ताराखोला गाउँपालिकाद्वारा आयोजित शैक्षिक अन्तर्क्रियामा बाेल्दै शिक्षामन्त्री पाैडेले उक्त कुरा बताएका हुन् ।
उनले भने ‘अब सेवा सुविधा र अवसरमा शिक्षकलाई विभेद गरिदैन ।’,‘यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउँछ’, मन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।’
कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुने मन्त्री पौडेलले बताए ।
शिक्षकको वृत्ति विकासमा शिक्षा मन्त्रालय संवेदनशील रहेको उनको भनाइ छ । मन्त्री पौडेलले १८ वर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएर प्रक्रिया अगाडि बढाइएको बताए ।
मन्त्री पौडेलले शिक्षक महासङ्घका ३३ बुँदे माग सम्बोधनका लागि मन्त्रालय गम्भीर रहेको बताउँदै कतिपय माग पूरा हुँदै आएको बताए ।
विद्यालय समायोजनको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै अति न्यून विद्यार्थी भएका विद्यालयको पहिचान गरी अन्य विद्यालयसँग गाभिने उनको भनाइ छ ।
मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि मन्त्रालयले ५५ बुँदे योजना बनाएर काम थालेको उल्लेख गरे । उनले सङ्घीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन निर्माणमा मन्त्रालयले गर्नुपर्ने काम सकिएको बताउँदै अन्य मन्त्रालयसँग छलफल गरी मन्त्रिपरिषदमा लैजाने तयारी भएको बताए ।
मन्त्री पौडेलले ताराखोलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतको प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धतासमेत जनाए । उनले ताराखोलामा आधुनिक सुविधायुक्त पुस्तकालय निर्माणका लागि मन्त्रालयमार्फत पहल लिने बताए ।
शिक्षककाे सुविधा निजामती कर्मचारी सरह हुने : मन्त्री पौडेल
मन्त्रालय स्राेतबाट प्राप्त जानकारी अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयको वासुदेव रेग्मीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका प्रेमराज गिरी युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरेको छ ।
मन्त्रालयले रामशरण सापकोटालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूर पश्चिम, राजेन्द्र पराजुली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखको कार्यालय प्रदेश नं. २, बलराम निरौला अतिरिक्तबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती, महेशचन्द्र न्यौपानेलाई पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनीबाट लाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र रामहरि ज्ञवालीलाई अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूर पश्चिम प्रदेशमा सरुवा गरिएको छ ।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका कर्ण प्रसाद न्यौपानेको वाणिज्य तथा आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय धनुषा,महेश आचार्यको अर्थ मन्त्रालयबाट आन्तरिक मामिला मन्त्रालय जनकपुर, उद्धव रिजाल सामान्य प्रशासनको अतिरिक्तबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र ईश्वर राज गिरी अतिरिक्तबाट प्रदेश नं. १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय विराटनगरमा सरुवा भएको छ ।
यस्तै नविनराज सिंहलाई जल तथा ऊर्जा आयोगबाट प्रदेश नं. १ को ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अनुज भट्टचन स्वास्थ्य तथा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय प्रदेश नं. १, टेक बहादुर केसी लोक सेवा आयोग तथा अन्तर्गतबाट प्रदेश प्रमुखको कार्यालय गण्डकी, विनोद बहादुर कुँवर सामाजिक विकास मन्त्रालय गण्डकीबाट प्रदेश लोक सेवा गण्डकी, देवेन्द्र लामिछाने अतिरिक्तबाट सामाजिक विकास मन्त्रालय, गण्डकी र श्रीराम तिवारीको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वास्थ्य, मन्त्रालय गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।
काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिकाभित्रका किसानलाई खेती गर्नमा थप सहयोग प्रदान गर्ने उद्देश्यले किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ ।
फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत कृषि सामग्री वितरण गरिएको हो ।
आयोजनाले नगरपालिकाभित्रका किसानका इलेक्ट्रिक स्पेयर ५० प्रतिशत अनुदान तथा अन्य सामग्री शतप्रतिशत अनुदानमा वितरण गरेको नगरपालिकाले जनाएको छ ।
जसअनुसार ८० सेट इलेक्ट्रिक स्पेयर, २५ थान थोपा सिँचाइ सेट, प्लाष्टिक पोखरी निर्माणका लागि २५ थान प्लाष्टिक सामग्री तथा तरकारी खेती नमूना प्रदर्शनीका लागि ४७ वटा प्लाष्टिक पोखरी निर्माणको सामग्री वितरण गरिएको छ ।
सो क्रममा आयोजनाले भकुण्डेबेँसीमा रहेको कृषि उपज सङ्कलन केन्द्रमा रहेका चारवटा स्टलका लागि तरकारी राख्ने १०० क्रेट वितरण गरिएको छ ।
प्राप्त सामग्री नगरप्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, कृषि समितिका संयोजक एवं वडा नं ९ का अध्यक्ष मेलबहादुर लामा, वडा नं १० का अध्यक्ष रामकृष्ण उपाध्यायलगायतले आयोजनाबाट प्राप्त सामग्री किसानलाई हस्तान्तरण गर्नुभएको छ ।
नमोबुद्ध नगरपालिकामा सञ्चालन भइरहेको फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास आयोजनाअन्तर्गत चालु आवमा वडा नं ३ र वडा नं १० मा कृषि सिकाइ केन्द्र स्थापनाको काम अघि बढेको छ भने भकारो सुधार कार्यक्रम सम्पन्न भएको छ ।
सो आयोजनामा नगरपालिकाका सबै वडाका गरी १९ वटा किसान समूह आवद्ध छन् ।
प्राप्त कृषि सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख तिमल्सिनाले अनुदानमा प्राप्त सामग्रीको उचित सदुपयोग गरेर कृषि विकासको क्षेत्रमा योगदान दिन किसानलाई आग्रह गर्नुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले विगतमा पनि कृषि सामग्री वितरण गरिएको र यसलाई आगामी वर्षमा पनि निरन्तरता दिने बताउनुभयो ।
त्यससँगै आयोजनाबाहेक नमोबुद्ध नगरपालिकाले यस वर्षका लागि विनियोजन गरेको बजेटबाट पनि आवश्यक कृषि सामग्री वितरण गर्ने तयारी भइरहेको पौडेलले बताउनुभयो ।
हिउँहुरीका कारण गोसाइँकुण्डका धार्मिक यात्रु प्रभावित
हवाईमार्गबाट पवित्र तीर्थ गोसाइँकुण्ड जाने तीर्थयात्रु हिउँहुरीका कारण प्रभावित भएका छन् ।
हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक–पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन् ।
एयरपोर्टबाट करिब २६ मिनेटमा पुग्न सकिने नजिक रहेको तीर्थ गोसाइँकुण्ड भए पनि उडानको समयमा हिमहुरी, सेतो हुस्सुले समस्या बनाउने गरेकाले मौसमको प्रकृति हेरी उडान भर्दै आएको जनाइएको छ ।
सिम्रिक, हेलिअल्टिच्युड, कैलाश, डानेष्टिक, माउण्टेनसमेतका हेलिकोप्टर कम्पनीले आइतबारका दिन तय गरेको धार्मिक उडानसमेत हिमहुरी चलेका कारण स्थगन गर्नुपरेको सम्बन्धित कम्पनीले जनाएका छन् ।
दुई दिनअघि परेको हिमपातले गोसाइँकुण्ड ताल पूरै बरफ भएको छ । डाँडापाखा पूरै सेताम्मे बनाएको र उच्च भागको सतहमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको स्थानीय बासिन्दाले बताएका छन् ।
अत्यधिक हिमपातका कारण गोसाइँकुण्डमा रहेका चारवटा होटलसमेत बन्द गर्नुपरेको होटल व्यवसायी कामीसितार तामाङले बताउनुभयो ।
धार्मिक मान्यताअनुरूप जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने गोसाइँकुण्ड तीर्थमा पैदलमार्गबाट जान नसक्नेका लागि पछिल्लो समय मौसमको अवस्था हेरी हेलिकोप्टर कम्पनीले उपलब्ध गराएको हावाई सेवाबाट स्थानीय भक्तजन प्रफुल्लित हुँदै आएको पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो ।
अत्यधिक हिमपातका कारण पैदलमार्गबाट गोसाइँकुण्ड जाने भक्तजनको ओहोरदोहोर रोकिएको छ ।
विशेषगरी चन्दनबारीबाट माथिल्लो भाग लौरीविनायक, बुद्व मन्दिर, तेरसो ककरोभिर हुँदै कुण्डसम्मको धार्मिकमार्ग हिमपातले पूरै छोपेको छ ।
पानीका पाइपसमेत हिउँले छोपिएका कारण चोलाङपाटीबाट लौरिविनायक एवं गोसाइँकुण्डका होटलसमेत बन्द भएका स्थानीयवासी बताउँछन् ।
यस्तै सदरमुकाम धुञ्चेसमेतका तल्लो क्षेत्रमा यही शुक्रबार र शनिबार परेको हिउँ भने पग्लिँदै गएको छ ।
समुद्री सतहबाट करिब चार हजार फिटसम्मका हिउँ पग्लिएपछि पैदलयात्रीलाई सहज भएको स्थानीय रेशम तामाङले बताउनुभयो ।
होचो स्थानका हिउँ पग्लिएपछि चरण क्षेत्र खुला भई पशु आहारामा समेत सहज हुँदै आएको पशुपालक किसानले जानकारी दिएका छन् ।
हिउँहुरीका कारण गोसाइँकुण्डका धार्मिक यात्रु प्रभावित
सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ ।
महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ ।
पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढन् नसकेकाले उद्योगको काम लथालिङ्ग भएको त्यहाँ कार्यरत प्राविधिक तथा कर्मचारीको भनाइ छ ।
उद्योगको ढुङ्गा धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्ट उत्पादन बन्द भएको हो ।
उद्योगको उत्पादन बन्द भएको एक महिनाभन्दा बढी भइसकेको छ भने पुस २६ गतेदेखि सिमेन्ट नहुँदा बिक्रीसमेत बन्द भएको बताइएको छ ।
बिग्रिएको मेसिन (किल्न) चलाउनका लागि उदयपुर सिमेन्ट उद्योगसँग आवश्यक इँटा र मेसिन सापटी लिएर मर्मतको काम भइरहेको र केही दिनमा उत्पादन सुरु हुने उद्योग प्रशासनले जनाएको छ ।
सिमेन्ट उत्पादन गर्ने मेसिन धेरै जीर्ण भइसकेकाले पटक–पटक बिग्रिने गरेको र क्षमताअनुसार उत्पादन गर्न सकेको छैन ।
यता उद्योगका मञ्जदुर सङ्घ–सङ्गठनले महाप्रबन्धक छिटो नियुक्त गर्न माग गरेका छन् ।
औद्योगिक मजदुर सङ्घ, नेपाल कारखाना श्रमिक सङ्घ र समग्र उद्योग ट्रेड युनियन नेपालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै संयुक्तरूपमा ध्यानाकर्षणपत्र जारी गरी महाप्रबन्धक नियुक्त गर्न माग गरेको जनाएको छ ।
ध्यानाकर्षणपत्रमा महाप्रबन्धकको कार्यकाल सकिनुअगाडि नै महाप्रबन्धकको नियुक्ति समयमा गर्न आग्रह गरेको स्मरणपत्रमा उल्लेख छ ।
सङ्घीय सरकारको मन्त्रिपरिषद्बाट महाप्रबन्धक नियुक्ति गर्ने व्यवस्था छ ।
प्रेमशङ्कर सिहंले विसं २०७१ देखि निरन्तर महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै आउनुभएकामा पुसदेखि उहाँको कार्यकाल सकिएको हो ।
हाल त्यहाँ ३४१ प्राविधिकसहित कर्मचारी रहेका छन् । हेटौँडामा रहेका निजी क्षेत्रका शिवम् र रिद्दीसिद्दी सिमेन्ट उद्योगको अवस्था भने राम्रो छ ।
उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु– कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेशन नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।
प्रदेश नं १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने छ ।
न्यायाधीश नियुक्ति गर्नका लागि आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले आजका लागि बैठक बोलाउनुभएको थियो तर परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसक्नुभएको हुनाले बैठक स्थगित भएको हो ।
न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले आज जारी गरेको प्रेस विज्ञप्तिमा आज बोलाइएको पारिषद्को बैठकमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसक्नुभएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।
काठमाडौं-नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कारबाही गर्न माग गरेका छन् ।
सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता रावलले कारबाही गर्न माग गरेका हुन् ।
उनले एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताउँदै छानविन गरेर बारबाही गर्न माग गरेका हुन् ।
उनले देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्रमा सम्झौता अनुमोदन गर्न समय माग्नुका साथै एमसीसी सम्झौताबारे जनतालाई जानकारी गराउन सरकारी स्रोत साधन उपयोग गर्नेछ भनेर लेखिएको बताए ।
नेता रावले प्रतिनिधिसभामा प्रस्तुत गरिएको कुनै देशसँगको सम्झौता, जो अनुमोदनका लागि विचाराधीन रहेको बताउँदै ‘हामी यस्तो गर्नेछौँ, उस्तो गर्नेछौँ भनेर पत्र लेख्ने अधिकार कुनै व्यक्तिलाई नहुने बताए ।
नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ ।
प्रहरीको महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप र विपद् व्यवस्थापन गुल्म सामाखुसीको टोलीले चन्द्रागिरि नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रीता गुरुङ, १५ वर्षीया सौभाग्य, १३ वर्षीय सहज, ११ वर्षीया जेनिसा र ७ वर्षीय एरविनलाई गएराति १ बजे सकुशल उद्धार गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हिँउ खेल्न गएर फर्कने क्रममा हराएका पाँचजनालाई ५ घन्टापछि सकुशल उद्धार गरिएको जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाएको प्रवक्ता मैनालीले बताउनुभयो ।
नेपाली कांग्रेसको प्रवक्तामा केन्द्रीय सदस्य डा प्रकाशशरण महत मनोनीत हुनुभएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को दफा २५ को उपदफा (४) बमोजिम आज उहाँलाई प्रवक्तामा मनोनयन गर्नुभएको पार्टी कार्यालयले जनाएको छ ।
पार्टी विधानको दफा २५ को उपदफा (४) मा पार्टी सभापतिका काम कर्तव्य अधिकारअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने, कार्य विभाजन हेरफेर गर्ने र पार्टीका पदाधिकारी एवं सदस्यमध्येबाट प्रवक्ता तोक्ने व्यवस्था छ ।
सभापति देउवाले पार्टी सङ्गठनलाई थप सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण सहयोग र सक्रियता रहनेछ भन्ने विश्वासका साथ उहाँलाई मनोनयन गरी उहाँको कार्य सफलताको कामना पनि गर्नुभएको छ ।
यसअघि पार्टीको सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएका डा महत गत मङ्सिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी हुनुहुन्थ्यो ।
काठमाडौँ-मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रमुख सचिव कृष्णबहादुर राउतलाई स्वागत गरि काममा लाग्न आग्रह गरेका छ्न ।
नेपाल सरकारका तर्फबाट भर्खरै बढुवा भएका सचिब राउत प्रशासनिक क्षेत्रमा कम उमेरमा सचिब बन्ने शौभाग्य प्राप्त गर्ने परिचित नाम हो।
हुने बिरुवाको चिल्लो पात भने झै सानै उमेरमा असाध्यै मेहनत गर्ने र परिणाममा बिश्वास राख्ने उहाँको स्वभावैले ब्याक्तित्व निर्माणका निम्ति धेरै समय लागेन।
विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भुमिकामा रहि महत्त्वपूर्ण काम गर्ने उनै राउत गृह मन्त्रालय लगायत प्रदेश सरकारको सचिब हुँदै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय को प्रबक्ताको जिम्मेवारी सफलतापुर्बक सम्पन्न गर्दागर्दै नेपाल सरकारको सचिब पदमा बढुवा हुनुभएको हो।
नेपालको प्रशासन क्षेत्रका समसामयिक बिषयमा दर्जनौं पुस्तक लेख्नुभएका राउत सग गहकिलो अनुभव सुरक्षित भएकाले पनि अब प्रदेश नम्बर दुई मा महत्त्वपूर्ण कामहुने बिश्वास गरिएको छ।
जहाँ जहाँ जुन जिम्मेवारी रहदा होस उहाँले सम्पादन गर्नुभएका काम स्मरण गर्न योग्य रहेको जानकारहरु बताउछ्न।
बिगतका अनुभवलाई प्रमुख सचिब राउतले यस प्रदेशलाई अधिकतम उपयोग गदै बढुवा पछिको पहिलो पोस्टिङ् मा कृयासिल देखिनु भएको छ।
संघ सरकारले सचिव बढुवा सगै राउतलाई मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय करिब एक महिनादेखि प्रमुख सचिवविहीन बनेको थियो ।
यसअघि मधेश प्रदेशमा हरिप्रसाद मैनालीले प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।
१८ सचिवको दरबन्दी रहेको मधेश प्रदेशमा प्रमुख सचिवसहित अहिले ८ जना सचिव मात्र कार्यरत छन् ।
प्रमुख सचिवको अभावमा मन्त्रिपरिषद् बैठक, आर्थिक कार्य, अनुगमन, कर्मचारी सरुवा, राहत वितरणलगायत कामहरू प्रभावित हुने गरेको थियो ।
प्रदेश सरकार स्थापना भएको ४ वर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्रै ६ सचिवको सरुवा भइसकेको छ ।
त्यसकारण नै प्रभाबकारी काम हुन नसकेको मन्त्रीहरूले नै गुनासो गर्ने गरेका छ्न।
यस प्रदेशमा हालसम्म प्रमुख सचिवका रूपमा राजेश्वरमान सिंह, दीपक सुवेदी, रामकृष्ण सुवेदी, अर्जुन पोखरेल, गोकर्णमणि दवाडी र हरिप्रसाद मैनाली कार्यभार सम्हालेर सरुवा भइसकेका छन् ।
यिनीहरूमध्ये राजेश्वरमान सिंह र दीपक सुवेदी मात्रै एक वर्षसम्म मुख्यमन्त्री कार्यालयमा बसे ।
संघ सरकारले ६ ,६ महिनामा नै प्रमुख अनि सचिवहरू को सरुवा गर्ने गरेकाले प्रदेश सरकारले लक्ष्य अनुसारका काम गर्न नसकेको गुनासो प्रदेश बाट आउने गरेको छ।
बिदेशिने युवा ठग्ने म्यानपावरहरु श्रम मन्त्रालयको कदमबाट त्रसित
काठमाडौँ-विगत लामो समय देखी बैदेशिक रोजगारीमा जाने नेपाली बिभिन्न बहानामा म्यानपावरबाट ठगिदै आएका छन् ।
बिगत १० बर्षको अन्तरालमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा धेरै मन्त्री तथा सचिब आए गए तर यो ठगी महसुस हुने गरी कसैले नियन्त्रण गर्न सकेन ।
नेकपा एमालेको तर्फबाट गोकर्ण बिष्ट श्रम मन्त्री भएको समयमा ठगी नियन्त्रणका केही प्रभाबकारी कदमहरु चालिए पनि त्यो सफल हुन सकेन । २—३ बर्षका लागी नेपालका धेरै श्रमिक जाने देस मलेसिया बन्द नै गरियो ।
मलेसियाको भिषा जारी गर्ने लगायत बायोमेट्रिक मेडिकल, भिएलएन, माईग्राम्स र ओएससीका सिन्डीकेटका कारण मलेसिया रोजगारमा जाने कामदारलाई बढी भार परेको भन्दै उनिहरुलाई कानुनको दायरामा ल्यायो ।
वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेको भन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेर मुद्धा समेत चलाइयो ।
यि यस्ता यावत सुधारका प्रयासहरु देखावटी बन्न मात्र पुगे । बास्तविक पिडितको घाउमा मलम लगाउने कोही भएन ।
यि यावत काम गर्दा समेत बैदेशिक रोजगारीमा जाने नेपाली ठगिने क्रम भने अहिले सम्म समाधान भएको छैन् ।
अहिले गठबन्धन सरकारमा नेकपा एकिकृत समाजवादीको तर्फबाट श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा रहेका मन्त्री कृष्ण कुमार श्रेष्ठ तथा उक्त मन्त्रालयका सचिब एक नारायण अर्यालले म्यानपावर कम्पनीलाई अनुगमनको दायरा भित्र ल्याएर ठगी नियन्त्रण गर्न लागी परेका छन् ।
मन्त्रालयले नेपालमा रहेका सम्पुर्ण म्यानपावरको अनुगमन गर्दै उनिहरुले बैदेशिक रोजगारमा पठाएको कामदारको संख्या, उनिहरुको अबस्था, बिदेशमा उनिहरुको स्थिती लगायत सम्पुर्ण जानकारी रहने गरीको संयन्त्र निर्माण गरेर लागु गर्ने कार्यमा जुटेका छन् ।
सचिव एक नारायण अर्यालको नेतृत्वमा भैरहेको यस संयन्त्र कार्यान्वयनले कामदार ठग्दै रोजगारीमा पठाउने गरेका म्यानपावरको सात्तो गएको छ ।
म्यानपावर कम्पनी बिरोधमा
मन्त्रालयले लागु गर्न लागेको यस संयन्त्रको बिरोधमा म्यानपावर कम्पनी बिभिन्न ढंगले अगाडी बढेका छन् ।
ठगी खाने काममा मन्त्रालयले ताल्चा लगाउने भएसँगै म्यानपावर कम्पनीहरु बिभिन्न बहानामा मन्त्रालय बिरुद्ध अफवाह फैलाउन लागिपरेको देखिएको छ ।
सञ्चारमाध्यमकै प्रयोग गरेर म्यानपावर कम्पनीले बैदेशिक रोजगारमा सिन्डीकेट कायम गर्न लागीएको भन्दै गलत प्रचारमा उत्रिएका हुन् ।
पछिल्लो समय श्रम स्विकृती लगायतमा मन्त्रालयले स्वचालित अनाईन प्रणाली कार्यान्वयनमा ल्याएसँगै श्रम स्विकृतीका लागी कामदार ठगिने श्रम पुर्ण रुपमा रोकिएको छ ।
कोभिडको समयमा बैदेशिक रोजगार दाताले कामदारको माग कम गर्दा म्यानपावर कम्पनीहरुले भिजिट भिसामा नेपालीलाई बिदेश पठाएर अलपत्र पार्ने काम गर्दै आएका थिए । त्यसलाई समेत मन्त्रालयले नियन्त्रण गरेको छ ।
केहि दिन अगाडी भिजिट भिषामा श्रमिक पठाएर अलपत्र पारेको भन्दै समाचार सम्प्रेषण गर्न जादा युटुवरमाथी म्यानपावर सञ्चालकले निर्घात कुटपिट गरेको घटनाले नेपालमा म्यानपावर ब्यवसायीको गुन्डागर्दी छर्लङ्ग पारेको छ ।
बैदेशिक रोजगारमा जाने नेपाली ठगीने क्रम क्रमिक रुपमा नियन्त्रणमा लिदै गएको मन्त्रालयले म्यानपावर कम्पनीलाई अनुगमन गर्दै बर्गीकरण गर्ने कार्यमा अगाडी बढेको देखिन्छ ।
मन्त्रालयले अहिले स्वदेशी तथा विदेशी रोजगारीको क्षेत्रमा सुधारगरी सुरक्षित, भरपर्दो, पारदर्शी,निष्पक्ष, मर्यादित तथा न्यायिक ब्यबसायको रुपमा स्थापित गर्न यस क्षेत्रको गोडमेलमा लागेको तथ्य जो कोहिले पनि देख्न सक्छ ।
पछिल्लो दशक नेपालको म्यानपावर ब्यवसाय ठगीको अखडाको रुपमा स्थापित हुदै गएको छ ।
यस अबस्थामा मन्त्रालयको यो कदम स्वागत योग्य रहेको मयार्दीत रुपमा म्यानपावर चलाउने सञ्चालकहरुलेनै स्विकार गर्दै आएका छन् ।
तर म्यानपावर ब्यवसायको नाममा ठगीको धन्दा चलाउनेहरु मन्त्रालयको यस कार्यबाट रुष्ट भएका छन् ।
अहिले मन्त्रालयले म्यानपारलाई नियमनको दायरामा ल्याउदै बैदेशिक रोजगार ऐन २०६४ को दफा ५ तथा बैदेशिक रोजगार नियमावली २०६४ को नियम ३ को अनुसुची एक बमेजिम म्यानपावरको कार्यमुल्याङ्कनमा जुटेको हो ।
यस अन्तर्गत मन्त्रालयले म्यानपावरले बैदेशिक रोजगारमा पठाएका श्रमिक, तिनिहरुबाट म्यानपावरले लिएको शुल्क, उनिहरुले बिदेशमा गएर सम्झैता अनुसार काम तथा पारिश्रमिक पाए नपाएको तथा उनिहरुको वर्तमान अबस्थाबारे अध्ययन गरेर स्वचालित संयन्त्र बिकाश गर्न लागेको हो ।
यसरी मन्त्रालयले अध्ययन अगाडी बढाउदा यिनिहरुलेगर्दै आएको ठगी धन्दा सार्वजनिक हुने तर्फ म्यानपावर ब्यवसायीमा त्रास देखिएको यस क्षेत्रका जानकारहरुले बताएका छन् ।
त्यस्तै गर्दै आएको यो धन्दा आगामी दिनमा फस्टाउन नसक्ने निष्कर्षले ब्यवसायीलाई पिरोलेको देखिन्छ ।
बिदेशिने युवा ठग्ने म्यानपावरहरु श्रम मन्त्रालयको कदमबाट त्रसित
काठमाडौँ-उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको हो ।
नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो ।
सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली गत साताबाट हटाए पनि निजी सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने गए रातिदेखि हटाइएको हो ।
यस्तै, उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले फागुन १ गतेदेखि भौतिकरुपमा कक्षा सञ्चालन गर्न सकिने, १२ वर्ष पूरा भएका बालबालिकालाई स्वास्थ्य मापदण्ड पालना गरेर नियमित कक्षामा सहभागी हुन दिने तथा १२ वर्षमुनिका बालबालिका भने बारअनुसार आलोपालो कक्षामा सहभागी गराउने निर्णय गरेको छ ।
यसैगरी, डान्सबार, दोहोरी, नाचघर, क्बललगाय रात्रिकालीन व्यवसाय भने फागुन १ गतेदेखि राति १० बजे अगाडिसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ ।
सबै नागरिकलाई अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नसमेत बैठकले आग्रह गरेको छ ।
पार्टी प्यालेसको हकमा भने पूर्ण क्षमताको ५० प्रतिशत अथवा १०० भन्दा बढी भेला हुन नपाउने गरी सञ्चालन गर्न पाइनेछ ।
बैठकले सबै प्रकारका आमसभा, जुलुस, भेला, सम्मेलन, जात्रा, महोत्सव, हाटबजारलगायत भीडभाड हुने कार्य गर्न नपाउने निर्णय गरेको छ ।