एमाले महाधिवेशन: यसरी गरिने छ सुरक्षा व्यवस्थापन

एमाले महाधिवेशन: यसरी गरिने छ सुरक्षा व्यवस्थापन

नवलपुर-नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रवन्धलाई चुस्त पारिने भएको छ ।

यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ ।

नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

जिल्लामा विद्यमान जनशक्ति अपर्याप्त हुने जनाउँदै थप सुरक्षाकर्मी माग गरिएको दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख बताउँछन् ।

ती दुई जिल्लाको सुरक्षाकर्मीबीच समन्वय भएर सुरक्षा तयारीको काम भइरहेको छ ।

महाधिवेशनका लागि नवलपुरको गैँडाकोटमा मात्रै नेपाल प्रहरीको १००, चितवनतर्फ ८०० सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ४५० र राष्ट्रिय अनुसन्धानका ९० सुरक्षाकर्मी परिचालन हुँदैछन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले महाधिवेशनलाई लक्षित गर्दै थप जनशक्ति प्रदेश प्रहरी कार्यालय पोखरासँग माग गरिएको जानकारी दिनुभयो ।

“हामीले थप सुरक्षाकर्मी प्रदेशसँग माग गरिसकेका छौँ” उहाँले भन्नुभयो, “बुधबार बिहानसम्म थप सुरक्षाकर्मी जिल्लामा आइपुग्छन् ।”

पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारी साधनलाई गैँडाकोटमा रोकिने

नवलपुरभन्दा पश्चिमबाट महाविधेशनमा सहभागी हुन आउने सवारी साधनलाई गैँडाकोटमा रोकिने जनाउँदै उहाँले नदी किनारसहितका स्थानलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने बताउनुभयो ।

नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले बाटोमा जाम हुनसक्ने जनाउँदै यसका लागि समेत ट्राफिक प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो ।

“हामीले नवलपरासी पश्चिम र रुपन्देहीको प्रहरीसँग समन्वय गरेर काम गरिरहेका छौँ” प्रउमल्लले भन्नुभयो, “मङ्सिर ९ गते रातिबाट नै हामीले पूर्व–पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डमा मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने गरी काम गरिरहेका छौँ ।”

महाधिवेशन उद्घाटन र बन्दसत्र स्थानमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो ।

एमालेका पदाधिकारीसँग बसेर सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनबारे छलफल भएको जनाउँदै उहाँले जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट विशेष योजना बनाएर काम भइरहेको बताउनुभयो ।

जिल्लाका विभिन्न १३ स्थानमा सवारीसाधन पार्किङस्थल निर्माण गरिएको जनाउँदै प्रजिअतामाङले महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट पश्चिमतर्फ महाधिवेशन उद्घाटनस्थल नारायणगढसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइने बताउनुभयो ।

“ महाधिवेशनका लागि प्रहरी नायब महानिरीक्षक (डिआईजी)को नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन हुँदैछ” प्रजिअतामाङले भन्नुभयो, “महाधिवेशनस्थलसहित जिल्लामा आउने भिआईपी, भिभिआईपी र विदेशी डेलिगेट्सको सुरक्षामा केन्द्रित हुनेगरी सुरक्षा योजना बनेको छ ।”

मङ्सिर १० गते नारायणी नदी किनारमा महाविधेशन उद्घाटन पश्चात् सोही दिन रातिदेखि नै सुरक्षा व्यवस्थालाई सौराहा केन्द्रित पारिने उहाँले बताउनुभयो ।

रक्षा घेरा साँघुरो हुने भएकाले व्यवस्थापन गर्न सहज

“महाधिवेशनमा आउने प्रतिनिधिसहित भिआईपी, प्रतिनिधि र विदेशी डेलिगेट्स बन्दसत्र हुने होटलमा बस्ने भएकाले सोहीअनुसार सुरक्षा योजना बनाएका छौँ” उहाँले भन्नुभयो, “सुरक्षा घेरा साँघुरो हुने भएकाले हामीलाई व्यवस्थापन गर्न सहज हुनेछ ।”

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको महाधिवेशन केन्द्रीत एकीकृत सुरक्षा योजना तयार भएको जानकारी दिनुभयो ।

जिल्लामा भएका भन्दा थप ६५० प्रहरी चितवनमा परिचालन गर्नेगरी प्रदेशसँग माग गरिएको उहाँले बताउनुभयो ।

“महाधिवेशन केन्द्रित गरी नेपाल प्रहरीको आठ सय भन्दा बढी जनशक्ति परिचालन गर्दैछौँ” प्रमुख अधिकारीले भन्नुभयो, “थप जनशक्ति नेपाल प्रहरी शिक्षालय भरतपुर, दङ्गा नियन्त्रण गण हेटौँडा र प्रदेश प्रहरी कार्यालयबाट आउनेछ ।”

त्यस्तै सशस्त्र प्रहरीको ४५० भन्दा बढी जनशक्ति परिचालन हुने १७ नम्बर गण आँपटारीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपककुमार थापाले जानकारी दिनुभयो ।

१७ नम्बर गण र मातहतमा रहेका जनशक्तिको अवला बाहिनीमार्फत थप २५० सुरक्षाकर्मी महाधिवेशनका लागि परिचालन गर्ने तयारी भइरहेको थापाले बताउनुभयो ।

सशस्त्र प्रहरीले उद्घाटन सत्र र बन्दसत्र हुनेस्थलको बाहिरी सुरक्षा हेर्ने

सशस्त्र प्रहरीले उद्घाटन सत्र र बन्दसत्र हुनेस्थलको बाहिरी सुरक्षा हेर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी जिल्लाको सुरक्षाअवस्थाबारे जानकारी लिनका लागि राष्ट्रिय अनुसन्धान विभाग चितवनले ९० जनशक्ति परिचालन गरेको विभागका उपअनुसन्धान निर्देशक शेरजङ्ग चन्दले बताउनुभयो ।

जिल्लामा रहेका ५० राष्ट्रिय अनुसन्धानका कर्मचारीसहित थप ४० कर्मचारी परिचालन गरेर जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिने काम भइरेको उहाँको भनाइ छ ।

“महाधिवेशनमा पाँच लाख जनसहभागिता हुने भनिरहँदा सुरक्षा संवेदनशीलता पक्कै रहन्छ” उपअनुसन्धान निर्देशक चन्दले भन्नुभयो, “केही स्थानको सेक्यु्रिटी थ्रेटबारे हामीले सुरक्षा समितिमा जानकारी गराएका छौँ ।”

विभागले समग्र सुरक्षा व्यवस्थाबारे जानकारी लिने र सुरक्षा समितिमा जानकारी गराउने उहाँको भनाइ छ ।

विभागले महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनार र बन्दसत्र स्थल सौराहा केन्द्रित गरेर जनशक्ति परिचालन गरेको छ ।

आसन्न महाविधेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

महाधिवेशन मङ्सिर १० गते नारायणी नदी किनारमा उद्घाटन हुनेछ भने ११ र १२ गते सौराहाको सेभेन स्टारमा बन्दसत्र हुनेछ ।

एमाले महाधिवेशन: यसरी गरिने छ सुरक्षा व्यवस्थापन

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु: अध्यक्ष दाहाल

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु: अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताउनुभएको छ ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्नुहुँदै उहाँले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले आगामी निर्वाचनममा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पार्नुभयो ।

भरतपुर महानगरको विकास लोभलाग्दो रहेको भन्दै अध्यक्ष दाहालले यसलाई अझ उचाइमा पु¥याउनका लागि आफ्नो उम्मेदवारी रहने बताउनुभयो ।

भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निर्वाचन अगाडि जग्गा वितरण गरिने उहाँको भनाइ थियो । “चितवनमा पहिलो चरणमा जग्गा वितरण गरिन्छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई–मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा सो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

यी क्षेत्रमा रु चार अर्बको लगानी हुने उहाँको भनाइ थियो । किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उहाँले बताउनुभयो ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार सो क्षेत्रमा रु चार करोडको लागतमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन् ।

यसबाट २०० हेक्टर जमिन सिञ्चित हुने छ । जिल्लाका विभिन्न क्षेत्रमा यस कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ ।

ती ट्युबेल निर्माण गर्न रु १३ करोड ६० लाख खर्च भएको उहाँको भनाइ छ । नयाँ निर्माण गरिएका ट्युबेलले ८७७ हेक्टर जमिन सिञ्चित भएको छ ।

आगामी निर्वाचनमा चितवनबाटै उठ्छु: अध्यक्ष दाहाल

राती १० बजेपछि बाजा बजाउन रोक

राती १० बजेपछि बाजा बजाउन रोक

वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्काे आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको छ ।

विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन सक्ने विकृति–विसङ्गति तथा अश्लील गीतसङ्गीत एवम् सडकमा सो नृत्यमा रोक लगाइएको हो ।

यसैगरी, घण्टाघर नजिकैका धर्मशाला, पार्टी प्यालेस एवम् होेटल बिपीपार्क, माईस्थान आदर्शनगर क्षेत्रका पुरानो बसपार्क र अलखिया मठ, छपकैया विर्ता क्षेत्रकाले बिर्ताबजार एवम् इदगाहा क्षेत्रको खाली ठाउँमा पार्किङ गर्नुपर्ने योजना अघि बढाइएको हो ।

यसैगरी, वीरगञ्जमा सवारी पार्किङ व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा धर्मशाला, होटेल, पार्टीप्यालेसले नै सुरक्षा गार्ड राख्ने र सवारीसाधन पार्किङमा व्यवस्थापन गर्न जिम्मेवार हुनुपर्ने गर्ने योजना बनाइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

राती १० बजेपछि बाजा बजाउन रोक

ट्याक्स हेवनमा पैसा लानेको भिडमा: उत्कृष्ट करदाता मुकुन्द

ट्याक्स हेवनमा पैसा लानेको भिडमा: उत्कृष्ट करदाता मुकुन्द

काठमाडौँ-नेपालमा धेरै क्षेत्रका मानिसले कर छली रहेको अबस्था छ । बास्तविकतामा सरकारले उठाउनु पर्ने दायराको कर उठाउनै सकेको छैन् ।

यसै बास्तविक्ता बिच भक्तपुर जिल्लाकै उत्कृष्ट करदाताको सम्मानबाट यस वर्ष होम प्रसाद गौतम(मुकुन्द) सम्मानित भएका छन् ।

भक्तपुर जिल्लामा मेडिगोल्ड इन्टरनेशनल प्रालिका संचालक होम प्रसाद गौतम(मुकुन्द)सम्मानित भएका हुन् ।

हरेक बर्ष कर सप्ताहको अवसरमा नेपाल सरकार आन्तरिक राजस्व कार्यालय भक्तपुरले प्रदान गर्दै आईरहेको सम्मानबाट यस वर्ष मेडिगोल्ड इन्टरनेशनल प्रालिका संचालक होम प्रसाद गौतम (मुकुन्द) सम्मानित भएका छन् ।

‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि: सुशासन, विकास र समृद्धिू भन्ने मूल नाराका साथ शुरु भएको कर सप्ताह कार्यक्रम अन्तर्गत आन्तरिक राजस्व कार्यालय भक्तपुरले आईतबार उत्कृष्ट करदाताको सम्मान गौतमलाई प्रधान गरेको हो ।

मेडिगोल्ड इन्टरनेशनल प्रालि औषधीको कारोवार गर्ने कम्पनी हो काभ्रे चौंरी, देउरालीमा जन्मिएका होम प्रसाद गौतमले उक्त ब्यवसाय चलाउदै आएका छन् ।

उत्कृष्ट करदाताको सम्मान गौतमले यस वर्ष मात्र नभई बिगत २ वर्ष देखि निरतर हात पार्न सफल भइरहेका छन् ।

कर छल्ने, नक्कली भ्याटविल काट्ने गैर कानुनी मार्गबाट पैसा ट्याक्स हेवन देशमा लग्ने देशका ब्यबसायीका बिच नेपालले निकै कम होम प्रसाद गौतम जस्ता ब्यक्ति पाएको छ ।

उत्कृष्ट करदाताको रुपमा सम्मानीत गौतम जस्ता देस प्रेमी युवा ब्यवसायी अहिले देशलाई अत्यन्त खाचो छ ।

गौतमले भने उनले पाएको उत्कृष्ट करदाताको सम्मान आफुलेमात्र नभएर आफ्नो सम्पूर्ण टिम नै यसको हिस्सेदार रहेको बताएका छन् ।

ट्याक्स हेवनमा पैसा लानेको भिडमा: उत्कृष्ट करदाता मुकुन्द

कोरियाको स्टार रेमिट र नबिल बैंक विच सम्झौता सम्पन्न

कोरियाको स्टार रेमिट र नबिल बैंक विच सम्झौता सम्पन्न

काठमाडाैँ कोरियास्थित नेपालीको रेमिट स्टार रेमिट र नेपालको नबिल बैंक विच रेमिटयान्स भित्रयाउने सम्बन्धिमा सम्झौता भएको छ ।

नेपालको राजधानी काठमाण्डौंको हात्तिसार स्थित नेपाल हाउस रेष्टुरेन्टमा मंसीर ६ गते सोमबार आयोजित एक विशेष समारोहको विच स्टार रेमिटका अध्यक्ष रुद्र शर्मा र नविल बैंकका कार्यकारी अधिकृत –सिइओ) अनिल केशरी शाह विच सो सम्बन्धमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा कोरियाबाट नेपाल रेमिटयान्स भित्रयाउने ,कोरिया रिटर्नीहरुलाई कसरी बैंकिङ सेवा दिने , विदेशबाट सरल ,सहज र कानुनीरुपमा पैसा भित्रयाउने र त्यसलाई सदुपयोग गर्ने सम्बन्धमा चर्चा गरिएको छ ।

सो समारोहमा नविल बैंकका प्रतिनिधिहरु , स्टार रेमिटका प्रतिनिधिहरु सहित कोरिया तथा विदेशबाट फर्केका नेपालीहरुको समेत सहभागिता रहेको थियो ।

स्टार रेमिट दक्षिण कोरियामा २०१८ सालमा नेपालीद्वारा नेपालीको लागि संचालित रेमिटयान्स हो ।

हाल कोरियाबाट १५ देशमा कारोबार गर्ने यो रेमिटयान्स कम्पनीले २०२२ सम्म ५० देशमा र २०२४ मा २०० देशमा कारोबारगर्ने लक्ष्यसहित कारोबारलाई विस्तार गरिरहेको छ ।

नेपालको नं. १ बैंक नविल बैंकसंगको सहकार्यले स्टार रेमिटको सेवामा अझ गुणस्तर थपिने कम्पनीको दावि छ । नबिल बैंकले नेपालमा १३५ ब्रान्चहरुबाट तथा

१५ हजार बढि नबिल रेमिट एजेन्ट लोकेशन बाट सेवा प्रदान गरिरहेको छ ।

फिक्स डिपोजिट, लोन सुविधा तथा स्मार्ट बैंकिङको सुविधा कोरियाबाटै लिन को लािग स्टार रेमिटसंगको सम्झौंताले थप मद्धत गर्ने विश्वास गरिएको छ ।

कोरियाको स्टार रेमिट र नबिल बैंक विच सम्झौता सम्पन्न

प्रधानन्यायाधीशमा जबराको नियुक्ति बाध्यतावश भएको हो: नेता कर्ण

प्रधानन्यायाधीशमा जबराको नियुक्ति बाध्यतावश भएको हो: नेता कर्ण

काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नियुक्ति बाध्यतावश भएको संसदीय सुनुवाई समितिका सभापति एवं लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मण लाल कर्णले बताएका छन्।

नेपाल बार एशोसिएशनको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।

उनले त्यो समयमा प्रधानन्यायधीश जबराको विकल्पमा कोही नभएका कारण नियुक्त पाएको दाबी गरे।

“जबरालाई नेतृत्व नदिँदा सर्वोच्च नेतृत्वविहीन हुने भएर बाध्यात्मक अवस्थामा संसदीय सुनुवाइ गरिएको हो”, उनले भने।

उनले अदालतको घटना देखेर साह्रै नरमाइलो लागेको बताए ।

उनले अदालतमा भइरहेको गतिविधि नेपालको इतिहासमा अद्‍भूत भएको बताए ।

उनले अदालतभित्र प्रहरी परिचालन गर्नु राम्रो नभएकोसमेत बताए।

उनले भने “सर्वसाधारणले आन्दोलन गर्दा बारले नपाउने भन्ने हुँदैन,।

प्रधानन्यायाधीशमा जबराको नियुक्ति बाध्यतावश भएको हो: नेता कर्ण

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो

काठमाडौँ-सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न नियमावली राजपत्रमा प्रकाशित भएको छ ।

गोलाप्रथाबाट पेसी तोक्ने नियमावली राजपत्रमा प्रकाशित भएसँगै अदालतले अब गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको छ

हालसम्म पेशी तोक्ने अधिकार प्रधानन्यायाधीशको अधिकारको रुपमा रहँदै आएको थियो।

सोमबार प्रकाशित नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो ।

यसलाई औपचारिकता प्रदान गर्न भने सर्वोच्च अदालतको ‘फुल कोर्ट’ ले निर्णय गर्नुपर्ने प्रावधान रहेको छ ।

सर्वोच्च अदालत नियमावली २०७४ संशोधन गरेर गोलाप्रथाबाट पेशी तोकिने भएपछि प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती भएको छ।

न्यायलयमा हुने अनियमितता तथा प्रभाब रोक्न सर्वोच्चको पेसी गोलाप्रथाबाट तोक्न लामो समयदेखि माग हुँदै आएको थियो ।

न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।

न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ ।

नियमावली संशोधन सम्बन्धी राजपत्रको सूचनामा उल्लेख गरिएको छ, ‘अदालतको साप्ताहिक पेशी सूची तयार गरी प्रकाशन गर्ने र दैनिक पेशी सूची तयार गरी गोला प्रक्रियाको प्रयोजनको लागि पूर्ण बैठक कक्षमा पेश गर्ने।’

प्रधानन्यायाधीशको अध्यक्षमा बसेको फुलकोर्टको बैठकले नियमावली संशोधन गर्नुपर्ने भए पनि राजीनामा माग्दै आन्दोलन गरिरहेका न्यायाधीशहरुले उनीसँग फुलकोर्ट बैठकमा बस्न अस्वीकार गर्दै सामूहिक निर्णय गरेर पठाएका थिए।

त्यसलाई प्रधानन्यायाधीश राणाले अनुमोदन गरेपछि फूलकोर्ट बैठकको मान्यता पाउँदै राजपत्रमा सूचना प्रकाशित भएको हो।

पछिल्लो समय सर्वोच्च अदालतमा बढेको विवादका बीच फुलकोर्टले गोलाप्रथाबाट पेसी तोक्न नियमावली संशोधन गरेको थियो ।

फुलकोर्टले नियमावली संशोधन गरेसँगै राजपत्रमा सूचना प्रकाशित भएको हो ।

हेर्नुहोस राजपत्रमा प्रकाशित पेसी गोलाप्रथाबाट तोक्न नियमावलीको पुर्णपाठ

सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो

मंसिर १७ गतेदेखि देशैभर मतदाता नामावली संकलन अभियान

मंसिर १७ गतेदेखि देशैभर मतदाता नामावली संकलन अभियान

काठमाडौँ-निर्वाचन आयोगले मंसिर १७ गतेदेखि विशेष अभियानका रुपमा मतदाता नामावली संकनल गर्ने भएको छ।

आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्माका अनुसार सबै स्थानीय तहको केन्द्रबाट मतादता नामावली संकलन हुनेछ।

आयोगले मतदाता नामावली संकलन गर्न हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाण्डौ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन गर्नेछ।

आयोग हाल ७७ वटै निर्वाचन कार्यालय, ७७ वटा जिल्ला प्रशासन र ४० वटा इलाका प्रशासन कार्यालयमार्फत पनि मतदाता नामावली संकलन गरिरहेको छ।

अभियानका रुपमा थप ६३७ वटा स्थानीय तहको केन्द्रबाट पनि नाम संकलन गरिने शर्माले जानकारी दिए। मतदाता नामावली संकलन दुई चरणमा संकलन गर्ने कार्य तालिका आयोगले तयार पारेको छ।

आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सङ्कलन कार्य हरेक जिल्लामा दुई चरणमा सञ्चालन हुने भएकोले सम्बन्धित निर्वाचन कार्यालयबाट प्रकाशित कार्यक्रम हेरी आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने अवधिको बारेमा जानकारी प्राप्त गर्न सकिनेछ।’

१६ वर्ष उमेर पुगेर नागरिकता लिएका व्यक्तिहरुले नाम लेखाउन सक्ने

मतदाता ऐनअनुसार १६ वर्ष उमेर पुगेर नागरिकता लिएका व्यक्तिहरुले नाम लेखाउन सक्नेछन् ।

आफ्नो स्थायी बसोबास भन्दा अन्यत्र बसेका व्यक्तिहरुले समेत मतदता नामावली नाम लेखाउन सक्नेछन् । र उनीहरुको नाम सम्बन्धित वडामै कायम रहने गरी पठाइनेछ।

आयोग भनेको छ, ‘अन्य जिल्लाको निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइनेछ ।

साथै निजको मतदाता परिचयपत्र समेत स्थायी ठेगाना भएको जिल्लाबाटै प्राप्त गर्ने व्यवस्था मिलाइनेछ।’

मतदाता नामावली संकलन कार्यमा देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुनेछन् ।

शर्माका अनुसार आउँदो पौष २० गते भित्र सबै स्थानीय तहमा मतदाता नामावलीको सङ्कलन भइसक्नेछ

२०७७ पौष ५ गते १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूलाई समावेश गरी आयोगबाट २०७७ चैत्र ४ गते प्रकाशित अन्तिम मतदाता नामावली बमोजिम देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता थिए।

अब अभियानबाट थप १० लाख मतदाता थपिने आयोगको अनुमान छ।

आयोगले अभियान सफल बनाउन राजनीतिक दल, तीनै तहका सरकार र नागरिक समाजलाई आह्वानसमेत गरेको छ।

‘यस कार्यमा सबै राजनीतिक दल, तीनै तहका सरकारहरू, आम सञ्चार माध्यम तथा नागरिक समाज समेतले आआफ्नो स्थानबाट सहयोग गरिदिनुहुन समेत निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ, आयोगले भनेको छ।

नेपाल बारका पदाधिकारी सभामुखकोमा

नेपाल बारका पदाधिकारी सभामुखकोमा

काठमाडौं-सभामुख अग्निप्रसाद सापकोटालाई नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बहिर्गमनका लागि सहयोग गर्न आग्रह गरेको छ ।

सोमबार नेपाल बारका पदाधिकारी सिंहदरबारस्थित संसद सचिवालयमा पुगेर जबरालाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने भन्दै आग्रह गरेका हुन् ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले सडकको दबाबका भरमा राजीनामा दिन्न भनेकाले आफूहरु सभामुखसमक्ष आएको बताए ।

महासचिव लीलालमणि पौडेलले प्रधानन्यायाधीश जबराले संसदीय सुनुवाइका क्रममा गरेका प्रतिवद्धता पूरा नगरेकाले उनलाई पदमुक्त गर्न संसदले सहयोग गर्नुपर्ने बताए ।

प्रधानन्यायाधीश जबराले संवैधानिक जिम्मेवारीलाई निजी सम्पत्तिसरह दुरुपयोग गरेको आरोप लगाए ।

जबरासँग संवैधानिक र कानुनी दायित्व पूरा गर्न सक्ने क्षमता नभएको पनि बारले आरोप लगाएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले झण्डै एक महिनादेखि सर्वोच्च अदालत परिसरमा धर्ना र प्रदर्शन गर्दै आएको छ ।

तर आफूहरुको पहलले मत्र जबराले राजीनामा नदिएको भन्दै बारले संसदको सहयोग खाजेको हो ।

नेपाल बारका पदाधिकारी सभामुखकोमा

२५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै

२५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै

पछिल्लो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ ।

चीनबाट भारतसम्म र भारत हुँदै नेपालसम्म मल भित्र्याउने योजनाअन्तर्गत अहिले उक्त मल नेपालको सीमावर्ती भारतीय बजारसम्म आइपुगेको हो ।

नेपालमा विशेष गरी तीन नाकाबाट रासायनिक मल नेपाल भित्रिने गर्दछ ।

वीरगञ्ज, विराटनगर र भैरहवा नाका पर्दछन् ।

कृषि सामग्री कम्पनी लिमिटेड २ नं प्रदेश कार्यालय वीरगञ्जका अनुसार सीमापारी भारतीय बजारसम्म आइपुगेको उक्त मल अब नेपालसम्म भित्र्याउने अन्तिम तयारी गरिएको हो ।

सिमापारी भारतीय बजार रक्सौलसम्म आइपुगेको रासायनिक मल ९डिएपी०लाई अब तत्कालै नेपाल भित्र्याउने तयारी गरिएको कार्यालयका सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पाण्डेका अनुसार यसपटक भित्रिएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपीमध्ये नौ हजार भैरहवा नाकाबाट, नौ हजार ५०० वीरगञ्ज नाकाबाट र छ हजार ५०० मेट्रिकटन रासायनिक मल विराटनगर नाकाबाट नेपाल भित्रिने छ ।

यस पटक भित्र्याइएको रासायनिक मल डिएपी विशेष गरी गहुँ, मकै र तोरीलगायत बालीका लागि उपयुक्त मानिन्छ ।

भारतीय सप्लायर्स कम्पनी इञ्जीयन पोटास लिमिटेडमार्फत नेपाल भित्र्याउन लागेको उक्त रासायनिक मल डिएपी कृषि सामग्री कम्पनी लिमिटेडमार्फत नेपालका विभिन्न भू–भागमा बिक्री बितरण गरिने छ ।

नेपाली भित्रिने विभिन्न मललाई देशका विभिन्न स्थानमा संरचना रहेको कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय सहकारी संस्थामार्फत किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउँदै आएको छ ।

२५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै

जबराले गरेको फैसलाको अध्ययन र संकलन गर्दै बार

जबराले गरेको फैसलाको अध्ययन र संकलन गर्दै बार

काठमाडौँ–प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गरेका छन् ।

सोमबार सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गरेका हुन् ।

उनले प्रधानन्यायाधीश जबराले गरेको फैसलाहरुले बिकृति, बिसंगति, बिचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै नेपाल बारले पनि प्रधानन्यायधीशले गरेको फैसलाको अध्ययन र संकलन गरिरहेको बताए ।

प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पत्ति विवरण संकलन गरिने र छानविन हुने उनले बताए ।

उनले भने, ‘चोलेन्द्र शमशेर जबराले ऊसँग जोडिएका विकृतिका विवादित फैसलाहरू नेपाल बार एसोसिएसनले संकलन गर्नका लागि आह्वान गरेको छ ।’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताको बीचमा पेश गरिने बताए ।

उनले न्यायालयमा बिकृति र विसंगति भइरहेको भन्दै कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएको दुई हप्ता भइसक्दा समेत राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको आरोप लगाए ।

अध्यक्ष श्रेष्ठले राज्यको महत्वपूर्ण अंगमा आएको समस्याका बारेमा चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताए ।

जबराले गरेको फैसलाको अध्ययन र संकलन गर्दै बार

क्षेत्रीय प्रतिनिधि पार्टीको निर्णायक शक्ति: गगन थापा

क्षेत्रीय प्रतिनिधि पार्टीको निर्णायक शक्ति: गगन थापा

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधिको एउटा निर्णय र छनोटले पार्टी कस्तो बनाउने भन्ने कुरा तय हुने स्मरण गराएका छन्।

क्षेत्रीय प्रतिनिधि पार्टीको आधारभूत तहको निर्णायक शक्ति भएको नेता थापाले बताएका हुन्।

थापाले सोमबार एक अपिल मार्फत कांग्रेसजनको मत र भावनाको प्रतिनिधिको रुपमा कस्तो कांग्रेस बनाउने भन्ने जगमा तपाई हुनुहुन्छ भन्दै क्षेत्रीय प्रतिनिधिलाई सुसुचित गराएका छन् ।

कांग्रेसको चौधौं महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले जग कमजोर भयो भने जतिसुकै मेहनतले घर बनाउन खोजेपनि बलियो बन्न नसक्ने जिकिर गरेका छन्।

उनले भनेका छन् लाखौं क्रियाशील सदस्यहरूले तपाईजस्तै क्षेत्रीय प्रतिनिधि चुनेर पार्टीको नेतृत्व र नीति निर्धारण गर्ने महाधिवेशनका प्रतिनिधि छनोट गर्नका लागि पठाउनु भएको छ ।

उनले क्षेत्रीय प्रतिनिधिलाई तपाईको एउटा निर्णय र छनोटले पार्टी कस्तो बनाउने भन्ने कुरा तय गर्ने बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ,‘तपाईले आज छनोट गरेर पठाउने महाधिवेशन प्रतिनिधिले नै मंसिर २४ गते देखि हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व छनोट गर्नेछ।

आज सहि निर्णय गर्न सक्यौं भने मात्र पार्टीले सही गति लिनेछ।

पार्टीलाई नवजीवन दिने कामको आरम्भ तपाईहरूबाट हुदैछ।

तपाईको निर्णय पार्टीको सर्वोत्तम हित र नवनिर्माणको लागि हुनेछ भन्ने कुरामा विश्वस्त छु।

महाधिवेशनमा गुट वा समूहको, पद र प्रतिष्ठाको प्रतिस्पर्धामा मात्रै अल्मलिन नहुने थापाको सुझाव छ।

थापाले गुटले पार्टीलाई समुन्नत नेपाल निर्माणको नेतृत्वका लागि सक्षम बनाउने ठूलो अवसर गुमाउने बताएका छन्।

कांग्रेस पार्टीको नीति र नेतृत्वमा गतितशीलता, सामयिकता र नयाँपनको खोजीमा भएको उनको दाबी छ।

थापाले महाधिवेशनले कांग्रेस पार्टीको जीवनमा मात्र नभई आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचन अनि राष्ट्रिय राजनीतिलाई समेत प्रभावित गर्ने उनको भनाई छ।

निःसन्देह हामी सबै कांग्रेसमा रुपान्तरण चाहान्छौं

विज्ञप्तिमा भनिएको छ,‘नेपाली कांग्रेस पार्टीको जीवनमा महाधिवेशन आवाधिक रुपमा नेतृत्व छनोट गर्ने प्रक्रिया मात्रै होइन हामीले कस्तो कांग्रेस बनाउन चाहान्छौं भनेर निर्णय गर्ने अवसर पनि हो। निःसन्देह हामी सबै कांग्रेसमा रुपान्तरण चाहान्छौं।’

विज्ञप्तिमा भनिएको छ,‘ जब त्यो रुपान्तरित कांग्रेसका लागि आफ्नो तहमा निर्णय गर्ने समय आउँछ, हामी अलमलिएर पार्टीलाई दिशानिर्देश गर्ने अवसर खेर जाने गरेको छ।

यस पटकको महाधिवेशनमा लिइने निर्णयको प्रभाव अझ दूरगामी हुनेछ।

हामीले गर्ने निर्णयले यो कांग्रेस पार्टीको जीवनमा मात्र होइन लगत्तै हुने स्थानीय तह, प्रदेश र संघीय निर्वाचन अनि राष्ट्रिय राजनीतिलाई समेत प्रभावित गर्नेछ।’

महाधिवेशनले पार्टीलाई विवेकपूर्ण ढंगले संविधान निर्दिष्ट बाटोलाई फराकिलो पार्दै गन्तव्यसम्म पुर्‍याउने जिम्मेबारी बहन गर्न सक्षम बनाउँदा मात्र संघर्षका प्राप्तिहरू दीगो हुने उनको दाबी छ।

आसन्न १४ औं महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदैछ।

कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन हुन लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

क्षेत्रीय प्रतिनिधि पार्टीको निर्णायक शक्ति: गगन थापा

जनताले ओलीलाई गलहत्याएर बालकोट पुर्‍याए: प्रचण्ड

जनताले ओलीलाई गलहत्याएर बालकोट पुर्‍याए: प्रचण्ड

चितवन–एमाले प्रतिक्रान्तिकारी पार्टी रहको टिप्पणी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले गरेका छन्।

प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’ भएको बताएका हुन् ।

चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले जनताको बलमा नै प्रतिनिधिसभा पुनःस्थापना भएको दाबी गरे ।

प्रचण्डले भने ‘बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पुर्‍याउने काम जनताले गरेका छन्’, ।

उनले थपे , ‘जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ।’

सुस्ताएको माओवादी फेरि जागेको भन्दै उनले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादीको वरपरै नै रहेको दाबी गरे ।

माओवादी संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाउने गरेको प्रचण्डको भनाइ छ।

जनताले ओलीलाई गलहत्याएर बालकोट पुर्‍याए: प्रचण्ड

पार्टीहरुलाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

पार्टीहरुलाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

काठमाडौं-नेपाल बार एसोसिएसनले दलका नेताहरुलाई ध्यानाकर्षण-पत्र बुझाउने भएको छ।

प्रधानन्यायाधीश चलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनमा रहेको बारले प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै ध्यानाकर्षण-पत्र बुझाउने भएका हुन्।

नेपाल बारले राजनीतिक दलहरुलाई सोमबार दिउँसो २ बजे ध्यानाकर्षण-पत्र बुझाउने कार्यक्रम तय गरेको बताईएको छ ।

शुक्रबार प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले एकहप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

जस अन्तर्गत आज संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरूलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नेपाल बारले जनाएको छ।

बिहीबार फूलकोर्टको बैठकले गोला प्रक्रियाद्वारा पेसी तोक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गर्ने निर्णय गरेको थियो।

त्यसको भोलिपल्ट शुक्रबार प्रधानन्यायाधीश राणाले सर्वोच्च बार र नेपाल बार एसोसिएसनलाई औपचारिक पत्र पठाएर वार्तामा आउन आह्वान गरेका थिए।

तर, नेपाल बार र सर्वोच्च बारको संयुक्त बैठकले प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको ठहर गर्दै उनको पत्र खारेज गर्दै आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक गरेको हो।

नेपाल बार एशोसियसनका पदाधिकारी एवं वरिष्ठ अधिवक्ताहरुले चोलेन्द्र शमशेर राणाबाट न्यायालय नचल्ने दाबी गरेका छन् ।

अध्यक्ष श्रेष्ठले अब प्रधानन्यायाधीश राणाको सम्पत्ति नै छानबिन हुनुपर्ने माग गरेका छन् ।

राणाले न्यायिक नेतृत्वमा बसेर अकूत सम्पत्ति कमाएको उल्लेख गर्दै छानबिनको दायरामा ल्याउनुपर्ने श्रेष्ठको जिकिर थियो ।

सरकारमा भागबण्डा मागेको, विचौलियालाई प्रश्रय दिएको, सहमति कार्यान्वयन गरेको लगायतका आरोप लगाउँदै नेपाल बार प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिएको छ।

पार्टीहरुलाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

महाकाली पारि नेकपा(एमाले)को समानान्तर कमिटी

महाकाली पारि नेकपा(एमाले)को समानान्तर कमिटी

कञ्चनपुर-दोधारा चाँदनी नगरपालिकामा नेकपा(एमाले)को समानान्तर कमिटी गठन गरिएको छ ।

किशोर लिम्बुको अध्यक्षतामा आइतवार समानान्तर कमिटी गठन गरिएको हो ।

समानान्तर कमिटीको उपाध्यक्षमा शम्भुराज भट्ट, सचिवमा गणेश भाट, सहसचिवमा सुनिता सुनार र पदम रावल रहेका छन ।

नेकपा(एमाले)को जिल्ला कमिटीले केही दिन अघि मात्रै हरि सिंह धनाडीको नेतृत्वमा सर्वसम्मत रुपमा ५५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको थियो।

जसमा नगर उपाध्यक्षमा ओम बस्नेत, सचिवमा गणेश भाट, उपसचिवमा ओमप्रकाश रोकाया र कमला आग्रीलाई राखिएको थियो ।

धनाडीको नेतृत्वमा रहेको कमिटीका सचिव लिम्बुको समानान्तर कमिटीमा समेत सचिवका रुपमा रहेका छन् ।

धनाडीको नेतृत्वमा रहेको कमिटी स्वीकार्य नरहेको भन्दै लिम्बुले समानान्तरण कमिटी गठन गरेका छन ।

जिल्ला नेतृत्वको विभेदकारी निर्णय विरुद्ध कमिटी घोषणा गरिएको लिम्बुको भनाई रहेको छ ।

लिम्बु दोधारा चाँदनीका नेकपा(एमाले)का पुराना नेताका रुपमा परिचित छन।

उनी डेढ दशक देखि पार्टीको नगर नेतृत्व सम्हाल्दै आएका थिए ।

सय जना भन्दा बढी कार्यकर्ताको उपस्थितिमा कमिटी गठन गरिएको र जिल्ला कमिटीले घोषणा गरेको कमिटीका ३९ जना आफुले गठन गरेको कमिटीमा फर्किएको लिम्बुको दावी रहेको छ।

महाकाली पारि नेकपा(एमाले)को समानान्तर कमिटी