एमालेको ढोकामा रोई कराइ बसेका १० नेता हुतिहारा: अध्यक्ष नेपाल

एमालेको ढोकामा रोई कराइ बसेका १० नेता हुतिहारा: अध्यक्ष नेपाल

काठमाडौं-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका दोस्रो तहका नेताहरुलाई आँट नभएका हुतिहाराको संज्ञा दिएका छन् ।

अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभामा सम्बोधनको क्रममा नेता नेपालले एमालेबाट विद्रोह गर्ने बेलामा आँट नभएकाहरूले मात्रै आफूलाई साथ नदिएको टिप्पणी गरेका हुन्।

उनले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्‍याउनको लागि एमालेबाट विद्रोह गरेको समेत बताएका छन् ।

विद्रोहको ठाउमा संघर्ष गरेको भए हुन्थ्यो भन्ने कुरा समेत आउँने गरेको बताउने उनले निस्सासिएर बस्‍नुपर्ने अवस्थामा संघर्ष भन्दा विद्रोह आफुले उपयुक्त ठानेको उनले बताए ।

पार्टी विभाजनको क्रममा आफ्नो साथ छाडेका १० नेतालाई नेता नेपालले आँट नभएकै कारणले बन्द ढोकाबाहिर रोइकराइ गरिरहेको भन्दै कटाक्ष गरेका छन्।

अध्यक्ष नेपालले एमालेमा हामीलाई ढोका बन्द गरिएको बताउदै प्रवेश गर्न दिएपछि कि ढोका तोड्ने कि त नयाँ संघर्ष गर्नुपर्ने बताए।

नेता नेपालले आफु बिद्रोह गरी नयाँ संघर्ष गर्ने तर्फ अग्रसर भएको र अहिले आँट नभएकाहरू त्यही ढोकाबाहिर रोएर कराएर बसिरहेको बताएका छन्।

पार्टीबाट विद्रोह गरेर आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाएर नयाँ सोचका साथ पार्टी अगाडि बढेको भनाइ नेता नेपालको रहेको थियो ।

अब नेकपा एमालेको अखिल नेपाल किसान महासंघको अवशेष मात्रै बाँकी रहेको उनले दाबी गरे ।

अध्यक्ष नेपालले पाँचदलीय मोर्चाले संविधान र लोकतन्त्रको रक्षा गरेको दाबी गरे।

जनताको चाहना र मागलाई माथि उठाउन सके मात्रै लोकप्रिय पार्टी बन्न सक्ने उनको भनाइ रहेको छ ।

पछिल्लो समय देशभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमनविरुद्धको लडाइँ लडिरहेको पनि उहाँले बताउनुभयो ।

एमालेको ढोकामा रोई कराइ बसेका १० नेता हुतिहारा: अध्यक्ष नेपाल

धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा अञ्जन श्रेष्ठ

धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा अञ्जन श्रेष्ठ

काठमाडौँ-धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ नियुक्त भएका छन् ।

श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट बोर्डको सञ्चालकमा नियुक्त भएका हुन् ।

यसअघि महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सदस्य थिए ।

ढकालले राजीनामा दिएपछि महासंघले श्रेष्ठलाई बोर्डको सञ्चालक सदस्यमा पठाएको हो ।

नवनियुक्त सञ्चालक श्रेष्ठले कात्र्तिक २५ गतेदेखि औपचारिक रुपमा आफ्नो कार्यभारसमेत सम्हालिसकेका छन् ।

बोर्ड सञ्चालक समितिको बैठकमा उपस्थित हुँदै श्रेष्ठले आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा अञ्जन श्रेष्ठ

जबराको वार्ता आह्वान बार एसोसिएसनद्वारा ईन्कार

जबराको वार्ता आह्वान बार एसोसिएसनद्वारा ईन्कार

काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिज्ञप्ती मार्फत गरेको वार्ताको आह्वान नेपाल बार एसोसिएसनले ईन्कार गरेको छ ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।

सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।

बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले बटमलाइन बनाएकाले तत्काल वार्तामा नबस्ने निर्णय भएको छ ।

वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको बारको ठहर छ ।

बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्नामा बसिरहेका बेला राणाको विज्ञप्ति आएको थियो ।

‘प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौँ, त्यसको जवाफ यही मञ्चबाट दिन्छौँ –तपाईंसँग वार्ता गरेर न्यायालयको विकृति विसंगतिमा सुधार हुँदैन, त्यसैले हामी तपाईंसँग कुनै किसिमको वार्ता गर्न तयार छैनौँ आजै राजीनामा दिएर निकास दिनुस्’, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।

अधिवक्ता सुनिल पोखरेलले बारको आन्दोलन मार्गप्रशस्त हुँदै राजीनामासम्म पुगेको बताए ।

उनले भने, ‘हाम्रो भद्र अनुरोध छ, मार्ग प्रशस्त गर्नुस्, न्यायपालिकामा थप क्षति हुन नदिनुस् ।’

सरकार विस्तारमा भाग खोजेको र न्यायालय सुधारमा चासो नदिएको भन्दै कानुन व्यवसायीहरु अहिले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा छन्।

विज्ञप्तिमा प्रधानन्यायाधीश जबराले न्यायपालिका सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएका सुझावहरु कार्यान्वयन गर्नका लागि आफू तयार रहेको पनि उल्लेख गरेका छन्।

विज्ञप्ति जारी गर्दै उनले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका हुन् ।

उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका थिए।

जबराको वार्ता आह्वान बार एसोसिएसनद्वारा ईन्कार

सर्वोच्च अदालतमा तोकियो सबैखाले मुद्दामा पेसी

सर्वोच्च अदालतमा तोकियो सबैखाले मुद्दामा पेसी

काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।

दश वटा इजलासमा पेसी तोक्नुभएका उहाँले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोक्नुभएको छ । आठ वटा संयुक्त र दुई वटा एकल इजलासमा पेसी तोकिए पनि मुद्दाको सुनुवाइ प्रारम्भ भने भएको छैन ।

यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आउनुभएको छ ।

यही कारण सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन नसके पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ हुँदै आएको छ ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ ।

अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

आज प्रधानन्यायाधीशले आफ्नो राजीनामा मागेर प्रदर्शनमा उत्रिएका नेपाल बार एशोसियसनका पदाधिकारी र कानुन व्यवसायीलाई विग्रहको बाटो छोडेर संवादको मार्ग रोज्न एक प्रेस विज्ञप्ति जारी गर्दै आह्वान गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन आफू तयार रहेको पनि प्रस्ट पारेका छन् ।

उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् ।

उनले जनताले विश्वासको शीरमा राख्दै आएको न्यायपालिकाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिकाभित्रका सबै अवयवहरुको साझा दायित्व रहेको पनि प्रस्ट पारेका छन् ।

उनले आफूमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको भन्दै दुःख व्यक्त समेत गरेका छन्।

प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतमा तोकियो सबैखाले मुद्दामा पेसी

प्रधानन्यायाधीशद्वारा वार्ताको आह्वान

प्रधानन्यायाधीशद्वारा वार्ताको आह्वान

काठमाडौं-आन्दोलनमा रहेका कानुन व्यवसायीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ताका लागि आह्वान गरेका छन्।

आज जबराले आफ्नो राजीनामा मागेर प्रदर्शनमा उत्रिएका नेपाल बार एशोसियसनका पदाधिकारी र कानुन व्यवसायीलाई विग्रहको बाटो छोडेर संवादको मार्ग रोज्न एक प्रेस विज्ञप्ति जारी गर्दै आह्वान गरेका हुन् ।

उनले आफूमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको भन्दै दुःख व्यक्त समेत गरेका छन्।

सरकार विस्तारमा भाग खोजेको र न्यायालय सुधारमा चासो नदिएको भन्दै कानुन व्यवसायीहरु अहिले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा छन्।

विज्ञप्तिमा प्रधानन्यायाधीश जबराले न्यायपालिका सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएका सुझावहरु कार्यान्वयन गर्नका लागि आफू तयार रहेको पनि उल्लेख गरेका छन्।

विज्ञप्ति जारी गर्दै उनले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका हुन् ।

उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् ।

उनले जनताले विश्वासको शीरमा राख्दै आएको न्यायपालिकाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिकाभित्रका सबै अवयवहरुको साझा दायित्व रहेको पनि प्रस्ट पारेका छन् ।

प्रधानन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन आफू तयार रहेको पनि प्रस्ट पारेका छन् ।

उनले केही हप्तालाई न्यायपालिकाको इतिहासमै कहिल्यै नहुने वा हुन नपर्ने घटनाहरूको कारणबाट चिनिने पनि उल्लेख गरेका छन् ।

जबराको विज्ञप्तिमा लेखिएको छ, ‘विद्यमान गतिरोधलाई तत्काल अन्त्य गरी बन्दी प्रत्यक्षीकरणसहित नागरिकको न्याय प्राप्त गर्ने मौलिक अधिकार तथा न्याय निरुपण गर्ने हाम्रो कर्तव्यलाई निरन्तता दिने वातावरण सिर्जना गर्नुपर्दछ भन्ने कुनै दुईमत रहनुपर्ने विषय होइन ।

यसको एकमात्र उपाय संवाद मात्रै रहेकाले तत्काल यसतर्फ संवेदनशील भइदिन सम्बद्ध सरोकारवाला पक्षमा फेरि एकपटक मेरो हृदयको गहिराइबाट हार्दिक आह्वान गर्दछु ।’

प्रधानन्यायाधीशद्वारा वार्ताको आह्वान

हिमपहिरोमा १२० चौरी बेपत्ता

हिमपहिरोमा १२० चौरी बेपत्ता

मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १२० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् ।

कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् ।

हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिनुभयो ।

“भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्कनुभएको छ”, उहाँले भन्नुभयो, “भीम शेरचन र सकेन्द्र गौचनका ६५-६५ वटा याक चौँरीमध्ये १०-१२ वटा मात्र भेटिएका छन् ।”

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन् ।

१३० याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०-१२ मात्र देखिएको र बेपत्ता चौँरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ ।

हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो ।

नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ ।

घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ ।

जङ्गलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताउनुभयो ।

उवा र फापरबालीमा क्षति पुगेको छ ।

सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरिक्षण गर्नुभएको थियो ।

क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताउनुभयो ।

हिउँसो ११ः४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो ।

हिम पहिरोको धक्बा नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी–जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिङ माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले बताउनुभयो ।

हिउँदयाममा हिउँ जम्नुपर्नेमा बेमौसममा हिमपहिरो गएको प्रतिनिधिसभा सदस्य तुलाचनले बताउनुभयो ।

तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको उहाँको भनाइ छ ।

हिमपहिरोमा १२० चौरी बेपत्ता

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना: तीनजनाको मृत्यु, १४ घाइते

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना: तीनजनाको मृत्यु, १४ घाइते

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।

प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो ।

बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहेको बताइएको छ ।

जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतिनी रुप्सेका ३५ वर्षीया मिठुमाया मगर, सोही ठाउँका अन्दाजी १७ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगर र थप एक जनाको उपचारका क्रममा मृत्यु भएको र उनको पहिचान हुन सकेको छैन ।

प्रहरी प्रमुख काफ्लेले बलेरोमा १८ जना सवार रहेको र बलेरो सडकबाट करिब ६०० मिटर तल झरेको बताउनुभयो ।

दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले जानकारीदिनुभयो ।

दुर्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घाइतेको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

जिल्लाको सुनकोशी –९ र चम्पादेवी गाउँपालिका–९ को सिमानामा पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भीड लाग्ने गर्दछ ।

एकादशीका अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बलगायतका स्थानबाट भक्तजन आउने गरेका छन् ।

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना: तीनजनाको मृत्यु, १४ घाइते

नेकपा समाजवादीले विधान तथा नियमावली प्रकाशन गर्ने

नेकपा समाजवादीले विधान तथा नियमावली प्रकाशन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकले केन्द्रीय कमिटीको कार्य विभाजनसहित अन्तरपाटी निर्देशन (अपानि) २ जारी गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा यही कात्तिक २७ देखि दुईदिनसम्म बसेको बैठकले विधान तथा नियमावलीसम्पादन र प्रकाशन गर्ने, विभिन्न राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्नेलगायत निर्णय गरेको छ ।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आज जारी गर्नुभएको विज्ञप्तिमा वैचारिकरूपमा निकट रहेका विभिन्न राजनीतिक दलसँग एकताका लागि भइरहेका प्रयास तथा उपलब्धीबारे बैठकमा जानकारी गराइएको छ ।

माले समूहबाट आएका कुलप्रसाद फुँयाल, शङ्कर पोख्रेल र नीलमणि बराललाई केन्द्रीय कमिटीमा मनोनित गर्ने, माओवादीबाट आएका रामचन्द्र झालाई केन्द्रीय कमिटीमा मनोनित गरी सचिवालयमा राख्ने, एमालेबाट आएका वंशीधर मिश्रलाई केन्द्रीय कमिटीमा मनोनित गरी स्थायी कमिटीमा राख्ने, एमालेबाट आएका डा तारा जोशीलाई केन्द्रीय कमिटीमा मनोनित गर्ने, माले समूहबाट आएका श्यामराज राईलाई केन्द्रीय परिषद्मा र कारिप्रसाद यादवलाई २ नं प्रदेश कमिटीमा मनोनित गर्ने बैठकले निर्णय गरेको छ ।

महासचिव बेदुराम भुसालले सञ्चालन गर्नुभएको बैठकमा पार्टीको तर्फबाट सरकारमा नेतृत्व गर्नुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारका तर्फबाट गरेका कामका बारेमा विवरण प्रस्तुत गर्नुभयो ।

उहाँले कोभिड विरुद्धको खोपको व्यवस्थापन, स्वास्थ्य बीमा र स्वास्थ्यम्बन्धी समग्र समीक्षा र समाधानका दृष्टिकोण र योजनाबारे प्रकाश पार्नुभएको थियो ।

स्थायी कमिटी, केन्द्रिय सचिवालय र कार्यालयबाट भएका कामको जानकारी र निर्णयहरुको अनुमोदन गरिएको बैठकमा प्रदेशको रिपोर्ट तथा समूहगत छलफलको निश्कर्ष प्रस्तुत गरिएको थियो ।

कर्णाली प्रदेशबाट उपमहासचिव प्रकाश ज्वाला, वाग्मती प्रदेशबाट प्रदेश अध्यक्ष सावित्रा भुसाल, प्रदेश नं २ बाट प्रदेश इञ्चार्ज धर्मनाथप्रसाद शाह, लुम्बिनी प्रदेशबाट इञ्चार्ज भागवत विश्वासी, मोर्चा सङ्गठनको तर्फबाट अपाङ्ग महासङ्घ इञ्चार्ज वीरेन्द्र पोखरेल, प्रदेश नं १ बाट प्रदेश इञ्चार्ज घनेन्द्र बस्नेत, सुदूरपश्चिम प्रदेशबाट प्रदेश इञ्चार्ज गरिमा शाह, उपत्यका विशेष प्रदेश कमिटीका तर्फबाट इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क समन्वय कमिटीका तर्फबाट इञ्चार्ज विजय गुरुङ, अन्य प्रवास क्षेत्रबाट इञ्चार्ज श्रीप्रसाद शाह र गण्डकी प्रदेशका तर्फबाट इञ्चार्ज केशवलाल श्रेष्ठले आ–आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ र समूहगत छलफलका निष्कर्ष प्रस्तुत गर्नुभयो ।

महासचिव एवं सङ्गठन विभाग प्रमुख डा भुसालले सङ्गठन निर्माण र परिचालनको संक्षिप्त अवधारणा र योजना प्रस्तुत गर्नुभएको बैठकमा उपमहासचिव एवं प्रचार विभाग प्रमुख खतिवडाले प्रचारको कार्ययोजना, उपाध्यक्ष एवं पार्टी स्कुल विभाग प्रमुख प्रमेश हमालले पार्टी विपद् जोखिम न्यूनीकरण प्रशिक्षण सञ्चालन गर्ने, विपद् पूर्वतयारीका लागि ‘जनसहजकर्ता’ निर्माण गर्नेसम्बन्धमा स्कुलको कार्ययोजना, उपमहासचिव एवं अर्थ तथा योजना विभाग प्रमुख डा विजयकुमार पौडेलले सङ्गठन निर्माण र परिचालनको योजना, उपमहासचिव डा गङ्गालाल तुलाधरले बैठकबाट पारित समसामयिक प्रस्ताव पारित गरिएको केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिनुभयो ।

राष्ट्रिय राजनीतिको सन्दर्भमा, आर्थिक सामाजिक सन्दर्भमा, अन्तर्राष्ट्रिय सरोकार सन्दर्भमासमेत छलफल भएको थियो ।

नेकपा समाजवादीले विधान तथा नियमावली प्रकाशन गर्ने

प्रदेश १ का मुख्यमन्त्री राईको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता

प्रदेश १ का मुख्यमन्त्री राईको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

विश्वासको मतसम्बन्धी प्रस्ताव आइतबार दर्ता गरिएको मुख्यमन्त्री राईका स्वकीय सचिव सन्दीप राईले जानकारी दिएका छन् ।

मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री राईले दुई दिनअघि नै विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण आज दर्ता गराएका हुन् ।

मंगलबार दिउँसो १२:३० मा बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने गरि उनले स्वकीय सचिव सन्दीप राई मार्फत प्रस्ताव दर्ता गराएका हुन् ।

गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राई मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने उनको योजना छ ।

९२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन् ।

प्रदेश १ को प्रतिपक्ष नेकपा एमालेसँग ४० र राप्रपाका एक जना सांसद् छन् ।

प्रदेश १ का मुख्यमन्त्री राईको विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता

थापाथलीबाट एयर गनसहित एक पक्राउ

थापाथलीबाट एयर गनसहित एक पक्राउ

काठमाडौँ-नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीले उक्त हतियार काठमाडौँ महानगरपालिका–११ थापाथलीमा रहेको नाथको डेराबाट बरामद गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थापाथलीबाट एयर गनसहित एक पक्राउ

नेकपा समाजवादीको बैठकमा नेताहरुले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै

नेकपा समाजवादीको बैठकमा नेताहरुले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै

काठमाडौं-नेकपा एकीकृत समाजवादीको ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना भईरहेको केन्द्रीय कमिटी बैठकमा टोली नेताहरुले सुझाव प्रस्तुत गर्न थालेका छन् ।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव डा. बेदुराम भुसालले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल सकिएपछि समूहगत प्रस्तुति सँगै सुझाव प्रस्तुत गर्न शुरु भएको हो ।

नेपाल, खनाल र भुसालको प्रतिवेदनमाथि छलफल गर्न १० समूह बनाइएको थियो ।

समूहगत छलफल पछि टोली नेताहरुले सुझाव प्रस्तुत गर्न थालेका छन् ।

नेकपा समाजवादीको बैठकमा नेताहरुले प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्दै

“आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ”: अर्थमन्त्री

“आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ”: अर्थमन्त्री

काठमाडौँ-अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी प्रशासनले पनि समाजवाद उन्मुख अर्थतन्त्रका बारेमा थाहा पाउनुपर्ने र त्यसको अध्ययन गर्नुपर्ने बताएका छन् ।

राजस्व प्रशासनसम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको आज यहाँ उद्घाटन गर्दै उनले कस्तो राजस्व नीतिले समाजवाद उन्मुख अर्थतन्त्र हुन्छ भन्ने कुरा कर्मचारीले जान्नैपर्ने बताएका हुन् ।

“नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको कुरा गरेको छ ।

तपाईहरूले के हो समाजवाद भनेर पढ्नुपर्‍यो, थाहा पाउनुपर्‍यो”, मन्त्री शर्माले तालिममा सहभागी अधिकृत कर्मचारीलाई भने, “समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ ।

कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ रु त्यो कुरा कर्मचारीले जान्नुपर्छ । यो विषय पनि तालिममा सिकाइयोस् ।”

संविधानले निदृष्ट गरेको समाजवाद उन्मुख अर्थतन्त्र कार्यान्वयनका लागि मन्त्री शर्माले जोड दिए ।

उनले नेपालको संविधान राजनीतिकर्मी, कर्मचारी, सर्वसाधारण सबै मिलेर ल्याएको परिवर्तन तथा उपलब्धि भएकाले त्यसको कार्यान्वयनका लागि कर्मचारी नै ‘फिल्ड’ मा रहेको स्मरण गराए ।

मन्त्री शर्माले समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा जोड दिए ।

उनले व्यक्तिको कमाइका आधारमा कर सङ्कलन गर्नुपर्ने बताए ।

कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।

यस विषयमा प्रतिस्थापन विधेयकमार्फत् व्यवस्था गर्न नसके पनि आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन गरिने उनले बताए ।

“आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ”, उनले भने, “हामीले कर बुझाउनलाई ताकेता गरिरहनुपर्ने अवस्था नहोस् । कर बुझाउन स्वयम् व्यक्ति आउने वातावरण र सजिलो व्यवस्था बनाउनुस् ।”

मुलुकमा विभिन्न आन्दोलनबाट परिवर्तन आए पनि व्यवहारतः कार्यान्वयन गर्न सङ्क्रमणकालीन अवस्थामा सबैले आ–आफ्नो स्थानबाट प्रतिबद्ध भएर लाग्न मन्त्री शर्माले आग्रहसमेत गरे ।

उनले राष्ट्र निर्माणका लागि राजनीतिकर्मी, कर्मचारी र जनताले आ–आफ्नो स्थानबाट प्रतिबद्ध भएर प्राप्त उपलब्धिको संरक्षण र सरकारको नीतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

उनले परम्परागत कार्यसम्पादन प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुहुँदै प्रविधिको प्रयोगले कम जनशक्ति लाग्ने र पारिश्रमिकसमेत बढाउन सकिने बताए।

आजदेखि सुरु भएको तालिम आगामी पुस ९ गतेसम्म चल्नेछ ।

“आगामी बजेटमार्फत कर नीतिमा आमूल परिवर्तन हुन्छ”: अर्थमन्त्री

आन्दोलनवारे स्पष्ट पार्न श्वेतपत्र जारी गर्दै सर्वोच्चका न्यायाधीश

आन्दोलनवारे स्पष्ट पार्न श्वेतपत्र जारी गर्दै सर्वोच्चका न्यायाधीश

काठमाडौँ-सर्वोच्च अदालतका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् ।

करिब ३ सातादेखि प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् ।

न्यायपालिका शुद्धीकरणका लागि बेञ्च बहिष्कारसहितका कार्यक्रम ल्याएर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् ।

न्यायाधीशहरूले किन र के का लागि आन्दोलन गरिएको हो, सो बारे स्पष्ट पार्न श्वेतपत्र जारी गर्ने तयारी गरिएको एक न्यायाधीशले बताए ।

श्वेतपत्रले जनताको मुद्दा नै नहेरेर कुनै व्यक्तिको राजीनामा किन मागेको भन्ने प्रश्नको उत्तर दिने न्यायाधीशहरुलेले बताएका छन् ।

न्यायाधीशहरुको शुक्रबार बसेको बैठकमै श्वेतपत्र जारी गर्ने सम्बन्धमा छलफल भएपनि कुनै निष्कर्ष निस्किएको थिएन ।

आज आइतबारको छलफलबाट श्वेतपत्र जारी गर्ने सम्बन्धमा निर्णय हुनसक्ने एक न्यायाधीशले बताएका छन् ।

आन्दोलनवारे स्पष्ट पार्न श्वेतपत्र जारी गर्दै सर्वोच्चका न्यायाधीश

एनआरएनएलाई कुनै दलको भ्रातृ सङ्गठन बनाउन हुँदैन– अध्यक्ष तिमिल्सिना

एनआरएनएलाई कुनै दलको भ्रातृ सङ्गठन बनाउन हुँदैन– अध्यक्ष तिमिल्सिना

राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई कुनै दल विशेषको भ्रातृ सङ्गठनका रुपमा नभई विदेशमा रहेका नेपालीको साझा थलोका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

एनआरएनए बेल्जियमद्वारा प्रकाशन गरिएको बेल्जियम दर्पणको आज यहाँ विमोचन गर्दै उपाध्यक्ष तिमिल्सिनाले संस्थालाई कसैले पनि व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाउन हुँदैन भन्नुभयो ।

एनआरएनएमा शुद्धीकरणको अभियान बेल्जियमबाटै सुरु गर्न आग्रह पनि उहाँले आग्रह गर्नुभयो ।

नेपालको प्राकृतिक विपद्, कोरोना सङ्क्रमणजस्ता कठिनाइको अवस्थादेखि विकास निर्माणमा एनआरएनए बेल्जियमबाट महत्वपूर्ण सहयोग प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले संसद्मा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई पारित गराउने विषयमा आफूले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिनाले अध्ययन वा कामको सिलसिलामा विदेश पुगेका जो कोही नेपालीले पनि आफूले आर्जन गरेको ज्ञान र पुँजी स्वदेशमै लगाउनुपर्नेमा जोड दिनुभयो । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा एनआरएनएले पु¥याएको योगदान सम्झनलायक रहेको बताउनुभयो ।

एनआरएनए बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले नेपाली भाषा, कला र संस्कृतिका बारेमा नयाँपुस्तालाई अवगत गराउँदै उनीहरुमा मातृभूमिप्रतिको प्रेम जागृत गराउने उद्देश्यले पहिलोपटक स्मारिका प्रकाशन गरिएको बताउँदै आफ्नो कार्यकालमा संस्थालाई सामाजिक र परोपकारी संस्थाका रुपमा थप उन्नतशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एनआरएनए बेल्जियमका पूर्वअध्यक्ष चित्र सुवेदी, एनआरएनएका अभियन्ता रुद्र शर्मा र संस्थाका सचिव सुभास भट्टले एनआरएनए बेल्जियमका गतिविधि र एनआरएनएमा पछिल्लो समय देखिएका विकृति विसङ्गति अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

एनआरएनएलाई कुनै दलको भ्रातृ सङ्गठन बनाउन हुँदैन– अध्यक्ष तिमिल्सिना

भाषा परीक्षा पासलाई कोरिया रोजगारी मंसिरबाट खुला

भाषा परीक्षा पासलाई कोरिया रोजगारी मंसिरबाट खुला

काठमाडौं-कोरिया रोजगारी मंसिरबाट खुला हुने भएको छ ।

कोभिडका कारण विगत दुई वर्षदेखि बन्द रहेको कोरिया रोजगारी मंसिरदेखि खुल्ला हुने भएको हो ।

कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले मंसिरदेखि इपिएस भाषा परीक्षा पास गरेकालाई खुला गर्ने भएको हो।

विश्वमा कोरोना संक्रमणको दर केही कम भएसँगै कोरियाले नेपाली कामदार लैजाने प्रक्रिया अगाडि बढाएको वैदेशिक रोजगार विभागले जनाएको छ।

कोरियाले यसअघि नेपालबाट कोरियामा रोजगारी गरेर फर्किएका कमिटेड कामदारलाई लिएको थियो।

हाल इपिएस प्रणालीअन्तर्गत भाषा परीक्षा पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रिया अगाडि बढाएको छ।

कोरिया सरकारको नयाँ निर्णयअनुसार इपिएसमार्फत रोजगारीका लागि कोरिया जाने १६ वटै देशबाट कामदार लैजाने भएको छ।

श्रम स्वीकृति प्राप्त गरेका ६५ हजार नेपाली कामदार कोरियामा रहेका छन्।

नेपाली कृषि र औद्योगिक क्षेत्रमा काम गर्न जाने गरेका छन्।

सन् २००७ देखि वैधानिक रूपमा भाषा परीक्षा उत्तीर्ण गरेर नेपाली कामदार कोरिया जान थालेका हुन्।

भाषा परीक्षा पासलाई कोरिया रोजगारी मंसिरबाट खुला