मौसम सफा रहने

मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

तराईका केही भू–भागमा हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनसम्म मौसम सफा रहने छ । दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।

मौसम सफा रहने

माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

काठमाडौँ-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ ।

२७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती घटकलाई आह्वान गर्नुभएको हो ।

अध्यक्ष दाहालले परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ “परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भएमात्रै जनयुद्ध दिवस मनाउनुको अर्थ, महत्व र औचित्य रहन्छ ।

नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको रहेको छ ।

नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ ।

जनयुद्धको जगमा सम्पन्न भएको २०६२/६३ को संयुक्त जनआन्दोलनपश्चात मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको हो ।

संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई सङ्घीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो । ”

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको जनाउँदै सन्देशमा अध्यक्ष दाहालले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक–शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गर्नुभएको छ ।

जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरूमा जनयुद्धका उपलब्धि एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न उहाँले सन्देशमा विशेष अनुरोध गर्नुभएको छ ।

उहाँले परिवर्तनका निम्ति जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

जनयुद्धका क्रममा बेपत्ता पारिनुभएका योद्धा, घाइते योद्धा र उहाँहरूका परिवारजनप्रति उहाँले सन्देशमा सम्मान प्रकट गर्नुभएको छ ।

माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको आह्वान

समाचारमा अतिरञ्जना नगर्न आग्रह

समाचारमा अतिरञ्जना नगर्न आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सञ्चारमाध्यमका समाचारमा अतिरञ्जना भएमा समाजमा भ्रम सिर्जना हुने बताउनुभएको छ ।

युनेस्को नेपालका निम्ति नेपाल राष्ट्रिय आयोगको सहयोगमा तुलसादेवी हरिहर फाउण्डेशनले क्रियाशील पत्रकारका लागि आयोजना गरेको आचारसंहितासम्बन्धी भर्चुअल तालीममा सचिव अर्यालले जनतालाई सही र छिटोछरितो सूचना प्रवाह गर्नसकेमा पत्रकारिता जगत् व्यावसायिक, निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन योगदान मिल्ने बताउनुभयो ।

उहाँले पत्रकारिता क्षेत्रमा कुनै समस्या भएमा र सरकारले गर्नुपर्ने सहजीकरणमा मन्त्रालयले पहल गर्ने वाचा गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले ‘नेपाली रेडियोमा आचारसंहिता पालना र प्रयोग’बारे प्रस्तुत गर्दै पत्रकार आचारसंहिता पत्रकार आफैँले आफ्ना लागि तर्जुमा गरेर लागू गर्ने विषय भएकाले पत्रकार आफू त्यसबारे स्पष्ट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले ‘टेलिभिजन पत्रकारितामा आचारसंहिता पालना र प्रयोग’, ‘राससका प्रधानसम्पादक एकराज पाठकले ‘नेपाली मिडियामा आचारसंहिता पालना र प्रयोग एवं बिहंगम दृष्टिकोण’, प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले ‘प्रेस काउन्सिलको परिचय, पत्रकार आचारसंहितामा कारबाहीको अवस्था र पालनाका उपाय’ तथा पत्रकार प्रकाश सिलवालले ‘समाचार सङ्कलन र आचारसंहिता’बारे आ आफ्नो प्रस्तुति गर्नुभएको थियो ।

फाउण्डेसनले शुक्रबार र शनिबार लुम्बिनी प्रदेशका पत्रकारका लागि तालिम आयोजना गरेको हो भने यसअघि अन्य प्रदेशमा यस्तै प्रकारको कार्यक्रम भौतिक र भर्चुअलरुपमा सम्पन्न गरेको कार्यक्रम संयोजक डिल्लीरमण सुवेदीले जानकारी दिनुभयो ।

समाचारमा अतिरञ्जना नगर्न आग्रह

मौसम सफा रहने

मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ ।

आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार पनि मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।

मौसम सफा रहने

सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणले हेर्नुपर्छ : प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहयोग गर्ने देशहरू सबैलाई एउटै दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)लाई हेर्ने दृष्टिकोण अन्य देशहरूलाई जस्तै हुनुपर्ने बताउनुभयो ।

अन्य देशको सहयोगलाई हेर्ने दृष्टिकोण र एमसिसीलाई हेर्ने दृष्टिकोण फरक बनाउँदा परराष्ट्र सम्बन्धमा असन्तुलन आउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “देशैपिच्छे अलग मापदण्डका आधारमा सहायता स्वीकार गर्ने हो भने परराष्ट्र सम्बन्ध असन्तुलन हुन्छ र देशलाई खतरा हुन्छ ।”

एमसिसीका विषयमा अन्योल खडा नगरी संसद्बाट पास गर्नुपर्ने उहाँको तर्क छ ।

उहाँले थप्नुभयो, “एमसिसीमा अहिलेसम्म सरकारमा सहभागी दलहरूको सहभागिता रहेको छ ।

नेपालको स्वार्थका आधारमा आएको हो, बखेडा झिक्नु गलत प्रवृत्ति हो ।”

नेता महतले सरकारले ल्याएका प्रस्ताव संसद्मा टेबुल गराउनु सभामुखको दायित्व रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले ल्याएको प्रस्तावमा सभामुखले म यो संसद्मा पेश गर्छु, यो गर्दिनँ भन्ने जिम्मेवारीभित्र पर्दैन ।”

संसद्मा छलफल भए यस विषयमा निकास निस्कने उहाँको भनाइ छ । फरक प्रसङ्गमा बोल्दै उहाँले कांग्रेस अधिवेशन रोकिएका १६ जिल्लामा फागुन १३ गते अधिवेशन हुने बताउनुभयो ।

पहिला कोभिडका कारण रोकिएका अधिवेशन अब भने तोकिएको मितिमै हुने उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा उहाँले यस विषयमा अहिले बहस गर्ने समय नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनका विषयमा समय आएपछि छलफल हुन्छ ।”

दलहरुले आ–आफ्नो आवश्यकतानुसार छलफल गरेरमात्रै गठबन्धनका विषयमा टुङ्गो लाग्ने उहाँले जानकारी दिनुभयो ।

फाइदाका आधारमा गठबन्धनको निर्णय हुने उहाँको भनाइ थियो ।

नेपाल एयरलाइन्सको लिबियामा चार्टर्ड उडान

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले लिबियाको त्रिपोलीका लागि चार्टर्ड उडान गरेको छ ।

शान्ति मिसनमा खटिने नेपाली सेनालाई लैजान नेपाल एयरलाइन्सले त्रिपोलीस्थित मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको हो ।

निगमको वाइडबडी ए–३३० जहाजले आज बिहान २ः५५ बजे काठमाडौँबाट त्रिपोलीका लागि उडान भरेको हो ।

उक्त जहाज त्रिपोलीको स्थानीय समयानुसार १० बजे अवतरण गर्ने र आजै राति २३ः१५ मा काठमाडौँ फर्किने निगमले जनाएको छ ।

यो गन्तव्यमा एकतर्फीरूपमा करिब ११ घण्टाको उडान हुनेछ ।

निगमलले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (युएन)को शान्ति मिसनमा लैजान अफ्रिकन तीन मुलुकमा चार्टर्ड उडान गरेको थियो ।

नेपाल एयरलाइन्सले साउथ सुडान, सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा चार्टर्ड उडान गरेको थियो ।

चार जिल्लाका सिडिओ हेरफेर

काठमाडौँ-गृह मन्त्रालयले चार जिल्लाका सिडियो हेरफेर गरेको छ ।

चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हेरफेर गरिएको हो ।

गृह मन्त्रालयले सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

गृहले सोलुखुम्बुका प्रजिअ गणेश विक्रम शाहीलाई फिर्ता गर्दै उनको ठाउँमा अनिल खनाललाई पठाइएको छ ।

साथै सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेललाई ताप्लेजुङमा पठाइएको छ ।

यससँगै ताप्लेजुङका प्रजिअ उमेश पाण्डे दमक इलाका प्रशासन र सोलुखुम्बुका प्रजिअ शाहीलाई धनुषा जिल्ला प्रशासनमा सरुवा गरिएको छ ।

उपसचिवमा बढुवाका लागी ३९ जना शाखा अधिकृतको नाम सिफारिस

उपसचिवमा बढुवाका लागी ३९ जना शाखा अधिकृतको नाम सिफारिस

काठमाडौँ-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्याङ्कका २, इन्जिनियरिङ (जनरल) ८ र इन्जिनियरिङ (हाइवे)तर्फ १४ गरी ३९ जनाको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

लेखा परीक्षण समूहका केदारप्रसाद खकुरेल, अगमबाबु पुरी, दुर्गाप्रसाद पन्थी, टीकानाथ अर्याल, तोयनारायण पौडेल, चन्द्रप्रकाश रेग्मी, सन्तोष शर्मा सापकोटा, विष्णुप्रसाद पौड्याल, कल्पना घिमिरे, यमनाथ खनाल, ध्रुव न्यौपाने, झविन्द्रप्रसाद भण्डारी, गोविन्दप्रसाद धमला, श्यामप्रसाद गौतम र हीरामणि निरौला बढुवामा परेका छन् ।

तथ्यांक समूहका कमल पौडेल र विनोद आचार्य पनि बढुवा सिफारिसमा परेका छन् ।

इन्जिनियरिङतर्फ जनरल उपसमूहबाट बढुवामा पर्नेमा शोभा श्रेष्ठ, नवीन श्रेष्ठ, पुण्यराम सुलु, स्मिता शर्मा, सचिन्द्रकुमार यादव, रविचन्द्र पंजियार, महेश्वरी खड्का र टंकप्रसाद खनाल रहेका छन् ।

इन्जिनियरिङ हाइवे उपसमूहबाट १४ जना बढुवामा परेका छन् ।

जसमा शोभा गिरी, वन्दना आचार्य, माधवप्रसाद अधिकारी, मुकुन्दप्रसाद लामिछाने, अमिन्द्र खड्का, प्रकाश पौडेल, शशांक मिश्र, राजेशकुमार यादव, छविलाल पौडल, राजीव श्रेष्ठ, कमलकुमार साह, लीलाबहादुर भण्डारी, नवराज बास्तोला र केशवप्रसाद ओझा रहेका छन् ।

उपसचिवमा बढुवाका लागी ३९ जना शाखा अधिकृतको नाम सिफारिस

रक्षा सचिव र प्रधानसेनापतिद्वारा होल्डिङ सेन्टरको स्थलगत निरीक्षण

महेन्द्रनगर-नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले कञ्चनपुरको महेन्द्रनगरस्थित होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेका छन् ।

सुदूरपश्चिमको भ्रमणमा रहेका उनले आज सेनाको निगरानीमा यहाँको भगतपुरमा निमार्णाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले सरकारले तोकेको मापदण्डअनुसार होल्डिङ सेन्टर निर्माण, गुणस्तरमा जोड र समयमै सम्पन्न गर्न निमार्णमा संलग्न पक्षलाई निर्देशनसमेत दिए ।

“निर्माण सम्झौता भएअनुसार सामग्रीको प्रयोग र सोही अनुसारको लगानी हुनुपर्‍यो,” उनले भने, “निर्माण कमसल लगायतका दोष पछि गएर सेनालाई नआओस् ।”

प्रधानसेनापति शर्मासँगै निरीक्षणमा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, सहसचिव बाबुराम अधिकारी र जिल्ला कोभिड व्यवस्थापनको टोलीसमेत सहभागी थियो ।

रु २९ करोडको लागतमा एक हजार शय्याको उक्त होल्डिङ सेन्टर निर्माणको अवधि आगामी फागुन १५ गतेसम्म रहेको छ । निर्माणमा नेपाली सेनाको प्राविधिक टोलीसमेत खटिएको छ ।

चालु आर्थिक वर्षमा नेपाली सेनाले पश्चिमी नाकासहित मुलुकभर आठ स्थानमा होल्डिङ सेन्टर बनाउन थालेको छ ।

होल्डिङ सेन्टर निर्माणको जिम्मा पाएको हनुमान कन्सट्रक्सन प्रालिका प्रतिनिधि लक्ष्मण सापकोटाले ९५ प्रतिशत काम सकिएको सो अवसरमा जानकारी दिए ।

उनले भने, “फागुनसम्म निर्माण सकेर हस्तान्तरणको तयारीमा छौँ ।”

एमसीसीलाई रोक्छु भन्न मिल्दैन: ओली

एमसीसीलाई रोक्छु भन्न मिल्दैन: ओली

काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई रोक्छु भन्न नमिल्ने बताएका छन् ।

अध्यक्ष ओलीले शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै उक्त कुरा बताएका हुन् ।

उनले सरकारले निर्णयार्थ पेश गरेको एमसीसी सभामुखले रोक्छु भन्न नमिल्ने पनि बताएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी मुख्यालयलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरीत भएको समेत बताएका छन् ।

उनले भने, ‘सभामुखले सरकारले निर्णयार्थ पेश गरेको एमसीसीलाई पेश नगरेर रोक्छु भन्न मिल्दैन । यो गठबन्धनको निरीहता हो । सत्ता गठबन्धन चुइक्क बोल्न सक्दैन । संसदले के गर्छ आफ्नो ठाउँमा होला तर, निर्णयार्थ पेश गर्नुपर्‍यो नि । सभामुखले अनाधिकृत क्रियाकलाप गरे ।’

एमसीसीलाई रोक्छु भन्न मिल्दैन: ओली

सामान्य प्रशासन मन्त्रालयद्वारा ३२ सहसचिवको सरुवा

सामान्य प्रशासन मन्त्रालयद्वारा ३२ सहसचिवको सरुवा

काठमाडौँ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना सहसचिवको सरुवा गरेको छ ।

शुक्रवार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा तथा पदस्थापन गरेको हो ।

टङ्क प्रसाद पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अर्थ मन्त्रालय वा अन्तर्गत, बाबुराम खतिवडालाई गृह मन्त्रा मन्त्रालय वा अन्तर्गतबाट प्रदेश लोक सेवा आयोग प्रदेश नं.१, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका रुद्र प्रसाद पण्डित र पद्मनिधि सोतीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, ध्रुवराज पण्डितलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय वा अन्तर्गत र कृष्ण प्रसाद तिम्सिनालाई आदिवासी जनजाति आयोगमा सरुवा भएको छ ।

यस्तै विष्णु राज ढकाललाई युवा तथा खेलकुद मन्त्रालयबाट नेपाल ट्रष्टको कार्यालय र नेपाल ट्रष्टको कार्यालयका विदुर प्रसाद खनाललाई युवा तथा खेलकुद मन्त्रालयमा ल्याइएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका सहसचिव अञ्जन कुमार मिश्रलाई राष्ट्रिय मधेसी आयोग, शिव नाथ पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश वा अन्तर्गत, युवराज कट्टेललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेको सहसचिवहरू गोपाल कुमार अधिकारी र रामबहादुर कुरुम्वाङ्गको अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तरगत, हीरामणि शर्माको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नारायण प्रसाद सापकोटा र श्रवण कुमार पोखरेल गृह मन्त्रालय वा अन्तर्गत, ज्ञानेन्द्र प्रसाद ढकाल र टामलाल पाण्डेको लोक सेवा आयोग वा अन्तर्गत सरुवा भएको छ ।

यसैगरी आन्तरिक राजश्व विभागका महानिर्देशक शोभा कान्त पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ ।

आदिवासी जनजाति आयोगकी बिनु बज्राचार्यको मन्त्रालयको अतिरिक्त समूह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका कविराज पौडेल राष्ट्रिय महिला आयोग, सहकारी विभागका महानिर्देशक झलकराम अधिकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, राष्ट्रिय दलित आयोगका निराज घिमिरे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव शिवराम गेलाललाई राष्ट्रिय दलित आयोग पुर्‍याइएको छ ।

मन्त्रालयले शैलजा रेग्मी भट्टराईलाई राष्ट्रिय महिला आयोगबाट राष्ट्रपतिको कार्यालय, इन्दु विक्रम जोशीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्तर्गत, प्रेमराज गिरीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश र मदन कोइरालालाई संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश, कमल पोरखेललाई युवा तथा खेलकुद मन्त्रालय वा अन्तरगतबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ । गृह मन्त्रालय वा अन्तर्गतमा रहेका राजेश्वर ज्ञवालीको अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

यज्ञराज कोइराला प्रदेश लोक सेवा आयोग, प्रदेश नं.१ बाट अर्थ मन्त्रालय वा अन्तर्गत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूर पश्चिम प्रदेशका ढुण्डी प्रसाद निरौला पनि अर्थ मन्त्रालय वा अन्तर्गत सरुवा भएका छन् ।

सामान्य प्रशासन मन्त्रालयद्वारा ३२ सहसचिवको सरुवा

कन्सुलर सेवा त्रिपुरेश्वरबाट

कन्सुलर सेवा त्रिपुरेश्वरबाट

काठमाडाैँ-कन्सुलर सेवा विभागले आगामी फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ ।

विभागले उक्त स्थानबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

विभागले यसअघि नारायणहिटी दरबारको एउटा भवनबाट सेवा प्रभाव गर्दै आएको थियो ।

नेपाल सरकारको सम्बन्धित अधिकारीहरुद्वारा जारी शैक्षिक प्रमाणपत्र र अन्य आधिकारिक कागजातहरु को कन्सुलर प्रमाणीकरण कन्सुलर सेवा विभागले प्रमाणित गर्दै आइरहेकाे छ ।

विदेशमा नेपाली नागरिकहरुको बढदो संख्या, नेपालमा वढेको विदेशी नियोग तथा अन्तर्राष्ट्रिय संघ संस्थाको संख्या आदिका कारणले सेवा सुविधामा सहजता दिनका लागि कन्सुलर सेवा बिभागको परराष्ट्र मन्त्रालय अन्तर्गत स्थापना भएको हो ।

विदेशमा विभिन्न पेशा ब्यबसाय गरी वसेका नेपाली नागरिकहरुलाई आवश्यक पर्ने कानूनी सहयोग गर्दछ ।

यसले क्षतिपूर्ति तथा वीमा रकम कानूनी हकदारलाई दिलाउने प्रक्रिया, अलपत्र परेका नेपालीहरुको उद्धार, मृत्यु भएका को शब नेपाल झिकाउने जस्ता कार्यहरु सम्पादन गर्नछ ।

विदेश स्थित नेपाली नियोगहरु संग आवश्यक समन्वय पनि कन्सुलर सेवाले गर्दछ ।

नेपाल सरकारको निर्णय वमोजिम सरकारी मनोनयनमा भिसा सिफारिश वैदेशिक तालिम, सेमिनार, सम्मेलन, गोष्ठीमा भाग लिनजान सरकारी पदाधिकारी तथा कर्मचारीहरूको लागि नेपाल स्थित विदेशी नियोगहरुमा भिसाको सिफारिस गर्ने कार्य यसले गर्दछ ।

नेपाल स्थित विदेशी नियोग तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत विदेशीहरुलाई नेपाली कुटनीतिक र अफिसियल भिसा जारी गर्ने काम कन्सुलर सेवाले गर्दछ ।

निशुल्क (Gratis) भिसकोलागि सिफारिस गर्ने तथा उनीहरुलाई परिचयपत्र उपलब्ध गराउने कार्य समेत कन्सुलर सेवाले गर्दै आएकाे छ ।

त्यस्तै नियोग तथा संघ संस्था र सोमा कार्यरत पदाधिकारीहरुले प्रयोग गर्ने गाडी तथा समानको आयातमा भन्सार महसुल छुटको सिफारिस समेत यस कार्यलयले गर्दछ ।

कन्सुलर सेवा त्रिपुरेश्वरबाट

थापाले अलग्गै पार्टी खोल्ने

थापाले अलग्गै पार्टी खोल्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग्गै रही नयाँ पार्टी स्थापना गर्ने बताउनुभएको छ ।

विराटनगर विमान स्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले राप्रपा पार्टीमा आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको प्रसङ्ग पनि उल्लेख गर्नुभयो ।

उहाँले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना हुँदाहुँदै पनि नेतृत्वलाई सैद्धान्तिक र साङ्गठनिक विषयमा दिएको सुझावलाई बेवास्ता गरेकाले नयाँ पार्टी खोल्ने धारणा राख्नुभयो ।

साथीहरुसँग परामर्श गरेर फागुनको पहिलो हप्तामा नै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने उद्घोष गर्दै नेता थापाले नयाँ पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोक्ने बताउनुभयो ।

उहाँले आफूले बोकेको विचारलाई अलपत्र पारेर नछाड्ने भन्दै पार्टीभित्र लाचार र अपमानित भएर बस्नुभन्दा अलग्गै पार्टी खोल्नेमा जोड दिनुभयो ।

स्नेह, सद्भाव देखाउने तर माग सम्बोधन गर्न नसक्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्पष्ट पारेको भन्दै नेता थापाले राजालाई साझा अभिभावक र संवैधानिक राजाका रुपमा हेर्न चाहेको बताउनुभयो ।

उहाँले एमसिसी आफैँमा आपत्तिजनक नरहेको र यसका विषयमा आएका प्रश्न र आशङ्का विषयमा सरकारले स्पष्ट पार्नुपर्ने भन्दै आर्थिक सहयोग लिन सकिने एमसिसीबाट कुनै नोक्सानी नहुने धारणा राख्नुभयो ।

उहाँले यस विषयमा बढीभन्दा बढी राजनीतिक दललाई सहमति गराएर पास गर्नुपर्ने विचार व्यक्त गनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख राजनीतिक दलहरू नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को वैकल्पिक शक्तिका रूपमा स्थापित भएको थियो।

पार्टी प्रजातन्त्र, संवैधानिक राजतन्त्र, राष्ट्रवाद र आर्थिक उदारवादको सिद्धान्तमा स्थापित भएको थियो ।

२०६३ मा राजतन्त्रको अन्त्य भएसँगै नेपाललाई २०७३ जेठ ४ गते धर्मनिरपेक्ष राज्य घोषित गरिएको थियो ।

पार्टीले धार्मिक स्वतन्त्रताको साथमा हिन्दू राज्यलाई समर्थन जनाएको छ र यसका लागि २०७३ चैत १६ मा संबिधान संशोधन प्रस्ताव दर्ता गरेको थियो।

हालै सम्पन्न महाधिबेशनमा कमल थापा राजेन्द्र लिङ्देनसँग अध्यक्ष पदमा पराजित भएका थिए । हाल राप्रपाबाट अलग भएर कमल थापा नयाँ पार्टी दर्ता गर्न लागिपरेका छन् ।

थापाले अलग्गै पार्टी खोल्ने

चितवनको राप्तीमा बर्डफ्लू देखियो

चितवनको राप्तीमा बर्डफ्लू देखियो

भरतपुर-यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुन: देखिएको छ ।

राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो ।

उक्त फर्ममा दुई हजार कुखुरा छन् । उक्त फर्मको एक सय मिटर वरपर रहेका पक्षी नष्ट गर्ने काम आज हुने उहाँले बताउनुभयो ।

फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने उहाँको भनाइ छ ।

शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

विश्व पशु स्वास्थ्य सङ्गठनका अनुसार ‘नोटिफाइअबल एभियन इन्फ्लुएन्जा’ भाइरसको ‘सब–टाइप’ बाट हुने रोग वा संक्रमण नै बर्ड फ्लू हो ।

बर्ड फ्लु अर्थात एच ५ एन १ अत्याधिक संक्रमण हुने इन्फ्लुएन्जा भाइरस हो ।

यसले चराचुरुङ्गीको श्वासप्रश्वासमा असर गर्छ । एक मानिसबाट अर्को मानिसमा सजिलै सर्दैन ।

तर, मानिसमा संक्रमण सरे मृत्युदर उच्च हुने चिकित्सकहरु बताउँछन् ।

बर्ड फ्लूका लक्षणहरुः

–घाँटी दुख्नु
–खोकी लाग्नु
–मांशपेसीहरु दुख्नु
–उच्च ज्वरो आउनु
–सास फेर्न गाह्रो हुनु
–पेट दुख्नु, छाती दुख्नु

बर्ड फ्लुबाट बच्ने उपायः

–७० डिग्री सेल्सियसमा पंछीको मासु पकाउँदा भाइरस मर्छ ।
–मासु किनेर ल्याएपछी पन्जा एप्रोंन र माक्स लगाएर मात्र छुनु पर्छ ।
–बर्ड फ्लू संक्रमणको शंका लागेमा कुखुराको अन्डा खानु हुँदैन ।
–पंक्षी मरेको देख्नेवितिकै सचेत हुनुपर्छ ।
–मृत पक्षी र तिनीहरुको सुलीबाट टाढा रहने ।

चितवनको राप्तीमा बर्डफ्लू देखियो

१२०० लालपूर्जाविहीन: हप्ताभित्रै टोली फिल्ड पठाउने तयारी

१२०० लालपूर्जाविहीन: हप्ताभित्रै टोली फिल्ड पठाउने तयारी

पैँतालीस वर्षदेखि लालपूर्जाविहीन काभ्रे भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवारको जमिनबारे छानबिन गरिने भएको छ ।

यसका लागि आगामी फागुन पहिलो साताभित्रै पुनः टोली फिल्डमा पठाइने भएको छ ।

आन्तरिक विवादलगायत कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब डेढवर्ष छानबिनको काम रोकिएको थियो ।

गाउँपालिकाको दुई वडा ७ र ८ मा जग्गा विवाद छानबिन गरी लालपूर्जा वितरणका लागि गाउँपालिका, वडा तथा जिल्लास्थित मालपोत र नापी कार्यालयबीच बिहीबार एक हप्ताभित्रै पुनः टोली पठाउने सहमति भएको हो ।

“एक हप्ताभित्र पुनः फिल्डमै कर्मचारी पठाउने निर्णय भएको छ, उहाँहरुले रोकिएको काम सुचारु गर्नुहुनेछ” नापी कार्यालय प्रमुख राम विनयकुमार सिंहले भन्नुभयो ।

उहाँका अनुसार नापीका केही कर्मचारी फिल्डमै हुनुहुन्छ । दुवै वडामा २०७६ साल पुसमा नापी र मालपोतका दुई कार्यालय स्थापना गरिएको थियो ।

यसलगत्तै नेपालमा पनि महामारी फैलिएपछि थालिएको काम रोकिएको हो ।

कोरोना जोखिम घटेपछि २०७७ मङ्सिरबाट पुनः थालेपछि केही काम हुँदैथियो पुनः कोरोनाको दोस्रो लहरले छानबिनको कामलाई जहाँको तही थाँती राखिदियो ।

गत पुसदेखि काम पुनः थाली टोली पठाइने तयारी गरेपनि कोरोना तेस्रो लहरका कारण नसकिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार त्यसयता छानबिनका लागि टोली पठाउन मालपोत कार्यालय र स्थानीय तहसँग छलफल तथा समन्वयपछि हप्ताभित्र काम सुचारु गर्ने सहमति भएको हो ।

करिब दुई वर्षदेखि स्थानीयस्तरका नापी र मालपोतका कार्यालय कर्मचारीविहीन बनेका थिए ।

फिल्डमा खटेको नापीको टोली स्थापनाको केही महिनापछि नै फर्किएपछि ४५ वर्षदेखि लालपूर्जाको पर्खाइमा बसेका करिब एक हजार दुई सय परिवारमा पुनःनिरासा छाएको थियो भने लालपूर्जा वितरणमा थप अन्योलता कायम हुँदै आएको थियो ।

उक्त गाउँपालिकाको सात र आठ नम्बर वडामा स्थानीयवासीको जग्गाधनी र जग्गाको छानबिन गरी लालपूर्जा दिन जिल्लास्थित कार्यालयमा सिफारिस गर्न दुई कार्यालय राखिएको थियो ।

करिब ३०० को लालपूर्जा तयार

तत्कालीन नक्शाङ्कनको अवस्थामा सीमाविवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपूर्जाविहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपूर्जा प्राप्तिका लागि निवेदन दर्ता गरेका थिए ।

कार्यालयका प्रमुख सिंहले तीन लहरको कोरोना सङ्क्रमणका कारण करिब डेढ वर्ष भुम्लु गाउँपालिकाको जमिनको छानबिन गरी लालपूर्जा वितरणको काम प्रभावित बनेको हो ।

“छानबिन गरी नाममा पूर्जा दिन केही व्यक्तिको मृत्यु भइसकेकाले कुन आधारमा नामसारी गर्ने भन्नेबारे थप समस्या सिर्जना भएकोले त्यसबारे गम्भीर रुपमा छलफल र कानुनी आधारमा सहमति गर्नुपर्ने देखिएको छ, गर्न सकिन्छ–असम्भव छैन” प्रमुख सिंहले भन्नुभयो ।

उहाँका अनुसार करिब ३०० को लालपूर्जा तयार भइसकेको छ ।

साविकको भुम्लुटार र फलाँटे गाउँविकास समितिबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई तत्कालीन गाविसका सर्वसाधारणले हालसम्म पनि आफूले प्रयोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र(लालपूर्जा) प्राप्त गर्न सकेका छैनन् ।

कार्यालयका अनुसार ७ नम्बर वडास्थित कार्यालयमा ९३२ र ८ नम्बरमा ३१७ निवेदन दर्ता भएको छ ।

नापी कार्यालयद्वारा निवेदन बुझ्ने काम भएको तर थप प्रक्रिया अघि बढेको छैन ।

कार्यालयले मालपोत कार्यालयबाट जमिनको सुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा श्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्तागरी लालपूर्जा दिन सकिने जनाउँदै आएको छ ।

हाल दुवै वडामा तेस्रोपक्ष व्यक्तिमा किनबेच नभएको जग्गामात्रै दर्ता गर्न सकिने तथा अन्यको हकमा कानुनी आधारमा निक्र्यौल गरी प्रक्रिया थाल्नुपर्ने देखिएको जनाइएको छ ।

नापी र मालपोत कार्यालयका कर्मचारीले दुई वडाको सिमाङ्कनको काम सुचारु नगर्दा अन्योलता छाएको र लालपूर्जावहीनमा निराशा छाएको वडा नं ७ का स्थानीयवासी रमेश खरेलले बताउनुभयो ।

खरेलका अनुसार लामो समयपछि लालपूर्जा पाउने आशमा बसेकामा नापी र मालपोत कार्यालयको बेवास्ताका कारण थप अन्योलता छाएको स्थानीयवासीले आरोप लगाउँदै आएका छन् ।

उहाँले भन्नुभयो,“दुवै कार्यालयका कर्मचारीले स्थानीयवासीको निवेदन बुझेर हिँडेका थिए ।”

काम सुचारु गराउन नापी र मालपोतलाई छुट्टाछुट्टटै पत्राचार

भुम्लु गाउँपालिकाले भने काम सुचारु गराउन जिल्लास्थित नापी र मालपोत कार्यालयलाई छुट्टाछुट्टटै पत्राचार गरेको थियो ।

“निवेदन उपर छानबिन गरी जग्गादाताले आवश्यक प्रमाण जुटाउने प्रक्रिया अघि बढिरहेका बेला कोरोनाले काम प्रभावित बनायो, लामो छलफलपछि कामलाई निरन्तरता दिन सकिने निर्णय भएको छ अब काम अघि बढ्छ कि !” अध्यक्ष गुमानध्वन कुँवरले भन्नुभयो ।

उहाँका अनुसार साविकको पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतीयोग्य जमिन परेपछि त्यो जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण तत्कालीन नापी टोली फर्किएको थियो ।

१२०० लालपूर्जाविहीन: हप्ताभित्रै टोली फिल्ड पठाउने तयारी