३५ हजार बालबालिकालाई विद्यालयमै खोप

३५ हजार बालबालिकालाई विद्यालयमै खोप

तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो ।

विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिएको छ ।

“मोडर्ना खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरणसँगै खोप पनि दिएर पठाएका छौ,” उहाँले भन्नुभयो, “स्थानीय तहले यसको व्यवस्थापन मिलाउनेछन् ।”

जिल्लाको म्याग्दे गाउँपालिकाले पुस ८ गते १३ वटा विद्यालयमा अध्ययनरत बालबालिकालाई खोप लगाउने भएको छ ।

पाँच वटा विद्यालयमा खोप केन्द्र तय

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार पाँच वटा विद्यालयमा खोप केन्द्र तय गरिएको छ ।

ती विद्यालयमा रहेका एक हजार पाँच सय छ विद्यार्थीलाई खोप लगाइनेछ ।

पसले आधारभूत विद्यालयका २४, गणपति माध्यमिक विद्यालयका १५०, विजय आधारभूत विद्यालयका नौ, महेन्द्र माध्यमिक विद्यालयका १९३, मिन माध्यमिक विद्यालयका ४००, गणेश माध्यमिक विद्यालयका २७, अकला आधारभूत विद्यालयका १८, प्रभा आधारभूत विद्यालयका १३, आदर्श बोर्डिङ स्कूलका ११०, न्युभिजन पब्लिक स्कूलका ४४, राधा माध्यमिक विद्यालयका ३८९, मेघदह बोर्डिङ स्कूलका ७४ र रत्न माध्यमिक विद्यालयका ५५ विद्यार्थीलाई खोप लगाइनेछ ।

बन्दिपुर गाउँपालिकाले पुस ६ गतेदेखि ८ गतेसम्म खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

गाउँपालिकाले आठ वटा खोपकेन्द्रमार्फत् १५ वटा विद्यालयका विद्यार्थीलाई पहिलो मात्राको खोप लगाउने स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिनुभयो ।

गाउँपालिकाले पवित्रा मावि, विष्णु मावि, जनता आवि, मनास्लु बोर्डिङ, दीपशीखा बोर्डिङ, जगदिश्वर आवि, नोट्रेडम मावि, बिलिभर्स बोर्डिङ, भानु मावि, दिल आवि, कालिका मावि, शिव मावि, अरुण मावि र सेतीगङ्गा आविका विद्यार्थीलाई खोप लगाउनेछ । व्यास नगरपालिकाले पुस १३ गते खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

सरकारले ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाका लागि पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा मोडना खोप अभियान सञ्चालन गर्दैछ ।

खोपहरू पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सरकारले आग्रह गरेको छ ।

३५ हजार बालबालिकालाई विद्यालयमै खोप

प्रतिनिधिसभाको आजको बैठकमा एमसिसी होल्ड

प्रतिनिधिसभाको आजको बैठकमा एमसिसी होल्ड

काठमाडौं-निकै बिवादास्पद बन्दै गएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) आज संसदमा पेस नहुने भएको छ ।

एमसिसीका लागी बातावरण बनाउन हिजो बोलाइएको सर्वदलिय बैठकमा एमसिसीको सर्मथन भन्दा बिरोध बढी भएसँगै संसदमा पेस नहुने भएको हो ।

आजको बैठकमा अमेरिकी परियोजना अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पेस गर्ने चर्चा ब्यापक रुपमा चलेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा एमसिसीअगाडि बढाउन चाहे पनि दलहरूबीच सहमति बन्न नसक्दा अगाडि बढ्न नसकेको हो।

बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको कार्यव्यवस्था परामर्श समिति जारी रहेको सभामुखको प्रेसविज्ञ श्रीधर न्यौपानेले बताए ।

आजको बैठकमा एमसिसी पेश गर्ने चर्चा भइरहेपनि पेस नहुने स्रोतले बताएको छ ।

आजको बैठकमा यौनहिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई स्वीकृतिका लागि पेस हुने सम्भावित कार्यसूची छ।

तर, बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को अवरोध भने कायमै राख्ने भएको छ ।

मंगलबारको बैठकमा पनि विरोधलाई जारी राख्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराई बताए।

प्रतिनिधिसभाको आजको बैठकमा एमसिसी होल्ड

चिट चोर्न नदिदा आरआर क्याम्पसका शिक्षक कुटिए

चिट चोर्न नदिदा आरआर क्याम्पसका शिक्षक कुटिए

काठमाडौँ-काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् ।

चिट चोर्न नदिएको भन्दै स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले शिक्षकलाई कुटेका हुन् ।

कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरिएको हो ।

परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेको बताइएको छ ।

ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आएका पुडासैनीको टाउकोमा चोट लागेको छ ।

उनलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ ।

उनीमाथि आक्रमण गर्ने विद्यार्थी फरार छन् ।

चिट चोर्न नदिदा आरआर क्याम्पसका शिक्षक कुटिए

माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित

माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित

लामो रस्साकस्सीबीच नेकपा (माओवादी केन्द्र)ले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुङ्गो लगाएको छ ।

गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ ।

उहाँले १६२ मत ल्याउनुभयो । पौडेलको प्रतिस्पर्धी दीनानाथ गौतमले ८६ मत ल्याउनुभएको बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।

यस्तै प्रदेश समितिको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी, सचिवमा इन्द्रबहादुर थिङ, सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ तथा कोषाध्यक्षमा सङ्गीता भट्टराई निर्वाचित हुनुभएको निर्वाचन प्रमुख सुन्दरराज रेग्मीले जानकारी दिनुभयो ।

प्रदेश समितिमा नौ सदस्यीय पदाधिकारी रहने पार्टीको विधानमा व्यवस्था रहेको छ ।

प्रदेश समितिका सदस्यमध्येबाट पदाधिकारी छनोट हुने व्यवस्था विधानमा छ ।

यसअघि माओवादीको दुई भौगोलिक र दुई गैरभौगोलिक प्रदेशको नेतृत्व चयन भइसकेको छ ।

गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ र कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी तथा उपत्यका विशेष प्रदेशको अध्यक्षमा जगत सिंखडा र सम्पर्क समन्वय प्रदेशको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन हुनुभएको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

प्रदेशको नेतृत्वका आकांक्षी बढी हुँदा नेतृत्व चयनमा ढिलाइ हुँदै आएको थियो । माओवादीले गत मङ्सिर २५ गते एकसाथ सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेशको सम्मेलन सम्पन्न गरेको थियो ।

पाँच प्रदेशमा नेतृत्व चयन बाँकी

प्रदेश सम्मेलन सम्पन्न भएको १० दिन बितिसक्दा पनि माओवादीले अझै पाँच प्रदेशको नेृतत्व टुङ्गो लगाउन सकेको छैन ।

प्रदेश नं १, प्रदेश नं २, लुम्बिनी, सुदूरपश्चिम र प्रवास समिति नेतृत्वविहीन बनेका छन् ।

सकेसम्म सहमति नभए निर्वाचनको माध्यमबाट जतिसक्दो छिटो प्रदेश पदाधिकारीको टुङ्गो लगाउन पार्टी हेटक्वार्टरले निर्देशन दिएको मुख्यसचिव ढकालले जानकारी दिनुभयो ।

सेल, टोल, वडा, शाखा, महाशाखा, पालिका तथा प्रदेश सम्मेलन सम्पन्न गरेको माओवादीले यही पुस ११ देखि १३ सम्म राजधानीमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

सम्मेलनले पार्टीका क्रान्तिकारी कार्यदिशा तय गर्ने बताइएको छ ।

माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा सहसचिव केसी

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा सहसचिव केसी

काठमाडौँ-सहसचिव रमेशकुमार केसी कृषि विकास बैङ्क सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

सहसचिव केसी अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख हुन् ।

वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सहसचिव रमेशकुमार केसीलाई शपथ गराएका हुन् ।

अनुभवी र कुशल प्रशासक रमेशकुमार केसीको अध्यक्षतामा कृषि बिकाश बैकको सुधार तथा प्रगतीको अपेक्षा गरिएको छ ।

शपथ कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गर्भनरहरु डा। निलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैङ्क नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैङ्कका बोर्ड सचिव मुक्ति प्रसाद सापकोटा, कृषि विकास बैङ्कका सञ्चालक समिति सदस्य सञ्जीव पौडेल, डा.इन्दिरा मास्के श्रेष्ठ, बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, कम्पनी सचिव तथा प्रवक्ता हिमलाल पौडेल उपस्थित रहेका थिए ।

कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्षमा सहसचिव केसी

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ-सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ ।

बैठकअघि सभामुखले कार्यव्यवस्थाको बैठक बोलाएका हुन् ।

बिहान ११ः३० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

बैठकमा संसद्को कार्यसूचीलगायत विषयमा छलफल हुने सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

सभामुखले आवश्यक ठानेको अवस्थामा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने व्यवस्था छ ।

समितिमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मालिमामन्त्री, प्रमुख प्रतिपक्षीसहित विभिन्न दलका प्रमुख सचेतकको सहभागिता रहन्छ ।

समितिमा बैठकको कार्यसूची, आगामी बैठकलगायत विषयमा छलफल हुनेछ ।

प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तरको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित हुँदै आएको छ ।

एमालेले आफूले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना टाँस नभएसम्म बैठक अवरुद्ध पार्ने बताउँदै आएको छ ।

केपी ओली अहिले पनि प्रतिगमनकै बाटोमा: प्रचण्ड

काठमाडौं-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन्।

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन्।

उनले ओलीले प्रतिगमनकै निरन्तरतास्वरुप सदन अवरुद्ध गर्ने काम गरिरहेको आरोप लगाएका हुन् ।

तत्कालीन नेकपामा माधवकुमार नेपाल, झलनाथ खनाल र आफूसँग पार्टीको हिस्सा ७५ प्रतिशत रहेको र त्यहीँ देखेर ओलीले संसद विघटन गरेको पनि प्रचण्डले बताए । ‘७५ प्रतिशत हामीसँग थियो । पार्टी यहीँ रुपमा चल्ने हो भने, पार्टीविहीन, चुनाव चिन्हविहीन हुने देख्नुभयो । र, कुटिल दिमागले प्रतिनिधिसभा विघटन गरे अर्काे निर्वाचन जाने र आफू सुरक्षामा हुन आत्मसुरक्षा चाले,’ अध्यक्ष प्रचण्डले भने, ‘बाहिर मलाई पार्टीभित्र कामै गर्न दिइएन र संसद विघटन गरेको हो भनेर भन्नुभयो । पार्टीभित्रको समस्या समाधान गर्ने पार्टीको विधि र विधान हुन्छ । र, संसदीयभित्रका समस्या हल गर्ने आफ्नै विधि र पद्धति हुन्छ । तर, जनताको सार्वभौमसत्तालाई विघटन गर्नुजस्तो निर्लज्जा के हुन्छ । र, अब यस्तो कहिल्यै हुननपाओस् भन्ने सन्देश दिनुछ ।’

बहसका क्रममा अध्यक्ष प्रचण्डले भने– ‘ओलीजी अहिले पनि प्रतिगमनकै बाटोमा छन् । उनले प्रतिगमन नसच्याएको त छँदै थियो । आजभोली तपाईं–हामीले सदनभित्र जे देखेर भोगीरहेका छौँ, त्यो प्रतिगमनकै निरन्तरता हो, उहाँको तर्फबाट । संविधान मिच्ने, लोकतान्त्रिक विधि परम्परालाई मिच्ने र प्रतिगमनका निम्ति वातावरण तयार पार्ने षड्यन्त्रमा उहाँ अहिले पनि लागिराख्नु भएकै छ । त्यो प्रतिगमनकै निरन्तरता हो ।’

उनले अहिले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म र भावनाविपरीत नभएको भन्दै अहिले संसद् अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे।

अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्रविरोधी भएको पुष्टि हुने बताए।

उनले अगाडि थपे,’निर्वाचन आयोगले मान्यता दिएको छ। अदालतले निर्णय गरिदिएको छ। संसदले स्वीकार गरेको छ। ५ दलीय गठबन्धन बनेर सरकार चलिरहेको छ। त्यो कुरालाई अस्वीकार गर्ने जो भनिएको छ यसबाट पनि उहाँको प्रवृत्ति भनेको बिल्कुल लोकतन्त्रविरोधी निरंकुश हो भन्ने कुरा प्रष्ट नै देखिन्छ।’

नेकपा एमालेले सभामुखको राजीनामा माग गर्नुपर्ने कुनै कारण नरहेको समेत बताएका छन् । अध्यक्ष प्रचण्डले भने– ‘ह्वीप लाग्दैन भन्ने अदालतको फैसला छ, सभमुखले १५ दिनभित्र लिनुपर्ने निर्णय १३ दिनमै लिनुभएको छ । त्यहाँ कतै ऐनको उलंघन पनि भएको छैन ।

अध्यक्ष दाहालले संसद् अवरोध गरिरहनुको कारण गठबन्धन तोड्नु रहेको बताए। उनले एमाले अध्यक्ष ओलीले गठबन्धन तोडाउनका लागि कांग्रेसलाई एकलौटी सरकार बन्न दिने र एमालेले त्यसमा सहयोग गर्ने साथै एमसिसी पास गराउन सहयोग गर्ने भनेर खुलेआम तर्क दिइरहेको दाबीसमेत गरे ।

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले प्रतिगमनकारी शक्तिहरुसँग सहकार्य गर्ने कोसिस गरिरहेको समेत आरोप लागएका छन् ।

उनले भने– ‘उहाँले जस्ता शक्तिहरुसँग सहकार्य गर्ने कोसिस गर्नु भएको छ, ती प्रतिगमनकारी शक्तिहरुसँग नै हुन् । म के देख्छु भने उहाँको त्यो निरन्तर प्रयास भइरहेको छ त्यसले तपाईं–हामी सबैलाई पनि नकारात्मक ढंगले सर्तक हुन मद्दत नै गरेको छ ।’

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

काठमाडौं-बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।

सोमबार दिउँसो विद्युत सर्ट भएर आगलागी भएको प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले बताएका छन् ।

आगो निभाउन दमकल घटनास्थलमा आइपुगेको प्रहरीले बताएको छ ।

कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरीले बताएको छ ।

आगो नियन्त्रणमा लिइसकेपछि विस्तृत अनुसन्धान हुने प्रहरीको भनाइ छ ।

संसद अबरुद्ध पार्नु प्रतिगमनको निरन्तरता हो : अध्यक्ष नेपाल

संसद अबरुद्ध पार्नु प्रतिगमनको निरन्तरता हो : अध्यक्ष नेपाल

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओली पुनः प्रतिगमनको पक्षमा रहेको बताएका छन् ।

उनले ओलीले पुस ५ मा गरेको संसद बिघटनको प्रतिगमनलाई अहिले संसद अबरुद्ध परेर निरन्तरताका दिएको बताएका हुन् ।

केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिनलाई ‘कालो दिन’को रुपमा व्यख्या गर्दै समाजवादी प्रेस संगठन, नेपालले सोमबार आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक बहसमा सहभागी अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

विगतमा अग्रगमनकारी शक्ति एक हुँदा ओली प्रतिगमन असफल भएपनि ओली पुनः प्रतिगमनको पक्षमा रहेर संसद अबरुद्ध पार्दै आएको नेता नेपालले दावी गरे ।

ओलीले अहिले संसद अबरुद्ध पार्ने लगायतका गतिविधीको हिसाव किताव जनताले गरिरहेको समेत नेता नेपालले बताएका छन् ।

उनले भने ‘अब नेपालमा कुनैपनि प्रतिगमन सफल हुने छैन् । प्रतिगमनविरुद्ध संघर्ष गरेका राजनीतिक शक्ति एकै ठाउँमा छौ कुनै पनि परिस्थितिमा प्रतिगमन सफल हुन दिदैनौ ।’

अध्यक्ष नेपालले नेकपा एमाले वामपन्थी शक्ति नभएर रामपन्थी शक्ति भएको टिप्पणी समेत गरेका छन् ।

उनले ओलीले पछिल्ला समय नेपालमा वामपन्थी शक्तीलाई नै समाप्त पार्ने गतिविधी सञ्चालन गरेको आरोप लगाए ।

अध्यक्ष नेपालले भने– ‘आफूलाई असली वामपन्थी शक्तिको रुपमा दावी गर्दै आएको एमाले वामपन्थी नभएर रामपन्थी भएको छ,उनले भने ‘अग्रगमनकारी नभएर प्रतिगामी भएको छ, कसैवाट परिचालित छ,।’ ओलीले रामपन्थी भएर धर्मको नाममा राजनीति गर्दै छन् । धर्मको राजनीतिले हिंसा निम्त्याउने र सदभाव कायम नगर्ने नेता नेपालले बताए ।

उनले थपे ‘ नेपालको कम्युनिस्ट आन्दोलननै समाप्त पार्ने खेलमा ओली लागेका छन्,त्यो हामी कदापी सफल हुन दिदैनौ। ‘

पार्टी एकता गरेर इतिहासकै शक्तिशाली सरकारको नेतृत्व गर्ने अवसर दिइएका ओली एकाएक प्रतिगमनकारी भइदिएका कारण उपलब्धीहरु नै गुम्ने अवस्था आएको नेता नेपालले बताए ।

अध्यक्ष नेपालले भने ‘ उनी कसैबाट परिचालीत भएर प्रतिगमनकारी भएको हुन् सक्छन् । त्यो परिचालित प्रतिगमन कदापी सफल हुने छैन् । ’

कार्यक्रममा नेपाल सरकारका सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की,समाजवादी जनता पार्टी,नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

संसद अबरुद्ध पार्नु प्रतिगमनको निरन्तरता हो : अध्यक्ष नेपाल

नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित: मन्त्री पौडेल

नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित: मन्त्री पौडेल

काठमाडौँ-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका शिक्षा मन्त्री पौडेलले विश्व परिवेशमा विकसित ज्ञानलाई मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा मन्त्री पौडेलले भन्नुभयो,“कतै हाम्रा विश्वविद्यालयका शैक्षिक कार्यक्रम, विषयवस्तु हाम्रो जीवनका आवश्यकतासँग मेल खाने हुन सकेनन् की ? वा सिकेको ज्ञान सीपलाई हामीले प्रमाणपत्रमा मात्रै सीमित राखी व्यवहारमा अनुवाद गर्न सकेनौं, सोच्नुपर्ने बेला आएको छ ।”

उहाँले दीक्षित विद्यार्थीलाई सिकेका सीपलाई व्यक्तिगत र सामाजिक जीवनमा सुधार गर्ने गरी प्रयोग गर्न समेत सुझाव दिनुभयो ।

उहाँले सिकेका ज्ञानलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यवहारिक तथा जीवनोपयोगी बनाउनु जरुरी रहेको औँल्याउनुभयो ।

सिकेका सीपलाई राष्ट्र विकासको एक सुत्रमा बाँधेरै एकीकृत गर्न सक्नुपर्नेमा उहाँको जोड थियो ।

मन्त्री पौडेलले सांस्कृतिक, भौगोलिक र प्राकृतिक रुपमा विविधतायुक्त तथा समृद्ध भएर पनि उपलब्ध स्रोतसाधनको बुद्धिमत्तापूर्ण उपयोग गर्न नसक्दा नेपाल विकासको गतिमा अपेक्षित रुपमा अघि बढ्न नसकेको प्रष्ट्याउनुभयो ।

उहाँले देश बन्दैन र देश बन्छ भन्ने जस्ता प्रश्नको उत्तर दिन तथा बेरोजगार र गरिबी कम गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्नुभयो ।

अनुसन्धानमुखी संस्थालाई अझै प्रभावकारी बनाउन सुभाव दिँदै शिक्षामन्त्री पौलेलले नेपाली विशेषताअनुसार विश्व बजारमा बिक्ने शिक्षा त्रिभुवन विश्वविद्यालयले दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले शिक्षालाई सीपसँग र सीपलाई उत्पादन तथा रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री पौडेलले शिक्षाको नाममा विदेशिने गरेको ठूलो धनराशी रोक्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित: मन्त्री पौडेल

प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त हुँदैन: बाबुराम भट्टराई

प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त हुँदैन: बाबुराम भट्टराई

काठमाडौं-समाजवादी जनता पार्टी,नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त नहुने बताएका छन् ।

आज राजधानीमा समाजवादी प्रेस संगठन, नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले भने,‘हामी एक भएर ओली प्रतिगमन त परास्त गरेका छौँ । तर, प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त हुँदैन । कुनै न कुनै रुपमा प्रतिगमनले टाउको उठाउँछ । यसतर्फ सबै सचेत हुनुपर्छ । प्रतिगमनको टाउको नकिच्याएसम्म बेला–बेला टाउको उठाइरहन्छ ।’

आज केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिनलाई ‘कालो दिन’को रुपमा व्यख्या गर्दै समाजवादी प्रेस संगठन,नेपालले ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक बहसमा आयोजना गरेको थियो ।

मन्तब्यकै क्रममा डा. भट्टराईले भने ‘पछिल्लो समय एमसीसी लगायतको नाममा पुनः प्रतिगमन हुन लागेको छ । उनले थपे,‘पुनः प्रतिगमनको खतरा छ । एमसीसी लगायतको नाममा पुनः प्रतिगमन हुन लागेको छ । त्यसैले प्रतिगमनविरुद्ध एक भएर संघर्ष गर्नुपर्छ ।’

ओली प्रतिगमनविरुद्ध संघर्ष गरेका राजनीतिक शक्तिहरुमा एमसीसीको नाममा फुट ल्याएर प्रतिगमन सफल बनाउने योजना बनिरहेको भन्दै भट्टराईले पाँच दलीय गठबन्धन जोगाउनुपर्नेमा जोड दिए ।

प्रतिगमन स्थायी रुपमा कहिले पनि समाप्त हुँदैन: बाबुराम भट्टराई

ओलीको प्रतिगमन गठबन्धनले परास्त गर्यो: मन्त्री कार्की

ओलीको प्रतिगमन गठबन्धनले परास्त गर्यो: मन्त्री कार्की

काठमाडौं-सूचना प्रविधि तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले व्यवस्था नै समाप्त पार्नेगरी केपी शर्मा ओलीले रचेको प्रतिगमन पाँच दलीय गठबन्धनले परास्त गरेको बताएका छन् ।

समाजवादी प्रेस संगठन नेपालले काठमाडौंमा आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ शीर्षकको बहस कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कार्कीले यस्तो बताएका हुन् ।

केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको पुस ५ गतेलाई ‘कालो दिन’को रुपमा लिँदै समाजवादी प्रेस संगठन नेपालले काठमाडौंमा ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ शीर्षकको बहस कार्यक्रम आयोजना गरेको हो ।

उनले केपी शर्मा ओलीले रचेको प्रतिगमन असफल भएको र अब कसैले पनि व्यवस्थाका निम्ति संघर्ष गर्नु नपर्ने बताएका छन् ।

कार्यक्रम मन्त्री कार्कीले भने– ‘लामो संघर्षको बलमा स्थापित व्यवस्था समाप्त पार्न केपी शर्मा ओलीले प्रतिगमन रचेको भए पनि पाँच दलीय गठबन्धनले प्रतिगमन परास्त गरेकाले अब कसैले पनि राजनीतिक व्यवस्थाका लागि संघर्ष गर्नु पर्दैन ।’

देशलाई प्रतिगमनबाट व्यवस्था बचाएर शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गरेर समृद्धिको यात्रामा अघि बढेको भन्दै मन्त्री कार्कीले सम्भावित प्रतिगमनबारे सबै नागरिक सधै सचेत रहनुपर्ने समेत बताए ।

ओलीको प्रतिगमन गठबन्धनले परास्त गर्यो: मन्त्री कार्की

भेरोसेल खोप बोकेको जहाज फिर्ता

भेरोसेल खोप बोकेको जहाज फिर्ता

काठमाडौं-आज चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप बोकेको जहाज मौसम खराबीका कारण अवतरण गर्न नसकेपछि फिर्ता भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले सोमबार बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो।

एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिए ।

उनका अनुसार त्यहाँबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन लागेको थियो।

यस्तै, आजै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्रा खोप आउन लागेकोे छ ।

कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट दिउँसो २ः३५ बजे उक्त खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताए ।

नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको छ।

उच्च शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गले मात्रै पाए: प्रम देउवा

उच्च शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गले मात्रै पाए: प्रम देउवा

काठमाडौँ-त्रिभुवन विश्वविद्यालयका कुलपती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय वल्खुमा आयोजना भएको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, परिवर्तनशील र युग सुहाउँदो वैज्ञानिक र प्राविधिक जनशक्तिको उत्पादन हुने किसिमको हुनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभएर व्यवहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिएका छन् ।

‘यस सन्दर्भमा आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ’। प्रधानमन्त्री देउवाको भनाइ छ ।

प्रधानमन्त्री देउवाले मुलुकको शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्ने भन्दै त्यस्तो शिक्षा प्रदान गर्ने अवसर सबैलाई समान रूपमा सुनिश्चित हुनुपर्ने समेत बताएका छन् ।

प्रधानमन्त्री देउवाले कतिपय विकसित मुलुकमा आधारभूत शिक्षामात्र निःशुल्क नभई विश्वविद्यालय स्तरको शिक्षा समेत सर्वसुलभ बनाएको भन्दै विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न राज्यले सबैलाई आवश्यक वातावरण बनाइदिएको बताएका छन् ।

उनले उच्च शिक्षामा अझै पनि आर्थिक हैसियत भएका सीमित र वर्ग र समुदायले मात्रै पाएको भन्दै सरकार त्यो मान्यता तोड्न चाहिरहेको बताए ।

‘हाम्रो सन्दर्भमा पनि आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिहरूको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने सरकारको मान्यता रहेको छ’, प्रधानमन्त्रीले भने, ‘समाजका सबै वर्ग र समुदायले सहज र सुलभ रूपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र र समाजका लागि उपयोग गर्न सक्ने वातावरण सिर्जना गर्नु आज हाम्रो राष्ट्रिय दायित्व हो ।’

उच्च शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गले मात्रै पाए: प्रम देउवा

ट्रकको ठक्करबाट छात्रको मृत्यु

लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज विहान मृत्यु भएको छ ।

मृत्युहुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।