तराईको जाडो: तर गोविन्द उपर नारायण !

तराईको जाडो: तर गोविन्द उपर नारायण !

महोत्तरी-जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण !’

यो उक्तिको ठ्याक्कै अर्थ खोज्दा ‘तल गोविन्द, माथि नारायण’ बुझिन्छ ।

गोविन्द र नारायण दुवै हिन्दू परम्परामा भगवान् विष्णुका नाउँ हुँदा ओढ्ने, ओछ्याउने दुवै तिनै हुन् भन्ने उक्तिको भाव बन्छ ।

खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडो याममा ।

बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइ÷ चौडाइका पराले झुप्रा गरिबको घर संसार हुन् ।

यी झुप्रामा जीवन गुजारा चलाउने गरिबका लागि जाडो छल्ने दुइटा तरिका देखिन्छन् । एउटा बाटोघाटोबाट सोहोरेर ल्याइएको पातपतिङ्र, मिल्किएका झुत्रा लुगा र प्लाष्टिक बटुलेर बालिने ‘घूर’ ।

जहाँ बस्तीभरिकै बूढाखाडा, बालवनिता (केटाकेटी) र महिला पचपची निस्कने ‘घूर’ को धुँवाबीच हात फैलाएर तातो लिएको अनुभूति गर्छन् ।

अर्को तल (भुइँ) मा पराल पसारेर घुँडा खुम्च्याएर सुत्ने, माथि (शरीरमाथि) पराले चटाइ (एकप्रकारको गुन्द्री) तेस्र्याउने । अर्थात्, पराल नै डस्ना, पराल नै सिरक ।

यसैलाई गरिबले जाडो छल्ने उपायमा ‘तर गोविन्द, उपर नारायण’को उक्ति सुनाउने गरेका हुन् ।

“हजुर, हाम्रो ठण्डी (चिसो, जाडो) छल्ने यै (यही) सहारा हो” झुरुमुट्ट बस्तीको झुप्रा अगाडि आँगनमा १०-१२ जना आफ्ना परिवारजन र छिमेकीसहित ‘घूर’ का चारैतिर हात फैलाएर बसेकी महोत्तरीकै भङ्गाहा नगरपालिका–३ सकरी मुसहरी बस्तीकी करिब ६० वर्षीया रामराजी सादा मुसहरले भन्नुहुन्छ, “रात कटाउन पराल छ, उज्यालो भएपछि घूर ।” लगातार बढ्दै गएको चिसोले सखारै बनीबुतो (मजदूरी) गर्न जान नपाएपछि उदरपूर्ति (खाने कुरा) को पनि समस्या बढेको रामराजीको थप पीडा छ ।

रामराजीजस्तै भङ्गाहा–८ धर्मपुरको अन्हारवन बस्तीकी सुथरी बाँतर पनि छिप्पिदो जाडोले यसपालि लाने होकी भन्ने ठान्नुहुन्छ ।

न खायके कोनो ठिकान, न ओढ बैसके कोनो विस्तर

“न खायके कोनो ठिकान, न ओढ बैसके कोनो विस्तर” (न खाने कुरा यो भन्ने छ, न ओढ्ने, बस्ने लुगा) करिब ५० वर्षीया सुथरीले थुरथुरी जाडोमा ओठ कमाउँदै भन्नुभयो, “हम गरिबके देखवाला कोइ नई, बुझाइय जे अईबेर जाडमे नई जियब” (हामी गरिबलाई हेर्ने कोही छैनन्, लाग्छ, यसपालिको जाडोबाट बाँच्न सकिन्न) ।

चुनावका बेला थरिथरिका आश्वासन दिने नेता अर्को चुनाव नआएसम्म बस्तीमा नदेखिने गरिब बस्तीका पाका व्यक्ति बताउँछन् ।

विगतमा आफ्नो गरिबी, अभाव र पछौटेपनबारे कसैप्रति गुनासो नगर्ने मुसहर, बाँतर अब भने आफूलाई हेर्ने बुझ्ने कसैले नगरेको बताउन थालेका छन् ।

“हेर्नोस हजुर, तेसुर साल (परार) धुर्मुस सुन्तली र एकजना बाबाजी (सन्त, बौद्धभिक्षु) आएर केही दिन पुग्ने अन्नपात, ओढ्ने कम्बल र केही लुगा दिएर गएथे”, भङ्गाहा–४ पलारको बाँतर बस्तीकी ४० वर्षीया सियानकीदेवी बाँतर भन्नुहुन्छ, “त्यसयता यी कसरी बसेका छन् भनेर कोही फर्केर आ’का छैनन् ।”

तराईका मुसहर, बाँतर, डोम, हलखोर, मेस्तर, खत्बे, चमार र दुसाध जाति समुदायका बस्तीमा आमरुपमा छ्याङ्छ्याङ्ती गरिबी झल्कन्छ ।

यीमध्ये पनि मुसहर र बाँतर बस्ती चै पराले झुप्राका गुजुमुज्ज (झुरुमुट्ट) बस्तीले सजिलै चिनिन्छ ।

मुसहर, बाँतरको बारेमा सुनेकै भरमा पनि अपरिचित ठाउँमा पुग्ने जोसुकैले पराले झुप्रा देख्नासाथै यी त मुसहर, बाँतरका घर हुन् भनेर सजिलै लख काट्नसक्ने महोत्तरीको भङ्गाहा नगरपालिका–३ का बासिन्दा समाजशास्त्री (समाज विज्ञ) शिवराज दाहाल बताउनुहुन्छ ।

महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीयतहमा मुसहर जातिको बसोबास छ ।

यीमध्ये भङ्गाहा, गौशाला, औरही, बर्दिबास र लोहारपट्टि नगरपालिकामा अन्यभन्दा बढी मुसहर जातिको बसोबास छ ।

सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले अति नै पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् ।

दुवै जातिको रीतिथिति र बसउठ समान नै देखिने समाजशास्त्री दाहालको भनाइ छ ।

सम्पत्तिका नाउँमा पराले झुप्रामात्र हुने मुसहरमा छोराछोरी किशोरवयमा पुगेपछि एउटा नयाँ आशा पलाउँछ ।

छोराछोरी हुर्केपछि बनीबुतो गरेर अन्नपात ल्याउने हुनाले जीवन गुजारामा सहयोग पुग्ने औरही नगरपालिकाको टिम्किया बस्तीका पल्टा मुसहर बताउनुहुन्छ ।

“जाडो छल्ने पोरा (पराल) पनि गिरहत (मालिक, आफूले बनीबुतो गर्ने किसानलाई मुसहर गिरहत वा मालिकको सम्बोधन गर्छन्) को घरबाट मागी ल्याउन र गाई, बाख्रा चराउन सक्ने भएको छ”, ।

करिब १३-१४ वर्षको छोरा सोमनातिर देखाउँदै पल्टा भन्नुहुन्छ, “यिनै नानी हाम्रा धन हुन् ।”

न पुरोहित चाहिने, न कुनै हेरकोर

मुसहर, बाँतरमा छोराछोरीको नाउँ राख्ने चलन पनि मिल्दोजुल्दो छ ।

न पुरोहित चाहिने, न कुनै हेरकोर ! आइतबार (रविबार) जन्मने छोरो रेविया, छोरी अइती ।

त्यसैगरी सातवटै बारसँग मिल्ने नाउँ राखिन्छन, सोमना-सोमनी, मङ्गला-मङ्गली, बुधना-बुधनी, विपना-विपनी, शुकना-शुकनी र शनिचरा-शनिचरी आदि ।

यीबाहेक बन्ठा, भुट्टा, कैला, नेङरा आदि मुसहर, बाँतर बस्तीमा बाक्लै सुनिने नाउँ हुन् ।

नाउँमा पनि बस्तीका गिरहतका छोराछोरीसँग मिल्ने हो कि भनेर नाउँ बिगारेर राख्छन् ।

रोहितभन्दा हुने ठाउँमा यी दलितका छोराको नाउँ ‘रोहिता’ हुन्छ ।

छोरीको पनि त्यस्तै स्त्रीवाचक मिलाएर नाउँ राखिन्छन् ।

मुसहर जिल्लाका सबै स्थानीयतहमा रहे पनि बाँतर बस्ती भने भङ्गाहा नगरक्षेत्रमा मात्र छन् ।

आफ्नो नगरक्षेत्रमा मुसहर र बाँतरको एक ठाउँ गणना हुँदा फरक-फरक जाति समुदाय बसोबास तालिकाको अभिलेखमा मुख्य स्थान ओगट्ने भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साह स्वीकार गर्नुहुन्छ ।

जिल्लामा विसं २०६८ को पछिल्लो जनगणनाले मुसहरको २३ हजार ३६४ र बाँतरको दुई हजार ७९४ जनसङ्ख्या रहेको (यसपालि २०७८ को जनगणनाको तथ्याङ्क अझै सार्वजनिक भइसकेको छैन) देखाएको छ ।

त्यसयताका एकदशकमा यो सङ्ख्या बढेर दुवैको गरी ४० हजारको हाराहारी पुगेको तथ्याङ्क कार्यालय महोत्तरीका विज्ञको अड्कल छ ।

अहिले करिब ४० हजारको हाराहारी पुग्नै लागेको जनसङ्ख्याभित्रका मुसहर, बाँतर समुदायबाट प्रवेशिका उत्तीर्ण गर्ने सङ्ख्या १५ कटेको छैन ।

विद्यालयमा प्रत्येक वर्षजसो भर्ना अभियानका नाउँमा यी समुदायका नानीहरुको नाउँ विद्यालयमा लेखिए पनि गरिबी र अभावले टिक्न सक्दैनन् ।

जिल्लामा बर्सेनिजसो शीतलहरको प्रकोप हुँदै आएको छ तर, जनप्रतिनिधिमूलक निकाय होस् वा सेवाप्रदायक राज्यका निकाय हउन् ,कसैले प्रकोपको पूर्वतयारी गरेका नदेखिने यहाँका आम बुद्धिजीवीको टिप्पणी छ ।

“सबै स्थानीयतहमा दैवीप्रकोप उद्धार कोष छ, प्रत्येक जिल्लामा सरकारका मुख्य प्रतिनिधि मानिने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा दैवीप्रकोप जिल्लास्तरीय समिति छ”, नेपाल सरकारको सहसचिवबाट सेवानिवृत हुनु भएका भङ्गाहा–५ का रामबहादुर भुजेल भन्नुहुन्छ, “सेवानिवृत भएर घर बसेको १५ वर्ष हुनलाग्योे, कहिल्यै प्रकोपको पूर्वतयारी कसैले गरेका देखिँदैन ।”

तर गोविन्द, उपर नारायण’ भन्दै परालको भरमा

सेवाप्रदायक निकाय उत्तरदायी हुन नसक्दा बर्सेनि चिसोकै कारण ज्यान जाने र दीर्घरोगले ग्रसित हुने बढिरहेका भुजेलको थप भनाइ छ ।

यद्यपि जाडोमा ‘तर गोविन्द, उपर नारायण’ भन्दै परालको भरमा रहेका मुसहर, बाँतर समुदायको विभिन्न अवसरमा पहुँच बढाउन प्रयत्न भइरहेको यहाँका स्थानीयतहका प्रतिनिधि बताउँछन् ।

“हो, मुसहर , बाँतर जाति समुदाय सबै क्षेत्रमा धेरै पछि छन्”, भङ्गाहाका नगरप्रमुख साह भन्नुहुन्छ, “हामीले यो समुदायमा शैक्षिक जागरण र अन्य अवसर बढाउन निरन्तर प्रयत्न थालेका छौँ, सामाजिक चेतनाको पछौटेपनले अपेक्षित परिणाम देखिनभने ढिलो भएको छ ।”

मुसहर, बाँतर समुदायका बालबालिका विद्यालय टिकाउने कुरा साँच्चै चुनौतीपूर्ण रहेको साह स्वीकार गर्नुहुन्छ ।

यद्यपि जाडो याममा शीतलहर फैलँदा विभिन्न सङ्घ संस्थाको पहलकदमीमा राहत कार्यक्रम सञ्चालन गरिने गरिएको साहको भनाइ छ ।

यसपालि अहिले नै चिसो बढे पनि शीतलहरको प्रकोप नै भने नदेखिएको साह बताउनुहुन्छ ।

यसैबीच जिल्ला समन्वय समिति महोत्तरीले अहिले बढ्दो चिसोको प्रकोप छल्न ठोस योजना बनाउन सबै स्थानीयतहलाई आग्रह गरेको छ ।

“यो बर्सेनिको समस्या हो, यहाँका नगर र गाउँपालिकाले जाडो याम सुुरु हुनपूर्व नै पूर्वतयारी गर्न पर्ने हो”, जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहले भन्नुभयो, “यसमा ध्यान नपुगेको देखिन्छ, नियमित कामका रुपमा परिभाषित गरेर ठोस योजनासाथ काममा लाग्न सबैमा अनुरोध छ ।”

त्यसैगरि जिल्ला प्रशासन कार्यालयले पनि दैवी प्रकोप उद्धार समितिका बैठकबाट पूर्वतयारीका गतिविधि बढाउन पर्ने बुद्धिजीवी बताउँछन् ।

तराईको जाडो: तर गोविन्द उपर नारायण !

बाह्रवर्षे मकर मेला तयारी तीव्र

काभ्रेपलाञ्चोक-ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न ठीक तीन हप्ता बाँकी छ ।

आगामी माघ महिनाभर चल्ने मेला सभ्य र भब्य बनाउनका लागि नगरपालिकाले हाल विविध व्यवस्थापनको तयारीलाई तीव्र पारिरहेको छ ।

मेलाका लागि नगरले गत वर्षदेखिनै बजेट विनियोजन गर्दै तयारी थालेको हो ।

नगरले मेलाका लागि गत वर्ष रु पाँच करोड र यस वर्ष रु तीन करोड बजेट छुट्याएको थियो ।

उक्त बजेटबाट पनौतीमा भौतिक पूर्वाधारलगायतको व्यवस्थापन तयारी भइरहेको नगरले जनाएको छ ।

मेलाको तयारी तीव्ररुपमा भइरहेको नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो ।

नगरले गत वर्षदेखिनै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतिर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको थियो ।

“विनियोजित बजेटमा अपुग भए नगरबाटै खर्च गर्ने व्यवस्था मिलाइनेछ”, न्यौपानेले भन्नुभयो ।

उहाँका अनुसार कोरोना भाइरस् सङ्क्रमणको उच्च जोखिम नभए ५० लाख भक्तजन तथा दर्शनार्थीले पनौतीको मेला अवलोकन गर्ने अनुमान गरिएको छ ।

मकर सङ्क्रान्तीबाट सुरुहुने मेलाका लागि नेपालका मात्र नभई उत्तर भारत प्रयागबाटसमेत तीर्थालु आउने गर्छन् ।

नगरप्रमुख न्यौपानेका अनुसार हाल ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान–कुण्ड सरसफाई एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ, झाँकी प्रदर्शनी, त्रिवेणीघाटलगायत नगर ऐतिहासिक बजार क्षेत्र सजिसजाउ, प्राथमिक उपचार, खोज तथा उद्धार, सूचना केन्द्र सञ्चालनलगायतका व्यवस्थापनको काम भइरहेको छ ।

हरेक बाह्रवर्षमा महिनाभर लाग्ने ‘मकर मेला’ सभ्य र भव्यरुपमा सञ्चालन गर्ने तयारीस्वरुप धमाधम भौतिक पूर्वाधारका काम भइरहेका छन् भने सँगसँगै प्रवद्र्धनका कार्यक्रमसमेत थालिएको छ । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो ।

मेला व्यवस्थित बनाउन थुप्रै योजना सञ्चालन

त्रिवेणीघाटमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरले थुप्रै योजना सञ्चालन गरिरहेको छ ।

उक्त स्थानमा नुहाइ त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पूण्य मिल्ने धार्मिक आस्था छ ।

पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।

उक्त मेलालाई थप व्यवस्थित बनाउन पनौतीसँग जोडिएका सडक पूर्णरुपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नती भइरहेको छ भने स्तरोन्नती भइरहेको बनेपा–पनौती सडकमा पक्की गर्ने काम करिब अन्तिम चरणका पुगेको छ ।

मेला अवधिभर ट्राफिक जाम कमगर्न निर्माणाधीन पनौती–बनेपा ९पूण्यमाता करिडोर०ले पनि निकै राहत दिलाउने अपेक्षा गरिएको छ ।

मेला सम्पन्न गर्न गठित एक दर्जनभन्दा बढी उपभोक्ता समितिले यो पुसको अन्त्यसम्ममा त्रिवेणीघाट मात्र नभई सिङ्गो पनौतीलाई ‘दुलही’झैँ सिगार्नुपर्ने जिम्मेवारी पनि छ ।

जसमध्ये पनौतीभित्रका मठ–मन्दिर तथा पाटीमा रङरोगन तथा झल्लर–तोरणले झिलीमिली बनाइनेछ ।

साथै, पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वारसमेत निर्माण गर्नुपर्नेछ ।

मेलालाई व्यवस्थित गर्न हाल श्रद्धालुलाई स्नानको लागि त्रिवेणीघाट वरिपरि बेलीब्रिज र मानेश्वरी बसपार्कदेखि त्रिवेणीघाटसम्म पूण्यमाता खोलाको दायाँबायाँ पैदलमार्ग, विश्रामस्थललगायतका भौतिक संरचना द्रुत गतीमा अघि बढाइएको छ ।

नगरले ढुङ्गेधारा मर्मत, थप धाराको व्यवस्था, फुटपाट मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिङ्गटीले छाउने, रथको आवश्यक मर्मत गरी तयारी अवस्थामा राख्ने, सडक बत्तीको पर्याप्त व्यवस्था गर्नेछ ।

पनौतीबाट चन्ले सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएको स्टिकर तथा फ्लेक्स टाँगिनेछ ।

नगरको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चार वटा ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निमाण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइनेछ ।

राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् ।

तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पूण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरुपमा बहिरहेको मान्यता रहेको छ ।

भारतको प्रयागमा गङ्गा र यमुना नदीको संगममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पून्यणमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीपद्यमावती मानिँदै आइएको छ ।

मेला अवधभिर मल्पी ड्यामबाट नियमितरुपले रोशी खोला तथा मल्पी–लिलावती बाँसडोल खोलामा स्वच्छ पानी बहाइने योजना छ ।

यसका लागि मकर मेला सुरु हुनु हप्ता पहिले खानी तथा खानीजन्य उत्खनन तथा पैठारी बन्द गरिनेछ ।

बले र कक्रोज अतिथी सहित डान्स च्याम्पीयन परिवर्तित स्वरुपमा

काठमाडौं-नेपालको लोकप्रिय रियालिटि शो डान्स च्याम्पीयन अव परिवर्तित स्वरुपमा देखिने भएको छ ।

गत महिनाबाट प्रशारणमा आएको शो को क्वालिटी कमजोर भएको भनि प्रतिकृयाहरु आउन लागेपछि निर्माण कम्पनि ईन्टरनेशनल डान्स एकेडेमीले नयाँ स्वरुपमा सार्वजनिक गर्न लागेको हो ।

कि एडभटाईजीङले बजार व्यवस्थापन गरेको उक्त शोलाई नायक गजित विष्टले निर्देशन गरेका छन् ।

नायीका निरुता सिंह, आश्मा विश्वकर्मा निर्णायक रहेको आजको एपीशोडमा कमेडियन बले अर्थात सागर लम्साल र कक्रोज अर्थात हरिश निरौला गेष्ट तथा निर्णायकको रुपमा देखिने छन् ।

मुन्द्रेको कमेडि क्लवका चर्चित पात्र फुलन्देकी आमा अर्थात उमेश राईले होष्ट गरेका कारण पनि दर्शकमाझ यो शो प्रतिक्षीत रहेको थियो ।

हेलिकोप्टरले डोजर बोकेर बिकाश

रुकुम – सुन्दा अनौठो लाग्न सक्छ हेलिकप्टरले डोजर बोक्यो भन्दा तर यो बस्तबिक्ता हो नेपालको रुकुम जिल्ला स्थित हेलिकप्टर मार्फत डोजर ढुवानी गरिएको छ ।

रुकुमको आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरेर सडक बनाउने काम अगाडी बढाएको हो ।

अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो ।

आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उहाँले बताउनुभयो ।

नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ ।

सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको हो ।

नगरपालिकाको वडा नं ३ खदीसम्म सडकको अस्थायी ट्रयाक खुलेको र बाँकी वडा नं १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्नका लागि डोजरको सहायता लिनुपरेको हो ।

सिस्ने हिमालको काखमा भएकाले अत्यधिक चिसोसमेत हुने गर्दछ ।

वडा नं २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको थियो ।

नगरपालिकाको अत्यधिक अप्ठ्यारो भागमध्ये यही पर्दछ । हिमालय क्षेत्र भएकाले यहाँ काम गर्न मुस्किल छ ।

९ जना शिक्षा प्रशासक सह-सचिव पदमा बढुवा सिफारिस

९ जना शिक्षा प्रशासक सह-सचिव पदमा बढुवा सिफारिस

काठमाडौँ-नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ जना प्रशासकको बढुवा सिफारिस गरेको छ ।

नेपाल शिक्षा सेवा शिक्षा प्रशासन समुह तर्फका ९ जना लाई सह-सचिव पदमा पदस्थापना हुने गरी मन्त्रालयले बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा पर्नेमा रुद्र प्रसाद अधिकारी, लक्ष्मी प्रसाद भट्टराई, शिव कुमार सापकोटा, चन्द्रकान्त भुसाल, युवराज पौडेल , अम्विका प्रसाद अधिकारी, मानवहादुर घिमिले, देव कुमार वराल र चन्द्रप्रसाद लुईटेल रहेका छन् ।

सिफारिस मध्यबाट २ जनाको सह-सचिव पदमा पदस्थापना हुने मन्त्रालयले जनाएको छ ।

९ जना शिक्षा प्रशासक सह-सचिव पदमा बढुवा सिफारिस

पर्सा प्रशासनमा विद्युतीय राहदानीको आवेदन सुरु

वीरगञ्ज-जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीसँग विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन लिन सुरु गरेको छ ।

सेवाग्राहीले अनलाइनमार्फत भरिएको फारम लिएर जिल्ला प्रशासन कार्यालयमा स्वयं उपस्थित भई आवेदन दिनसक्ने गरी विद्युतीय राहदानीका लागि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिइसकेका सेवाग्राहीले मात्रै विद्युतीय राहदानीका लागि आवेदन दिन सक्नेछन् ।

सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा पुगेर आवेदन दिएपश्चात उक्त आधारमा तयार हुने विद्युतीय राहदानी निवेदन दिएको प्रशासन कार्यालयमार्फत केही सातापछि सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।

प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार सेवाग्राहीले विद्युतीय राहदानी लिनका लागि सबै प्रक्रिया पूरा गरी आवेदन दिएमा नियमानुसार विद्युतीय राहदानी पाउने छन् ।

यसअगावैको जारी गरिँदै आएको मेसिन रिडेवल पासवर्ड (एमआरपी)भन्दा विद्युतीय राहदानी प्रभावकारी मानिन्छ ।

सेवाग्राहीले विद्युतीय राहदानीको आवेदनका लागि अनलाइन https://emrtds.nepalpassport.gov.np मार्फत फारम भरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गरेपश्चात केही सातापछि जिल्ला प्रशासन कार्यालयमार्फत विद्युतीय राहदानी पाउन सक्नेछन् ।

नेपाल-भारत सुरक्षा अधिकारी बैठक: दोहोरो नागरिकतामाथि निगरानी हुने

भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ ।

सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक बैठक बसेको हो ।

जोलजीविस्थित सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा भएको बैठकमा सातवटा एजेण्डामा छलफल भएको छ ।

त्यसअनुसार बैठकको पहिलो एजेण्डा नेपाल–भारत प्रवेश गर्नेहरुको परिचयपत्र पहिचान गर्नुपर्ने राखिएको छ ।

तेस्रो मुलुकका नागरिक भित्रिए-नभित्रिएको जानकारीका लागि दुवै देशका सुरक्षा निकायले सीमामा परिचयपत्र निगरानीमा कडाइ गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

सीमा पुल खोल्ने विषयमा दुवै देशका सुरक्षा निकायबीच समन्वय गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

नेपाल–भारतसँग जोडिएका सबै झोलुङ्गे पुलबाट आवतजावत गर्ने नागरिकलाई कोरोना जाँच तथा कोरोना लागे÷नलागेको सुनिश्चित गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।

नेपाल–भारत जोड्ने निर्माणाधीन बाकुस्थित झोलुङ्गे पुल निर्माणलाई चाँडो सम्पन्न गरी सञ्चालन गर्नुपर्नेमा बैठकमा छलफल भएको छ ।

सीमामा हुने चोरी, तस्करी, लागुऔषध नियन्त्रण, मानव बेचबिखन तथा ओसारपोसार, शङ्कास्पद सूचना आदान–प्रदान गर्नेबारे दुवै देशका सुरक्षा अधिकारीबीच सहमति भएको छ ।

सीमा क्षेत्रमा नेपाल–भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा अपराध नियन्त्रणका लागि पेट्रोल गस्ती गर्ने विषयले पनि प्राथमिकता पाएको छ ।

दोहोरो नागरिकता लिएर बसेका नागरिकमाथि निगरानी गरी कानुनी कारबाही गर्ने विषयमा समेत सहमति बनेको सुरक्षा अधिकारीले जनाएका छन् ।

सीमा सुरक्षा बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्र्वाटर दार्चुलाका गणपति नरेन्द्र बम, प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट, सीमा चौकी तथा सशस्त्र प्रहरीका विभिन्न बोर्डर आउट पोष्टका प्रमुखको सहभागिता थियो ।

भारतका तर्फबाट ५५ बटालियन पिथौरागढका कमान्डेन्ट एसके शर्मा, जोलजीवि थानाका इन्स्पेक्टर प्रदीप कँुवरलगायत सुरक्षाकर्मीको उपस्थिति थियो ।

शिक्षकको विज्ञापन खारेज गर्न प्रभु साहको माग

शिक्षकको विज्ञापन खारेज गर्न प्रभु साहको माग

काठमाडौं-शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन संशोधन वा खारेज गर्नुपर्ने माग नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले गरेका छन् ।

शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै साहले त्यसलाई संशोधन वा खारेज गर्न माग गरेका हुन् ।

‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसत आयु र मृत्युदर लगायत समग्र मानव विकास सूचकाङ्कको हिसाबले समेत सबैभन्दा पछाडि छ ।

प्रदेश २ मा रहेको धेरै जनसंख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट-पद संख्या प्रदेश २ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनै पनि हिसाबले सामान्य-स्वाभाविक मान्न सकिँदैन्’ साहले आफ्नो फेसबुक फेजमा लेखेका छन् ।

निमावि तहमा दुई हजार पाँच सय ९८ शिक्षकका लागि आयोगले विज्ञापन खुल्ला गरेको छ । तर अन्य प्रदेशको तुलनामा प्रदेश २ मा शिक्षक मागको संख्या थोरै रहेको छ ।

शिक्षकको विज्ञापन खारेज गर्न प्रभु साहको माग

हेटौँडामा आधारभूत पत्रकारिता तालिम

हेटौँडामा आधारभूत पत्रकारिता तालिम

हेटौँडा-नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिकोे आयोजनामा हेटौँडामा सातदिने आधारभूत पत्रकारिता तालिम आजदेखि सुरु भएको छ ।

युरोपियन युनियन र पत्रकार महासङ्घ केन्द्रीय समितिको संयुक्त सहकार्यमा सुरु भएको तालिममा ४० जना सहभागी छन् ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले तालिमले पत्रकारितामा प्रवेश गर्न इच्छुकलाई सहयोग पुग्ने बताए ।

उहाँले पत्रकारिता पेशा स्वतन्त्र, निष्पक्षरूपमा देश र जनताप्रति उत्तरदायी भएर गर्नुपर्ने र सत्यतथ्य एवं विश्वसनीय हुनुपर्ने उल्लेख गरे।

पत्रकारिता क्षेत्रमा देखिएका विकृति विसङ्गति हटाउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा झाले जोड दिए ।

महासङ्घ पूर्व जिल्ला अध्यक्ष प्रताप विष्ट,सल्लाहकार बालकृष्ण अधिकारी, प्रदेश महासङ्घ महासचिव कृष्णसारु मगरलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा मकवानपुर महासङ्घका पूर्वअध्यक्ष नवराज शर्मा, कौशल पाण्डे, राममणि दहाल, भानुभक्त आचार्य, हरि हुमागाईँ, महासङ्घका केन्द्रीय समितिका कार्यक्रम प्रबन्धक सङ्घर्ष पन्त, इन्टरनेशनल एलर्टका वरिष्ठ कार्यक्रम अधिकृत विजय क्षेत्री, जिल्ला अध्यक्ष मणिराज गौतमलगायतले तालिमको पूर्ण सफलताको शुभकामना ब्यक्त गरे ।

मन्त्री स्तरीय निर्णयबाट १५ सहसचिवको सरुवा

मन्त्री स्तरीय निर्णयबाट १५ सहसचिवको सरुवा

काठमाडौँ-नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ सहसचिवको सरुवा गरेको छ ।

बुधवार मन्त्री स्तरीय निर्णयबाट सङ्घ, प्रदेश तथा स्थानीय तहका कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो ।

काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मधेसी आयोगका लोकनाथ पौडेललाई ल्याईएको छ भने महानगरका राजेश्वर ज्ञवालीलाई मन्त्रालयमै अतिरिक्तमा झिकाईएको छ ।

सहसचिवहरूमा मन्त्रालयको अतिरिक्त समूहका रहेका देवराज जोशी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आदिवासी जनजाति आयोगका भोला दाहाल अक्तियार दुरुपयोग अनुसन्धान आयोग, आयोगका नीराजन घिमिरेको दलित आयोगमा सरुवा भएको छ ।

यसैगरी सङ्घीय सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा यमुना प्रधानलाई तानिएको छ भने अर्थ मन्त्रालयमा सचिव कमल भट्टराईलाई ल्याईएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख राजीव पोखरेलको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा सोही मन्त्रालयको अतिरिक्तमा रहेका रघुराम विष्टलाई ल्याइएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव शङ्कर नेपाललाई प्राकृतिक स्रोत तथा वित्त आयोग, कलैया उपमहानगरपालिकाका तीर्थ चिलवालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ध्रुव गैँडाको बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको बागमती प्रदेशको उद्योग मन्त्रालयमा सरुवा भएको छ ।

मन्त्री स्तरीय निर्णयबाट १५ सहसचिवको सरुवा

नेप्से परिसूचक आज १२.५३ अंक बढेर २५२०.२३ विन्दुमा

नेप्से परिसूचक आज १२.५३ अंक बढेर २५२०.२३ विन्दुमा

काठमाडौँ-गत मंगलबारदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज १२.५३ अंक बढेर २५२०.२३ विन्दुमा पुगेर बन्द भएको छ।

नेप्से बढेपनि यस दिनको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।

बुधबार ४ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२९ कम्पनीको ५९ हजार ८ पटकको कारोबारमा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको ८३ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१० अंक र फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ।

बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ ।

यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.५६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।

यता विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

नेप्सेमा मध्य भोटेकोसीको सेयर सूचीकृत

नेप्सेमा मध्य भोटेकोसीको सेयर सूचीकृत

काठमाडौँ-मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बिहीबार नेप्सेमा कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेकोसहित ६ करोड कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताहरुलाई वितरण गरेको एक करोड १७ लाख, ऋणदाता संस्थाका कर्मचारीहरूलाई निष्काशन गरेको ६ लाख, संस्थापक सेयरधनी संस्थामा कर्मचारीहरुलाई वितरण गरेको २१ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको तीन करोड छ लाख गरी छ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम ९४ रुपैयाँ ३९ पैसा देखि २८३ रुपैयाँ १७ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ । अब आइतबार कारोबार खुल्दा सोही मूल्यका आधारमा खुल्नेछ ।

नेप्सेमा मध्य भोटेकोसीको सेयर सूचीकृत

चितवनमा अर्ना बचाउनै मुस्किल

चितवनमा अर्ना बचाउनै मुस्किल

चितवन-वंश विस्तार गर्ने उद्देश्यले यहाँ ल्याइएका अर्ना बचाउन मुस्किल भएको छ ।

विसं २०७३ का माघमा कोशीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना काठमाडौँबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनमा दुई खुल्ला खोर बनाएर अर्ना राखिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार यसवर्ष साउनयता १० अर्ना मरेका छन् ।

तत्कालीन समयमा कोशीटप्पुबाट १२ र चियाखानाबाट तीन अर्ना ल्याइएको थियो ।

तीमध्ये ६ अर्ना बाढी र बाघका कारण मरेका थिए ।

विसं २०७४ का बाढीमा पाँच अर्ना मरेको थियो, भने एउटा बाघले खाएको थियो ।

त्यसयता चार पाडापाडी जन्मिएका थिए । उहाँका अनुसार यसवर्ष ६ भाले र ४ पोथी मरेका हुन् । खोरमा तीन वटा पोथी मात्र बाँकी छन् ।

विसं २०७५ को साउन ३१ गते पहिलो बच्चा जन्मिएको थियो ।

समूह बनाएर सत्रुसँग लड्नसक्ने भएपछि खुल्ला ठाउँमा छोड्ने उद्देश्यका साथ अर्ना ल्याइएका हुन ।

प्रमुख संरक्षण अधिकृत आचार्यले ५०सम्म अर्ना हुनसकेमा उनीहरुले खुल्लाठाउँमा सत्रुसँग लडेर जोगिन सक्छन् ।

निकुञ्जमा रहेको सङ्ख्या कम हुँदा छोड्नसक्ने अवस्था नरहेका कारण समस्या भएको हो ।

उहाँको भनाइमा कोशीमा बगेको पानी खाएका अर्ना यहाँ खोरभित्रको तलाउ र घाँसे मैदानमा लामो समय बस्न कठिन भएको देखिन्छ । उहाँले भन्नुभयो,“उपयुक्त बासस्थान र खानाकै कारण समस्या भए जस्तो देखिन्छ ।”

ठूलो सङ्ख्या भएर छिटो छोड्न सकेमा सफलता मिल्ने

ठूलो सङ्ख्या भएर छिटो छोड्न सकेमा सफलता मिल्ने उहाँको अनुमान रहेको छ ।

सन् १९६१ ताका यहाँ अर्ना रहेको बताइन्छ । त्यसयताको लामो समयमा वातावरणीय प्रभाव परिवर्तन भएका कारण पनि अर्ना टिक्न कठिन भएको हुनसक्ने बताइन्छ ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठ पछिल्लो पटक मरेको अर्नामा निमोनिया देखिएको बताउनुहुन्छ ।

बासस्थान रहेको क्षेत्रमा बाढीका कारण प्रभाव परेको र बिरामी परेर अर्ना मरेको उहाँको भनाइ छ ।

मरेका अर्नाको एकीन कारण पहिचानका लागि नमूना राखिएको छ ।

पूर्ण परीक्षणपछि थप कारण पत्ता लाग्ने निकुञ्जले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेल यसैवर्ष अर्ना स्थानान्तरण गर्ने विषयमा प्रस्ताबको तयारी गरेको बताउनुहुन्छ ।

उहाँको भनाइमा पाँच महिना मात्र राखेर बथान वनाएर छोड्न मिल्ने गरी अर्ना ल्याउनुपर्दछ ।

त्यसरी ल्याइएका अर्नालाई रेखदेखका लागि थप जनशक्ति परिचालन गरी पोसिलो खानाको व्यवस्था गरिने कँडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छिट्टै अर्ना स्थानान्तरण गरेर वर्षात्सम्ममा खुल्ला ठाउँमा छाड्नसक्ने गरी कामका लागि प्रस्ताव गर्दैछौं ।” छोटो समय विशेष निगरानीमा राखेमा उपयुक्त हुने उहाँको भनाइ छ ।

एक ठाउँमा मात्र अर्ना भएकाले रोगव्याधि र समस्या देखिएमा मासिन सक्ने भएकाले अन्यत्र स्थानान्तरण गर्नुपर्ने विभागको योजना रहेको छ ।

कंडेलले वथान वनाएर छोड्दा उनीहरुले चाहेको जस्तो बासस्थान पाउने भएकाले यसबाट बंश विस्तार गर्न सहज हुने जानकारी दिनुभयो ।

तत्कालीन समयमा २५ वटा अर्ना ल्याउने भनिए पनि कम सङ्ख्या ल्याएकै कारण समस्या भएको हो ।

अब ल्याउदा दुई-तीनवटा भाले ल्याउने र अन्य पोथी ल्याउने विभागको तयारी रहेको छ ।

अर्ना तीन-चार वर्षको उमेरपछि प्रजननयोग्य हुने गर्दछ । अर्ना स्वच्छ पानी, दलदल र घाँसे मैदानमा रमाउने गर्दछ ।

अर्ना भैँसी प्रजातीको हुने हुनाले सोही अनुसारको ब्याउने चक्र हुनेगर्दछ । यसको सरदर आयु २५ वर्ष हुने विज्ञहरु बताउछन् ।

चितवनमा अर्ना बचाउनै मुस्किल

एमसीसीकै कारण गठबन्धन नटुट्ने प्रचण्डको दावी

एमसीसीकै कारण गठबन्धन नटुट्ने प्रचण्डको दावी

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारणले गठबन्धन नटुट्ने उनले बताएका हुन् ।

न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले एमसीसी तत्काल पारित नहुने स्थितिमा पनि गठबन्धन नटुट्ने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी सम्झौतामा केही सुधार गर्नुपर्ने पक्षमा रहेको भन्दै प्रचण्डले यसले केही समय लिए पनि एमसीसीकै कारणले गठबन्धन नटुट्ने बताए ।

‘अस्ति गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पनि सुधारको गुन्जायस छ भन्नुभएको छ, अप्ठेरो नै पर्‍यो भने पनि एमसीसीका कारण गठबन्धन टुट्दैन । टुट्न हुँदैन र टुट्न दिइँदैन’ उनले भने ।

प्रधानमन्त्रीसँग एमसीसीका विषयमा विज्ञहरुसँग छलफल गर्ने विषयमा आफ्नो कुराकानी भएको तर माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनपछि छलफल गर्ने सहमति भएको प्रचण्डले बताए ।

एमसीसी सम्झौताको आधिकारिक दस्तावेजमा संसदबाट अनुमोदन हुने विषय नभएको तर पछि समावेश गरिएको भन्दै प्रचण्डले यसैका कारण आशंका उत्पन्न भएको बताए ।

‘यो विषयमा जहाँनिर त्रुटि भएको छ, जुन जुन प्रावधानले हामीलाई अप्ठेरो पारेको छ, जरुरी पर्दा त्यसलाई संशोधन पनि गर्नुपर्‍यो, गम्भीर र संवेदनशील विषय भएका कारण राजनीतिक दलहरुबीच अधिकतम सहमति गर्नुपर्‍यो’ प्रचण्डले भने ।

तर जबर्जस्ती पारित गर्न खोजेमा अप्ठेरो स्थिति आउने भन्दै प्रचण्डले विवादका विषय अध्ययन गर्न गठित कार्यदलले काम गरिरहेको बताए ।

एमसीसीकै कारण गठबन्धन नटुट्ने प्रचण्डको दावी

अदालतभित्र भीषण बिस्फोट: दुईको मृत्यु

अदालतभित्र भीषण बिस्फोट: दुईको मृत्यु

एजेन्सी-भारतको पञ्जाबस्थित लुधियानामा बिहिबार अदालतमा भीषण बिस्फोट भएको छ ।

अदालको तेस्रो तलामा भएको बिस्फोट परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

बिस्फोटमा ४ जना गम्भीर रुपमा घाइते छन् ।

यो बिस्फोट तेस्रो तलमा कोर्ट नम्बर ९ नजिकै बाथरुममा भएको हो ।

बिस्फोट हुँदा अदालतको पूरा भवन हल्लिएको थियो ।

भवनका झ्यालकाम सिसा चर्किएका छन् भने पार्किङमा राखिएका कारमा समेत क्षती पुगेको छ ।

घटनास्थलमा उपस्थितले सिलिन्डर पड्किएको आशंका जताएका थिए ।

प्रहरी र प्रशासनका अधिकारीले हाल बिस्फोटबारे कुनै बयान दिएका छैैनन् ।

वकिलको हड्तालका कारण साधारण दिनको तुलनामा बिहिबार यहाँ कम भीड रहेको जनाईएको छ ।

अदालतभित्र भीषण बिस्फोट: दुईको मृत्यु