प्रहरी र सीके राउत समुहबीच झडप: १३ जना घाइते

प्रहरी र सीके राउत समुहबीच झडप: १३ जना घाइते

काठमाडौं-प्रहरी र सीके राउत समुहबीच झडप भएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरी बसेका जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

झडपमा ८ जना सुरक्षाकर्मी सहित १३ जना घाईते भएको प्रहरीले जनाएको छ ।

सडक खुलाउने क्रममा आन्दोलनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि झडपको स्थिती श्रृजना भएको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीसमेत चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वसन्त रजौरेले जानकारी दिएका छन्।

उनका अनुसार नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका एक गरेर आठ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रहरीले ११ राउण्ड रबरको गोली र १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।

सम्झाइबुझाइ गर्दा नमानेर उल्टै सुरक्षाकर्मीमाथि ढुंगामुढासहित आक्रमण गरेपछि नियन्त्रणमा लिन रबर गोली र अश्रुग्याँस प्रहार गरिएको रजौरेले जानकारी दिए।

घाइते भएका जनमत पार्टीका कार्यकर्तालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि तराइका जिल्लामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै प्रदर्शन गर्दै आएको छ।

प्रहरी र सीके राउत समुहबीच झडप: १३ जना घाइते

देसका सबै तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

देसका सबै तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं-स्वास्थ्य मन्त्रालयले सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई सावधानी अपनाउन निर्देशन दिएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै जिल्ला, प्रदेश र स्थानीय तहलाई सावधानी अपनाउन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट थप फैलन नदिन भन्दै सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो ।

भाइरसका नयाँ नयाँ भेरिययन्टहरू आउँन सक्ने सम्भावना याथावत् रहेको हुँदा स्वास्थ्य मन्त्रालयको निर्देशिका र जनस्वजास्थ्य मापदण्डको पूर्णपालन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले भीडभाडमा मास्क लगाउन र खोप लगाउन छुटेका सबैलाई समयमा खोप लगाउनसमेत सबैमा आग्रह गरेको छ ।

सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न मन्त्रालयले सबै सरोकारबाला निकायलाई निर्देशन दिएको छ ।

देसका सबै तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

मेट्रोका पाल महाशाखाका खापुङको जिम्मेवारी हेरफेरको तयारी

मेट्रोका पाल महाशाखाका खापुङको जिम्मेवारी हेरफेरको तयारी

काठमाडौं-महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआइजी तथा महानगरीय अपराध महाशाखाका एसएसपीको जिम्मेवारी हेरफेर हुने भएको छ ।

गृह मन्त्रालयले एआइजी हरि पालको अवधि एक वर्ष पुगेकाले हेरफेर गर्न लागिएको स्रोतले बताएको छ ।

गत वर्ष मंसिरमा एआइजी हरि पालको मेट्रोमा सरुवा भएको थियो।

केपी ओली सरकारले गत असारमा उनलाई प्रहरी प्रधान कार्यालय सरुवा गरेपनि लगत्तै शेरबहादुर देउवा सरकार आएपछि उनको सरुवा रोकिएको थियो ।

गृहमन्त्री बालकृष्ण खाण एआइजी हरि पालको कलेजदेखिका साथी भएकाले उनको सरुवा रोकिदिएको स्रोतले दावि गर्ने गरेका छन् ।

तर, पछिल्लो समय गृहमन्त्री खाण र एआइजी पालबीचको व्यक्तिगत सम्बन्ध बिग्रिएको सोतले बताएको छ ।

तीन जना भारतीयलाई पक्राउ गरी गोप्य रुपमा भारतलाई बुझाएको पाइएपछि एआइजी पाल र गृहमन्त्री खाणको सम्बन्ध बिग्रिएको हो ।

सो प्रकरणमा गृह मन्त्रालयले उनलाई कारबाहीको प्रयास गरेपनि बालुवाटारको दबाबमा कारबाही रोकिएको थियो ।

बालुवाटारकै शक्तिमा बैशाखसम्म मेट्रोमै रहने पालको चाहना भएपछि गृहमन्त्री उनलाई हटाउने पक्षमा छन् ।

मेट्रोमा सरुवा हुन कसैको लबिङ नहुँदा पनि छिटो हेरफेर नभएको हो ।

एआइजीमध्ये विश्वराज पोखरेलले मेट्रोको कमाण्ड सम्हाली सकेका छन् ।

एआइजी सहकुलबहादुर थापा आगामी बैशाखमा आइजिपीको लागि लबिङमा रहेको बुझिएको छ ।

एआइजीद्वय प्रद्युम्न कार्की र निरजबहादुर शाही सरुवाका लागि नेताका नधाउने प्रहरी अधिकृत भएकाले मेट्रोबाट पालको सरुवा नभएको सोतले बताएको छ ।

अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङको पनि करिब ११ महिना पुगेको छ ।

गत वर्ष फागुनमा उनको महाशाखामा सरुवा भएको थियो ।

ओली सरकारले नै उनलाई त्यहाँ सरुवा गरेको भएपनि उनलाई हालसम्म हटाइएको छैन ।

उनको हुन्डी कारोबारी तथा केही गुन्डा नाइकेसँग साँठगाँठ देखिएको सूचना गृह मन्त्रालयमा पुगेको छ ।

दरबारमार्ग वृत्तमा पनि हुँदा गुन्डा नाइकेलाई सघाएको खुलेपछि उनीमाथि कारबाही भएको थियो ।

मेट्रोका पाल महाशाखाका खापुङको जिम्मेवारी हेरफेरको तयारी

प्रधानमन्त्री निवासमा गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री निवासमा गठबन्धनको बैठक बस्दै

काठमाडौँ-सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने भएको छ ।

भोली हुने छलफलमा राष्ट्रियसभाको निर्वाचनमा भागबण्डाको बिषय टुङ्गो लाग्ने बताईएको छ ।

काँग्रेस महामन्त्री गगन थापाका अनुसार भोलि बिहान गठबन्धनको बैठक बसेर कुन पार्टीको भागमा कति सबै टुंग्याउँने योजना रहेको छ ।

माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक भोलि बिहान बस्न लागेको उनको भनाइ छ ।

आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसदको कार्यकाल समाप्त हुदै छ ।

एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, काँग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

राष्ट्रपतिबाट मनोनित हुने एक स्थान बाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ ।

सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर चुनावमा जाने तयारीमा छन् ।

प्रधानमन्त्री निवासमा गठबन्धनको बैठक बस्दै

नेपाली सेनामा अधिकृत क्याडेटको दरखास्त आह्वान

नेपाली सेनामा अधिकृत क्याडेटको दरखास्त आह्वान

काठमाडौं-नेपाली सेनाले अधिकृत क्याडेटमा दरखास्त आह्वान गरेको छ।

नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले २ सय २९ जना अधिकृत क्याडेटको भर्ना खुलाएको हो ।

१२० जना खुला, ३३ जना आदिवासी जनजाति, २९ मधेशी, २१ महिला, १५ दलित, ६ जना सैनिक सन्तति र पाँच जना पिछडिएको क्षेत्रबाट नेपाली सेना भर्ना छनौट निर्देशनालयले माग गरेको छ ।

दरखास्त माघ २४ गतेसम्म बुझाउन सकिने निर्देशनालयले जनाएको छ।

नेपाली सेनामा अधिकृत क्याडेटको दरखास्त आह्वान

गण्डकी प्रदेशमा तीन सिटका लागि राष्ट्रियसभा निर्वाचन

गण्डकी प्रदेशमा तीन सिटका लागि राष्ट्रियसभा निर्वाचन

आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा चुनाव हुने भएको छ ।

राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा गरी आगामी फागुनमा बिदाई हुने सदस्यको खाली हुने स्थानमा निर्वाचन आयोगले निर्वाचन गर्न लागेको हो ।

गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का दुई र नेकपा (एकीकृत समाजवादी)का एक गरी तीन सिट खाली हुने भएपछि सो सिटमा निर्वाचन हुन लागेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

माओवादीबाट दीनानाथ शर्मा ‘अन्य समूह’ र खिमकुमार विक ‘दलित’ समूहबाट राष्ट्रियसभामा निर्वाचित हुनुभएको थियो ।

यसैगरी एकीकृत समाजवादीका शान्तिकुमारी अधिकारी ‘महिला कोटा’मा निर्वाचित हुुनुभएकामा उहाँहरुको चार वर्षे पदावधि आगामी फागुनमा पूरा हुन लागेकाले निर्वाचन प्रक्रिया सुरु गरिएको प्रदेश निर्वाचन अधिकृत एवं कार्यालयका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन तयारीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना, मतदाता नामावली प्रकाशन, नामावली उपर दाबी विरोधलगायतका कार्यक्रम सम्पन्न भएका छन् ।

यही पुस २० गते उम्मेद्वारको मनोनयन दर्ता हुने प्रमुख पराजुलीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“राष्ट्रियसभा सदस्यको निर्वाचन तयारी भइरहेको छ, शनिबार मतदाता नामावली प्रकाशन ग¥र्यो, कसैको पनि दाबी विरोध परेको छैन । पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गरिनेछ ।”

प्रदेश निर्वाचन कार्यालय पोखरामा हुने निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।

प्रदेशसभा र स्थानीय तहका मतदाताका लागि छुट्टाछट्टै मतदान केन्द्र रहने कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार पदावधि समाप्त भई रिक्त हुन आउने सदस्य पदको निर्वाचन सो पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन हुने गरी मिति तोक्नुपर्ने व्यवस्था संविधानमा छ ।

माघ १२ गते निर्वाचनको कार्यतालिका

फागुनमा रिक्त हुने पदका लागि माघ १२ गते निर्वाचनको कार्यतालिका छ ।

गण्डकीमा ५९ जना प्रदेशसभा सदस्य र ८५ स्थानीय तहका प्रमुख र उपप्रमुख १७० गरी कूल २२९ मतदाता छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ रहनेछ ।

संविधान बमोजिम राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, महानगर, उपमहानगर तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहनेछन् ।

नेपालको संविधान जारी भएपछि विसं २०७४ माघ २४ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो ।

जसमा प्रत्येक प्रदेशबाट एक दलित, एक अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट गरी १४ जना बहुमतीय निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए ।

यसैगरी प्रत्येक प्रदेशबाट तीन महिला र तीन अन्य समूहबाट गरी ४२ जना एकल सङ्क्रमणीय निर्वाचन प्रणालीको आधारमा निर्वाचित भए भने मन्त्रिपरिषद्को सिफारिसमा एक महिलासहित तीन जना राष्ट्रपतिबाट मनोनित भएका थिए ।

राष्ट्रियसभामा कूल ५९ सदस्य रहने व्यवस्था छ ।

निर्वाचित सदस्यको पदावधि छ वर्षको हुन्छ र एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ ।

पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिएको छ ।

पहिलो दुई वर्षमा पदावधि समाप्त भएका १९ जना सदस्यको विसं २०७६ माघ ९ गते राष्ट्रियसभाको निर्वाचन भएको थियो ।

चार वर्षमा पदावधि समाप्त हुने २० सदस्यका लागि माघ १२ गते सातै प्रदेशमा निर्वाचन हुँदैछ ।

गण्डकी प्रदेशमा तीन सिटका लागि राष्ट्रियसभा निर्वाचन

शव बोकेको बस दुर्घटना:७ जनाको मृत्यु

शव बोकेको बस दुर्घटना:७ जनाको मृत्यु

बुटवल-गुल्मीको रिडी तर्फ जाँदै गरेको बस दुर्घटना भएको छ ।

बुटवलबाट शव लिएर रिडी तर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।

लु २ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ ।

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरिरहेको प्रहरीले जनाएको छ ।

शव बोकेको बस दुर्घटना:७ जनाको मृत्यु

प्रतिनिधिसभाको आजको बैठक स्थगित

प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौँ-प्रतिनिधिसभाको आज बस्ने गरी तय भएको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २२ गतेसम्मका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जारी गर्नुभएको सूचनामा ‘विशेष कारणवश’ प्रतिनिधि सभाको बैठक स्थगित भएको उल्लेख छ ।

सूचनामा लेखिएअनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३) बमोजिम प्रतिनिधिसभाको अर्को बैठक पुस २२ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ ।

आजका लागि बोलाइएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको जनाइएको छ ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेपछि बैठक स्थगित भएको बताइएको छ ।

सो पार्टीको आठौं राष्ट्रिय महाधिवेशन यही पुस ११ गतेदेखि काठमाडौंमा जारी छ ।

प्रतिनिधिसभाको आजको बैठक स्थगित

नगरपालिकाका प्रशासकीय अधिकृत जुवा खालबाट पक्राउ

नगरपालिकाका प्रशासकीय अधिकृत जुवा खालबाट पक्राउ

काठमाडौँ-प्रहरीले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित १३ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ ।

जाजरकोटको भेरी नगरपालिका –४ गैरीखालीस्थित सन्तोष श्रेष्ठको घरबाट बिहान तीन बजे प्रहरीले निमित्त प्रमुख प्रशासकीय अधिकृत र सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्षसहित १३ जनालाई पक्राउ गरेको हो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती र नेपाली काङ्ग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढासहित १३ जना पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको साथबाट २ लाख ५२ हजार एक सय २० रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाका प्रशासकीय अधिकृत जुवा खालबाट पक्राउ

पौष कृष्ण औँसी: तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

पौष कृष्ण औँसी: तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा विधिपूर्वक गरिँदै छ ।

दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि छ ।

पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा आज श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले राससलाई जानकारी दिनुभयो ।

सौरमास अनुसार माघे सङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ ।

उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ ।

वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ ।

यसै आधारमा आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावती, बराहक्षेत्र, विष्णुपादुकालगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ ।

गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ । आजको औँसीलाई गयामौनी औँसी पनि भनिन्छ ।

पितृलाई दक्षिणायनको अन्तिम बिदाइका रूपमा आजको श्राद्ध

पितृलाई दक्षिणायनको अन्तिम बिदाइका रूपमा आजको श्राद्ध गर्ने गरिएको हो ।

दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघर तिरका तीन पुस्तालाई पिण्ड दिई गरिने श्राद्ध शास्त्रीयरूपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो ।

तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको पूर्व सहप्राध्यापक सापकोटा बताउनुहुन्छ ।

“महालय परपक्ष र पितृ पक्षसमेत भनिने सोह्र श्राद्धमा नै दर्शश्राद्ध गर्न थालिएको छ, महालयमा सबै पितृलाई पिण्ड दिनुपर्छ, दर्श श्राद्धमा छ जनालाई दिनुपर्छ, घर र मामाघरतिरका तीन–तीन पुस्तालाई गरी छ वटा पिण्डदान गर्ने श्राद्ध नै दर्श श्राद्ध हो, एकोद्दिष्ट गणका सबैलाई पिण्ड दिने श्राद्ध महालय श्राद्ध हो, शब्दमा सोह्र श्राद्धलाई महालय श्राद्ध भनिए पनि व्यवहारमा लोप भएको छ”, उहाँले भन्नुभयो ।

श्राद्ध भनेको श्रद्धा हो । शास्त्रअनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन ।

महालयमा कसै–कसैले सबै पितृलाई पिण्ड दिए पनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन ।

यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तोमात्र भई विधि नपुगेको धर्मशास्त्रविद्को तर्क छ ।

आज औँसीमा सूर्य अस्ताउने भएकाले पितृकर्म आजै गर्नुपर्छ ।

उदयमा औँसी देवकर्मका लागि गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष आज बिहान सूर्योदयदेखि नै औँसी तिथि रहेकाले देवकर्म र पितृकर्म दुवै एकै दिन गर्नुपर्छ ।

बिहान देवकर्म र मध्याह्नकालमा पितृकर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।

प्रलेसको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते

प्रलेसको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते

काठमाडैँ-नयाँ नेतृत्व चयनका लागि प्रगतिशील लेखक सङ्घ नेपालको १२औँ राष्ट्रिय सम्मेलन आगामी चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ ।

सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीका अध्यक्षतामा शनिबार सम्पन्न केन्द्रीय समिति र तेस्रो राष्ट्रिय परिषद् बैठकले सम्मेलनका लागि आयोजक समितिसहित विभिन्न उपसमिति गठन पनि गरेको छ ।

सङ्घले व्यवस्थापन, प्रकाशन, स्रष्टा सम्मान, प्रतिवेदन मस्यौदा, विधान मस्यौदा, प्रचार–प्रसार, स्वयंसेवक परिचालन र अतिथि सत्कार उपसमिति गठन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सम्मेलनअघि आगामी फागुन महिनाभरि जिल्ला सम्मेलन र चैतको पहिलो हप्तासम्म प्रदेश सम्मेलन गरिने अध्यक्ष डा गिरीले बताउनुभयो ।

सम्मेलन तयारीका सन्दर्भमा अन्य प्रगतिशील घटकहरूलाई पनि समावेश गर्न अध्यक्ष गिरीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ ।

सो समितिका सदस्यमा पूर्वअध्यक्ष मातृका पोखरेल, महासचिव समीर सिंह, उपमहासचिव आरसी न्यौपाने र सदस्य शालिग्राम तिमिल्सिना हुनुहुन्छ ।

प्रलेस मुलुकका सबै वाम घटकमा आवद्ध स्रष्टाको पुरानो संस्था हो ।

प्रलेस प्रतिभा पुरस्कारको अक्षयकोषमा वृद्धि गर्न आनन्ददेव भट्टकी जीवन सङ्गिनीले थप रु दुई लाख तथा प्रलेस युवा प्रतिभा पुरस्कार स्थापनाका लागि अक्षयकोष स्थापनार्थ अध्यक्ष गिरीले रु एक लाख प्रदान गर्नु भएकामा बैठकले धन्यवाद ज्ञापन गरेको छ ।

प्रलेसको राष्ट्रिय सम्मेलन चैत २५ र २६ गते

सहमति नभए चुनावमा: प्रचण्ड

सहमति नभए चुनावमा: प्रचण्ड

काठमाडौँ-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्य चयनमा सहमति नभए चुनावमा जाने बताएका छन् ।

‘उनले केन्द्रीय सदस्य चयनमा सहमति हुने बताउदै नभए निर्वाचनमा जाने बताएका हुन् ।

क्लस्टर र खुला सदस्यमा सहमतिबाट चयन गर्ने प्रयास भइरहेको प्रचण्डले बताएका हुन्।

सहमतिबाट केन्द्रीय कमिटी चयनका लागि पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा साँझ ५ बजे बन्दसत्र थाती राखेर छलफल थालेको छ ।

निर्वाचन समितिका प्रमुख विष्णु पुकार श्रेष्ठले निर्वाचन कार्यतालिका निकाल्ने तयारी गरेको बताए।

‘सहमतिको लागि प्रयास हुने र त्यही प्रयासका बिच निर्वाचनको कार्यतालिका सार्वजनिक गरिने उनले बताएका छन् ।

सहमति नभए चुनावमा: प्रचण्ड

प्रधानसेनापति स्वस्थ्य परीक्षणका लागि भारत जादै

प्रधानसेनापति स्वस्थ्य परीक्षणका लागि भारत जादै

काठमाडौँ-स्वास्थ्य परीक्षणका लागि प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् ।

उपचारका लागी भारत जान नेपाल सरकार मन्त्रिपरिषद्ले उनको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १५ गतेको बैठकले उनको बिदा स्वीकृत गरेको हो ।

उनको स्थानमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार सम्हाने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति स्वस्थ्य परीक्षणका लागि भारत जादै

३४ वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय

३४ वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय

काठमाडौँ-सरोकारवालाको बेवास्ताका कारण महोत्तरीको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ ।

अति गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका वडा नं ९ मधवा गाउँमा अवस्थित श्री हनुमानदत्त विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासिनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालित रहेको छ ।

सो विद्यालय महोत्तरीको निर्वाचन क्षेत्र नं ३ मा अवस्थित छ भने यहाँबाट सङ्घीय सांसदमा लोकतान्त्रिक समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर एवं प्रदेश सभासदस्यमा सोही पार्टीका रानीकुमारी तिवारी निर्वाचित हुनुभएको छ ।

उहाँहरुले समेत कुनै चाँसो नराख्दा विद्यालयको अवस्था जस्ताको त्यस्तै रहेको छ ।

नेपाल भारतको दशगजा क्षेत्रको १० मिटर मात्रै उत्तर किनारामा मुसहर बस्तीको छेउमै अवस्थित सो विद्यालय अहिले बालकक्षादेखि ५ सम्म एउटै शिक्षकले धानिरहेका छन् ।

आफैँ प्रधानाध्यापक, आफैँ कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगीसमेत भएर २०४४ सालदेखि नै सो विद्यालयमा बालबालिकालाई सेवा दिँदै आएको प्रधानाध्यापक एवं एक्लो शिक्षक रामयाद राउतले बताउनुभयो ।

विसं २०१० मा स्थापित त्यस क्षेत्रकै पहिलो विद्यालय अहिले देशमा तीन तहको सरकार भए पनि कसैको नजरमा पर्न सकेको छैन ।

भवन, कक्षाकोठा, शौचालय, खानेपानी अभाव र खुला आकाशमुनि टुटे भत्केको कोठा

भवन, कक्षाकोठा, शौचालय, खानेपानी अभाव र खुला आकाशमुनि टुटे भत्केको कोठाको बरण्डामा वर्षौंदेखि शिक्षा ग्रहण गर्न ससाना बालबालिका बाध्य रहेका छन् भने शिक्षक एवं प्र अ राउतले नचाहेर पनि सोही परिस्थितिमा पठनपाठन गराउन विवश रहेको दुखेसो व्यक्त गर्नुभयो ।

त्यस विद्यालयको बालकक्षामा २०, १ कक्षामा ६१, २ कक्षामा ७४, ३ कक्षामा ५३, ४ कक्षामा ५५ र ५ कक्षामा ६९ गरी जम्मा ३३३ छात्रछात्रा त्यस विद्यालयमा अध्ययनरत छन् ।

त्यस विद्यालयमा स्थापनाकालमै निर्मित पुराना जीर्ण तीन कोठा मात्रै छन् भने सोही कोठामा प्र अ राउतले कक्षा सञ्चालन र कार्यालय सञ्चालन गरिरहनुभएको छ ।

विद्यार्थीको चापले गर्दा पठनपाठनमा व्यवधान, कार्यालय सञ्चालनमा समस्या र खाजा पकाउने काममा समेत बाधा अवरोध हुने भएपछि त्यहाँ अध्ययनरत ७० प्रतिशत विद्यार्थीलाई कोठा बाहिर बनाइएको चिसो बरण्डामा बसाएर पढाउनुपर्ने बाध्यता रहेको प्र अ राउतले बताउनुभयो ।

करिब पाँच कठ्ठा क्षेत्रफल रहेको त्यस विद्यालयमा जति पनि कक्षाकोठा बनाउन मिल्ने पर्याप्त जग्गा रहेको, खुला चौर रहेको र शौचालय, खानेपानीलगायतका सबै सुविधा जडान गर्न पर्याप्त आधार रहे पनि कसैले चासो नदेखाउँदा समस्या रहेको स्थानीय बयोबृद्ध बुधवा सदाले बताउनुभयो ।

३४ वर्षदेखि एउटै शिक्षकका भरमा विद्यालय

घरभित्रै पुरुष मृत फेला

घरभित्रै पुरुष मृत फेला

काठमाडौं-घर भित्रै पुरुष मृत फेला परेका छन्।

भक्तपुरमा एक जना पुरुष घर भित्रै मृत फेला परेको हुन् ।

काभ्रेपलान्चोक भगवती गाउँपालिका स्थिमई घर भएका ३४ वर्षीय देवराज थापा मृत भेटिएको भक्तपुर प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार आज बिहान करिब ७ बजेतिर भक्तपुर मध्यपुर थिमी नगरपालिका–८ स्थित घरको रेलिङमा थापा मृत फेला परेका थिए।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

घरभित्रै पुरुष मृत फेला