सेवा आयोग र एसईइ परिक्षा जुध्ने सम्भावना

सेवा आयोग र एसईइ परिक्षा जुध्ने सम्भावना

यस बर्षको एसईइ परिक्षा र शिक्षक सेवा आयोगको परिक्षा एकै समयमा हुने देखिएको छ ।

शिक्षक सेवा आयोगले चैत्र १५ गतेका लागी तय गरेको परिक्षा र एसईइ जुध्ने देखिएको हो ।

एसईइ परिक्षा र शिक्षक सेवा आयोगको परिक्षा जुधेमा परिक्षा केन्द्र लगायत पर्यवेक्षक तथा सुपरिवेक्षक ब्यवस्थापनमा समस्या सृजना हुने देखिएको छ ।

साथै परिक्षामा सहभागी हुने शिक्षक आफ्नै परिक्षाको तयारीमा जुट्दा बिद्यालयको पठन पाठन समेत प्रभावित हुने देखिएको छ ।

यससँगै सरोकारवाला निकायले यस समस्या समाधान गर्न चासो देखाउन थालेका छन् ।

शिक्षक सेवा आयोगले परिक्षा तालिका नजुधाउका लागी राष्ट्रिय परिक्षा वोर्डसँग छलफल अगाडी बढाएको छ ।

शिक्षक सेवा आयोगले परिक्षा तालिका सार्वजनिक गरिसकेको अबस्थामा राष्ट्रिय परिक्षा वोर्डलाई परिक्षा तालिका आयोगको परिक्षासँग नजुधाउने गरि बनाउन छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

सेवा आयोग र एसईइ परिक्षा जुध्ने सम्भावना

स्वदेशी माछाको दानाले बजार नपाउँदा समस्या

स्वदेशी माछाको दानाले बजार नपाउँदा समस्या

चितवन-यहाँ उत्पादित माछाको तयारी दानाले बजार नपाउँदा समस्या भएको छ ।

मत्स्यपालक किसानको लगानीमा स्थापना गरिएको चितवन सामुदायिक माछा दाना उद्योगमा उत्पादित दानाले बजार पाउन कठिन भएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा सञ्चालनमा रहेको उद्योगमा डुव्ने दाना (सिंकिङ) दाना प्रतिघण्टा ३ टन र तैरने (फल्टिङ) दाना प्रतिघण्टा २ टन उत्पादन गर्ने क्षमता छ ।

उद्योगका अध्यक्ष वुद्धिराज चौधरीले आयातित माछा दानासँग यहाँ उत्पादित दानाले प्रतिस्पर्धा गर्न नसक्दा समस्या भएको जानकारी दिए ।

उनले भने, “लागत मूल्य बढी पर्दा बजार पाउन सकेन ।”

नेपालमा उत्पादित दानाको मूल्य र आयातित दानाको मूल्यमा नेपालको दानाको मूल्य केही बढी पर्ने भएकाले महँगो पर्ने भन्दै माछा पालक कृषकले स्वदेशीभन्दा विदेशी दानाको प्रयोग बढी गरेको उनको भनाइ छ ।

नेपाली दानाभन्दा कमशल दानाको प्रयोग बढी

माछालाई आवश्यक पर्ने तत्व रहेको नेपाली दानाभन्दा कमशल दानाको प्रयोग बढी हुने गरेको उनले दुखेसो पोखे ।

उनले भने, “बजारमा माग हुन नसक्दा उत्पादन बढाउन सकिएन ।”

गत वर्षदेखि सञ्चालनमा आएको यस उद्योगले हालसम्म करिब ४ सय टन दाना बिक्री गरेको उनले बताए ।

बजारमा स्वदेशी दानाको माग कमी हुँदा अहिले आंशिक रुपमा उद्योग सञ्चालनमा रहेको उद्योगका व्यवस्थापक रमेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार दानामा प्रयोग हुने कच्चापदार्थ भन्दा भारतबाट आयातित कम गुणस्तरको तयारी दानाको मूल्य कम पर्दा प्रतिस्पर्धा गर्न समस्या भएको हो ।

नेपाल सरकारले एक जिल्ला एक उत्पादन कार्यक्रमअन्तर्गत रु एक करोड ९० लाख २५ हजार अनुदान र मत्स्य व्यवसायीको गरी रु १८ करोडको लगानीमा निर्माण गरिएको हो ।

रत्ननगर उद्योग वाणिज्य सङ्घको अगुवाइमा निर्माण गरिएको यस उद्योगबाट उत्पादित दाना चितवनसहित बर्दिया, कैलालीलगायत जिल्लामा खपत भए पनि अपेक्षाकृत रुपमा बजार पाउन नसकेको पाण्डेले बताए ।

चितवनलाई माछामा आत्मनिर्भर घोषणा गरिए पनि यहाँ उत्पादित दानाले बजार नपाउँदा व्यवसायी चिन्तित बनेका हुन ।

पाण्डेले भने, “परम्परागत दानाको भरमा व्यवसाय चलाउने गर्दा आधुनिक तयारी दानाले वजार पाउन नसकेको हो ।”

नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले स्वदेशमा उत्पादित दानालाई सरकारले प्रवद्र्धन गर्नुपर्ने बताए ।

उनले भने, “लागत मूल्य घटाउन कच्चा पदार्थको भन्सार छुटको व्यवस्था गरिदिनु पर्छ ।”

जिल्लामा मात्र एक हजार ३०७ जना माछापालक किसान रहेका छन् ।

यहाँ गत वर्ष चार हजार ३८ मेट्रिकटन माछा उत्पादन भएको थियो ।

यस वर्ष ६ हजार ६५३ मेट्रिकटन माछा उत्पादन गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए ।

नेपाल मत्स्य व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष अम्बिका अधिकारीले जाडो मौसम सुरु भएसँगै माछाले दाना कम खाने भएकाले बजारमा दाना बिक्री नभएको बताए ।

उनले भन्नुभयो, “नेपालमा पालिने माछा न्यानो पानीमा हुने भएकाले जाडो मौसममा दाना कम प्रयोग हुने गर्दछ ।”

नेपालमा उत्पादित दानाको मूल्य केही महँगो भएका कारण पनि समस्या आएको उनको भनाइ छ ।

भन्सारमा कच्चा पदार्थको मूल्य भन्दा आयातित दानाको मूल्य कम रहेका कारण पनि नेपालमा उत्पादित दाना बिक्री वितरणमा समस्या आएको उनले बताए ।

नेपालमा हाल १२ हजारभन्दा बढी व्यावसायिक रुपमा माछापालन गर्ने कृषक छन् ।

स्वदेशी माछाको दानाले बजार नपाउँदा समस्या

मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन

मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन

हेटौडा-मकवानपुरमा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन धान उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा यसवर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो ।

गतवर्ष ४४ हजार ४० मेट्रिकटन उत्पादन भएकामा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दिए ।

उनको अनुसार यस वर्ष दुई हजार २५७ मेट्रिक टनले उत्पादन बढेको हो ।

जिल्लामा यसवर्ष ३.७४ प्रतिहेक्टर उत्पादकत्व भएकामा गत वर्ष ३.७ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो ।

उनले आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बीउबीजनका कारण जिल्लामा धान उत्पादन बढेको जनाएका छन् ।

जिल्लामा कूल १३ हजार ४२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उनको भनाइ छ ।

उक्त क्षेत्रफलमा अनुमानित ५० हजार १९० मेट्रिकटन उत्पादन हुनुपर्नेमा बेमौसमी वर्षाले तीन हजार ५१३ मेट्रिकटन धान क्षति भएको सूचना अधिकारी पुनले बताए ।

जिल्लामा सावित्री, सावा, रामधान, मकवानपुरे, वार लगायतका धान लगाइन्छ ।

जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ ।

सबैभन्दा धेरै मनहरि गाउँपालिकामा धान खेती हुने गरेको छ ।

त्यहाँ तीन हजार ९ २५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।

हेटौँडा उपमहानगरपालिकामा दुई हजार, थाहा नगरपालिकामा २००, बागमतीमा दुई हजार ७००, बकैयामा एक हजार ७००, मकवानपुरगढीमा एक हजार ४००, कैलाशमा एक हजार १००, भिमफेदीमा २००, राक्सिराङमा १५० र इन्द्रसरोबर गाउँपालिकामा ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको केन्द्रले जनाएको छ ।

बढुवा सिफारिस समितिद्वारा २० उपसचिव बढुवाका लागी सिफारिस

काठमाडौँ-सामान्य प्रशासन मन्त्रालय बढुवा सिफारिस समितिले २० जना उपसचिवलाई सहसचिवमा बढुवाको लागी सिफारिस गरेको छ ।

सिफारिस समितिको हिजो बसेको बैठकले कार्यक्षमताका आधारमा २० जना को बढुवा गर्न सिफारिस गरेको हो ।

सिफारिस समितिमार्फत बढुवाका लागी सिफारिस हुनेहरुमा प्रशासन सेवातर्फका दिपक लामिछाने, उद्धव प्रसाद रिजाल,युवराज कट्टेल,धु्रवराज पण्डित बेदप्रसाद खरेल,रुद्रप्रसाद पण्डित,मदन कोइराला,कोमल प्रसाद धमला,दिवस आचार्य,ईश्वरकुमार गिरी,श्रवण कुमार पोखरेल, दिपक घिमिरे,नारायणप्रसाद सापकोटा,बलराम निरौला,रामबहादुर कुरुम्बाङ,गोपालकुमार अधिकारी,टुवराज पोखरेल, र वासुदेव घिमिरे छन् ।

यस्तै समितिले पदमप्रसाद आचार्य र शम्भु कुमार श्रेष्ठलाई नेपाल लेखापरिक्षण समूहबाट सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

ग्लोबल बैंकको साधारण सभा सम्पन्न: १३.५% लाभांश पारित

ग्लोबल बैंकको साधारण सभा सम्पन्न: १३.५% लाभांश पारित

काठमाडौँ-ग्लोबल आइएमई बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभा २०७८ साल मसिंर २७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै बैंकको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

बैंकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो ।

प्रस्तावित बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।

साधारणसभामा बैंकको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा गर्दै आफ्ना शेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताउनुभयो ।

सन्तुलित रुपमा बैंकको उपस्थिती वृद्धि गर्दै जाने

बैंकले सदाझै आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलित रुपमा बैंकको उपस्थिती वृद्धि गर्दै जाने उहाँले बताउनुभयो ।

कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पुर्याउन लागीपरेको पनि उहाँले जानकारी गराउनुभयो ।

साथै,बैंकले अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणाअनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गर्दै जाने पनि जानकारी गराउनुभयो ।

यसका साथसाथै, अध्यक्ष ढकालले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेको समेत बताउनुभयो ।

बैंकको खुद मुनाफा आ.व.२०७६/७७ को तुलनामा आ.व.२०७७/७८ मा ४३.२० प्रतिशतले वृद्धि भई ४ अर्ब १६ करोड रुपैयाँ पुगेको हो ।

हाल बैंकले २ खर्ब ७४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यकासाथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल बैंकको साधारण सभा सम्पन्न: १३.५% लाभांश पारित

बालुवाटारमा सर्वदलीय बैठक शुरु

बालुवाटारमा सर्वदलीय बैठक शुरु

काठमाडौं-प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु भएको छ ।

सत्तारुढ गठबन्धनको बैठक सकिएसँगै सर्वदलीय बैठक शुरु भएको हो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सर्वदलीय बैठक बोलाएका थिए ।

देउवाले संसदको अवरोध खुलाउने बिषयमा समेत सर्वदलिय बैठकमा छलफल गर्ने बताईएको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दलहरु सम्झौता परिमार्जन गर्नुपर्ने पक्षमा छन् ।

सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नजाने बताइसकेको छ ।

अब बैठकमा एमालेबाहेक प्रतिनिधिसभामा रहेका अरु दलका नेताहरु सहभागी हुनेछन् ।

बालुवाटारमा सर्वदलीय बैठक अगाडि गठबन्धनको बैठक

काठमाडौं-सर्वदलीय बैठकबारे छलफल गर्न बालुवाटारमा सत्तारुढ दल सम्मिलित गठबन्धनको बैठक बसेको छ ।

आज साँझ ४ बजे बस्न लागेको सर्वदलीय बैठक अगाडि सत्तारुढ गठबन्धनको बैठक बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सकिए लगतै सर्वदलीय बैठक सुरु हुने बताईएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को गतिरोध अन्त्य लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

सर्वदलीय बैठक लक्षित राष्ट्रिय मुद्धाहरुमा साझा धारणा बनाउनका लागि गठबन्धनको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालका दुर्गा पौडेल लगायत सहभागी छन् ।

यथास्थितिमा एमसीसी अस्वीकार गर्ने एकीकृत समाजवादीको अडान

यथास्थितिमा एमसीसी अस्वीकार गर्ने एकीकृत समाजवादीको अडान

काठमाडौं-अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्झौताबारे नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो निष्कर्श सार्वजनिक गरेको छ ।

आज काठमाडौंमा बसेको एकीकृत समाजवादीको बैठकले यथास्थितिमै एमसीसी सम्झौता यथास्थितिमा अस्वीकार गर्ने अडानलाई निरन्तरता दिदै आफ्नो निष्कर्श सार्वजनिक गरेको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री तथा सांसदको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले यही अबस्थामा एमसीसी संसदमा टेबुल भए अस्वीकार गर्ने निष्कर्ष निकालेको हो ।

अमेरिकाले दिने ४२ अर्ब रुपैयाँभन्दा राष्ट्रिय स्वाभिमान ठूलो रहेको निष्कर्श पार्टी बैठकले निकालेको छ ।

एमसीसी भन्दा राजनीतिक स्थिरता र नेपाली जनताको मनोभावना महत्वपूर्ण भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।

एमसीसी सम्झौताका सर्तमा परिमार्जन नगरिए यथास्थितिमै पार्टीले अस्वीकार गर्ने उनले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सर्वदलीय बैठकमा छलफल गरेर एमसीसी सम्झौता संसदबाट पारित गर्ने रणनीतिमा लागेपछि सत्तारुढ एकीकृत समाजवादीले त्यसलाई अस्वीकार गर्ने निचोड निकालेको हो ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एमसीसी सम्झौता यथास्थितिमा पारित गर्न नहुने पक्षमा उभिँदै आएका छन् । तर सत्तारुढ नेपाली कांग्रेस पारित गर्नुपर्ने पक्षमा छ ।

जनमोर्चा यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै विभिन्न समूहले गर्ने आन्दोलनमा समेत सहभागी हुँदै आएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी यथास्थितिमा पारित गर्न खोजे सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी समेत दिइसकेका छन् ।

यथास्थितिमा एमसीसी अस्वीकार गर्ने एकीकृत समाजवादीको अडान

त्रिविको ४७ औँ दीक्षान्त समारोह

त्रिविको ४७ औँ दीक्षान्त समारोह

काठमाडौँ-त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह मनाउन लागेको छ ।

विश्वविद्यालयले भोलि सोमबार आफ्नो ४७ औँ दीक्षान्त समारोह मनाउन लागेको हो ।

दीक्षान्त समारोह त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षतामा समारोह आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ ।

दीक्षान्त समारोहकालागी प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम तय भएको छ ।

त्रिविको ४७ औँ दीक्षान्त समारोह

ग्लोबल आइएमईले ल्यायो एनआरएन लक्षित ६ वटा खाता सञ्चालनमा

ग्लोबल आइएमईले ल्यायो एनआरएन लक्षित ६ वटा खाता सञ्चालनमा

काठमाडौँ-ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रबद्र्धित विदेश स्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरु रहेका छन् ।

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दति खातामा आकर्षक व्याज दर प्रदान गरिने छ ।

यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा न्युनतम मौज्दात कायम हुनुपर्नेछ ।

उक्त खाता सञ्चालकहरुलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने छ ।

यसका साथै मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खातामा सञ्चालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा पनि विशेष प्रिमियम प्रदान गरिने छ ।

साथै उक्त साँवा तथा आर्जन गरेको व्याज रकम सोही मुद्रामा फिर्ता गर्नु परेमा सहज रुपमा निशुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यकासाथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमईले ल्यायो एनआरएन लक्षित ६ वटा खाता सञ्चालनमा

फार्मेसी लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

फार्मेसी लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं-फार्मेसीको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

नेपाल फार्मेसी परिषदको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको हो ।

परिषदले शनिबार लिएको १८ औं लाइसेन्स परीक्षाको हिजो राति प्रकाशन गरेको हो ।

डिप्लोमा इन फार्मेसीमा ११ सय ३५ जनाले फारम भरेका थिए भने ब्याचलर इन फार्मेसीमा ५ सय ७६ जना सहभागी भएका थिए ।

प्रकाशित नतिजाअनुसार डिप्लोमा इन फार्मेसीमा ४६ प्रतिशत र ब्याचलर इन फार्मेसीमा २० प्रतिशत उत्तीर्ण भएका छन् ।

फार्मेसी लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

मन्त्री खतिवडाद्वारा मोर्डना खोप अभियानको सुरुवात

मन्त्री खतिवडाद्वारा मोर्डना खोप अभियानको सुरुवात

हेटौडा-स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मोर्डना खोप अभियान सुरु गरेका छन् ।

मन्त्री खतिवडाले आफ्नो गृहजिल्ला तथा बागमती प्रदेशको राजधानी हेटौंडाबाट १२ वर्ष देखि १८ बर्षका बालबालिकाहरूलाई कोरोना विरुद्धको मोर्डना खोप अभियान सुरु गरेका हुन् ।

स्वास्थ्य कार्यालय मकवानपुरले आज हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गर्दै खोप अभियान सुरु गरेका हुन् ।

मन्त्री खतिवडाको रोहवरमा भुटनदेवी माध्यमिक विद्यालयका एक छात्र संगम खत्री र एक छात्रा विनिताकुमारीलाई खोप लगाएर देशभर मोर्डना खोप अभियान सुरु भएको छ ।

मन्त्री खतिवडाद्वारा मोर्डना खोप अभियानको सुरुवात

नागरिकता नभएका गैरनागरिलाई पनि मतदान गर्न दिनुपर्छ:उपेन्द्र यादव

नागरिकता नभएका गैरनागरिलाई पनि मतदान गर्न दिनुपर्छ:उपेन्द्र यादव

काठमाडौं-जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता प्रमाणपत्र नभएका गैरनागरिकले पनि मतदान गर्न पाउनुपर्ने बताएका छन् ।

आइतबार आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै उनले फेसबुकमा नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुबै फरक विषय भएकोले नागरिकता नभएकाले पनि भोटहाल्न पाउनुपर्ने बताएका हुन् ।

यादवको स्टाटस जस्ताको तेस्तै

निर्वाचन प्रक्रियामा भागलिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो। नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुबै फरक विषय हुन् । नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन न सकेको कारणले मात्र कुनै पनि ब्यक्ति गैरनागरिक हुनसक्दैन । लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन सकेको छैन । त्यसैगरी लाखौं मधेसीहरुलाई नागरिकता प्रमाणपत्र राज्यले प्रदान गरेको छैन । यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदातानमावलीमा समाबेश नगर्नु , मतदान गर्न पाउने अधिकारबाट बन्चित गर्नु , निर्वाचनको प्रक्रियामा सामेल हुन बाट रोक्ने कार्य असम्बैधानिक हुनुका साथै अन्तरास्ट्रिय कानूनका बिपरित र मानबता बिरोधि कार्य हुन । निरङ्कुश पन्चायतकाल र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन । नागरिकताको प्रमाणपत्र दिनु पर्ने दायित्व राज्यको हो , राज्यले आफ्नो जिम्मेवारी पुरा नगरेको तर त्यस्को सजाय जनताल्रे भोग्नु पर्ने यो कस्तो न्याय हो । तसर्थ सबै नेपाली नागरिकहरूको नाम मतदातानामवलीमा सामेल गर्नु पर्दछ। निर्वाचन आयोग र सरकारले यस्तो गम्भीर विषयमा समयमै ध्यान पूर्‍याओस ।कुनै पनि नागरिकलाई नागरिक अधिकारबाट बन्चित नपारियोस ।

नागरिकता प्रमाणपत्र नभएको कारणले कुनै पनि ब्यक्ति गैरनागरिक हुन नसक्ने

उनले नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि ब्यक्ति गैरनागरिक हुन नसक्ने जिकिर गरेका छन् ।

नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु असंवैधानिक र अन्तर्राष्ट्रिय कानून विपरीत हुने उनले बताएका छन् ।

लाखौं जन्मसिद्ध नागरिकलाई राज्यले अझैसम्म नागरिकता दिन नसकेको र मधेसमा पनि लाखौं नागरिकले नागरिकता प्रमाणपत्र पाउन नसकेको यादवले बताएका छन् ।

‘यस्तो अवस्थामा निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र नहुनेको नाम मतदाता नामावलीमा समावेश नगर्नु, मतदान गर्न पाउने अधिकारबाट वञ्चित गर्नु, निर्वाचनको प्रक्रियामा सामेल हुनबाट रोक्ने कार्य असंवैधानिक हुनुका साथै अन्तर्राष्ट्रिय कानूनका विपरीत र मानवताविरोधी कार्य हुन्’ उनले भनेका छन्, ‘निरङ्कुश पञ्चायतकाल र राजाको शासनकालमा पनि यस्तो ब्यवस्था थिएन ।’

हाल नेपालमा नागरिकता प्रमाणपत्र लिएका १८ वर्षमाथिका व्यक्तिको नाम मात्र निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश गर्ने गरेको छ । मतदाता नामावलीमा नाम भएकाहरुले मात्र निर्वाचनमा मतदान गर्न पाउँछन् ।

‘नागरिकताको प्रमाणपत्र दिनुपर्ने दायित्व राज्यको हो, राज्यले आफ्नो जिम्मेवारी पूरा नगरेको तर त्यसको सजाय जनताले भोग्नुपर्ने यो कस्तो न्याय हो ? तसर्थ सबै नेपाली नागरिकहरूको नाम मतदाता नामावलीमा सामेल गर्नुपर्दछ’ उनले भनेका छन् ।

जसपा अध्यक्ष यादवले निर्वाचन आयोग र सरकारले नागरिकता नभएकालाई पनि मतदाता नामावलीमा समावेश गर्ने विषयमा बेलैमा ध्यान दिनुपर्ने बताएका छन् ।

नागरिकता नभएका गैरनागरिलाई पनि मतदान गर्न दिनुपर्छ:उपेन्द्र यादव

नेपाल वेयर हाउसले साधारण शेयर बिक्री गर्ने

नेपाल वेयर हाउसले साधारण शेयर बिक्री गर्ने

नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने गरी अधिकृत पुँजी रु ७० करोड र जारी पुँजी रु ६८ करोड ७५ लाख पुर्‍याउने प्रस्ताव सञ्चालक समितिले पारित गरेको छ ।

हालै सम्पन्न कम्पनीको साधारणसभाले रु १३ करोड ७५ लाख बराबरका साधारण शेयर निष्काशन गर्ने भएको छ ।

साधारण शेयर बिक्रीका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीका अध्यक्ष आनन्तकुमार बगडियाले कम्पनीलाई थप विस्तार गर्ने उद्देश्यका साथ साधारण शेयर बिक्री गर्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो ।

एभरेष्ट बैंकको सहवित्तीयकरणमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयबाट कूल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुनेछ ।

निम्बस ग्रप,शिखर इन्स्योरेन्स,एनएमबि बैंक,श्रीनगर एग्रो फार्म,टीएएनए इन्भेष्टमेन्ट कम्पनी,टिम भेञ्चर्सलगायतको लगानी रहेको यस कम्पनीमा थप केही व्यासायिक र वित्तीय संस्थाले रु १५ करोड लगानी गरिसकेका छन् ।

कम्पनीले अन्न भण्डारणका अतिरिक्त वेयहाउस रिसिप्ट फाइनान्सिंग, अक्सन मार्केट सुविधा, बल्क टन्सपोटेसन र वन स्टप एग्री सोलुसनलगायतका सुविधा उपलब्ध गराउने छ ।

निर्माणधिन तीन एकाइमध्ये सुनसरीको औरावानीस्थित कार्यालयबाट आगामी दुई महिनाभित्र व्यावसायिक काम सुरु हुने कम्पनीले जनाएको छ ।

नेपाल वेयर हाउसले साधारण शेयर बिक्री गर्ने

स्वास नलीमा ओमिक्रोन भाईरसको बृद्धी तिब्र: फोक्सोमा निष्कृय

स्वास नलीमा ओमिक्रोन भाईरसको बृद्धी तिब्र: फोक्सोमा निष्कृय

एजेन्सी-चीनका बैज्ञानिकले ओमिक्रोन भाईरसवारे नँया तथ्य पत्ता लगाएका छन् ।

चीनको हङकङ्ग बिश्वबिद्यालयका अनुसन्धानकर्ताहरुले हालै गरेको अध्ययन अनुसार ओमिक्रोन भेरियन्टको कोरोना भाईरस मानिसको स्वासनलीमा पहिलेका डेल्टा भेरियन्ट भन्दा ७० प्रतिशत बढी बृद्धी भएको पाईएको हो ।

साथै उक्त भाईरस फोक्सोमा पुगेपछि भने डेल्टा भेरियन्टको तुलनामा ७ गुणाले कमजोर हुने उक्त अध्ययनको निष्कर्ष रहेको छ ।

अनुसन्धानकर्ताले सार्स कोभ-२ को ओमिक्रोन भेरियन्ट मावन ब्रोन्कस (मुख्य श्वास नली) मा डेल्टा र सुरुको सार्स कोभ-२ भन्दा ७० गुणा वृद्धि हुने पत्ता लगाएका छन्’, अनुसन्धानकर्ताको टोलीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘अन्य भेरियन्टभन्दा ओमिक्रोन मानिस-मानिसबीच चाँडो फैलिनुको कारण यही हुन सक्छ ।’ प्रतिवेदनमा भनिएको छ ।

तर फोक्सोका कोषमा पुगेपछि भने ओमिक्रोन वृद्धि हुने प्रक्रिया अन्य भेरियन्टभन्दा १० गुणाले घट्ने अनुसन्धानले देखाउँछ ।

यही कारण अन्य भेरियन्टको तुलनामा ‌ओमिक्रोनका संक्रमित गम्भीर अवस्थामा पुग्ने संभावना कम रहेको हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

‘मानिसमा भाइरसको वृद्धि दरले मात्रै मानिसमा देखिने गम्भीर रोगलाई निर्धारण गर्दैन, यसलाई संक्रमणविरुद्ध शरीरको इम्युनिटी क्षमताले पनि निर्धारण गर्छ भन्ने कुरा थाहा पाउन आवश्यक छ’, प्रमुख वैज्ञानिक डा. माइकल चाङ चि वाईले भने, ‘साथै, रोगको कारक भन्ने अति संक्रामक भाइरसले धेरैलाई संक्रमित गरेर गम्भीर बिरामी बनाउने र मृत्यु हुने संभावना पनि हुन्छ भनेर बुझ्नुपर्छ ।’

आफूहरूको पछिल्लो अध्ययनबाट ओमिक्रोनले खोप लगाएका कारण र यसअघिको संक्रमणपछि विकास हुने इम्युनिटी छल्न सक्ने देखिएको हुँदा यसको समग्र जोखिम धेरै रहेको पनि चाङले बताए ।

चीनका अनुसन्धानकर्ताको उक्त अनुसन्धानको पियर रिभ्यु भने हुन बाकी नै रहेको छ ।

उक्त क्षेत्रका दक्षता हासिल गरेका प्रध्यापक तथा बिशेषज्ञको टोलीले अनुसन्धानको निश्पक्ष बिश्लेषण गरेपश्चात उक्त अध्ययनलाई प्रमाणिकरण गरेपछी मात्र अनुसन्धानले बैधानिक्ता पाउने छ।

स्वास नलीमा ओमिक्रोन भाईरसको बृद्धी तिब्र: फोक्सोमा निष्कृय