वीरगन्ज र भरतपुरका मेयरले दिए राजीनामा

काठमाडौं – वैशाख ३० मा हुने स्थानीय चुनावमा फेरि उम्मेदवार बन्न वीरगन्ज र भरतपुरका मेयरले राजीनामा दिएका छन्।

वीरगन्जका मेयर विजय सरावगीले बिहीबार दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो। मैले हिजै राजीनामा दिएको थिएँ, आज स्वीकृत भयो,’ सरावगीले भने। उनी यसपालि नेकपा एमालेबाट वीरगन्जको मेयर उठ्दैछन्।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि शुक्रबार राजीनामा दिएकी छन्।

शुक्रबार महानगरका जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकालको समीक्षा पुस्तक विमोचन गर्दै उनले राजीनामा घोषणा गरेकी हुन्। उनले उपमेयर पार्वती शाह ठकुरीलाई राजीनामा बुझाएकी हुन्।

६९ प्रतिशतले बढ्यो निर्यात

काठमाडौँ-चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) निर्यातमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९ दशमलव ४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।

विभागको तथ्याङ्कअनुसार नौ महिनामा रु एक खर्ब ६० अर्ब ५७ करोड २९ लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट रु ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको सामान निर्यात भएको थियो ।

चालू आवको नौ महिनामा निर्यातसँगै आयातमा समेत वृृद्धि भएको छ ।

नौ महिनामा ३१ दशमलव ९७ प्रतिशतले आयातमा वृद्धि हुँदै रु १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ ।

तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो ।

२८ प्रतिशतले बढ्यो व्यापार घाटा

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ ।

चालू आवको नौ महिनामा रु साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो ।

चालू आवको नौ महिनामा नेपालले रु १३ खर्ब छ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ ।

गत आवको सोही अवधिमा नेपालले रु १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस्तैगरी चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ ।

यस अवधिमा रु १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख बराबरको पुगेको भन्सार विभागले जनाएको छ ।

तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु बाह्र खर्ब छ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।

दुई खर्बको पेट्रोलियम पदार्थको आयात

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनाको तथ्याङ्कअनुसार नेपालले रु दुई खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ ।

नौ महिनाको अवधिमा नेपालले डिजेल, पोट्रोल र खाना पकाउने एलपी ग्यासका लागि रु एक खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।

तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी डिजेलको आयात भएको छ ।

यस अवधिमा रु एक खर्ब पाँच अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल र रु ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार बढीको पेट्रोलको आयात भएको हो ।

रु ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ ।

नौ महिनाको अवधिमा रु ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल, रु ३२ अर्ब चार करोड ७८ लाख बराबरको पाम तेल, रु ३१ अर्ब ८५ करोड ३६ लाख बराबरको खोप र रु २८ अर्ब ५४ करोड ९० लाख बराबरको सुन आयात भएको छ ।

१६२ देशबाट आयात

विभागले सार्वजनिक गरेको चालू आवको पहिलो नौ महिनाको अवधिमा नेपालमा १६२ देशबाट रु १४ खर्ब ६६ अर्ब बढीको आयात भएको छ ।

तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

नौ महिनामा नेपालले भारतबाट रु नौ खर्ब १७ अर्ब २४ लाख बढीको आयात गरेको छ भने रु एक खर्ब २७ अर्ब ८९ करोड ५४ लाख बराबरको निर्यात गरेको छ ।

नेपालले भारतसँग मात्रै रु सात खर्ब ७३ अर्ब ८० करोड ७० लाख बढीको व्यापार घाटा व्यहोरेको छ ।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ ।

चीनबाट नौ महिनामा रु दुई खर्ब ११ अर्ब पाँच करोड ८० लाख बराबरको आयात भएको छ भने रु ६२ करोड २८ लाख ६२ हजारको मात्र निर्यात भएको छ ।

चीनसँग मात्र रु दुई खर्ब १० अर्ब ४२ करोड ५१ लाख बराबरको व्यापार घाटा रहेको छ ।

गृह मन्त्रालयद्वारा किराँत जनवादी वर्कर्सका कार्यकर्ता रिहाइ प्रक्रिया सुरु

गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता प्रक्रिया सुरु गरेको छ ।

उक्त पार्टीले पक्राउ परेका नेता कार्यकर्ताको रिहाइ र लगाइएका मुद्दा फिर्ता प्रक्रिया सुरु गरेमा राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउने र स्थानीय निर्वाचनमा भाग लिने बताएपछि सो पार्टीका नेता कार्यकर्ताको रिहाइ र कानुनअनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरिएको हो ।

मन्त्रालयका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख फणीन्द्रमणि पोखरेलले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ताको आवश्यक प्रक्रिया थालिएको जानकारी दिनुभयो ।

उक्त पार्टी र मूलधारको राजनीतिभन्दा बाहिर रहेका शक्तिबीच वार्ता गर्न गठित प्रारम्भिक वार्ता उपसमितिबीच २०७१ साउन ११ गते वार्ता सम्पन्न भएको थियो ।

त्यही सहमतिको जगमा विभिन्न समयमा भएका अनौपचारिक वार्तापछि अहिले विभिन्न आरोपमा थुनामा रहेका नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिएमा मूलधारको राजनीतिमा आउने र निर्वाचनमा सहभागी हुने प्रतिबद्धता आएपछि सरकारले आवश्यक तयारी थालेको हो ।

उसले पूर्वी नेपालमा आफ्ना क्रियाकलाप गर्दै आएको छ ।

मेलम्चीको पानी आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत वितरण गरिने

काठमाडौँ – काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणका क्रममा आधाभन्दा बढी स्थानमा पुरानो पाइपमार्फत नै वितरण गरिने भएको छ ।

एक हजार १० किमी लम्बाइको वितरण पाइपमध्ये आधाभन्दा कममा मात्रै अहिलेसम्म परीक्षण भएको छ । पाइप परीक्षण हुन बाँकी ठाउँमा पुरानो पाइपबाट नै पानी वितरण गर्ने तयारी गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

गत असारमा बाढीका कारण पानी अवरुद्ध भएपछि पनि विभिन्न स्थानमा पाइप परीक्षण गरिएको निर्देशनालयका उपनिर्देशक चन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै ठाउँमा पानी आएपछि नै परीक्षण हुनेछ ।” वितरण पाइपको ४१० किमी नयाँ र ६०० किमी पाइप पुरानोबाट नै पानी वितरण हुनेछ ।

नयाँ पाइपबाट वितरण हुने क्षेत्रमा नक्साल, कमलपोखरी, दरबारमार्ग, नयाँ सडक, डिल्लीबजार, गौशाला, अनामनगर, तीलगङ्गा, चक्रपथ, बबरमहल, कोटेश्वर, नरेफाँटलगायतका स्थान छन् । असारदेखियता यी ठाउँमा ट्याङ्करको पानी र बाग्मतीको पानीले पाइप परीक्षण गरिएको थियो । उहाँले भन्नुभयो, “पानी काठमाडौँ नआउँदा पनि हामीले परीक्षण निरन्तर गरिरहेका थियौँ ।”

विगतमा पानी पर्याप्त नभएका कारणले परीक्षण हुन बाँकी ठाउँमा अहिले परीक्षण गरिने भएको छ । सुन्दरीजलमा आउने पानीमध्ये केही पुरानो पाइप, नयाँ पाइप र केही केही पानी परीक्षणका लागि छुट्याइने भएको छ । हाल तीन करोड ८० लाख लिटर पानी नयाँ पाइपबाट र १० करोड लिटर पानी पुरानो पाइपबाट परीक्षण गरिने उपनिर्देशक श्रेष्ठले बताउनुभयो ।

दैनिक दुई करोड लिटर पानी भने परीक्षणका लागि प्रयोग हुनेछ । उहाँले भन्नुभयो, “केयुकेएलले पानी वितरण गरिरहँदा हामी पाइप परीक्षणमा लाग्नेछौँ ।” बाँकी रहेका सबै स्थानमा पाइपको परीक्षण गर्न झण्डै एक वर्ष लाग्ने निर्देशनालयले जनाएको छ ।

यो अवधिमा निर्देशनालयले पाइपको परीक्षण गर्दै पानी वितरण गर्न सकिने भएमा नयाँमार्फत वितरण हुनेछ ।

निर्देशनालयले पानी वितरणका लागि जम्मा १० ट्याङ्की निर्माणको जिम्मेवारी लिएको थियो । तिमध्ये अहिलेसम्म नौ निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । भक्तपुरको कटुञ्जेमा भने जग्गा विवादका कारण केही ढिला मात्रै सम्पन्न भएको थियो । हाल सो ट्याङ्की सम्पन्न भएर परीक्षणका क्रममा रहेको उपनिर्देशक श्रेष्ठले बताउनुभयो ।

मेलम्चीको पानी काठमाडौँवासीको घरघरमा पु¥याउनका लागि तीन कार्यालयको फरकफरक भूमिका रहेको छ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकस्थित आयोजनास्थलमा सुरुङ, हेडवर्कलगायतका संरचना निर्माण गरेको थियो । समितिले नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो ।

निर्देशनालयले सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घरघरसम्म पुगाउन आवश्यक संरचना निर्माण गरिसकेको छ । सतहत्तर किमी लम्बाइको बल्लब डिस्ट्रिब्युसन सिस्टममार्फत पानी १० ठाउँका ट्याङ्कीमा पुग्छ । ती ट्याङ्कीमार्फत नै पानी घरघरमा पुग्नेगरी संरचना निर्माण गरिएको छ । वितरण पाइपमार्फत उपभोक्ताका घरमा पानी जानेछ ।

काठमाडौँ उपत्यकामा खानेपानीको समस्या दशकौँ पहिले सुरु भएको थियो । क्रमिकरुपमा जनसङ्ख्या बढ्दै जाँदा खानेपानीको माग बढे पनि यहाँको स्रोतले धान्न सकेन । केही दशकयता मुख्य शहरमा ट्याङ्करमार्फत नै पानीको अभाव पूर्ति हुँदै आएको थियो ।

निर्देशनालयले निर्माण गरेका ट्याङ्की काठमाडौँमा लाजिम्पाट, बाँसबारी, पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थान रहेका छन् ।

समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७-१७ करोड गरी दैनिक जम्मा ५१ करोड लिटर उपत्यकामा ल्याउन सकिन्छ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ । यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ ।

पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको भए पनि पूरा सकेको छैन ।

सरकारले दुई दशक पहिले सुरु गरेको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन बाँकी भए पनि गत वर्ष नै काठमाडौँ उपत्यकामा पानी ल्याइएको थियो । फागुनबाट पानी ल्याउन सुरु गरिएकामा असारमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो ।

अहिले पुनः पानी काठमाडौँ ल्याउन पथान्तरण गरिएको छ । आइतबारसम्म सुन्दरीजल पानी आइपुग्ने अपेक्षा गरिएको छ । नियमितरुपमा पानी उपलब्ध हुँदा यहाँको खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

भारतमा २४ घण्टामा दुई हजार ४५१जनामा काेराेना सङ्क्रमित

काठमाडौं – भारतमा २४ घण्टाको समयावधी दुई हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको संख्या चार करोड ३० लाख ५२ हजार ४५२ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ संक्रमितको संख्या २ हजार नाघेको यो लगातार तेस्रो दिन हो ।यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ लाख २२ हजार ११६ पुगेको छ ।

यहाँ अझै पनि सक्रिय सङ्क्रमित १४ हजार २४१ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही दिनयताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

२४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म एक हजार ५८९ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म ४ करोड २५ लाख १६ हजार ६८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

किसानलाई सधैँ मल अभाव

बलेवा-मकै खेतमा रासायनिक मल (डिएपी) हाल्ने बेला भएको छ ।

गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले डिएपी नपाएर भौंतारिनुपरेको छ ।

मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् ।

मकैको गोडमेल गर्ने बेलामा आवश्यक डिएपी मलको अभाव हुँदा यहाँका किसान मर्कामा परेका छन् ।

सिँचाइ सुविधा भएका बागलुङका फाँटमा मकैको गोडमेल गर्ने बेला भएको छ ।

किसानले डिएपी मल नपाएको गुनासो गर्न थालेका छन् ।

हिउँदे बालीमा रासायनिक मलको कम खोजी गर्ने यहाँका किसानले मकै र धानबालीका लागि भने मलको खोजी गर्ने गरेका छन् ।

पहिलो गोडमेलको समयमा मकैको बिरुवामा प्रयोग गर्दै आएको रासायनिक मल किसानले बजारमा नपाएका हुन् ।

“बजारमा पनि मल पाइएन, यता सहकारीहरूमा पनि मल छैन भन्छन्”, किसानहरु भन्छन्, “मल नपाउँदा मकै बाली बिग्रिन लागेको छ ।”

खेतीपातीका बेला जहिले पनि मलको अभाव हुँदा किसान समस्यामा पर्ने गरेका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङका अनुसार भदौ महिना यता डिएपी मल डिपोमा आएको छैन ।

“हामीले मकै गोडमेल गर्ने बेला मल पाएनौँ, सधैँ ल्याउने सहकारीले यो पटक गाउँमा मल ल्याएको छैन”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान गणेश पौडेलले भन्नुभयो, “यो पटक मल नराखी गोडमेल गर्नुपर्ने भो, मकै पसाउँछ कि पसाउँदैन थाहा छैन ।”

कर्पोरेशनले कृषि विज्ञको सल्लाहका आधारमा सिङ्गल सुपर फसफेट मल भने वितरण गर्दै आएको छ । यो मलमा नेपाल सरकारको अनुदान छैन ।

“हामीले विकल्पका रुपमा सिङ्गल सुपर फसफेट किसानलाई उपलब्ध गराइरहेका छौँ, यो मल तीन वटा फ्लेबरमा हुन्छ, सबै फ्लेबरको अभाव छैन, तर डिएपी आउन अझै एक महिना लाग्ने सूचना पाएको छु”, डिपो कार्यालयका प्रमुख मनोज श्रेष्ठले भन्नुभयो, “

युरिया मल भने बेलैमा मौज्दात राखेकाले अहिलेलाई अभाव छैन तर किसानले मागेको जति पाएका छैनन् ।”

वैकल्पिकरुपमा प्रयोगमा ल्याइएको सिङ्गल सुपर फसफेट डिएपीभन्दा सोही परिणामको उत्पादन लिनका लागि दोब्बर प्रयोग गर्नुपर्ने हुन्छ । “

डिएपी एकमात्रा दिनुपर्ने ठाउँमा सिङ्गल सुपर फसफेट दुई मात्रा दिनुपर्ने हुन्छ”, कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले भन्नुभयो, “प्रतिकिलो मूल्यमा सिङ्गल सुपर फसफेट सस्तोमा पाइन्छ तर किसानको उत्पादन लागत बढ्ने हुन्छ ।”

डिएपीमा फस्फोरसको मात्रा ४६ प्रतिशत र सिङ्गल सुपर फसफेटमा फस्फोरसको मात्रा १६ प्रतिशत मात्रै हुने भएकाले फस्फोरसको मात्रा बराबर गर्न दोब्बर प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । “

मकैमा त्यति धेरै रासायनिक मलको आवश्यकता पर्दैन, घरायसी मल प्रशस्त प्रयोग गर्दा पनि हुन्छ”,

प्रमुख भट्टराईले भन्नुभयो, “प्रयोग गरिरहेको ठाउँमा प्रयोग नगर्दा एक पटकका लागि उत्पादनमा कमी आउने हुन्छ ।”

बागलुङका अधिकांश पालिकाले मकै पकेट कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

उन्नत जातको मकै र मकैको बीउ उत्पादनको कार्यक्रमसमेत रहेको बागलुङमा रासायनिक मलको अभावले उत्पादनमा क्षति गर्ने कृषि प्राविधिक बताउँछन् । “मलकै अभाव कहिलेसम्म झेल्नुपर्ने हो ?”

किसान गणेश पौडेलले भन्नुभयो, “आवश्यकताभन्दा न्यून कोटामा मल आउने भएकाले जहिले पनि हाहाकार हुने गरेको हो ।”

आवश्यकताभन्दा रासायनिक मलको आपूर्ति अत्यन्त न्यून हुने गरेको कृषि ज्ञानकेन्द्र बागलुङले जनाएको छ ।

केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो, “यो अभाव भइरहन्छ, रासायनिक मलको विकल्पमा प्राङ्गारिक मलमा केन्द्रित हुनुपर्छ ।”

राष्ट्रपति भण्डारीसँग डब्ल्युएचओका महानिर्देशक डा टेड्रोसद्वारा शिष्टाचार भेट

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्ल्युएचओले खोप वितरण गरेकामा डब्ल्युएचओ महानिर्देशक डा टेड्रोसलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा महानिर्देशक डा टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानकाबारेमा जानकारी गराउनुभएको थियो । महानिर्देशक डा टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राख्नुभएको थियो ।

उहाँले डब्लुएचओ नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको पनि ढकालले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीनदिने भ्रमणमा बिहीबार नेपाल आउनुभएका महानिर्देशक डा टेड्रोसले बिहीबार नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुभएको थियो ।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिणपूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीसमेत आउनुभएको छ ।

उहाँ यही वैशाख १० गते नेपालबाट फर्कनुहुने कार्यक्रम छ ।

किसानलाई सधैँ मल अभाव

काठमाडौं – मकै खेतमा रासायनिक मल (डिएपी) हाल्ने बेला भएको छ ।
गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले डिएपी नपाएर भौंतारिनुपरेको छ । मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् ।

मकैको गोडमेल गर्ने बेलामा आवश्यक डिएपी मलको अभाव हुँदा यहाँका किसान मर्कामा परेका छन् । सिँचाइ सुविधा भएका बागलुङका फाँटमा मकैको गोडमेल गर्ने बेला भएको छ । किसानले डिएपी मल नपाएको गुनासो गर्न थालेका छन् ।

हिउँदे बालीमा रासायनिक मलको कम खोजी गर्ने यहाँका किसानले मकै र धानबालीका लागि भने मलको खोजी गर्ने गरेका छन् । पहिलो गोडमेलको समयमा मकैको बिरुवामा प्रयोग गर्दै आएको रासायनिक मल किसानले बजारमा नपाएका हुन् ।

“बजारमा पनि मल पाइएन, यता सहकारीहरूमा पनि मल छैन भन्छन्”, किसानहरु भन्छन्, “मल नपाउँदा मकै बाली बिग्रिन लागेको छ ।” खेतीपातीका बेला जहिले पनि मलको अभाव हुँदा किसान समस्यामा पर्ने गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङका अनुसार भदौ महिना यता डिएपी मल डिपोमा आएको छैन ।

हामीले मकै गोडमेल गर्ने बेला मल पाएनौँ, सधैँ ल्याउने सहकारीले यो पटक गाउँमा मल ल्याएको छैन”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान गणेश पौडेलले भन्नुभयो, “यो पटक मल नराखी गोडमेल गर्नुपर्ने भो, मकै पसाउँछ कि पसाउँदैन थाहा छैन ।”

कर्पोरेशनले कृषि विज्ञको सल्लाहका आधारमा सिङ्गल सुपर फसफेट मल भने वितरण गर्दै आएको छ । यो मलमा नेपाल सरकारको अनुदान छैन । “हामीले विकल्पका रुपमा सिङ्गल सुपर फसफेट किसानलाई उपलब्ध गराइरहेका छौँ, यो मल तीन वटा फ्लेबरमा हुन्छ, सबै फ्लेबरको अभाव छैन, तर डिएपी आउन अझै एक महिना लाग्ने सूचना पाएको छु”, डिपो कार्यालयका प्रमुख मनोज श्रेष्ठले भन्नुभयो, “युरिया मल भने बेलैमा मौज्दात राखेकाले अहिलेलाई अभाव छैन तर किसानले मागेको जति पाएका छैनन् ।”

वैकल्पिकरुपमा प्रयोगमा ल्याइएको सिङ्गल सुपर फसफेट डिएपीभन्दा सोही परिणामको उत्पादन लिनका लागि दोब्बर प्रयोग गर्नुपर्ने हुन्छ । “डिएपी एकमात्रा दिनुपर्ने ठाउँमा सिङ्गल सुपर फसफेट दुई मात्रा दिनुपर्ने हुन्छ”, कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले भन्नुभयो, “प्रतिकिलो मूल्यमा सिङ्गल सुपर फसफेट सस्तोमा पाइन्छ तर किसानको उत्पादन लागत बढ्ने हुन्छ ।”

डिएपीमा फस्फोरसको मात्रा ४६ प्रतिशत र सिङ्गल सुपर फसफेटमा फस्फोरसको मात्रा १६ प्रतिशत मात्रै हुने भएकाले फस्फोरसको मात्रा बराबर गर्न दोब्बर प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । “मकैमा त्यति धेरै रासायनिक मलको आवश्यकता पर्दैन, घरायसी मल प्रशस्त प्रयोग गर्दा पनि हुन्छ”, प्रमुख भट्टराईले भन्नुभयो, “प्रयोग गरिरहेको ठाउँमा प्रयोग नगर्दा एक पटकका लागि उत्पादनमा कमी आउने हुन्छ ।”

बागलुङका अधिकांश पालिकाले मकै पकेट कार्यक्रम सञ्चालन गरिरहेका छन् । उन्नत जातको मकै र मकैको बीउ उत्पादनको कार्यक्रमसमेत रहेको बागलुङमा रासायनिक मलको अभावले उत्पादनमा क्षति गर्ने कृषि प्राविधिक बताउँछन् ।

“मलकै अभाव कहिलेसम्म झेल्नुपर्ने हो रु” किसान गणेश पौडेलले भन्नुभयो, “आवश्यकताभन्दा न्यून कोटामा मल आउने भएकाले जहिले पनि हाहाकार हुने गरेको हो ।” आवश्यकताभन्दा रासायनिक मलको आपूर्ति अत्यन्त न्यून हुने गरेको कृषि ज्ञानकेन्द्र बागलुङले जनाएको छ । केन्द्रका प्रमुख भट्टराईले भन्नुभयो, “यो अभाव भइरहन्छ, रासायनिक मलको विकल्पमा प्राङ्गारिक मलमा केन्द्रित हुनुपर्छ ।”

चीनमा बिहीबार दुई हजार ११९ जनालाई कोरोना सङ्क्रमण

काठमाडौं- चिनियाँ मुख्य भूमिमा बिहीबार २ हजार ११९ जनालाई स्थानीय रूपमा कोभिड–१९ सङ्क्रमण फैलिएको पुष्टि भएको छ । जसमध्ये एक हजार ,९३१ जना सांघाईका वासिन्दा रहेका राष्ट्रिय स्वास्थ्य आयोगको शुक्रबार जनाएको छ ।

सांघाई बाहेक, मुख्य भूमिका अन्य ४५ प्रान्तीय–स्तर क्षेत्रहरूले नयाँ कोरोनाका स्थानीय मामिलाहरू देखा परेको समाचारमा जनाइएको छ । जसमध्ये उत्तरपूर्वी प्रान्त जिलिनमा ६८ र बेइजिङमा एक जना भएको बताइएको छ । बिहीबार २ हजार ७३० जना कोरोना सङ्क्रमित निको भएका छन् । यसैबीच देशभरका अस्पतालमा ३० हजार ८१३ जना उपचार गराइरहेका बताइएको छ ।

कोरोना सङ्क्रमणको कारण बिहीबार एघार जनाको मृत्यु भएको थियो । यी सबै सांघाई शहरका पनि समाचारमा जनाइएको छ । चीनमा सन् २१९ को अक्टोबरबाट हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना सङ्क्रमणको को कारण चार हजार ६७४ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

उपकार लघुवित्तको आइपिओ बाँडफाँड

काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता आइपिओ बिक्री खुला गरेको थियो ।

बिक्री प्रबन्धकका अनुसार साधारण शेयरमा कूल २३ लाख ५१ हजार ४२६ जनाले आवेदन दिएकामा दुई हजार ४०६ जनाको आवेदन रद्द भई बाँकी २३ लाख ४९ हजार ५६ योग्य आवेदकमध्ये २२ हजार ११५ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

बाँडफाँडमा बाँकी छ कित्ता शेयर १० कित्ताभन्दा धेरै आवेदन दिनेलाई थप एकएक कित्ताका दरले छ जनालाई बाँडिएकोे छ ।

कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको शुन्ना दशमलव पाँच प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी दुई लाख २१ हजार १५६ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले गत चैत २५ गते देखि ३० सम्म आवेदन दिएका थिए ।

बाँटफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट९मेरो शेयर०मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

करेन्ट लागेर एक जना युवकको मृत्युु

काठमाडौं – सप्तरीकाे छिन्नमस्तामा एक जना युवकको करेन्ट लागेर मृत्युु भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न ६ खुदिबखारिमा करेन्ट लागेर (हिजो) बेलुका १९ बर्षिय युवक शत्रुधन कुमार मण्डलको मृत्युु भएको हो ।

सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न -६ खुदिबखारी निवासि इनरदेव मण्डलका छोरा सत्रुधन मण्डल घर नजिकै छिन्नमस्ता गाउपालिका वडा न-३ स्थित सखडामा सुरेन्द्र मण्डलको छोरीको बिहेमा टेन्ट खोल्ने क्रममा अचानक करेन्ट लागेर सख्त घाइते भएका मण्डललाई तत्काल उपचारको लागि राजविराज स्थित छिन्नमस्ता अस्पताल लगिएको उपचारक्रममा उनको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

मृतक युवकको शव पोष्टमाटमसका लागि राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमा राखिएको र उक्त घटनाकोबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ । –

रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता

काठमाडौं – भारतमा कोभिड सङ्क्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ ।

हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिनुभयो ।

गत चैत महिनामा छ हजार ४०० को एन्टिजेन परीक्षणमा चार पोजेटिभ देखिएका थिए तर अहिलेसम्म पोजेटिभ नदेखिएको उहाँले जानकारीदिनुभयो । सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ ।

दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उहाँले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारीदिनुभयो । सो सीमा क्षेत्रबाट चार हजार ८०० खोप कार्ड भएका नागरिक नेपाल आवतजावत गरेका छन् ।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजङ्ग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन भएको बताउनुभयो ।

सङ्क्रमण बढेको अवस्थामा जिल्लामा कयौँको मृत्यु भएको थियो । भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी डा संकेत कुमार रिसालले अहिलेसम्म कोभिड सङ्क्रमणको विरामी नआएकाले शुन्य अवस्था रहेको उल्लेख गर्दै सर्तकता आवश्यक भएको बताउनुभयो ।

अहिलेसम्म कोभिडको कुनै विरामी आएको छैन ।”उहाँले भन्नुभयो । नेपालमा पनि सङ्क्रमण वढेपछि सरकारले सीमा क्षेत्रमा सर्तकता अपनाउन निर्देशन दिएको थियो ।

अतिसंवेदनशील मतदानस्थल ५० प्रतिशत बढी

काठमाडौँ-मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।

मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा मधेसका अतिसंवेदनशीलको सूचीमा राखिएका मतदान केन्द्रमा त्यहीअनुरुपको सुरक्षा व्यवस्था मिलाइएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले जानकारी दिनुभयो ।

विगतको निर्वाचनमा भएको निर्वाचन बिथोल्ने घटना, झडप र राजनीतिक असमझदारीजस्ता विषयलाई विश्लेषण गरी जिल्लास्थित सुरक्षा समितिले गरेको सिफारिसअनुसार नै निर्वाचन आयोगले मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र समान्य गरी वर्गीकरण गरेको उहाँले बताउनुभयो ।

यस्तै मधेसका ८२८ मतदानस्थलदाई संवेदनशील र २१२ मतदानस्थललाई समान्यको सूचीमा राखिएको छ ।

प्रदेशमा दुई हजार १६३ मतदानस्थलमा चार हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचन हुनु ७२ घण्टाअघिदेखि सीमानाका पूर्णरूपमा बन्द गरिनुका साथै सीमाक्षेत्रमा सुरक्षा निगरानी बढाउने योजना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशमा इजाजतप्राप्त १३६ हातहतियार बुझाइयो

स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी स्थानीय प्रशासनले इजाजतप्राप्त हतियार बुझाउन गरेको सूचनाबमोजिम मधेस प्रदेशमा १३६ हातहतियार बुझाइएको छ ।

प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको थियो ।

सोही सूचनाका आधारमा हातहतियार राख्न पाउने इजाजत लिएका व्यक्तिले नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल जिपमा ठोक्किँदा चालकको मृत्यु

काठमाडौं – मोटरसाइकल जिपमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।
काठमाडौँको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भऐको प्रहरीले जनाएको छ । मृत्यु हुनेको कालिकोट घर भई कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सिकोलास्थित मदर ल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलालीका १८ वर्षीय जगदिश शाहीको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जडीबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल गए राती पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो । जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

नेपालसँगको सम्बन्ध प्रगाढ बनाउने अमेरिकी चाहना

काठमाडौं-नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिका बताएका छन् ।

बाइडेनले अमेरिका र नेपालका साझा मुद्दा अघि बढाउँदै दुई देशबीचको जारी बलियो र चिरस्थायी मित्रता अझ प्रगाढ पार्न चाहेको अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको ओहदाको प्रमाणपत्र स्वीकार गर्दै बताएका हुन् ।

मेरिकी विदेश मन्त्रालयमार्फत राजदूत खत्रीले ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

कोरोना महामारीका कारण भौतिक उपस्थितिमा नभई कागजी प्रक्रियाद्वारा ओहदाको प्रमाणपत्र बुझाइएको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत खत्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नेतृत्वको कार्यकाल सफलता र जनताको खुसीको कामना गर्दै पठाएको शुभकामना सन्देश हस्तान्तरण गरे ।

राजदूत खत्रीले नेपालको समग्र विकासमा अमेरिकाले निरन्तर गरिरहेको सहयोगका लागि धन्यवाद दिएका छन् ।