राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् ।

आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीका नेतृत्वमा कर्मचारी टोली सो स्थानमा पुगेको थियो व्यापारीको अवरोधपछि सो टोली अनुसन्धान नगरी फर्किएको छ ।

स्थानीय व्यापारीले अनुसन्धानलाई पूर्ण प्रभाव पार्ने गरी अवरोध सिर्जना गरेपछि आफूहरु अनुसन्धान नगरी फर्किन बाध्य भएको कार्यालय सूचना अधिकारी गौरव पन्थीले जानकारी दिनुभयो ।

गोप्य सूचनाका आधारमा राजस्व छली ल्याइएको सामग्री कार्यालयको टोली नियन्त्रणमा लिन पुगेको थियो ।

टोली पुगेपछि स्थानीय हुलहुज्जतसहित व्यवसायीले अनुसन्धानमा अवरोध सिर्जना गरेपछि कर्मचारी अनुसन्धान बिना फर्किएको उहाँले बताउनुभयो ।

राजस्व छली भित्र्याइएको विभिन्न सामान नियन्त्रणमा लिन बाराको सिमरा उपमहानगरपालिका जितपुरबजार स्थित केही गोदाममा राजस्व अनुसन्धान कार्यालयको टोली पुगेको थियो ।

राजस्वको टोलीले ती सामान नियन्त्रणमा लिन खोजेपछि केही व्यापारीले अवरोध सिर्जना गरी दुई घण्टासम्म सडक अवरुद्ध पारेका थिए ।

पछि नेपाली सेनाको टोलीले सडक सुचारु गराएको थियो ।

घटनामा सम्लग्न व्यसायीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने कर्याालयले जनाएको छ ।

कार्यायका अनुसार जितपुर क्षेत्रको केही स्थानमा राजस्व छली गरी ल्याइएको माल सामान बिक्री वितरण गर्ने गरिएको बताइएको छ ।

लागुऔषधसहित पक्राउ

प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ अलपाइन स्कुलस्थित सडकखण्डबाट प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

चामलको बोराभित्र लुकाइछिपाइ ल्याएको विभिन्न लागुऔषधसहित पर्सा धोबिनी गाउँपालिका–२ आशबारी बस्ने १९ वर्षीय पृथ्वीसिंह कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका कुर्मीको साथबाट चामलको बोरामा लुकाई राखिएको लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले नुफ्रिन २५० एम्पुल, डाइजीपाम २५० एम्पुल र फेनारगण २५० एम्पुल गरी जम्मा ७५० एम्पुल बरामद गरेको छ ।

लागुऔषध बरामद गरी कुर्मीलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

कृषि अर्थशास्त्र समाजको अध्यक्षमा कार्कीकाे पुनरागमन

कृषि अर्थशास्त्र समाजको अध्यक्षमा कार्कीकाे पुनरागमन

काठमाडौं-नेपाल कृषि अर्थशास्त्र समाजको अध्यक्षमा पुनरागमन भएकाे छ ।

नेपाल कृषि अर्थशास्त्र समाजको पन्ध्रौ बार्षिक साधारणसभाले पुनः डा.योगेन्द्रकुमार कार्कीलाइ दाेस्राे कार्यकालका लागी अध्यक्षमा चयन गरेकाे हाे ।

यसअघि पनि समाजको अध्यक्षमा निर्वाचित भएका कार्की पुनः समाजको पन्ध्रौ बार्षिक साधारणसभाबाट दाेस्राे कार्यकालकालागी निर्वाचित भएका हुन् ।

समाजको नयाँ कार्यसमिति उपाध्यक्षमा रामप्रसाद पुलामी, महासचिवमा डा. देवेन्द्र गौँचन र कोषाध्यक्षमा सिर्जना तिमल्सिना चयन भएका छन् ।

त्यस्तै, समाजको निर्देशकमा डा. कृष्णप्रसाद तिमल्सिना, डा. महाविर पौडेल र डा. श्रषिराज कट्टेल चयन भएका छन् ।

समाजको सदस्यमा चारजनासमेत चयन भएका छन् । नयाँ कार्यसमितिले आगामी तीन बर्ष काम गर्नेछ ।

कृषि अर्थशास्त्र समाजको अध्यक्षमा कार्कीकाे पुनरागमन

६ सचिवको सरुवा दुईकाे दरबन्दी थप

६ सचिवको सरुवा दुईकाे दरबन्दी थप

काठमाडाैँ-मन्त्रिपरिषद्को बैठकले ६ जना सचिवको सरुवा गरेको छ ।

साथै दुई जना सचिवको दरबन्दी थप्ने सामान्य प्रशासनको प्रस्तावलाई स्वीकृत गरेको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ जना सचिवको सरुवाका साथैं दुई सचिबको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।

बैठकले यामकुमारी खतिवडा,दिनेश घिमिरे,सुशील तिवारी, खगेन्द्र नेपाल,किरण शर्मा,हरिप्रसाद मैनाली,मधुसुदन बुर्लाकोटीकाे सरुवा गरेकाे हाे ।

लामो समय उद्योग मन्त्रालयको सचिव हुँदै महिला बालबालिका मन्त्रालयमा कार्यरत यामकुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ ।

खतिवडाको ठाउँमा प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीलाई तानिएको छ ।

प्रदेश २ सरकारको प्रमुख सचिवमा भर्खरै सचिव बढुवा भएका कृष्णवहादुर राउतलाई पठाइएको छ ।

यस्तै हालै खारेजीमा परेको राष्ट्रिय पुनर्निमाण प्राधिकारका सचिव सुशीलचन्द्र तिवारीको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएकाे छ ।

राष्ट्रिय सतर्कता केन्द्रमा रहेका सचिव दिनेश घिमिरेलाई उर्जा आयोजनाको सचिवको रुपमा खटाइएको छ ।

यस्तै रिक्त रहेको रक्षा मन्त्रालयको सचिवमा वागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई ल्याइएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानिएको छ ।

सरकारले थप गरेकाे दुई सचिवको दरबन्दी प्रम कार्यालयमै राखेर खगेन्द्र प्रसाद नेपाल र रमेश प्रसाद सिंहलाई प्रम कार्यालयमा खटाइएको छ ।

६ सचिवको सरुवा दुईकाे दरबन्दी थप

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौँ-सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

काेराेना भाइरसकाे सङक्रमणदर बढेसँगै माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हाे ।

त्यस्तै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी) को बैठकले गरेको हो ।

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय भएको हो ।

निर्णयमा भनिएको छ ‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ ।

बैठकले राजनीतिक सभा सम्मेलन तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वानसमेत गरेको छ ।

नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ ।

सीपयुक्त जनशक्ति भएका प्रदेशका रुपमा विकास गर्छाैँ: मुख्यमन्त्री पाण्डे

सीपयुक्त जनशक्ति भएका प्रदेशका रुपमा विकास गर्छाैँ: मुख्यमन्त्री पाण्डे

चितवन-वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो प्रदेशलाई सीपयुक्त जनशक्ति भएको प्रदेशका रुपमा विकास गर्ने बताउनुभएको छ ।

चितवन महोत्सबको १३औँ संस्करणको आज यहाँ उद्घाटन गर्दै उहाँले आन्तरिक रुपमा सीपयुक्त जनशक्ति उत्पादन भएसँगै बाहिरबाट जनशक्ति ल्याउनु नपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “तीन महिनासम्म प्रदेश सरकारले खर्च गरेर सीपमूलक तालिम दिन्छ ।”

तालिम प्राप्त जनशक्तिले सहजै काम पाउने उहाँको भनाइ थियो ।

उद्योगमा लगानी मैत्री वातावरण बनाउने भन्दै उहाँले ट्रेडबाट देशको विकास हुन सम्भव छैन भन्नुभयो ।

बन्द भएका उद्योगहरू सञ्चालनका लागि आवश्यक गृहकार्य सुरु गरिएको पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उद्योगपति बन्न आफैँले उद्योग सञ्चालन गर्नुपर्छ । बाहिरबाट ल्याएर सामान बेचेर उद्योगपति बनिँदैन ।”

राष्ट्रिय आवश्यकता हेरेर स्वदेशमा नै उत्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सरकारी विद्यालयमा अध्ययनरत छात्रालाई प्रदेश सरकारले निःशुल्क शिक्षा दिने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले लोपोन्मुख जातिलाई हरेक पालिकाबाट एकजनाका दरले एसइईपछि प्राविधिक शिक्षा दिएर पालिकामा नै रोजगारीको अवसर सृजना गर्ने गरी प्रदेश सरकारले काम गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले नीतिगत रुपमा उद्योग व्यापारका क्षेत्रमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “५० वर्षअघिको नियम कानुनले काम गर्न अफ्ठ्यारो भयो ।”

सोही अवसरमा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, बागमती प्रदेश उद्योग वाणीज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, एमालेका नेता रामप्रसाद न्यौपाने, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष यमबहादुर परियार, नेकपा (एकीकृत समाजवादी)का जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने, उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेल लगायतले कोभिडबाट जोगिएर महोत्सवमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

उद्योग वाणिज्य सङ्घ महोत्सवको आयोजक

उद्योग वाणिज्य सङ्घ चितवनले महोत्सवको आयोजना गरेको हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक एवं सङ्घका अध्यक्ष राजु श्रेष्ठले महोत्सवबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।

विसं २०५३ सालदेखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको भए पनि अघिल्लो वर्ष हुनुपर्ने महोत्सव कोरोनाका कारण एक वर्ष पछाडि धकेलिएको हो ।

महोत्सवको टिकटसँगै सबैलाई मास्क प्रदान गरिएको छ । यस पटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टै छुट्टै परिसर रहेका छन् ।

विशेष गरी चितवनको आर्थिक सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यस पटक महलाई प्रवद्र्धन गर्नेगरी मौरीको डमी महोत्सवभित्र राखिएको छ ।

बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्री सहित महोत्सवमा रहेका छन् ।

चारवटा विशेष र डोमसहित महोत्सवमा ४०० वटा स्टल रहेका छन् ।

महोत्सवमा कृषि, शिक्षा, स्वास्थ्य, पोल्ट्री र उद्योग प्रवद्र्धनका गतिविधि सञ्चालन हुनेछन् ।

दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेशभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिने आयोजकले जनाएको छ ।

महोत्सव सुरु हुनुअघि नारायणगढ बजार क्षेत्रमा शोभायात्राको आयोजना गरिएको थियो ।

सीपयुक्त जनशक्ति भएका प्रदेशका रुपमा विकास गर्छाैँ: मुख्यमन्त्री पाण्डे

सञ्चारमन्त्री कार्की आइसोलेशनमा

काठमाडाैँ-सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बस्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बस्नुभएको हो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी हुनुभएको थियो ।

उहाँले पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै नियमित भेटघाट र काममा फर्कने राससलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि शनिबारदेखि आइसोलेशनमा बस्नुभएको छ ।

माओवादीका नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

महिला सङ्घ (समाजवादी) भक्तपुरको ५१ सदस्यीय कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) भक्तपुरको प्रथम जिल्ला भेलाले रीतु चित्रकारका अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

कमिटीका उपाध्यक्षमा शोभा श्रेष्ठ, कल्पना दाहाल, सचिवमा मञ्जु आचार्य, उपसचिवमा ज्योति लामिछाने चयन भएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जानकारी दिनुभयो ।

भेलाले जिल्लाका चारवटै भक्तपुर, मध्यपुर, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा अखिल नेपाल महिला सङ्घ(समाजवादी) को नगर कमिटीसमेत गठन गरेको छ ।

ती मध्ये भक्तपुरमा उमाकुमारी श्रेष्ठ र कविता चौगुठी, मध्यपुरमा सुनिता रानाभाट र चन्द्रकला पौडेल, सूर्यविनायकमा कल्पना केसी र कल्पना सुवाल, चाँगुनारायणमा शान्ति खड्का र सुलोचना सुवेदी क्रमशः अध्यक्ष र सचिवमा चयन हुनुभएको छ ।

नेकपा (एकीकृत समाजवदी) भक्तपुरका महिला नेत्रृ रीता अवालका सभापतित्वमा सम्पन्न भेलालाई नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य बागमती प्रदेश कमिटीका अध्यक्ष एवं अखिल नेपाल महिला सङ्घका उपाध्यक्ष सावित्रा भुसाल, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य डा राजेन्द्रमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा भक्तपुर इन्चार्ज ध्रुवराज विष्ट, केन्द्रीय सदस्य तथा भक्तपुर सहइन्चार्ज सुशीला सुवेदी, भक्तपुर जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतलगायतले महिला अधिकार सुनिश्चितका लागि महिला लाग्नुपर्नेमा जोड दिनुभयो ।

विनायक अस्पतालकाे २५ औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ -विनायक अस्पताल तथा प्रसुतिगृह प्रा.ली.को २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौँको गोंगबुमा रहेको अस्पतालको शनिबार वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा अस्पतालमा १६ जना नयाँ शेयर सदस्य थप भएका छन् ।

करिव ३३ करोड लगानी भएको अस्पतालको थप १२ सहित ६२ जना लगानीकर्ता पुगेका छन् ।

अरिकल इभेन्ट महाराजगन्जमा आयोजना भएको वार्षिक साधारणसभाले २ बर्षका लागि ७ सदसिय नयाँ संचालक समिति चयन गरेको छ ।

अध्यक्षमा उमा कुमारी ढकाल,प्रबन्ध निर्देशकमा केपी लामिछाने र मेडिकल डाइरेक्टरमा डा।उषा खाण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए ।

त्यस्तै सदस्यहरुमा खगेन्द्र प्रसाद अधिकारी,तुलसी बहादुर सिखंड श्रेष्ठ,गोबिन्द प्रसाद ज्ञवाली र पशुपति लामिछाने रहेका छन् ।

बि।स। २०५२ सालमा चावहिलमा स्थापना भएको यस अस्पताल २०६१ सालमा गोंगबुमा सारिएको हो ।

भाडाको भवनमा रहेको यस अस्पताल एक बर्षभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारीमा रहेको छ ।

अस्पतालको नाममा गोंगबुमा रहेको २ रोपनी जग्गामा अब छिट्टै नयाँ भवन निर्माण गरेर सर्ने तयारी अस्पतालको रहेको छ ।

शनिबार सम्पन्न वार्षिक साधारणसभामा भवनको डिजाइनबारे फोटो चित्र प्रस्तुत गरिएको थियो ।

वार्षिक साधारणसभामा नयाँ लगानीकर्तालाइ शेयर प्रमाणपत्र प्रदान गरिएको थियो भने निवर्तमान प्रबन्ध निर्देशक एम प्रसाद द्वालाई मायाको चिनो प्रदान गरिएको थियो ।

केहि समय अगाडी अस्पताललाई अझ शशक्त र सुबिधा सम्पन्न बनाउने उदेश्यका साथ यस अस्पतालले 4D भिडियो एक्स रे सेवा उपलब्ध गराएको थियो ।

अस्पताललाई समयानुसार थप प्रबिधियुक्त बनाउदै उपलब्ध नभएका सेवाहरु बिस्तार गर्दै जाने लक्ष्य अनुरुप अस्पतालले यो सेवा सुरु गरेको थियो ।

विनायक अस्पतालमा अहिले एक्स रे, भिडियो एक्स रे, सिटिस्क्यान सेवा उपलब्ध छन् ।

विनायक अस्पतालमा हाल ५ आइसीयु र ३ भेन्टिलेटर रहेको छ ।

आफ्नो पदभार ग्रहण गर्दै नवनिर्वाचित मेडीकल डाइरेक्टर उषा खाण श्रेष्ठले आफ्नो कार्यकालमा भवन निर्माण गर्ने तथा अस्पतालको सेवा र सुबिधा थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै प्रबन्ध निर्देशक केपी लामिछानेले यो अस्पताललाई अब समयानुसार थप प्रबिधियुक्त बनाउदै हाल उपलब्ध नभएका सेवाहरु बिस्तार गर्दै जाने बताएका छन् ।

उनले सबैको सुझाब र सल्लाह अनुरुप आफुले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

अध्यक्ष उमा कुमारी ढकालले सबैको साथ र सहयोग लिई अस्पतालको उदेश्य र लक्ष्य हासिल गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन नवराज लामिछानेले गरेका थिए ।

पुजा सिंह डीआईजीपीमा बढुवाका लागि सिफारिस

पुजा सिंह डीआईजीपीमा बढुवाका लागि सिफारिस

काठमाडौं-बढुवा सिफारिस समितिले नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुजा सिंह प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहलाई नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ डीआईजीपीमा बढुवाका लागि सिफारिसि गरेको हो ।

पुजा सिंह डीआईजीपीमा बढुवाका लागि सिफारिस

उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी मनग्ये आम्दानी

बेलौरी-उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आउनुभएको छ ।

विगत पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लाग्नुभएका उहाँले वार्षिक रु २४ लाख आम्दानी गर्दै आउनुभएको हो ।

“प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष रु दुई लाखदेखि रु तीन लाखका दरले आम्दानी बढदै गएको छ”

वडायकले भन्नुभयो, “इन्टरनेटको माध्यमबाट विश्वमा उखु खेतीका लागि भएका नौला प्रयोगबारे अध्ययन गरी उखु खेतीलाई अगाडि बढाउँदै आएको छु ।”

छ बिघा जग्गामा प्रतिबिघा दुई हजार क्वीन्टलका दरले उखु उत्पादन गर्दै आउनुभएका उहाँ भारतको महाराष्ट्रका उखु उत्पादक किसानले सामाजिक सञ्जाल फेसवुकमा बनाएको समूहमा समेत जोडिनु भएको छ ।

रोप्नका लागि बेर्ना प्रविधि

भारतीय किसानले उखु उत्पादनका लागि जुन विधि अपनाउछन् त्यही विधि यहाँ लागु गर्दै आएको वडायकले बताउनुभयो ।

“उखु रोप्नका लागि बेर्ना प्रविधि(सिंगल वर्ड) अपनाएको छु” उहाँले भन्नुभयो,“परम्परागत तरिकाले उखु रोप्दा ८० क्वीन्टल बढी बीउ लाग्ने ठाउमा बेर्ना प्रविधि अपनाउदा १० कुण्टल बीउ मात्रै लाग्ने गरेको छ ।”

वडायकले उखु रोप्नका लागि ट्रयाक्टरमार्फत ट्रेन्च बनाई घरमै तयार गरिएको उखुको बेर्ना उपकरणकोे सहायताले रोप्ने गर्नु भएको छ ।

गोडमेल, पात काटने, सिँचाई गर्ने, मल राख्ने बिषादी छर्कने कार्यसमेत उपकरणकोे सहायताले गर्दै आउनुभएको छ ।

भारतबाट ल्याइएका बढी उत्पादन दिने विभिन्न जातका उखुको बीउको प्रयोग गर्दै आउनु भएको छ ।

उहाँले पुराना उखुका जातको तुलनामा भारतीय वैज्ञानिकले तयार गरेका उखुका जात बढी अग्लो हुने र तौल समेत बढी हुनाका साथै आम्दानीसमेत त्यही अनुसारको हुने गरेको बताउनुभयो ।

“यस वर्ष उखुको उत्पादन राम्रो रहेकाले उत्पादन गत वर्षको तुलनामा दोव्वरले बढी हुन्छ ।

आम्दानीसमेत त्यही अनुरुप हुन्छ,” वडायकले भन्नुभयो,‘‘उखु उत्पादनमा लागेका किसानलाई सरकाले अनुदान र विश्वमा भैरहेका उखु खेती सम्बन्धी नयाँ तरिकाहरु सिकाउन जरुरी छ ।

नयाँ प्रविधि किसानलाई सिकाएर उत्पादन बढाउन सकेमात्रै उखुमा आत्मनिर्भर बन्न सक्छौं ।”

किसानले आधा उखु मिलमा बेचेपछि मात्रै मूल्य निर्धारण गर्नाले किसानलाई नभएर चिनी मिललाई फाइदा पुग्ने उहाँको भनाइ थियो ।

वडायक जिल्लाकै सफल उखु किसानका रुपमा परिचित हुनुहुन्छ ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज बिहान भक्तपुरको बालकोटस्थित ओली निवासमा दुबै जनाबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।

एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न आज बिहान करिब १० बजेर ३० मिनेटमा बालकोट पुग्नुभएको थियो ।

संसद्को अवरोध हटाउनेबारेमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक डाक्दासमेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुग्नुभएको हो ।

यसअघि पनि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो ।

अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीमा रहेका सांसदलाई सभामुखले कारबाही नगरेसम्म र एकीकृत समाजवादी पार्टीका सांसद उपस्थित भएको संसद् र बैठकमा अवरोध गर्ने अडान राख्दै आएको छ ।

माओवादीमा कोरोना: अध्यक्ष सहित अन्य थुप्रै नेता संक्रमित

माओवादीमा कोरोना: अध्यक्ष सहित अन्य थुप्रै नेता संक्रमित

काठमाडौँ-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा केही असहजता देखिएकोले शुक्रबार बेलुकी पीसीआर परीक्षण गर्दा दाहाललाई कोरोना पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ ।

स्वकीय सचिव रमेश मल्लले दाहालले अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहकोबताए ।

सचिवालयले केही दिनयता दाहालको सम्पर्कमा रहेका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गरेको छ ।

डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको पनि दाहालको सचिवालयले जानकारी दिएको छ ।

श्रेष्ठ पनि संक्रमित

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण भएको छ ।

पीसीआर परीक्षण गर्दा श्रेष्ठमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । उनी अहिले होम आइसोलेसनमा छन् ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–’कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु ।’

त्यस्तै दाहालका स्वकीय सचिव रमेश मल्ल, वाईसिएलका इन्चार्ज रामप्रसाद सापकोटा, वाईसीएलका संयोजक सुमन देवकोटा, सुवोध शेर्पालीलाई पनि कोरोना संक्रमण भएको छ ।

केहीदिन पहिले केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो ।

केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहितका कर्मचारीलाई कोरोना पुष्टि भएको थियो ।

त्यस्तै कार्यालयका अन्य कर्मचारी यविन्द्र पराजुली, सञ्जीव थापा, विनोद थापा, अंशु थापा र शिवकुमार बस्नेतलाई संक्रमण पुष्टि भएको थियो ।

कर्मचारीलाई संक्रमण भएपछि अध्यक्ष पुष्पकमल दाहालले भेटघाटका कार्यक्रम स्थगित गरेका थिए ।

माओवादीमा कोरोना: अध्यक्ष सहित अन्य थुप्रै नेता संक्रमित

कृषकलाई होइन, कागज मिलाउनेलाई अनुदान !

कृषकलाई होइन, कागज मिलाउनेलाई अनुदान !

काठमाडौँ-संसदीय समितिमा खाँटी किसानले होइन, कागज मिलाउने टाठाबाठाले मात्र लाभ प्राप्त गरिरहेको भनी ‘कृषि अनुदान’ मा पुनर्विचार गर्न पर्ने आवाज उठेको छ ।

कृषकको नाममा व्यक्ति विशेषलाई लाभ दिने नियतले राज्यको ढुकुटीबाट दिइँदै आएको अनुदान स्थगित गर्न सांसदले सुझाव दिनुभएको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको शुक्रबारको बैठकमा समिति सदस्य हरिराम चौधरीले अनुदानका नाममा राज्यको ढुकुटीको ठूलो हिस्सा अपचलन भएकाले कृषि अनुदान कार्यक्रम स्थगित गर्न सुझाव दिए ।

उनले भने, “वास्तविक किसानलाई अनुदानबारे थाहै छैन, किसानलाई अनुदान होइन, मलखाद, बीउबिजन र उपकरण खरिदमा छुट चाहिएको छ, यस वर्ष बाढीले धान डुबायो, गहुँका लागि मल छैन, यो अवस्थामा कृषकलाई राहत कार्यक्रम खोइ ।”

समिति सदस्य राधेश्याम अधिकारीले कृषि ऐन नभएका कारण व्यक्ति विशेषलाई लाभ हुने हिसाबले निर्देशिका बनाएर बडिँदै आएको अनुदान लक्षित समुदायमा नपुगेको हुँदा अनुदान वितरणलाई पुनर्विचार गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

सांसद शेरबहादुर कुँवरले पहुँचका आधारमा अनुदान बाँड्ने प्रवृत्तिले माटोसँग खेल्नेले होइन, कागज मिलाउनेले अनुदान प्राप्त गरिरहेकाले अहिले हालको अनुदान वितरण प्रणालीमा व्यापक सुधारको खाँचो औँल्याउनुभयो ।

हरेक वर्ष मल खरिदमा घोटाला

समिति सदस्य डा.खिमलाल देवकोटाले कृषकले सीधै लाभ प्राप्त गर्ने विषय हरेक वर्ष मल खरिदमा घोटाला दोहोरिए पनि सहजरुपमा मल वितरण भएको कहिल्यै नसुनिएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “भनसुन र लेनदेनका आधारमा कृषि अनुदान बाँडिने गरेको छ, अनुदान वितरण भद्रगोल छ, अनुदान कृषिकर्म गर्नेले नपाँउदा उत्पादन बढ्न र लागत घटन सकेको छैन, नेपालले वार्षिकरुपमा रु दुई खर्ब बराबरको आधारभूत कृषिजन्य खाद्य सामग्री आयात गर्न परिरहेको छ ।”

सांसद शान्ति अधिकारी जिसीले किसानले रासायनिक मल सजिलोसँग पाउने सहज वितरण प्रणाली निर्माण गर्न सुझाव दिँदै कुषि अनुदान वास्तविक किसानले होइन, कागज मिलाएर खाँने टाठाबाठाले मात्र पाइ रहेको घटना सुनाउनुभयो ।

समिति सभापति रामनारायण बिडारीले प्रत्यायोजित कानून सहीरुपबाट पालना नहुँदा कर्मचारी भ्रष्टाचारको आरोपमा जेल जानुपरेका घटनाको उदाहरण प्रस्तुत गर्नुभयो ।

उहाँले भन्नुभयो, “कानुन संसद्ले बनाउने हो, व्यक्ति विशेषलाई लाभ दिने गरी निर्देशिका, कार्यविधि मन्त्रालयले बनाउन भएन, निर्देशिकाले कर्मचारीलाई मुद्दा लगाउँछ, यस्ता सहायक कानुन संसद्बाट परीक्षण गराउन पर्‍यो, जथाभावी लागू गर्न भएन ।”

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सवनम सिवाकोटीले कृषकलाई उत्पादन लागत घटनाउन रासायनिक मल र कृषि उपकरणमा अनुदान दिने गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले मन्त्रालयको काम नै अनुदान मात्र वितरण गर्ने होकी जस्तो भएको छ, अनुदान सही व्यक्तिले पाओस भन्नाका लागि पहिचान गर्ने काम भइरहेको छ ।”

नेपाल कृषि प्रधान देश भए पनि हालसम्म कृषि ऐन तर्जुमा भएकै छैन । कृषि ऐन नभएका कारण कृषकलाई अनुदान दिने होस् वा मल खरिद गर्ने क्रममा अन्य ऐनको सहायता लिने गरिएको छ ।

समितिले कृषि ऐन, कृषि अनुदान तथा समितिले दिएका निर्देशन कार्यान्वयनको अवस्थालगायतका विषयमा मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको हो ।

कृषकलाई होइन, कागज मिलाउनेलाई अनुदान !

लोकतन्त्र ल्याउन पत्रकारको भूमिका अहम: मन्त्री जोशी

लोकतन्त्र ल्याउन पत्रकारको भूमिका अहम: मन्त्री जोशी

काठमाडौँ-सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको अहम् भूमिका रहेको बताउनुभएको छ ।

काठमाडौँस्थित तुलसादेवी हरिहर फाउन्डेसनद्वारा आज कैलालीको धनगढीमा आयोजित ‘पत्रकार आचारसंहिता तालिम शुभारम्भ गर्दै उहाँले लोकतन्त्र र सङ्घीय व्यवस्था ल्याउन सञ्चारकर्मीहरूले ठूलो योगदान पु¥याएका थिए भन्नुभयो ।

पछिल्लो समय सामाजिक सञ्जाल र पत्रकारिता एउटैजस्तो देखिन थालेकोले यसबाट माथि उठेर काम गर्न उहाँले सञ्चारकर्मीलाई सुझाउनुभयो ।

“आचारसंहिता पालना गर्नु भनेकै मर्यादामा रहेर काम गर्ने हो । त्यो हामी सबैले बुझ्नुपर्छ ।

विचारमा प्रस्ट हुनाका साथै सेवा प्रवाह तटस्थ र निष्पक्ष हुनपुग्यो भने प्रेसजगतप्रति विश्वास बढ्दै जान्छ,” कानुनमन्त्री जोशीले भन्नुभयो, “फरक विचार राख्न पाउनु पनि लोकतन्त्रको सुन्दर पक्ष भएकाले कसैलाई निषेध नगरीे मर्यादित पत्रकारितमा लाग्नु पर्छ ।”

प्रशिक्षक यशोदा तिमल्सिनाले पत्रकारिताजगत्मा पनि समानुपातिक महिला सहभागिता आवश्यक रहेको औँल्याउनुभयो ।

प्राकृतिक अङ्ग महिला पुरुषबीच बाँड्न नसकिए पनि अवसर वितरणमा समानता कायम हुनुपर्ने भन्दै उहाँले पछिल्लो समयमा महिलाहरु पनि हरेक काम गर्न सक्षम बन्दै गएको जिकिर गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश अध्यक्ष देवीराम देवकोटा र कैलाली जिल्ला पत्रकार महासङ्घका हिमाल जोशीले पत्रकारहरु राजनीतिक दलमा आबद्ध हुने प्रवृत्तिले पत्रकारिता क्षेत्रमा चुनौती बढ्दै गएको टिप्पणी गर्नुभयो ।

दुई दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठक, यशोदा तिमल्सिना, मनमोहन स्वाँर, चित्राङ्ग थापा, डिल्लीरमण सुवेदीले प्रशिक्षण दिनुहुने आयोजक संस्थाका अध्यक्ष सरु सुवेदीले जानकारी दिनुभयो ।

लोकतन्त्र ल्याउन पत्रकारको भूमिका अहम: मन्त्री जोशी

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ-नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा पत्रकार काजी श्रेष्ठ चयन हुनुभएको छ ।

समाजको आज सम्पन्न ११औँ साधारण सभाले सहकारी खबर अनलाइनका सम्पादकसमेत रहनुभएका श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समाजको उपाध्यक्षमा अन्नपूर्ण पोष्ट दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सहसचिवमा गोरखापत्र दैनिकका भेषराज वेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका प्रयास श्रेष्ठलाई चयन गरिएको छ ।

यसैगरी, सदस्यहरुमा विकास न्युज डटकमका सन्तोष रोकाय र मेरो लगानी डटकमकी सुधा देवकोटालाई चयन गरिएको छ ।

बाँकी दुई सदस्य पदमा अध्यक्षले मनोनीत गर्ने प्रावधान छ ।

नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ