चार्ल्स शोभराजको मुद्दामाथि आज सुनुवाइ हुदै

चार्ल्स शोभराजको मुद्दामाथि आज सुनुवाइ हुदै

काठमाडौँ-चार्ल्स शोभराजको मुद्दामाथि सुनुवाइ गर्न सर्वोच्च अदालतले आज पेसी तोकेको छ ।

शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए ।

उक्त रिट निवेदनमाथीको सुनवाईको लागी आज पेसी तोकिएको हो ।

न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी पेसी तोकिएको हो ।

यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असल चालचलन भएमा ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ ।

कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका चार्ल्स शोभराजलाई शृङ्खलावद्ध हत्यामा जन्मकैदको सजाय भएको छ ।

चार्ल्स शोभराजको मुद्दामाथि आज सुनुवाइ हुदै

१० सहसचिवको सरुवा

१० सहसचिवको सरुवा

काठमाडौँ-सरकारले १० जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलेको मङ्गलवार बसको बैठकले १० जना सहसचिवको सरुवाको निर्णय गरेको हो ।

सामान्य प्रशासनको अतिरिक्त समूहमा सरुवा भएका राजेश्वर ज्ञवालीको गृह मन्त्रालय सरुवा गरेको छ ।

अक्तियार दुरुपयोग अनुसन्धान आयोका प्रवक्ता नारायण प्रसाद रिसालको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा झापाका सिडियो श्रवण कुमार तिमिल्सिनालाई पठाएको छ ।

त्यस्तै कर्णाली प्रदेशको आन्तरिक मन्त्रालयका सचिव झक्क आचार्यको कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रालय सरुवा भएको छ ।

कर्णाली प्रदेशको आन्तरिक मामिलाका सचिव चक्र बुढाको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया पङ्गेनी भट्टराईको गण्डकी प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ भने राजश्व प्रशासन तालिम केन्द्रका दिर्घराज मैनालीको प्रदेश नं.१ स्थित सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ ।

भरत अर्यालको डिभिजन कार्यालयमा सरुवा भएको छ भने सिडियो शिव कुमार कार्कीको भने समावेशी आयोग सरुवा गरिएको छ ।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव रिता जोशी भण्डारीको सुदूर पश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमा सरुवा भएको छ ।

१० सहसचिवको सरुवा

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतभारको अवस्था

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतभारको अवस्था

राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानुनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षलाई मात्र मताधिकार छ ।

कर्णालीमा हाल स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य ३५ गरी १९१ मतदाता छन् ।

प्रदेशसभाका एक सदस्य बराबर ४८ र स्थानीय तहका प्रमुख–उपप्रमुख एक बराबर १८ मतभार कायम छ ।

यस हिसाबले राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेशसभा सदस्यको कूल मतभार एक हजार ६८० रहेको छ ।

स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्षको कूल मतभार दुई हजार ८०८ रहेको छ ।

राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र)सँग छ ।

माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख-उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् ।

माओवादी केन्द्रबाट स्थानीय तहमा जितेका मतदाताको मतभार ९३६ र प्रदेशसभा सदस्यको मतभार ५७६ गरी एक हजार ५१२ मत छ ।

नेकपा (एमाले) का स्थानीय तहका प्रमुख-उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् ।

जसमा स्थानीय तहमा एमालेको ८१० र प्रदेशसभा सदस्यबाट ६२४ मत हुन आउँछ ।

एमालेको कूल एक हजार ४३४ मत छ । नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख–उपप्रमुखको ४० र प्रदेशसभा सदस्य ६ रहेका छन् ।

कांग्रेससँग प्रमुख–उपप्रमुखको मतभार ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ ।

एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)मा स्थानीय तहका प्रमुख–उपप्रमुख गरी १३ र प्रदेशसभामा तीन सदस्य छन् ।

उनीहरुको स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ ।

राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।

कर्णालीमा ६ उम्मेदवारको मनोनयन दर्ता

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीमा ६ जनाको उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

राष्ट्रियसभा सदस्य रुकुमपश्चिमका ठगेन्द्रप्रकाश पुरी (समाजवादी), हुम्लाका कविता बोगटी (एमाले) र कालिकोटका जीवन बुढा (माओवादी)को पदावधि फागुन १८ गते सकिएर रिक्त हुने तीन पदमा यहाँका चार दलका ६ उम्मदेवारले आफ्नो मनोनयन दर्ता गरेका हुन् ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार नेपाली कांग्रेसबाट महिला कलस्टरमा दुर्गा गुरुङ (सुर्खेत), माओवादी केन्द्रबाट अपाङ्गता–अल्पसङ्ख्यक कलस्टरमा नरबहादुर विष्ट (सुर्खेत) र एकीकृत समाजवादीबाट खसआर्य कलस्टरमा उदय बोहरा (सल्यान)ले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

प्रतिपक्षी दल नेकपा (एमाले)बाट खसआर्य कलस्टरमा चुडामणि शर्मा (सुर्खेत), महिलामा गङ्गा महत (जुम्ला) र अपाङ्गता–अल्पसङ्ख्यक कलस्टरमा पदम माझी (दैलेख)ले मनोनयन दर्ता गर्नुभएको छ ।

कांग्रेसबाट महिला कलस्टरमा मनोनयन दर्ता गर्नुभएकी राष्ट्रियसभा सदस्यका उम्मेदवार वीरेन्द्रनगर–१ का गुरुङ तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा मारिएका कांग्रेस कार्यकर्ता यज्ञबहादुर गुरुङकी धर्मपत्नी हुनुहुन्छ ।

माओवादी केन्द्रबाट अपाङ्गता कलस्टरबाट उम्मेदवारी दिनुभएका विष्ट पहिलो संविधानसभाको सदस्य र हाल उक्त पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

खस आर्यतर्फ उम्मेदवारी दिनुभएका बोहरा सल्यानका पूर्वजिल्ला विकास समिति सभापति र एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ ।

एमालेबाट उम्मेदवारी दिएका शर्मा र माझी पार्टीको प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने महत पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्छ ।

महत जुम्लाका एमालेका तत्कालीन नेता तथा पूर्वशान्ति राज्यमन्त्री स्व डिल्लीबहादुर महतकी धर्मपत्नी हुनुहुन्छ ।

सत्ता साझेदार दलमध्य नेकपा (माओवादी केन्द्र)को प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरेर एक हजार ५१२, कांग्रेसको एक हजार आठ र नेकपा (एकीकृत समाजवादी)को ३७८ मत रहेको छ ।

गठबन्धनभित्रका तीनै दलको मतगणना गर्दा दुई हजार ८९८ हुन्छ ।

प्रतिपक्षी दल एमालेसँग प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरेर एक हजार ४३४ मत छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग मात्र ४८ मत छ ।

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतभारको अवस्था

राजमार्गमा लुटपाट गर्न खोज्ने पक्राउ

राजमार्गमा लुटपाट गर्न खोज्ने पक्राउ

राँझा-पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडीलगायत छन् ।

अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर जबर्जस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएकोबारे कार र ट्रकका चालकले जानकारी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न उनीहरु बा १४ च ३३०३ नंको कारमा सवार रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन: उम्मेदवार दर्ता सम्पन्न

राष्ट्रियसभा सदस्य निर्वाचन: उम्मेदवार दर्ता सम्पन्न

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ ।

आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि सबै प्रदेशमा सबै समूहमा मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।

उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो ।

निर्वाचनमा १२ राजनीतिक दलले भाग लिँदै छन् । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा(एस)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ ।

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नपर्ने प्रावधान छ ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ ।

उक्त निर्वाचनमा नौ राजनीतिक दलले सवै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिएका छन् ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचन: उम्मेदवार दर्ता सम्पन्न

सैनिक प्रबक्ताको जिम्मेवारीमा सिल्वाल

सैनिक प्रबक्ताको जिम्मेवारीमा सिल्वाल

काठमाडौँ-नेपाली सेनाले आफ्नो संस्थागत प्रवक्तामा सहायक रथी नारायण सिल्वाललाई जिम्मेवारी दिएको छ ।

सैनिक प्रधान कार्यालय भद्रकालीले उनलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।

उनले यही पुस अन्तिम सातादेखि औपचारिक रुपमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

उनी हाल बालाजुस्थित १ नं वाहिनीपतिका रुपमा कार्यरत छन् ।

प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ ।

हालका प्रवक्ता सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ ।

सैनिक प्रबक्ताको जिम्मेवारीमा सिल्वाल

न्यून चापीय प्रणालीको प्रवेश बर्षा र हिमपातको सम्भावना

न्यून चापीय प्रणालीको प्रवेश बर्षा र हिमपातको सम्भावना

काठमाडौँ-मंगलवार राती देखि पश्चिमी न्यून चापीय मौसम प्रणाली नेपालमा प्रबेश गर्न लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त पश्चिमी न्यून चापीय मौसम प्रणालीको प्रभावले नेपालमा बुधबार देखि शनिबार सम्म सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आँशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

शनिबार सम्म यो प्रणाली देशभर फैलिएर बिशेष गरी सुदुर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको महाशाखाले हिउँद यामको विशेष मौसम अपडेट मार्फत जानकारी गराएको छ ।

महाशाखाले बागमती प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागहरुका केहि स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।

सुदुर(पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी तथा तराई भेगका केही र प्रदेश १ र २ का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार आइतबार देखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने छ।

महाशाखाले यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

न्यून चापीय प्रणालीको प्रवेश बर्षा र हिमपातको सम्भावना

राप्रपा केन्द्रीय समिति विस्तार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न जिल्लाका ३१ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ ।

प्रदेश, भूगोलमा योगदान गरेका नेता तथा कार्यकर्तालाई योगदानका आधारमा पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य मनोनयन गरिएको पार्टीले जनाएको छ ।

पार्टीका नेता सुन्दर पाण्डेका अनुसार मनोनीत सदस्यमा रुपन्देहीबाट दीपक बोहरा र निरञ्जन थापा, उदयपुरबाट हरिबहादुर बस्नेत, रामेछापमा नवराज सुवेदी र दिनेश कार्की, रोल्पाबाट बालाराम घर्ती मगर, भोजपुरबाट टङ्क ढकाल, बाँकेबाट प्रेमबहादुर भण्डारी, म्याग्दीबाट भीमप्रसाद गौचन, लमजुङबाट हेमजङ्ग गुरुङ, धादिङबाट ठाकुरप्रसाद शर्मा, सुनसरीबाट रामकुमार सुब्बा, सुर्खेतमा मुकुन्दश्याम गिरी, भक्तपुरबाट दिनेश श्रेष्ठ, झापाबाट भक्तिप्रसाद सिटौला, गोरखाबाट मोहनकुमार श्रेष्ठ, नुवाकोटबाट झनक प्याकुरेल, अछामबाट श्यामबहादुर शाही, सोलुखुम्बुबाट एजी शेर्पा, ललितपुरबाट पुष्पराज पुरुष हुनुहुन्छ ।

त्यस्तै, जुम्लाबाट रमानन्द न्यौपाने, नवलपरासीबाट सरोजा शर्मा, सिराहाबाट रामप्रताप साह, खोटाङबाट रबिन चाम्लिङ, स्याङ्जाबाट उदयराज पोखरेल, काठमाडौँबाट प्राडा गीताभक्त जोशी, सरस्वती अधिकारी र नवीन शाही, कैलालीबाट वीरेन्द्र बम, रुकुम पूर्वबाट केशवचन्द्र समाल, झापाबाट अम्बरबहादुर विष्ट हुनुहुन्छ ।

गत मङ्सिरमा महाधिवेशन सम्पन्न गरेको पार्टीले छिट्टै केही अग्रज नेतालाई विभिन्न विभागमा प्रमुखको जिम्मेवारी तोक्ने जनाइएको छ ।

सुन्दरीजलबाट पशुपति क्षेत्रसम्मको वाग्मतीको पानी अध्ययन

काठमाडौँ-वाग्मतीको मुहानस्थलबाट पशुपति क्षेत्रसम्मको नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले अध्ययन सुरु भएको छ ।

वाग्मती नदीको सुन्दरीजलबाट पशुपति क्षेत्रसम्मको भागमा ढल मिसिएका स्थानको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले संयुक्त रुपमा अध्ययन सुरु गरेको हो ।

ढल मिसिएका दुई दर्जनस्थानको पानीको गुणस्तर परीक्षण गरिएको छ ।

परीक्षणका क्रममा ढल मिसिएको ८० देखि १०० मिटरसम्म पानी बिग्रिएको र त्यसपछि बहने क्रममा गुणस्तर शुद्ध भएको अधिकार सम्पन्न वाग्मती समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिनुभयो ।

वाग्मतीको मुहान क्षेत्रकै पानीमा धमिलोपन बढी देखिएको अध्ययन कार्यदलले जनाएको छ ।

“मुहान क्षेत्रको गोकर्णमाथि नै चारवटा वासिङ सेन्टर र क्रसरसमेत सञ्चालनमा रहेछन्, ती कम्पनीलाई पनि पत्राचार गरिएको छ, ढल व्यवस्थापन गरेर स्वच्छ पानी बगाउनुपर्छ, गलैँचा एवं विभिन्न उद्योगबाट फोहर पानी आउनेक्रम पनि नरोकिएको भेटिएकाले उद्योग मन्त्रालयसँग समन्वय गरेर कदम चाल्नेछौँ”, उहाँले भन्नुभयो ।

उत्तरवाहिनी क्षेत्रमा गाई फार्मबाट आएको फोहरले पनि वाग्मती प्रदूषित भएको अध्ययन कार्यदलले फेला पारेको छ ।

कुकुरलगायत मृत जनावर पनि नदीमा भेटिएको समितिले जनाएको छ ।

नदी किनारमा कानुन विपरीत काम गर्नेलाई दण्डजरिवाना गर्ने तयारी पनि समितिले गरेको छ ।

पशुपति क्षेत्रसम्मको पानीको गुणस्तर सुधार गर्न ढल हालिएका स्थानको अध्ययन गरिएको हो ।

पशुपति क्षेत्रसम्मको नदीमा स्वच्छ पानी बगाउने उद्देश्यले २७ वर्षअघि अधिकार सम्पन्न वाग्मती समितिको स्थापना गरिएको थियो ।

अध्ययन र पानीको गुणस्तर परीक्षणलाई मनोहरा नदी दोभानसम्म लैजान तयारी भएको छ ।

मुहान क्षेत्रकै वाग्मती प्रदूषित हुन थालेपछि गोकर्णमा प्रशोधन केन्द्र निर्माणका लागि ठेक्कासमेत भएको छ ।

गोकर्णमा वाग्मती, सूर्यमती र चन्द्रमतीको पानी प्रशोधन गरिने छ ।

वाग्मती सफाइ अभियानकर्मी ईश्वर पुडासैनीले ज्यालादारीमा सफाइ गरेर वाग्मतीमा स्वच्छ पानी बगाउन नसकिने बताउनुभयो ।

स्वयंसेवी अभियानलाई नै निरन्तरता दिनुपर्नेमा अधिकार सम्पन्न वाग्मतीले कार्यकर्ता भर्ती गरेर सफाइ अभियानलाई बदनाम गर्न खोजेको उहाँको आरोप छ ।

मुहान क्षेत्रकै गुह्येश्वरीमाथिको वाग्मतीमा फोहर थुपार्ने र जलाउने काम भइरहेकामा स्थानीय सरकार र अधिकार सम्पन्न वाग्मती चुप लाग्ने गरेको स्थानीयवासीको गुनासो छ ।

सरकारी निकायले नै वाग्मती र यसका सहायक नदी ढल हाल्दा पनि अधिकार सम्पन्न वाग्मतीले पत्राचारसमेत नगरेकामा अभियानकर्मी पुडासैनीले दुःख व्यक्त गर्नुभयो ।

५७ उपसचिवको पदस्थापन तथा सरुवा

४२ उपसचिवको पदस्थापन तथा सरुवा

काठमाडौँ –सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ ।

मन्त्रालयले हालै बढुवा भएका २५ जनासहित विभिन्न मन्त्रालय, आयोग तथा कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)हरूको पदस्थापन तथा सरुवा गरेको हो ।

आइतबार साँझ मन्त्रालयमा बसेको सचिव स्तरीय बैठकले निर्णय गर्दै कर्मचारीहरूलाई सङ्घ, प्रदेश र स्थानीय तहका विभिन्न कार्यालयहरूमा पदस्थापन तथा सरुवा गरेको हो ।

मन्त्रालयको विवरणअनुसार राष्ट्रिय निजामती कितावखानाबाट वसन्त पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नरहरि घिमिरे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बाँसगढी नगरपालिका बर्दिया भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका राजेश उप्रेतीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सङ्गीता ओझाको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, जयबहादुर खड्का राष्ट्रिय दलित आयोगबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ ।

यसैगरी राजेन्द्र कार्की बुढानीलकण्ठ नगरपालिकाबाट जिल्ला समन्वय समिति, अग्नि अधिकारी चाँगुनारायण नगरपालिकाबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा भुवनेश्वर लामिछाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तबाट बुढानीलकण्ठ नगरपालिका, , शंकरराज पाठक सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट टोखा नगरपालिका, प्रकाश आचार्य टोखा नगरपालिकाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लेखनाथ न्यौपाने शंखरापुरबाट भूमिकास्थान नगरपालिका, रमेश गौतम प्रदेश सचिवालय लुम्बिनीबाट शंखरापुर नगरपालिकामा सरुवा भएको छ ।

यस्तै मन्त्रालयले रामप्रसाद आचार्य गोकर्णेश्वर नगरपालिकाबाट जिल्ला समन्वय समितिको कार्यालय रसुवा, वैकुण्ठ प्रसाद सापकोटा मध्य नेपाल नगरपालिकाबाट गोकर्णेश्वर नगरपालिका, भोजराज घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट कागेश्वरी मनहरा नगरपालिका, गिरीराज ज्ञवाली कागेश्वरी मनहरा नगरपालिकाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, हरीप्रसाद चापागाईँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट चाँगुनारायण नगरपालिकामा सरुवा गरेको छ ।

मन्त्रालयले केही दिन अघि उत्तीर्ण भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका २५ जना उपसचिवहरूको पनि सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले कृष्ण गिरीलाई भक्तपुर नगरपालिका भक्तपुर, मानबहादुर गिरीलाई अक्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत, ममता बास्तोलालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, मोहन अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

मन्त्रालयको विवरण अनुसार राजेश गुरुङलाई कावासोती नगरपालिका नवलपरासी(बर्दघाट सुस्ता पूर्व), मिलन भट्टराईलाई सूर्योदय नगरपालिका इलाम, मङ्गलबहादुर शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका दिनेश प्रसाद थानीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत, धम्मनसिँह गौतमलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, गोकर्णराज सुयललाई राईनाम नगरपालिका लमजुङ र झविन्द्र खनाललाई शितगंगा नगरपालिका अर्घाखाँची पठाइएको छ ।

यस्तै मन्त्रालयले अच्युत ढुङ्गाना सञ्चार तथा सूचना प्रविधि मन्त्रालय वा अन्तर्गत, चण्डिका पौडेल टिकापुर नगरपालिका कैलाली र सुरज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत,महेश कुमार गुरुङलाई प्युठान नगरपालिका प्युठान, सन्ध्या सिग्देललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामकृष्ण श्रेष्ठलाई शिवसताक्षी नगरपालिका झापा, राम चन्द अर्याललाई गृह मन्त्रालय वा अन्तर्गत, सरुवा गरिएको छ ।

यसैगरी सम्झना देवकोटालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै अतिरिक्त समूहमा, विशाल सापकोटालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत, नमिता रेग्मीलाई धुनिवेशी नगरपालिका धादिङ र वसन्तबहादुर बोहरालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राकेश पाण्डेलाई रामग्राम नगरपालिका, नवलपरासी(बर्दाघाट सुस्ता पश्चिम), अर्जुन पौडेललाई गृह मन्त्रालय वा अन्तर्गत, राखिएको छ ।

४२ उपसचिवको पदस्थापन तथा सरुवा

ऊखु किसानलाई मारेर अर्बौको म्यारियट होटलमा लगानी

ऊखु किसानलाई मारेर अर्बौको म्यारियट होटलमा लगानी

काठमाडौँ– उखुकिसान ले रकम पाएनन सो रकमले अर्बौंको होटल खोलेर ब्यापार चलिरहेको छ ।

किसानको रकम तत्कालै दिने भन्दै उद्योग मन्त्रालयले गरेको वार्ता समितिले लेखेको सहमतिमा मसी सुकेको छैन ।

तर किसानको रकममा राइदाइ गर्नेको होटलमा प्रधानमन्त्री सम्मका ब्यक्तिलाई बोलाएर बैठक बसाल्छ्न ।

राजनीतिक पहुचका आधारमा उखु किसानको पैसा भुक्तानी गर्ने वार्ता समितिको सहमतिलाई चुनौती दिएको तथ्य बाहिर आएको छ।

भुक्तानी गर्नु पर्ने उखु किसानको पैसाबाट उद्योगी तथा माफिया शशिकान्त अग्रवालले होटल सञ्चालन गरेका हुन् ।

ऊखु किसानको भुक्तानी गर्नुपर्ने पैसा नदिएर उक्त पैसाको म्यारियट होटल सञ्चालन भएको हो ।

केपी ओली सरकारमा हुदा ओलीको सचिवालय जस्तै बनेको उक्त होटलका सञ्चालक चिनी उद्योगी तथा माफिया शशिकान्त अग्रवालको २ वटा चिनी उद्योग रहेको छ ।

जनकपुर स्थित एभरेष्ट चिनी मिल्स तथा सिरहाको मिचैयामा अन्नपुर्ण चिनी मिल्स ।

हाल उनको अन्नपुर्ण चिनी मिल सञ्चालनमा छैन बिगत २ बर्षदेखी उक्त उद्योग बन्द छ । तर बन्द भएको उनको चिनी उद्योगबाट समेत उनले चिनी उत्पादन गरी रहेका छन् ।

उनको बन्द भएको चिनी उद्योगबाट प्रतिकेजी ६० रुपैया फाईदा बचाएर अर्बौंको चिनी कारोवार हुन्छ भन्ने कुरा सुन्दा तपाईलाई अच्चम लाग्न सक्छ ।

तर यो बास्तबिक्ता हो । यो घटना न औद्योगिक क्रन्ति भएको देश बेलायत न अहिलेको आर्थिक क्रन्ति गरिरहेको देश चीनको हो ।

यो घटना बर्षौनी ब्यापार घाटा भोगीरहेको तथा उखुको पैसा नपाएर नाम मात्रैको अनुदान पाउने किसान रुदै सडकमा आउने देश नेपाल कैै हो ।

नेपालमा जम्मा १४ वटा चिनी उद्योग सञ्चालनमा रहेका छन् ।

ति १४ वटा चिनी उद्योग मध्ये २ वटा चिनी उद्योगका मालिक हुन् शशीकान्त अग्रवाल, उनले जनकपुर स्थित एभ्रेष्ट सुगर मिल्स र मिचैयामा अन्नपुर्ण सुगर मिल्स सञ्चालन गरेका छन् ।

यि दुई मध्ये मिर्चैयामा अन्नपुर्ण सुगर मिल्स विगत २ बर्षदेखी बन्द रहेको छ ।

उक्त बन्द रहेको सुगर मिलबाट उनले बिगत २ बर्षदेखी करोडौँको चिनी कारोवार गरी प्रती किलो ६० रुपैया फाईदा कमाउने गरेको उनको बन्द मिलको हिसाब हेर्दा प्रष्ट हुन्छ ।

उनले कमाएको यो मुनाफा उनको सोझो हिसावको आम्दानी भने होईन ।

मिचैयाको अन्नपुर्ण सुगर मिल्स केही बर्ष अगाडी सञ्चालनमा रहेको चिनी मिल हो ।

तर किसानको उखुको पैसा नतिरी चिनी उद्योग लामो समय सञ्चालन गर्न र बढी मुनाफा कमाउन उनले आफै चिनी उद्योग बन्द गरेर भारत बाट चिनी आर्यात गरी अन्नपुर्ण सुगर मिल्सको नाममा स्टिकर टासिंएको चिनी बजारमा खुलेआम कारोवार गर्दै आएका छन् ।

सरकार भने तस्करीको चिनी बिक्री गर्ने चिनी उद्योगको फाइदाका लागि विदेशी चिनी आयातमा कडाइ गरिरहेको छ ।

चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालको प्रभावमा परी सरकारले चिनीको आयातमा कडाइ गरेको हो ।

चिनी उद्योग सञ्चालनमा छैन तर पनी चिनी उत्पादन भने रोकिएको छैन् ।

भारतबाट सस्तोमा ३०–३५ रुपैया किलो चिनी ल्याएर अन्नपुर्ण सुगर मिल्सको नाममा प्याक गरेर बेच्ने गरेको हो ।

नेपालको कानुनले चिनी उद्योगीलाई बाहिरी देशबाट आर्यात गर्न बन्देज लगाईएको छ ।

तर पहुचको आधारमा शशीकान्त अग्रवालले कानुनको धजिया उडाउदै यस गैरकानुनी कार्यलाई जारी राखेका छन् ।

उनले तयारी चिनी सहित भारतबाट ल्याएर आर्यात गरेर बन्द कम्पनीलाई क्रसीङ्ग गराईएको बिवरण राखेका छन् ।

नेपाली किसानको ऊखुको पैसा भुक्तानी नगर्ने अनी भारतबाट उखु र चिनी समेत आर्यात गर्दा उनलाई आज सम्म कसैले रोकेको छैन ।

न सरकार न प्रशासनको ध्यानाकर्षण हुन सकेको छ नै।

बिगतको समयमा साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट चिनी आर्यात गरेर बजारमा सुलभ मुल्यमा चिनी आपुर्ती गरिरहेको थियो ।

तर पछिल्लो सरकारको पालामा मातृका यादब उद्योगमन्त्रि हुदा चिनी आर्यातमा रोक लगाउन लगाएर यिनले आफुले स्टक राखेका चिनी बजारमा सिन्डीकेट श्रृजना गरेर महँगो दाममा कारोबार गरेका थिए ।

उक्त समयमा आयातमा लगाएको रोकको असर अहिले सम्म साल्ट ट्रेडिङ्ग चिनी पर्याप्त मात्रामा आर्यात गर्न सकेको छैन । जस्को फल् स्वरुप बिगत ५ महिना अगाडी ७०–८० रुपैया रहेको चिनीको भाउ अहिले १०० रुपैया किलो पुगेको छ ।

अग्रवालले विदेशी चिनी आयातमा कडाई गर्न राम्रै पैसा खर्च गरेको स्रोतले बताएको छ ।

उक्त खर्च मार्फत उनले १५% भन्सार दर रहेको चिनीको भन्सार दर ३०% पुर्याउन सफल भए ।

अहिले पनि चिनीको भन्सार बढाएर आर्यात नियन्त्रण गर्दै उनले तस्करी गरी ल्याएका चिनी आफ्नो चिनी मिलको बोरामा प्याक गर्दै बिक्री वितरण गर्ने गरेका छन् ।

उद्योगपती शशीकान्त अग्रवालले बिगत २ बर्ष अगाडी बन्द गरेको चिनी मिलले अहिले सम्म किसानलाई पुरा भुक्तानी दिएको छैन ।

किसानको रगत पसिना चुसेर आलीशान म्यारियट होटलमा लगानी

किसानलाई उखुको पुरा भुक्तानी नदिएका शशीकान्त अग्रवालले किसानको पैसाबाट काठमाडौँमा आलीशान होटल सञ्चालनमा ल्याएका छन् ।

उखुको पैसा नपाएर माईतीघरको सडकमा किसान रुदै धर्नामा बस्दा उनको मेरियट होटलको तला थपिदै थियो ।

किसान आन्दोलन चलिरहदा बिभिन्न पार्टीका नेताहरुलाई उक्त होटलमा निमत्याएर, बिभिन्न पार्टीका भेला बैठक गराएर उनले आफु जोगीने प्रपञ्च गदै आएका थिए ।

शशीकान्त अग्रवाल ठुलो राजनीतिक पहुच भएका उद्योगपती हुन् । उक्त राजनीतिक पहुचको उनले गलत फाईदा उठाउदै आएका छन् ।

उनले किसानको रगत पसिना चुसेर कमाएको पैसामा काठमाडौँको नक्सालमा सञ्चालनमा ल्याएको म्यारियट होटल कुनै समय ओलीको सचिवालय जस्तै बनेको थियो ।

एक समय ओलीका बैठक, भेला, सम्मेलन, वार्ता सबै मेरियट होटलमा सञ्चालन हुन्थ्यो ।

उक्त समय म्यारियट होटलमा ओलीले नाममा एउटा स्विट रुम सधै बुक रहन्थ्यो ।

गरिब जनताका एजेन्डा बोकेर राजनीति गर्ने नेता नेतृत्व त्यस्ता ब्यक्तीको संरक्षणमा लागेर देखा अन्देखा गर्नु आफैमा एक लज्जाको बिषय हो ।

जनताको एजेन्डा बोकेका नेताको यस्ता माफियासँगको साठगाठले जनताले के अपेक्षा राख्ने ।

यस्ता माफियाहरुको कारवाहीमा सरकार तथा सम्बन्धीत निकाय लाचार देखिनुले नेपालमा ब्याप्त दण्डहिनता को पराकाष्टको चित्रण गरेको छ।

ऊखु किसानलाई मारेर अर्बौको म्यारियट होटलमा लगानी

सामान्य प्रशासनको प्रस्तावमा तीन सचिव थप्दै सरकार

सामान्य प्रशासनको प्रस्तावमा तीन सचिव थप्दै सरकार

काठमाडौँ-सरकारले सचिवको दरबन्दी थप्ने तयारी गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई प्राविधिक र एक प्रशासन गरी तीन सचिव थपको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।

प्रधानमन्त्री कार्यालयस्रोतका अनुसार एक प्राविधिक र एक प्रशासन र एक लगानी बोर्डका लागि दरबन्दी थपर्गे प्रस्ताव न लागेको हो ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरण खारेज भएसँगै त्यहाँका सचिव सुशिलचन्द्र तिवारीलाई लगानी बोर्डमा व्यवस्थापन गर्ने भएको छ ।

यससँगै अब नेपाल सरकारका मुख्यसचिवसहित सचिवहरूको सङ्ख्या ७४ पुग्ने भएको छ ।

पुनर्निर्माण प्राधिकरणसमेत गरेर ७२ जना सचिब रहेकोमा उक्त संस्थाको खारेजीसँगै ७१ जना हुनुपर्ने हो ।

तर तीन जना थप गरिएपछि पुनः सचिवको सङ्ख्या बढ्ने भएको हो ।

हाल कायम सचिवको दरबन्दी नै धेरै भएको जानकारहरुले बताउने गरेका छन् ।

निहित व्यक्तिको बढुवाका लागि थपिएको दरबन्दीले ब्यूरोक्रेसीलाई भद्दा बनाउने मात्र नभई राज्यको आवश्यकता भन्दा बढी भएको प्रशासनविद्हरू बताउँछन् ।

एउटा मन्त्रालयमा दुई-दुई जना सचिव नचाहिने भए पनि हाल ६ वटा मन्त्रालयमा दुई जना सचिव रहेका छन् ।

यदि कामकै लागि राखिएको हो भने दुई वटा सचिव रहेको मन्त्रालयले एउटा सचिव रहेको मन्त्रालयको भन्दा दोब्बर काम गरेको देखिनु पर्ने हो तर सचिव-सचिवकै झगडाले खासै काम भएको देखिँदैन

भएको जनशक्ती ब्यबस्थापन गरेर कार्यगर्न नसकेको सरकारले सचिव थपेर राज्यको आर्थिक बोझ बढाउने बाहेक अरुकेही फाईदा नहुने जानकारहरुले बताएका छन् ।

सामान्य प्रशासनको प्रस्तावमा तीन सचिव थप्दै सरकार

चिसोमा छालाको सङ्क्रमण

भरतपुर-चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् ।

अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।

नवलपुर र चितवनसहित तराईका जिल्लामा पुस १५ पछि चिसो ह्वात्तै बढेको छ ।

चिसो बढेसँगै चितवनसहित तराईका अधिकांश जिल्लामा हुस्सु र कुहिराले जनजीवन कष्टकर बन्दै गएको छ ।

चिसोबाट विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने भएकाले सावधानी अपनाउन भरतपुर अस्पतालका छालारोग विशेषज्ञ डा प्रशन्न नापेले सुझाव दिनुभयो ।

जाडो महिनामा विशेषगरी मानव छालामा पानीको मात्रामा कमी हुने, छाला सुक्खा हुनेहुँदा छालासम्बन्धी समस्या देखापर्ने गरेको डा नापेले बताउनुभयो ।

“छालामा हुने सुक्खापनका कारण सोरायसीस, इथायसीसजस्ता रोग तथा सङ्क्रमणका कारण लुतोजस्ता रोग बढी मात्रामा देखिने गरेको छ”, डा नापेले भन्नुभयो, “चिसोबाट हुने एलर्जीका कारण धेरैलाई हातका औँला, नाक तथा कानमा बढी समस्या देखिने गरेको छ ।”

चिसोको कारण एलर्जी देखिनेलाई नापेले चिसोबाट जोगिन सुझाव दिनुभयो ।

चिसोको एलर्जी हुने मान्छेले पञ्जा लगाएर काम गर्नुपर्ने डा नापेको सुझाव छ ।

छालामा सङ्क्रमण देखिएको अवस्थामा उपचार गर्नुपर्ने, आफैँले जथाभावी औषधि प्रयोग गर्नुभन्दा पनि छालारोग विशेषज्ञलाई देखाउनुपर्ने डा नापेको भनाइ छ ।

चिसोमा छालामा देखिने सोरायसी भन्ने रोग बल्झिन पनि सक्ने भएकाले चिकित्सकलाई देखाएरमात्रै औषधि सेवन गर्न डा नापेले सल्लाह दिनुभयो ।

भरतपुर अस्पतालका वरिष्ठ छालारोग विशेषज्ञ डा शशि हिराचनले जाडोमा शरीरलाई चिल्लो पार्न भन्दै तोरीको तेल लगाउने प्रचलन भएको उल्लेख गर्दै तोरीको तेलभन्दा नरिवलको तेल प्रयोग गर्नु उपयुक्त हुने बताउनुभयो ।

जाडोका कारण मानिसको छालामा समेत टिबी रोग लाग्ने भन्दै वरिष्ठ छालारोग विशेषज्ञ डा हिराचनले टिबीका कारण मानिसको सबै अङ्गमा प्रभाव पर्न सक्ने बताउनुभयो ।

छालामा देखिने टिबी पुरानो खालको दादजस्तो देखिने

टिबी छालामा देखिने पुरानो खालको दादजस्तो देखिने भएकाले त्यसको बायोप्सी परीक्षण गर्नुपर्ने डा हिराचनले बताउनुभयो ।

“पुरानो छालामा देखिने दादजस्तो रोग टिबी हुनसक्छ”, डा हिराचनले भन्नुभयो, ।

“त्यो कस्तो प्रकारको रोग हो भनेर बायोप्सी गरेपछि मात्रै थाहा हुन्छ।

जथाभावी औषधि सेवन गर्ने र लगाउने गर्दा त्यसले असर गर्नसक्छ ।”

डा हिराचनको भनाइ अनुसार छालामा देखिएको दादजस्तो भागको वरिपरि बिबिरा आएर बढ्दै जाने अवस्थाको रोग छालाको टिबी हुनसक्छ ।

“ पुरानो खालको दादजस्तो छालामा छ भने त्यतिकै घर नबसौँ, छालाको टिबी पनि हुनसक्छ”, डा हिराचनले भन्नुभयो ।

“अस्पतालमा गएर छालारोग विशेषज्ञलाई देखाएपछि रोगबारे थाहा हुन्छ, उपचारपछि रोग निको पनि हुन्छ ।”

चिसो मौसममा विभिन्न प्रकारका सरुवा तथा नसर्ने रोगको सङ्क्रमण देखिने गरेको छ ।

चिसोले गर्दा श्वासप्रश्वाससहित जण्डिस, एलर्जी, नाक बन्द हुनेसहितका दीर्घरोगीसमेत बढ्ने गरेका छन् ।

पछिल्लो समय विशेषगरी चिसोकै कारण रक्तचापका बिरामी बढेका भरतपुर अस्पतालका अध्यक्ष वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले बताउनुभयो ।

कोभिडको त्रासका कारण धेरै मानिस घरभित्रै बस्ने, खानपान बढी हुने, नुनिलो र चिल्लो पदार्थ बढी सेवन गर्ने तथा व्यायामका लागि बाहिर ननिस्कने कारण उच्च रक्तचाप र मधुमेहका बिरामी बढ्दै गएका डा अधिकारीले बताउनुभयो ।

आफ्नो वातावरणलाई सुधार गर्दै तातो र झोलिलो पदार्थ सेवन बढाएमा चिसोका कारण हुने विभिन्न रोगबाट जोगिन सकिने अधिकारीले बताउनुभयो ।

अरू बेलाभन्दा शरीरको प्रतिरोध क्षमता जाडोमा कमजोर हुने र कम घाम लाग्ने भएकाले शरीरका लागि चाहिने भिटामिन ‘डी’ को पनि कमी हुने भएकाले विशेष ध्यान दिनुपर्ने अधिकारीको सुझाव छ ।

सङ्गठन विस्तारमा तीव्रता दिँदै नेकपा एस

सङ्गठन विस्तारमा तीव्रता दिँदै नेकपा एस

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले काभ्रेपलाञ्चोकमा आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएको छ ।

उसले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय सङ्गठन विस्तार अभियानलाई तीव्र बनाएको हो ।

आइतबार धुलिखेल–१२ वडा कमिटी गठन गर्‍यो भने पार्टीले शनिबार चौँरीदेउराली–८ मा वडा कमिटी गठन र पनौती नगरमा युवासङ्घ गठन गरेको छ ।

समाजवादीले युवासङ्घ, किसान र महिला सङ्गठनलाई वडास्तरमा लगिरहेको हो ।

काभ्रेपलाञ्चोकमा धमाधम पार्टी वडा कमिटी तथा जनवर्गीय सङ्गठन निर्माण भइरहेको जिल्ला सचिव दीपक गौतमले बताउनुभयो ।

उहाँले छ नगरपालिका र सात गाउँपालिका तथा १३५ वडा रहेको काभ्रेपलाञ्चोकको हालसम्म ८७ वडामा कमिटी गठन गरिएको जानकारी दिनुभयो ।

गौतमका अनुसार यही पुस मसान्तसम्म सबै वडामा कमिटी गठन सक्ने अभियान रहेको छ ।

उहाँले हालसम्म महिलाको पालिकास्तरमा सात तथा ६१ वडामा सङ्गठन विस्तार भइसकेको बताउनुभयो ।

उहाँका अनुसार युवाको नौ स्थानीय तहमा र ७२ वडामा, किसानको २५ वडामा तथा विद्यार्थीको १७ विद्यालय÷क्याम्पसमा कमिटी गठन भएको छ ।

१७ जनवर्गीय सङ्गठनको कमिटी गठन

साथै १७ जनवर्गीय सङ्गठनको पालिकास्तरमा कमिटी गठन भइसकेको जनाइएको छ ।

पार्टीले विशेषगरी वडास्तरमा पार्टी कमिटीसँगै युवा, महिला र किसान जनवर्गीय सङ्गठन घोषणा गरिरहेको छ ।

केही वडा कमिटी गठन गर्न पार्टीका सङ्घीय तथा प्रदेशमन्त्रीसमेतलाई उपस्थित गराइएको छ ।

गत महिना स्थानीय तहमा पार्टीको कमिटी निर्माणपछि काभ्रेपलाञ्चोकमा सङ्गठन विस्तारको अभियानलाई थप तीव्रता पारिएको जनाइएको छ ।

“वडा कमिटी गठन गर्न जिल्ला तथा केन्द्रीय नेतालाई जिम्मेवारी तोकिएअनुसार तीव्ररूपमा भइरहेको छ, आउँदो पुस मसान्तसम्म सक्ने योजनाअनुसार गाउँस्तरमा लागेका छौँ”, जिल्ला अध्यक्ष टोकबहादुर वाइवाले भन्नुभयो ।

मण्डनदेउपुर नगरमा भने सबै वडामा कमिटी निर्माण भइसकेको छ ।

वाइवा उक्त नगरको प्रमुखसमेत रहनुभएको छ । उहाँले क्रमैसँग जनवर्गीय सङ्गठनसमेत गठन गर्दै गएको बताउनुभयो ।

नेकपा (एमाले)सँग विभाजन भएसँगै निर्माण भएको उक्त पार्टीमा गत भदौ अन्तिम साता काभ्रेपलाञ्चोकमा निर्वाचित ५६ जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा सनाखत गर्नुभएको थियो ।

तत्कालीन एमाले नेतृत्वले एकलौटी ढङ्गले पार्टी सञ्चालन र मनोमानीरूपमा एकल निर्णय गर्दै एकोहोरो अघि बढेकाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै नयाँ कम्युनिष्ट पार्टी निर्माणको अभियानमा लाग्नुपरेको वाइवाले बताउनुभयो ।

एकीकृत समाजवादीमा काभ्रेपलाञ्चोबाट नेतृत्व गर्नुभएका एमालेबाट निर्वाचित पूर्व सांसदत्रय शिवबहादुर देउजा, कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा रहनुभएको छ ।

देउजा हाल समाजवादीमा केन्द्रीय अनुशासन आयोग अध्यक्ष हुनुहुन्छ भने कृष्णप्रसाद सापकोटा पोलिटब्यूरो सदस्य र अर्का सापकोटा केन्द्रीय सदस्य रहनुभएको छ ।

जिल्लामा हालका दुई प्रदेश सांसद पनि समाजवादीका हुनुहुन्छ ।

सङ्गठन विस्तारमा तीव्रता दिँदै नेकपा एस

काँग्रेसमा रामचन्द्र पौडेल देउवा पछिको वरियतामा

काँग्रेसमा रामचन्द्र पौडेल देउवा पछिको वरियतामा

काठमाडौँ-नेपाली काँग्रेसमा रामचन्द्र पौडेलले दोस्रो वरियता पाएका छन् ।

सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई देउवाले दोस्रो वरियतामा राखेका हुन् ।

१४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले केन्द्रीय समितिमा मनोनयन गरेका हुन् ।

सोमबार बसेको केन्द्रीय समितिको बैठकमा देउवाले पौडेललाई दोस्रो वरियतामा राखेका हुन् ।

आफ्नो गुटमा सभापती उम्मेद्वारको कुरा नमिलेपछी राजनीतिबाटै सन्यास लिनेसम्मको धारणा पौडेलले सार्वजनिक गरेका थिए ।

उनले पछि फेरि उक्त कुरा भावनात्मक आवेगमा आएको भन्दै राजनीतिमा सक्रिय रहिरहने बताएका थिए ।

काँग्रेसमा रामचन्द्र पौडेल देउवा पछिको वरियतामा