दोस्रोचरणमा सभापतिमा निर्वाचित हुन्छुः डा कोइराला

दोस्रोचरणमा सभापतिमा निर्वाचित हुन्छुः डा कोइराला

काठमाडौँ-नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सभापति उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू सभापतिमा निर्वाचित हुने बताउनुभएको छ ।

सभापतिको मतगणनाको पहिलो चरणको चुनावी परिणामपछि आज पत्रकार सम्मेलन गरेर नेता कोइरालाले आफू दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा विजयी हुने दाबी गर्नुभयो ।

उहाँले निर्वाचनको परिणाम जे जस्तो आए पनि आफूले चुनावी नतिजा स्वीकार गर्ने बताउनुभयो ।

कांग्रेसको १४औँ महाधिवेशनमा सोमबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

सभापतिका उम्मेदवारको बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सबैभन्दा बढी दुई हजार २५८ मत प्राप्तगर्नुभएको थियो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो ।

सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

मतदानमा कूल ७६ मत बदर भएको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनःमतदान गरिनेछ ।

पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

दोस्रो चरणको निर्वाचनको मतदान दिउँसो ३ः३० बजेबाट सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

दोस्रोचरणमा सभापतिमा निर्वाचित हुन्छुः डा कोइराला

बजार खुलेको दुई घण्टामै शेयर कारोबार बन्द

बजार खुलेको दुई घण्टामै शेयर कारोबार बन्द

काठमाडौँ-नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजको लागि शेयर कारोबार बन्द भएको छ।

बजार खलेकोपहिलो दुई घण्टा नवित्दै नेप्से परिसुचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि बन्द भएको हो ।

नेप्से सूचक पुन खुल्ने वित्तिकै लगातार बढेर पुन ६ प्रतिशतले बढेपछि मंगलबारको लागि शेयर कारोबार बन्द भएको हो।

बजार खुलेको दुई घण्टामै शेयर कारोबार बन्द

सिआइवीमा पनि बेथिती: पैसा मोलमोलाईको आरोपमा सई पक्राउ

सिआइवीमा पनि बेथिती: पैसा मोलमोलाईको आरोपमा सई पक्राउ

काठमाडौँ-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को जिम्मेवारी गम्भीर प्रकृतिका अपराधिक घटना निष्कर्षमा पुर्‍याउने हो ।

अन्य तथा मातहतकै निकायले अनुसन्धान गर्न नसकेका मुद्दाको कारण पत्ता लगाउनसमेत सिआइवीमाथि नै भरोसा गरिएको हुन्छ ।

तर त्यसरी अनुसन्धान गर्ने सरकारको भरपर्दो निकाय सिआइवीका एक प्रहरी कर्मचारी मुद्दा मिलाइदिने भन्दै पैसाको मोलमोलाई गरेको आरोपमा पक्राउ परेका छन् ।

सम्पति शुद्धिकरणसम्बन्धी विभागमा परेको मुद्दा मिलाइदिन्छु भन्दै मोलमोलाई गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी नायब निरीक्षक (सई) विष्णु ढुङ्गाना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार नक्साल क्षेत्रबाट उनलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

प्रहरीमा परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।

उनीमाथि आपाराधिक लाभ (एक्सटर्सन) कसुर गरेको आरोप छ ।

मुलुकीअपराध संहिताको परिच्छेद २१ को दफा २५३ मा यससम्बन्धी कानूनी व्यवस्था छ ।

उक्त व्यवस्थानुसार कसैले कुनै व्यक्तिलाई निजको वा अरु कसैको कुनै क्षति पुर्‍याउने डर त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरु कसैको लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपाराधिक लाभ लिएको मानिनेछ ।

उक्त आरोप प्रमाणित भएमा कम्तीमा एक वर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था छ ।

सिआइवीमा पनि बेथिती: पैसा मोलमोलाईको आरोपमा सई पक्राउ

एमसीसीको विरोधमा संसद् भवन घेराउ

एमसीसीको विरोधमा संसद् भवन घेराउ

काठमाडौँ-एमसीसीको विरोधमा मंगलबार दुई मोर्चा र ६ दलीय गठबन्धनले संसद भवन घेराउ गरेको छ ।

विप्लव नेतृत्वको नेकपासहितका ६ दल र मोर्चा संगठनले संसद भवन घेराउ गरेको हो ।

एमसीसीको विरोधमा संसद भवन घेराउ गर्ने केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार संसद बैठक बोलाइएकै समय पारेर संसद भवन घेराउ गरिएको हो ।

यस्तै ती दलले मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गरेको थियो ।

साथै २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेको थियो ।

संसद बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाका बीच ६ दलीय मोर्चा सडकमा उत्रिएको हो ।

छ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन् ।

एमसीसीको विरोधमा संसद् भवन घेराउ

नेपालीसेना सैन्यको देसभरको नतिजा प्रकाशित

नेपालीसेना सैन्यको देसभरको नतिजा प्रकाशित

काठमाडौँ-लोक सेवा आयोगले सञ्चालन गरेको नेपाली सेना तर्फको सैन्य पदको नतिजा प्रकाशन भएको छ ।

लोकसेवा आयोग सुर्खेतले सञ्चालन गरेको नेपाली सेना तर्फको सैन्य पदको (श्री रामवाण गुल्म, सुलीगाड ब्यारेक, डोल्पाको) प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन भएको हो ।

नेपाली सेना तर्फको विज्ञापन नम्बर ०७८/७९/०१ सैन्य पदको परिक्षा मंसिर १८ गते सरस्वती मावि दुनैमा संचालित भएको थियो ।

त्यस बाहेक देशभरबाट नेपाली सेनाको मंसिर १८ गते सञ्चालित परिक्षाको नतिजा प्रकाशित भएको छ ।

सेनाले गएको मंसिर १८ गते देशभरिका लोकसेवा आयोगको कार्यालय मार्फत लिखित परिक्षा सञ्चालन गरेको थियो ।

आयोगले यही मंसिर १८ गते सञ्चालन गरेको लिखित परीक्षाको प्राप्ताङ्कका आधारमा सफल भएका सैन्य परिक्षार्थीको नतिजा प्रकाशित गरेको हो ।

लिखित परीक्षामा पास हुने सम्पूर्ण उम्मेद्वारहरुले तोकिएको समय र स्थानमा सम्पर्क तथा उपस्थित हुन भनिएको छ ।

सेनाले लोकसेवा आयोगका डोल्पा, हुम्ला, सुर्खेत, खोटाङ्ग, जुम्ला, धनकुटा र ईलाम कार्यालय मार्फत लिखित परिक्षा सञ्चालन गरेको थियो ।

सेनाको नतिजा हेर्न तल क्लिक गर्नुहोस

लोक सेवा आयोग, इलाम कार्यालय, इलामले सञ्चालन गरेको नेपाली सेना सैन्य पदको (श्री भीमकाली गुल्म, तोक्मे ब्यारेक, ताप्लेजुङ्गको) प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा

लोक सेवा आयोग पोखरा कार्यालय, पोखराबाट संचालन भएको श्री भगबती दलगण फुलबारी ब्यारेक पोखराको सैन्य पदको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा

लोक सेवा आयोग महेन्द्रनगर कार्यालय,कञ्‍चनपुरबाट संचालन भएको श्री नं.२५ वाहिनी अड्डा,भगतपुर ब्यारेक महेन्द्रनगर ,कञ्‍चनपुरको सैन्य पदको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा ।

लोक सेवा आयोग, दिपायल कार्यालय, दिपायल, डोटीले सञ्चालन गरेको नेपाली सेना सैन्य पदको (श्री गुरु गोरख गुल्म, खलंगा, दार्चुलाको) प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा

लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाले सञ्चालन गरेको नेपाली सेना सैन्य पदको (श्री नं. २४ बाहिनी अड्डा, देवलडाँडा ब्यारेक, जुम्लाको) प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा

नेपाली सेना सैन्य पदको श्री रामवाण गुल्म, सुलीगाड ब्यारेक, डोल्पाको लिखित परीक्षाको नतिजा

सेना तर्फको सैन्य पदको श्री बराहदल गुल्म रानीवन ब्यारेक, सिमकोट, हु्म्लाको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा

लोक सेवा आयोग, खोटाङ कार्यालय, दिक्तेलबाट सञ्चालित नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा

लोक सेवा आयोग इलामले सञ्चालन गरेको नेपाली सेना सैन्य पदको श्री नं.२१ बाहिनी अड्डा, तोपगाछी ब्यारेक, झापाको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा

जुम्लामा लोक सेवा आयोगले, सञ्चालन गरेको नेपाली सेना सैन्य पदको श्री नं.२४ बाहिनी अड्डा, देवलडाँडा ब्यारेक, जुम्लाको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा

लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गरेको नेपाली सेनाको श्री वरख गण, सल्लेरी व्यारेक, धनकुटाको सैन्य पदको लिखित नतिजा

नेपालीसेना सैन्यको देसभरको नतिजा प्रकाशित

खोप लगाएको पैसा माग्ने हेल्थ असिस्टेन्ट रङ्गेहात पक्राउ

खोप लगाएको पैसा माग्ने हेल्थ असिस्टेन्ट रङ्गेहात पक्राउ

काठमाडौँ-महोत्तरी स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट अजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।

कोभिड-१९ बिरुद्धको खोप लगाउन सेवाग्राहीसँग रकम माग गरेको उभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले हेल्थ असिस्टेन्ट अजय कुमार साहलाई नियन्त्रणमा लिएको छ ।

हेल्थ असिस्टेन्ट अजय कुमार साहको निर्देशनमा हेल्थ असिस्टेन्ट (बिद्यार्थी) कृष्णा कुमार यादवले कोभिड-१९ बिरुद्धको (Johnson & Johnson) खोप लगाई दिई सेवाग्राहीबाट बीस हजार रुपैयाँ घुस रकम सहित उनलाई रङ्गेहात पक्राउ गरिएको हो ।

निजहरुलाई जनकपुर उ.म.न.पा.-७ नयाँ-बसपार्क,धनुषावाट उक्त रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

खोप लगाएको पैसा माग्ने हेल्थ असिस्टेन्ट रङ्गेहात पक्राउ

कांग्रेस सभापतिको पुनः मतदान दिउँसो ३ः३० बजेदेखि

कांग्रेस सभापतिको पुनः मतदान दिउँसो ३ः३० बजेदेखि

काठमाडा-नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा पुनः मतदान हुने भएको छ ।

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुदैँछ ।

मतदान राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा हुने छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासी मध्ये कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

सभापति पदको मतगणना आज विहान सम्पन्न भएको थियो ।

मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो ।

सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गर्नुभएको थियो ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

मतदानमा कुल ७६ मत बदर भएको थियो

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।

पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

कांग्रेस सभापतिको पुनः मतदान दिउँसो ३ः३० बजेदेखि

दोस्रो चरणको निर्वाचनमा सिंहको समर्थन देउवालाई

दोस्रो चरणको निर्वाचनमा सिंहको समर्थन देउवालाई

काठमाडौं-पहिलो चरणको मतदानबाट कांग्रेसको नेतृत्व टुङ्गो नलागेपछी सभापतिका लागी दोस्रो चरणको चुनाब हुने भएको छ ।

दोस्रो चरणको चुनाबको तयारी चलिरहदा दोस्रो चरणका चुनाबका प्रतिस्पर्धी शेखर कोईराला र शेर बहादुर देउवा आफ्नो पक्षमा बढीमत जुटाउन अग्रसर देखिएका छन् ।

यसैबिच पहिलो चरणको चुनाबमा सभापतिमा उठेका प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने भएका छन् ।

पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदानमा सिंहले देउवालाई सघाउने भएका हुन् ।

देउवासँगको भेटवार्तापछि सिंहले उक्तकुरा बताएका हुन् ।

आफूहरुले नेतृत्व परिवर्तनको कुरा उठाए पनि पहिलो चरणको निर्वाचनमा अधिकांश प्रतिनिधिको मत देउवालाई नै दोहोर्‍याउनुपर्ने देखिएको उनको भनाइ थियो ।

देउवाले विधान संशोधनको कुरा, पार्टीमा भइरहेको कमी कमजोरीलाई समाधान गर्दा सबैसँग सल्लाह गर्छु एकपटक मलाई सहयोग गर्नुहोस् भनेर भनेसँगै सिंहले देउवालाई सहयोग गर्ने भएका हुन् ।

दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।

सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरेकाले देउवा सभापतिमा निर्वाचित हुने लगभग पक्का भएको छ ।

पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए ।

३७१ मत पाएर तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह,२५० मत पाएर चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट आउट भएका छन् ।

दोस्रो चरणको निर्वाचनमा सिंहको समर्थन देउवालाई

कांग्रेस सभापति पदमा पुनः मतदान

कांग्रेस सभापति पदमा पुनः मतदान

काठमाडौँ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ ।

सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गर्नुभएको छ ।

सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको छ ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए ।

मतदानमा कूल ७७ मत बदर भएको थियो ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

समितिका अनुसार देउवाले ४८.२३, कोइरालाले ३६.९३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत ल्याउनुभएको छ ।

सबैभन्दा बढी मत प्राप्त गर्ने सभापति देउवालाई विजयी हुनका लागि ८१ मत नपुगेको समितिले जनाएको छ ।

समितिका संयोजक गोपालकृष्ण घिमिरेले पुनः मतदानका लागि तयारी भइरहेको र केही बेरमै नयाँ निर्वाचन तालिका प्रकाशन गर्ने बताउनुभएको छ ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

तर पहिलोपटक नै दुई जनामात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानको व्यवस्था छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।

अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

कांग्रेस सभापति पदमा पुनः मतदान

सुनको मूल्य प्रतितोला रु ३००ले बढ्यो

सुनको मूल्य प्रतितोला रु ३००ले बढ्यो

काठमाडौँ-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३००ले बढेर रु ९२ हजार ८०० पुगेको छ ।

पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८६.३१ डलर आसपास कारोबार भइरहेको छ ।

सुनको मूल्य प्रतितोला रु ३००ले बढ्यो

योगी आदित्यनाथको प्रस्तावमा विश्व हिन्दु महासंघको अध्यक्षमा अस्मिता भण्डारी

काठमाडौँ-नेपालकी अस्मिता भण्डारीलाई विश्व हिन्दु महासंघको कार्यबाहक अध्यक्षमा मनोनित गरिएको छ ।

महासंघको अन्तर्राष्ट्रिय महासभाले महासंघको अन्तर्राष्ट्रिय समितिको कार्यबाहक अध्यक्षको जिम्मेवारी भण्डारीलाई दिएको हो ।

मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा महासम्मेलन तथा महासभा आयोजना गरिएको थियो ।

काठमाडौंमा आयोजित सम्मेलनमा भण्डारीलाई अध्यक्ष बनाउने प्रस्ताव गरिएको थियो ।

महासंघको अध्यक्षको उम्मेदवारलाई प्रस्तावक र समर्थकमध्ये विदेशको एउटा च्याप्टरले समर्थन गर्नुपर्ने भएकोले समर्थन नजुटेपछि विवाद सिर्जना भएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमा भारत च्याप्टरको तर्फबाट गोरक्ष पीठाधीश्वर भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भण्डारीलाई अध्यक्ष प्रस्ताव गर्दै समर्थन गरे पनि अध्यक्षका अर्का प्रत्यासी किशोर गौतमका पक्षधरहरूले सम्मेलनका अतिथिहरूलाई हातपात गर्ने प्रयास गरेपछि सम्मेलन नै केहीबेरका लागि स्थगित भएको थियो ।

बहुमतका साथ महासभा पुनः सञ्चालन भई बृहत् छलफलपछि महासचिवको कार्यकाल सफलतापूर्वक सञ्चालन गरेको भन्दै भण्डारीलाई नै अर्को व्यवस्था नभएसम्म महासभाबाट सर्वसम्मतिले कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।

काठमाडौंमा सम्पन्न महासभामा चारै सम्प्रदायका धर्मगुरुहरू सहभागी थिए ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, संस्थापक सदस्य रहेको सस्था विश्व हिन्दु महासंघ नेपालको महासभा हरेक पाँच वर्षमा हुने गरेको छ ।

कांग्रेस मतदानमा १ हजार ३६५ मत खस्यो

कांग्रेस मतदानमा १ हजार ३६५ मत खस्यो

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा एक हजार ३६५ मत खसेको छ ।

मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३.३० बजेसम्म एक हजार ३६५ मत खसेको महाधिवेशन मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिनुभयो ।

कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रियसभा गृहमा ५१३ र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण)मा ८५२ मत खसेको छ ।

निर्वाचन समितिले भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाएको छ ।

एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ ।

१४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ ।

कांग्रेस मतदानमा १ हजार ३६५ मत खस्यो

बजारको ओरालो यात्रा: आज ७९.५७ अंकले घट्यो

बजारको ओरालो यात्रा: आज ७९.५७ अंकले घट्यो

काठमाडौं-आज सोमबार शेयर बजार कारोबार मापक नेप्से परिसूचक ७९.५७ अंकले घटेको छ ।

परिसूचक ७९ दशमलव ५७ अंकले घटेर २ हजार २ सय ८१ अंकमा आएको हो ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४७ अंकले ओरालो लागेको छ ।

कारोबार रकम करिब ४ अर्ब माथी चढ्दा नेप्से र सेन्सेटिभ दुवै ओरालो लाग्यो ।

यस दिन २३३ कम्पनीको ९६ लाख ७९ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ ।

खरिदबिक्री रकममा १८ करोड रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेसनल हाइड्रोपावर र हिमालयन डिष्टिलरी परेका छन् ।

सबै समूह राताम्य भएका छन् । फाइनान्स समूह सबैभन्दा बढीले घटेको छ ।

जसबाट कारोबार रकम ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १ सय ७८ रुपैयाँ भएको छ ।

बजार ठूलो अंकले घट्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने सोमबार राम्रै बढेको छ ।

गुहेश्वरी मर्चेन्ट फाइनान्सको शेयरमूल्य सोमबार ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बोटलर्स नेपाल (तराई) ५ लशमव ४० प्रतिशत अर्थात एक कित्तामै ६२७ रुपैयाँले मूल्य बढ्दा युनिलिभरको ७ सय ४८ रुपैयाँ प्रतिकित्ताले शेयर मूल्य बढेको छ ।

माउन्टेन इनर्जीको शेयर मूल्य पनि प्रतिकित्ता ३९ रुपैयाँले बढेको छ ।

धेरै शेयर मूल्य घट्ने कम्पनीहरुमा भने स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाइड्रो, नेशनल हाइड्रो, गुडबिल फाइनान्स, आँखुखोला जलविद्यतु् कम्पनीहरु देखिएक छन् ।

यी सबै कम्पनीहरुको शेयर मूल्य सोमबार ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।

बजारको ओरालो यात्रा: आज ७९.५७ अंकले घट्यो

संसद अधिवेशन: मुख्य एजेण्डा विधेयक

संसद अधिवेशन: मुख्य एजेण्डा विधेयक

काठमाडौँ-सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को मङ्गलबारदेखि सुरु हुने नियमित हिँउदे अधिवेशन भएकाले त्यसको मुख्य एजेण्डा विधेयकमै केन्द्रित रहने बताउनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा अधिवेशनका लागि भएको तयारी जानकारी लिएपछि सञ्चारर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अधिवेशनका लागि समग्र व्यवस्थापनका पाटोबाट सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।

सभामुख सापकोटाले भन्नुभयो,“सदन सहमतिका साथ अधि बढाउन मैले तटस्थ, स्वतन्त्र र निष्पक्षरुपमा संविधान र प्रतिनिधिसभाको नियमावलीमा टेकेर काम गर्न प्रतिबद्ध छु । यस सम्बन्धमा जनतालाई प्रष्ट पार्दै लगेको छु, कहीँकतै अस्पष्टता भएमा व्यवहार र कामबाटै प्रष्ट हुनेछ । ”

सदनमा दलकै भूमिका निर्णयक हुने भएकाले खेलमा अम्पायर जस्तै सभामुखका हैसियतले सदन सुचारु भएपछि समन्वय र सहजीकरणको भूमिका देखिँदै जाने बताउँनुभयो ।

उहाँले भन्नुभयो, “संविधान, कानूनले निर्दिष्ट गरेअनुरुप समन्वय र सहजीकरण गर्दै सदन अघि बढछ । प्राप्त भूमिका अनुसार कार्यव्यवस्था र दलको बैठक डाकेर सदन सुचारु गर्न हरसम्भव प्रहल र प्रयत्न हुनेछ ।”

नेकपा (एमाले)का सांसद गणेश पहाडी स्वभाविकरुपमा हिँउदे अधिवेशनमा विधेयककैै विषयमा केन्द्रित रहेर अघि बढ्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो,“हिउँदे भन्ने वित्तिकै विधेयक अधिवेशन हो, संसद्मा पहिलेदेखिनै धेरै विधेयक थुप्रेर बसेका छन् । ती विधेयकलाई टुङ्गोमा पुर्‍याउनपर्नेछ, संसद्मा टेबल भएका अरु विधेयकमाथि छलफल गर्न पर्नेछ ।”

संसद् भोलिबाट सुरु हुन लागे पनि कार्यव्यवस्थाको बैठक बसेर प्रमुख प्रतिपक्षसँग सदन सञ्चालन गर्ने र एजेण्डा तय गर्ने भन्ने सन्दर्भमा कुनै सरल्लाह र छलफल नभएको बताउँदै नेता पहाडीले यस हिसाबले सत्तापक्ष फेरि पनि एकपक्षीय ढङ्गले सदन चलाउन खोज्छ कि जस्तो भान भएको प्रतिक्रिया दिनुभयो ।

संसद् भनेको प्रतिपक्षको हो भन्ने पक्षलाई हेक्का राख्न जरुरी

संसदीय व्यवस्था भएका मुलुकमा संसद् भनेको प्रतिपक्षको हो भन्ने पक्षलाई हेक्का राख्न जरुरी भएको बताउँदै उहाँले भन्नुभयो,“सल्लाह र छलफलबिना अघि बढ्न खोज्यो भने स्वभाविकरुपमा समस्या आउछ, अघिल्लो अधिवेशन अवरुद्ध गरिरहेकै बेला स्थगित भएका हाम्रा एजेण्डा थाँति नै छन् ।”

सांसद पहाडीले सदनलाई कसरी नियमितरुपमा अघि बढाउने भन्ने सन्दर्भमा सत्तापक्ष र सभामुखले सहमतिका आधारमा नियमित तुल्याउन मुख्यरुपमा पहल र अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले समयमा कानुन नबन्दा अनेकौ व्यवधान भएकाले संसद्को यो नियमित हिउँदे अधिवेशनलाई कानुन निर्माणमै केन्द्रित तुल्याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अदालतले जनप्रतिनिधिको थलो संसद् क्रियाशील हुनुपर्छ भन्ने मान्यताकासाथ व्यूँत्याएकाले विधेयक पास गर्ने क्रममा सदन सक्रिय हुनुपर्छ, यसबीचमा जारी भएका अध्यादेशलाई पारित गर्नपर्छ ।”

सदन सञ्चालन भए पनि मुलुकका जल्दाबल्दा विषय एमसिसी र न्यायालयलयसँग जोडिएर आएका प्रश्नका विषय छलफलका लागि स्वभाविक रुपमा प्रवेश पाउने बताउँदै राष्ट्रियसभा सदस्य विडारीले संविधानको मर्म र भावना अनुरुप कानुन निर्माणमै सदनलाई केन्द्रित तुल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले कोभिड–१९ को अहिले जोखिम कम देखिए पनि नयाँ भेरियन्टकाकारण उच्च स्वास्थ्य सुरक्षामा ध्यान दिइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मङगलबारदेखि प्रारम्भ हुने सङ्घीय संसद्को दुवै सदनको प्राविधिक, स्वास्थ्यमापदण्ड र सिट व्यवस्थापनलगायतका तयारीबारे सभामुखबाट अवलोकन भइसकेको छ । अधिवेशनका सबै तयारी पूरा भएको छ ।”

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै सदनको अधिवेशन मङ्ङगलबार दिनको २ बजे बस्ने गरी यही मङ्सिर १७ गते आह्वान गर्नुभएको थियो ।

यसअघि संसद् भवन परिसरमा सभामुख, राष्ट्रियसभा उपाध्यक्ष, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललगायतले कोभिड–१९ एन्टिजेन परीक्षण गराउनुभएको थियो ।

संसद अधिवेशन: मुख्य एजेण्डा विधेयक

जीवनराम श्रेष्ठ नेकपा एसको प्रमुख सचेतकमा चयन

जीवनराम श्रेष्ठ नेकपा एसको प्रमुख सचेतकमा चयन

काठमाडौं-नेकपा (एकीकृत समाजवादी)ले प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको छ ।

नेकपा एसले जीवनराम श्रेष्ठलाई संघीय संसद्का दुवै सदनका लागि प्रमुख सचेतकको रुपमा चयन गरेको हो ।

नेकपा(एकीकृत समाजवादी)को सोमबार बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन भएका हुन् ।

नेकपा एसले पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकको रुपमा भने शेरबहादुर कुँवरलाई चयन गरेको छ।

भोलिदेखि सुरु हुने संसद् बैठकका विषयमा पनि बैठकमा छलफल भईरहेको बताइएको छ ।

जीवनराम श्रेष्ठ नेकपा एसको प्रमुख सचेतकमा चयन