राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ

राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ

आगामी ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७ गते) भव्यरुपमा मनाउन प्रचारप्रसारका हिसाब सम्पूर्ण तयारी पूरा गर्ने निर्णय गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं प्रजातन्त्र दिवस प्रचारप्रसार उपसमितिका संयोजक डा बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको बैठकले सञ्चारमाध्यमबाट विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।

प्रजातन्त्र दिवसका दिन घर, कार्यालय र मण्डलालगायतमा दिपावली गर्ने, घर–घरमा राष्ट्रिय झण्डा फहराउने तथा विद्युतीय सञ्चार माध्यमबाट जागरणसम्बन्धी गीत प्रसारण गरिने भएको छ ।

जहानिया राणा शासनबाट जनतालाई मुक्त गरी मुलुकमा तत्कालीन राजा त्रिभुवनले प्रजातन्त्र बहालीको घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते पर्वकैरुपमा प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

मुलुकमा प्रजातन्त्र स्थापनाका खातिर शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले बलिदानी दिनुभएको थियो ।

राष्ट्रिय समाचार समिति(रासस)ले प्रजातन्त्र दिवसका अवसरमा दिवस केन्द्रित सामग्री तयार गरी अन्य सञ्चार माध्यमलाई उपलब्ध गराउने छ ।

विद्युतीय सञ्चार माध्यमबाट प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद प्रसारण गर्ने तथा छापा माध्यम अर्थात राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रजातन्त्र दिवस विशेषाङ्क, स्मारिका र लेख रचनाको सङ्गालो प्रकाशन गरिनेछ ।

प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमलगायतका दूरसञ्चार सेवा प्रदायक संस्थाबाट शुभकामना एसएमएस गर्ने, नेपाल टेलिभिजन र रेडियो नेपाल तथा सामुदायिक एवं निजी क्षेत्रका अन्य सञ्चार माध्यमबाट पनि प्रजातन्त्र दिवसको महत्वबारे कार्यक्रम र सामग्री प्रकाशन तथा प्रसारण गरिने छ ।

रेडियो र टेलिभिजनलगायतका सञ्चार संस्थाले प्रजातन्त्र मूल समारोहसम्बन्धी कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउने छन् ।

बैठकमा मन्त्रालयका सहसचिव, सूचना विभागका महानिर्देशक, गोरखापत्र र नेपाल टेलिभिजनका अध्यक्ष, राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक, रेडियो नेपालका कार्यकारी निर्देशक, नेपाल टेलिकमका प्रबन्ध निर्देशक, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशकलगायत सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ

मन्त्रीस्तरिय निर्णयद्वारा २९ सहसचिवको सरुवा

मन्त्रीस्तरिय निर्णयद्वारा २९ सहसचिवको सरुवा

काठमाडौँ-सरकारले मन्त्री स्तरिय निर्णयबाट २९ जना सहसचिवको सरुवा गरेको छ ।

मङ्गलवार बसेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेका हो ।

सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अण प्रसाद न्यौपानेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रदेश लोक सेवा आयोग, मधेस प्रदेश, महेश आचार्य अर्थ मन्त्रालय वा अन्तर्गतबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश, उद्धवप्रसाद रिजाल अतिरिक्त समूहबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ र ईश्वर कुमार गिरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश नंं.१ विराटनगरमा सरुवा गरेको छ ।

सहसचिव यज्ञ प्रसाद ढुङ्गेलको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश हेटौँडाबाट रक्षा मन्त्रालय, श्रीकृष्ण नेपालको अर्थ मन्त्रालयबाट श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश, नेत्र प्रसाद सुवेदीको राष्ट्रिय कितावखानाबाट सामाजिक विकास मन्त्रालय बागमती प्रदेश, प्रेमराज गिरीको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तबाट प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशमा सरुवा भएको छ ।

अनुज भट्टचन राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरबाट स्वास्थ्य मन्त्रालय, प्रदेश नं. १, नवीन राज सिंह जल तथा ऊर्जा आयोगबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय प्रदेश नं. १, माधव प्रसाद पोखरेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १ बाट उद्योग, श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं.१, टेक बहादुर के.सी. लोक सेवा आयोगबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, विनोद बहादुर कुँवर सामाजिक विकास मन्त्रालय पोखराबाट प्रदेश लोक सेवा आयोग पोखरा, देवेन्द्र लामिछाने अतिरिक्तबाट सामाजिक विकास मन्त्रालय गण्डकी, श्रीराम तिवारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय गण्डकीमा सरुवा गरिएको छ ।

प्रेमलाल लामिछाने रक्षा मन्त्रालय वा अन्तर्गतबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, यम प्रसाद भुसाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, कुमार प्रसाद दाहाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनीबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह र डा। शान्ता कार्की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनीबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

जक्की अहमद अन्सारी खानेपानी मन्त्रालयबाट पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, लुम्बिनी प्रदेश, वैकुण्ठ अधिकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट कृषि मन्त्रालय लुम्बिनी प्रदेश, राम शरण सापकोटा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूर पश्चिम प्रदेश, रामहरि ज्ञवाली अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूर पश्चिम प्रदेश, जगदीश्वर कर्माचार्य वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, कर्णाली प्रदेश, महेशचन्द्र न्यौपाने पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, बलराम निरौला अतिरिक्त समूहबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेश, राजेन्द्र पराजुली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखको कार्यालय जनकपुर, नारायण सापकोटा अर्थ मन्त्रालय वा अन्तर्गतबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ ।

मन्त्रीस्तरिय निर्णयद्वारा २९ सहसचिवको सरुवा

बेचिएकी महिलाको भारतको सिमलाबाट उद्धार

बेचिएकी महिलाको भारतको सिमलाबाट उद्धार

भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पुर्‍याएको छ ।

सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रुपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताउनुभयो ।

“सल्यानकी ती महिलालाई साहुसित बेचेर मान्छे फरार भएछ”, संयोजक भट्टले भन्नुभयो, “घटना विवरणलाई नियाल्दा कोहलपुरका गोपाल विकले विवाह गर्ने प्रलोभनमा ललाईफकाइ भारत लगेको देखिन्छ ।”

उहाँले सिमलाको बागीबाट महिलालाई उद्धार गरी माइती नेपालको संरक्षणमा राखिएको बताउनुभयो ।

माइती नेपालले फरार रहेका विकमाथि कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

बेचिएकी महिलाको भारतको सिमलाबाट उद्धार

यसकारण आवश्यक छन् एमसिसीले अगाडि बढाएका प्रसारण लाइन

काठमाडौँ- नेपालमा विद्युत् उत्पादन एकपछि अर्को गर्दै वृद्धि भइरहेको छ ।

नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा हालसम्म दुई हजार १०० मेगावाट बराबर बिजुली जोडिएको छ ।

निर्माणका क्रममा तीन हजार ५०० मेगावाट क्षमताका आयोजना छन् ।

यस्तै, निर्माणमा जाने तयारीमा झन्डै नौ हजार मेगावाट क्षमताका आयोजना छन् ।

जलविद्युत् उत्पादनमा एकपछि अर्को गर्दै सफलता हासिल हुँदै गए पनि प्रसारण प्रणालीको अभावमा एक स्थानमा उत्पादन भएको बिजुली अर्को स्थानमा लैजान भने समस्या उत्पन्न भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बुझाइमा प्रसारण लाइन र त्यसको एउटा टावर निर्माण गर्नु एउटा आयोजना जस्तै बन्न पुगेको छ ।

अनेकन जटिलता र व्यवधानका कारण प्रसारण लाइन निर्माणको काम असाध्यै जटिल बन्न पुगेको छ ।

काठमाडौँ उपत्यकामा बढ्दो सहरीकरणका कारण हरेक वर्ष बिजुलीको माग थप हुँदै गएको छ ।

तर विद्यमान प्रणालीले मात्रै आगामी दिनको माग धान्न मुस्किल पर्ने देखिन्छ ।

त्यसका लागि वैकल्पिक प्रसारण प्रणाली आवश्यक भइसकेको छ ।

सोही आवश्यकतालाई दृष्टिगत गर्दै सरकारले काठमाडौँको नाङ्लेभारेदेखि नुवाकोटको रातमाटे हुँदै ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारेको हो ।

यो परियोजना प्राधिकरणको गुरुयोजनाअनुसार नै निर्माण गर्न लागिएको हो ।

उक्त प्रसारण लाइन तनहुँ हुँदै एउटा नवलपरासी पुग्नेछ भने अर्को लाइन हेटौँडातर्फ जाने छ ।

कूल ३१२ किलोमिटर लामो उक्त प्रसारण प्रणालीलाई काठमाडौँ उपत्यकाको मेरुदण्डका रुपमा समेत लिइएको छ ।

यस्तै, प्रमुख सहरहरु पोखरा, हेटाँैडा, नारायणगढ र बुटवललाई समेत सोही प्रसारण प्रणालीमा जोडिनेछ ।

यसबाट बढी बिजुली माग हुने क्षेत्रमा सहज रुपमा उपलब्ध हुन्छ ।

एमसिसीले उपलब्ध गराउने ४० करोड अमेरिकी डलर अनुदान सहायताले बन्ने ४०० केभी क्षमताको लप्सीफेदी, रातमाटा, दमौली तीनवटा सबस्टेसन निर्माण हुनेछ ।

नुवाकोटको रातमाटामा निर्माण हुने सबस्टेसनमा प्रस्तावित रसुवागढी–केरुङ ४०० केभी क्षमताको प्रसारण लाइन पनि जोडिनेछ ।

प्राधिकरणले निर्माण गर्ने बुटवल–गोरखपुर ४०० केभीको नेपाल–भारत सीमासम्मको २२ किमी अन्तर देशीय प्रसारण लाइन पनि यसैमा जोडिन्छ ।

नेपालको बिजुलीको आन्तरिक खपतका लागि विद्युत् प्रसारण लाइन निर्माण गर्नुपर्ने तथा बढी भएको बिजुली भारतमा निकासी गर्न पनि यो परियोजना अत्यावश्यक रहेको ऊर्जा उद्यमी एवम् स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का केन्द्रीय कार्यसमिति सदस्य प्रकाश दुलालको भनाइ छ ।

उहाँले प्रसारण लाइन बनाउनु हुँदैन भन्नेहरूले दैनिक १८ घन्टा विद्युत्भार कटौतीको अन्त्य नेपालले भारतबाट विद्युत् आयात गरेर गरेको तथ्य थाहा नभएर वा आजको व्यावहारिक युगमा तुलनात्मक लाभको वस्तु उत्पादन गरेर विश्व बजारमा बेच्ने मान्यता विपरीत रहेको बताउनुभयो ।

लगानी डुब्ने जोखिम

सो प्रसारण लाइनमार्फत तामाकोसी वा भोटेकोसी कोरिडोरका आयोजनाको बिजुली जोडिनेछ ।

यस्तै रसुवा नुवाकोटको नदी कोरिडोरमा निर्माणका क्रममा रहेका र निर्माणमा जाने तयारीमा रहेका अधिकांश जलविद्युत् आयोजनाको बिजुली जोडिनेछ ।

ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानका अनुसार हाल निर्माण भइरहेका तीन हजार मेगावाट क्षमताभन्दा बढी आयोजना सोही प्रसारण लाइनको वरिपरि निर्माण भइरहेकाले पनि असाध्यै बढी महत्वपूर्ण छ ।

प्रसारण लाइनको अभावमा सरकार र निजी क्षेत्रको लगानी डुब्ने, बैंक तथा वित्तीय संस्थासमेत डुब्ने र देशसमेत आर्थिक रुपमा समस्यामा पर्ने भएकाले कुनै पनि द्विविधा नराखी निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।

सो प्रसारण लाइनको आसपास मात्रै निजी क्षेत्रले झन्डै रु छ खर्ब बराबरको लगानी गरेको छ ।

निर्माणमा रहेका र निर्माणमा जान लागेका आयोजनाको बिजुली बढी माग हुने सहरी क्षेत्रमा पुर्‍याउन एवम् भारत र बङ्गलादेश निर्यातका लागि पनि यो प्रसारण लाइन आवश्यक रहेको प्रधानको भनाइ छ ।

यस्तै, बूढीगण्डकी एवम् कालीगण्डकी करिडोरमा निर्माण हुने बिजुलीसमेत सोही प्रसारण लाइनमा जोडिनेछ ।

विद्युत् उत्पादन हुने स्थानबाट आवश्यक रहने स्थानमा बिजुली पुर्‍याउन महत्वपूर्ण मानिएको सो प्रसारण लाइनलाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनले लगानी गर्न लागेको छ ।

सो प्रसारण लाइन प्रस्तावित नेपाल भारत दोस्रो अन्तरदेशीय प्रसारण लाइनमा पनि जोडिने भएकाले यहाँ बढी भएको बिजुली भारत र बङ्गलादेशको बजारमा पुर्‍याउनसमेत सहयोगी बन्ने छ ।

नेपाल र भारतबीच समान लगानीमा ४०० केभी क्षमताको न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण हुने सहमति भइसकेको छ ।

सरकारी विवरणअनुसार करिब ८३ हजार मेगावाट क्षमता बराबरको विद्युत् उत्पादन सम्भावना भए पनि हाल देशमा दुई हजार १०० मेगावाट अर्थात् करिब दुई प्रतिशत मात्रै उत्पादन भएको छ ।

हाल सरकारी क्षेत्रबाट ६१० र निजी क्षेत्रबाट तीन हजार ५०६ मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् ।

यस्तै निजी क्षेत्रबाट दुई हजार १४१ मेगावाट क्षमताका आयोजना विद्युत् खरिद सम्झौता (पिपिए) भई निर्माणको चरणमा छन् ।

कूल एक हजार ८५२ मेगावाट क्षमताका आयोजनाको विद्युत् जडान सम्झौता सम्पन्न भई पिपिएको प्रतिक्षामा छन् ।

सरकारले सीमापार विद्युत् व्यापारका लागि आवश्यक विद्युत् प्रसारण लाइनको निर्माण गर्न नसकेर तीन वर्षदेखि कुनै पनि आयोजनाको पिपिए भएको छैन ।

निजी क्षेत्रका ७२ मेगावाट आयोजनाले सर्वेक्षण कार्य सम्पन्न गरेर विद्युत् जडान सम्झौताका लागि आवेदन दिए पनि विद्युत् जडान सम्झौता रोकिएको छ ।

सरकारले प्रतिस्पर्धाका आधारमा वा बजारको सुनिश्चितता भएपछि मात्रै पिपिए गर्ने बताउँदै आएको छ ।

ऊर्जा उद्यमी दुलालका अनुसार जलविद्युत् आयोजनाको पहिचान, अध्ययन र विकासका लागि निजी क्षेत्रले हालसम्म करिब रु १२ खर्ब लगानी गरिसकेको छ भने आगामी पाँच वर्षमा थप रु १७ खर्बभन्दा बढी लगानी गर्नेछ ।

काठमाडौँ उपत्यकाका लागि झनै आवश्यक

नेपालको हालसम्मै ठूलो केवलकार परियोजना अगाडि बढाउन लाग्नुभएका उद्यमी एवम् विश्लेषक अरुणकुमार सुवेदीका अनुसार काठमाडौँ उपत्यकाको विद्युत्को माग र आपूर्तिको सन्तुलन मिलाउनका लागि पनि ४०० केभी क्षमताको प्रसारणलाइन जरुरी रहेको बताउनुहुन्छ ।

हाल काठमाडौँ उपत्यकामा हेटाैँडाबाट २२० केभी लाइन, नुवाकोटबाट २२० केभी लाइन र किर्नेटार हुँदै अर्को लाइन काठमाडौँ उपत्यकामा भित्रिएको छ ।

विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिन र हरेक घरमा विद्युतीय चुल्होको प्रयोग बढाउन पनि उच्च क्षमतामा प्रसारण राजमार्गहरु आवश्यक पर्ने उहाँको भनाइ छ ।

सङ्घीय राजधानीसमेत भएकाले आगामी दिनमा मेट्रो रेलको आवश्यकता झनै बढेर गएको छ ।

त्यसका लागि ठूला क्षमताका प्रसारण लाइन हाम्रा लागि आवश्यकता र बाध्यता दुवै बन्न पुगेको विश्लेषक सुवेदीको भनाइ छ ।

जनघनत्वका हिसाबले पनि बिजुलीको माग सम्बोधन गर्न तथा निर्माणमा रहेका आयोजनाको बिजुली जोडन पनि ‘हाई भोल्टेज’ लाइन जरुरी रहेकाले यसलाई बिना अवरोध अगाडि बढाउनुपर्ने सुवेदीको तर्क छ ।

यसैगरी आगामी पाँच वर्षमा थप १३ हजार मेगावाट विद्युत् उत्पादन हुने र त्यसको प्रवाहका लागि उत्तर–दक्षिण, पूर्व–पश्चिम ४००, २२०, १३२ र ३३ केभी क्षमताका प्रसारण लाइन तथा सबस्टेसनको निर्माण र स्तरोन्नति गर्नु आवश्यक छ ।

त्यसका लागि मात्रै रु नौ खर्बभन्दा बढी लगानी आवश्यक पर्नेछ ।

आगामी पाँच वर्षमा १३ हजार मेगावाट विद्युत् उत्पादन भएको खण्डमा जलविद्युत् क्षेत्रमा मात्रै करिब रु ३० खर्बको हाराहारीमा लगानी हुनेछ ।

जुन लगानी प्रत्येक वर्ष पाँच खर्ब ५० अर्बका दरले पूर्वाधार निर्माणमा खर्च गर्नुपर्छ । यो सरकारको हाल भैरहेको वास्तविक विकास खर्च भन्दा तेब्बरले बढी हुन जान्छ ।

आगामी पाँच वर्षमा १३ हजार मेगावाट बराबरको आयोजना बनेको खण्डमा प्रतिवर्ष आठ लाख मानिसले रोजगारी पाउने र आयोजना निर्माण भइसकेपछि हरेक आयोजनामा १० जनाका दरले नियमित रुपमा एक लाख ३० हजार जनाले रोजगारी पाउनेछन् ।

ती आयोजना निर्माणका क्रममा मात्रै राज्यले रु एक खर्ब ८० अर्ब बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) प्राप्त गर्नेछ ।

आयोजना निर्माणपछि सरकारले वार्षिक रुपमा रु नौ अर्ब ३० करोड र १६ वर्षदेखि ३० वर्षसम्म रु ५३ अर्बका दरले रोयल्टी प्राप्त गर्नेछ ।

आर्थिक लाभ एवम् हाल बनीरहेका आयोजनाको बिजुली सहज रुपमा आदानप्रदानका लागि पनि नाङ्लेभारेदेखि बुटवलसम्म निर्माण हुने ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन अत्यावश्यक रहेको ऊर्जा उद्यमी दुलालको भनाइ छ ।

सरकारी एवम् निजी क्षेत्रका आयोजनामा भइरहेको लगानीको सुरक्षाका लागि पनि एमसिसीले प्रस्ताव गरेको प्रसारण लाइन जरुरी रहेको ऊर्जा उद्यमीहरुको भनाइ छ ।

नेपाल सरकार एमसिसी सम्झौता

सरकार र एमसिसीबीच २०७४ भदौ २९ मा अनुदान सहायतामा हस्ताक्षर भएको हो ।

एमसिसीसँग २०६८ माघ ५ गते थ्रेसहोल्ड कार्यक्रम छनोट भएको हो ।

त्यतिबेला डा बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुनुहुन्थ्यो ।

यस्तै, विसं २०७० पुसमा विकासका अवरोध पहिचानका लागि विज्ञ समूह गठन भई प्रसारण लाइन र सडक निर्माणका लागि आग्रह गरियो ।

एमसिसीबाट अनुदान लिन तत्कालीन खिलराज रेग्मी नेतृत्वको सरकारले आवेदन दिएको थियो ।

सोही आवेदनका आधारमा एमसिसीले २०७१ माघमा नेपाललाई अनुदान सहायता दिने निर्णय गरेको थियो ।

त्यस्तै, २०७३ साउन ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसी कम्प्याक्टको मस्यौदा तयार पारेर प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

त्यसपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री कृष्णबहादुर महराले २०७४ जेठ १८ गते अनुदान सहायतासम्बन्धी स्म्झौताको अन्तिम रुप दिन द्विपक्षीय वार्ता टोली गठन गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अघिल्लो कार्यकालयमा मन्त्रिपरिषद्ले २०७४ साउन १० गते एमसिसीसँग सम्झौताका लागि स्वीकृति दियो ।

तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसिसीका प्रमुख कार्यकारी अधिकृत जोनाथन जी नाशबीच २०७४ भदौ २९ गते अमेरिकाको वासिङ्टन डिसीमा एमसिसी सम्झौतामा हस्ताक्षर भयो ।

तत्कालीन नेकपाका तर्फबाट प्रधानमन्त्री रहनुभएका ओली नेतृत्वको सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले २०७५ पुस १३ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई राय माग्दै सम्झौता सङ्घीय संसद्बाट अनुमोदन गर्नुपर्ने वा नपर्ने विषयमा पत्राचार गर्नुभयो ।

सोही पत्राअनुसार २०७५ पुस २६ गते सम्झौताको धारा, ७ को प्रावधानअनुसार प्रतिनिधिसभाको सामान्य बहुमतबाट सम्झौता अनुमोदन गर्नु उपयुक्त हुने राय दिइयो ।

यस्तै, २०७५ असोज ६ गते एमसिसी परियोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा राख्ने निर्णय भयो ।

तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री डा खतिवडाले २०६८ असार ३१ गते एमसिसीसँगको सम्झौता अनुमोदनका लागि सङ्घीय संसद् सचिवालयमा प्रस्ताव दर्ता पनि गराउनुभयो ।

यसैगरी २०७६ असोज १२ गते नेपाल र एमसिसीबीच परियोजना कार्यान्वयनको सम्झौता भयो भने २०६७ असोज २५ र २६ गते भारतमा भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको र त्यसको जानकारी असोज २८ गते दिइयो ।

गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल

गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ ।

गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

सहसचिव डा भुसालका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालुतर्फको समेत बजेट यकिन गरेर अर्थ मन्त्रालयमा पठाउनेछ ।

छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौलालगायतको सहभागिता थियो ।

गृहमन्त्री खाँणले निर्वाचनको कामलाई घनिभूतरूपमा अगाडि बढाउन अर्थमन्त्री शर्मासँग छलफल गर्नुभएको हो ।

अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक र गर्नैपर्ने विषयबारे जानकारी गराउन आग्रह गर्नुभएको थियो ।

गृहमन्त्री खाँणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको र नभई नहुने विषयवस्तुबारे अवगत गराइने जानकारी दिनुभयो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाँणले अर्थमन्त्रीसँग छलफल गर्नुभएको हो ।

आजबाट इमर्जिङ्ग नेपालको आईपीओ बिक्री खुला

आजबाट इमर्जिङ्ग नेपालको आईपीओ बिक्री खुला

काठमाडौँ-इमर्जिङ्ग नेपालले आजबाट आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले निष्कान गर्न लागेको कुल ५ लाख ५५ हजार कित्तामध्ये ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ भने सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ

हेटौँडा सिमन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान

हेटौँडा सिमन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान

सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो ।

महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनसक्ने मन्त्रालयले जनाएको छ ।

उद्योग मन्त्रालयको प्रशासन तथा संस्था शाखामा दरखास्त दिन सकिनेछ ।

दरखास्तका साथमा निवेदकले उद्योग सञ्चालनका लागि व्यावसायिक कार्ययोजना पेश गर्नुपर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

३५ वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको व्यक्तिले महाप्रबन्धकका लागि दरखास्त दिन सक्नेछन् ।

प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जीनियरिङ वा कानुन विषयमा स्नातकोत्तर उत्तीर्ण गरी कुनै संस्थाको व्यवस्थापकीय जिम्मेवारीमा अधिकृतस्तरको पदमा कम्तीमा पाँच वर्ष काम गरेका व्यक्तिले दरखास्त दिनसक्ने मन्त्रालयले जनाएको छ ।

दरखास्त स्वीकृत भई छनोटमा परेका उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामार्फत उत्कृष्टलाई नियुक्तिका लागि सिफारिस गरिनेछ ।

सरकारी स्वामित्वको उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन छ ।

महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल गत पुसमा सकिएको थियो ।

सिहंले २०७१ सालदेखि महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

हेटौँडा सिमन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान

कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्र्दै उहाँले पार्टीमा पुर्‍याउनु भएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गर्नुभएको हो ।

नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गर्नुभएका कांग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो ।

बहुप्रतिभाका धनी सचिव डा रेग्मी

काठमाडौँ-बिश्वभरीनै राज्य सञ्चालनको काम प्रशासकले गर्ने गर्दछन् । नेपालको सन्दर्भमा पनि राज्य सञ्चालनमा प्रशासकको भुमिका निकै महत्वपुर्ण छ ।

अन्य देसमा भन्दा राजनीतिक रुपमा अस्थिर सरकार भएको देशमा राज्य चलाउनेमा प्रशासकको जिम्मेवारी ठुलो हुने गर्दछ ।

छोटो समयमा सरकार परिवर्तन हुदा राज्य सञ्चालन नीतिमा विचलन आउने गर्दछ जस्को ब्यबस्थापन एक कुसल र अब्बल प्रशासक बिना सम्भब हुदैन ।

नेपालको सन्दर्भमा प्रशासन क्षेत्रमा धेरै प्रशासकहरु कार्यरत छन् । सबै प्रशासकहरु आ-आफ्नो कार्यमा कुशलनै छन् । तर नेपालको प्रशासन क्षेत्रमा जागिर मात्र खान प्रशासक भएकाको लामबद्ध संख्या कम भने छैन् ।

नेपालको प्रशासन क्षेत्रमा भएका प्रशासक मध्य अब्बल र क्षमतावान प्रशासक भने निकै कम छन् । ति दुलर्भ क्षमताका प्रशासक मध्यका एक प्रशासक हुन् सचिव डा दामोदर रेग्मी ।

उनले नेपालको प्रशासनको क्षेत्रमा निकै ठुलो योगदान दिएका छन् । उनको कार्यको तुलना निजामती प्रशासनको क्षेत्रमा एक दम कम प्रशासक बाहेक अन्यसँग गर्न सुहाउदैन ।

२०५५ सालमा शाखा अधिकृतको पदबाट नेपालको निजामती प्रशासनको क्षेत्रमा प्रशासको रुपमा प्रवेश गरेका सचिव डा रेग्मीको यस्तो छ अनुभव, शिक्षा र क्षमता–

शिक्षा

सेन मा वि तानसेन वाट एस एल सी

त्रिभुवन बहुमुखी क्याम्पस तानसेन वाट आइ एस सी

रत्न राज्य लक्ष्मी क्याम्पस काठमाण्डौ  वाट अर्थशास्त्र र गणितमा स्नातक

त्रि वि वि वाट जनप्रशासनमा स्नातकोत्तर

छिन्ह्वा विश्व विद्यालय बेजिंग चीन वाट अन्तर्राष्ट्रिय जनप्रशासनमा स्नातकोत्तर

अन्नामलाइ विश्व विद्यालय भारतवाट मूल्य शिक्षा र आध्यात्मिकतामा स्नातकोत्तर

कौटिल्यकालीन भन्सार प्रशासनको सन्दर्भमा नेपालमा भन्सार प्रशासन सुधारको प्रभावकारिता विषयमा पी एच डी

निजामती सेवामा प्रवेश

२०५५ शाखा अधिकृत खुला प्रतियोगिता

२०६१ उप सचिव आन्तरिक प्रतियोगिता

२०६८ सहसचिव आन्तरिक प्रतियोगितामा प्रथम स्थान हासिल

कार्यरत निकाय

शाखा अधिकृत  वाणिज्य विभाग

शाखा अधिकृत वाणिज्य मन्त्रालय

शाखा अधिकृत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

उप सचिव सामान्य प्रशासन मन्त्रालय

उप सचिव निजामती कितावखाना

उप सचिव संस्कृति तथा राज्य पुनर्संरचना मन्त्रालय

उप सचिव राष्ट्रिय योजना आयोग

सह सचिव गृह मन्त्रालय

निमित्त क्षेत्रीय प्रशासक क्षेत्रीय प्रशासन कार्यालय पोखरा

रजिस्टार कम्पनी रजिस्टारको कार्यालय

सह सचिव अर्थ मन्त्रालय

सह सचिव राजस्व अनुसन्धान विभाग

सह सचिव भन्सार विभाग

महानिर्देशक सम्पत्ती शुध्दीकरण अनुसन्धान विभाग

सह महालेखा नियन्त्रक महालेखा नियन्त्रक कार्यालय

प्रमुख सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र

सचिव आर्थिक मामिला तथा योजना मन्त्रालय विराटनगर

सह सचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रमुख सचिव गण्डकी प्रदेश

सचिव युवा तथा खेलकुद मन्त्रालय

गरेका प्रमुख कामहरु

नेपाल विश्व व्यापार संगठनको सदस्य बन्ने क्रममा आवश्यक कागजात र सम्झौतापत्रहरु तयार गरेको सम्झौतावार्तामा सहभागी

निजामती कर्मचारीहरुको विद्युतीय अभिलेख प्रणालीको विकास

कम्पनी रजिस्टारको कार्यालयमाविद्युतीय अभिलेख प्रणालीको विकास र सुधारका चारखम्वे रणनीतिको कार्यान्वयन

भन्सार विभागमा रहदा चीन तर्फका नाकाहरुको स्तरोन्नति रथप नाका खोल्ने वारेमा ल्हासा भन्सार संग सहमति

सम्पत्ती शुध्दीकरण अनुसन्धान विभागमा रहदा लामो समय अनिर्णित छानवीनहरुलाइ अन्तिम रुप दिइ मुद्दा दायर

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा रहदा तालिमको स्तर र प्रभावकारितामा वृध्दितथा तालिम केन्द्रले ISO प्रमाणपत्र प्राप्त गर्न पहल गरि ISO प्रमाणपत्र प्राप्त गरेको

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारीको नमिलेको समायोजन मिलाइदिएको । सरुवा र समायोजनमा अनलाईन प्रविधिको प्रयोग वाट सेवाग्राही काठमाण्डौ आउनु पर्ने हैरानी समाप्त भएको

गण्डकी प्रदेश:

गण्डकी प्रदेश सरकारको वित्तीय सुशासन कार्यविधि तर्जुमा,

लैंगिक समता तथा सामाजिक समावेशीकरण मूल्यांकन सूचक तयारी, नमूना कार्यालय छनौट कार्यविधितर्जुमा,

डिजिटल गण्डकी प्रदेश, कर्मचारी सूचना प्रणााली (PIS), गण्डकी प्रदेश साक्षरता घोषणा, गण्डकी प्रदेश शिक्षा नीति तर्जुमा

,सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश अवधारणा तयारी

, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारीहरुको Diplomatic Excursion Tour, प्रदेश नं २ का माननीय मुख्यमन्त्रीज्यू र उद्योगी व्यवसायीहरुको भ्रमण आयोजना,

प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम, बिपन्न बस्तीमा मुख्य मन्त्री , कोरोनाले अभिभावक गुमाएका बालबालिकाहरुको लागिछात्रवृत्ति , सरकारकोनीति रवार्षिक बजेट कार्यान्वयनका लागि आधार सामग्रीहरुको तयारी,

प्रदेशको पर्यटन र आर्थिक विकासका लागि सहायता परिचालन लगायत विकास र सुशासनका क्षेत्रमा योगदान

युवा तथा खेलकुद मन्त्रालय

नेपालको खेलकुदलाई World Anti Doping Agency WADA को विश्वव्यापी मान्यता अनुरुप सञ्चालन तथा व्यवस्थापन गर्न खेलाडीहरुले खेलपूर्व, खेल दौरानका समयमा समेत क्षणिक उत्तेजना र शक्ति बढाउने प्रतिवन्धित औषधी सेवन विरुद्धको कार्यलाई अव अगाडी बढाइने भएको छ । यसको लागि National Anti Doping Agency NADA को गठन प्रक्रिया समेत शुरु गरेको

खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रम शुरुवात

माल्दिभ्सको मालेमा अक्टोबर १ देखि १६ २०२१, (तदनुसारमिति २०७८ असोज १५ देखि ३० गते) सम्म सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनशिप (South Asian Football Federation Championship-2021 SAFF) मा उप बिजेतानेपाली राष्ट्रिय फुटबल टिमका २३ जना खेलाडीहरुलाई जनही रु. ५ लाख, प्रशिक्षकहरुलाई जनही रु. ३ लाख सहित सम्मान-पत्र र अफिसियलहरुलाई सम्मान-पत्रद्वारा सम्मान गर्ने कार्य

युबा उद्यमशीलताका लागि स्वप्रेरित युबा हरुलाइ GYC- Generate Your Business र SYC-Start Your Business, Financial Literacy तालिम कार्यक्रम आयोजना

IYB- Improve Your Business र EYB- Expand Your Business तर्फ  अग्रसरता

Idea Studio को सहकार्यमा सचालित Youth Innovation Youth Incubation Lab Trainingतालिम कार्यक्रम आयोजना

स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सम्बन्धी शोध कार्यमा सहयोग तथाप्रोत्साहन गर्ने कार्यको शुरुवात

राष्ट्रिय स्वयंसेवा नीति ( National Volunteers Policy ) तर्जुमाको प्रक्रिया शुरु

बंगलादेशको राजधानी ढाकामा मिति २०७८/०९/०६देखि ०९/१६गते सम्म संचालन भएको बंगवन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्जकप- २०२१ मा नेपालको तर्फबाट सहभागी नेपाली राष्ट्रिय महिला भलिवल टीमलेप्रथम स्थान हासिल गरी राष्ट्रको गौरव वढाउन पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै राष्ट्रिय महिला भलिबल टिमका १२ जना खेलाडीलाई जनही रु. ५ लाख, २ जना प्रशिक्षकलाई जनही रु. ३ लाख, १ जना अफिसियललाई रु. २ लाखका दरले नगद पुरस्कार वितरण तथासम्मान

विश्व व्याडमिन्टन महासंघको पुरुष जुनियर एकल खेलाडीतर्फ विश्व वरियताको शीर्ष स्थानमा पुग्न सफल प्रिन्स दाहाललाई सम्मान

प्रकाशन

  • संघीय शासन प्रणाली, सुशासन र विकास, काठमाडौ
  • नेपालमा संघीयताका अवसर र चुनौतीहरु
  • प्रशासनमा व्यावसायिकता र सदाचारिता
  • शासकीय प्रबन्ध प्रशासन र व्यवस्थापन शासन प्रणाली र सार्वजनिक मामिलाको व्यवस्थापन
  • नेपालको अर्थ राजस्व र वित्त व्यवस्था
  • सहलेखनमा ३ वटा पुस्तक प्रकाशित
  • शासकीय प्रबन्धका नवीनतम आयामहरु
  • ६०० भन्दा बढी लेखहरु पत्र पत्रिका अनलाइन र अन्तर्राष्ट्रिय जर्नल मा प्रकाशति

रोजगार विभागमा पौडेलकाे आगमन

काठमाडौँ-श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठकाे मन्त्री स्तरीय निर्णयबाट वैदेशिक रोजगार विभागको महानिर्देशककाे जम्मेवारी शेषनारायण पौडेललाई दिएको छ ।

मन्त्री श्रेष्ठले मन्त्रालयका सहसचिव तथा श्रम सम्बन्ध महाशाखा प्रमुख पौडेललाई विभागको जिम्मेवारी दिएका हुन् ।

साथै मन्त्री श्रेष्ठले विभागको महानिर्देशक रहेका दीपक काफ्लेलाइ मन्त्रालयमा तानेका छन् ।

भूमि व्यवस्थापन विभागको महानिर्देशकबाट पौडेल दुई महिना अघि मात्रै श्रम मन्त्रालयमा सरुवा भएका थिए ।

साथै रोजगार समन्वय तथा सूचना शाखा प्रमुखमा एकदेव अधिकारीलाइ ल्याइएकाे छ ।

यस्तै मन्त्री श्रेष्ठले इपीएस शाखाको निर्देशकमा रोजगार समन्वय तथा सूचना शाखा प्रमुख पुष्पराज कटवाललाइ नियुक्त गरेका छन् ।

कटवाल इपीएसमा गएसँगै शाखाको निर्देशकको जिम्मेवारीमा रहेका उपसचिव सुरेश राउत मन्त्रालय तानिएका छन् ।

विशिष्ट श्रेणी सचिवका लागि तीन जना सहसचिव सिफारिसमा

विशिष्ट श्रेणी सचिवका लागि तीन जना सहसचिव सिफारिसमा

काठमाडौँ-बढुवा सिफारिस समितिको बैठकले एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

माघ १८ गते शिशिर कुमार ढुगांनाको अवकास भएसँगै रिक्त रहेको सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले मुकुन्द प्रसाद निरौला, विनोद प्रकाश सिंह र गोपीकृष्ण खनाल सहित ३ जनाको नाम सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिले वरिष्ठताको आधारमा तीन जनाको नाम सिफारिस गरिएको जनाएको छ ।

वरिष्ठताको आधारमा बढुवा भएको खण्डमा पहिलो नम्बरमा सिफारिस भएका निरौला सचिवमा बढुवा हुनेछन् ।

विशिष्ट श्रेणी सचिवका लागि तीन जना सहसचिव सिफारिसमा

कर्णाली मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै अदालतमा रिट

कर्णाली मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै अदालतमा रिट

कर्णाली प्रदेश मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ ।

नेपालको संविधानको १६८ (९) बमोजिम समावेशी सिद्धान्त विपरीत मन्त्रिपरिषद् गठन भएको भन्दै अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टीका विष्टले आज उच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार संविधान १६८ (९) र १७० (१) बमोजिम मन्त्री नियुक्ति गर्दै मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

गत कात्तिक १६ गते कांगेस नेता शाहीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्ले तीन महिनापछि पूर्णता पाएको थियो ।

आठ सदस्यीय मन्त्रिपरिषद्मा महिला र दलित समुदायको प्रतिनिधित्व छैन् ।

कर्णाली प्रदेशसभामा सत्तारुढ गठबन्धन आवद्ध दलका सात महिला सदस्य छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको रिट निवेदनमा अन्तरिम आदेशसहितको उत्पे्रषण, प्रतिषेध परमादेश लगायतको आदेशको माग गरिएको छ ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयले गरेको मन्त्रिपरिषद् गठन गर्ने निर्णय बदर गराउन, महिला तथा दलितको प्रतिनिधित्व हुनेगरी समावेशी सिद्धान्तबमोजिम पुनः मन्त्रिपरिषद् गठन गर्न विपक्षीका नाउँमा उत्पे्रषण, प्रतिषेध परमादेश लगायतको आदेश माग गरिएको छ ।

साथै रिटको टुङ्गो नलाग्दासम्म नियुक्त मन्त्रीलाई सम्बन्धित मन्त्रालयमा कुनै कामकाज नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ ।

संविधानको धारा १६८ (९) मा “प्रदेश प्रमुखले मुख्यमन्त्रीको सिफारिसमा प्रदेशसभाका सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम मुख्यमन्त्रीसहित प्रदेशसभाका कूल सङ्ख्याको २० प्रतिशत बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ” भन्ने उल्लेख छ ।

मुख्यमन्त्री शाहीले यही माघ २३ गते आफ्नो दल कांगे्रसबाट हिमबहादुर शाही, यज्ञबहादुर विसी, नेकपा (माओवादी केन्द्र) बाट गणेशप्रसाद सिंह, छिरिङ डम्डुल लामा (कार्चेन) र नेकपा (एकीकृत समाजवादी) बाट पदम रोकायालाई मन्त्री नियुक्त गर्नुभएको थियो ।

माओवादी केन्द्रका विन्दमान विष्ट र एकीकृत समाजवादीका चन्द्रबहादुर शाही यसअघि नै मन्त्री नियुक्त हुनुभएको थियो ।

कर्णाली मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै अदालतमा रिट

सात करोड वक्यौता असुल

काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट रु सात करोड वक्यौता रकम असुल गरेको छ ।

गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन् ।

तत्काल पाँच करदाताले तिर्नका लागि समय निर्धारण गरेर गएका छन् ।

“आउने क्रम जारी छ, कोरोनाको कारण लक्ष्यअनुरुप असुल हुन भने सकेन”, कामपा राजस्व विभाग प्रमुख डा शिवराज अधिकारीले भन्नुभयो ।

कामपाले गत साउनको अन्तिम साता दुई चरणमा गरी ५२ ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । त्यसपछि करदाता सम्पर्कमा आउने क्रम बढेको छ ।

धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन् ।

तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रूपमा नै कर सङ्कलन गरिरहेको हो ।

सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ ।

नआउनेलाई विभागले कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ ।

डा अधिकारी भन्नुहुन्छ, “सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।”

प्रणय दिवसका लागि कोसेलीस्वरुप ‘तिम्रै लागि’

प्रणय दिवसका लागि कोसेलीस्वरुप ‘तिम्रै लागि’

करिब एक महिनाअघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएका युवा गायक दिल विश्वकर्माले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै लागि’ दर्शकमाझ ल्याउनुभएको छ ।

प्रणय दिवसको अवसर पारेर गायक विश्वकर्माले यो म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो ।

गीतमा गायक विश्वकर्माको स्वर, शब्द र सङ्गीत तथा सुदिप सागरको सङ्गीत संयोजन रहेको छ ।

प्रेमिल जोडी बीचको प्रेम र आकर्षणलाई आधार बनाएर प्रस्तुत गरिएको उक्त भिडियोमा गायक विश्वकर्मा र बिना राउतको अभिनय छ ।

नवराज उप्रेतीले छायाङ्कन गर्नुभएको भिडियोमा दिपेन बस्नेतको सम्पादन र सुबोल थापाको निर्देशन रहेको छ ।

कमल थापाले त्यागे राप्रपा

कमल थापाले त्यागे राप्रपा

काठमाडौं-कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष थापाले अध्यक्ष राजेन्द्र लिङदेनले आफनो मागको सम्बोधन नगरेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

अध्यक्ष राजेन्द्र लिङदेनसँग असन्तुष्ट रहेका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

आज गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

कमल थापाले त्यागे राप्रपा