सरोकारवाला भन्छन्-विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन सकिन्छ

काठमाडाैँ-सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ ।

सर्वोच्चको उक्त आदेश कार्यान्वयन गराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ ।

नेपाल पोलिसी इन्स्टिच्यूट (एनपिआई)द्वारा आइतबार भर्चुअलरुपमा आयोजित नीति संवाद शृङ्खलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताए ।

“जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ । यस सन्र्दभमा निर्वाचन आयोगबाट अध्ययन पनि भइसकेको छ”, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भन्नुभयो, “अदालतको आदेश छ तर यसको कार्यान्वयन भइरहेको छैन ।”

निर्वाचन आयोग र परराष्ट्र मन्त्रालयको समन्वयमा विदेशमा रहेका नेपालीको मतदाता नामवलीमा समावेश गर्न सकिने उहाँका मत छ ।

“राहदानी वनाउदा फोटो र औँठा छाप लिइएको हुन्छ । मतदाता परिचयपत्र बनाउँदा पनि फोटो र औँठा छाप लिइन्छ”, उहाँले भन्नुभयो, “त्यही सूचना निर्वाचन आयोगले परराष्ट्रबाट लिन सक्छ ।”

काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका एशोसिएट डिन प्रा अच्युत वाग्लेले राहदानी र नागरिकता नछाडेसम्म मताधिकारको अधिकार रहिरहने बताउनुभयो ।

“बाहिर रहेका नेपालीको तथ्याङ्कमाथि राजनीति भइरहेको छ । ४० लाख मान्छे बाहिर छ भनेर कुरा गरिरहेको छ । यो गम्भीर छ । यसले व्यवस्थापनमा ठूलो असर गर्छ”,

उहाँले भन्नुभयो, “४० लाख रहेको श्रोत छैन । रेमिट्यान्सले राष्ट्रिय अर्थतन्त्र बृहत् आर्थिक स्थायित्वलाई खलबलिन नदिन, पोषण, प्राथमिक शिक्षाको पहुँच र सहरीकरणको पक्षमा असाध्यै योगदान गरेको छ । यसरी योगदान गर्नेलाई मतधिकारबाट वञ्चित गराइनुहुँदैन ।”

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्नुको विकल्प राज्यसँग नभएको बताउनुभयो ।

सर्वोच्चले २०७४ विदेशमा रहेका नेपालीलाई मतधिकार दिलाउन आदेश दिएको थियो ।

“संविधानले नागरिकबीच भेदभाव गरेको छैन । अहिले हामी प्रविधिको विश्वमा छौँ । यसले कुनै सीमा छुट्याउदैन । प्रविधिको सहयोगबाट मताधिकार प्रयोग गर्न सम्भव छ”,

उहाँले भन्नुभयो, “राज्यले खाली व्यवस्थापनका लागि गृहकार्य गर्नुपर्छ । राजनीतिक इच्छाशक्ति भए पुग्छ । ठूलो तहमा एउटा दबाब सिर्जना गर्नुपर्छ ।”

एनपिआइका अध्यक्ष खगेन्द्र ढकालले ५६ प्रतिशत घरधुरीको चुलो बाल्ने श्रमिकको हितमा सर्वोच्चले गरेको फैसलालाई कार्यान्वयन गर्ने निकाय कामलाई हेर्नुपर्ने बताउनुभयो ।

“फिलिपिन्स, मेक्सिको, इन्डोनियाले विदेशमा रहेका नागरिकलाई मताधिकार दिइसकेको छ । यो हामीलाई आधार हुनुपर्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रमको सहजकर्ता अधिकारकर्मी सरु जोशीले ‘नोट चले पनि भोट नचलेको’ भन्दै राजनीतिक दलमाथि दबाब बढाउनुपर्ने बतानुभयो ।

अघिल्लो चुनावमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो ?

काठमाडौँ-स्थानीय तहको यस पटकको चुनावमा निर्वाचनको मिति घोषणा भइसकेपछि १८ वर्ष उमेर पुग्ने करिब दुई लाख मतदातालाई मतदान गर्ने अवसर प्राप्त भएको छ ।

निर्वाचनको घोषणा मिति (माघ २४) गतेबाट निर्वाचन हुने अघिल्लो दिनअर्थात् आगामी वैशाख २९ गतेसम्म १८ वर्ष उमेर पुग्ने युवालाई मतदानको अवसर प्राप्त भएको हो ।

नेपालको निर्वाचन इतिहासमा पहिलोपटक मतदान हुने अघिल्लो दिन १८ वर्ष उमेर पुग्नेलाई मताधिकार प्रयोग गर्न पाउने अधिकार प्राप्त भएको आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।

मुलुकका होनहार जनशक्ति युवालाई निर्वाचनतर्फ आकर्षण गर्न तथा मतदाता सहभागिता बढाउन निर्वाचन आयोगले पहिलोपटक यो व्यवस्था कार्यन्यनमा ल्याउन लागिएको हो ।

संवैधानिक व्यवस्थाअनुसार, नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको मितिमा १८ वर्ष उमेर पूरा गरेको व्यक्तिको नाम अन्तिम मतदाता नामावलीमा समावेश हुने ऐनमा व्यवस्था छ ।

यसअघि निर्वाचनको मिति घोषणा गरेको दिनलाई अन्तिम मानेर उक्त मितिभन्दा अघि १८ वर्ष पुगेका नागरिकलाई मात्र मतदानको अधिकार प्राप्त थियो ।

आयोगको प्रत्यक्ष रेखदेख, नियन्त्रण, सुपरिवेक्षण र निर्देशनमा तोकिएको उमेर पुगेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरी मतदाता गर्न पाउने अधिकार सुनिश्चिता हँदैआएको छ ।

सरकारले स्थानीय तहका सदस्यको निर्वाचन आगामी वैशाख ३० का लागि घोषणा गरेपछि आयोगले माघ २५ गतेदेखि नियमित मतदाता नामावली सङ्कलन कार्य स्थगन गरेको हो ।

आयोग अहिले निर्वाचनका लागि अन्तिम मतदाता नामावली अद्यावधिक गर्दैछ ।

आगामी वैशाख २९ गते १८ वर्ष उमेर पुग्नेसहित यस पटकको निर्वाचनमा करिब एक करोड ७९ लाख मतदाता कायम हुने आयोगको अनुमान छ ।

निर्वाचनमा युवा सहभागिता र प्रतिनिधित्व कस्तो ?

स्थानीय तहको २०७४ मा भएको निर्वाचनबाट ३५ हजार ४१ जनप्रतिनिधि चयन भएकामा २१ देखि ४० वर्ष उमेर समूहका १३ हजार ८९३ अर्थात् ३९.६५ रहेको थियो ।

आयोगका अनुसार, उक्त निर्वाचनमा एक लाख ४८ हजार ३६२ उम्मेदवार युवा उम्मेदवार सङ्ख्या ५७ हजार ७०१ थियो ।

प्रदेशसभाका ५५० पदमध्ये २५ देखि ४० बर्ष उमेर समूहका १३० अर्थात २३.६० प्रतिशत युवा जनप्रतिनिधिको प्रतिनिधित्व छ ।

प्रतिनिधिसभातर्फ २७५ पदमध्ये २५ देखि ४० वर्ष उमेर समूहका ३६ अर्थात् १३.१० र राष्ट्रियसभाका ५९ पदमध्ये ३५ देखि ४० वर्ष समूहका चार अर्थात् ६.८० प्रतिशत युवाको प्रतिनिधित्व छ ।

स्थानीय तहमा २१ वर्ष, प्रदेशसभा र प्रतिनिधिसभामा २५ वर्ष तथा राष्ट्रियसभामा उम्मेदवार हुनका लागि कम्तीमा ३५ वर्ष उमेर पुग्न पर्ने कानुनी व्यवस्था छ ।

सुकेटार विमानस्थल पुनः सञ्चालनमा

मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ ।

भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएकोे नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिनुभयो ।

विगमका जहाजले काठमाडौँबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौँ पुगेको उहाँ बताउनुभयो ।

विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो ।

निगमले सो विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान भर्दै आएको छ ।

१० डीएसपीको सरुवा

१० डीएसपीको सरुवा

काठमाडौँ-आइतबार साँझ प्रहरी प्रधान कार्यालयले १० नायब उपरिक्षक(डीएसपी)को काज सरुवा गरेको छ।

तीन जिल्ला र काठमाडौँ उपत्यकाका तीन वृत्तका प्रमुखकाे आइतबार साँझ काज सरुवा गरिएकाे हाे ।

स्रोतका अनुशार रसुवामा कुलदिप चन्द, दोलखामा गंगाप्रसाद पौडेल र रामेछापमा राजकुमार थिङ जिल्ला प्रहरी प्रमुखमा खटाइएको छ ।

साथै उपत्यकास्थित सातदोबाटो प्रहरी वृत्तमा मदन केसी र चापागाउँ प्रहरी वृत्त प्रमुख भएर द्धारिका घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

१० डीएसपीको सरुवा

राजश्वमा शाक्य:भन्सारमा भट्टराई

काठमाडौँ-सहसचिव रितेश कुमार शाक्यलाई आन्तरिक राजश्व विभागको महानिर्देशकमा नियुक्त गरिएको छ ।

अर्थ मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता शाक्यलाई आइतबार महानिर्देशको जिम्मेवारी दिइएको हो ।

तत्कालीन महानिर्देशक शोभा कान्त पौडेललाई अर्थबाटै बाहिर्‍याउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानेर शाक्यलाई विभागको महानिर्देशकको जिम्मेवारी दिईएको हो ।

यसैगरी भन्सार विभागको महानिर्देशकमा कमल भट्टराईलाई नियुक्त गरिएको छ ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका तालिम प्रमुखका रुपमा कार्यरत भट्टराईलाई भन्सार विभागको जिम्मेवारी दिईएको हो।

नेप्सेमा १०१ अङ्कको पहिरो

नेप्सेमा १०१ अङ्कको पहिरो

काठमाडाैँ-बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन लगायतका कारण आज धितोपत्र बजारमा १०१.२४ अङकको पहिरो गएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.२४ अङ्क अर्थात् ३.६१ प्रतिशतले घटेर दुई हजार ७००.३२ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.६२ अङ्कले ओरालो लागेर ५११.६६ मा आएको छ ।

आजको कारोबारमा कूल २२७ कम्पनीको एक करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर रु पाँच अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ ।

जसमा बैंकिङ ४२.६६, व्यापार ६८.२३ होटेल तथा पर्यटन १०९.८९, विकास बैंक २०६.६६, जलविद्युत् १८४.८८, वित्त ११२.१४, निर्जीवन बीमा ५५२.५४, उत्पादन ३३५.७१, लघुवित्त १८६.३६, जीवन बीमा ६०४.८८, लगानी ४.८ अन्य ७३.२५ र सामूहिक लगानी कोष ०.१५ अङ्कले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा आज अप्पर तामाकोसी कम्पनी शीर्षस्थानमा छ ।

सो कम्पनीको रु ३२ करोड ८४ लाख आठ हजार ९४४ बराबरको कारोबार भयो ।

यस्तै अरुणभ्याली हाइड्रोपावर रु २८ करोड ३९ लाख ४५ हजार ०८२, नेपाल इन्फ्रास्ट्रक्चर बैंक रु २५ करोड ३२ लाख ९२ हजार ४८७, नेसनल हाइड्रोपावर रु २५ करोड २७ लाख ९३ हजार १४६ र अपी पावरको रु २१ करोड ४७ लाख ५२ हजार ९६६ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र रहे भए ।

आजको कारोबारमा कूल २२७ कम्पनीमध्ये २२१ कम्पनीका शेयरमूल्य घटेका छन् ।

कारोबार भएकामध्ये अप्पर तामाकोसीको शेयरको मूल्य सबैभन्दा धेरै (८.३७) प्रतिशतले घटेको छ ।

त्यस्तै यस दिनको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक ८.२६, शिवश्री हाइड्रोपावर ७.७५, विन नेपाल लघुवित्त वित्तीय संस्था ७.५९ र बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ७.५२ प्रतिशतले गुमाए ।

नेप्सेमा १०१ अङ्कको पहिरो

जाल्पाको आईपीओ बाँडफाँट: ४८ हजार ७९० जना भाग्यमानी

जाल्पाको आईपीओ बाँडफाँट: ४८ हजार ७९० जना भाग्यमानी

काठमाडौँ-आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आईपीओ बाँडफाँट गर्ने भएको छ ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँड हुने भएको हो ।

आज साँझ ५ बजे शेयर बाडफाँट हुने शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।

लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।

त्यसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा मात्रै सर्वसाधारणको लागि बाँडफाँड हुनेछ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लुवित्तको शेयरमा २६ लाख ५९ हजार ५४० जना आवेदक बाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६.६५ गुणाले बढी हो ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

त्यस अनुसार ४८ हजार ७९० जना भाग्यमानी आवेदकले मात्रै लघुवित्तको शेयर पाउनेछन् ।

न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा २६ लाख भन्दा बढीले शेयर नपाउने देखिन्छ ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ ।

आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।

जाल्पाको आईपीओ बाँडफाँट: ४८ हजार ७९० जना भाग्यमानी

महाअभियोग प्रस्तावमाथि अब संसद्भित्र छलफल हुन्छ : कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले संवैधानिक निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध लगाइएको महाअभियोगको प्रस्तावमाथि संसद्मा छलफल हुने बताउनुभएको छ ।

सङ्घीय संसद् सचिवालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “प्रस्तावमाथि अब संसद्भित्र छलफल हुन्छ । संवैधानिक गतिरोधको निकासका लागि प्रक्रिया अगाडि बढेको छ ।”

संसद् सचिवालयमा आज सत्तारुढ गठबन्धनका ९८ जना सांसदले प्रधानन्यायाधीश राणाविरुद्ध विभिन्न २१ वटा आरोप लगाउँदै महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

प्रस्ताव दर्ता भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले न्यायापालिकामा नेतृत्वदायी भूमिका प्रभावकारी रूपमा खेल्न नसकेको पाइएकाले महाअभियोग प्रस्ताव अगाडि बढाइएको प्रतिक्रिया दिनुभयो ।

उहाँले प्रधानन्यायाधीशले संवैधानिक इजलाश प्रभावकारी नबढाएको, विभिन्न नियुक्तिमा प्रभावित पारेको, सर्वोच्च अदालतको प्रतिवेदन कार्यान्वयन नगरेको एवं शक्ति सन्तुलनको आधारमा काम गर्न नसकेकाले न्याय क्षेत्रमा निराशाजनक अवस्था सिर्जना भएकाले प्रस्ताव दर्ता गराउन आवश्यक भएको बताउनुभयो ।

संविधानले खोजको भूमिका प्रधानन्यायाधीशबाट हुन नसकेका कारणले यो प्रस्ताव दर्ता गराउनु परेको उहाँको भनाइ छ ।

संविधानले व्यवस्था गरेको आवश्यक सङ्ख्या अनुसार दर्ता भएको प्रस्ताव अब संसदीय प्रक्रियामा अगाडि बढ्ने उहाँको भनाइ छ ।

उहाँले हाल लागेको आरोप प्रमाणित गर्न बयान लिने तथा अन्य संसदीय प्रक्रिया अगाडि बढाउने दायित्व संसद्को भएको बताउनुभयो ।

यस्ता छन् प्रधानन्यायाधीशमाथि लागेका आरोप

सत्ता गठबन्धनका सांसदहरूले सङ्घीय संसद् सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा विभिन्न २१ आरोप लगाइएका छन् ।

महाअभियोग प्रस्तावमा ९८ जना सांसदको हस्ताक्षर छ ।

प्रस्तावमा प्रधान न्यायाधीश जबराले लोकतन्त्र, विधिको शासनको जगर्ने गर्न अक्षम भएको तथा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न अक्षम रहेको आरोप लगाइएको छ ।

सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्र नै निजको कार्यकालमा अतिशय विकृति, विसङ्गति, भ्रष्टाचार तथा विचौलियाले प्रवेश पाएका र बढाउँदै लगेको विद्यमान व्यवस्था रहेको महाअभियोग लगाउनुपर्ने आधार र कारणहरू अभियोगमा उल्लेख गरिएको छ ।

संवैधानिक जिम्मेवारीलाई आफ्नो निजी सरह स्वच्छाचारी ढङ्गले देखादेखी दुरुपयोग गरेकाले नेपालको सिङ्गो न्याय क्षेत्र र कानुनको रक्षा एवं स्वतन्त्र र समक्ष न्यायपालिकको श्रीवृद्धि गर्नुपर्ने अहम् दायित्व बोकेका प्रधानन्यायाधीले सो अनुरुपको कर्तव्यपालना गर्न असक्षम तथा पूर्णतः विफल रहेको प्रस्तावमा उल्लेख छ ।

प्रधानन्यायाधीश राणाका कार्यहरू एकपछि अर्को गर्दै विवादास्पद, आपत्तिजनक पदीय मर्यादा र आचरण विपरित एवं संविधान र कानून विपरित हुँदै आएको उल्लेख गर्दै प्रस्तावमा भनिएको छ, “लोकतन्त्रमा न्यायापालिकालाई संविधानको अन्तिम व्याख्याता र राज्यका अन्य अङ्गमाथि शक्ति सन्तुलन कायम राख्ने महत्वपूर्ण निकायका रूपमा लिइन्छ ।

सक्षम एवं सशक्त न्यायालयको अभावमा सिङ्गो संविधान र त्यसले परिकल्पना गरेका कुनै पनि व्यवस्था यर्थाथतामा कार्यात्मक र जीवन्त हुन सम्भव छैन । यसका लागि न्यायालय सम्पूर्ण रूपमा स्वतन्त्र, सक्षम, निष्पक्ष, स्वच्छ, भ्रष्टाचारमुक्त जिम्मेवार हुनु जरुरी छ ।”

महाअभियोग प्रस्तावमा प्रधानन्यायाधीशको उच्च पदीय जिम्मेवारीका अतिरिक्त नेपालको संविधानको धारा १३६ द्वारा पदासिन प्रधानन्यायाधीशलाई अति उच्च विश्वासका साथ प्रदान गरिएको संवैधानिक दायित्व पूरा गर्न राणा असक्षम रहेको, न्यायालयको साख, इज्ज्त, प्रतिष्ठा र प्रभावकारिता र जनआस्थालाई श्रीवृद्धि गर्ने संवैधानिक दायित्वबाट पूर्ण रूपमा विमुख र विफल भएको उल्लेख गरिएको छ ।

प्रधानन्यायाधीश राणामा पदीय जिम्मेवारी, संवैधानिक आचरण र नैतिकता एवं कार्यक्षमता समेत नदेखिएको कारणले निजलाई महाभियोग लगाउनुपर्ने प्रर्याप्त आधार, कारण एवं अवस्था विद्यमान देखिएको उल्लेख गरिएको छ ।

प्रस्तावमा संवैधानिक परीक्षण गर्न दायर भएका रिट निवेदनको समयमै प्रधानन्यायाधीश राणाले निरुपणको व्यवस्था गर्नुपर्नेमा पदीय जिम्मेवारी विपरितका कार्य गरी न्यायमा विचलन ल्याएको तथा न्यायिक अधिकार न्याय, छिटोछरितो निरुपणका लागि हो नकी न्यायिक पदाधिकारीको आफ्नो वा अन्य कसैको निहीत स्वार्थ परिपूर्तिको लागि दुरुपयोग गर्ने हो भन्ने प्रश्न उठाइएको छ ।

प्रधानन्यायाधीश राणाले आफूसमेत संलग्न भई विभिन्न संवैधानिक अङ्गमा पदाधिकारीको नियुक्त सम्बन्धमा परेका रिट निवेदनको एक वर्षसम्म पनि प्रारम्भिक सुनुवाइसम्म नगरी राखेको पाइएको प्रस्तावमा भनिएको छ ।

प्रस्तावमा अगाडि भनिएको छ, “सर्वोच्च अदालतमा साप्ताहिक तथा दैनिक मुद्दाको पेशी र न्यायाधीश तोक्दा कुनै निश्चित आधार, मापदण्ड र मान्य प्रचलन एवं अभ्यासको पालना नगरी, मनोमानी र अपारदर्शी आधारमा इजलास गठन गर्ने र मुद्दा तोक्ने, न्यायाधीश तोक्दा खासखास किसिमका मुद्दा आफ्नो इजलाशमा वा नियन्त्रणमा पर्ने गरी इजलाश तोकेर न्यायापालिकालाई निरन्तर विवादमा ल्याएको र न्यायपालिकाभित्र न्यायाधीशहरूका बिचमा पनि गुट उपगुट सिर्जना गरी न्याय दिन बसेका न्यायाधीशबीच नै आशङ्का, अन्योल र उदासीनताको वातावरण सिर्जना गरी अदालतको न्यायिक कार्य सञ्चालनमा बाधा अवरोध पुर्‍याएको छ ।”

न्यायपरिषद्को अध्यक्षको हैसियतले सबै तहका अदालतका न्यायाधीशको नियुक्ति गर्दा निष्पक्ष एवं पारदर्शी रूपमा गर्नुपर्नेमा मनोमानी ढङ्गले नियुक्ति गरेको नियुक्त भएका कतिपय व्यक्तिको योग्यता, क्षमता र अनुभव नभएकाले त्यस्तो गैर कानुनी नियुक्तिको कानुनी र नैतिक दायित्व प्रधानन्यायाधीशबाट पालना नभएको, निजको सक्रियतामा नियुक्त न्यायाधीशको स्वीकार्यतामा नै प्रश्न चिह्न खडा भएको महाअभियोग प्रस्तावमा समावेश छ ।

आफ्नै परिवारका सदस्य र नातागोताका व्यक्ति एवं आफूले नियुक्त गरेका कतिपय न्यायाधीश र पदाधिकारीलाई विचौलियाका रूपमा संलग्न गराई भ्रष्टाचार र अनियमितता गरी अवैध सम्पत्ति आर्जन गर्ने गराउने कार्यमा संलग्न रहेको, परिवारका नाममा जोडेका सम्पत्तिको विवरण सार्वजनिक भएपछिको जानकारीबाट पनि प्रधानन्यायाधीश राणाको आचरण, पदीय मर्यादासँग अमिल्दो र विल्कुल अस्वाभाविक देखिन आएको ९८ जना सांसदको दाबी छ ।

प्रधानन्यायाधीशको सम्मानित पद मुलुकको संविधान र कानुनको रक्षा गर्न वा भोका निमुखा अन्यायमा परेका जनताको रक्षाका लागि होइन आफू र आफ्ना परिवार एवं सीमित घेराका निहित स्वार्थी विचौलियाका हकहितको संवद्र्धन र संरक्षण गर्नका लागि निजबाट पदको दुरुपयोग भइरहेको भन्ने जनमानसमा पर्न गई न्यायापालिकाको छविमा गम्भीर असर र अनास्था उत्पन्न हुनगएको दाबी गरिएको छ ।

प्रधानन्यायाधीश स्वयं भ्रष्टाचार र अनियमितता गरी अवैध सम्पत्ति आर्जन गर्ने गराउने कार्यमा संलग्न रहेको विषयमा सम्पत्ति सुद्धीकरणलगायत नियमनकारी निकायमा छानबिनको माग भई उजुरीसमेत परेकोले यस सम्बन्धमासमेत छानबिन गर्न महाअभियोगको कारबाही चल्न आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।

प्रधानन्यायाधीश राणामाथिको आशङ्का र अविश्वास तथा गैरन्यायिक आचरणका कारणले इजलाशमा निज बस्न नसकेको, संविधानले परिकल्पना गरेको सक्रिय प्रधानन्यायाधीशको अवधारणा निष्क्रिय हुन गएको तथा आफ्नै कार्य तथा आचरणबाट पदीय जिम्मेवारी पालना गर्न गराउन असक्षम एवं असमर्थ रहेको निर्विवाद सिद्ध भएको प्रस्तावमा जोड दिइएको छ ।

कोभिड जस्तो सङ्क्रमणबाट पीडित भई अस्पताल भर्ना भएको अवधिमासमेत बिदामा नबसी प्रचलित कोभिङ सङ्क्रमणसम्बन्धी कानुनको उल्लङ्घन गर्नेकार्य गरी सर्वोच्च अदालतलाई जानी–जानी नेतृत्व विहीन बनाइ नेपालको संविधानको धारा १२९ (६) को ठाडो उल्लङ्घन गरेको देखिएको दाबी गरिएको छ ।

अन्य सहकर्मी न्यायाधीशहरू प्रधानन्यायाधीशसँग इजलाशमासँगै बसी न्याय सम्पादन गर्न तयार नभएको तथ्यलाई निज स्वयंले स्वीकार गर्दै अनेकन आक्षेप लाग्दा पनि केवल हाजीर जनाएर निवास फर्कने गरेबाट प्रधान न्यायाधीश राणाको नेतृत्वमा सर्वोच्च अदालत सञ्चालन हुन असम्भव हुन गएको प्रस्तावमा स्पष्ट गरिएको छ ।

प्रस्तावमा भनिएको छ, “यस्तै, सशस्त्र प्रहरीका तत्कालीन वरिष्ठ अधिकृत रञ्जन कृष्ण कोइराला संलग्न ज्यान मुद्दा, सर्वोच्च अदालतमा विचाराधीन रहेका सङ्गीन मुद्दाको शीघ्र सुनुवाइ नगरेको, पटक–पटक पेशी स्थागित गरेको, संवेदनशील विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी सार्वजनिक रुपमै फैसलाको व्याख्या गर्दै प्रतिरक्षा गरेको, सरकारी प्रवक्ता जस्तो भई इजलाश बाहिर आफ्नो फैसलाबारे बोल्दै हिँड्नु र टिकाटिप्पणी गर्नु अदालतको गरिमा र पदीय मर्यादा अनुकूलको आचरण होइन, हुन सक्दैन ।”

भ्रष्टाचारको अभियोग लागेका मुद्दाको छिटोछरितो सुनुवाइ गर्ने प्रयोजनका लागि विशिष्टकृत अदालतको रूपमा विशेष अदालतको गठन र शीघ्र न्याय सम्पादनको व्यवस्था विगत दुई दशक अघिदेखि भएको भए पनि महिनौँदेखि न्यायाधीशको पदपूर्ति गर्न अनिच्छुक रही विशेष न्याय प्रक्रियामासमेत अवरोध सिर्जना गरेको प्रस्तावमा दाबी गरिएको छ ।

प्रस्तावमा भनिएको छ, “आफूसँग सम्बन्धित वा आफ्नो स्वार्थ सन्निहित मुद्दाको सुनवाइमा आफू संलग्न नहुने भनि संवैधानिक इजलाशबाटै निर्णय गरेपश्चात पनि प्रधानन्यायाधीश राणाले इजलासमा बसेर व्यक्त गरेको आफ्नो राय विपरितको विषयवस्तु बनाइ संवैधानिक इजलासको सुनुवाइ रोकी पाउँ भर्ती परेको रिट निवेदनलाई अस्वाभाविक तरिकाले निजले पूर्व अभ्यास विपरित एकल इजलास समक्ष पेशीमा चढाइ संवैधानिक इजलाशलाई अनिश्चित् कालसम्म अवरुद्ध गर्ने प्रबन्ध मिलाउन मुख्य भूमिका निर्वाह गरी संविधानको धारा १३७ ले प्रदान गरेको अधिकारको स्पष्टतः दुरुपयोग गरेको देखिएको छ ।”

प्रधान न्यायाधीशको नियुक्तको क्रममा राणाले सार्वभौम संसद् समक्ष गरेका प्रतिबद्धता विपरित न्यायाधीशको पदपूर्ति र उचित समयभित्र मुद्दाको फछ्र्योट गर्न असक्षम रही निरन्तर न्यायमा अवरोध सिर्जना गरी आफू संविधानतः प्रधानन्यायाधीशको नेतृत्वको जिम्मेवारी बहन गर्न पूर्ण असक्षम सिद्ध भइसकेको र संसदीय सुनुवाइका बखत व्यक्त निजको प्रतिबद्धता निजका काम कारबाहीबाट झुठो सावित हुनगएको महाअभियोग प्रस्तावमा स्पष्ट गरिएको छ ।

संवैधानिक परिषद्को पदेन सदस्यको रुपमा कार्यपालिकासँग हिस्सेदारी माग गरी संवैधानिक आयोग तथा अन्य आयोगमा आधार कारण र मापदण्डसमेत निर्धारण नगरी आफ्ना परिवारका सदस्य तथा निकटका व्यक्तिलाई प्रधान न्यायाधीश राणाले नियुक्तिको सिफारिस गरेको कुरा सार्वजनिक भइसकेकाले पनि त्यस्तो पदमा आसिन व्यक्तिले प्रधानन्यायाधीशको पदको घोर अपमान एवं दुरुपयोग हुने गरेको पुष्टी भएको भनिएको छ ।

न्यायपालिकाको विकृति, विसङ्गति र भ्रष्टाचारको सम्बन्धमा अध्ययन गर्न गठित न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको समितिको प्रतिवेदन लागू गर्न अनिच्छुक तथा असक्षम देखिएको र सो प्रतिवेदन बुझ्ने क्रममा तत्काल कार्यान्वयनको प्रतिबद्धता प्रधान न्यायाधीश राणाले व्यक्त गरे पनि सोही प्रतिवेदनका विरुद्धमा अभिव्यक्ति दिई पदीय मर्यादा उल्लङ्घन गरेको दाबी गरिएको छ ।

मुलुकको कानुन प्रणालीलाई दीर्घकालीन प्रभाव छाड्ने विधिशास्त्रीय महत्वको योगदान पु¥याउन प्रधान न्यायाधीश असफल भएको, जनताका निमित्त अन्धकार र बिचौलियाका निमित्त सुरक्षित स्वर्गका रूपमा न्यायपालिकालाई स्थापित गर्ने र सञ्चालन गर्ने असंवैधानिक एवं अमर्यादित हरकतबाट न्यायापालिकालाई मुक्ति दिलाउनु अपरिहार्य भएको प्रस्तावमा महत्वका साथ उल्लेख गरिएको छ ।

पूर्व न्यायाधीश, नागरिक समाज, नेपाल बार एशोसिएशन एवं सर्वोच्च अदालत बार एशोसिएशन समेतबाट प्रधान न्यायाधीशको कार्यमा गम्भीर प्रश्न खडा गरी अविश्वास प्रकट गरेको, सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन १०० दिनभन्दा अघिदेखि धर्ना, जुलुस, सभा सम्मेलन समेतका विभिन्न कार्यक्रम भएको समेत स्मरण गरिएको छ ।संवैधानिक प्रणाली सु–सञ्चालन हुनमा बाधा उत्पन्न भइरहेको र तत्काल यो परिस्थितिबाट न्यायोचित निकास दिनका लागि महाभियोगद्वारा निजको पदमुक्ति अति आवश्यक हुन आएको प्रस्तावमा उल्लेख गरिएको छ ।

कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा दीपक कार्की

कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा दीपक कार्की

काठमाडौं-सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीलाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिईएको छ ।

महाअभियोगको प्रस्तावका कारण प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेसँगै कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीलाई दिईएको हो ।

अब कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् ।

संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकारवाही गर्न पाइँदैन

सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पम्फा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोग दर्ता गराएका छन् ।

कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा दीपक कार्की

प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि सर्‍यो

प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि सर्‍यो

काठमाडाैँ-प्रतिनिधिसभाको बैठक यही फागुन ४ गते मध्यान्न १ बजे बस्ने भएको छ ।

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचनामार्फत यही फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिनुभएको छ ।

फागुन २ गतेका लागि तय भएको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गतेका लागि निर्धारण गर्नुभएको सूचनामा उल्लेख छ ।

नेकपा(एमाले)ले बैठक सारिदिन सभामुखसँग आग्रह गरेको थियो ।

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षीको मागअनुसार बैठक सार्दा राम्रो हुने सुझाव दिनुभएको थियो ।

प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि सर्‍यो

चोलेन्द्रविरुद्ध महाअभियोग: उनी हट्दा कसलाई फाइदा

चोलेन्द्रविरुद्ध महाअभियोग: उनी हट्दा कसलाई फाइदा

काठमाडौं-प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुद्वारा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको हो ।

आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको सचिवालयले जनाएको छ ।

महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ पाँचदलीय गठबन्धनका ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

कति संख्याले महाअभियोग पारित हुन्छ ?

राजनीतिक दलले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाए प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुईतिहाइ बहुमतबाट पारित गर्नुपर्ने हुन्छ ।

महाअभियोग पारित भए जबरा पदबाट मुक्त हुनेछन् ।

महाअभियोग पारित भए प्रधानन्यायाधिसले धेरै कुरा गुमाउने छन् । अत उनले अब राजिनामा दिन सक्ने अनुमान गरिएको छ ।

संसदमा महाअभियोग दर्ता भइ पारित भएको खण्डमा प्रधानन्यायाधीश जबरा सार्वजनिक पदमा सधैंका लागि अयोग्य ठहर हुनेछन् ।

संविधानको धारा १०१ (९)ले यसको व्याख्या गरेको छ ।

यो व्यवस्थाअनुसार महाभियोगको प्रस्ताव पारित भई पदमुक्त भएको व्यक्तिले त्यस्तो पदबाट पाउने कुनै सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्त वा मनोनयन हुन सक्नेछैन ।

वर्तमान सत्ता गठबन्धनसँग प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर पारित गर्नपुग्ने सांसद संख्या रहेको छ ।

मुलुकको २८ औँ प्रधानन्यायाधीश बनेका जबराले अहिले महाभियोबाट बच्न राजीनामा दिए भने वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कार्यवाहक प्रधानन्यायाधीश हुने छन् ।

न्याय परिषद्ले पनि कार्कीलाई नै कार्यबाहक बनाउने निर्णय गर्ने सम्भावना छ ।

न्याय परिषद् ऐनको दफा ५ मा पनि न्यायाधीश नियुक्तिको आधारमा त्यही व्यवस्था गरिएको छ।

सर्वोच्च अदालतले पनि प्रधानन्यायाधीश जबरापछि दोस्रो वरियतामा कार्कीकै नाम राखेको छ ।

उनी पुनरावेदन अदालत मुख्य न्यायाधीशबाट सर्वोच्चको स्थायी न्यायाधीशका लागि सिफारिस भएका हुन् ।

कार्कीले सर्वोच्चमा उपलब्ध गराएको विवरण अनुसार उनी २०१४ असोज १६ गते जन्मिएका हुन् ।

२०३७ साउन ६ मा शाखा अधिकृतबाट उनले सरकारी सेवा थालेका थिए ।

२०७३ साउन १२ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका कार्की २०७९ असोज दोस्रो हप्तासम्म सर्वोच्च रहन्छन् ।

जबराले अहिले राजीनामा दिए कार्यवाहक प्रधानन्यायाधीशका रुपमा कार्कीले १० महिना सर्वोच्चको नेतृत्व गर्नेछन्।

हरिकृष्णलाई झन् धेरै फाइदा

सर्वोच्च अदालतको न्यायाधीशको तेस्रो वरियतामा मीरा खड्का छिन् ।

तर जबराले बीचमै प्रधानन्यायाधीश पद छोडे दीपककुमार कार्की जस्तै अर्का न्यायाधीश हरिकृष्ण कार्कीले पनि फाइदा लिन सक्छन् ।

जबरा पूर्णकालसम्म रहे दीपकले कार्यबाहक हुने अवसर गुमाउनेछन् ।

दीपक कार्यवाहक प्रधानन्यायाधीश बनेमा पनि त्यसको सिधै फाइदा हरिकृष्णले लिनेछन् ।

उनको प्रधानन्यायाधीश अवधि पनि अझै बढ्नेछ ।

दीपककुमार कार्कीपछि वरीयताको दोस्रो नम्बरमा मीरा खड्का छिन् ।

तर, उनको अवधि जम्मा ७ महिना मात्रै रहेको सर्वोच्चका एक अधिकारीले बताए। यस आधारमा दीपकपछि सिधै हरिकृष्ण प्रधानन्यायाधीश बन्ने बाटो खुल्नेछ।

स्वतः २०७९ मंसिर १५ पछि हरिकृष्ण प्रधानन्यायाधीश हुन्छन् ।

तर, जबराको राजीनामा र दीपककुमार कार्की कार्यवाहक प्रधानन्यायाधीश बनेमा २०७९ भदौमै हरिकृष्ण प्रधानन्यायाधीश बन्न सक्छन् ।

२०७२ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा हरिकृष्ण कार्की महान्यायाधिवक्ता थिए।

चोलेन्द्रविरुद्ध महाअभियोग: उनी हट्दा कसलाई फाइदा

प्रधानन्यायाधीश जबरा निलम्बनमा

प्रधानन्यायाधीश जबरा निलम्बनमा

काठमाडौं-सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेका छन् ।

जबरा विरूद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परेका हुन् ।

आइतबार बिहान दर्ता भएको महाअभियोगमा सत्तारूढ तीन दलका ९८ जना सांसदहरूले हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदहरूले महाभियोग प्रस्तावमा हस्ताक्षर गरेको एक सांसदले जानकारी दिए ।

महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, देव गुरूङलगायत छन् ।

संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा परेका छन् ।

प्रधानन्यायाधीशमाथि मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप छ ।

केही समयअघि सर्वोच्चका न्यायाधीशहरूले नै राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए ।

नेपाल बार एसोसिएसनले उनको बहिर्गमन माग गर्दै अहिलेसम्म आन्दोलन गरिरहेको छ ।

चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता

चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता

काठमाडौं-सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता गराएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको हो ।

आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको सचिवालयले जनाएको छ ।

महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ पाँचदलीय गठबन्धनका ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट फेरि सुरु

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट फेरि सुरु

काठमाडौँ-नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरुद्धको आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ ।

बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलनलाई निरन्तरता दिने भएको हो ।

बारले कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको थियो ।

फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने’ महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

उनका अनुसार गत २८ माघमा बसेको बार एशोसिएशनको निर्णय अनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो ।

आन्दोलनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे कुराकानी भइरहेको एक बारका पदाधिकारीले जानकारी दिएका छन्।

विगत १ सय ७ दिन देखी न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणको लागि न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायाधीश राणाको राजीनामा माग पुरा नभएसम्म आन्दोलन जारी रहने महासचिव पौडेलको भनाई छ ।

नेपाल बार एशोसिएशन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग राखी चरणबद्ध आन्दोलनमा छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै कात्तिक ८ गतेदेखि सर्वोच्चमा न्यायाधीश र वकिलहरु आन्दोलन गरिहरेका छन्।

प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट फेरि सुरु