रञ्जु दर्शनाद्वारा विवेकशील साझा परित्याग

रञ्जु दर्शनाद्वारा विवेकशील साझा परित्याग

काठमाण्डौ-विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्यागको घोषणा गरेकी छन् ।

उनले वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने बताउदै अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

२०७० सालदेखि सुरु भएको राजनीतिक यात्रामा कयौँ उतारचढाव आए पनि त्यसलाई पार गर्दै आइरहेको तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको सङ्गठनको मूल नेतृत्वमै ढोङ्ग भेटिएको उनको पत्रमा भनिएको छ ।

सङ्घीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्गन्धित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले आउँदो दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको उनले पत्रमा बताएकी छिन्।

हालै पार्टी अध्यक्ष रविन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए ।

कारबाही गरेकै दिन पाण्डेले दुई सय सदस्य रहेको समानान्तर केन्द्रीय समिति गठन गरेका थिए ।

विवेकशील साझा पार्टी भित्र अहिले विवाद चरम रुपमा बढ्दो क्रममा देखिएको छ ।

रञ्जु दर्शनाद्वारा विवेकशील साझा परित्याग

३ सय ६७ जना प्रहरी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ–नेपाल प्रहरीको बढुवा समितिको बैठकले ३ सय ६७ जना सहायक निरीक्षक (असई) लाई बढुवाका लागि सिफारिस गरेको छ ।

उनिहरुलाई नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको हो।

प्रहरी प्रधान कार्यालयमा बुधबार बसेको बढुवा समितिको बैठक ले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरु २०७१ जेठ ८ मा सहायक निरीक्षकबाट सेवा प्रवेश गरेकाहरु रहेका छन् ।

शिक्षकमाथीको आक्रमणवारे नेवि संघले जारी गर्यो बिज्ञप्ती

काठमाडौँ-प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका घटना प्रति नेवि संघले ध्यानाकर्षण भएको जनाएको छ ।

नेवि संघ आरआर क्याम्पस इकाइ कमिटीले एक बिज्ञप्ती जारी गर्दै दोषी उपर कारवाहीको माग गरेको हो ।

नेवि संघले क्याम्पस हाता भित्र हुने यस्ता अराजक गतिबिधिबाट स्थापित हुने नजिर तथा परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेवि संघले विद्यार्थी र प्राध्यापकको सुरक्षाको प्रत्याभूति दिलाउन समेत क्याम्पस प्रशासन सँग माग गरेको छ ।

संघले यस घटना पश्चात रोकिएको क्याम्पसको नियमित पठन पाठन समेत सुचारु गराउन आग्रह गरेको छ ।

नेवि संघको आरआर क्याम्पस इकाइका सभापति सन्जिव ढकाल तथा सचिब अनुराग शाहले सयुक्त रुपमा बिज्ञप्ती जारी गरेका हुन् ।

गएको पुस ६ गते चिट चोर्न नदिएको भन्दै स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले शिक्षकलाई कुटेका थिए ।

कलेजका शिक्षक प्रकाश पुडासैनीमाथी कुटपिट भएको थियो ।

परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेका थिए ।

स्थानीय तहको सरुवा स्थगित

स्थानीय तहको सरुवा स्थगित

काठमाडौँ-स्थानीय तहका कर्मचारीको सरुवा औपचारिक रूपमा स्थगित भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि सरुवाको कामकाज स्थगित गरेको जनाएको हो ।

मन्त्रालयले २१ मङ्सिरमा एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको थियो ।

लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापन सम्बन्धी कार्य मन्त्री स्तरीय निर्णयअनुसार अर्को व्यवस्था नभए सम्मको लागि मङ्गलवारको मन्त्री स्तरीय निर्णयबाट स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।

स्थानीय तहको सरुवा स्थगित

पाँच महिनामा रु ८८ अर्ब राजस्व सङ्कलन

पाँच महिनामा रु ८८ अर्ब राजस्व सङ्कलन

काठमाडौँ-देशकै मुख्य व्यापारी नाका वीरगञ्जबाट आयात तथा र्नियात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य सुधार भएको छ ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७७/७८को साउनदेखि मङ्सिर मसान्त सम्मको पाँच महिनामा रु ५८ अर्ब १५ करोड ९९ लाख राजस्व सङ्कलन गरिएकामा चालू आवको सोही अवधिमा रु ३० अर्ब ५३ करोड ९२ लाख बढी अर्थात ८८ अर्ब ६९ करोड ९२ लाख राजश्व सङ्कलन भएको छ ।

यो गत आवको तुलनामा ५२.५० प्रतिशत बढी हो ।

विभागलले चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा रु ८२ अर्ब ६१ करोड २५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा रू छ अर्ब आठ करोड ६६ लाख बढी राजस्व सङ्कलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व सङ्कलनमा सुधार देखिएको बताए ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा रु ५४ अर्ब ७३ करोड ५७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा रु तीन अर्ब ४२ करोड ४१ लाख बढी राजस्व सङ्कलन गरेको थियो ।

नेपालका लागि हुने इन्धन आयातबाट सङ्कलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता

नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता

भक्तपुर-भक्तपुरको कमलविनायक देखि नगरकोट सम्मको सडक आयोजना अलपत्र परेको आठबर्ष पुरा भएको छ ।

विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर–नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न गर्ने निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले प्रतिबद्धता जनाएको छ ।

सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले बुधबार रातिसम्म आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा आयोजनाका तर्फबाट सहभागी आयोजना प्रमुख गौतम श्रेष्ठले सातौँ पटक थपिएको म्यादभित्रै कुनै पनि हालतमा सडक निर्माण सम्पन्न गरेर फर्कने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधिका रुपमा आउनुभएका माधव खड्काले यो सडकमा निर्माण कम्पनीका तर्फबाट गम्भीर व्यवस्थापकीय कमजोरी भएको स्वीकार्दै अब म्याद थप नहुने गरी निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कम्पनीकै तर्फबाट आउनुभएका अर्का प्रतिनिधि अनुप अधिकारीले यो सडक निर्माणमा ढिलाइ भएको जिम्मेवारी लिँदै आगामी चैत १५ गतेभित्र सबै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नगरपालिकाले सबै दलका पार्टी अध्यक्ष वा प्रतिनिधिलाई कार्यक्रममा बोलाए पनि नेकपा ९एमाले० र नेमकिपाबाहेक अरु दलका कोही प्रतिनिधि आएनन् ।

एमालेका जिल्ला अध्यक्ष बचन देउजा, नेमकिपाका प्रतिनिधिसभा सदस्य प्रेम सुवाल, नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजूको उपस्थिति रहेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा एमाले चाँगुनारायण नगर कमिटीका उपाध्यक्ष जयराम बास्तोला, स्थानीय बासिन्दा सुरज बास्तोलालगायतले निर्माण कम्पनीप्रति आक्रोश व्यक्त गर्दै ठेक्का रद्द गरेर जान आग्रह गर्नुभयो ।

नगरकोट सडक चैत १५ गतेभित्रै सम्पन्न गर्ने प्रतिबद्धता

अब मन्त्रालयको सिफारिसमा मात्रै शोधभर्ना बजेट निकासा

अब मन्त्रालयको सिफारिसमा मात्रै शोधभर्ना बजेट निकासा

काठमाडौँ-अब शोधभर्नाको बजेट मन्त्रालयको सिफारिसमा मात्रै निकासा हुने भएको छ ।

ऋण र अनुदानबाट सञ्चालित आयोजना तथा कार्यक्रमले शोधभर्ना माग्दा तालुकदार मन्त्रालयको सिफारिस अनिवार्य रुपमा पेश गर्नुपर्ने भएको हो।

यसअघि महालेखा नियन्त्रक कार्यालयले सिधै भुक्तानी गर्ने गरेकोमा अब मन्त्रालयको सिफारिसमा मात्रै भुक्तानी गर्ने गरि कार्यलयले आन्तरिक परिपत्र गरेको छ ।

वैदेशिक ऋण र दातृ निकायहरुको अनुदान सहयोगमा कार्यान्वयन भइरहेका योजना तथा कार्यक्रम पहिले सम्बन्धित आयोजनाबाटै खर्च व्यहोर्ने र उक्त रकम पछि शोधभर्ना माग्ने गरिन्छ ।

यस्ता योजना तथा कार्यक्रमले यसअघि सिधै महालेखा नियन्त्रकको कार्यालयमार्फत् निकासा फुकुवा लिने गरेका थिए ।

अब मन्त्रालयको सिफारिसमा मात्रै शोधभर्ना बजेट निकासा

आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी

आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ ।

स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उहाँहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको उहाँले बताउनुभयो ।

छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको उहाँको भनाइ छ ।

त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसका लागि निर्वाचनलाई स्वच्छ,, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा कार्य गर्न आयोगलाई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

‘अबको निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुनेछ’

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले अब आउने निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुने बताउनुभएको छ ।

निर्वाचन आयोगले काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा उहाँले निर्वाचन आउनै लाग्दा महिला पत्रकारलाई राखेर विभिन्न विषयमा छलफल गर्न लागिएको बताउनुभयो ।

पत्रकार विचार र समाचार सम्प्रेषण गर्ने मात्रै नभएर परिवर्तनको संवाहक, दुःखसुख बिसाउने, आपत विपद्मा भरपर्दो साथी र सामाजिक जागरण ल्याउने सारथी पनि भएका कारण आयोगले महिला पत्रकारसँगको छलफल कार्यक्रमलाई अगाडि बढाएको प्रमुख आयुक्त थपलियाले सुनाउनुभयो ।

“निर्वाचन सञ्चालन र व्यवस्थापनका सन्दर्भमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा केन्द्रित भएर छलफल हुनेछ”, उहाँले भन्नुभयो, “जसबाट प्राप्त सुझावलाई आगामी दिनमा आम सञ्चारको क्षेत्रलाई निर्वाचनका सन्दर्भमा व्यवस्थापन गर्ने उपयुक्त रणनीति बनाउने छौँ ।”

सो क्रममा उहाँले बहुदलीय व्यवस्थामा दल महत्वपूर्ण सरोकार हुने भएकाले राजनीतिक दलको दर्ता, नियमन विवाद निरुपणका साथै निर्वाचनका विभिन्न व्यवस्थापन गर्ने क्रममा मतदानस्थल, मतदान केन्द्रको व्यवस्थापनको काम गर्ने हुँदा निर्वाचनलाई लक्षित गरेर विभिन्न नीति, रणनीति, आचारसंहिताको कार्यान्वयनको काममा केन्द्रित रहेर गर्दै आएको काममध्ये अहिले सञ्चालन भएको उहाँले बताउनुभयो ।

सो क्रममा उहाँले आमसञ्चार क्षेत्रलाई निर्वाचनसँग जोड्नका निम्ति पनि कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

निर्वाचन गतिलो भयो भने मात्रै शासक, प्रतिनिधि गतिलो हुने उल्लेख गर्दै उहाँले निर्वाचन आयोग र त्यसभन्दा बाहिरका सरोकारवाला राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवाला निकायसमक्ष जोड्ने पुलको काम सञ्चार जगत्ले नै गर्ने भएकाले त्यसमा सहयोग गर्न पत्रकार र सञ्चारगृहलाई आग्रह गर्नुभयो ।

गोष्ठीमा छापा र टेलिभिजनलगायतका सञ्चारमाध्यममा कार्यरत २६ महिला पत्रकारको सहभागिता छ

गोष्ठीमा निर्वाचन चक्र र निर्वाचन प्रक्रिया, नेपालमा आमसञ्चारको अवस्था, मिडिया साक्षरता र निर्वाचनको रिपोर्टिङ, निर्वाचन, निर्वाचन आयोग र आमसञ्चार व्यवस्थापन, निर्वाचनमा आमसञ्चारको अनुगमन र नियमन, निर्वाचन व्यवस्थापनमा लैङ्गिकता तथा समावेशीता, निर्वाचनमा सामाजिक सञ्जाल उपयोग, चुनौती र अवसर, अप्ठ्यारो अवस्थामा निर्वाचनको रिपोर्टिङ र डिजिटल युगमा निर्वाचन तथा मिडियाका विषयमा छलफल हुने आयोगले जनाएको छ ।

आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी

गृहद्वारा विषयगत क्षेत्रको सुधारका प्रयास सुरु

गृहद्वारा विषयगत क्षेत्रको सुधारका प्रयास सुरु

काठमाडौँ-गृह मन्त्रालयले मातहत निकायका विविध क्षेत्रको सुधारका लागि प्रयास थालेको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले कमीकमजोरी पहिल्याउँदै त्यसको समाधानका लागि के गर्न सकिन्छ भनेर छलफल सुरु भएको जानकारी दिनुभयो ।

“यसको मुख्य उद्देश्य सुधारको क्षेत्र पहिचान गर्नु हो”, प्रवक्ता कोइरालाले भन्नुभयो, “त्यसपछि योजना बनाएर कार्यान्वयनमा लगिन्छ ।”

उहाँका अनुसार गृहमन्त्री बालकृष्ण खाँण र गृहसचिव टेकनारायण पाण्डेको योजना र निर्देशनबमोजिम अहिले विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन थालिएको छ ।

आजमात्रै उपत्यकामा सुरक्षा विधा लिएर समाचार लेख्दै आएका पत्रकारसँग सुझाव लिइएको थियो ।

आजको छलफलमा पत्रकारले अध्यागमन विभाग, कारागार व्यवस्थापन, अपराध नियन्त्रण, शान्तिसुरक्षा, सीमा व्यवस्थापन, नागरिकता, राष्ट्रिय परिचयपत्र, शरणार्थी समस्या, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणलगायत विषयमा सुझाव दिनुभएको थियो ।

उहाँहरुले आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्तिमार्फत विषयगत क्षेत्रको सुधारको खाँचो रहेको औँल्याउनुभएको थियो ।

छलफलमा पत्रकारले आवश्यक परेको खण्डमा नीतिगत व्यवस्था गरेरै भए प्रभावकारी नियमन जरुरी रहेको औँल्याउनुभएको छ ।

छलफलमा कारागारमा क्षमताभन्न्दा बढी कैदीबन्दी रहेको, खुला कारागारको योजना प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको औँल्याउनुभएको थियो ।

सीमापार अपराध तथा सामाजिक सञ्जालबाट हुने अपराध निणन्त्रण प्रभावकारी हुन नसकेको औँल्याइएको छ ।

यस्तै पछिल्लो समयमा लागुऔषध प्रयोग र ओसारपसार बढ्दो क्रममा रहेकाले त्यसको नियमन तथा सचेतनाका कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

मन्त्रालयका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये २१ प्रतिशत लागुऔषध मुद्दाका रहेका छन् ।

त्यसमा पनि १४ वर्षदेखि २१ वर्षका व्यक्ति बढी छन् ।

छलफलमा मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख भीष्मकुमार भुसालले गृह प्रशासन सुधार योजना २०७८ ल्याउन लागिएको बताउनुभयो ।

समग्र मन्त्रालय मातहतका निकायलाई प्रभावकारी बनाउन कस्ता सुधारात्मक कार्यक्रम आवश्यक छ भन्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाइएको पनि जानकारी दिनुभयो ।

आएका सुझावका आधारमा नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनमा लगिने भुसालले बताउनुभयो ।

यसअघि पनि मन्त्रालयले गृह प्रशासन सुधार योजना २०७४ लागू गरेको थियो ।

गृहद्वारा विषयगत क्षेत्रको सुधारका प्रयास सुरु

ललिता निवास प्रकरणमा मुछिएका एक दम्पती पक्राउ

ललिता निवास प्रकरणमा मुछिएका एक दम्पती पक्राउ

काठमाडौँ-ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भनिएका एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा ५६ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५२ वर्षीया माधवी सुवेदी रहेका छन् ।

माधवीलाई ताहाचल र रामकुमारलाई कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उनीहरु ललिता निवास प्रकरणका मुख्य ठेकेदार (विचौलीमा) रहेको र सुरुदेखि अन्तिमसम्मको सम्पूर्ण प्रक्रियामा संलग्न रहेको देखिएको छ ।

उनीहरुलगायत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

पक्राउपछि अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको पनि महतोले जानकारी दिनुभयो ।

यसअघिको सिआइबीको अनुसन्धानले उनीहरुसहित ४०० जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।

ललिता निवास प्रकरणमा मुछिएका एक दम्पती पक्राउ

मुख्यमन्त्री राईको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत

मुख्यमन्त्री राईको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत

विराटनगर-उद्योगी राजेन्द्र राउत प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारमा नियुक्ति भएका छन्।

नेपाल उद्योग वाणिज्‍य महासङ्घ केन्द्रीय सदस्य तथा प्रदेश १ उपाध्यक्ष उद्योगी राउतलाई आज (बुधबार) मुख्यमन्त्री राईले आर्थिक सल्लाहकार नियुक्त गरेका हुन्।

उद्योगी राउत मोरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष हुन्

भोजपुरमा जन्मिएका ५८ वर्षीय राउत व्यावसायसँगै सामाजिक क्षेत्रमासमेत सक्रिय छन् ।

यसअघि नेपाल पत्रकार महासङ्घ मोरङका पूर्व(अध्यक्ष बन्धु पोखरेललाई मुख्यमन्त्री राईले प्रेस सल्लाहकारमा नियुक्त गरेका थिए । मुख्यमन्त्री राईको राजनीतिक सल्लाहकारमा जीवन राई रहेका छन्।

मुख्यमन्त्री राईको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत

माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारी तीव्र

माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारी तीव्र

काठमाडौं-नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञाभवन कमलादीमा हुने निश्चित भएको छ ।

१ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने सम्मेलनको तयारी तीव्र पारिएको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्।
भएका छन्।

प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८०३, आयोजकका तर्फबाट १७९, सल्लाहकारबाट १४९, केन्द्रीय प्रतिनिधि २७, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२ र आयोगबाट ७५ प्रतिनिधि सहभागी हुने उनले बताए।

प्रवक्ता महराले भने, ‘नयाँ क्रान्तिकारी नयाँ पार्टी र क्रान्तिकारी नयाँ विचार निर्माण गर्नु अहिलेको आवश्यकता हो । त्यसैले २१ औं शताब्दीसम्म आइपुग्दा अहिलेको परिस्थितिमा परिवर्तन आएको छ।’

महराले राष्ट्रिय सम्मेलन र महाधिवेशनमा फरक भएकाले पार्टी प्रतिनिधि बाहेकका अरूलाई आमन्त्रण नगर्ने बताए ।

‘हामीले महाधिवेशन नभई राष्ट्रिय सम्मेलन गर्न लागेका छौँ। त्यसैले देश भित्र र बाहिरबाट कुनै पनि अतिथिलाई बोलाउँदैनौँ । ठूलो तामझाम पनि हुँदैन’‚ प्रवक्ता महराले भने।

माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारी तीव्र

नाडा नयाँ कार्यसमितिको पदभार ग्रहण

नाडा नयाँ कार्यसमितिको पदभार ग्रहण

काठमाडौं-नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको हालै निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ ।

बुधबार एक कार्यक्रमका बिच अध्यक्ष ध्रुव थापा सहित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणलगत्तै अध्यक्ष ध्रुव थापाले तीन जना सदस्यलाई मोनोनित गरेका छन् ।

मनोनित नयाँ सदस्यमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा, स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठ र जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाल रहेका छन् ।

मनोनित तीन वटै सदस्य मोटरसाइकल आयात तथा विक्री गर्ने कम्पनीका प्रतिनिधि हुन् ।

नाडाको विधान अनुसार १७ जना निर्वाचित सदस्य, ७ जना प्रदेशबाट निर्वाचित सदस्य र तीन जना मनोनित सदस्यसहित २७ जना सदस्य रहने व्यवस्था छ ।

नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने छन् ।

साथै, नाडाले बुधबार नै पदाधिकारीको निर्वाचन पनि गर्ने तयारी गरेको छ ।

कार्यसमिति सदस्यहरूमध्ये ४ उपाध्यक्षसहित महासचिव, सचिव, कोषध्यक्ष र सहकोषाध्यक्ष चयन हुनेछन् ।

नाडा नयाँ कार्यसमितिको पदभार ग्रहण

विदेशी विश्वविद्यालयको स्थलगत निरीक्षण हुँदै

विदेशी विश्वविद्यालयको स्थलगत निरीक्षण हुँदै

काठमाडौँ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवं शिक्षण संस्थाको स्थलगत निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन नवगठित समितिलाई निर्देशन दिनुभएको छ ।

समितिले उच्चशिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका २०५९ बमोजिम विदेशी शिक्षण संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने छ ।

शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ ।

नवीकरणकरणका लागि सबै शिक्षण संस्थाले निवेदन पेश गरे पनि कोभिडलगायतका कारणले निरीक्षण तथा अनुगमन हुनसकेको छैन ।

विदेशी विश्वविद्यालयको स्थलगत निरीक्षण हुँदै

न्याय सेवा आयोगको बैठक स्थगित

न्याय सेवा आयोगको बैठक स्थगित

काठमाडौँ-न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बोलाएको बैठक स्थगित भएको हो ।

बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर रहेको कारण बैठक स्थगित भएको न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी गराएका छन् ।

प्रधानन्यायाधीश जबराले न्याय सेवाका राजपत्रांकित कर्मचारीको सरुवा–बढुवा लगायतको काम रोकिएको भन्दै बुधबार दिउँसो ३ बजे बैठक राखेका थिए ।

न्याय सेवा आयोगको बैठक स्थगित