तीन वर्षपछि बल्ल होङ्सी सिमेन्टले पायो बिजुली

तीन वर्षपछि बल्ल होङ्सी सिमेन्टले पायो बिजुली

काठमाडौँ-उद्योग सञ्चालनमा आएको झण्डै तीन वर्षपछि होङ्सी सिमेन्ट उद्योगले बिजुली पाएको छ ।

प्रसारण लाइन निर्माणमा लामो समय लाग्दा उद्योगले डिजल प्लान्ट चलाइरहेको थियो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छ ।

उद्योगमा नेपाली र चिनियाँ र लगानीकर्ताको साझेदारी रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सवस्टेशनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् आपूर्ति दिएको छ ।

प्रसारण लाइन तथा सवस्टशन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिइएको हो ।

प्राधिकरणका सञ्चालक समिति सदस्य भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहकसेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायतको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई विद्युत् आपूर्ति दिएको हो ।

होङ्शीले ३० मेगावाट विद्युत् खपत गर्ने छ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत् चाहिने छ ।

त्यसका लागि समेत उद्योगले माग गरिसकेको छ । उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधैँ विद्युत् दिइएको छ ।

यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति लिएको छ ।

विद्युत् लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिरहेको

प्राधिकरणका अनुसार ११ र ३३ केभी क्षमताका प्रसारण लाइनबाट विद्युत् लिने ग्राहकको भन्दा १३२ केभीको महसुल सस्तो छ ।

विद्युत् लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिरहेको थियो ।

यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपतहुँदै आएको उद्योगले जनाएको छ ।

कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयवासीको अवरोधजस्ता धेरै समस्या कारण प्रसारण लाइनको निर्माण अझै नसकिएता पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत् दिन सकिएको जानकारी दिनुभयो ।

होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योगलाई विद्युत् उपलब्ध गराइएको हो ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यपिङ’ गरी उद्योगलाई बिजुली दिइएको हो ।

कूल २२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दीखण्डमार्फत उद्योगमा विद्युत् आपूर्ति दिइएको हो ।

बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत् दिइएको हो ।

प्राधिकरणले अन्य उद्योगलाई पनि यसैगरी बिजुली उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

कूल २२० केभी क्षमताका प्रसारण लाइनको निर्माणले प्राथमिकता पाएपछि प्राधिकरणले १३२ केभी क्षमताका प्रसारण लाइनलाई वितरण लाइनमा परिवर्तन गरेको छ ।

नवलपरासी, रुपन्देहीका अन्य उद्योगलाईसमेत माग अनुसारको बिजुली उपलब्ध गराउन प्राधिकरणले आवश्यक तयारी गरिरहेको छ ।

“मुलुकभित्र उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन ठूला उद्योगले मागेजति विद्युत् दिइरहेका छौं, गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सवस्टेसनको क्षमता बढाउने, सदृढीकरण गर्नेलगायतका काम अभियानकै रुपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिने छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत् महसुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने योजनामा प्राधिकरण छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसम्म विद्युत् पुर्‍याउने घोषणा अनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको छ ।

वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुनसकेको छैन ।

नेपाल सरकारको करिब रु ४० करोड लगानीमा सो आयोजना निर्माण सुरु गरिएको हो ।

आर्थिक वर्ष २०७३/७४मा आयोजनाको सुरु गरिएको भए पनि पूरा हुन सकेको थिएन ।

तीन वर्षपछि बल्ल होङ्सी सिमेन्टले पायो बिजुली

आन्दोलनलाई प्रतिकार गर्न जबराले खटाए ‘भाडाका टट्टु’

आन्दोलनलाई प्रतिकार गर्न जबराले खटाए ‘भाडाका टट्टु’

काठमाडौँ-नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भाडाका टट्टु’ परिचालन गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराद्वारा परिचालित करिब ५० जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार प्रधानन्यायाधीश जबराले दुई वटा समूह सडकमा उतारेका थिए ।

बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गरेका थिए ।

यस क्रममा प्रहरीसँग केहीबेर झडप समेत भएको थियो । सो क्रममा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।

यसैबीच बार एशोसिएसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् ।

सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनीहरुले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको बताएका हुन् ।

नेपाल बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् ।

सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको बताएका हुन् ।

‘घुस खाएको पैसा बाँडेर प्रधानन्यायाधीशले भिजिलान्ते र भाडाका टट्टु प्रयोग गर्नुभयो,’ उनले भने, ‘कमिशनको पैसालाई अहिले प्रतिकारका नाममा बाँडिएको छ ।’

उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले पनि कानुन व्यवसायीहरुले गर्दै आएको विरोध प्रदर्शनको प्रतिकारका लागि ठुलो रकम खर्च भएको आरोप लगाएका छन् ।

उनले प्रतिव्यक्ति दैनिक दुई हजार रुपैयाँ दिएर बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न ‘भाडाका टट्टु’ प्रयोग गरिएको बताए ।

उनले भ्रष्टाचारको रकम प्रयोग गरेर यसरी प्रतिकार समूह खडा गर्न खोजिएको आरोपसमेत लगाए ।

आन्दोलनलाई प्रतिकार गर्न जबराले खटाए ‘भाडाका टट्टु’

किन बढिरहेको छैन बिजुलीको माग ?

किन बढिरहेको छैन बिजुलीको माग ?

काठमाडौँ-पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ ।

साँझको समयमा गणना गरिने उच्च माग (पिक डिमाण्ड) त्यति भए पनि दिउँसो र रातको समयमा बिजुलीको माग उल्लेख्यरुपमा बढ्न सकेको छैन ।

प्राधिकरणले एक हजार ८८९ मेगावाट घण्टा बराबरको बिजुली भारत निर्यात गरिरहेको छ ।

अघिल्लो सातादेखि प्राधिकरणले कूल ३९ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ ।

प्राधिकरणले बिजुलीको खपत बढाउनका लागि उद्योगी व्यवसायीलाई १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

कूल २२० केभी क्षमताका प्र्रसारण लाइन धमाधम निर्माण भइरहेकाले १३२ केभी क्षमतासम्मका प्रसारण लाइनलाई वितरण लाइनमा परिवर्तन गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

प्राधिकरणको प्रणालीमा हाल निजी क्षेत्रका आयोजनाबाट उत्पादित बिजुलीको हिस्सा बढी छ ।

निजी क्षेत्रका कूल १०८ आयोजनाले बिजुली उपलब्ध गराउँदै आएका छन् ।

विवरणअनुसार प्रणालीमा प्राधिकरणका आयोजनाले पाँच हजार २३० मेगावाट घण्टा बिजुली उपलब्ध गराएको छ ।

सहायक कम्पनीका आयोजनाले चार हजार ३३६ मेगावाट घण्टा बिजुली उपलब्ध गराएको छ ।

निजी क्षेत्रका आयोजनाले प्रणालीमा कूल १२ हजार ९७५ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएको छ ।

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) मात्रै एक हजार २७० मेगावाट मात्रै रहेको थियो ।

लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत् भारत निर्यात

त्यस दिन पिक डिमाण्ड एक हजार ५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरिए पनि माग भने औसतमा नै रहन पुग्यो ।

प्राधिकरणले लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत् भारत निर्यात गरेको थियो ।

चालू आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड एक हजार ६१४.८ मेगावाट रेकर्ड गरिएको छ ।

यो विवरण गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत् माग एक हजार ७५८.८ मेगावाट थियो ।

सरकारले बिजुलीको खपत बढाउनका लागि विद्युतीय चुल्होको प्रयोग र विद्युतीय सवारीको प्रवद्र्धनमा पनि उत्तिकै जोड दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘विदेशी ग्यास छाडौँ, स्वदेशी बिजुली खपत’ गरौँ भन्ने अभियान नै सुरु गर्नुभएको छ ।

सोही योजनाअनुसार प्राधिकरणले नै अनुदानमा विद्युतीय चुल्हो उपलब्ध गराउने विषयमा नीतिगत तहमा छलफल गरिरहेको छ ।

स्पष्ट नीति, योजना र कार्यक्रम बनाएर अनुदानमा इन्डक्सन चुल्हो उपलब्ध गराउने सरकारको योजना छ ।

यसबाट खाना पकाउने ग्यासको आयात क्रमशः घट्ने र विद्युत्को खपत बढ्ने सरकारको विश्वास छ ।

पछिल्लो पटक नेपाल आयल निगमले मूल्यवृद्धि गरेपछि प्रतिसिलिण्डर ग्यासको मूल्य रु एक हजार ५७५ पुगेको छ ।

किन बढिरहेको छैन बिजुलीको माग ?

सर्वोच्च बाहिर राजावादीको मोटरसाइकल र्‍यालीसहित प्रदर्शन

सर्वोच्च बाहिर राजावादीको मोटरसाइकल र्‍यालीसहित प्रदर्शन

काठमाडौं-सर्वोच्च अदालतबाहिर आज राजावादीहरूले मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका छन् ।

सर्वोच्चको मूल गेटभित्र कानुन व्यवसायीहरू धर्नामा बसिरहँदा बाहिर उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले ‘नागरिकको न्याय रोक्न पाइँदैन’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

मोटरसाइकल र्‍यालीमा प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई लखेटेको छ ।

सर्वोच्चबाहिर प्रदर्शनमा उत्रिएका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

सर्वोच्च बाहिर राजावादीको मोटरसाइकल र्‍यालीसहित प्रदर्शन

चोरबाटोबाट सर्वोच्च अदालत छिरे जबरा

चोरबाटोबाट सर्वोच्च अदालत छिरे जबरा

काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेपाल बार एसोसिएसनका वकिलहरुको अवरोधका बीच चोरबाटोबाट सर्वोच्च अदालत छिरेका छन् ।

उनी आइतबार नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको गेटमा धर्ना दिँदै गर्दा बिहान १० बजेर ४४ मिनेटमा चोरबाटोबाट सर्वोच्च छिरेका हुन् ।

बार एसोसिएसनका वकिलहरूले उनलाई प्रवेश गर्न नदिने नीति अख्तियार गरेपनि उनी अदालत प्रवेश गरेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् ।

चोलेन्द्र सर्वोच्च प्रवेश गरिसकेपछि पनि वकिलहरुले पूर्वनिर्धारित कार्यक्रमअनुसार अदालतमा धर्ना दिने कार्यक्रम जारी राखेका छन् ।

नेपाल बार एसोसिएन अन्तर्गतका वकिलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरी सर्वोच्च अदालत प्रवेशमा अवरोधका लागि प्रदर्शन गरेका छन् ।

तर प्रधानन्यायाधीश राणा भने अतिरिक्त गेटबाट अदालत प्रवेश गरे ।

त्यसपछि वकिलहरु पनि सर्वोच्च परिसरमै प्रवेश गरेर नाराबानी गरेका छन् ।

यस्तै न्यायाधीशहरुले इजलास नै बहिष्कार गर्दा न्याय सेवा प्रभावित भएको र त्यसले जनताको अधिकार कुण्ठित भएको भन्दै सेवा सुचारु हुनु पर्ने मागसहित पनि प्रदर्शन भएको छ ।

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

सर्वोच्च अदालत क्षेत्रमा प्रधानन्यायाधीशको विरोध तथा न्याय सेवा सुचारु हुनु पर्ने पक्षमा भएको प्रदर्शनले तनावको अवस्था सिर्जना भएको छ ।

बारले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ।

कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचारलाई सहयोग गरेकोसहितका अभियोग प्रधानन्यायाधीश राणामाथि लगाइएको छ।

चोरबाटोबाट सर्वोच्च अदालत छिरे जबरा

५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै

५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै

काठमाडौँ-त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ ।

यसका लागि डाक (डीएके) फाउण्डेशन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवंम् प्राविधिक सहयोग गर्ने जनाइएको छ ।

अस्पतालको १६औँ वार्षिक साधारणसभाका अवसरमा आवश्यकता र सर्भेक्षणका आधारमा यसै आर्थिक वर्षभित्र २० आँखा परीक्षण शिविर, १० विद्यालयमा आँखा कार्यक्रम र विभिन्न नौ स्थानमा अस्पतलले शल्यक्रिया शिविर सञ्चालन गर्ने जानकारी दिइयो ।

अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले सामाजिक सङ्घसंस्थासँग मिलेर सेवा विस्तार गर्ने, सर्वसाधारणलाई आँखा स्वास्थ्य शिक्षा अवगत गराउने र आँखा उपचार क्षेत्रमा नवीनतम प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिक आँखा उपचारमा पहुँच सहज तुल्याउन प्राथमिक केन्द्र र गुणस्तर अभिवृद्धि संयन्त्र विस्तार गर्न लागिएको छ ।”

नेपालमा आँखा उपचार सेवाका लागि ४८ वर्षअघि स्थापना भएको अग्रणी सो अस्पतालले न्यून शुल्कमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएको छ ।

आँखा सेवामा पहुँच विस्तारलाई तीव्रता प्रदान गर्ने कार्यक्रमसहित अघि बढिरहेको अस्पतालमा १५ विशेषज्ञ चिकित्सकसहितको जनशक्तिबाट सेवा प्रदान गरिँदै आएको छ ।

अस्पतालले खोकना, टोखा र थानकोटका भिजन सेन्टरलाई निरन्तरता दिँदै साँखुलगायतका थप तीन स्थानमा पनि थप सेन्टर स्थापना गर्ने कार्यक्रम अघि सारेको छ ।

उपत्यका बाहिर बाराका सिमरामा आँखा उपकार केन्द्र स्थापना गरिसकेको छ भने गोरखाको भच्चेकमा पनि स्थापनाका लागि अध्ययन भइरहेको जनाएको छ ।

कोभिड–१९को सङ्क्रमण जोखिमकाबीच गत आर्थिक वर्षमा उक्त अस्पतालबाट ६५ हजार ४२९ ले ओपिडीबाट सेवा लिएकामा चालु आर्थिक वर्षमा ६८ हजार जनाले त्यो सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

गत आर्थिक वर्षमा अस्पतालले नौ शल्यक्रिया शिविरमा पाँच हजार सात जनाको आँखा परीक्षण र ४६५ को शल्यक्रिया भएको अस्पताल सञ्चालक समितिका सचिव मेघराज गजुरेलले जानकारी दिनुभयो ।

त्यस्तै सात आँखा परीक्षण शिविरबाट दुई हजार ७३३ सर्वसाधारण लाभान्वित भएका थिए ।

अस्पताले ८० वर्ष नाघेकालाई २५ प्रतिशत र गरिबलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार गर्दै आएको छ ।

अस्पतालले गत वर्ष एक हजार आठ गरिब बिरामीलाई उपचारमा पूर्ण तथा आंशिक छुट प्रदान गरेको थियो ।

गत आर्थिक वर्ष २०७७-७८ मा अस्पतालले रु ११ करोड नौ लाख ११ हजार आम्दानी भएकामा रु नौ करोड १६ लाख ६६ हजार खर्च भएको विवरण कोषाध्यक्ष सविता भण्डारीले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा उल्लेख छ ।

अस्पतालका संस्थापक डा रामप्रसाद पोखरेलले नेपालमा आँखा उपचार सेवा र जनशक्ति वृद्धिमा भएको प्रगतिप्रति खुशी व्यक्त गर्दै यसको श्रेय त्रिपुरेश्वर आँखा अस्पतालको समेत रहेको बताउनुभयो ।

अस्पतालका प्रमुख डा कमल खड्काले अस्पतालकातर्फबाट आँखा उपचार सेवा दूरदराजका गाउँबस्तीमा पु¥याउने कोसिस भइरहेको जानकारी दिनुभयो ।

उक्त आँखा अस्पतालले हाल दैनिक सरदर ४०० देखि ६०० सर्वसाधारणलाई आँखा उपचार सेवा पुर्‍याउँदै आएको छ ।

५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै

“मधुमेह रोग होइन, रोग हुनसक्ने कुराहरूको सङ्ग्रहमात्रै हो ”

“मधुमेह रोग होइन, रोग हुनसक्ने कुराहरूको सङ्ग्रहमात्रै हो ”

चितवन-सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् ।

परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् ।

पहिले–पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो ।

ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले रोग देखिन थालेको हो ।

दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थजस्ताको प्रयोग बढी हुने गरेको छ ।

यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ । भरतपुर अस्पतालका फिजिसियन डा कालिदास अधिकारी ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको बताउनुहुन्छ ।

खानपानमा परिवर्तन, माछा, मासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरूमा समस्या देखिएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “गाउँमा पनि क्रयशक्ति बढ्यो, सहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ ।”

जीवनशैलीमा परिवर्तन आएको जनाउँदै उहाँले सहरमा नियमित परीक्षण हुने भए पनि ग्रामीण क्षेत्रका बिरामीले परीक्षण नगर्दा अन्तिम अवस्थामा अस्पताल आउने गरेका बताउनुहुन्छ ।

कलेज अफ मेडिकल साइन्सेस भरतपुरका फिजिसियन डा प्रकाश अर्याल सहरमा धेरै मानिस भएर धेरै बिरामी आएको भए पनि जनसङ्ख्याका अनुपातमा ग्रामीण क्षेत्रमा पनि उत्तिकै समस्या देखिएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “जो गाउँमा बस्नुहुन्छ, उहाँहरूले पनि खानपानमा ध्यान दिनुपर्‍यो, नियमित परीक्षण गर्नुपर्‍यो ।”

२० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने

घरमा अन्य सदस्यलाई मधुमेह नभएमा ३५ वर्षपछि नियमित परीक्षण गर्नुपर्ने जनाउँदै उहाँले घरमा कसैलाई मधुमेह भएमा २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनुपर्ने उहाँको सुझाव छ ।

मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने उहाँको भनाइ छ । यस्ता वर्गले हरेक वर्ष परीक्षण गर्नुपर्छ ।

अन्यको हकमा तीनदेखि पाँच वर्षमा परीक्षण गर्न सकिने डा अर्यालको सुझाव छ । डा अर्याल, “सहरकाले मात्रै होइन, ग्रामीण क्षेत्रमा बस्नेले पनि नियमित परीक्षण गर्नुपर्‍यो ।”

चितवन मेडिकल कलेजका इण्डोक्राइनोलोजिष्ट डा सौरव खतिवडाले शरीरमा चिनीको मात्रा पचाउन सक्ने क्षमतामा ह्रास आयो भने रगतमा चिनीको मात्रा बढ्ने बताउनुहुन्छ ।

उहाँले भन्नुहुन्छ, “यो अवस्थालाई मधुमेह भनिन्छ । खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलीग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भएमा हामीले मधुमेह (डाइबिटिज) भन्दछौँ ।”

मधुमेह भएपछि खानपान, व्यायाम र औषधि यी तीन चिजको सहायताले सुगर (चिनी)लाई निश्चित विन्दुमा नियन्त्रणमा राख्न आवश्यक रहेको उहाँ औल्याउनुहुन्छ ।

मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने जनाउँदै उहाँ भन्नुहुन्छ, “मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ ।

अहिले धेरै मानिस लामो समय कुर्चीमा बसेर काम गर्ने, शारीरिक कसरत नगर्ने गरेको छन् ।

यसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैनन्, यसले मधुमेह बनाउँछ ।”

दैनिक आधा घण्टा पसिना आउने गरी व्यायाम गर्न सुझाव दिँदै उहाँले भन्नुहुन्छ, “वंशाणुगतरूपमा भए पनि खानपान र व्यायाम गर्न सकियो भने मधुमेह हुने समय पाँच-दश वर्ष पछाडि धकेलिन्छ ।

शरीरलाई आवश्यक पर्ने मात्रा मिलाएर खान पर्छ । हाम्रो खानामा भात, ढिलो बढी खान्छौँ ।

यसबाट थोरै खाँदा पनि धेरै ग्लुकोज बन्ने भएकाले भात र ढिलोको मात्रा कति खाने भन्ने जानकारी लिन जरुरी छ ।”

आफ्नो तौल, उमेर र उचाइअनुसार डाइटीसियनसँग परामर्श गरेर खाना खाने बानी बसाल्नु राम्रो हुने उहाँको सुझाव छ ।

सामान्यतया हामीले खाने चामल बिहान डेढ मुठी र बेलुका एक मुठी खाँदा पर्याप्त हुने जनाइएको छ ।

“मधुमेह रोग होइन, रोग हुनसक्ने कुराहरूको सङ्ग्रहमात्रै हो ”

उहाँले एकैपटक धेरै नखान र पटक–पटक थोरै–थोरै गरेर खान सुझाव दिनुहुन्छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारी मधुमेह आफैँमा रोग नभएको बताउनुहुन्छ ।

उहाँले भन्नुहुन्छ, “मधुमेह रोग होइन, रोग हुनसक्ने कुराहरूको सङ्ग्रहमात्रै हो ।”

मधुमेहका कारण आँखा, मुटु, मिर्गाैला, खुट्टा, रगतका नलीमा हान्यो भने बल्ल त्यो रोग हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “मधुमेहलाई राम्रोसँग नियन्त्रण गर्‍यौँ भने स्वस्थ जीवन जीउन सकिन्छ ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९८० मा विश्वमा जम्मा १० करोड मानिसमा मधुमेह भएको र करिब ४० वर्षपछि यो सङ्ख्या ४५ करोडभन्दा बढी पुगेको छ ।

मधुमेह उपचारमा विगत लामो समयदेखि सक्रिय डा अधिकारीले अर्काे ४५ करोड मधुमेह हुनसक्ने, पत्ता नलागेका र अर्काे वर्ष वा जीवनशैली नबदलेमा हुनसक्ने मानिसको सङ्ख्या रहेको बताउनुहुन्छ ।

विश्वका सात अर्ब जनसङ्ख्यामा करिब ९० करोड मधुमेह भएका वा हुनसक्ने मानिस रहेको जनाइएको छ ।

नेपालमा पनि करिब–करिब जनसंख्याको ८.४ प्रतिशत मानिसलाई मधुमेह भएको अनुमान गरिएको डा अधिकारीको भनाइ छ ।

नेपालमा यसको परीक्षणको पहुँच सबैतिर पुगिसकेको जनाउँदै उहाँले भन्नुहुन्छ, “अर्काे ८.४ प्रतिशत परीक्षण नभएको छ भन्ने अनुमान गरिएको छ ।”

नेपालका सहरी क्षेत्रमा गरिएका अध्ययनले करिब २० प्रतिशत मधुमेहबाट प्रभावित भएको देखाएको जनाउँदै उहाँले गाउँमा तीन प्रतिशतलाई मधुमेह भएको बताउनुहुन्छ ।

स्वस्थ जीवनशैली अपनाउन र मधुमेही छु कि छैन भनेर वर्षमा एकपटक मधुमेह परीक्षण गर्न उहाँले सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “वर्षमा एकपटक परीक्षण गरियो भने करिब–करिब फेरि मधुमेह लाग्ने सम्भावना त्यो वर्षलाई १२ प्रतिशतले टर्छ ।”

“मधुमेह रोग होइन, रोग हुनसक्ने कुराहरूको सङ्ग्रहमात्रै हो ”

समाजवादी प्रेस सङ्गठन: श्रेष्ठको अध्यक्षतामा केन्द्रीय समिति घोषणा

समाजवादी प्रेस सङ्गठन: श्रेष्ठको अध्यक्षतामा केन्द्रीय समिति घोषणा

काठमाडाैँ-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालको संयोजक शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय सदस्य घोषणा भएको छ ।

सङ्गठनका उपाध्यक्षमा प्रकाश खतिवडा, उपाध्यक्ष शितल साह, महिला उपाध्यक्षमा भवानी कार्की, समावेशी उपाध्यक्षमा बुद्धिवीर वाहिङ राई, उपत्यका उपाध्यक्षमा शान्तराम बिडारी, प्रदेश उपाध्यक्षमा तीर्थराज सिग्देल, नवराज छतकुली, श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा र राजेन्द्र कुँवर महासचिवमा भूपराज खड्का, उपमहासचिवद्वय तेजप्रसाद वाग्ले र उर्मिला कुँवर, कोषाध्यक्ष कृष्णराज गौतम, सचिवत्रय सुभाषप्रसाद साह, उत्तरसिंह विष्ट र गोविन्द चौलागाईं हुनुहन्छ ।

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सञ्चार जगतले मुलुकको राष्ट्रियता तथा जनजीविकाको पक्षमा कलम चलउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले न्यायलयमा भइरहेको विवादले न्यायिक क्षेत्र कुरुप बन्दै गइरहेकाले प्रधानन्यायाधीशले राजिनामा दिएर निकास दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सङ्गठनका संयोजक शम्भु श्रेष्ठले श्रमजीवी पत्रकारको पक्षमा आफ्नो सङ्गठनले देशभर गतिविधिलाई सञ्चालन गर्ने जानकारी दिनुभयो ।

पार्टी प्रचार विभाग उपप्रमुखसमेत रहनुभएका उहाँले ओली सरकारको अकर्मण्यताका कारण करीब दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार पतन भएको बताउँदै इमान्दार कार्यकर्ताले कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने बताउनुभयो ।

समाजवादी प्रेस सङ्गठन: श्रेष्ठको अध्यक्षतामा केन्द्रीय समिति घोषणा

निरङ्कुशताका विरुद्ध डटेर लाग्न अध्यक्ष नेपालको निर्देशन

निरङ्कुशताका विरुद्ध डटेर लाग्न अध्यक्ष नेपालको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आदर्शलाई अवलम्बन गर्ने सबैले निरङ्कुशताका विरुद्ध डटेर समतामूलक समाज निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपालको पदाधिकारी तथा केन्द्रीय सदस्य घोषणासभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सामाजिक न्याय तथा समानताको पक्षमा क्रियाशील हुन सबै पार्टी पङ्क्तिलाई निर्देशन दिनुभयो ।

अध्यक्ष नेपालले अहिले कम्युनिट आन्दोलनलाई कमजोर बनाउन कम्युनिष्ट नामका दलहरु सक्रिय रहेकाले शुद्ध आचरणका साथ जनताका समस्यालाई केन्द्रमा राखेर यथार्थपरक सूचना प्रवाह गर्न सुझाव दिनुभयो ।

पत्रकारले समाजमा भएका राम्रो कामको उत्खनन गर्ने र गलत कामको भण्डाफोर गर्नुपर्ने बताउँदै उहाँले राष्ट्रिय एकताको पक्षमा कलम चलाउँदै अनुचित काम गर्नेलाई पनि नछाड्न उल्लेख गर्नुभयो ।

“समाजवादी आदर्शबाट अगाडि बढ्नुस्, गलत कामलाई गलत भन्नुस्, पत्रकारिताको राम्रो आचरण विकास गर्नुहोस्”, उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले देशमा विभिन्न किसिमका भ्रष्टाचार, शोषण उत्पीडन र विकृति विसङ्गति मौलाइरहेको उल्लेख गर्दै पत्रकारले पनि त्यसखालका विकृति विसङ्गतिविरुद्ध कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय देशभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमनविरुद्धको लडाइँ लडिरहेको पनि उहाँले बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले समाजमा हुने कुनै पनि घटनाक्रम तथा विषयवस्तुलाई जनतासमक्ष पुर्‍याउन सङ्गठित प्रेसको खाँचो रहेको उल्लेख गर्दै मुलुकको राजनीति, शान्ति प्रक्रिया, वैदेशिक सम्बन्धका समाचार सम्प्रेषण गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

निरङ्कुशताका विरुद्ध डटेर लाग्न अध्यक्ष नेपालको निर्देशन

केन्द्रीय कमिटी सदस्यहरुलाई नेता नेपालले गराए सपथ

केन्द्रीय कमिटी सदस्यहरुलाई नेता नेपालले गराए सपथ

काठमाडौं-नेकपा एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी सदस्यहरुलाई शपथ गराएका छन् ।

सानेपामा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।

शपथ पछि अध्यक्ष नेपालले उद्घाटन मन्तव्य शुरु गरेका थिए ।

केन्द्रीय कमिटीले पूर्णता पाएपछि पहिलो पटक बैठक शुरु भएको हाे ।

केन्द्रीय कमिटी सदस्यहरुलाई नेता नेपालले गराए सपथ

नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक हेरिटेज गार्डेनमा सुरु

नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक हेरिटेज गार्डेनमा सुरु

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको दोश्रो पूर्ण बैठक सुरु भएको छ ।

माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीको बैठक ललितपुरस्थित हेरिटेज गार्डेनमा बैठक सुरु भएको हो ।

अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गरेका छन्।

बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गरेका तथा प्रवेश गर्ने तयारीमा रहेकाहरूका जिम्मेवारी र भूमिकाबारे शुक्रबारको स्थायी कमिटी बैठकले बनाएको मापदण्ड पेश गरेर पारित गर्ने तयारी छ ।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनको आजको बैठकले संगठन विस्तार, सरकारको कामको समीक्षा, प्रदेश सरकारमा पार्टीको सहभागिता र भूमिका, न्यायालयमा देखिएको समस्यालगायतका विषयमा छलफल गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

बैठकले यसअघि पार्टी सचिवालय लगायतले गरेका निर्णयको समेत अनुमोदन गर्ने बताइएको छ।

केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो । पार्टी गठनपछि भने यो दोस्रो केन्द्रीय कमिटी बैठक हो ।

केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उद्देश्यले हिजो बानेश्वरमा स्थायी कमिटी बैठक बसेको थियो ।

बैठकले एमालेसहितका विभिन्न कम्युनिष्ट पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकाहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरेको थियो ।

स्थायी कमिटीले निर्धारण गर्ने उक्त मापदण्ड आज केन्द्रीय कमिटी बैठकमा पेश गरिने र छलफल पश्चात पारित गरिने छ ।

नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक हेरिटेज गार्डेनमा सुरु

भारत भ्रमण सकेर प्रधान सेनापति शर्मा स्वदेश फिर्ता

भारत भ्रमण सकेर प्रधान सेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौं-प्रधान सेनापति प्रभुराम शर्मा चार दिने भारत भ्रमण सकेर शुक्रबार स्वदेश फिर्ता भएका छन् ।

गत २३ गते भारतीय स्थल सेनाध्यक्ष जनरल एम एम नरवणेको औपचारिक निमन्त्रणमा भारत प्रस्थान गरेका थिए ।

भारत भ्रमणका क्रममा उनलाई भारतका राष्ट्रपति राम नाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान भएको थियो ।

भारतीय राष्ट्रपति कार्यालयमा सुशोभन समारोहको नै आयोजना गरी प्रधान सेनापति शर्मालाई उक्त दर्जा प्रदान गरिएको हो ।

यसैगरी भ्रमणको क्रममा प्रधानसेनापति शर्माले भारतका स्थल सेनाध्यक्ष जनरल एम एम नरवणे, रक्षासचिव अजय कुमार लगायतसँग पनि भेटघाट तथा छलफल गरेका थिए ।

त्यसैगरी उनले भारतीय रक्षामन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा.एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए ।

भ्रमणकै क्रममा उनले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरीक्षण भ्रमण समेत गरेको र उनलाई उक्त कलेजमा सम्मानसमेत गरिएको नेपाली सेनाले जनाएको छ ।

उहाँलाई उक्त अवसरमा कलेजको “Wall of Honor” मा induct गरी सम्मानित गरिएको थियो ।

यसरी “Wall of Honor” मा induct हुने सम्मान प्राप्त गर्ने उहाँ पहिलो व्यक्ति हुनु हुन्।

यो सम्मान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उक्त कलेजका Alumni हरुलाई मात्र दिइने गरिन्छ ।

महारथी शर्माले सन २०१३ मा उक्त कलेजबाट National Defense Course (NDC) गरेका थिए ।

दुई देशबीचको उच्च सैनिक नेतृत्वको भ्रमण र दुई देशका सेनाका प्रधान सेनापतिलाई मानार्थ महारथीको उपाधि दिने प्रथा बिगत लामो समयदेखि चल्दै आएको छ ।

यता स्वदेश फर्किने क्रममा प्रधान सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले गौचरस्थित नेपाली सेनाको मध्य एयर बेसमा स्वागत गरेका थिए ।

त्यस्तै आज कात्तिक २८ गते शनिबार प्रधान सेनापति शर्मालाई सम्मान गर्नका लागि नेपाली सेनाले जङ्गी अड्डामा गारत अर्पण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

अस्पताल भएका संस्थाले मात्र नर्सिङ पढाउन पाउने

अस्पताल भएका संस्थाले मात्र नर्सिङ पढाउन पाउने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो ।

परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिनुभयो ।

आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ ।

ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताउनुभयो ।

परिषद्तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन्  ।

ती २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा आङ्गिक कलेज हुन् ।

चिकित्सा शिक्षा ऐनको दफा १२ मा नर्सिङ कलेज सञ्चालनका लागि अनिवार्य रूपमा एक सय शय्याको अस्पताल हुने व्यवस्था छ।

सोही व्यवस्था अनुसार सरकारले मापदण्ड पूरा गरेका र आफ्नै अस्पताल भएका कलेजले मात्र पठनपाठन गर्न पाउने गरी भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

पिसिएल नर्सिङ पढाउने ९० भन्दा बढी कलेजको आफ्नै अस्पताल छैनन् ।

ती कलेजले अब भर्ना लिन नपाउने भएका छन् । ऐनविपरीत ती कलेजलाई पनि भर्ना खुलाउने खेल सुरु भएको थियो ।

तर, त्यसको चौतर्फी विरोध भएपछि सरकारले कानुन अनुसार नै अगाडि बढ्ने निर्णय गरेको शिक्षा मन्त्रालयका एक कर्मचारीले जानकारी दिए ।

नेपाल नर्सिङ काउन्सिलले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार देशभर सञ्चालित एएनएम, पिसिएलदेखि मास्टर्ससम्मका १८९ वटा नर्सिङ कलेजमध्ये ९८ वटा कलेजको आफ्नो अस्पताल छैन ।

यी कलेजहरुले नै पटक पटक सरकारको निर्णय अटेर गर्दै आएका हुन् ।

अस्पताल भएका संस्थाले मात्र नर्सिङ पढाउन पाउने

एकीकृत समाजवादी पार्टीको आकर्षण बढ्दा एमाले छोड्नेको लहर: माधव नेपाल

एकीकृत समाजवादी पार्टीको आकर्षण बढ्दा एमाले छोड्नेको लहर: माधव नेपाल

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टीप्रति देसभर आकर्षण बढेको बताएका छन् ।

आज बानेश्वरस्थित अर्पण बैंक्वेटमा स्थायी कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले भने एकीकृत समाजवादी पार्टीको आकर्षण बढेको छ, ‘साना पार्टीहरुबाट पार्टी प्रवेश गर्ने क्रम जारी नै छ, मूख्यगरी एमाले छोड्नेको त लहरै चलेको छ’, ।

अध्यक्ष नेपालले डडेलधुराबाट एमाले अध्यक्ष सहित ठूलो पंक्ति पार्टी प्रवेश गरेको बताउँदै अन्यत्र पनि उस्तै लहर आएको बताए ।

नेता नेपालले रौतहट, वारा, पर्सा, सुनसरी,मोरङ लगायत देसभरी नै एमाले रितिदै समाजवादी भरिदै गएको उनले बताएका छन् ।

नेकपा माले छोडेर चार नेता पार्टीमा प्रवेश गरेको र अन्य नेताहरुसँग पनि कुरा चलिरहेको नेता नेपालले जानकारी दिए ।

शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न बानेश्वरस्थित अर्पण बैंक्वेटमा बैठक चलिरहेको छ ।

‘केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे छलफल भइरहेको छ’, प्रवक्ता जगनाथ खतिवडाले भने ।

स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल समेत सहभागी छन् ।

मिर्गौला प्रत्यारोपण पछि आराम गरिहेका खनाल पहिलो पटक पार्टी बैठकमा सहभागी भएका हुन् ।

एकीकृत समाजवादी पार्टीको आकर्षण बढ्दा एमाले छोड्नेको लहर: माधव नेपाल

राष्ट्रसंघीय महिला प्रहरीको अवार्ड नेपाल प्रहरी कि डा. संज्ञा मल्ललाई

राष्ट्रसंघीय महिला प्रहरीको अवार्ड नेपाल प्रहरी कि डा. संज्ञा मल्ललाई

काठमाडौं-११औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ नेपाल प्रहरी कि प्रहरी उपरीक्षक डा.संज्ञा मल्ललाई प्रदान गरिएको छ ।

संयुक्त राष्ट्रसंघले हरेक बर्ष वितरण गर्ने यस अवार्ड यस बर्ष नेपाल प्रहरी कि प्रहरी उपरीक्षक डा. संज्ञा मल्लले पाउन सफल भएकी हुन् ।

संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले मोनुस्को (MONUSCO) मा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डा.मल्ललाई उक्त अवार्ड प्रदान गरिएको जनकारी दिएको छ ।

उक्त अवार्ड संयुक्त राष्ट्रसंघीय प्रहरी सप्ताह २०२१ को अवसरमा डा. मल्ललाई दिइएको हो ।

प्रहरी उपरीक्षक डा। मल्लले मोनुस्कोमा कार्यरत रहेदेखि कोभिड-१९ को महामारीको बेला स्वास्थ्य र वातावरण क्षेत्रमा सुम्पिएको जिम्मेवारी गतिशील भई नेतृत्वदायी भूमिका निर्वाह गरिरहेकी छिन् ।

महामारीमा मोनुस्कोमा कार्यरत अनपोल कर्मचारीहरूलाई काउन्सिलिङ गर्न समर्पित भइ उनले काम गरिरहेका छिन्।

वातावरण संरक्षणमा अनपोलको वातावरण यूनिटसँग संयुक्त योजना निर्माण गरी काम गर्नुका साथै इबोला भाइरस फैलनबाट रोक्न तथा गोमामा भएको ज्वालामूखी विष्फोटमा अनपोल कर्मचारीहरूलाई सहयोग गर्न उनको योगदान प्रशंसनीय रहेको संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयले जनाएको छ ।

राष्ट्रसंघीय महिला प्रहरीको अवार्ड नेपाल प्रहरी कि डा. संज्ञा मल्ललाई