट जिल्लाको सदरमुकाम क्षेत्र हो ।
यहाँको सुरम्य डाँडको मन्दिर परिसरमा चारैतर्फ सत्तल एवं पार्टी–पौवाहरूले घेरिएको बीचमा भगवतीको मन्दिर छ ।
मन्दिरको दक्षिणतर्फ रहेको एक प्राकृतिक शिलालाई ‘त्रिपुरादेवी’ भनिँदै आएको छ । यो एउटा भगवतीको भावनात्मक ‘शक्तिपीठ’ हो ।
त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र कर्णाली प्रदेशको सबैभन्दा ठूलो त्रिपुरासुन्दरी नगरपालिकामा पर्दछ ।
इसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक छ ।
यसको चारैतिर होचो भू–भाग र दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ छ ।
यहाँ बीचैमा उठेको थुम्को र त्यसैको थाप्लोमा अडिएको विशाल संरचना छ । करिब सात हजार फिटको उचाइमा यो तीर्थस्थल रहेको छ ।
मन्दिर नेपालका परम्परागत मन्दिरभन्दा फरक शैली र आकारको छ । इसं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रुपमा पनि पृथक छ ।
यस मन्दिरको पश्चिममा ताम्रावणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गङ्गा लगायतका प्रसिद्ध तीर्थस्थल रहेका छन् भने बीचको टाकुरामा यस मन्दिर अवस्थित छ ।
उत्तरतर्फबाट आउने ताम्रवर्णी, पूर्वबाट आउने सुन्दरी खोला र दक्षिणतर्फबाट झर्ने भैरवी खोलाको सङ्गमस्थल दोभान भन्दा अलिकति माथि डाँडाको टुप्पामा बालात्रिपुरासुन्दरी देवीको मन्दिर रहेको छ ।
यहाँ उत्तर र पूर्वबाट आउने खोलालाई ‘छलगाड’ भन्दछन् । यसै सङ्गमस्थलबाट भेरी नदीको सुरुआत हुन्छ ।
धार्मिक मान्यताअनुसार बाला त्रिपुरासुन्दरीबाट उडेर पुतलीरुपी देवीहरु बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रणसैनी त्रिपुरेश्वरी, बाजुराको बडीमालिका लगायतका ठाउँमा गई त्यहाँ यिनै नामले प्रसिद्ध छन् ।
बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरासुन्दरीमा रहेको धार्मिक विश्वास छ ।
विराजमान चार देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध छन् । परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरका पुजारीले पूजाआजा गर्दै आएका छन् ।
यो मन्दिर नेपालमा रहेका त्रिपुरासुन्दरी देवीका मन्दिरमध्ये प्रमुख शक्तिपीठ हो । ‘त्रिपुरा सुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको अङ्ग पतन भएको ठाउँ र दशमहाविद्या समेत उत्पत्ति भएका कारण मन्दिरको अझ बढी महत्व रहेको इतिहासका जानकार रविप्रसाद न्यौपानेले बताउनुभयो ।
स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको अङ्ग (ढाड) पतन भएको शक्तिपीठका रुपमा यसलाई मानिन्छ ।
यस क्षेत्रमा वर्षाका देवता मेघले तपस्या गरेकाले चरम खडेरी परेको बेला पूजापाठ गरे पानी पर्ने जनविश्वास छ ।
सतीदेवीको अङ्ग पतन भएपछि शक्ति स्वरुपाका रुपमा भैरवेश्वर महादेव उत्पत्ति भएको किंवदन्ती रहेको न्यौपानेले बताए ।
सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेकामा डोल्पाका पनि तीन सम्पदा पर्यटकीय गन्तव्यमा परेका छन् ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरासुन्दरी मन्दिर, रारा–फोक्सुन्डो मार्ग नयाँ गन्तव्यको रुपमा छनोटमा परेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका आधारमा नयाँ पर्यटकीय गन्तव्यभित्र डोल्पाका तीनवटा सम्पदा परेका थिए ।
नेपालकै ठूलो निकुञ्जको रुपमा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, देशकै गहिरो फोक्सुन्डो ताल, सुलिगाड झरना, सयौँ वर्ष पुराना बुद्धमूर्तिहरु रहेको शे–गुम्बा, विश्वको सबैभन्दा अग्लो मानवबस्ती रहेको धो उपत्यका लगायतका चर्चित प्राकृतिक सम्पदा पनि यसै निकुञ्जभित्र पर्दछन् ।
अर्को गन्तव्यको रुपमा हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र त्रिपुरासुन्दरी मन्दिर सूचिकृत भएको थियो ।
शे–गुम्बा, संसारकै अग्लो मानवबस्ती तिन्जे गाउँ, जगदुल्ला ताल, सुनदह, राजारानी क्षेत्र लगायतका दर्जनौँ चर्चित पर्यटकीय सम्पदाका साथै ५ हजार मिटर भन्दा अग्ला दर्जनौँ हिमाल पनि डोल्पामा पर्दछन् । डोल्पामा सबैभन्दा धेरै फोक्सुण्डोबाट शे गुम्बा हुँदै धो तराप उपत्यका भएर पदयात्रा गर्नेको सङ्ख्या बढी छ ।
काठमाडौँ-वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गर्नुभएको हो ।
बैठकमा शाक्यले विगतमा आफूहरुले गरेको त्याग पद र प्रतिष्ठाका लागि मात्रै नभएको उल्लेख गर्नुभयो ।
यसअघि प्रदेशसभा संसदीय दलको कार्यालयमा नेकपा (एमाले) का प्रदेशसभा सदस्यहरुसँग मुख्यमन्त्री शाक्यले आफूले पदबाट राजीनामा दिने बताउनुभएको थियो ।
शाक्यले आजै पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शार्मा आलीसँग समेत सल्लाह गरेको र उहाँले विश्वासको मत नपाउने निश्चित भएको अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने सल्लाह दिनुभएको भन्दै राजीनामा दिने बताउनुभयो ।
पाँच दलीय गठवन्धनको सरकार गठन गर्नका लागि बाटो खुल्ला गरिदिन पनि आफूले राजीनामा दिने उहाँको भनाइ थियो ।
उहाँले राजीनामा दिने निश्चित भएपछि यस प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन हुने भएको छ ।
उहाँको पार्टीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलको सहभागितामा सरकार गठन हुन लागेको हो ।
ग्लोबल आइएमई बैंक लिमिटेडले उदयपुरको कटारी बजारमा मंगलबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उदयपुर जिल्लाको कटारी नगरपालिका–३ स्थित कटारी बजारमा नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८३ पुगेको छ ।
मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७६ जिल्लामा २८३ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
बागमती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ ।
आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।
सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै मतदान कक्षको व्यवस्था मिलाइएको छ । आवश्यक कर्मचारीसमेत खटाइएको छ ।
मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभाको दोस्रो बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्नुभएको थियो ।
सो प्रस्तावमाथि प्रदेशसभाको यही कात्तिक ४ गते बसेको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेशसभाका सदस्यसँग आफुलाई विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।
नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालले विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन् ।
प्रदेशसभाको बैठकमा ४ गते बसेको प्रदेशसभाको बैठकमा सदस्यले उठाउनुभएका प्रश्नको जवाफ दिने र दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि, २०७८ प्रदेशसभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो ।
प्रदेशसभा बैठक बस्नुअघि कार्य परामर्श समितिको बैठक बस्ने उहाँले बताउनुभयो । कार्यपरामर्श समितिको बैठक बिहान ११ बजे बस्ने तय भएको छ ।
बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन् । सत्तापक्ष नेकपा (एमाले)का ४३, प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझा दलका तीन, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राप्रपाका दुई÷दुई तथा जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन् ।
बार सल्लाहकार समिति सदस्यहरुको मंगलबार बसेको बैठकमा उपस्थित ३७ मध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए सुरुमा सर्वोच्च अदालतमा र क्रमशः देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् ।
बैठकमा सहभागी अधिवक्ता टीकाराम भट्टराईका अनुसार सल्लाहकारहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा बचाउन नसकेको, आफ्नै सहकर्मीको विश्वास जित्न नसकेको, न्यायिक विचलन बढेर गएको भन्दै उनले राजीनामा दिनुपर्ने बताएका थिए ।
तर राजीनामा नदिए बारले दबाबमूलक कार्यक्रम ल्याउन सुझाव दिएको भट्टराईले बताए ।
उनले कसैको दवाव र प्रभावमा परेर पद नछोड्ने स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘न्यायपालिका लथालिंग पारेर म जान्नँ ।’
विवादमा घेरिएर आलोचनाको केन्द्रमा आएका प्रधानन्यायाधीश राणाको राजीनामा माग सर्वोच्च बारले गरिसकेको छ ।
यस्तै सर्वोच्च अदालतका अरु न्यायाधीशहरुले मंगलबार सामूहिक रुपमा भेट गरी राजीनामाको माग गर्ने तयारी गरेका बेला प्रधानन्यायाधीशको यस्तो अडान आएको हो ।
प्रधानन्यायाधीश राणाले संवैधानिक व्यवस्था अनुसार नियुक्त भएकाले आफू पदबाट बाहिरिने बाटो पनि संवैधानिक नै हुनु पर्ने बताएर महाअभियोगको सामना गर्न तयार रहेको संकेत समेत गरेका छन् ।
मोरङ्ग-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचनमा जानु राम्रो भएको बताउनुभएको छ ।
प्रेस चौतारी मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले अदालत लोकतन्त्रको स्तम्भ भएको हुँदा यो निष्पक्ष, स्वतन्त्र र शक्ति पृथीकरणको सिद्धान्तमा चल्नुपर्छ भन्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो“ सर्वोच्च अदालत संविधानको भावना र मर्मअनुसार चल्नुपर्छ । कुनै एउटा सानो समूहबाट वर्तमान प्रणालीमाथि प्रहार भइरहेको छ । ”
बलेवा-बागलुङमा बेमौसमी वर्षाले कोदो बालीमा ठुलो क्षति पु¥याएको छ । यही कात्तिकको पहिलो साता तीन दिनसम्म भएको भारी बर्षाले लेकमा फुल खेल्दै गरेको कोदो र बेसीमा पाक्दै गरेको कोदोबालीमा क्षति पुगेको हो ।
वर्षाका कारण बारीमा लगाइएको कोदोबाली सबै ढलेको जैमिनी नगरपालिका–१० राङखानीका किसान निर्मल रानाले जानकारी दिनुभयो ।
‘‘फुल खेल्दै गरेको कोदो ढलेपछि दाना लाग्दैन, पशुलाई खुपाउने नल समेत काम नलाग्ने भएर ढलेको छ’’ उहाँले भन्नुभयो ‘‘न खेतको धानमा दाना लाग्ने भो नत बारीको कोदोनै रह्यो ।’’
जिल्लाभर कोदो बालीमा भएको क्षतिबारे विवरण कृषि ज्ञान केन्द्रले सङ्कलन गरिरहेको छ ।
धान पछिको मुख्य खाद्यान्न बालीका रुपमा रहेको कोदोबालीमा भएको क्षतिले किसान चिन्तित छन् ।
यसबर्ष धेरै बर्षा भएकाले कोदो पाक्न समय लागेको थियो । ‘‘दाना लागिसक्नुपर्ने बेलामा फुल खेल्दै थियो, अब बर्षा रोकियो छिट्टै छिपिन्छ भन्नेबेला गह्राभरी बनायो’’ उहाँले भन्नुभयो ‘‘अलि तल बेसीमा लगाएको कोदो पाक्ने बेला भएकाले झरेको छ ।’’
ज्ञान केन्द्रका अनुसार जिल्लाभर एक हजार ८ सय हेक्टर जमिनमा कोदोबाली लगाइएको छ । स्थानीय जातका तुलनामा विकसित जातका कोदोमा धेरै क्षति धेरै भएको छ ।
‘‘विवरण सङ्कलनको काम भैरहेको छ, अहिलेसम्म लगाइएकोमध्ये २० प्रतिशत कोदोबाली क्षति भएको विवरण तयार भएको छ’’ केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भन्नुभयो ‘‘भित्र्याउनका लागि काटिसकेको कोदोमा भएको क्षतिको मात्रै विवरण लिइएको छ, बारीमा ठाडो रहेको कोदोमा के कति क्षति भयो भन्न सकिँदैन् ।’’
जिल्लाभर १ सय ३ हेक्टर जमिनको कादोबाली नष्ट हुँदा लाखौंको क्षति किसानले व्यहोर्नु परेको बताइएको छ ।
अन्य बालीका तुलनामा राहका लागि कोदोबाली कम प्राथमिकतामा पर्ने गरेको किसान चन्द्रमा शर्माले जानकारीदिनुभयो ।
‘‘टनेलको गोलभेँडा कुहिँदा सबैको नजर पर्छ, खेतको धान ढलेको सबैले देख्छन् । बारीको कोदोको कसैलाई वास्ता हुँदैन्’’ उहाँले भन्नुभयो ‘‘कोदोकै भरमा वर्षभरीको खर्च चलाउने किसान धेरै छौं, हाम्रो बिल्लीबाठ हुन्छ ।’’ खेत प्रार्याप्त नभएका पानी कम लाग्ने टारीमा कोदो खेती गर्ने चलन छ ।
जिल्लामा ५ हजार ८ सय हेक्टर जमिनमा लगाइएको धानमध्ये एक सयदेखि दुइसय हेक्टरको हाराहारीमा धानबाली नष्ट भएको छ ।
साठी प्रतिशत खेतमा लगाइएको धान ढलेको केन्द्रको तथ्याङ्क छ । ‘‘धान ढलेको छ, नपुष्टिन सक्छ, उत्पादन घट्ने निश्चित छ’’ उहाँले भन्नुभयो ‘‘अब वर्षा भएन भने अन्यत्र जस्तो क्षति व्यहोर्नु पर्दैन् ।’’
जिल्लाका बरेङ, जैमिनी, ताराखोला र ढोरपाटनमा कोदोखेती बढी हुन्छ भने गलकोट, जैमिनी, बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकामा धानखेती धेरै हुने गरेको जनाइएको छ ।
नहर तथा सिंचाइको सुविधा भएका फाँटमा भन्दा बर्षाको पानीका भरमा खेती हुने फाँटहरुमा लगाइएको धानमा बढी क्षति भएको छ ।
बेमौसमी वर्षाले पु¥याएको क्षतिका तथ्यांक सङ्कलन गरेर राहताका कार्यक्रमको तयारी गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि आज सरोकारवालको बैठक बस्दै छ ।
जिल्ला प्रशासन कार्यालय नेतृत्वको जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेर क्षति र राहतका बिषयमा छलफल गर्ने केन्द्रका प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
काठमाडौँ-सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ ।
सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन नियमावली संशोधन गर्न लागिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ ।
नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षालगायत काम रोकिएका थिए ।
काठमाडौं-सरकारले युवराज अधिकारीलाई नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।
निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने र निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिएका हुन्।
उनले बाढी तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल बनाएको जानकारी पनि दिए।
बैठकले कार्यदल गृह मन्त्रालयका सचिवको संयोजकत्वमा गठन गरेको बताए। कार्यदलका सदस्यमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव पनि रहेको उनले जानकारी दिए।
त्यसैगरी बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनको दररेट १५ प्रतिशत वृद्धि गर्ने पनि निर्णय गरेको छ।
नेपाल पुर्नबिमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गर्नुका साथै कोभिड–१९ महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय भएको पनि सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।
बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ ।
चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो ।
चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान थालेको जनगुनासोका आधारमा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगरले बताउनुभयो ।
दुई साताको अवधिमै चितुवाले स्थानीय बासिन्दाका आधा दर्जन बढी चौपाया मारेर क्षति गरेको छ ।
साँझ नहुँदै बस्तीमा छिरेर चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीय बासिन्दाले साँझपछि गाउँघरमा हिँडडुलसमेत बन्द गरेका छन् ।
बाँके-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन्।
नेपाल प्रेस युनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफ्नो टिमबाट अन्य नेताले पनि आकाङ्क्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै उम्मेदवार हुने बताए।
‘प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी मिलेर एकजना उम्मेदवार दिन्छौँ’, उनले भने, ‘कता कता केही साथीको पनि सभापतिमा उठ्ने आकाङ्क्षा सुनिएको छ तर सबैसँग छलफल गरेर एउटै उम्मेदवार टुङ्गो लगाउँछौँ’ उनले भने।
अब पनि समयमै अधिवेशन नहुँदा पार्टी सङ्कटमा पर्नसक्ने उनले बताए।
‘पार्टीको अधिवशेन हुनुपर्छ, नत्र पार्टी वैधानिक सङ्कटमा पर्नसक्छ‘, पौडेलले भने, ‘वैधानिक सङ्कटबाट कांग्रेसलाई उतार्नुपर्छ, यही चुनौतीको घडीमा हामी छौँ।’
संविधानको कार्यान्वयन गर्ने दायित्व कांग्रेसले नै पूरा गर्नुपर्ने उनको भनाइ छ।
कम्युनिष्ट पार्टीको नेतृत्वले जनताको अपेक्षाअनुसारको काम नगरी मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकाले सरकार हटाउन बाध्य भएको बताउँदै उनले कांग्रेसको नेतृत्वको वर्तमान सरकारले हिजोको सरकारले गरेका ती गल्तीलाई दोहोर्याउन नहुने सुझाव दिए।
आगामी निर्वाचनमा कांग्रेस एक्लै जान्छ कि गठबन्धन बन्छ ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘हाम्रो पार्टी एक्लै लडेर जानुपर्छ भन्ने कार्यकर्ताको भावना छ, देशको परिस्थितिले कस्तो आउँछ, त्यतिखेर नै निर्णय होला।’
सो भेटका अवसरमा मन्त्री पौडेलले युनेस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरुको प्राथमिकतामा रहेको स्पष्ट गर्नुभएका थियो ।
सो भेटका अवसरमा नेपालस्थित युनेस्कोका प्रमुख माइकलले आफूहरु नेपालमा शिक्षा क्षेत्रमा काम गर्न आएको बताउँदै यस क्षेत्रमा प्राथमिकता तोकेर दिन आग्रह गर्नुभएको थियो ।
काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा युनेस्कोग्राम बनाउने विषयमा पनि मन्त्री पौडेल र माइकलबीच छलफल भएको थियो ।