निष्ठाले चुनाव जित्नुपर्छ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा प्रतिस्पर्धा गर्ने सबै राजनीतिक दलले लोकतन्त्रको रक्षा र शासकीय शुद्धताका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मितव्ययी बनाउन प्रतिबद्धता जाहेर गर्न पर्ने आवश्यकता औँल्याउनुभएको छ ।

‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा सुकै बेला अप्ठेरोमा पर्न सक्नेतर्फ समयमै हेक्का राख्न सबै राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “सम्पूर्ण सरोकारवालाको सहभागितामा मिहिनेतका साथ निर्वाचन आचारसंहिता बनाइएको छ, यसको पूर्ण पालना हुनुपर्छ भन्नेमा आयोग दृढ छ, खर्च गरेर निर्वाचन जित्छु भन्ने मनसाय राख्ने दल र उम्मेदवारले लोकतन्त्रको दुहाइ दिन मिल्दैन, पैसाले होइन सिद्धान्त र निष्ठाले चुनाव जित्नुपर्छ ।”

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन भनेको राजनीतिको कर्मकाण्डी प्रक्रिया नभई विकास, सहभागिता र सुशासन प्रत्याभूतिको प्रक्रिया भएकाले आचारसंहिता पालनाको संस्कृतिलाई अभिन्न अङ्ग बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन भनेको समानता र सभ्यताको प्रणाली हो भने आचारसंहिता स्वावलम्बन र स्वराजको प्रक्रिया हो, प्रजातन्त्र चाहिँ सांस्कृतिक अभ्यास हो । आचारसंहिता पालनाको मुख्य जिम्मेवारी राजनीतिक दल र उम्मेदवारको हो ।”

नेपाल कानुन समाजका अध्यक्ष एवं पूर्वमुख्य सचिव तीर्थमान शाक्यले १८ वर्ष उमेर नपुगेकाले मतदान गर्न पाउँदैनन्, उमेर पुगेका धेरै रोजगारीका लागि विदेशिएको अवस्था रहेको तथा ज्येष्ठ नागरिक मतदान गर्न जान नसक्ने हुँदा निर्वाचनमा धेरै पैसा केका लागि खर्च गर्नुपर्छ भनी जिज्ञासा राख्नुभयो ।

उहाँले भन्नुभयो, “पछिल्ला निर्वाचन लोकतन्त्रको सुदृढीकरण र जनताको हितका लागि नभई राजनीतिक दल र नेताका लागि मात्र हुन पुगेको छ । यस्तो निर्वाचनले देश र जनताका भलो गर्दैन, निर्वाचन सुशासनका लागि कि खर्च गर्नका लागि हुन लागेको छ ।”

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले स्वच्छ, स्वतन्त्र र विश्वासनीय निर्वाचन गराउने संवैधानिक दायित्वअनुरुप आयोगले निर्वाचनको तयारीलाई तीव्र र सघनरुपमा अघि बढाइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्वच्छ र स्वतन्त्र निर्वाचन सुशासनको कडी हो, आचारसंहितालाई नैतिक र कानुनी बन्देजका रुपमा रहेकाले निर्वाचनमा सबैलाई बराबरको अवसर प्रदान गर्न पूर्णपालनामा जोड दिएका हाँै ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडी, सहसचिव यज्ञप्रसाद भट्टराई र पूर्वमन्त्री माधव पौडेलले निर्वाचन आचारसंहिता, राजनीतिक दलको आयव्यय तथा कार्यान्वयन र अनुगमनसम्बन्धी बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गर्दै निर्वाचन मतपरिणामलाई स्वच्छ र स्वतन्त्र तुल्याउन निर्वाचन आचारसंहितको पालनामा जोड दिनुभयो ।
उहाँहरुले निर्वाचनलाई किफायती बनाउन महोत्वस होइन दैनिकीका रुपमा लैजानुपर्छ भनी सुझाव दिनुभयो ।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले निर्वाचन आचारसंहिता किन, मूलभूत व्यवस्था र पालना गर्नुपर्ने आचरण तथा कार्यान्वयनमा सरोकारवाला पक्षबाट प्रतिबद्धता जाहेर गर्न आयोगले अन्तरक्रिया कार्यक्रम गरेको जानकारी दिनुभयो ।

सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठ, माधव पौडेल, नेकपा एमालेका खेमप्रसाद लोहनी र बाबुराम दाहाल, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, नेकपा (माओवादी केन्द्र)का खिमलाल देवकोटाले लोकतन्त्रलाई सुदृढ तुल्याउन र निष्ठाको राजनीतिमा रहेका उम्मेदवार चयनका लागि निर्वाचन आचारसंहिता पालनामा कठोर हुन र स्वतन्त्रपूर्वक काम गर्न आयोग पदाधिकारीलाई सुझाव दिनुभयो ।

नागरिक समाजका तर्फबाट प्राध्यापक कपिल श्रेष्ठ, खेमराज रेग्मी, इन्दिरा श्रेष्ठ, मीन खड्का, आशा बस्नेत, प्रदीप श्रेष्ठ, इन्दु तुलाधर तथा गाउँपालिका महासङ्घका अध्यक्ष वंशलाल तामाङ लगायतले पछिल्ला निर्वाचनमा पैसा खर्च गरेर नतिजा आफ्नो पक्षमा ल्याइएकाले जनप्रतिनिधिप्रतिको आस्था र विश्वास घटेकाले निर्वाचन आचारसंहिताको पूर्णपालना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा योगदान पु¥याउन सरोकारवाला पक्षसँग आग्रह गर्नुभयो ।

आयोग र नेपाल कानुन समाजले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयमा यसअघि मुलुकका सातै प्रदेशसहित १४ स्थानमा कार्यक्रम गरी सकेको छ ।

‘सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीहरुको साझा फूलबारी भएको बताउनु भएको छ ।

नेपाल विश्व हिन्दू महासङ्घले आज काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले हाम्रो संविधानले सबै जातिको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्रको परिकल्पना गरेकाले यो राष्ट्र सबैको साझा फूलबारी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो राष्ट्र सबै जातजाति तथा धर्मावलम्बीहरुको अधिकार समान रहने गरी धर्मनिरपेक्ष राष्ट्र घोषित भएको छ, अब यो कुनै एक जातजाति र धर्मावलम्बीको मात्रै देश होइन सबैको साझा देश हो ।”

मन्त्री आलेले नेपाल एक बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक तथा विशेषतायुक्त राष्ट्र भएकाले यहाँ सबैले सामाजिक सद्भाव कायम राखी आ–आफ्ना कला, संस्कृति तथा धार्मिक कार्यहरु गर्न पाउने अधिकार भएको बताउनुभयो ।

पछिल्लो समय धार्मिक स्थलमा रहेका जग्गा, जमिन तथा भवनहरु अतिक्रमण गर्ने क्रम बढेकाले ती अतिक्रमण भएका जग्गा, मठ, मन्दिरहरु सबै फिर्ता ल्याउने काम भइरहेको समेत मन्त्री आलेले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “म सरकारी सम्पत्ति हडप्नेका विरुद्धमा खरो रुपमा उत्रिएको छु, राम्रो काम गरेकाले मैले नागरिकको साथ र सहयोग पाइरहेको छु, सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई कदापि छुट दिने छैन ।”

नेपाल विश्व हिन्दू महासङ्घले आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलन दुई दिनसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।

नेपाली सेनाद्वारा ठुलो संख्यामा आह्वान

काठमाडौँ-नेपाली सेनाले ठुलो संख्यामा दरखास्त आह्वान गरेको छ।

नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले खुला तथा समावेशी प्रतिशपर्धाबाट पद पूर्ति गर्न चार हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो।

दरखास्त आह्वान गरिएका चार हजार सैन्य पदका लागि खुलामा २ हजार ९८ नेपाली सेनाका सन्तति, ११० महिला ३५८, जनजाति ५७२, मधेसी ५०५, दलित २७२ र पिछडिएको वर्गबाट ८५ जना को माग गरिएको छ।

गठबन्धन चुनावसम्म कायम हुन्छ– प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पार्नुभएको छ ।

रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहमा उहाँले गठबन्धन आवश्यकताले जन्मिएको र त्यो निर्वाचनसम्म कायम रहने स्पष्ट पार्नुभएको हो ।

“गठबन्धन एउटा सन्दर्भमा जन्मिएको हो, संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गठबन्धन बनाएका हौँ, कांग्रेसले पनि गठबन्धन कायम राखेर जाने भन्ने निर्णय गरिसकेको छ, अब कुनै द्विविधा छैन, निर्वाचन शान्तिपूर्ण हुन्छ, निष्पक्ष हुन्छ”–उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, समावेशिताको रक्षामा माओवादी केन्द्र लाग्ने भन्दै मुलुकमा सङ्कटको समयमा आफ्नो पार्टीले जहिले पनि महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “देशमा आउने सबै सङ्कटमा मोचनको भूमिका खेल्ने काम माओवादी केन्द्रले गरेको छ, तर सबैले माओवादीलाई त्यो भूमिका खेलेको रुपमा स्वीकार नगरेको स्थिति छ ।”

उहाँले प्रेस तथा पत्रकारिता क्षेत्र सङ्घीय लोकतान्त्रिक प्रक्रियाको एउटा महत्वपूर्ण क्षेत्र भएको बताउँदै भन्नुभयो “प्रेसको जसरी विकास भएको छ, जुन गतिमा विकास भएको छ, स्वतन्त्रताको जुन तहमा उपभोग गरिएको छ, यो उत्साहजनक छ ।”

उहाँले देशको अर्थतन्त्रलाई दुर्घटनातिर जानबाट रोक्दै अर्थतन्त्रलाई सम्हालेर लैजानेतर्फ प्रयास जारी रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले श्रीलङका जस्तो स्थितिमा नेपाल नरहे पनि भोलिका दिन नेपालमा पनि अप्ठ्यारो स्थिति आउन सक्ने भन्दै त्यसको समाधानको लागि पहल सुरु भइरहेको बताउनुभयो ।

मेलम्चीमा अब क्षति नहोस् भनेर मन्त्री चौधरीले गर्नुभयो क्षमा पूजा

खानेपानीमन्त्री उमाकान्त चौधरीले हेलम्बु गाउँपालिका–१ तार्केघ्याङको डुक्पाडुङ गुम्बामा आज क्षमा पूजा गर्नुभएको छ ।

उहाँले अब यस क्षेत्रमा बाढीपहिराले दुःख नदियोस् भनेर क्षमा पूजा गर्नुभएको हो ।

सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खानेपानी आयोजनामा गएको वर्षात्मा आएको बाढीले क्षति पुर्याएको थियो ।

मेलम्ची खोलामा आएको बाढीले सो आयोजनाको ड्याममा क्षति पुगेपछि हालसम्म यहाँबाट पानी वितरण गर्न सकिएको छैन ।

मन्त्री चौधरी आज मेलम्ची खानेपानीको बाढीले क्षति पुर्‍याएको अम्बाथान अडिट बाँधस्थल ड्याम साइट पुगेर खानेपानी पुनः वितरणका लागि भइरहेका कामको अनुगमन पनि गर्नुभयो ।

सरकारले चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौँ लैजाने लक्ष्य लिएको छ ।

मन्त्री चौधरी समयसमयमा यस आयोजनास्थलमा आई यही चैत मसान्तसम्म काठमाडौँ पानी पुर्याउने काममा भएका प्रगतिको अनुगमन गर्नुभएको छ ।

उहाँले सो आयोजनाका नेतृत्व तथा कर्मचारीलाई यही चैत मसान्तसम्म काठमाडौँमा पानी पुर्याउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

नेपाल टेलिकमले ल्यायो नयाँ अल नेट भ्वाइस प्याक अफर

काठमाडौँ-नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ ।

हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको हो ।

यसका साथै सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सीयूजी प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् ।

नयाँ व्यवस्था अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक रु. २६५ मा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक रु. ५५० मा उपलब्ध गराइएको छ ।

यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राती १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक जम्मा रु. २५ मा खरिद गर्न सकिन्छ ।

साथै, आवश्यकता अनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म रु. १२ मा ३० मिनेट र रु. १५ मा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध हुनेछ ।

कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन् । रु. ५९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको छ ।

अब रु. ५९९ मा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन १ जीबी डाटा चलाउन सकिने छ ।

साथै, रु. ७९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था छ ।

यो प्याकमा प्रतिदिन १ जीबी डाटा समेत चलाउन सकिन्छ ।

रु. ९९९ र रु. १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ ।

त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुनेछन् ।

नयाँ प्याकहरु २०७८ चैत १७ गतेदेखि २०७९ बैशाख ४ गतेसम्म खरिद गर्न सकिनेछ ।

कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेका अन्य विभिन्न प्याकहरु यथावत् रहेका छन् ।

यस अफरबाट सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।

सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ –प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।

रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको हो ।

नेपाली कांगे्रसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस नागरिकको विचार अभिव्यक्ति एवं पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट गर्नुभयो ।

उहाँले नेपाली कांग्रेसले स्थापना कालदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको बताउँदै अहिले पनि आफ्नो पार्टी यही पक्षमा दृढ रहेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री देउवाले पूर्ण प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई चलाएमान बताउने बताउँदै अब हुने स्थानीय, प्रदेश र सङ्घको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी सहयोग गर्न आमसञ्चार माध्यमसँग अनुरोध पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, “मुलुकको विकासको लागि सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ, मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्न मिडियाको भूमिका महत्वपूर्ण छ, अब निर्वाचन सम्पन्न गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानका लागि पनि मिडियाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने छ ।”

प्रधानमन्त्री देउवाले गठनबन्धनलाई निरन्तरता दिने पार्टीको निर्णय सुनाउँदै यही गठबन्धनलाई अझै बढी बलियो र एकताबद्ध बनाएर लैजाने बताउनुभयो ।

उहाँले पछिल्लो समयमा सूचना प्रविधिको विकासले सञ्चार क्षेत्रमा ठूलो फड्को मारेको बताउँदै सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले मिथ्या र भ्रामक समाचारले सबै सञ्चार माध्यमको विश्वसनीयता सङ्कटमा पर्दै जाने बताउँदै सत्यतथ्यमा आधारित भएर पत्रकारिता गनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मिडिया स्वाभावैले आवाज विहीनको आवाज भएका कारण पनि मिडियालई राज्यको चौँथो अङ्ग भनिएको उल्लेख गर्दै अन्य विकसित देशमा जस्तै नेपालमा पनि मिडियाले विभिन्न नीति परिवर्तनसँगै आर्थिक, सामाजिक, सांस्कृति विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

गोरखापत्रको महाप्रबन्धक नियुक्त

काठमाडौँ-सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संस्थानको महाप्रबन्धक नियुक्त गरेको हो ।

बैठकले पत्रकार लाल ऐरीलाई गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन् ।

तीन डिआइजीको एआईजीमा बढुवा

काठमाडौँ-तीन जना डिआइजीलाई एआईजीमा बढुवा गर्ने निर्णय भएको छ ।

नेपाल प्रहरीका तीन जना डिआइजीलाई सरकारले एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

लोक सेवा आयोगले तीन डिआइजीलाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेको थियो ।

लोक सेवाको अनुमतिसँगै सरकारले उनीहरुलाई बढुवा गरेको हो ।

दलहरूले बढाए चुनावी गतिविधि

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ ।

सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

एमालेका अध्यक्ष सुरेन्द्र विष्टले जिल्लाभरका वडाका कमिटीलाई प्रशिक्षण दिएर चुनावमा पार्टी विजयी गराउन सक्रियता बढाएको बताउनुभयो ।

केही दिनअघि मात्रै महेन्द्रनगरमा ९२ वडाका पार्टी प्रतिनिधिलाई प्रशिक्षण दिएको एमालेले वडास्तरमा घरदैलो, पार्टी सम्र्पक कार्यालय स्थापनालगायत कामलाई तीव्रता दिएको जनाएको छ ।

चुनाव लक्षित नेता तथा कार्यकर्तालाई जिम्मेवारी र केन्द्रीय तहका नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा परिचालन हुने एमालेले जनाएको छ ।

अध्यक्ष विष्ट जिल्लाभर, जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी बुढा निर्वाचन क्षेत्र नं २, सचिब पल्लवराज भट्ट र उपसचिव फैरी तामाङ क्षेत्र नं १ तथा उपसचिव कर्णबहादुर चन्दलाई क्षेत्र नं ३ मा खटाइएको छ ।

त्यसैगरी नेपाली कांग्रेसले पनि जिल्लाभर चुनावी अभियान सञ्चालन गरिरहेको छ ।

‘घर घर जाऔँ, कांग्रेस जिताऊ’ अभियानका साथ नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेसले जनाएको छ ।

यसअघि जिल्लामा केन्द्रीयस्तरका नेताबाट समेत पार्टी प्रशिक्षणलगायतका काम गरिसकेको कांग्रेसले अघिल्लो निर्वाचनभन्दा यसपटक माहोल आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेस यहाँ दुई पालिकामा मात्रै विजयी भएको थियो ।

त्यसैगरी माओवादी केन्द्रले पनि चुनावी अभियान वडास्तरसम्म सञ्चालन गरिरहेको छ ।

माओवादीले यसअघि यहाँका दुई पालिकामा जित निकालेको थियो ।

माओवादीका अनुसार यहाँ विभिन्न तहका नेतालाई जिम्मेवारी दिएर घरदैलो अभियानमा खटाइएको छ ।

त्यसैगरी एमालेबाट विभाजित भएको एकीकृत समाजवादी पनि स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ ।

वडास्तरसम्म पार्टी विस्तार गरिरहेको समाजवादीमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार जना सदस्य रहेका छन् ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व सम्हालेसँगै अध्यक्ष गजेन्द्रबहादुर चन्दले दोधारा चाँदनीदेखि बेलौरीसम्म चुनावी अभियान सञ्चालन गर्नुभएको छ ।

चुनावी अभियानका क्रममा पार्टी कार्यक्रममा सहभागी हुन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन दुई पटक कञ्चनपुर आइसक्नुभएको छ ।

यस पटक राप्रपाको साङ्गठनिकस्वरुप फराकिलो हुँदै जाँदा अन्य दलहरू पनि चुनावमा असर पर्ने भन्दै सशङ्कित छन् ।

चुनावी अभियान सञ्चालनलाई दलहरूले गति दिए पनि उम्मेदवारको टुङ्गो भने कसैले लगाएका छैनन् ।

अन्तराष्ट्रिय साझा मुद्धामा अध्यक्ष नेपालकाे टर्की समिटमा सम्बोधन

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले टर्कीको अंकारामा आयोजित ‘इको क्लाईमेट समिट’मा भाग लिनु भएकाे छ ।

उक्त सिमटमा अध्यक्ष नेपालले कि नोट स्पीकरका रुपमा सम्बोधन समेत गर्नुभएको छ ।

अध्यक्ष नेपाल पाँच दिने भ्रमणका लागि टर्कीको अंकारा प्रस्थान गर्नुभएकाे थियाे ।

उक्त कार्यक्रममा मुख्य वक्ताका रुपमा सम्बोधन गर्नुभएको अध्यक्ष नेपालले सम्बाेधनका क्रममा बिभिन्न अन्तराष्ट्रिय विषयलाई जोडका साथ उठाउनु भयाे ।

अध्यक्ष नेपालले सम्बोधनमा जलवायु परिवर्तन, बाली चक्रमा आएको परिवर्तन, भूमिको उत्पादकत्वमा कमी, खाद्य सुरक्षा जोखिम, जनसङ्ख्याको विस्थापन, भोकमरी, बहिष्कार र शोषण लगायतका विषयलाई जोडका साथ उठाउनुभएको छ ।

विकासोन्मुख र जोखिममा रहेका देशहरूको अवस्था र समस्या समाधानका उपायबारेमा पनि आफ्नो धारणा राख्नुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।

उक्त समिटमा कोलम्बियाको पूर्व राष्ट्रपति , मेसेडोनियाको पूर्व राष्ट्रपति, इन्डोनेशियाको पूर्व राष्ट्रपति तथा क्यानाडाको पूर्व उप प्रधानमन्त्री सहभागी रहनुभएको उहाँको सचिवालयले जनाएको छ । अध्यक्ष नेपाल आगामी चैत्र १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको छ ।

अध्यक्ष नेपालले दिनुभएको मन्तब्यको पूर्णपाठ :

Respected Chairperson,

Your Excellencies,

Distinguished delegates,

Champions of Climate Change Movements,

Esteemed Journalists,

Ladies and Gentlemen

  • I am extremely pleased to be in Ankara, the most beautiful and historic city of Turkey, that was declared the capital of the country by legendary leader of this country Kamal Ataturk almost a hundred years ago. Besides being a major agricultural, industrial and commercial center of the country, it is quite appropriate that this flourishing capital city that has earned the privilege of being the green city should be asked to host the Economy and Climate Change Summit 2022 with a focus on “Green Movement” along with the most relevant arrangement of the world’s first climate fair. At the outset, I wish Ankara all success in its bid to become a capital of “green development and green employment”.
  • It is my rare privilege to represent the people of Nepal at this summit in the sense that I bring the message of goodwill and fraternity from the land of Mount Sagarmatha, the highest peak of the world in the Himalayas as well as birthplace of Gautam Buddha, the apostle of peace, non-violence and universal fraternity, to all the delegates and participants at this conference and to all friendly people of Turkey who have received us with such warmth of hospitality since our arrival here. We also note with satisfaction the endeavours made by the Government of Turkey to promote dialogue between Russia and Ukraine with a view to resolving the bllody conflict that has resulted in huge losses on both human and material terms. As a peace-loving country, Nepal wishes these efforts all success.
  •  For countries like Nepal, climate change has become a phenomenon of life and death in the sense that global warming and other negative aspects of climate change have badly impacted our fragile Himalayas that provide lifeline to over a billion people in our region. This reality is reflected on the critical importance we are compelled to attach on timely and effective mitigation and adaptation measures inlcuding resilient interventions to reverse the perilous trend that has threatened security and livelihood of tens of millions of people. For us in Nepal, climate change disasters are not simply a matter of theoretical discussion but a dangerous reality.Besides being symbols of our civilization, Himalayas are a global treasure and a storehouse of both unique biodiversity and cultural tapestry.

Distinguished Friends and Participants,

  • The globe is already experiencing recurring impact of climate change disasters in the form of rapid glacier melting and outburst, desertification, flash floods, landslide and droughts. We are also encountering change in crop cycle and reduced productivity of land and increasing food security risk resulting in increased displacement, hunger, exclusion and exploitation of the affected population.The poorer and underprivileged sections of the population in the majority of developing and vulnerable countries are at the receiving end of the biggest impact of climate change-related disasters posing threat to their very survival.
  • In the global race of making quick and easy money, arms trade and spending on wars, eco-inappropriate consumerism, excessive exploitation of fossil fuel and natural resources ultimately contribute to further widening the rich-poor divide. The endless human greed is not only making the life difficult to live for the people with less means, but also posing a big threat to nature and life on earth.
  • Coming back to countries like Nepal, we see a lot of possibilities in copingup with ‘Climate Change Effects’ through optimum use of ‘green development and green economy’.  But we face huge hurdles in the sense that we lack enough resources and appropriate technology to confront negative impact of climate change. I am reminded of the historic Sagarmatha Declaration that Nepal issued on the eve of UN Climate Conference COP 9 as a result of the cabinet meeting we had on December 04, 2009 under my premiership at Kalapaththar located at the foot of the world’s highest peak to highlight the critical importance of climate change for a country like Nepal.
  • There is a pressing need to not only adopt development policies sensitive to withstand climate change impact, but also pool human and technical resources with a view to confronting climate change more vigorously. Climate financing as a major component of development financing may be one area necessitating our focus and attention.   The mismatch between demand and supply in terms of climate financing is obvious and stark. As if the prevailing problems and challenges were not already enough, the world has passed through difficult periods of manifold nature including COVID-19 global pandemic resulting in heavy losses of both human beings and pressures on world economy with disastrous impact on the lives of less resourceful and vulnerable groups.

Excellencies, Esteemed Friends and Delegates,

  • While much has been talked, commitments are made, and actions taken, some of us still need to make our fresh commitments and take collective actions.  I strongly feel that it is high time that we reflected back on what we preach and what we practice, and focus primarily on early delivery of promises.It is necessary to access what commitments were made, what we have delivered and what we have achieved so far, who is walking together and who is left behind. This reflection will help us to take decisions towards our future strategies and actions on the issue of climate change.
  • While there is an urgent duty on the part of governments to adopt strategies to confront negative impact of climate change, there is absolutely no doubt that the private sector has a primary role to promote economy and development as it is the major driver of economy and development. It is in this aspect that the private sector has a critical role in conributing to climate change resilience and mitigation and adaptation process. It is high time that the private sector gave enough importance to such cross-cutting issues like climate change and other matters of global concern rather than be bogged down in other traditional areas of discipline.
  • I strongly believe that there is urgent need for human beings and nature to co-exist in total harmony to prevent disaster and consequences of our irresponsible acts against nature. It is, therefore, in the fitness of things that it is not nature that has to change but the human beings who should be very sensitive to nature with a view to promoting global harmony between Homo sapiens and nature that provides sustenance and resilience. In this context, I feel that this ‘Economy and Climate Change Summit’ is going to take lead on the discussion and discourse of our actions towards promoting interdependency between Economy and Climate Change, and also highlight the need and potential of the private sector on this issue.
  • To conclude, coming from a nature-gifted but highly vulnerable country like Nepal, I wish to express my full solidarity with the global intiatives towards climate change resilience and mitigation and adaptation measures with a view to promoting a win-win situation for both humans and natural environment. With these words, I wish the organizers all success in their most laudable endeavours of promoting green economy and reversing negative impact of climate change.
  • I wish to thank the wonderful audience for its rapt attention and patience.
  • Thank you all.

घरमा नै सुरक्षित गर्भपतन सेवा : सेवाग्राहीलाई जानकारी छैन

काठमाडौँ-आवश्यक सूचना तथा जानकारीको अभावमा सुरक्षित गर्भपतन तथा परिवार व्यवस्थापन घरदैलो सेवा प्रभावकारी हुन सकेको छैन ।

सरकारले विविध कारणले स्वास्थ्य संस्थामा पुग्न नसक्ने एवं पहुँच नै नपुग्ने विपन्न, अपाङ्गता भएका र सीमान्तकृत समुदायलाई घरमा नै सुरक्षित गर्भपतन सेवा तथा आवश्यक परिवार व्यवस्थापन (नियोजन)का सेवा प्रदान गर्न सुरुआत गरेको थियो ।

विशेष गरी कोरोना महामारीमा प्रजनन, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवालाई निरन्तरता दिन विसं २०७७ वैशाखदेखि घरदैलो सेवा थालनी गरिएको थियो ।

यसबाट परिवार नियोजनका साधनमा पहुँच अभिवृद्धि हुने र सुरक्षित गर्भपतन सेवासमेत निरन्तरता जारी रहने अपेक्षा लिइएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो सेवालाई सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ मा समेत समावेश गरेको छ ।

मन्त्रालयले ‘कोभिड–१९ महामारी: प्रजनन, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाको अन्तरिम निर्देशिका २०७७’ जारी गर्दै ती क्षेत्रमा टेलिफोन परामर्श तथा घरदैलो सेवा सञ्चालन गरेको थियो ।

अहिले पनि ती सेवा जारी नै रहेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले जनाएको छ ।

अहिलेसम्म कतिले घरदैलो सेवा पाए भन्ने आधिकारिक तथ्याङ्क छैन ।

महाशाखाअन्तर्गतको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख कविता अर्याल भन्नुहुन्छ, “महामारीको पहिलो र दोस्रो चरणमा परिवार योजना तथा प्रजनन स्वास्थ्य सेवामा केही असर पुगेको भए पनि अहिले पूर्ववत् सेवा सञ्चालन भइराखेका छन्, उपलब्ध सेवाका बारेमा सेवाग्राहीलाई जानकारी नहुँदा कार्यक्रम कार्यान्वयनमा चुनौती छ ।”

उहाँका अनुसार महामारीमा परिवार नियोजनको सेवाको प्रयोगदर ३९ बाट ३७ प्रतिशतमा झरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार परिवार नियोजन सेवा उपभोग गरी कम्तीमा दुई वर्षको गर्भान्तर गरेको खण्डमा दश प्रतिशत शिशु र ३० प्रतिशत मातृ मृत्युदर घट्ने छ ।

मातृ तथा बाल मृत्युदरमा कमी ल्याउन परिवार नियोजनको सेवामा पहुँच विस्तार अनिवार्य मानिन्छ ।

नेपाल स्वास्थ्य क्षेत्र रणनीति (२०१६–२०२१) ले मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १२५ मा झार्ने अति महत्वकांक्षी लक्ष्य राखेको थियो ।

यसैगरी दिगो विकास लक्ष्यले सन् २०३० सम्म नेपालमा नवजात शिशु र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रतिएक हजार जीवित जन्ममा क्रमशः १२ र २० मा झार्ने लक्ष्य राखेको छ ।

यी लक्ष्य हासिल गर्नै लगभग असम्भव देखिएको छ ।

तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा सुरक्षित गर्भपतन सेवा

निर्देशिकाले पहिलोपटक तालिम प्राप्त स्वास्थ्यकर्मीलाई सुरक्षित गर्भपतन सेवा प्रदान गर्न स्वीकृति प्रदान गरेको थियो ।

विसं २०७३ देखि सूचीकृत सरकारी स्वास्थ्य सस्थामा मात्र औषधि र क्लिनिकल माध्यमबाट सुरक्षित गर्भपतन सेवा निःशुल्क प्रदान गरिँदै आइएको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५, नियमावली २०७७ का प्रावधानअनुरुप स्वास्थ्यकर्मीलाई सो अधिकार प्रदान गरिएको हो ।

सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ ले तीनै तहका सरकारलाई ती ऐन, नियमावली तथा निर्देशिका कार्यान्वयमा थप सहजीकरण गरिदिएको छ ।

हालसम्म सुरक्षित गर्भपतन सेवाका लागि ५३० स्वास्थ्य संस्था सूचीकृत भएका छन् भने तीन हजारभन्दा बढी स्वास्थ्यकर्मीले तालिम प्राप्त गरी सो सेवा प्रदान गरिराखेका जनाइएको छ ।

‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन सेवा (एमए) नेपालमा बढी प्रयोगमा छ ।

यो दश हप्ताभित्रको गर्भका लागि सुरक्षित मानिन्छ । तालिम तथा अनुमति प्राप्त नर्सले सुरक्षित गर्भपतनका लागि घरमा पुगेर सो सेवा दिनसमेत सुरुआत गरेका छन् । ग्रामीण क्षेत्रमा यो सेवा अतिप्रभावकारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी १२ हप्तासम्मको गर्भपतनलाई ‘म्यानुअल भ्याकुम एस्पिरेशन (एमभिए)’ विधिमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा औजारका माध्यमबाट गरिन्छ ।

१३ देखि १८ हप्तासम्म गर्भलाई ‘कम्प्रिहेन्सिब इमरजेन्सी अब्सटेटिक नियोनेटल कियर’ सुविधा भएको सूचीकृत स्वास्थ्य सस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेशन एण्ड इभ्याकुएशन (डिएण्ड) गरिन्छ ।

मेरी स्टोपका वरिष्ठ कार्यक्रम व्यवस्थापक डा केपी उपाध्ययाय औषधि विधि (एमए) बाट गरिने गर्भपतन सेवा प्रभावकारी रहेको जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, “महामारीका समयमा पनि गर्भपतन सेवा लिन चाहनेका लागि हामीले घरदैलो सेवा प्रदान गरौँ, विशेष गरी मेरी स्टोपले एमए विधिबाट ४०० भन्दा बढीलाई सुरक्षित गर्भपतन सेवा उपलब्ध गराएको छ, आगामी दिनमा यसलाई सरकारले निरन्तरता दिनु आवश्यक छ ।”

महाशाखाका अनुसार गत आर्थिक वर्षमा सुरक्षित गर्भपतनको सेवा लिनेको सङ्ख्या ९५ हजार ४९२ रहेकामध्ये २० वर्षमुनिको सङ्ख्या आठ हजार २२३ रहको थियो ।

तीमध्ये सबैभन्दा बढी औषधि विधि बढी भएको जनाइएको छ । विसं २०७६ चैत ११ गतेदेखि विसं २०७७ साउन ६ सम्ममा लकडाउनमा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकृष्ण फुँयाल भन्नुहुन्छ, “महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो, कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएका कारण सुरक्षित गर्भपतन सेवा प्रदान गर्न केही अप्ठ्यारो भएको हो, पछिल्ला दिनमा सेवा सुरु भएको छ, सेवाका बारेमा अझै जानकारी छैन, सेवा लिनसमेत अझै हिचकिचाउने प्रवृत्ति छ, सुरक्षित गर्भपतन सेवा परिवार नियोजनको साधन होइन भन्ने कुरालाई समुदायमा बुझाउन जरुरी छ ।”

जन्मदर घट्नु र असुरक्षित गर्भपतन बढ्नु चिन्ताको विषय मानिन्छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)का सहनिर्देशक डा महेश पुरी भन्नुहुन्छ, “महामारीका समयमा परिवार नियोजनका साधनमा पहुँच र उपलब्धता नहुँदा, समयमा सुरक्षित गर्भपतन सेवा नपाउँदा अनिच्छिुक गर्भ धारणा बढेको र सुरक्षित गर्भपतन भने घट्न गएको हो, यसले गर्दा यौन तथा प्रजनन स्वास्थ्य सेवाका सूचकलाई असर पार्छ ।”

कृपाको एक अध्ययनअनुसार नेपालमा वार्षिकरुपमा तीनलाख २३ हजार गर्भपतन हुन्छ ।

तीमध्ये ४२ प्रतिशत सूचीकृत र ५८ प्रतिशत असूचीकृत संस्थामार्फत हुन्छ ।

अर्काेतर्फ परिवार नियोजन सेवाको विस्तार अपेक्षाअनुसार हुन सकेको छ्रैन ।

हाल आधुनिक परिवार नियोजन सेवाको प्रयोग दर ४२.८ प्रतिशत छ ।

अझै पनि प्रजनन उमेरका २३.७ प्रतिशत महिलाले परिवार नियोजन सेवा प्रयोग गर्न चाहेर पनि सेवा प्राप्त गर्न सकेका छैनन् ।

गर्भनिरोधकका अस्थायी आधुनिक पाँच प्रकारका साधन (ढाल, पिल्स, डिपो, इन्प्लान्ट र आइयुसीडी) को प्रयोगदर बढ्न नसक्नु (स्थिर रहनु), परम्परागत विधिका प्रयोगकर्ता उल्लेख्यरूपमा बढ्नु, असन्तुलित दरमा प्रजननदर घट्नु र परिवार नियोजनका साधन चाहेर पनि पाउन नसक्ने दर (अनमेट निड) घट्नुले समस्या देखिएको छ ।

नेपाल परिवार नियोजन सङ्घका उपत्यका शाखा कार्यालयका वरिष्ठ कार्यक्रम व्यवस्थापक शरद अर्याल सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका २०७८ कार्यान्वयनमा जोड दिनुहुन्छ ।

उहाँले भन्नुहुन्छ, “महामारी तथा विपद्का अवस्थामा पनि यौन तथा प्रजनन स्वास्थ्यलाई प्रभावित हुन नदिन सङ्घले आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ ।

लकडाउनको पहिलो हप्तामा नै आवश्यक स्वास्थ्य सावधानि अपनाउँदै क्लिनिक सञ्चालन ल्यायौँ, समुदायमा रहेका हाम्रा प्रतिनिधिमार्फत घर दैलोमा नै परिवार नियोजनका साधन वितरण तथा तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा प्रदान ग¥यौँ, यो क्रम अहिले पनि जारी छ ।”

गर्भ निरोधकमा आधुनिक साधन, मातृत्व र नवजात शिशु स्याहारमा लगानी बढाउन आवश्यक रहेको छ ।

नेपालमा करिब ६४ प्रतिशत महिलाले मात्र विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेअनुसारका कम्तीमा चारपटक गर्भ परीक्षण, ६१ प्रतिशतले तालीम प्राप्त स्वास्थ्यकर्मीको सहायताले सुत्केरी हुने गर्दछन् ।

अर्काे एक अध्ययनका अनुसार नेपालका ५० प्रतिशतभन्दा कम स्वास्थ्य संस्थाले मात्र परिवार नियोजनका ती सेवा दिन सक्दछन् ।

जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार नेपालमा १५ देखि ४९ वर्षका विवाहित महिलाले परिवार नियोजनका साधन प्रयोग गर्दछन् ।

साधन प्रयोग गर्ने ५३ प्रतिशत महिलामध्ये ४३ प्रतिशतले आधुनिक साधन तथा सेवाको प्रयोग गर्छन् भने १० प्रतिशतले परम्परागत विधि अपनाउने गर्छन् ।

नेपालमा सबैभन्दा बढी महिलाले बन्ध्याकरण गर्ने गर्दछन् ।

यस्ता महिलाको सङ्ख्याको १५ र पुरुषको सङ्ख्या छ प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन ।

परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेमा शिक्षितभन्दा अशिक्षित महिला बढी रहेका उजागर सर्वेक्षणले गरेको थियो ।

कुनै शिक्षा हासिल नगरेका ५२ प्रतिशत महिलाले आधुनिक साधन र सेवा प्रयोग गर्ने तथा माध्यमिक शिक्षा वा सोभन्दा बढी हासिल गरेका ३४ प्रतिशत महिला मात्रै आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् ।

विवाहित महिलामा परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदरमा उल्लेखनीय सुधार आएको देखिँदैन ।

सन् १९९६ मा प्रयोगदर २९ प्रतिशत रहेकामा हाल ५३ प्रतिशत मात्र पुगेको छ ।

सहनिर्देशक डा पुरी भन्नुहुन्छ, “आधुनिक परिवार नियोजनको साधनको प्रयोगदर बढाउनु र सुरक्षित गर्र्भपतनको पहुँच पुर्‍याउनु जरुरी छ ।”

मुस्ताङमा पर्यटकको चाप बढ्यो

गलेश्वर-हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ ।

स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ ।

त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधनमार्फत मुस्ताङ जानेका कारण बेनी–जोमसोम सडकमा सवारी साधनको बाक्लो लाइन देखिन्छ ।

विगत दुई वर्षयता कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको उपस्थिति हवाई र स्थलमार्ग दुवैबाट बाक्लो बनेको पर्यटन व्यवसायीले बताएका छन् ।

विगतका वर्षमा यो बेलामा कोभिडको जोखिमका कारण पर्यटक जान नपाएको भए पनि यस वर्ष घुम्ने मौसम सुरु भएको छ भने कोभिडको जोखिम कम हुँदै गएको छ ।

चैतेदसैँ नजिकिएसँगै मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदान गर्नेको समेत मुस्ताङमा बाक्लो उपस्थिति देखिन्छ ।

केही दिन मुस्ताङ घुम्ने र तिथिमा पिण्डदान गरेर फर्कने मनसायले २२ जनाको टोली लिएर मुस्ताङ आउनुभएका नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरका देवलाल पौडेलले मुस्ताङ आफूले सोचेभन्दा धेरै सुन्दर रहेको र अहिले पर्यटकको चाप बढेका कारण होटल पाउनै मुस्किल परेको बताउनुभयो ।

मुस्ताङ घुम्नका लागि उपयुक्त मौसम सुरु भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको यहाँ भीड बढ्न थालेको जोमसोमका तीर्थबहादुर शेरचनको भनाइ छ ।

त्यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा लगाउने तिजी मेलाको रौनक पनि सुरु भएकाले देश विदेशमा रहेका मुस्ताङ्गी पनि जिल्ला फर्कन थालेका छन् ।

मुस्ताङको जोमसोम विमानस्थलका प्रमुख पुस्कलराज शर्माले गत फागुन २२ गतेबाट मुस्ताङ–पोखरा उडान पुनः सञ्चालनमा आएपछि अहिले दैनिक १५ सम्म उडान भएको जानकारी दिनुभयो ।

एउटा उडानमा १८ जनाको क्षमता रहेकाले हवाई मार्गबाट मात्रै दैनिक साढे दुई सयभन्दा बढी पर्यटक मुस्ताङ प्रवेश गरिरहेको उँहाको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार स्थलमार्गबाट मुस्ताङ छिर्नेको पनि उस्तै भीड छ । केही दिनयता दैनिक दुई हजार बढी पर्यटक बस, जिप र मोटरसाइकलमा मुस्ताङ आइरहेको उँहाले जानकारी दिनुभयो ।

कोभिडका कारण पर्यटक नआएपछि लामो समयसम्म सुनसान बनेको मुस्ताङको पर्यटन र होटेल व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको कागबेनीका होटल व्यवसायी छेप्तेन गुरुङले बताउनुभयो ।

पाहुनाको आगमन बढेसँगै होटेलमा बास बस्न नपाउन सक्ने भएकाले मुस्ताङ आउन लागेकाले पहिले नै बुकिङ गर्ने क्रम बढेको पनि उहाँको भनाइ छ ।

होटलमा भित्रिएका पर्यटकमध्ये धेरैको सङ्ख्यामा भारतीय र नेपाली रहेको जानकारी दिँदै गुरुङले अन्य मुलुकका पर्यटक पनि विस्तारै देखिन थालेको बताउनुभयो ।

पर्यटकको आगमन बढेपछि विगत दुई वर्षदेखि सुस्ताएको मुस्ताङको होटल व्यवसायले पुर्नजीवन पाएको व्यवासायीले बताएका छन् ।

गणपूरक सङ्ख्या नपुगेपछि प्रदेशसभाको बैठक स्थगित

मधेस प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।

बैठकमा आवश्यक गणपूरक सङ्ख्यामा प्रदेशसभा सदस्य उपस्थित नभएपछि सभामुख सरोजकुमार यादवले बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गर्नुभएको हो ।

बैठकको सुरुमै प्रतिपक्षी दलका प्रदेशसभाका सदस्यले बैठकका लागि आवश्यक गणपूरक सङ्ख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्न माग गरेका थिए ।

बैठकको सुरुमै बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेशसभा सदस्य तथा सचेतक परमेश्वर साहले बैठकका लागि चाहिने आवश्यक गणपूरक सङ्ख्या उपस्थित नरहेकाले बैठक स्थगित गर्नुपर्ने बताउनुभयो ।

आजको प्रदेशसभा बैठकमा प्रदेशप्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र वाचन गर्ने, प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची थियो ।

यस्तै आजको बैठकमा प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले प्रदेश पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रन्जितकुमार यादवले जानकारी दिनुभयो ।

एमाले एक्लै चुनाव लड्छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।

व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकमा सञ्चालनमा ल्याएको ‘सूर्यविनायक हरित कृषि तथा थोक बजार प्राली’को उद्घाटन गर्दै उहाँले एमालेले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताउनुभएको हो ।

अध्यक्ष ओलीले एमालेकै नेतृत्वमा देशमा समृद्धि ल्याइने पनि बताउनुभयो ।

उहाँले भारतसँग मात्र नभएर चीनसँग पनि पारवहन सम्झौता भएको उल्लेख गर्दै नेपालले समुद्रबाट पनि सामान ल्याउन सक्ने र ठूला जहाज आउन सक्ने बन्दरगाह खोलेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र एमाले सांसद महेश बस्नेतले देशमा स्थानीय तहको निर्वाचन आएसँगै एमालेको लहर आएको दाबी गर्नुभयो ।

त्यसअवसरमा व्यवसायी दुर्गा प्रसाईले भक्तपुरको सूर्यविनायकमा ५० रोपनी क्षेत्रफलमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।