९१ लाख ६८ हजार ३ सय ५८ जनाले लगाए कोरोनाको पूर्ण मात्रा खोप

काठमाडौँ-नेपालमा कोरोना महामारी पश्चातको खोप अभियानमा कोरोना भाइरसविरुद्धको दुई लाख मात्रा खोप लगाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार महामारी पश्चातको खोप अभियानमा कोरोना भाइरसविरुद्धको खोप दुई करोड भन्दा बढी मात्रा लगाइ सकिएको छ ।

उहाँका अनुसार दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ ।

तीमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

सबभन्दा बढी शुक्रबार खोप लगाएका छन् । उहाँका अनुसार तीन लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन् ।

सरकारले दैनिक दुई लाख जनालाई खोप उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सरकारले गत माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।

अहिले सबै नागरिकलाई सरकारले खरिद गरेर र कोभ्याक्समार्फत ल्याएका खोप लगाउँदैछ ।

यस्तै लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।

नेपालमा एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले दुई करोड ९४ लाख ५३ हजार ७३० मात्रा खोप आइपुगेको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम यस वर्षकै कम

काठमाडौँ उपत्यकाको तापक्रम यस वर्षकै कम

काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ ।

शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो ।

न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आगामी साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली (कुण्ड) का कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव सात डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम ३० दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

कल्याण गुरुङद्वारा केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता

कल्याण गुरुङद्वारा केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता

काठमाडौं-नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएसँगै कल्याण गुरुङले केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचन कार्यक्रमअन्तर्गत अहिलेसम्म विभिन्‍न पदमा गरी १६ जनाले उम्मेदवारी दर्ता गरिसकेका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार १० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि फाराम वितरण सुरु गरिएको छ ।

निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ।

निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ ।

आइतबार दाबी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ। २० स्थानबाट उम्मेदवारी मनोनयन गर्न सकिने व्यवस्था गरिएको छ।

शुक्रबार एक भव्य समारोहका बीच कांग्रेसको महाधिवेशन उद्घाटन भएको थियो ।

कल्याण गुरुङद्वारा केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन: उम्मेदवारी दर्ता सुरु

कांग्रेस महाधिवेशन: उम्मेदवारी दर्ता सुरु

काठमाडौँ-नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु भएको छ ।

आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि फाराम वितरण सुरु भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ ।

अहिलेसम्म केन्द्रीय सदस्यका उम्मेदवारले मात्रै दर्ता फाराम लगेको छन् ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचन कार्यक्रम अन्तर्गत सम्पूर्ण तयारी पुरा भएको बताउनुभयो ।

संयोजक घिमिरेले निर्वाचनको समयतालिकाभित्रै सम्पूर्ण प्रक्रिया सकिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार निर्वाचन समितिले मनोनयनको लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ ।

आइतबार दावी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ ।

उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ ।

मतदान सकिएपछि सभापतिको उम्मेदवारको मतगणना राष्ट्रिय सभा गृहमा हुनेछ ।

५१ प्रतिशत नआए पुनः मतदान

पहिलो चरणमा खसेको मतको ५१ प्रतिशत नआए भोलीपल्टै पुनः मतदान हुनेछ ।

सभापति बाहेकका उम्मेदवारको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मतगणना हुने संयोजक घिमिरेले जानकारी दिनुभयो ।

यस पटक विभिन्न क्लस्टरका २९ वटा मतपत्र रहेको छ ।

मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ ।

कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।

निर्वाचनबाट देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ ।

पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।

त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति, १५ खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

कांग्रेसको महाधिवेशन शुक्रबार एक भव्य समारोहका बीच उद्घाटन भएको थियो ।

गएराति नै सुरु भएको बन्दसत्रमा उपसभापति विमलेन्द्र निधिले नीति, प्रशिक्षण तथा अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन, महामन्त्री पूर्णबहादुर खड्काले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले लेखा समितिको प्रतिवेदन पेश भई बन्द सत्रले ती प्रतिवेदन पारित गरिसकेको छ ।

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी रहेको छ ।

कांग्रेस महाधिवेशन: उम्मेदवारी दर्ता सुरु

युवाहरुले रोजगारी सृजना गर्नु समृद्धीको मार्गमा छलाङ्ग:मन्त्री झाँक्री

भक्तपुर-रोजगारीका लागी थुप्रै युवाहरु बिदेश पलायन हुने गरेका छन् । बिदेश गएर त्याहा सिकेको सिपले स्वदेशमै केही गरी स्वरोजगार बन्ने युवा भने निकै कम छन् ।

बैदेशिक रोजगारको क्रममा अस्ट्रेलिया, दुबई, मलेसिया, यूरोप, लण्डन लगायतका बिभिन्न देशमा होटल व्यवसायमा लामो समय अनुभव प्राप्त गरी पाँच जना युवाहरुको समूहले बिरयानी अङ्डा सञ्चालनमा ल्याएको छ ।

उनीहरुले मध्यपुरथिमि नगरपालिका–२ मनोहरा किनारामा सञ्चालनमा ल्याएको बिरयानी अङ्डाको हिजो शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले उद्घाटन गर्नु भएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले नेपालका युवाहरु उद्योग व्यवसायमा लाग्दै रोजगारीको अवसर सृजना गर्न थालेको बताउनु भएको छ ।

उहाँले युवाहरुले उद्योग व्यवसायमा लाग्दै रोजगारीको अवसर सृजना गर्न थालेसँगै देशले समृद्धीको मार्गमा छलाङ्ग मार्ने बताउनु भयो ।

उहाँले विदेशमा बसेर आएका युवाहरुले बिदेशमा सिकेको सिपले नेपालमै व्यवसाय शुरु गरेर रोजगारको सृजना गर्ने क्रम बढ्दै गएको समेत बताउनु भयो ।

मन्त्री झाँक्रीले विदेशमा बसेर फर्किएका नेपाली युवाहरुले व्यवसाय सञ्चालन गर्दा विदेशका अनुभव नेपालमा लगाउन पाउने, यसले आर्थिक बृद्धिदर बढ्ने, विदेश पलायन हुने युवालाई स्वदेशमै रोजगारको अवसर सृजना गर्ने र देशको आर्थिक विकासमा टेवा पुर्याउने बताउनु भयो ।

बिरयानी अङ्डाका सञ्चालक मध्य एक राजन खनालले भन्नुभयो, “लण्डन र दुबईमा २० वर्ष मैले होटल म्यानेमेन्टमा गरेको अनुभव र अरु साथीहरु पनि विदेशमै लामो समय रहदाँ गरेको होटलको अनुभवलाई अब नेपालमै लगाएका छौ, बालुवाटारबा शुरु भएको बिरयानी अड्डालाई कलंकी र आज सानोठिमी मनोहरामा सञ्चालनमा ल्याएका छौ, उपत्यकामा आठवटा र उपत्यका बाहिर १६ वटा गरि २५ करोडको लागतमा २३ वटा अड्डा सञ्चालन गर्ने तयारी गरेका छौ ।”

कोरोना भाइरसको महामारीलाई अवसरको रुपमा परिणत गर्दै लकडाउनको बेलामा होम डेलिभरीको रुपमा व्यवसाय सञ्चालन गरेको बताउदै उहाँले भन्नुभयो, “संकटको बेलामा हामी आत्तिएनौ, बरु त्यसलाई अबसरको रुपमा लिनु पर्छ भनेर बालुवाटारबाट होम सर्भिस शुरु गर्यौँ, काठमाडौंँ कोरोनाले सुतिरहदाँ हामी कुदिरहयौँ, त्यसैको सफलताले थप उर्जा मिलेको छ ।”

सञ्चालक अमृत राउतले अहिले प्रतक्ष्य रुपमा तीन ठाउँमा गरेर १०० जना युवा जनशक्तिलाई रोजगारी दिएको बताउदै अब आफ्नै देशमा रोजगारीको सृजना गर्दै आर्थिक सुधार ल्याउने बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासघका सचिब गोबिन्दप्रसाद चौलागाईं भक्तपुरका अध्यक्ष जगत प्रजापति कलाकार दिपकराज गिरि बरिष्ठ पत्रकार रमेश गिरि लगायत दर्जनौं प्रतिष्ठित ब्याक्तित्वहरु युवा व्यावसायिहरुलाइ उत्साहित गराइदिन सहभागिता जनाउनु भएको थियो ।

भक्तपुर सानोठिमी मनोहरामा बिरयानी अड्डा तीन करोडको लागतमा सञ्चालनमा आएको हो ।

पूर्व राजालाई व्यापारमा लाग्न माधव नेपालको सुझाब

पूर्व राजालाई व्यापारमा लाग्न माधव नेपालको सुझाब

काठमाडौं-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोल्न वा व्यापारमा लाग्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका हुन्।

नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले दुस्साहस नगर्न आग्रह गरे । उनले अघि भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’

ओली प्रति कटाक्ष गर्दै नेता नेपालले भने, ‘प्रतिगमी तत्वहरुलाई भन्न चाहन्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस् । अब नदीको प्रवाह अगाडि बढिसकेको छ ।’

राज्य सत्ता र पार्टीभित्र विकृति रहेको नेता नेपालले बताएका छन् ।

विकृतिका बाहकहरुले फैलाइराख्ने र आफूहरु टुलुटुलु हेरर बस्न हुन नसक्ने भन्दै उनले भने, ‘त्यो विकृति शुरु हुन्छ, भ्रष्टाचार, सत्ताको दुरुपयोग गर्ने, मैमत्त गर्ने प्रवृतिबाट।’

‘लोकतन्त्रको मुल्य मान्यतालाई कुल्चने प्रवृतिबाट, अरुको सम्मान नगर्ने प्रवृतिबाट । अरुको मर्यादा नगर्ने प्रवृतिबाट ।’

साँचो अर्थमा लोकतन्त्र चाहने हो भने लोकतन्त्रका मूल्य र मान्यता आत्मसात गर्नुपर्ने उनले बताए ।

पूर्व राजालाई व्यापारमा लाग्न माधव नेपालको सुझाब

नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ: भारतीय नेताहरु

नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ: भारतीय नेताहरु

काठमाडौँ-छिमेकी मुलुक भारतका विभिन्न दलका नेताहरुले नेपाल–भारतबीच धार्मिक सांस्कृतिक मात्र नभई मन र हृदयबीच गहिरो सम्बन्ध रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै भारतीय कङ्ग्रेस आइका महामन्त्री मुकुल वासिकले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र जनताबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ र घनिष्ट तुल्याउन आफू र आफ्नो पार्टीले सक्दो योगदान पुर्‍याउने विश्वास दिलाउनुभयो ।

नेपाली कांग्रेस र भारतीय कांग्रेस पार्टीका नेताबीच पनि ऐतिहासिक सम्बन्ध रहेको उहाँको भनाइ थियो ।

उहाँले आपसी भाइचारा र मित्रताको सम्बन्धले दुई देशबीचका केही प्रश्नको पनि हल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा भारतीय जनता पार्टीका नेता डा हर्षवद्र्धनले नेपालमा कुनै दुःख पर्दा भारत सरकार र भारतीय जनताको पनि मन दुख्ने गरेको बताउनुभयो ।

उहाँले विगतमा नेपालमा गोरखाको भूकम्पका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा तत्कालै उद्धार, राहत र सहयोग पुर्‍याएको घटना स्मरण गर्दै कोभिड–१९ विरुद्धका लडाईमा पनि भारतले औषधि, भेन्टिलेटरलगायतका सक्दो सहयोग गरेको उल्लेख गर्नुभयो ।

नेता हर्षवद्र्धनले नेपालका दलबीचको सौहार्दपूर्ण सम्बन्ध विश्वमै उदाहरणीय रहेको आफूले पाएको जनाउँदै यस्तो सम्बन्ध सधैँ रहिरहोस् भन्ने कामना पनि गर्नुभयो । महाधिवेशनको उद्घाटन समारोहमा नेताहरुको सम्बोधन गर्नेक्रम जारी छ ।

नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ: भारतीय नेताहरु

संघीयताले खर्च बढायो: देश अप्ठेरोमा पर्‍यो: नेता मैनाली

संघीयताले खर्च बढायो: देश अप्ठेरोमा पर्‍यो: नेता मैनाली

काठमाडौं-नेकपा मालेका महासचिव सिपी मैनालीले संघीयताले धेरै खर्च बढाएको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मैनालीले संघीयताका कारण देश अप्ठेरोमा परेको र यस प्रणालीले धेरै खर्च बढाएको बताएका हुन्।

नेपालले विदेशी असंलग्नताको नीति थप परिमार्जित गर्नुपर्ने नेता मैनालीले बताए ।

उनले भने ‘लोकतन्त्रको लागि लड्दै आएको कांग्रेसको ध्यान असंलग्न राष्ट्रतिर जाओस्।’

संघीयताले खर्च बढायो: देश अप्ठेरोमा पर्‍यो: नेता मैनाली

प्रमुख दलका शीर्ष नेता एकै मञ्चमा

प्रमुख दलका शीर्ष नेता एकै मञ्चमा

काठमाडौं-धेरै पछी प्रमुख दलका शीर्ष नेताहरु नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन शत्रमा एकै मञ्चमा देखिएका छन् ।

शुक्रबार भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन शत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत एकै मञ्चमा देखिएका हुन् ।

सत्तासीन नेपाली काँग्रेसको १४औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको हो ।

महाधिवेशनको प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमाले अध्यक्ष केपी ओली एकै मञ्चमा उपस्थित भए ।

ओलीले प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता उनीसँग प्रचण्ड र माधव नेपालको राम्रो सम्बन्ध रहेको छैन भने पछि सर्वोच्चको आदेशको बलमा एमाले र माओवादी ब्यूँतिएको थियो ।

राजनीतिक तिक्तताका बीच तीन नेता आज एकै मञ्चमा देखिएका हुन् ।

एमालेले हालै चितवनमा सम्पन्न गरेको १० औं महाधिवेशनको उद्घाटनमा प्रचण्ड निमन्त्रणा पाएर पनि सहभागी भएनन् भने नेपाललाई एमालेले निमन्त्रणासमेत गरेन।

नेपाली कांग्रेसको महाधिवेशन शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ।

महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ।

प्रमुख दलका शीर्ष नेता एकै मञ्चमा

१८ ज्येष्ठ उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

१८ ज्येष्ठ उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

काठमाडौं-१८ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरिएको छ ।

निजामती प्रशासनका १८ जना उपसचिवलाई ज्येष्ठता र कार्यक्षमता मूल्याङकनका आधारमा बढुवा सिफारिस समितिले सिफारिस गरेको हो ।

आगामी मन्त्रिपरिषद्को बैठकले बढुवाको सिफारिस अनुमोदन गरि निर्णय गर्ने गरी बढुवा सिफारिस गरिएको सिफारिस समितिले जनाएको छ ।

बढुवा सिफारिस हुनेहरुमा पद्यनिधि सोती, रामलाल श्रेष्ठ, सूर्य प्रसाद सेढाई, कृष्णप्रसाद तिम्सिना, शिवनाथ पौडेल, हेमराज सुवेदी, रामहरी ज्ञवाली, नारायण प्रसाद शर्मा, चन्द्र कुमार श्रेष्ठ, हिरामणि शर्मा, उपेन्द्रबहादुर ढुंगाना, लालबाबु कवारी, ज्ञानेन्द्र प्रसाद ढकाल, अन्जन कुमार मिश्र, प्रेमराज गिरी, तुलसी बहादुर श्रेष्ठ, देवेन्द्र लामिछाने र टामलाल पाण्डे छन् ।

१८ ज्येष्ठ उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

द्वन्द्वपीडितलाई न्याय हुन्छ: प्रधानमन्त्री देउवा

द्वन्द्वपीडितलाई न्याय हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको बताउनुभयो ।

“सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन जरुरी छ, हामी न्याय दिन तयार छौँ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “पीडितका परिवारलाई न्याय दिनेछौँ, त्यसका लागि के गर्न सकिन्छ त्यो गर्नेछौँ ।”

उहाँले मानवअधिकारसम्बन्धीे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने कार्यमा सरकार लागिपरेको र मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिका अपराधका दोषीलाई कारबाही गर्ने काम भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आयोगले स्थापनाकालदेखि नै मानवअधिकारको संरक्षण र संवद्र्धन गर्ने कार्य गर्दै आएको र नेपाल सरकारले आयोगलाई आवश्यक पर्ने बजेट लगायतका सहयोग गर्ने गरेको बताउनुभयो ।

आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकारको सम्मान, संरक्षण, संवद्र्धन र परिपूर्ति राज्यको कुनै एक निकायको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले त्यसका लागि सरकार, संवैधानिक आयोग, नागरिक समाज सबैको सहकार्यबाट मात्र सम्भव हुने बताउनुभयो ।

उहाँले दिगो विकासको लक्ष्य सन् २०१५/०३० ले सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्न सकिने छ भन्नुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जिताराम लामा र राष्ट्रिय मानवअधिकार महाभेलाका संयोजक रोशना खड्काले मानवअधिकारको रक्षाका लागि सरकार र सरोकारवाला निकाय सबैको उत्तिकै भूमिका र योगदान जरुरी भएको धारणा राख्नुभयो ।

असमानता हटाऔँ, मानवअधिकारको सम्मान गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि आज मानवअधिकार दिवस मनाइँदैछ ।

मानवअधिकार दिवस प्रत्येक वर्ष डिसेम्बर १० मा मनाउने गरिन्छ ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाई आधार मानेर यो दिवस हरेक वर्ष यसैदिन मनाउने गरिएको हो ।

द्वन्द्वपीडितलाई न्याय हुन्छ: प्रधानमन्त्री देउवा

न्यायपालिका शुद्धीकरण अभियान

न्यायपालिका शुद्धीकरण अभियान

काठमाडौँ-मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले न्यायपालिकामा शुद्धीकरण हुनुपर्ने माग राख्दै देशव्यापी अभियान सुरु गरेको छ ।

विश्व मानवअधिकार दिवसको अवसर पारेर सो शाखाले आज बिहान विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध चैत्य क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन र धर्ना गरी अभियानको सुरुआत गरेको हो ।

त्यसैगरी, समाजका १५ जिल्ला शाखाले पनि आजै धर्ना कार्यक्रम गरी न्यायालय शुद्धीकरणका लागि दबाब दिएका छन् ।

त्यस क्रममा समाजका पूर्वसभापति एवं अधिवक्ता होमकान्त चौलागाईं, पूर्वसभापति उत्तम पुडासैनी, सभापति गोविन्द खनाल, महासचिव रामकृष्ण बराल, काठमाडौँ शाखाका कार्यवाहक सभापति भगवान पुडासैनीलगायत मानवअधिकारकर्मीले न्यायपालिकाको शुद्धीकरण अभियानमा सहयोग गर्न राजनीतिक दललाई पनि आग्रह गर्नुभएको थियो ।

उहाँहरुले अदालत शुद्ध नहुँदा सर्वसाधारणले न्याय पाउन नसकेको आरोप समेत लगाउनुभयो ।

न्यायपालिका शुद्ध र पारदर्शी नभएसम्म मानवअधिकारको पालना हुन नसक्ने भएकाले यो अभियान सुरु गरिएको र यसलाई देशैभरि पुर्याइने समाजले जनाएको छ ।

न्यायपालिका शुद्धीकरण अभियान

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदै अख्तियार प्रमुख राई

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदै अख्तियार प्रमुख राई

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा भागलिन इजिप्ट हुने भएको छ ।

प्रमुख आयुक्त राई शुक्रवार विदेश भ्रमणमा इजिप्ट जानलाग्नु भएको हो ।

भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन–२०२१ मा सहभागी हुन प्रमुख आयुक्त राईसहितको टोली शुक्रवार दिउँसो त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

आयोगका प्रवक्ता (सह सचिव) नारायण प्रसाद रिसालका अनुसार प्रमुख आयुक्तसँगै अख्तियारका सचिव तोयम राया पनि सम्मेलनमा सहभागी हुनुहुने छन् ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन सोमबारबाट इजिप्टमा शुरु हुँदैछ ।

विश्वभरबाट भ्रष्टाचार नियन्त्रण गर्ने निकायका प्रमुखहरु सहभागीतामा सो सम्मेलन आयोजना हुने भएको हो ।

आफैमा पनि स्वच्छ छवीका प्रशासक राइले अख्तियारको प्रमुख भएसँगै राष्ट्रको शुसासनको कार्यमा धेरै गृहकार्यहरु थालनी गर्नुभएको छ ।

उहाको नेतृत्वको अख्तियारले प्रदेश २ को मुख्यमन्त्रीको कार्यलयमा छापा हानेसँगै सर्वत्र उहाको कदमको प्रसंसा भएको थियो ।

उक्त छापाले स्थानियतहमा समेत राज्यको निकायको ध्यान छ है भन्ने सन्देश आमजनतामा प्रवाह गर्न सफल भएको थियो ।

भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा गरेका कार्यहरुबारे आयुक्त राईले अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउनुहुने छ ।

इजिप्टको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने धारणाहरु नेपालको शुसासनका निम्ती फलदायी रहने अपेक्षा गरिएको छ ।

विश्वभरबाट भ्रष्टाचार नियन्त्रण गर्ने निकायका प्रमुखहरु सहभागीहुने उक्त कार्यक्रममा भ्रष्टाचार नियन्त्रणको कार्यमा विश्वले अबलम्बन गरेका नीति रणनीतिबारे समेत छलफल हुने छ ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदै अख्तियार प्रमुख राई

नाडाको अध्यक्षमा करण चौधरीलाई पछीपार्दै ध्रुव थापा विजयी

नाडाको अध्यक्षमा करण चौधरीलाई पछीपार्दै ध्रुव थापा विजयी

काठमाडौँ-नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरीलाई पछीपार्दै ध्रुव थापा विजयी भएका छन् ।

बिहिबार मध्यराति सार्वजनिक मतपरिणाम अनुसार ६६ मत अन्तरले थापा विजयी भएका हुन् ।

प्रतिद्वन्द्वी करण चौधरीले १३४७ मत ल्याउदा थापाले १४१३ मत प्राप्त गरी बिजयी भएका हुन् ।

दुई वर्ष उपाध्यक्ष भएर काम गरी सकेका थापा यसअघि कार्य समिति सदस्य र चौधरी उपाध्यक्ष थिए ।

आगामी दुई वर्षे कार्यकालका लागि थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।

१७ सदस्यमा चौधरी प्यानलबाट १२ र थापा प्यानलबाट ५ जना सदस्य विजयी भएका छन् ।

थापा प्यानलबाट विजयी हुनेमा आकाश गोल्छा (१३३९) ,यमुना श्रेष्ठ (१३५५), कपिल शिवाकोटी (१३४८), निराकर श्रेष्ठ (१३६४), प्रदीपमान प्रधान (१३४६) रहेका छन् । त्यस्तै, चौधरी प्यानलबाट अनुपकुमार बराल (१४६३), सुरेन्द्रकुमार उप्रेती (१४३२), विक्रम सिंघानिया (१३७१),राजनबाबु श्रेष्ठ (१४५७), अभिक ज्योति (१३८३), मिलनबाबु मल्ल (१४६५), नीलमणि पाठक (१३५४), पंकज अग्रवाल (१३३४), सुनिल रिजाल (१४०२), वरदान बस्नेत (१३५०), प्रकाश कपुरी (१३७९) र गोपाल भट्टराई (१३६५) छन् ।

नयाँ नेतृत्वका लागि बिहिबार बिहान ८ बजे बाट ३ बजे सम्म मतदान भएको थियो ।

निर्वाचन समितिका अनुसार कुल ३१ सय मतदाता मध्ये २७ सय मत खसेको थियो ।

नाडाको अध्यक्षमा करण चौधरीलाई पछीपार्दै ध्रुव थापा विजयी

एकीकृत समाजवादीका आठ स्थानीय तहमा सङ्ठन विस्तार

एकीकृत समाजवादीका आठ स्थानीय तहमा सङ्ठन विस्तार

डोटी-नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा आफ्नो सङ्गठन विस्तार अभियानलाई तीव्रता दिएको छ ।

जिल्लाका कूल नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा सङ्गठन विस्तार गरिएको सो पार्टीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म यहाँका दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका तथा पूर्वीचौकी, केआइसिंह, जोरायल, बडिकेदार, सायल र आदर्श गाउँपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको छ ।

दिपायल सिलगढीमा शैलेन्द्र खड्काको अध्यक्षतामा ३३ सदस्यीय, पूर्वीचौकीमा गोरखबहादुर बोगटीको अध्यक्षमा ५१ सदस्यीय, बडिकेदारमा लालबहादुर मन्नीको अध्यक्षतामा २७ सदस्यीय, जोरायलमा रोहित बोहराका अध्यक्षतामा ५१ सदस्यीय, शिखरमा जगन्नाथ बलायरको अध्यक्षमा ३९ सदस्यीय, केआइसिंहमा पुष्पराज जोशीको अध्यक्षतामा ७९ सदस्यीय, सायलमा नरी चुनाराको अध्यक्षता १८ सदस्यीय र आदर्शमा रमेश विष्टको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको हो ।

गठन गरिएका सबै पालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयन गरिएको र बाँकी रहेको बोगटान फुड्सिल गाउँपालिकामा एक-दुई दिनभित्रै नेतृत्व चयन गरिने अध्यक्ष बोगटीले बताउनुभयो ।

जिल्लाका सबै पालिकामा सङ्गठन विस्तार गरिसकेपछि सङ्ठन सुदृढीकरणको कामलाई अगाडि बढाइने एकीकृत समाजवादीले जनाएको छ ।

नेकपा (एमाले)सँग विभाजन भएपछि उक्त पार्टीले सङ्ठन विस्तारलाई तीव्रता दिएको हो ।

एकीकृत समाजवादीका आठ स्थानीय तहमा सङ्ठन विस्तार