सात निर्माण कम्पनी कालोसूचीमा

सरकारले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो ।

उक्त कार्यालयको बुधबार बसेको बैठकले आजदेखि लागू हुने गरी सात निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशको सल्यानस्थित पूर्वाधार विकास कार्यालय कार्यायको सिफारिसमा काठमाडौँको महाराजगञ्जस्थित आरोग्य कन्स्ट्रक्शन प्रालिलाई तीन वर्षका लागि, दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिफारिसमा काठमाडौँकै हाँडीगाउँस्थित डाइग्नोकेस जय शम्भु जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो ।

तुलसीपुरस्थित बालन ब्रदर्स कन्स्ट्रक्शन एण्ड सप्लायर्स, बरदान कन्सल्टेन्ट एण्ड कन्स्ट्रक्शन प्रालि, अनामनगरस्थित ग्रीन टेक प्रोजेक्ट प्रालि, बाँकेको सोनारीस्थित एसएनसी निर्माण सेवा प्रालि र लुम्बिनीको रुपन्देहीस्थित शाह निर्माण सेवा कम्पनीलाई एक–एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेका कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् ।

कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ ।

छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने प्राधिकरणको व्यवस्था

छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने प्राधिकरणको व्यवस्था

के तपाई अब विद्युतीय सवारीसाधन प्रयोग गर्ने सोंचमा हुनुहुन्छ ?

त्यसका लागि चार्जिङ सिष्टम कसरी जडान गर्ने र त्यसको बिल कसरी तिर्ने भन्ने जिज्ञासा पनि स्वभाविक रुपमा नै आउँछ नै ।

नेपाल विद्युत् प्राधिकरणले अब विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिका लागि आफ्नै घरमा छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने व्यवस्था गरेको छ ।

घरायसी प्रयोजनका लागि स्वीकृत लोडले नधानेर गाडी चार्ज गर्न नसकिएमा ग्राहकले आफ्नो घरको कम्पाण्डमा ठूलो क्षमताको छुट्टै मिटर राखी गाडी चार्ज गर्न पाउने छन् ।

प्राधिकरणले विद्युत वितरण विनियमावली, २०७८ मार्फत घरमै विद्युतीय गाडी चार्ज गर्न छुट्टै मिटर माग गरेमा ग्राहकलाई मिटर दिने व्यवस्था गरेको हो ।

प्राधिकरण सञ्चालक समितिको गत २० पुसको ८९२ औँ बैठकबाट पारित भएको विनियमावली कार्यान्वयनमा आइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् सेवा छिटो, सर्वसुलभ एवं सहज रुपमा उपलब्ध गराउन र विद्युत् खपत बढाउने गरी ग्राहकमैत्री नयाँ विद्युत् वितरण विनियमावली कार्यान्वयमा ल्याइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विगतमा लोडसेडिङको अवस्थामा हरेक कुरामा प्रतिबन्ध लगाउन खोजिएको थियो, अहिले लोडसेडिङ अन्त्य भई मुलुकभित्र उत्पादित विद्युत् यही खपत बढाउनुपर्ने बाध्यात्मक अवस्था छ, यसलाई ध्यान दिई ग्राहकलाई माग बमोजिम छिटोभन्दा छिटो भरपर्दो तथा गुणस्तरीय सेवा उपलब्ध गराउने र विद्युत् खपत बढाउने गरी नयाँ विनियमावली कार्यान्वयनमा ल्याएका छौ ।”

बिजुलीको खपत बढाउन विद्युत् महसुल घटाउँदै लगेको छ । सेवालाई पनि सहजीकरण गरी ग्राहकमैत्री बनाउन अधिकतम प्रयास गरिरहेको छ ।

विनियमावलीमार्फत प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ पूर्वाधार निर्माण तथा सञ्चालनका नीति कार्यान्वयनमा ल्याएको छ ।

निजी आवास, कार्यालय, फर्म-कम्पनी-संस्थामा निजी र सार्वजनिकस्थल, निजी घरजग्गामा सार्वजनिक चार्जिङ स्टेसन स्थापना गर्न स्वीकृत प्राप्त निकाय-फर्म-व्यक्ति-कम्पनीलाई अनुमति दिने छ ।

सहरी क्षेत्रमा सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्ने संस्थालाई प्राथमिकता

मुख्य–मुख्य सहरी क्षेत्रमा सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्ने संस्थालाई प्राथमिकता दिइनेछ ।

साथै, सरकार, सार्वजनिक संस्थान र स्थानीय तहले सार्वजनिक चार्जिङ स्टेसन सञ्चालन गर्न चाहेमा प्राथमिकता दिइने व्यवस्था गरिएको छ ।

सरकारबाट स्वीकृत लिएर सार्वजनिक जग्गामा सार्वजनिक विद्युतीय सवारी चार्जिङ स्टेसन स्थापना गर्न चाहेमा पनि स्वीकृति दिने व्यवस्था गरिएको छ ।

विनियमावलीमार्फत सार्वजनिक चार्जिङ स्टेसनको प्रवद्र्धनका लागि विशेष व्यवस्था गरिएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दुई सय केभिएसम्मको विद्युत् डिमाण्ड भएका चार्जिङ स्टेसन स्थापना गर्ने सेवा प्रदायकलाई प्राधिकरणले ट्रान्सफरर्मरसहितको विद्युत् सेवा प्रवाह गर्नेछ ।

त्यो भन्दा माथिल्लो डिमाण्ड हुने चार्जिङ स्टेसनको हकमा भने एचटी लाइनको काम प्राधिकरणले गर्नेछ तर ट्रान्सफरमर जडान लगायतका बाँकी काम सेवाप्रदायकले नै गर्नुपर्नेछ ।”

चार्जिङ स्टेसनका लागि छुट्टै विद्युत् महसुल समेत लागू भइसकेको छ ।

चिस्यान केन्द्र, खानेपानी र सिंचाइलाई सुविधा प्राधिकरणले सहकारी संस्थाले सञ्चालन गरेका दुग्ध चिस्यान केन्द्र तथा शित भण्डार र सहकारी संस्था वा समुदायमार्फत सञ्चालित खानेपानी तथा सिंचाइलाई पनि सुविधा दिएको छ ।

दुई सय केभीएसम्म डिमाण्ड भएकालाई प्राधिकरणले आफ्नै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति

दुई सय केभीएसम्म डिमाण्ड भएका त्यस्ता ग्राहकलाई प्राधिकरणले आफ्नै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिनेछ ।

यसबाट त्यस्ता ग्राहकको ट्रान्सफर्मर खरिदमा हुने खर्च कटौती भई यो सुविधाबाट लाभान्वित हुने कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यसअघि ग्राहकले प्राधिकरणको ट्रान्सफर्मरबाट ५० केभिएसम्मको मात्र र त्यसभन्दा बढीको लोड लिनुपरेमा आफ्नै खर्चमा ट्रान्सफर्मर खरिद गर्नुपर्ने व्यवस्था थियो ।

अब यसलाई हटाएर एक सय केभिएसम्म लोड लिने उद्योगलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने व्यवस्था गरी ग्राहकलाई राहत दिन खोजेका छौं ।”

एकसय केभीएभन्दा बढी लोड चाहिएमा भने ग्राहक आफैंले ट्रान्सफर्मर किन्नुपर्ने छ ।

यसअघि उपलब्ध ट्रान्सफर्मरको क्षमताको ५० प्रतिशत मात्रै विद्युत् आपूर्ति दिने गरिएकोमा अब यस्तो सिलिङ हटाइएर ग्राहकलाई सुविधा दिन खोजिएको छ ।

डेरावालसँग बढी महसुल असुलेमा लाइन काटिने घरधनीले घरभाडामा बस्ने व्यत्तिसँग प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था गरेको छ ।

घरधनीले डेरावालसँग महँगो विद्युत्को महसुल असुल गरेको गुनासो आएपछि प्राधिकरणले तोकिएको भन्दा बढी महसुल लिएको पाइएमा त्यस्ता घरधनीको लाइन काट्ने व्यवस्था गरेको हो ।

यसबाट घरभाडामा बस्ने उपभोक्तालाई सर्वसुलभ विद्युत् सेवाको प्रत्याभूति हुनेछ ।

भाडामा बस्ने व्यक्तिले तोकिएका निश्चित शर्त पूरा गरी छुट्टै मिटर राखी विद्युत् सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

यस्तो व्यवस्थाबाट घरभाडामा बस्ने उपभोक्तालेसमेत अन्य ग्राहक सरह सर्वसुलभ विद्युत् सेवा उपभोग गर्न पाउने छन् ।

बक्यौता भुक्तानी गर्ने प्रतिबद्धतासहित छुट्टै मिटर राख्नको लागि घरधनीको लिखित सहमति, घरधनी र बहालमा बस्नेबीच कम्तीमा एक वर्षका लागि गरिएको घरबहाल सम्झौता, घरबहालमा बस्ने व्यक्तिलाई छुट्टै मिटर दिन प्राविधिक दृष्टिकोणबाट उपयुक्त भएमा, घरधनीको बाँकी बक्यौता नभएमा र बहालमा बस्नेको मिटरसमेत एउटै स्थानमा राख्न सकिने गरी वायरिङको व्यवस्था गरिएका शर्त पूरा गर्नुपर्ने छ ।

अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट सिधैँ विद्युत् लिनसक्ने

अपार्टमेन्ट, बहुतले आवासीय भवन, कोलोनीमा बसोबास गर्ने उपभोक्तालाई तोकिएका शर्त पूरा भएमा अन्य ग्राहकसरह विद्युत् सेवा उपलब्ध गराउने व्यवस्था विनियमावलीमा गरिएको छ ।

अहिले अर्पाटमेन्टहहरुले आफूले प्राधिकरणबाट विद्युत् लिएर त्यहाँभित्र बस्नेलाई महँगो शुल्क लिएर आपूर्ति दिँदै आएका छन् ।

अब अपार्टमेन्टमा बस्नेले प्राधिकरणबाट मिटर लिएर सिधैँ विद्युत् लिनसक्ने हुँदा महसुल सस्तो पर्ने भएकोले विद्युतीय उपकरणको प्रयोगमा वृद्धि भई विद्युत् खपत बढ्ने घिसिङले उल्लेख गर्नुभयो ।

एउटै उद्योग परिसरभित्र फरक–फरक विद्युत् महसुल दर आकर्षित हुने उद्योग सञ्चालन हुने अवस्थामा अलग–अलक मिटर राख्न पाउने छन् ।

वक्यौता किस्ताबन्दीमा तिर्न पाउने विद्यु्त महसुलको वक्यौता रहेका ग्राहकले किस्ताबन्दीमा तिर्न पाउने भएका छन् ।

विद्युत् महसुल नतिरेर कालोसूचीमा परेका ग्राहकले पुनःविद्युत् लाइन जोड्नु पर्दा वक्यौता रकम एकमुष्ट बुझाउन नसकेमा नियमानुसार थप दस्तुर लिई बढीमा १२ किस्तासम्म रकम तिर्न सक्नेछन् ।

ग्राहकले साविकको वितरण केन्द्रबाट लगत खारेज गराई अर्को केन्द्रमा ठाउँसारी गर्न चाहेमा साविकको केन्द्रमा तत्कालीन सयममा प्रयोग भएका विद्युतीय सामग्री उल्लेख भई आएमा त्यसको पुनः प्रयोगशाला परीक्षण गर्नुनपर्ने व्यवस्था गरी सहजीकरण गरिएको छ ।

ग्रिड कोड, निर्माण मापदण्ड आदिको व्यवस्था विनियमावलीमा गरी भरपर्दो विद्युत सेवा प्रवाहमा जोड दिइएको छ ।

छुट्टै मिटर राखेर गाडी चार्ज गर्न पाउने प्राधिकरणको व्यवस्था

श्रम सम्झौतापछि पहिलो पटक इजरायल उड्दै नेपाली कामदार

श्रम सम्झौतापछि पहिलो पटक इजरायल उड्दै नेपाली कामदार

काठमाडौं-आज ९९ जना नेपाली कामदार इजरायल उड्ने भएका छन् ।

इजरायलसँग श्रम सम्झौतापछिको यो पहिलो उडान हो ।

बुधबार राती ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना इजरायलतर्फ जान लागेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

पहिलो उडानस्वरुप बुधबार राति उडान हुन लागेको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताएका छन् ।

उनका अनुसार जनवरीको २९ र फेबु्रअरी १ तारिक दिन दुई उडान हुनेछ ।

दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् ।

माघ १५ र १८ गते कामदार इजरायल उड्ने तय भएको विभागले जनाएको छ ।

सम्झौताको २५ हप्तामा नेपाली कामदारलाई इजरायल उड्ने टुंगो लागेको हो

इजरायलस्थित रोजगारदाताले हस्ताक्षर गरी विभागमा पठाएको सम्झौतापत्रमा हालसम्म ९९४ कामदारसँग सम्झौता भइसकेको छ ।

विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो ।

त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको जनाइएको छ ।

श्रम सम्झौतापछि पहिलो पटक इजरायल उड्दै नेपाली कामदार

कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

महामन्त्री शर्मालाई आठ महिनाअघि पनि कोरोना सङ्क्रमण भएको थियो ।

पार्टीको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित हुनुभएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त हुनुभएको थियो ।

महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा हुनुहुन्छ ।

कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

नेपाल टेलिकमले ल्यायो विन्टर अफर २०७८

नेपाल टेलिकमले ल्यायो विन्टर अफर २०७८

काठमाडौँ-नेपाल टेलिकमले विन्टर अफर २०७८ सार्वजनिक गरेको छ ।

कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको टेलिकमले बताएको छ ।

टेलिकमको अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको हो ।

पहिले २८ दिनका लागि रु. ५९९ मा लिन सकिने “सजिलो अनलिमिटेड प्रिपेड ५९९” मात्र उपलब्ध भइरहेकोमा अब “सजिलो अनलिमिटेड प्रिपेड ७९९”, “सजिलो अनलिमिटेड प्रिपेड ९९९” र “सजिलो अनलिमिटेड प्रिपेड १४९९” प्याक समेत उपलब्ध हुने भएको छ ।

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता रहेको टेलिकमले उल्लेख गरेको छ ।

सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

कम्बो प्याक अन्तर्गत टेलिकमले रु. २९९ मा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने जनाएको छ ।

उपलब्ध भइरहेको विभिन्न अफर समेत निरन्तर रहने

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई (भीओएलटीई) सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर समेत निरन्तर रहने जनाएको छ ।

पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने बताईएको छ ।

फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने टेलिकमले बताएको छ ।
यी बाहेक टेलिकमले पहिलेदेखि नै उपलब्ध अधिकांश अफरलाई निरन्तरता दिइएको जनाएको छ ।

ग्राहकले ८ज्ञद्धज्ञछ३ डायल गरेर अफर प्राप्त गर्न सक्ने टेलिकमले बताएको छ ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी अझबढी जानकारी लिन तथा सेवा खरिद गर्न मिल्ने समेत टेलिकमले जानकारी गराएको छ ।

कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिने टेलिकमले जारी गरेको सुचनामा उल्लेख छ ।

नेपाल टेलिकमले ल्यायो विन्टर अफर २०७८

काठमाडौँका सिडिओसहित १८ कर्मचारीलाई कोरोना: सेवा प्रभावित

काठमाडौँका सिडिओसहित १८ कर्मचारीलाई कोरोना: सेवा प्रभावित

काठमाडौँ-काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड सङ्क्रमण भएको छ ।

कर्मचारीलाई सङ्क्रमण भएसँगै जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज बुधबारबाटै लागू हुने गरी सेवा सङ्कुचन गरेको छ ।

नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिएका छन् ।

कार्यलयका १८ जनालाई कोभिड पुष्टि भइसकेको उनले बताएका छन् ।

थप १२ जनालाई पनि लक्षण देखिएपछि परीक्षण गरिएको उनले बताएका छन् ।

कोरोनालाई मध्यनजर गर्दै सेवाग्राहीसँग नियमित सम्पर्क हुने सेवा हाललाई रोकेको प्रशासनले बताएको छ ।

काठमाडौँका सिडिओसहित १८ कर्मचारीलाई कोरोना: सेवा प्रभावित

सचिव खरेलको उमेर हदका कारण अनिवार्य अवकाश

सचिव खरेलको उमेर हदका कारण अनिवार्य अवकाश

काठमाडौँ-चार दिनअघि सचिव बढुवा भएका सचिव शंकरप्रसाद खरेलले अनिवार्य अवकाश पाएका छन् ।

पुस ३० गते खरेल सचिव बढुवा भएका थिए ।

खरेल ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् ।

४ दिनका लागि मात्रै सचिव भएका उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित अतिरिक्त समूहबाटै घर गएका हुन् ।

सचिव खरेलको उमेर हदका कारण अनिवार्य अवकाश

प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ : प्रहरी प्रवक्ता

प्रहरी नियमावली संशोधनले उत्प्रेरणा मिलेको छ : प्रहरी प्रवक्ता

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा मङ्गलबार आयोजित पत्रकार भेटघाट एवं अन्तक्र्रिया कार्यक्रममा उहाँले पछिल्लोपटक प्रहरी नियमावली संशोधन गरी थप गरिएका तीन पदले २० वर्षदेखि एउटै पदमा बसेर काम गर्ने प्रहरी कर्मचारीलाई थप उर्जा मिलेको बताउनुभयो ।

“यसले प्रहरी कर्मचारीमा वृत्तिविकासको अवसर समानरूपमा पाउनुका साथै एउटै पदमा लामो समय बस्नुपर्ने अवस्थालाई अन्त्य गरेको छ”, केसीले भन्नुभयो ।

पद थप गर्दा प्रहरी कर्मचारीको सेवा सुविधामा भिन्नता ल्याउनुका साथै प्रहरीको मनोवल उच्च बनाएको उहाँको भनाइ थियो ।

प्रहरीमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ प्रहरी निरीक्षकको पद थप गरिएको हो ।

पाँच वर्ष काम गरेका प्रहरी जवानलाई सहायक हवल्दार, प्रहरी हवल्दारलाई वरिष्ठ प्रहरी हवल्दार र प्रहरी नायब निरीक्षकलाई वरिष्ठ प्रहरी नायब निरीक्षकमा पदोन्नति गर्ने गरी उक्त नियमावली संशोधन गरिएको हो ।

कार्यालय सहयोगीमा भने पाँच तह रहने गरी प्रहरी नियमावलीमा थप गरिएको प्रवक्ता केसीले बताउनुभयो ।

तीन तह थप गरेर प्रहरी नियमावली संशोधन गरेसँगै हाल रहेको जनशक्तिमा अब प्रहरी सहायक हवल्दारमा ३३ प्रतिशत, वरिष्ठ प्रहरी हवल्दारमा २५ प्रतिशत र वरिष्ठ प्रहरी नायब निरीक्षकमा ३३ प्रतिशत बढुवा हुने भएको छ ।

हाल नेपाल प्रहरीमा प्रहरी जवानमा ४७ हजार ५३, प्रहरी हवल्दारमा १४ हजार ९८९ र प्रहरी नायब निरीक्षकमा चार हजार २९६ जनशक्ति कार्यरत छन् ।

प्रहरीमा यसअघि १२ वर्षसम्म एउटै पदमा बसेर अवकाशमा जाने प्रहरी नायब उपरीक्षकसम्मका प्रहरी कर्मचारीलाई अवकाश हुनुभन्दा एक महिना अगाडि नै स्वतः बढुवा दिने व्यवस्था गरिएको थियो ।

अब भने आठ वर्षसम्म एउटै पदमा बसेर अवकाश जाने प्रहरीलाई स्वतः एक तह बढुवा दिने व्यवस्था गरिएको छ ।

उक्त व्यवस्थाले प्रहरी कर्मचारीमा आत्मवल र हौसला मिलेको प्रवक्ता केसीले बताउनुभयो ।

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

भक्तपुर-जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त आदेश जारी गर्नुभएको हो ।

आदेश नमान्ने र त्यसको उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने छ ।

माघ मसान्तसम्म सभा, भेलाजस्ता भीडभाड हुने कार्यक्रम नगर्न, मठमन्दिर तथा धार्मिकस्थलमा नित्य पूजामात्रै सञ्चालन गर्न, यही माघ १५ गतेसम्म शैक्षिक संस्था भौतिकरूपमा सञ्चालन गर्न नपाइने, पठनपाठन भर्चुअल वा वैकल्पिक शिक्षण विधि अपनाएर गर्नेलगायत बुँदा सो आदेशमा समाहित गरिएको छ ।

यस्तै माघ ७ गतेदेखि जिल्लाका सबै सार्वजनिक निकायमा सेवा लिन खोपको पूर्ण मात्रा लगाएको कार्ड देखाउनुपर्ने, सपिङ मललगायतमा भौतिक दूरी कायम गरी एक पटकमा २५ भन्दा बढी प्रवेश गर्न नपाइने, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसललगायत माघ १५ गतेसम्म बन्द गर्नुपर्ने आदेश जारी गरिएको छ ।

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

पोखरेलको अध्यक्षतामा स्वास्थ्य विभागीय कार्य समिति गठन

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट स्वास्थ्य विभागीय कार्य समिति गठन भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निजामती कर्मचारी संगठन स्वास्थ्य विभागीय कार्यसमितीको भेला तथा पुर्नगठन कार्यक्रमले आज स्वास्थ्य विभागीय कार्य समिति गठन गरेको हो ।

माननिय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङको प्रमुख आथित्यमा बसेको बैठकले स्वास्थ्य विभागीय कार्य समिति गठन गरेको कार्य समिति सदस्य हिमांशु कुमार मिश्रले जानकारी दिएका छन् ।

राज कुमार पोखरेलको अध्यक्षताम २७ सदसिय कार्य समिति गठन गरिएको कार्य समिति सदस्य मिश्रले सम्पति न्युजलाई जानकारी दिएका छन् ।

स्वास्थ्य विभागीय कार्यसमितिको अध्यक्षमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत राज कुमार पोखरेल, उपाध्यक्ष महिला तर्फ विर अस्पतालमा कार्यरत चित्रा कुमारी तिवारी, अर्का उपाध्यक्ष कान्ति बाल अस्पतालमा कार्यरत धन बहादुर सुनार, सचिवमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत सरोज अधिकारी, सहसचिवमा विर अस्पतालमा कार्यरत कृष्ण प्रसाद घिमिरे, कोषध्यक्षमा स्वास्थ्य तथा जनसंस्या मन्त्रालयमा कार्यरत राम प्रसाद जैसी रहेका छन् ।

बैठकले पदाधिकारी बाहेक अन्य २१ जना सदस्य समेत मनोनयन गरेको छ ।

कार्यक्रममा भोलानाथ पोखरेल,मोहन घिमिरे लगायतका निजामती कर्मचारी नेताको उपस्थिती रहेको थियो ।

सबै इन्जिनियरहरुलाई समेट्दै कुपण्डोल घोषणापत्र जारी

सबै इन्जिनियरहरुलाई समेट्दै कुपण्डोल घोषणापत्र जारी

नेपाल इन्जिनियर्स एशोसिएसनको ३३ औं कार्यकारिणी समितिको निर्वाचन करिब डेढ बर्षदेखि हुन सकेको छैन ।

कोरोना महामारीको प्रभावले हुने नसकेको निर्वाचन डेढ बर्षपछी माघ ७ गतेकालागी हुने तय भएकोमा अहिले फेरी कोरोनाको तस्रो लहर आएसँगै पुन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

यिनै समस्याको उपाय स्वरुप इन्जिनियर तथा आर्किटेक्टहरुले उच्चतम प्रविधिको प्रयोगमार्फत अनलाइन भोटिङ गरेर नेपाल इन्जिनियर्स एशोसिएसन ३३ औं कार्यकारिणी समितिको निर्वाचन गर्न माग गरेका छन् ।

एकिकृत प्रगतिशील इन्जिनियर समूहले हिजो ललितपुरमा आयोजना गरेको इन्जिनियर तथा आर्किटेक्टहरुको राष्ट्रिय अनलाईन भेलामा सहभागी इन्जिनियरहरुले वैकल्पिक विधिको प्रयोगद्धारा नेइएको निर्वाचन तत्काल गर्न सुझाव दिएका हुन् ।

झण्डै डेढ बर्षदेखि कोरोना लगायतका कारण नेइएको निर्वाचन हुन नसक्दा समिति नै बन्धक जस्तै बनेकाले अनलाईन बिधिबाट भोट हाल्ने व्यावस्थासहितको निर्वाचन प्रणलीको विकास गर्न आवश्यक रहेको बताएका छन् ।

अब भौतिक उपस्थितीमा मतदान गर्नपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्दै नयाँ चुनावी प्रणालीको विकास गरेर देश विदेशमा रहेका इन्जिनियर तथा आर्किटेक्टले आफ्नै कार्यकक्षबाट समेत मतदान गर्न सक्ने अवस्था श्रृजना गर्न तर्फ लाग्नुपर्ने सुझाएका थिए ।

भेलामा सहभागी सातै प्रदेशका इन्जिनियर तथा आर्किटेक्टले यसरी पटक पटक चुनाव सारेर नेइएलाई नेतृत्वबिहिन बनाउन नहुने बताउदै अनलाईन ईलेक्सनको मार्ग सुझाएका हुन् ।

सबै इन्जिनियरहरुको कुरालाई समेट्दै उक्त भेलाले कुपण्डोल घोषणापत्र जारी गरेको छ ।

उक्त भेलको निष्कर्षलाई कुपण्डोल घोषणपत्रको रुपमा जारी गर्दै अनलाईन ईलेक्सन गर्न एकिकृत प्रगतिशील इन्जिनियर समूहले जोडदार माग गरेको हो ।

उक्त भेलामा उपस्थित इन्जिनियरहरुले महामारीलाई अवसरको रुपमा सदुपयोग गर्दै चुनाव प्रक्रियालाई प्राबिधिक रुपमा बिकासगर्दै अनलाईन ईलेक्सनमा जानुपर्ने बताएका हुन्

डेढ बर्षदेखि नेइएको निर्वाचन हुन नसक्दा नयाँ पासआउट भएर आएका इन्जिनियर तथा आर्किटेक्टहरुले एशोसिएसनको सदयता पाउँनबाट समेत बन्चित भएकोप्रति पनि नेतृत्वले गम्भिरतापुर्वक सोच्नुपर्ने बताएका थिए ।

यस्तै सहभागीहरुले नेइएलाई राजनीतिक नभएर व्यावसायीक बनाउनुपर्नेमा पनि बिशेष जोड दिएका थिए ।

उक्त भेलामा एकीकृत प्रगतिशील इन्जिनियर समुहका तर्फबाट नेइएको ३३ औं कार्यकारिणी समिति केन्द्रको पदाधिकारी तथा सदस्यका उम्मेदावार, परिषद सदस्य र सातै प्रदेशका उम्मेदावारहरु सहभागीता रहेको थियो ।

भेला आयोजना गर्नुको औचित्यबारे प्रष्ट पार्दै एकिकृत प्रगतिशील इन्जिनियर समूहका संयोजक ई। सरोज कुमार उपाध्ययले नेइएको चुनाव तत्काल रोकिए पनि आफुहरुको चुनावी कार्यक्रम नरोकिएको बताए ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना सहित वैकल्पिक माध्यमबाट भरपर्दो र विश्वासिलो रुपमा नै चुनाव गराई नेईएको शाख जोगाउनुपर्छ भन्ने छलफल चलिरहेकै बेला निर्वाचन नै स्थगीत गरिएकोले मितव्ययी चुनाव, स्मार्ट नेइए, सार्थक समाजवादी समाजको नमुना पेश गर्न भेला आयोजना गरिएको उनले बताए ।

भर्चुअल माध्यमबाट आयोजित उक्त भेलामा उक्त समुहबाट उम्मेदवारी दिएका केन्द्र देखि प्रदेश सबै उम्मेदवारहरुको सहभागीति रहेको थियो ।

एकीकृत प्रगतिशील समूहबाट सत्तारुढ नेकपा(माओवादी केन्द्र),नेकपा एकीकृत समाजवादी र जनता समाजवादी निकट इन्जिनियरहरुले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् ।

यस्तो छ कुपण्डोलमा आयोजित भर्चुअल भेलाले जारी गरेको कुपण्डोल घोषणापत्र

मिती २०७८ माघ ३ गते नेपाल ईन्जिनीयर्स एशोसिएशन को ३३ औ केन्द्रीय कार्यकारिणी समिती प्रदेश नम्बर -१, मधेश प्रदेश समिती, बाग्मति प्रदेश समिती, लुम्बिनी प्रदेश समिती, गण्डकी प्रदेश समिती, कर्णाली प्रदेश समिती, सुदूर पश्चिम प्रदेश समिती र नेपाल ईन्जिनीयरीडं परिषद सदस्य को निर्वाचन सम्बन्धमा गरिएको एकीकृत प्रगतिशील ईन्जीनियर्स समुह को ईन्जिनीयर्स तथा आर्किटेक्ट हरू को राष्ट्रीय अनलाईन भेला द्वारा कोपुण्डोल घोषणा – पत्र समसामयिक प्रस्तावहरू पारित गर्दै जारी गरिएको छ ।

  1. विश्वव्यापी रूपमा कोभिड महामारी फैलिएपछि अहिले राज्यको भूमिका र विकासको मोडलका बारेमा नयाँ आयामबाट राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा बहस भइरहेको छ । विकास भनेको आर्थिक विकास तथा सडक, रेल, विमानस्थल र भ्युटावर निर्माण मात्रै होइन, सामाजिक तथा मानव विकास पनि उत्तिकै महत्त्वपूर्ण आयाम हो । अबको अर्थनीति र विकासको मोडलले आर्थिक विकासका साथै मानव विकासलाई पनि समान प्राथमिकता दिनुपर्ने अनिवार्य परिस्थिति सृजना भएको छ । नागरिकका लागि आर्थिक र भौतिक विकासका साथै सामाजिक तथा मानव विकास उत्तिकै महत्त्वपूर्ण हुन्छन्  यो भेला ले यसलाई आत्मसात् गरेको घोषणा गर्दछ !
  2. विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को विभिन्न उत्परिवर्तनका कारणले विश्वलाई फेरी पनि आक्रान्त बनाएको छ। छिमेकी मुलुक सँगसँगै नेपालमा पनि पछिल्लो समय संक्रमण दर गुणात्मक रुपमा फड्को मारेको अवस्था छ। यसै बीच कोभिडको फैलदो सञ्जाललाई टुक्राउने र कम गर्ने प्रयत्न स्वरुप कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्र, (सीसीएमसी) ले मिति २०७८ पौष २५ गते दिएको हेल्थ प्रोटोकल र पालन गर्नु पर्ने नियम प्रति हामी प्रतिवध्द रहंदै २५ जना भन्दा कम को भौतिक उपस्थिति, मास्क, हैण्ड स्यानीटाईजर को प्रयोग गर्दै कोपुण्डोल बाट एकीकृत प्रगतिशील ईन्जिनीयर्स समुह केन्द्रले ईन्जिनीयर्स र आर्किटेक्टहरू र वटै प्रदेश समिती र देशभरी बाट जोडिनु भएको र यो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको घोषणा गर्दछ ।
  3. नेपाल ईन्जीनियर्स एशोसिएशन ३२ औ कार्यकारिणी तथा केन्द्रिय निर्वाचन समिती २०७७ ले पाचौ पटक निर्वाचन स्थगन गरिएको प्रति यो भेला खेद प्रकट गर्दछ । बैकल्पिक उपाय अबलम्बन गरेर भए पनि, धेरै वटा मतदान केन्द्र / उप केन्द्र / निर्वाचन धेरै दिन लगाएर भए पनि या ई भोटीडं वा अन लाईन भोटिंग भए पनि विकल्प सहित छिटो भन्दा छिटो निर्वाचन को सुनिश्चीतताको माँग गर्दछ ।
  4. डिजीटल प्लेटफर्म को उपयोग गर्दै हाईब्रिड प्रविधी अबलम्बन गरि कोभीड – १९ ओमिक्रोम को बढदो संक्रमण दरमा समेत समाजमा बैकल्पिक प्रविधी को उपयोग गरेर आर्थिक क्रीयाकलाप , गतिविधि, सभा सम्मेलन, गर्न संभव छ भनी समाजमा उदाहरणीय काम प्रस्तुत गर्दै यसको व्यापकता संभव छ भनी संचार जगतले समेत चासो लिएर यसलाई राष्ट्रीय समाचार बनाएको मा रेडियो, टेलीविजन तथा प्रिन्ट मिडीया प्रति आभार प्रकट गर्दछ ।
  5. यो समुहले निर्वाचन को बैकल्पिक निकास दिनको लागी पाँच जना अध्यक्ष का उम्मेदवार ले नेतृत्व गर्नु भएको पाँच बटै समुह को जन संगठन वा प्रतिनिधी हरूको एवम तीनका सूचना प्रविधी विज्ञ टोली सम्मिलित एउटा अन लाईन भेला वा बैकल्पिक माध्यम अपनाई “ यसरी गर्न सकिन्छ प्रविधी मैत्री चुनाव” demonstration सहीत एउटा संकल्प प्रस्ताव पास गरेर बैकल्पिक माध्यम अपनाई E – Voting या अन लाईन भोटीडं सम्बन्धमा साझा धारणा बनाई त्यसलाई सफल कार्यान्वयन गरि ईन्जिनीयर र आर्किटेक्ट हरू को प्रजातान्त्रीक हक़ र अधिकार लाई स्थापित गर्न लगाई निर्वाचन गराउने दिशामा अगाडी बढोस भनी घोषणा गर्दछ ।
  6. नेपाल ईन्जिनीयर्स एसोसिएशन लाई गतिशील र vibrant संस्था को रूपमा विकास गर्न Thematic Committee को अवधारणा लाई विकसित गर्दै साप्ताहिक Engineering Talk Show गर्ने तथा Engineering Staff College स्थापनार्थ कार्य गर्ने र तत्काल लाई Procurement/ Contract Administration/ Project Management सम्बन्धि क्षमता अभिवृद्धि गतिविधि गर्ने क़ुरा मा यो समूह प्रतिबद्धता ब्यक्त गर्दछ ।
  7. स्थानीय निकाय मा कार्यरत ईन्जिनीयर र आर्किटेक्ट हरू ले धेरै आयोजना हरूको अनुगमन, सुपरीवेक्षण गर्नु पर्ने, ग़ैर प्राविधिक कार्यालय प्रमुख मातहत काम गर्नु पर्ने, छैट्यौ म हैन सातौ तहमा भर्ना गरीनु पर्ने, जन प्रतिनिधी, सामाजीक एवम् दवाब मूलक पिडा भोगी रहेको बाध्यात्मक अवस्था अन्त्य गर्न को लागी पहल गर्ने क़ुरामा यो समूह प्रतिबद्धता व्यक्त गर्दछ ।
  8. ईन्जिनीयर एवम् आर्किटेक्ट हरू को कार्यरत आयोजना स्थलमा मा ईन्जीनियरीडं सेफटीको सुनिश्चिता को लागी ईस्टीमेट मा नै १.५ – ३% सम्म को बजेट व्यवस्था गर्ने र ईन्जिनीयरले काम गर्दा विरामी परेको अवस्था मा मेडिकल विमा, दुर्घटना विमा, जीवन विमा को सूनिश्तीतता गर्ने, दुर्घटना मा परेका प्राविधिक लाई आवश्यक क्षती पूर्ति सहीत सामाजीक न्याय सहितको पारिवारिक भरण पोषण मा राज्य ले यथोचित सम्बोधन गरोस भनी माँग गर्दँछ ।
  9. सात बटै प्रदेंस मा नेपाल ईन्जिनीयर्स एसोसीएसन को इंजीनियर्स भवन र अधिकार सम्पन्न स्वायत प्रदेश समिती र केन्द्र बाट पूर्ण रूपले सहयोग हुने घोषणा गर्दछ ।
  10. यो भेला सम्पन्न गर्न एकीकृत प्रगतिशील ईन्जीनीयर्स समूह को सबै उम्मेदवार हरूमा, स्टीयरीजडं कमिटी, घोषणा पत्र तयारी समिती, प्रकाशन / प्रचार प्रसार , आई टी समुह, डाँटा व्यवस्थापन समिती, कार्यालय व्यवस्थापन समिती, सात बटै प्रदेश समिती र नेपाल राष्ट्रीय ईन्जिनीयर्स संगठन ( NEON) सोसलिस्ट ईन्जिनीयरिंग एशोसीएशन नेपाल ( SEAN) र नेपाल ईन्जिनीयरीडं समाज (NES) एवम् सहयोगी स्वतन्त्र ईन्जिनीयर र आर्किटेक्ट सबैमा आभार तथा धन्यवाद प्रकट गर्दछ !
  11. यस समुह को आसन्न निर्वाचन मा १३४ जना ईन्जिनीयर र आर्किटेक्ट हरू उम्मेदवार हरू चुनावी प्रतिस्पर्धा मा हुनुहुन्छ ! ती सबै उम्मीदवार हरू विचमा सम्पर्क र समन्वय को लागी विभीन्न digital plareform प्रयोग गरेर प्रदेँस स्तरीय र केन्द्र र प्रदेश विच अनलाईन भेला र प्रशीक्षण तथा अंतरक्रीया गर्न आबस्यक ठान्दछ र सोही अनुसार गर्न अनुरोध गर्दछ ।
  12. एकीकृत प्रगतिशील इंजीनियर समूह ले निर्वाचन प्रचार प्रसार को क्रममा विभीन्न सरकारी, अर्घ सरकारी, संस्थान, ग़ैर सरकारी, व्यावसायिक, निजी तथा अध्ययन संस्थान, तथा मेची काली अभियान को क्रममा सम्बन्धित सरकारी , नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र यस अभियानमा सहयोग गर्ने सबै प्रति उचित आभार र सम्मान प्रकट गर्दछ ।
  13. प्रचार प्रसार को लागी बेब साईट , विभीन्न सामाजीक संजाल ले सहजता प्रदान गर्ने भएको ले यसको विकास मा जोड़ दिदै अझै व्यवस्थित बनाउने कुरा मा जोड़ दिने मा प्रतिबद्धता व्यक्त गर्दछ ।

एकीकृत प्रगतिशील इंजीनियर समूहको तर्फबाट

ई सरोज कुमार उपाध्याय – संयोजक
ई रामेश्वर लामिछाने – सहसंयोजक
प्रो तिमिला यमि थापा – सहसंयोजक

सबै इन्जिनियरहरुलाई समेट्दै कुपण्डोल घोषणापत्र जारी

कोरोनाको परीक्षण निःशुल्क गर्न माग

कोरोनाको परीक्षण निःशुल्क गर्न माग

काठमाडौँ-राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ ।

मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हस्ताक्षर गर्नुभएको पत्रमा नेपालका सरकारी तथा निजी अस्पतालले पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा लागतभन्दा बढी मूल्य लिएको उपभोक्ता तथा चिकित्सकले गुनासो गर्न थालेको भन्दै निःशुल्क बनाउन माग गरिएको जनाइएको छ ।

“ निजी अस्पतालले ऐन्टीजेन टेस्ट गरेबापत न्यूनतम रु पाँच सय लिएको र पिसिआर परीक्षण शुल्क निजी अस्पतालमा न्यूनतम रु दुई हजार र सरकारी अस्पतालमा रु एक हजार लिइरहेको गुनासो छ,” उहाँले भन्नुभयो, “सम्पूर्ण परीक्षण गर्न टेस्टकिटको अधिकतम साइज ९६ प्रयोग गर्दासमेत अधिकतम ६ अमेरिकी डलर मात्र खर्च हुने आधारमा रु ८०० भन्दा बढी पर्दैन ।”

“सरकार आफैँले पनि प्रत्येक नागरिकलाई शङ्का लागेमा पिसिआर र एन्टीजेन परीक्षण गर्न अनुरोध गर्दै आएको छ भने सार्वजनिकस्थल, समारोह आदि ठाउँहरुमा जान पिसिआर गरेको वा एन्टीजेन परीक्षण गरेको प्रमाणपत्र तथा खोप लिएको प्रमाणपत्र अनिवार्य गरेको छ”, महर्जनले जारी गरिएको पत्रमा भनिएको छ ।

कोरोनाको परीक्षण निःशुल्क गर्न माग

काठमाडौँ महानगरपालिकाकाे बजेट संशोधन

काठमाडौँ महानगरपालिकाकाे बजेट संशोधन

काठमाडौँ-काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट रु ४२ करोड ८४ लाख ७९ हजार बजेटको कार्यक्रम संशोधन गरेको छ ।

कामपाको १०औँ अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । कामपाको सञ्चित कोषबाट कार्यान्वयन हुने रु १६ अर्ब आठ करोड ७० लाख १२ हजार र बाह्य कोषबाट कार्यान्वयन हुने रु दुई अर्ब ८७ करोड सात लाख गरी कामपाले चालु आर्थिक वर्षमा कूल बजेट रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार विनियोजन गरिएको थियो ।

संशोधनबाट ज्येष्ठ नागरिक निःशुल्क खोप कार्यक्रमका लागि रु एक करोड ५० लाख थप गरिएको छ ।

यसैगरी, फोहोरमैला प्रभावित क्षेत्रका स्थानीयवासीसँग समय समयमा भएका सहमति कार्यान्वयन गर्ने क्रममा यसअघि छुट भएको शिक्षक दरबन्दी अनुदानसहित प्रभावित क्षेत्रबाट माग भएर आएका योजनालाई संशोधनमा समेटिएको छ ।

“जुन शीर्षकमा काम गर्ने लक्ष्य राखिएको थियो, विभिन्न कारणले त्यो कार्यक्रम कार्यान्वयनमा आउन नसक्ने भएपछि सम्बन्धित विभाग र वडाको मागबमोजिम शीर्षक परिवर्तन गरिएको हो”, कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

अधिवेशनले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिइएको १० प्रतिशत छुटको सुविधालाई चैत मसान्तसम्म दिने निर्णय गरेको पनि जनाइएको छ ।

आर्थिक ऐन २०७८ को दफा २ अनुसार लाग्ने करमा दिइएको छुटको अवधि बढाइएको हो ।

काठमाडौँ महानगरपालिकाकाे बजेट संशोधन

औषधि व्यवस्था विभागमा दुईजना महानिर्देशक

औषधि व्यवस्था विभागमा दुईजना महानिर्देशक

काठमाडौँ-औषधि व्यवस्था विभागमा अहिले दुईजना महानिर्देशकको उपस्थितीहुन थालेको छ ।

गत मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको मन्त्री स्तरीयबाट महानिर्देशक नारायण ढकाललाई राष्ट्रिय प्रयोगशालामा सरुवा गरेर भरत भट्टराईलाई औषधि व्यवस्था विभागको जिम्मेवारी दिएका थिए ।

ढकालले जिम्मेवारी हस्तान्तरण नगर्दा हालै सरुवा भएर आएका भरत भट्टराई जोडिदा विभागमा दुई महानिर्देशक भएका हुन् ।

अहिले बिभागमा दुई जना महानिर्देशक हाजिर गरिरहेका छन् ।

ढकालले जिम्मेवारी हस्तान्तरण नगर्दा सरुवा भएर विभाग आएका भट्टराई हाजिर गरेर घर हिँड्ने गरेका छन् ।

मन्त्री स्तरीय निर्णयबाट स्वास्थ्यमन्त्रीले गरेको सरुवामध्य विर अस्पतालको सरुवा प्रम देउवाले बदर गरेसँगै त्यस्कै आडमा ढकालले जिम्मेवारी हस्तान्तरण नगरेको जानकारहरुले बताएका छन् ।

औषधि व्यवस्था विभागमा दुईजना महानिर्देशक

सत्तारूढ दलको बैठक: समयमै स्थानीय तह निर्वाचन

सत्तारूढ दलको बैठक: समयमै स्थानीय तह निर्वाचन

सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ ।

सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले राससलाई जानकारी दिनुभयो ।

बैठकमा नेताहरुले संविधान र कानूनले गरेको व्यवस्थाअन्तर्गत नै रहेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने सुझाव दिनुभएको जानकारी दिँदै उहाँले कोभिड–१९ को चुनौतीको कसरी सामना गर्ने भन्ने विषयमा पनि छलफल भएको बताउनुभयो ।

यस बारेमा सत्तारुढ पाँच दलले आ–आफ्नो दलभित्र थप छलफल गर्ने र शीर्ष नेताहरुले एक-दुुई दिनमा टुङ्गो लगाउने सहमति भएको नेता गुरुङले बताउनुभयो ।

निर्वाचनको मिति भने मन्त्रिपरिषद्ले तोक्ने बैठकमा सहमति भएको छ ।

यसैगरी कोभिड–१९ को सङ्क्रमणको चुनौतीका बाबजुद यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन कसरी सफल बनाउने भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समन्वयमा भएको बैठकमा सत्तारूढ गठबन्धन दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन माघ १२ गते हुँदैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।

सत्तारूढ दलको बैठक: समयमै स्थानीय तह निर्वाचन