परम्परागत नीति नियमहरुलाई समयानुसार परिवर्तन गर्न वरिष्ठ उपाध्यक्ष ढकाललको सुझाव

परम्परागत नीति नियमहरुलाई समयानुसार परिवर्तन गर्न वरिष्ठ उपाध्यक्ष ढकाललको सुझाव

काठमाडा-नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको दू्रत आर्थिक उन्नति र विकासका लागि परम्परागत नीति नियमहरुलाई समयानुकूल बनाउन आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले बुधबार काठमाडौँमा आयोजित नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालको ४५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सरोकारवाला पक्षहरुसँग छलफल गरेर परम्परागत नीति नियमहरुलाई परिवर्तन गर्दै जाँदा आम जनतालाई लाभ पुग्ने र सरकारले चाहेको आर्थिक रुपान्तरणको लक्ष पनि हासिल हुने बताउनुभयो ।

“यो अटोमोबाइल सेक्टरको मात्र होइन । समग्र निजी क्षेत्रका सुझावहरुलाई लिएर सरोकारवाला पक्षहरुसँग छलफल गरी पुराना नीति नियमहरु परिवर्तन गर्दै जाँदा सबैपक्षलाई फाइदा हुन्छ ।,” उहाँले भन्नुभयो, “यसका लागि राज्यले अग्रसरता लिनुपर्छ,” उहाँले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका साथसाथै निर्यात बढाउनेतर्फ बिशेष पहल गर्नुपर्ने बताउनुभएको छ ।

“अहिले मुलुकभित्र दुई पाङ्ग्रे सवारी साधनका एसेम्बिलिङ प्लान्ट खुल्न थालेका छन् । यसको विस्तार सँगै चार पाङ्ग्रे सवारी साधनको एसेम्बिलिङ प्लान्ट स्थापनाका लागि सरकारले बढावा दिनुपर्ने हुन्छ,” उहाँले भन्नुभयो ।

विजुली भारतमा निर्यात शुरु भएको बताउँदै उहाँले औद्योगिक क्षेत्रलाई सस्तोमा विजुली उपलब्ध गराउन सके उत्पादनमुलक क्षेत्रमा लगानी आकर्षित गर्न सकिने बताउनुभयो ।

उहाँले सार्वजनिक सवारीलाई चुस्त बनाउनेतर्फ सरकार र स्थानीय निकायको ध्यानाकर्षण गर्नुभयो ।

सवारी साधन विलासिताको वस्तु मात्र नरहेको बताउँदै उहाँले यस क्षेत्रले वार्षिक एक खर्बभन्दा बढी राजश्व दिएको जुन सार्वजनिक खर्चको लागि महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले कोभिढ–१९ को महामारीबीच पनि मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको समेत बताउनुभएको छ ।

परम्परागत नीति नियमहरुलाई समयानुसार परिवर्तन गर्न वरिष्ठ उपाध्यक्ष ढकाललको सुझाव

नयाँ सार्वजनिक खरिद ऐनको तयारी अघि बढेको छ: मन्त्री झाँक्री

नयाँ सार्वजनिक खरिद ऐनको तयारी अघि बढेको छ: मन्त्री झाँक्री

काठमाडौँ-सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजनिक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताउनुभएको छ ।

चौधौँ राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी रहेको औँल्याउनुभयो ।

समाज र सिङ्गो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरुरी रहेको उहाँको भनाइ छ ।

निर्माण कम्पनीलाई गाभेर सार्वजनिक कम्पनीमा लैजान उहाँले आग्रह गर्नुभयो ।

उहाँका अनुसार व्यवसायीलाई पनि आफ्नो क्षमता अभिवृद्धि गर्न र कामदारमैत्री बन्न आवश्यक छ ।

उहाँले भन्नुभयो, “निर्माण उद्योगमा क्रियाशील श्रमिकको हकहितलाई प्राथमिकतामा राख्नुपर्छ ।”

मन्त्री झाँक्रीले निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावली मात्रै नभएर ऐनमै संशोधन आवश्यक भएको बताउनुभयो ।

निर्माण व्यवसायी मैत्री कानून आवश्यक भएको मन्त्री झाँक्रीको भनाइ छ ।

निर्माण उद्योगमा योजना छनोटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको उहाँले बताउनुभयो ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकास विस्तारबिना समृद्धि मुलुकको परिकल्पना असम्भव रहेको बताउनुभयो ।

निर्माण उद्योगमा धेरै समस्या रहेको उल्लेख गर्दै उहाँले सरकारले व्यवसायीमैत्री ऐन नियम ल्याउनेमा महासङ्घ आशावादी रहेकोसमेत बताउनुभयो ।

बाजागाजा, प्लेकार्डको प्रदर्शनीसहित दशरथ रङ्गशालाबाट सुरु भएको र्‍याली थापाथली, माइतिघर, बबरमहल हुँदै महासङ्घ सचिवालय अनामनगर पुगेको थियो ।

महासङ्घ प्राङ्गणमा आयोजित कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए ।

नयाँ सार्वजनिक खरिद ऐनको तयारी अघि बढेको छ: मन्त्री झाँक्री

ऋण तिर्नु नपरोस् भन्दै आफ्नै साथीको हत्या

ऋण तिर्नु नपरोस् भन्दै आफ्नै साथीको हत्या

भक्तपुर-आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका–३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा सूर्यविनायक–१ सिरुटार पुरानो घर भई सूर्यविनायक–३ बस्ने श्रेष्ठको गएराति पौने १० बजे कुटपिट गरी फर्माले हानेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा बालकोट बस्ने राजनकै साथी करिब ३२ वर्षीय हेमन्त श्रेष्ठ र मजदुरी गर्ने प्रेम विकलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त थिमिमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिव श्रेष्ठले बिहान अपराध अनुसन्धान महाशाको टोली र जिल्लाको प्रहरी कार्यालयको टोलीसहित तालिम प्राप्त कुकुरको सहायताबाट घटनाबारे थप रहस्य खुलाउँदै हत्याको घटनामा संलग्न रहेको आशङ्कामा पक्राउ गरी अनुसन्धान गरेको जानकारी दिनुभयो ।

यसबारेमा थप विस्तृत विवरण साँझसम्ममा सार्वजनिक गर्ने उहाँले जानकार दिनुभयो ।

महानगरीय प्रहरी वृत्त थिमि, प्रहरी परिसर भक्तपुर र अपराध अनुसन्धान महाशाखाको टोलीले गरेको अनुसन्धानमा प्रहरीले जानकारी दिएको छ ।

यसबारेमा महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले अनुसन्धान जारी रहेको बताउनुभयो ।

उहाँका अनुसार राजनले हेमन्तसँग लिनुपर्ने पैसा दिन्छौँ भन्दै हेमन्तले गठ्ठाघरबाट सँगै लगेर फलामे पुल तरेपछि एकान्त ठाउँमा पुर्‍याएर कुटपिट गरेको र प्रेमले फर्माले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेनदेनबाटै घटना सृजना भएको पाइएको उहाँले बताउनुभयो ।

हत्या गर्ने र शवसमेत गायब पार्ने गरी योजनाबद्ध रुपमा घटना घटाइएको पाइएको प्रहरीको भनाइ छ ।

राति कुटपिट गरेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरेर प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर लैजाँदा अस्पतालले मृत्यु भएको जानकारी गराएको उहाँले जानकारी दिनुभयो ।

मृतक श्रेष्ठको मुख र निधारमा गहिरो चोट रहेको छ ।

नर्सिङमा भर्ना रोक्न १५ कलेजलाई सीटीईभीटीको निर्देशन

नर्सिङमा भर्ना रोक्न १५ कलेजलाई सीटीईभीटीको निर्देशन

काठमाडौं-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT)ले नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ ।

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले सूचना जारी गर्दै ति कलेजले भर्ना लिदा चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णय विपरित हुने बताइएको छ ।

त्यस्तै ती कलेजले प्रमाणपत्र तहको नर्सिङमा भर्नाका लागि विद्यार्थीबाट लिएको शुल्क पनि फिर्ता गर्न सीटीईभीटीले निर्देशन दिएको छ ।

सीटीईभीटीले जारी गरेको सूचना

नर्सिङमा भर्ना रोक्न १५ कलेजलाई सीटीईभीटीको निर्देशन

ओलीले लगेको एमालेको सम्पत्ती जोड्दै जाने हो भने अरब पुग्ने: माधव नेपाल

ओलीले लगेको एमालेको सम्पत्ती जोड्दै जाने हो भने अरब पुग्ने: माधव नेपाल

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले नेकपा एमालेको सम्पत्ती खोसेर लगेको बताएका छन् ।

पार्टी कार्यालय निरीक्षणका लागि इटहरी पुगेका नेता नेपालले एमालेको भौतिक र नगद सम्पत्ती ओली समूहले खोसेर लगेको बताएका हुन् ।

उनले भने ‘जोड्दै जाने हो भने कति अरब पुग्ने हो भौतिक सम्पती, नगदहरु पनि छन्,’ उनले थपे, ‘यी सबै खोसेर लगेका छन् उनीहरुले, कब्जा गरेका छन् तर पनि केही बात छैन फेरि आर्जन गरौंला ।’

उनले हक लाग्ने भए हक खोज्ने बताए । हक खोज्नका लागि कानूनी बाटो अपनाउने उनले बताए ।

‘हक लाग्छ भने त्यसका निम्ति कानूनी उपायहरु खोजौंला,’ उनले भने,‘ पार्टीलाई व्यवस्थीत बनाउन कार्यालय अपरिहार्य छ ।’

ओलीले लगेको एमालेको सम्पत्ती जोड्दै जाने हो भने अरब पुग्ने: माधव नेपाल

सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

काठमाडौं-भारतका उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ ।

भारतिय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटना भएको हो ।

इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई(१७ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

हेलिकप्टरमा सेना प्रमुख रावत पत्नीको साथमा रहेको बताइएको छ ।

दुर्घटनामा घाइते भएका कम्तीमा ३ जनालाई अस्पताल लगिएको तर पहिचान भने खुलाइएको छैन ।

सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना

वैदेशिक रोजगारमा देखिएका चुनौती समाधानार्थ कार्यदल गठन

वैदेशिक रोजगारमा देखिएका चुनौती समाधानार्थ कार्यदल गठन

काठमाडौँ-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेयता लगातार सरोकारवालासँग बहुपक्षीय छलफलमा जुट्नुभएका श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्याको दीर्घकालीन समाधान खोज्न तीनवटा कार्यदल बनाउनुभएको हो ।

आन्तरिक रोजगारको व्यवस्थापन तथा वैदेशिक रोजगारीका विद्यमान समस्या र चुनौतीको उचित सम्बोधन तथा व्यवस्थापनका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ ।

सीप विकाससम्बन्धी तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन कार्यदलले सुझाव दिनेछ । कार्यदलले १५ दिनभित्र आवश्यक सुझावसहितको प्रतिवेदन मन्त्रालयलाई बुझाउनेछ ।

विभिन्न मन्त्रालय र मातहतका निकायले दिँदै आएका सीप विकाससँग सम्बन्धित तालिम एकीकृत संरचनामार्फत सञ्चालन गर्न सम्भावना र चुनौतीबारे अध्ययन गर्न व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक बद्रीनाथ अधिकारीको संयोजकत्वमा विभिन्न मन्त्रालय र राष्ट्रिय योजना आयोगका प्रतिनिधि सम्मिलित छ सदस्यीय कार्यदल बनाइएको छ ।

उस्तै प्रकृतिका तालिम फरक–फरक निकायबाट सञ्चालन हुने, एउटै व्यक्तिले विभिन्न तालिम लिने तर काम नपाउने समस्या रहेकाले त्यसको समाधान खोज्नुपर्ने मन्त्रालयको निष्कर्ष छ ।

विभिन्न निकायबाट तालिम सञ्चालन हुँदा त्यसको प्रभावकारितामाथि प्रश्न उठ्दै आएको छ ।

अहिले छोटो समयका तालिम धेरै वटा निकायले सञ्चालन गरिरहेका छन् । कार्यक्रम साबिकै संरचनामार्फत वा नयाँ संरचनामार्फत बनाउने भन्नेबारे सुझाव दिन कार्यदललाई भनिएको छ ।

देशभित्र रोगजारीका अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि प्रतिस्पर्धी एवं सीपयुक्त जनशक्ति तयार गर्न आवश्यक योजनाका बारेमा पनि कार्यदलले अध्ययन गरेर सुझाव दिनेछ ।

रोजगारीमा जाने श्रमिक अधिकांश अदक्ष

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक अधिकांश अदक्ष रहेका छन् ।

वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउन नसक्दा स्वयम् श्रमिक र मुलुकले ठूलो नोक्सानी व्यहोरिरहेका छन् ।

सीप नहुँदा वैदेशिक रोजगारीमा गएका श्रमिकले भनेअनुसारको काम नपाउने र न्यून ज्यालामा काम गर्नुपर्नेलगायत समस्या व्यहोर्दै आएका छन् ।

मन्त्रालय र मातहतका निकायको सङ्गठनात्मक संरचनाको अवस्थाबारे अध्ययन गर्न पनि कार्यदल बनाइएको छ ।

कार्यदलले वैदेशिक रोजगारी तथा श्रम कार्यालयसहित मातहतका निकायको कार्यबोझ, कार्यप्रगति र सुधारका सम्भावनाको अध्ययन गर्नेछ ।

मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदलले वैदेशिक रोजगार तथा श्रम कार्यालयका समस्या, चुनौती र समाधानका उपायका साथै श्रम सहचारी नियुक्ति मापदण्डबारे पनि सुझाव पेस गर्नेछ ।

वैदेशिक रोजगार व्यवस्थापन तथा समग्र कार्यप्रणाली व्यवस्थित गर्न सहसचिव शेषनारायण पौडेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरावलोकन र प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिने मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्री श्रेष्ठले चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिकलगायत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने बताउनुभएको छ ।

चलचित्र क्षेत्रमा कार्यरत कलाकार र प्राविधिक सम्बद्ध सङ्घसंस्थाका पदाधिकारीसँगको छलफलमा उहाँले न्यून पारिश्रमिक लिने कलाकारलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सरकारले सहयोग गर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन तथा सामाजिक सुरक्षा कोषलाई विस्तार गर्न विद्यमान कानुनी व्यवस्थामा सुधार गर्न लागिएको बताउनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले न्यून पारिश्रमिक भएका कलाकारको सामाजिक सुरक्षा कोषमा सहयोग गरिदिन आग्रह गर्नुभयो ।

चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामालगायतले चलचित्रमा पर्दापछाडि रहेर काम गर्ने प्राविधिकको तुलनात्मक रुपमा पारिश्रमिक कम हुने, पारिश्रमिक एकै पटक नपाउने र बचत पनि कम हुने भन्दै सरकारको सहयोगको खाँचो औँल्याउनुभएको थियो ।

वैदेशिक रोजगारमा देखिएका चुनौती समाधानार्थ कार्यदल गठन

गृहमन्त्री खाडले गरे सहसचिवको जिम्मेवारी हेरफेर

गृहमन्त्री खाडले गरे सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौँ-गृहमन्त्री बालकृष्ण खाडले मन्त्रालयका केही सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।

केही दिन अघि वातावरण विभागको महानिर्देशकबाट गृहमा सरुवा भएका मुकुन्द प्रसाद निरौलालाई सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिईएको थियो ।

सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख तथा मन्त्रालयका प्रवक्ता समेत रहेका फणीन्द्रमणि पोखरेललाई प्रशासन महाशाखामा तानिएको छ ।

प्रशासन महाशाखामा तानिएका पोखरेलको प्रवक्ताको जिम्मेवारी आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव प्रदीपकुमार कोइरालालाई दिइएको छ।

गृहमन्त्री खाडले गरे सहसचिवको जिम्मेवारी हेरफेर

दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन निर्देशन

दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन निर्देशन

काठमाडौँ-दर्ता नभएका उपभोक्ता समितिबाट कुनै पनि काम कारवाही नगर्न नगराउन स्थानीय तहलाई परिपत्र भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दर्ता नभएका उपभोक्ता समितिमाथी कडा कदम चालेको हो ।

सामान्य प्रशासन मन्त्रालयले देशभरीका सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

यो वर्ष विभिन्न निर्माण कार्य गर्न गठन भएका उपभोक्ता समितिहरू संस्था दर्ता ऐन,२०३४ को दफा ३ अनुसार दर्ता भएको नपाइएकोले सामान्य प्रशासन मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

विधानसहित दर्ता नभएमा संस्थालाई मान्यता दिन नमिल्ने कानुनी प्रावधान रहेको उल्लेख गर्दै स्थायी संयन्त्रमार्फत नै काम गर्न भनिएको छ ।

दर्ता नभएका त्यस्था समिति स्थानीय स्तरमा सेटिङमा गठन हुने र कार्य सम्पन्न पश्चात् समिति विघटन गर्ने बिकृती रहदै आएको थियो ।

निर्माण कार्य सम्पन्न भएका आयोजना सञ्चालन तथा मर्मत सम्भारमा त्यस्ता समिति आफ्नो जिम्मेवारी बाट पन्छिने गरेका थिए ।

त्यस्ता उपभोक्ता समितिले आय व्ययको लेखा परीक्षण समेत नगराउने भएकोले स्थायी संयन्त्रमार्फत नै काम गर्न र गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

दर्ता नभएका उपभोक्ता समितिबाट काम नगराउन निर्देशन

पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न एक पक्राउ

पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न एक पक्राउ

बेलायत-साउदी पत्रकार जमाल खशोग्गीको हत्याका संलग्न भएका एक जना पक्राउ परेका छन् ।

पत्रकार खशोग्गीको हत्यामा संलग्न साउदी अरेबियाका एक नागरिक मंगलबार फ्रान्समा पक्राउ परेको बीबीसीले जनाएको छ ।

फ्रान्सको चार्लुस डे गोले विमानस्थलबाट प्रहरीले साउदीका खालेद एद अल ओतैबीलाई पक्राउ गरेको हो ।

पत्रकार खशोग्गीको सन् २०१८ को अक्टोबरमा इस्तानबुलको साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो।

साउदी अरेबियाका अधिकारीहरुले दुर्घटनामा खशोग्गीको मृत्यु भएको दावी गरेका थिए ।

यद्यपी, टर्कीका अधिकारीहरुले साउदी अरेबियाको निर्देशनमा उनको हत्या भएको बताउँदै आएका छन् ।

खशोग्गी वाशिङटन पोस्टमा समेत काम गर्दै आएका थिए ।

पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न एक पक्राउ

उम्मेदरवार तय गर्न रामचन्द्र पौडेल समूहको बैठक

उम्मेदरवार तय गर्न रामचन्द्र पौडेल समूहको बैठक

काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले बसिरहेको छ ।

सभापतिको साझा उम्मेदवारको टुङ्गो लगाउन बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बैठक बसिरहेको छ ।

बैठकले सभापतिका लागि साझा उम्मेदरवार तय गर्ने र त्यसपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ ।

बैठकमा वरिष्ठ नेता पौडेलसहित नेताहरु सहभागी छन् ।

बैठक सुरु भएपछि केहीबेरमै बाहिर निस्किँदै नेता पौडेलले सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त प्रतिक्रियामा सभापतिका लागि सो समूहबाट आकाङ्क्षी बन्नुभएका चारैजना नेताहरु बैठकमा नबस्ने र बैठकमा सहभागीहरुले छलफल गरी गर्ने निर्णयलाई आफूहरुले मान्ने बताए ।

मङ्गलबार दिनभर सभापतिका आकाङ्क्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापतिको नाम टुङ्गो लगाउन खोजे पनि सहमति नभएपछि आजका लागि बैठक बोलाइएको थियो ।

आउँदो शुक्रबारदेखि काठमाडौँमा कांग्रेस महाधिवेशन सुरु हुँदैछ ।

उम्मेदरवार तय गर्न रामचन्द्र पौडेल समूहको बैठक

विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी

विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी

काठमाडौँ-शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू गरेपछि विद्यार्थीहरुलाई किशोरावस्थाबाटै उद्यमशीलतातर्फ अगाडि बढ्न प्रेरणा मिल्ने मन्त्री पौडेलको भनाइ छ ।

“अहिले परीक्षणका लागि केही विद्यालयमा मात्रै पढ्दै कमाउँदै कार्यक्रम लागू गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “आगामी तीन वर्षभित्र देशभरका सबै सामुदायिक विद्यालयमा क्रमशः कार्यक्रम लागू गर्दै जानेछौँ ।”

पर्यटन बोर्डका सीईओ बसेको मञ्चमा मन्त्री आले बस्न नमानेपछि सीईओ मञ्चबाट बाहिर

पर्यटन बोर्डका सीईओ बसेको मञ्चमा मन्त्री आले बस्न नमानेपछि सीईओ मञ्चबाट बाहिर

पोखरा-पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मगरले नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई मञ्चबाट बाहिर निकालेका छन् ।

नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मी बसेको मञ्चमा मन्त्री प्रेम आले बस्न नमानेपछि रेग्मी मञ्चबाट बाहिर निकालिएका हुन् ।

सरकारी कर्मचारीलाई दुव्यवहार गरेपछि पर्यटन मन्त्रालयबाट स्पष्टिकरण सोधिएका रेग्मी शनिबार पोखरा पर्यटन परिषदको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा भाग लिन आइपुगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तोकिएभन्दा बढि रक्सी ल्याउन नदिएको भन्दै उनले सरकारी कर्मचारीलाई दुव्यवहार गरेपछी पर्यटन मन्त्रालयले उनलाई स्पष्टिकरण सोधेको थियो ।

मन्त्री आउनुअघि नै रेग्मी मञ्चमा गएर बसिरहेका थिए । रेग्मीलाई देखेपछि मन्त्री आलेमगरको पारा तातेर आयो मन्चबाट बाहिर निस्किएर आयोजकलाई हस्काउँदै ‘रेग्मीलाई किन बोलाएको ? उसलाई नहटाए कार्यक्रममा म बस्दिन’ भनेर चेतावनी दिएपछि आयोजकले रेग्मीलाई कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए ।

रेग्मीलाई एमालेका तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले नियुक्त गरेका हुन् ।

मन्त्री आलेले उनलाई राजीनामा दिन पटक पटक संकेत गरे पनि रेग्मीले आनाकानी गर्दै आएका छन् ।

उनीहरुबीचको मनमुटाव सार्वजनिक कार्यक्रममा देखिएको छ । मन्त्रीका कारण रेग्मी अपमानितरुपमा कार्यक्रमस्थलबाट निकालिएका छन् ।

आफूले कारवाहीका लागि स्पष्टिकरणका लागि सोधेको व्यक्तिलाई बोलाएको भन्दै आलेले आयोजकसँग असन्तुष्टि पोखेका थिए ।

उनले विवादित व्यक्ति विशिष्ट अथिति हुन नसक्ने भन्दै रेग्मीलाई राख्ने भए आफू कार्यक्रम छोडेर जाने चेतावनी दिएपछि आयोजकले बाध्य भएर रेग्मीलाई बाहिर निकालेका थिए ।

पोखरा आएका मन्त्री आलेले निर्माणाधिन पोखरा विमानस्थलदेखि अन्य विभिन्न क्षेत्रको अवलोकन र निरीक्षण गरेका छन् ।

बेलायतबाट फर्किने क्रममा रेग्मीले विमानस्थलमा देखाएको आक्रोसको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो ।

कमल थापा एमालेमा मिल्न सक्ने नेता नेपालको सङ्केत

कमल थापा एमालेमा मिल्न सक्ने नेता नेपालको सङ्केत

विराटनगर-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संविधान नमान्ने एमाले र राजतन्त्र चाहने राप्रपा मिल्ने सम्भावना रहेको बताएका छन् ।

राप्रपा अर्थात कमल थापा तर्फ ईङ्कित गर्दै नेता नेपाले उक्त कुरा बताएका हुन् ।

राप्रपा अर्थात कमल थापा तर्फ ईङ्कित गर्दै नेता नेपाले उक्त कुरा बताएका हुन् ।

चुनाव हारे पश्चात विरक्तिएका कमल थापाका गतिविधीले दुई मिल्न सक्ने सङ्केत मिलेको हो ।

कमल थापा एमालेमा जादा आधा राप्रपा एमालेमा जानसक्ने संभावना रहेको छ ।

मंगलबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा उनले संविधान नमान्ने र गणतन्त्र उल्ट्याउन चाहने एमाले र ‘संविधानलाई नमान्ने, लोकतान्त्रिक समाजवादी, गणतन्त्र उल्ट्याउन चाहने राप्रपा र एक ठाउँमा उभिने अवस्था रहेको बताएका हुन् ।

एमालेका धेरै नेतालाई अध्यक्ष ओलीको व्यवहार र निर्णय चित्त नबुझे पनि बोल्न नसक्ने अवस्थामा रहेको नेता नेपालले टिप्पणी गरेका छन् ।

पार्टी विभाजन गर्दा साथ नदिएर एमालेमै बसेका नेताहरु भीम रावल, घनश्याम भूसाललगायतलाई लक्षित गर्दै नेता नेपालले भने ‘उकुसमुकुस छ, सुतौं निद्रा नलाग्ने, उठौं चैन नहुने,’। ‘विजोग छ, यी (ओली) सुध्रिनेवाला छैनन् । त्यो जमात क्रान्तिकारी रहेन ।’

चितवनमा भएको १० औं महाधिवेशनबाट एमालेले जनताको बहुदलीय जनवाद (जबज) र क्रान्तिकारी स्वाभावलाई नारायणी नदीमा बगाएको उनको तर्क छ ।

कमल थापा एमालेमा मिल्न सक्ने नेता नेपालको सङ्केत

९० प्रतिशत आम व्यवसायीहरूको साथ र सहयोग मलाई छ: ध्रुव थापा

नेपाल अटोमोबाइल ब्यबसायीको छाता संगठन नेपाल अटोमोबाइल डिलर एशोसिएशन (नाडा) अहिले चुनावमा होमिएको छ ।

२०३२ सालमा स्थापित नाडाले आफ्नो ४५ औं राष्ट्रिय वार्षिक साधारण सभा यही मंसिर २२ र २३ गते आयोजना गर्दैछ ।

नाडाको यस बर्षको चुनाब निकै रोचक हुने देखिएको छ । चुनाबमा ठुलो ब्यापारिक घराना चौधरी परिवारकाअरुण चौधरीका छोरा करण चौधरी र ध्रुव थापासहितको दुई प्यानलले चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

‘अब बनाउनु छ नाडा, सबै अटोमोबाइल्स व्यवसायको साझा’ भन्ने नारासहित फोर्स मोटरको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेशनका अध्यक्ष ध्रुव थापा चुनाबमा होमिएका छन्।

चौधरी परिवारलाई टार्ग्रेट गर्दै थापाले नाडामा परिवारवादको दवदवा अन्त्य गर्ने उद्देश्यसहित आफ्नो उम्मेदवारी दिएको बताउदै आएका छन् ।

यसै नाडाको ४५ औँ राष्ट्रिय वार्षिक साधारण सभा तथा नयाँ नेतृत्वको चयन सन्दर्भमा थापासँग सम्पति न्युजले गरेको कुराकानीको अंश

अटो व्यवसायीको नाताले नाडाको अहिलेको अवस्था कस्तो छ ?

नाडामा अहिले परिवारवादको समस्या देखा परेको छ । आफूले चाहेको मान्छेहरू ल्याएर अध्यक्ष बनाउने परम्परा छ । बाहिरको मान्छे आउनुहुँदैन भन्ने खालको प्रवृत्ति छ ।

यो प्रवृत्तिलाई हामीले परिवर्तन गर्न खोजेका छौँ । त्यसमा हाम्रो टिम पनि सक्रिय भएर लागिरहेको छ । हामीले पहिला भन्दा केही फरक ल्याउन कोसिस गरिरहेका छौँ ।

अध्यक्षमा तपाईंको उम्मेदवारी घोषणा किन ?

म विगत लामो समयदेखि नाडामा सक्रिय छु । मैले नेपालभरका व्यवसायीहरूसँग नजिक भएर काम गरिरहेका कारण व्यवसायीहरूसँग पनि मेरो राम्रो सम्बन्ध छ।

देश अहिले प्रादेशिक संरचनामा गएपछि नाडाको प्रदेश कमिटीहरू बनेका छन् । भोलि प्रदेश स्तरीय समितिलाई मजबुत बनाउनुपर्ने दायित्व पनि छ ।

योसँगै नाडामा धेरै परिवर्तन गर्नुपर्ने छ । त्यस्तै प्रदेशअनुसार सवारी साधनमा लगाइएको कर अटोमोबाइल व्यवसाय र राज्यको लागि पनि चुनौती बन्दै गएको छ ।

यी चुनौतीहरूलाई समेटेर सबै साथीहरूलाई मिलाएर अघि बढ्न सक्ने क्षमता ममा छ । त्यसैको लागि पनि अध्यक्षमा मेरो उम्मेदवारी घोषणा हो ।

नाडाको अध्यक्षमा उम्मेदवारी दिनु भएको छ, तपाईंले जित्ने आधार के हो त ?

नाडामा परिवर्तन ल्याउनुपर्छ भन्ने मेरो मान्यता हो । यसमा मलाई सबै जनाको राम्रो साथ छ । ९० प्रतिशत आम व्यवसायीहरूको साथ र सहयोग छ ।

कर्पोरेट व्यवसायीहरूले पनि साथ दिएका छन् । योसँगै सातै प्रदेशका सबै पूर्वअध्यक्षहरूको पनि समर्थन छ । साथ र समर्थनको हिसाबले पनि मैले जित्ने सम्भावना धेरै देख्छु।

तपाईंको नेतृत्व आएपछि नाडामा फरक चाहिँ के हुन्छ ?

हामी समूहमा एकजुट छौं । हाम्रे समूहमा म मात्रै अध्यक्ष हैन, यहाँ रहेका अरु १७ जना नै अध्यक्ष हुन् ।

अहिले हामीले सबै क्षेत्रलाई समेटेर एउटा प्यानल बनाएका छौँ ।

यो टिममा महिलादेखि लिएर सबै क्षेत्रहरू जस्तै रिकन्डिसन, टीभीएस, पार्टसलगायतका व्यवसायीहरू समेटिएका छन् ।

त्यस्तैगरी कर्पोरेट व्यवसायीहरू पनि हुनुहुन्छ । नाडामा अहिलेसम्म महिला सहभागिता थिएन ।

हामीले अहिले प्यानलमा महिलाको सहभागितालाई पनि समेटेका छौँ ।

नाडामा पहिलोपटक महिला भन्नुभयो, के अब नाडा महिलाले नेतृत्व गरेको देख्न पाईन्छ त ?

नाडामा महिला नेतृत्वको प्रवल सम्भावना छ । विभिन्न क्षेत्रमा महिलाले नेतृत्व हाँकेर सफलतापूर्वक भूमिका निर्वाह गरेका इतिहास पनि छन् ।

नाडाको ४६ वर्षको इतिहासमा कोही पनि महिला कार्यसमितिमा समेत पुग्नुभएको छैन, नेतृत्वको कुरा त धेरै परको कुरा हो ।

अब हामीले त्यो बाटो तय गरेका छौं । अहिलेको हाम्रो प्रयासले भोलि महिलाहरूलाई नेतृत्वमा आउन सहज हुन्छ ।

त्यसैले नाडामा महिलाले पक्कै नेतृत्व पाउने छन् । त्यो वातावारण हाम्रो टिमले बनाउँछ ।

सर्मथन छ भनेर मात्र त भएन, चुनावको तयारी चै कस्तो छ नि ?

चुनाव अन्तिम चरणमा भएकाले तयारी एकदमै राम्रो छ । सबै साथीहरूको व्यस्तताबाट पनि यो झल्किन्छ ।

विभिन्न ठाउँमा पुग्ने काम भइरहेको छ । अहिले पनि हामी छलफल, कार्यक्रममै व्यस्त छौँ ।

चुनाव जितिसकेपछि तपाईको अगाडी अबसर र चुनौतीहरूको चाङ्ग पक्कै हुनेछ जिम्मेवारी पनि थपिने छ । यी दुबैलाई मिलाएर कसरी अगाडि बढ्नुहुन्छ ?

मैले अघि नै भनिसकें, म मात्र अध्यक्ष हैन मेरो समूहका सबै साथीहरू अध्यक्ष नै हुन् ।

मेरो जति काम हो, अरू साथीहरूको पनि त्यति नै काम हुन्छ । त्यसैले मेरो जति जिम्मेवारी अन्य साथीहरूको पनि हुने भएपछि हाम्रो नेतृत्व थप बलियो हुन्छ ।

सबै प्रदेशका अटोमोबाइल एशोसिएशनहरूको अगुवाइमा काम अगाडि बढाइनेछ । हामी प्रविधिमैत्री नाडा निर्माण गरेरै छोड्छौँ ।

देश भरका व्यवसायी र सरकारबीचको तालमेल कसरी मिलाउनुहुन्छ ?

नाडाको अहिलेसम्मको नेतृत्वमा सीमित व्यवसायीहरूको मात्र माग सरकारमा पुगेको तर साधारण व्यवसायीहरूको आवाज नपुगेको गुनासो छ ।

यसले गर्दा सीमित व्यवसायीको मात्रै माग पूरा भएको गुनासो पनि उत्तिकै छ । मैले यही विषयलाई प्राथामिकतामा राखेको छु ।

म आफू पनि साधारण व्यवसायीबाट अहिले आयातकर्ताको रूपमा छु ।

हिजोसम्म त म साधारण व्यवसायी नैै थिएँ । त्यसैले मसँग सबैलाई समेटेर लैजाने क्षमता छ ।

मैले अरू संघसंस्थामा पनि नेतृत्व गरिसकेको राम्रो अनुभव छ । त्यसैले भोलि सरकारसँग लबिङ गर्न जाँदा पनि मेरोे अनुभवले काम गर्छ ।

नेतृत्व तहमा पुगिसकेपछिका योजना के छ ?

मैले हाम्रो प्यानल सार्वजनिक गर्दा मेरो प्रतिवद्धताहरू सार्वजनिक गरिसकेको छु ।

नाडाको सचिवालय सुधारदेखि, नीति निर्माणको कुराहरूमा सरकारलाई सघाउ पुर्‍याउने, नाडा अटो सो लाई व्यवस्थित र प्याटेन्ट लिनेदेखि अन्र्तराष्ट्रिय स्तरको बनाउने, सामाजिक उत्तरदायित्व अन्तर्गत नाडाले गर्नुपर्ने उत्तरदायित्वभित्र पर्ने थप काम गर्ने, प्रदेशस्तरलाई मजबुत बनाउने जस्ता अवधारणाहरू छन् ।

त्यो बाहेक नाडाले वातावारणीय अवस्थालाई हेरेर, मान्छेको स्वास्थ्यलाई मध्यनजर गरी वातावारण अनुकुल सवारी साधनको आयातमा बढी जोड दिन प्रेरित गर्नेलगायतका कामलाई पनि जोड दिनेछु ।