भीम रावललाई स्थायी कमिटीमा ल्याउन योगेश भट्टराईको माग

भीम रावललाई स्थायी कमिटीमा ल्याउन योगेश भट्टराईको माग

काठमाडौं-भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न नेकपा एमालेका सचिव योगेश भट्टराईले माग गरेका छन् ।

भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका हुन् ।

बैठकमा अध्यक्ष केपी ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव गरेका थिए ।

त्यसमा अध्यक्षमा पराजित भीम रावलको नाम उल्लेख नभएको देखेपछी सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग गरेका हुन्।

सचिव भट्टराईले नयाँ पुस्ता र समावेशी हुने गरी पोलिटब्यूरो मापदण्ड बनाउन आग्रह समेत गरेका छन् ।

भीम रावललाई स्थायी कमिटीमा ल्याउन योगेश भट्टराईको माग

देउवालाई प्रधानमन्त्री पदको चिन्ता

देउवालाई प्रधानमन्त्री पदको चिन्ता

काठमाडौँ-नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदका उमेद्वार देउवामा प्रधानमन्त्री पदको चिन्ता देखिएको छ ।

आदिवासी जनजाति विभागले काठमाण्डौमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने भएकाले जिताउन आग्रह गरेका छन ।

उनले भने, ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ । मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्, त्यही भएर मलाई सरकारबाट हटाउन सक्छन् । मलाई जिताइदिनु होला।’

सभापतीका उमेद्वार देउवा अहिले निकै चिन्तामा देखिन्छन् । कृष्णप्रसाद सिटौलाको साथ पाएका देउवाले विश्वप्रकाशलाई आफ्नो समुहमा समेट्न सकेन्न् ।

त्यहीपनि कृष्णप्रसाद सिटौलासँगको गठजोडले जिल्ला तथा प्रदेशमा राम्रो परिणाम ल्याएका देउवा केही ढुक्क भने देखिन्छन् ।

विश्वप्रकाश लाई देउवाले आफ्नो टिमबाट आउट गरेसँगै विश्वप्रकाशले अहिले प्रकाशमान सिंहको गुटबाट महामन्त्रीको उम्मेदवार भएका छन् ।

सभापतीमा कांग्रेशका ५ प्रभावशाली नेताले उमेद्वारी दिएकाले देउवामा त्रास पैदा भएको देखिन्छ ।

धेरै उमेद्वार हुदा भोट बाडिने सम्भावना एकदमै ब्यापक हुन्छ जसकारण देउवाले सुरक्षित महसुस नगरेको जानकारहरुले बताएका छन् ।

देउवालाई टक्कर दिन सक्ने हिसावमा अहिले शेखर कोईराला देखिएका छन् ।

पार्टीकै स्व्चछ छबीका नयाँ अनुहारलाई आफ्नो प्यानलमा समेटेका कोईरालाले देउवालाई पर्छान सक्ने आङ्कलन जानकारहरुले गरेका छन् ।

देउवा पक्षकै बिमलेन्द्र निधी तथा बिश्वप्रकाश लगायतले देउवाको भोट बाडिने सम्भावना प्रवल देखिएको छ ।

साथै शेखर कोईराला पक्षका प्रकाशमान् सिंहले पनि शेखर कोईरालाको भोट बाड्ने सम्भावना देखिन्छ ।

उनलाई पार्टीको चुनावमा सभापतीसँगै प्रधानमन्त्रीपद पनि जाने होकी भन्ने त्रासले सताएको देखिन्छ ।

देउवालाई प्रधानमन्त्री पदको चिन्ता

कांग्रेसमा ५५ जनाले मनोनयन फिर्ता लिए

कांग्रेसमा ५५ जनाले मनोनयन फिर्ता लिए

काठमाडौँ-नेपाली कांग्रेसको उम्मेदवारी मनोनयन फिर्ताको समयमा एक सभापतिका उम्मेदवार सहित ५५ जनाले मनोनयन फिर्ता लिएका छन्।

१४औँ महाधिवेशन अन्तर्गत साढे १२ बजेसम्म रहेको उम्मेदवारी मनोनयन फिर्ताको समयमा केन्द्रीय सभापतिका उम्मेदवार युवराज न्यौपाने सहित ५५ जनाले मनोनयन फिर्ता लिएका हुन्।

कांग्रेसको सभापतिको उम्मेदवारमा न्यौपानेसहित शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, कल्याण गुरुङ र विमलेन्द्र निधिले उम्मेदवारी दिएका थिए ।

न्यौपानेले फिर्ता लिएसँगै अब पाँच जनाको मात्र उम्मेदवारी कायम रहेको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म निर्धारण गरिएकामा डेढ घण्टा थप गरेर १२:३० बजेसम्म कायम गरिएको हो।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिनेछ भने मतदान भोलि मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ।

कांग्रेसमा ५५ जनाले मनोनयन फिर्ता लिए

‘पाटनर चुज योर सेल्फ’ छिट्टै शुटिङ्गमा जाने

‘पाटनर चुज योर सेल्फ’ छिट्टै शुटिङ्गमा जाने

काठमाडौ-धिमाल फिल्मस को ब्यानरमा बन्न लागेको सिरिज “पाटनर” चुज योर सेल्फ को सम्पुर्ण तयारी सकाएर छिट्टै शुटिङ्गमा जाने भएको छ।

जसमा प्रतिक्क्षा कार्की ले मुख्य भुमिका निर्वाह गर्ने भएको छ ।

प्रतिक्क्षा कार्की “पाटनर” मा चाइ “प्रिती” नामको भुमिकामा देखिने छ।

देव धिमाल को लेखन निर्देशन , विजय राज भुर्तेलको सम्पादन दिनेश गौतमको गित संगीतमा रानी शाक्य को स्वर रहने भएको छ ।

सिरिजमा अमित ठाकुरले मुख्य सहायक निर्देशक गर्ने भएका छन् भने छायांकनमा प्रबेस राई र राहुल कोइराला रहने छन्।

काठमाडौ, पोखरा, जोमसोम वरिपरि छायांकन हुने सिरिज को पोस्ट प्रोडक्सनको जिम्मा विजय राज फिल्मस लाई दिइएको छ।

सिरिजमा राज कुमार शाह अन्जली श्रेष्ठ, सबिना लामा, सरिता रसाइली, रोजी बर्देवा, प्रीयन्सी श्रेष्ठ, निरज काफ्ले, प्रीयन्का श्रेष्ठ, राजु राज पुरी, बिनिषा कार्की, नयश च्याम्लिंग राई, कौशिला भित्रकोटी, पुनम परियार, जीवन बुढाथोकी, अतित व्लोग्स, बिराज सुबेदी, प्रिया ओली, रुमा थापा, प्रजिता पाण्डे, लगायत का कलाकारहरु को मुख्य भुमिका रहने भएको छ ।

प्रतिक्क्षा कार्की हाल डिसहोम मिडियाको सहकार्यमा प्रसारित कमेडी प्लस टेलिभिजनमा कार्यक्रम सञ्चालिकाको रुपमा कार्यरत छिन् ।

महिला हिंसा विरुद्धको सन्दर्भमा पर्दशन

महिला हिंसा विरुद्धको सन्दर्भमा पर्दशन

काठमाडौँ-१६ दिने महिला हिंसा विरुद्धको दिवसका सन्दर्भमा युवाहरुले माइतीघर मण्डलामा महिला हिंसा विरुद्ध पर्दशन गरेका छन् ।

‘घर देखी सुरु गरौ, महिला हिंसा विरुद्धको हिंसा अन्त्य गरौं’भन्ने मूल नारासहितको प्रदर्शनामा युथ एड्भोकेसी नेपालको आयोजना तथा एक्सन एड नेपाल लगायतका सामाजिक संघ संस्थाहरुको सहकार्य रहेको थियो ।

‘मानवअधिकारको सम्मान गर, महिला हिंसा अन्त्य गर, महिलाको सम्मान, देशको आत्मसम्मान’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड युवाहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै महिलाको अधिकार सुनिश्चित गर्न युवाहरुले हातेमालो गरेर अगाडी बढ्नु पर्ने’ युवा अधिकारकर्मी सुनिता बिसुखेंले बताईन् ।

त्यस्तै युथ एड्भोकेसी नेपालकी महासचिव गीता चौधरीले भनिन्, ‘दण्डहिनाताको अन्त्य गर्दै महिलाहरुको अधिकार सुनिश्चित गर्न कानुनको प्रभावकारी कार्यन्वयन गर्नु पर्दछ ।’

महिलाहरुको अधिकारका लागि शक्ति र स्रोतमा महिलाहरुको पुरुषसरह समान पहुँच हुनु पर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए ।

अनुप राइको स्वरमा ‘बाँच्नलाई सिक्दैछु’ सार्वजनिक (भिडियोसहित)

अनुप राइको स्वरमा ‘बाँच्नलाई सिक्दैछु’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ-गायक अनुप राइको स्वरमा नयाँ गीत बाँच्नलाई सिक्दैछु सार्वजनिक भएको छ ।

गीतमा उमेश राज खडकाको शब्द तथा विशाल निरौलाको एरेन्ज रहेको छ ।

समाजको भेदभावको सन्देश बोकेको एकदमै मार्मिक भिडियोमा सुरेन्द्र मल्ल ठकुरीको कथा तथा निर्देशन रहेको छ ।

ज्ञानेन्द शर्माको छायाकंन रहेको भिडियोमा प्रविन भटटको सम्पादन रहेको छ ।

त्यस्तै भिडियोमा पुष्कर दाहाल , लालना चिमरिया र अनुप ओलीको दमदार अभिनय देख्न सकिन्छ । हेर्नुस भिडियो

अनुप राइको स्वरमा ‘बाँच्नलाई सिक्दैछु’ सार्वजनिक (भिडियोसहित)

शेखर कोइरालालाई सर्मथन गर्दै युवराज न्यौपानेको उम्मेदवारी फिर्ता

शेखर कोइरालालाई सर्मथन गर्दै युवराज न्यौपानेको उम्मेदवारी फिर्ता

काठमाडौँ-नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपाने उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार मध्यान्ह साढे १२ बजे अघि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपाने उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार मध्यान्ह साढे १२ बजे अघि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका गोरखाका युवराज न्यौपानेले शेखर कोइरालाको टीमलाई सर्मथन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

पत्रकारहरुसँग कुरा गर्दै उनले आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् ।

यसैबीच निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिनका लागि प्रदान गरेको समय सकिएको छ ।

समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको थियो ।

अब सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।

शेखर कोइरालालाई सर्मथन गर्दै युवराज न्यौपानेको उम्मेदवारी फिर्ता

काँग्रेस महाधिवेशन: २७ जनाले लिए उम्मेदवारी फिर्ता

काँग्रेस महाधिवेशन: २७ जनाले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ-नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले आज तोकिएको मनोनयन पत्र फिर्ता लिने समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको थियो ।

केन्द्रीय सदस्य पदको उम्मेदवारी फिर्ता लिनेहरुमा जंगीलाल राय, संयजकुमार यादव, गोविन्दराज बोहरा, मीन विश्वकर्मा (दलित खुला), सीताराम महतो (मधेसी), जुनाकुमारी थानी (खसआर्य महिला), ध्रुवराज गुरुङ (जनजाति), दिपक अधिकारी (खसआर्य) छन् ।

यस्तै, भीमार्जुन आचार्य, इन्दिरा थापा, गणेशकुमार मण्डल (मधेसी), विना पौडेल (महिला), भक्तबहादुर बलायर (खुला), माया राना (जनजाति महिला), राजुराज जोशी, गोपीलाल विश्वकर्मा (दलित), मीनाकुमारी थापा (खुला महिला) ले पनि केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिने अन्यमा विष्णु पौडेल (खस आर्य), अनु गुरुङ (जनजाति महिला), शकुन्तला शर्मा (महिला), महेककुमार कर्माचार्य (अल्पसंख्यक), सिंहबहादुर राना (जनजाति खुला), संगीता मण्डल, सीता पौडेल, कमलप्रसाद भुसाल, उमेशकुमार बस्नेत (खस आर्य) र माधवप्रसाद आचार्य छन् ।

काँग्रेस महाधिवेशन: २७ जनाले लिए उम्मेदवारी फिर्ता

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ

मकवानपुर-प्रहरीले अवैध लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौडाको मनहरी गाउँपालिका-९ जयसिंङस्थित राजमार्गबाट ३५ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका-५ बस्ने २२ वर्षीय किरण घिमिरे र सोही ठाउँ बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ घर भएका २५ वर्षीय आकाश तामाङ थिङ रहेको प्रहरीले जनाएको छ ।

मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना.४५.च २३६१ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी गाडी चालक घिमिरे र गाडीमा सवार थिङलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

लोक सेवाले तोक्यो सहसचिवको परिक्षा केन्द्र

लोक सेवाले तोक्यो सहसचिवको परिक्षा केन्द्र

काठमाडौँ-लोकसेबा आयोगले अप्राबिधिक तथा न्याय, प्रशासन तथा लेखा समुहको सहसचिब तहको परिक्षा केन्द्र तोकेको छ ।

लोकसेवा आयोगले यही मंसिर २८ र २९ गते लिने परिक्षाको परिक्षा केन्द्र तोकेको हो ।

आयोगल आबेदकहरुको स्विकृत नामावली सहित परिक्षाकेन्द्र तथा परिक्षा समय वेभसाईटमा प्रकाशन गरेको हो ।

आयोगले सार्वजनिक गरेको सुचना अनुरुप ३ सय ८७ जना आवेदकको नामावली स्विकृत सुचिमा समेटिएको छ ।

लोकसेबा आयोगले एम्बिसन कलेज मध्यबानेश्वर तथा लोकसेवा आयोगको कार्यालय अनामनगरमा सहसचिब तहको परिक्षा केन्द्र तोकेको छ ।

नेपाल सरकार सार्वजनिक प्रशासनमा खुल्ला प्रतिस्पर्धामार्फत नियुक्त हुने सबैभन्दा माथिल्लो तह सहसचिब हो ।

लोक सेवाले तोक्यो सहसचिवको परिक्षा केन्द्र

गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली

गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली

काठमाडौँ-जल तथा बिज्ञान बिभागले आउदोे तिन दिनको मौसम पुर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम पुर्वानुमान महाशाखाले आज गण्डकी र प्रदेश १ मा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहने जनाएको छ।

त्यस्तै आज रातीको समयमा देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाल आफ्नो बुलेटिनमा उल्लेख गरेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शको रुपमा पुर्वानुमान महाशाखाले देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ।

एमालेको चुनाव लड्ने ठाउँ कतै छैन : चौैधरी

एमालेको चुनाव लड्ने ठाउँ कतै छैन : चौैधरी

नेकपा (एकीकृत समाजवादी)का लुम्बिनी प्रदेश पार्टी अध्यक्ष मेटमणि चौधरीले नेकपा एमालेको अब कतै पनि चुनाव लड्ने ठाउँ नरहेको बताउनुभएको छ ।

आज रुकुमकोटमा नेकपा (एकीकृत समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “चुनाव लड्नका लागि पार्टीको एजेण्डा, विचार जीवित हुनुपर्छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यात्रा भनेको पार्टी नीति, सिद्धान्त र एजेण्डाविहीन अवैधानिक हो ।”

ओली प्रधानमन्त्री हुँदा पनि पटक–पटक असंवैधानिक कदम चालेकाले अब एमालेको कतै पनि चुनाव लड्ने ठाउँ नरहेको उहाँको भनाइ थियो ।

ओलीले असंवैधानिक कदम चाल्नुका साथसाथै आसेपासेको पालनपोषणमा मात्र लागि परेकाले आफूहरु एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन बाध्य भएको चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीमा रहेर ओलीलाई सुध्रिन पटकपटक सल्लाह, सुझाव र अवसर पनि दियौँ, पार्टीभित्रको विद्रोहले ओली परिवर्तन नभएपछि बाध्य भएर हामी विद्रोहबाट नयाँ पार्टी निर्माण गरी राष्ट्रलाई सही दिशामा हिँडाउन अगाडि बढ्यौँ, अहिले हामी त्यो यात्रामा छौँ ।”

अब एमाले चुनावका लागि जनताको माझमा जाने वातावरण नभएको भन्दै उहाँले केपी ओलीले देखाएको व्यवहार जनताले छर्लङ्गै बुझिसकेको बताउनुभयो ।

अब सबै कम्युनिष्ट पार्टी एकताबद्ध भएर जान लागेको पनि उहाँको भनाइ थियो ।

एमाले पार्टी सुक्दै जाने र अन्य कम्युनिष्ट पार्टीसँग एकता गरेर देशमा सबैभन्दा ठूलो पार्टी निर्माण गर्ने सङ्कल्पका साथ एकीकृत समाजवादी अगाडि बढिसकेको उहाँले बताउनुभएको छ ।

एमालेको चुनाव लड्ने ठाउँ कतै छैन : चौैधरी

कांग्रेस महाधिवेशन : उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

कांग्रेस महाधिवेशन : उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु भएको छ ।

पार्टीका केन्द्रीय निर्वाचन समितिका अनुसार उम्मेदवारले मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज मङ्सिर २६ गते बिहान ११ बजेसम्म निर्धारण गरिएको छ ।

यसैगरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।

यसअघि शनिबार उम्मेदवार मनोनयन दर्ता बिहान १० देखि साँझ ५ बजेसम्म भएका थियो ।

उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म गरी समितिले उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म प्रकाशन गरेको थियो ।

६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी

महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ ।

नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको थियो ।

बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म उम्मेदवारी मनोनयन समयावधि तोकिएको थियो

निर्वाचन समितिका अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेको उम्मेदवारी परेको छ ।

उपसभापतिमा विजयकुमार गच्छदार, महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी साह र पूर्णबहादुर खड्काले मनोनयन दर्ता गराउनुभएको छ ।

यसैगरी महामन्त्रीमा डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, गगनकुमार थापा, प्रदीप पौडेल र डा राजाराम कार्कीको उम्मेदवारी परेको छ ।

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, फर्मुल्लाह मनसुर, सुरेन्द्र चौधरी, शेख वकिल, देवराज चालिसे, किशोरसिंह राठौर, रञ्जीत कर्ण, जीवन परियार, रामकृष्ण यादव, जीवनबहादुर शाही, विकास लामा, कमला पन्त, तेजुलाल चौधरी, भीष्मराज आङदाङवे, चेतनाराज बजाल, उमाकान्त चौधरी, गङ्गा सुनार, महेन्द्र यादव र डिना उपाध्यायले उम्मेदवारी मनोनयन गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै केन्द्रीय सदस्यतर्फ पिछडिएका समूहबाट दुई, अपाङ्ग कोटामा १७, अल्पसङ्ख्यकमा ६, मुस्लिम कोटामा १६, थारु समुदायबाट १४, मधेशीमा ३२, दलित ३९, महिला ३१, खसआर्यतर्फ ८३ जना, आदिवासी जनजाति क्लष्टरबाट ८७ जना र खुलातर्फ ११० जनाको उम्मेदवारी परेको छ ।

यसैगरी प्रदेश १ बाट १३, प्रदेश २ बाट पाँच, लुम्बिनी प्रदेशका लागि ११, गण्डकीका लागि ६, कर्णालीका लागि छ, सुदूरपश्चिम प्रदेशका लागि १२, वाग्मतीका लागि नौ जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

कांग्रेस महाधिवेशन : उम्मेदवारको नामावली प्रकाशन, मनोनयनपत्र फिर्ता लिने प्रक्रिया सुरु

शेयरधनीलाई बोनस होइन,विद्युतीय चुल्हो बाडौँ: ऊर्जामन्त्री

शेयरधनीलाई बोनस होइन,विद्युतीय चुल्हो बाडौँ: ऊर्जामन्त्री

ललितपुर-ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ ।

ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सहकारीका सम्पूर्ण शेयर सदस्यले विद्युतीय चुल्होको प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

“सहकारीले वितरण गर्ने लाभांश वा मासिक किस्ताबन्दीबाट सम्पूर्ण शेयर सदस्यलाई विद्युतीय चुल्हो खरिद गरेर दिनुहोला”, उहाँले भन्नुभयो, “राष्ट्रिय अर्थतन्त्रको विकासमा सहकारीले आफ्नो पूँजी यसतर्फ लगाउनुपर्छ ।”

साधारणसभामा शेयर सदस्यलाई विद्युतीय चुल्हो वितरण गर्ने प्रस्ताव पेश हुने र उक्त प्रस्ताव परित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“एलपी ग्यासको पैसा डलरमा तिर्नुपर्छ, नेपालमै उत्पादित बिजुलीको प्रचुर प्रयोग गर्नुपर्छ, यसले देशभक्तिको पनि पहिचान दिन्छ”, उहाँले भन्नुभयो, “नेपालको बिजुली सस्तो छ, हाम्रो देशको पैसा हाम्रै देशमा रहन्छ । यसबाट मुलुकको आर्थिक गतिविधिमा नयाँपन आउँछ ।”

एलपी ग्यासको तुलनामा विद्युतीय चुल्होबाट खाना पकाउन लागत कम पर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

पेट्रोलियम पदार्थको आयातका कारण मुलुकको अर्थतन्त्रमा नाकारात्मक प्रभाव परेको छ ।

जनतालाई राहत दिन सरकारले विद्युत्को महसुल घटाएको जानकारी दिँदै उहाँले विद्युतीय उपकरणको प्रयोगमा बढवा दिन उपभोक्तासमक्ष आग्रह गर्नुभयो ।

सरकारले यही मङ्सिर १ गतेदेखि लागू हुनेगरी विद्युत्को महसुल घटाएको छ ।

त्यस्तै विद्युतीय सवारीको आयातमा पनि भन्सार महसुल घटाइएको छ ।

एलपी ग्यासमा रु ७५८ नोक्सान

नेपाल आयल निगमले एलपी ग्यासमा रु ७५८ नोक्सान व्यहोरिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकोबढै छ”, मन्त्री भुसालले भन्नुभयो, “ग्यासको मूल्य जति बढ्छ, बढ्न दिउँ, हामीले हाम्रो ठाउँबाट सिलिण्डर विस्थापित गरेर विद्युतीय चुल्हो भित्र्याउँ ।”

निमगले पेट्रोलियम पदार्थको कारोबारबाट मासिक रु चार अर्ब बढी नोक्सानी व्यहोर्दै आएको छ ।

एलपी ग्यासमा मात्रै निगमले मासिक साढे दुई अर्ब बढी नोक्सानी व्यहोरेको छ ।

पेट्रोलियम सवारी साधनको सट्टा विद्युतीय सवारी खरिद गर्न पनि आग्रह गर्नुभयो ।

सो सहकारी संस्थामा ९०२ पुरुष र ५२५ महिला गरी एक हजार ४२७ शेयर सदस्य रहेका छन् ।

सहकारीले आव २०७७/०७८ मा रु १० लाख ६६ हजार ५०० मुनाफा आर्जन गरेको थियो ।

सहकारीले गत आवमा रु सात लाख ८३ हजार ४०० ले शेयर पूँजी वृद्धि गरी रु एक करोड ४६ लाख ५४ हजार ३०० पुर्‍याएको छ ।

सो सहकारीले गत आवमा रु २९ करोड २५ लाख ९९ हजार ५७० निक्षेप सङ्कलन तथा रु १० करोड ३९ लाख ४० हजार ७२२ कर्जा प्रवाह गरेको छ ।

शेयरधनीलाई बोनस होइन,विद्युतीय चुल्हो बाडौँ: ऊर्जामन्त्री

सभापतिको दौडबाट बाहिरिए रामचन्द्र

सभापतिको दौडबाट बाहिरिए रामचन्द्र

काठमाडौं-कांग्रेस सभापतिको दौडमा रहेका नेता रामचन्द्र पौडेल सभापतिको दौडबाट बाहिरिएका छन् ।

शनिबार बिहान कांग्रेस नेता कार्यकर्तासँगको छलफल पौडेलले आफू सभापति पदबाट पछाडि हटेको बताएका हुन् ।

संस्थापन इत्तरबाट कसैले अडान नछाडेपछि पौडेल सभापतिको दौडबाट बाहिरिएका हुन् ।

पौडेल निवासमा छलफलका लागी मिनेन्द्र रिजाल, बन्द्री पाण्डे लगायतका नेता कार्यकर्ताहरु पुगेका थिए ।

छलफलमा रामचन्द्र पौडेलले सभापतिको उम्मेद्वारी नदिने बताएको बुझिएको छ ।

रामचन्द्र पौडेलले अब कसलाई समर्थन गर्ने भन्नेबारेमा बेलुकासम्म टुंगो लाग्ने बताईएको छ ।

सभापतिकै उम्मेदवार तय गर्न नसकेको संस्थापनइतर पक्षले सहमतीको प्रयास भने जारी राखेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको इतर समूह निरन्तर छलफलमा रहेको अबस्थामा अर्कानेता प्रकाशमान सिंहलाई सभापतीको दौडमा सुजाता कोइरालाले साथ दिएकी छिन् ।

नेता प्रकाशमान सिंह र शेखर कोइरालाका बीचमा सहमति जुट्न नसकेको कारण संस्थापनइतर पक्षले साझा उमेद्वारी घोषर्णा गर्न नसकेको जनाएको छ ।

नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाले लचिलो बन्ने संकेत गर्दौ सहमति जुटे सभापतिको उम्मेदवारमा आफूहरूले बल नगर्ने बताईसकेका छन् ।

सुरुमा पौडेलले सर्वसम्मत रुपमा आफूलाई उम्मेद्वारी बनाउन आग्रह गर्दै आएका थिए ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश अधिवेशनमा शेरबहादुर देउवा र कृष्ण सिटौलापक्ष एक भएका थिए।

महाधिवेशनमा पनि उनीहरुबिच गठजोड गरेर जाने सहमति भएको छ।

महाधिवेशनको उद्घाटन सत्र सकिएर बन्दसत्र सुरु हुँदा समेत कांग्रेसका दुवै पक्षले ‘प्यानल’ बनाउन सकेका छैनन्।

सभापति शेरबहादुर देउवा पक्ष (संस्थापन)ले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको टुंगो लगाउन सकेको छैन।

कांग्रेस विधानमा सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ ।

केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट १र१ महिलासहित २१ जना आउने छन्।

कांग्रेसको विधानमा उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा खुलातर्फको छुट्टै कोटा भए पनि सहमहामन्त्रीमा खुलातर्फ कोटा छुट्याइएको छैन।

सभापतिको दौडबाट बाहिरिए रामचन्द्र