साम्राज्यवाद शेयर पुँजीमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकदिए: केपी ओली

साम्राज्यवाद शेयर पुँजीमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकदिए: केपी ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले साम्राज्यवाद विकसित भएपछि शेयर पुँजीमा जान्छ भनेर नयाँ थेसिस ठोकदिएको बताएका छन् ।

बुधबार आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उनले शेयर बजारका विषयमा प्रचण्डले नयाँ थेसिस ल्याएको भन्दै व्यंग्य गरेका हुन् ।

उनले भने “प्रचण्डले शेयर बजारका सम्बन्धमा साम्राज्यवाद विकसित भयो भने शेयर बजार हुन्छ रे । साम्राज्यवादका विषयमा लेनिनभन्दा पनि दुई स्टेप बढ्ता जान्ने भएछन् । लेलिनले पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेर लेनिनले भनेका थिए । त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भएपछि शेयर पुँजीमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकदिए । दुई दिनमा शेयर बजार धराधासी भयो ,” ।

ओलीले अर्थतन्त्र मतलब नगरी शेयर कारोबारीले चन्दा नदिएपछि त्यस्तो भनेको हुनसक्ने बताए ।

आफूहरूले त्यस्तो बोलेको भए सडक तात्ने र मिडियामा आगो बल्ने अवस्था आउने उनको भनाइ थियो ।

साम्राज्यवाद शेयर पुँजीमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकदिए: केपी ओली

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

भक्तपुर-भक्तपुरको चाँगुनारायण नगरपालिकामा मङ्गलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

नगरपालिकामा आयोगले छापा मारी विभिन्न कागजात जफत गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी कागजात जफत गरिएको जानकारी दिएका छन् ।

खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले चाँगुरारायणमा ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो ।

रिसालले भने, ‘टोलीले निर्माण भएका सडकदेखि संरचनासम्मको स्थलगत अनुसन्धान गरी कागजात बरामद गरेको छ ।’

उनले अख्तियारको टोलीले विभिन्न विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन र खरिद प्रक्रियासँग सम्बन्धित कागजातको प्रतिलिपि बरामद गरेको जानकारी दिए ।

उक्त पालिकाले खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

एमालेमा मनोनित सदस्यको सपथ

एमालेमा मनोनित सदस्यको सपथ

काठमाडौँ-नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् ।

मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू हुनुहुन्छ भने ३७ जना नयाँ हुनुहुन्छ ।

यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएको थियो ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए ।

सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको थियो ।

विधानअनुसार खुला २०, महिला १५ जना र पार्टी एकताको प्रक्रियाबाट नौ जना मनोनीत गरिएको एमालेले जानकारी दिएको छ ।

मनोनित हुने अरुमा पुरुषतर्फ दल फडेरा, ऐन महर, मानवीर राई, चन्द्रमोहन गौचन, रतनाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञ बोगटी, हरि घिमिरे, युवराज बास्तोला, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रुपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, भीम केसी, लालबाबु पण्डित, सुभास देवकोटा, चुडादेव सिंह, रेशम लामा, दुर्गा प्रसाई, गोविन्द दुवाल, सहदेव बोगटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विक र ​विषमलाल अधिकारी रहेका छन् ।

त्यस्तै महिलातर्फ इन्दिरादेवी गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईँ, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सञ्जाल, शान्ति अधिकारी, रुक्मिणी राठा, सरस्वती यादव, तारादेवी गुरुङ र गीता कार्की मनोनित भएका छन् ।​

एमालेमा मनोनित सदस्यको सपथ

आज बुधबार यो वर्षकै बढी चिसो महसुस

आज बुधबार यो वर्षकै बढी चिसो महसुस

काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम ४.२ डिग्री सेल्सियस मापन गरिएको हो।

काठमाडौं उपत्यकामा आज बुधबार यो वर्षकै बढी चिसो महसुस गरिएको छ।

मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो।

चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम सुरू हुन्छ।

केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.२ डिग्री र अधिकतम तापक्रम २० दशमलव ० डिग्री सेल्सियस रहनेछ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव डिग्री र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २६.७ डिग्री सेल्सियस रहेको छ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज राति देशको पहाडी भ–ूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश ,गण्डकी प्रदेशकाउच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

मुख्यमन्त्री राई सरकारी निवासमा

मुख्यमन्त्री राई सरकारी निवासमा

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आजदेखि सरकारी निवासमा सर्नुभएको छ ।

उहाँ विराटनगर–१३ स्थित सुनसरी मोरङ सिँचाइको भवनमा आवासका लागि सर्नु भएको हो ।

यसअघि उहाँ विराटनगरमा रहँदा नेपाल राष्ट्र बैंकको अतिथि गृह बस्नु हुन्थ्यो ।

सो अवसरमा मुख्यमन्त्री राईले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सरकारी व्ययभार कम गर्न आफू सरकारी निवासमा बसोबासको व्यवस्था गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विगतका मुख्यमन्त्रीले होटल तथा बहालको घरमा बस्ने गरेकोमा आफू सरकारी व्ययभार कम गर्न सरकारी निवासमा बसोबासको व्यवस्था मिलाएको छु ।”

मुख्यमन्त्री राईले मासिक रु चार लाख भाडा तिर्ने गरी मुख्यमन्त्रीका लागि लिएको काठमाडौँस्थित सम्पर्क कार्यालय बन्द गर्ने पनि बताउनुभयो ।

सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले सतारुढ गठबन्धन दलको महाधिवेशन समाप्त भएकाले आगामी एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले आवश्यकताका आधारमा नौ देखि ११ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्ने जानकारी पनि दिनुभयो ।

प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि

प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि

प्रदेश नं २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गर्नुभएको छ ।

उहाँले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाउनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकिएको र बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौँ अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ ।

लोकसेवाद्वारा २ सय ८४ अधिकृतका लागि दरखास्त आह्वान

लोकसेवाद्वारा २ सय ८४ अधिकृतका लागि दरखास्त आह्वान

काठमाडौं-राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि लोकसेवा आयोगले दरखास्त आह्वान गरेको छ।

आयोगले २ सय ८४ सिटका लागि सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठता गरी विज्ञापन खुला गरेको हो।

पुस २० गतेसम्म नियमित शुल्कमा र पुस २७ सम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ।

आयोगले अनलाइनबाट पनि दरखास्त दिन सकिने जनाएको छ ।

लोकसेवाद्वारा २ सय ८४ अधिकृतका लागि दरखास्त आह्वान

देउवालाई अध्यक्ष नेपालको बधाई

देउवालाई अध्यक्ष नेपालको बधाई

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।

अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित हुनुभएको छ ।

देउवालाई अध्यक्ष नेपालको बधाई

नेकपा एसकाे दाेगडाकेदार ८ मा जाेशि अध्यक्ष

नेकपा एसकाे दाेगडाकेदार ८ मा जाेशि अध्यक्ष

बैतडी-नेकपा (एकीकृत समाजवादी) दाेगडाकेदार गाउँपालिका वार्ड नम्वर १ काे वार्ड कमिटीको अध्यक्षमा केशवराज जाेशी चयन भएका छन्।

मंगलवार सम्पन्न वडा अधिवेशनले जाशीको अध्यक्षतामा २५ सदस्यीय वार्ड कमिटी गठन गरेको हाे

कमिटीकाे उपाध्यक्षमा राजु बिष्ट,देवराम सार्की चयन भएका छन्।

सचिवमा कर्णवहादुर विष्ट तथा उपसचिवमा हरे विष्ट,केशव वहादुर कुवर,शेरवहादुर चन्द लगायत चयन भएका छन्।

बैतडी जिल्ला कमिटी सदस्य हरिदत्त जाेशीको अध्यक्षतामा दाेगडाकेदार ८ नम्वर वडाकाे रीममा भएकाे अधिवेशन सम्पन्न भएको हो।

नेकपा एसले दाेगडाकेदार पालिकाले वडास्तरमा अधिवेशनमार्फत् कमिटी गठनलाई तीव्रता दिइरहेको छ।

पालिका भरिका ८ वटा वार्डमध्ये ६ वटा वडाहरूमा कमिटी गठन गरिसकेकाे गाउँ कमिटी अध्यक्ष लक्ष्मीदत्त जाेशीले वताउनुभयाे। यसैगरि वाकि रहेका वार्डमा चाडै वार्ड कमिटी गठन गरिने समेत उनले वताउनुभयाे।

वार्ड अधिवेशन उदघाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश कमिटी सदस्य जयानन्द जाेशि रहनुभएकाे थियाे,यसैगरि विशिष्ठ अतिथिमा नेकपा (एस) बैतडी जिल्ला उपाध्यक्ष लालसिह कार्की,गाउँ कमिटी अध्यक्ष लक्ष्मीदत्त जाेशी लगायतका नेता कार्यकता हरुको सहभागिता रहेको थियो।

नेकपा एसकाे दाेगडाकेदार ८ मा जाेशि अध्यक्ष

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित हुनुभएको छ ।

सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उहाँ विजयी हुनुभएको हो । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी हुनुभएको हो ।

सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी हुनुभएको हो ।

मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गर्नुभएको थियो भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत बदर भएको थियो ।

दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो ।

मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५७४ ले मतदान गरेका थिए ।

सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा शेखर कोइरालाबीच मङ्गलबार पुनः मतदान भएको हो ।

सोमबार भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो ।

सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ ।

पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित

सातवटै प्रदेशका प्रदेश सचिवहरुको समन्वय बैठक बागमती प्रदेशको राजधानी हेटौंडामा

सातवटै प्रदेशका प्रदेश सचिवहरुको समन्वय बैठक बागमती प्रदेशको राजधानी हेटौंडामा

मकवानपुर-सातवटै प्रदेशको प्रदेश प्रमुख सचिवहरुको समन्वय बैठक बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु भएको छ ।

नेपाल सरकारका मुख्य मुख्य सचिव शंकरदास बैरागीको उपस्थितीमा मंसिर २६ गतेदेखी बैठक सुरुभएको हो ।

बैठक २६ मंसिरदेखि ३ दिनसम्म चल्ने बताईएको छ ।

बागमती प्रदेशले आयोजना गरेका कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले देशको समृद्धिको लागि प्रदेशको समृद्धि आवश्यक भएको बताउनुभयो ।

केन्द्रीय सरकारबाट कानुन निमार्णदेखि हरेक सवालमा प्रदेश सरकारलाई सहजिकरण हुनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई रहेको थियो ।

मुख्यमन्त्री पाण्डेले संघीयता कार्यान्वयनको सवालमा सबै प्रदेशहरुबीच समन्वय आवश्यक भएको कुरामा समेत जोड दिनु भएको थियो ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले केन्द्रले सरकारले विकेन्द्रीकरण गर्नुपर्ने क्षेत्रहरु विकेन्द्रीकरण तथा हस्तान्तरण गरिने प्रतिवद्धता व्यक्त गर्दै आवश्यक सहजिकरणमा केन्द्रले आफ्नो भूमिका सधैं निर्वाह गर्ने बताउनुभयो ।

मुख्य सचिव बैरागीले प्रदेशको काममा समेत केन्द्र सरकारले सेवा पुर्‍याउँने र प्रदेश सरकारले पनि सेवा प्रवाह र सुशासनमा ध्यान दिन निर्देशन दिनुभयो ।

समन्वय बैठकले प्रदेशहरुमा देखिएका विद्यामान समस्याहरुको विश्लेषण गरेर आगामी दिनमा संघीयताको सफल कार्यान्वयनलाई कसरी सशक्त बनाउने भन्ने मार्ग निर्देशन बनाउने बागमती प्रदेशको प्रमुख सचिव किरणराज शर्माले बताए ।

केन्द्र सरकारको समन्वय र सहकार्य भएमा प्रदेश सरकारलाई सेवा प्रवाह र सहजिकरणमा सहयोग मिल्ने प्रमुख सचिव शर्माले बताए ।

देशमा संघियता लागुभएपछीको यो नै पहिलो प्रदेश सचिवहरुको समन्वय बैठक हो ।

मुख्य सचिबको उपस्थिति रहेर प्रभावकारी कार्यक्रमको आयोजना बागमती प्रदेशले गरेको यसकार्यक्रम प्रदेशका प्रमुख सचिब शर्माले विशेष भुमिका खेलेकोले सबै प्रदेशका प्रमुख सचिबहरुलाइ नतिजामुखी काम गर्न सघाउ पुर्याउन सक्ने अपेक्षा गरिएको सहभागी मध्येका एकले सम्पत्ति न्युजलाइ बताए ।

सातवटै प्रदेशका प्रदेश सचिवहरुको समन्वय बैठक बागमती प्रदेशको राजधानी हेटौंडामा

दोस्रो चरणको मतदानमा निकै अवेर सम्मै मतदानस्थलमा भोट मागिरहे देउवा

दोस्रो चरणको मतदानमा निकै अवेर सम्मै मतदानस्थलमा भोट मागिरहे देउवा

काठमाडौं-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि मंगलबार दोस्रो चरणको मतदान जारी रहेको छ ।

सभापति पदका प्रत्याशी शेरबहादुर देउवा र शेखर कोइराला महाधिवेशन प्रतिनिधिसँग मत माग्न सभागृहमै बसे।

देउवा आफू पक्षीय नेताहरुका साथमा कुर्सीमा बसेर महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका थिए ।

शेखर कोइराला पनि आफू पक्षका नेताहरुका साथमा मत मागिरहेका थिए।

शेखर कोइरालाको टोली लाखापाखा लागिसक्दा समेत देउवा भने धर्ना दिएरै निकै अवेर सम्मै भोट मागिरहेका थिए

दोस्रो चरणको मतदानमा निकै अवेर सम्मै मतदानस्थलमा भोट मागिरहे देउवा

कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै

कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै

काठमाडौँ-नेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागि रहनुभएको छ ।

राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह गरिरहनुभएको हो ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएकोे हो ।

मतदानका लागि साँझ ७ः३० बजेसम्मको तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २ सय ५८ र उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७ सय २ मत प्राप्त गर्नुभयो ।

कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै

सुन्दर कँडेल सिद्धार्थ बैंकको सीईओमा नियुक्त

सुन्दर कँडेल सिद्धार्थ बैंकको सीईओमा नियुक्त

काठमाडौँ-सिद्धार्थ बैंकको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुन्दरप्रसाद कँडेललाई नियुक्त गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकका कामु सीईओ कँडेललाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो

कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार कामु सीईओ कँडेललाई नै प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिईएको हो ।

सिद्धार्थ बैंकका पुर्व सिईओ शम्भुनाथ गौतमको गएको श्रावण २५ गते कार्यकाल सकिएपछी श्रावण २६ गते सुन्दरप्रसाद कँडेललाई कामु सीईओको जिम्मेवारी दिईएको थियो ।

सुन्दर कँडेल सिद्धार्थ बैंकको सीईओमा नियुक्त

प्रदेश २ को नाम र राजधानीबारे भोलि प्रदेशसभामा प्रस्ताव पेस हुदै

प्रदेश २ को नाम र राजधानीबारे भोलि प्रदेशसभामा प्रस्ताव पेस हुदै

जनकपुरधाम-भोली बुधबारका लागि प्रदेश नम्बर २ को प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभाको आठौँ अधिवेशनको रुपमा प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबारका लागि बैठक आह्वान गरेका हुन् ।

प्रदेशसभा बैठकका लागि तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बुधबार बिहान ११ बजे बस्ने बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार भोलि बस्ने बैठकमा उपस्थित हुन प्रदेश सभा सदस्यहरुलाई जानकारी गराइएको छ ।

भोलि बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानी सम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथि पनि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यद्यपि, नेपाली काँग्रेसको १४ औं महाधिवेशन लम्बिएका कारण काँग्रेसका प्रदेशसभा सदस्यहरु महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले भोलिको बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना रहेको सत्ता पक्षको भनाइ छ ।

प्रदेश २ को नाम र राजधानीबारे भोलि प्रदेशसभामा प्रस्ताव पेस हुदै