काठमाडौं- आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमबारे बिवरण सावजनिक गरेको छ । हाल प्रदेश १ र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ भने देशका पहाडी तथा हिमाली भू(भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।साथै प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको अवस्था छ।
आज दिउँसो पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वैशाख पहिलो साताभित्रै भएको वर्षाले अचाक्ली बढेको गर्मीबाट राहत मिलेको छ ।
मङ्गलबार राति मेघगर्जनसहित केही बेर परेको पानीले महोत्तरीमा गर्मीबाट राहत मिलेको हो ।
गए रातिको वर्षाले बाँझो जग्गा खनजोत गर्न सहज भएको किसानले बताएका छन् ।
चैतेबाली थन्क्याएपछि रुखिएको जग्गा खनजोत हुन सकेको थिएन ।
वर्षा भएपछि अब बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने बर्दिबास–७ मनहरिपुरका विन्देश्वर यादवले बताउनुभयो ।
“राम्ररी चिस्यान हुने गरी पानी परेको छ”, उहाँले भन्नुभयो, “यसपालि बर्खेबाली समयमै लगाउन पाइने आश जाग्यो ।”
पछिल्लो वर्षाले तरकारी खेती गर्न सहज भएको किसानको भनाइ छ । वर्षाअघि केहीबेर चलेको हावाहुरीले कलिला बोट र तरकारीका बेला (लहरा) लतारेर केही नोक्सान गरेको किसानले बताएका छन् ।
काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनको समय नजिकिँदै जाँदा मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले तयारी तीव्र पारेको छ ।
निर्वाचन आयोगको क्यालेण्डरअनुसार निर्वाचन तयारीको काम अघि बढाएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । धनुषाको १८ वटै पालिकामा खटिने निर्वाचन अधिकृतको तालिम सकिएको र वैशाख ८ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने तयारी भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिनुभयो । स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएलगत्तै मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइनेछ ।
निर्वाचनमा खटाइने कर्मचारीको विवरण अद्यावद्यिक गर्ने कार्य अन्तिम चरणमा पुगेको र अद्यावधिक सकिएलगत्तैबाट कर्मचारीलाई मतदान केन्द्रमा पठाइने पन्थीले बताउनुभयो ।
मतपेटिकाको जाँच गर्ने, सफा गर्ने काम सकिएको छ भने स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पठाइने निर्वाचन सामग्री प्याकिङको काम भइरहेको कार्यालयले जनाएको छ । समयमा बजेट नपाउँदा निर्वाचन कार्यालयले यस वर्ष मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।
“बजेट नआउँदा मतदाता शिक्षा सञ्चालन गर्न सकिएको छैन”, पन्थीले भन्नुभयो, “अघिल्लो निर्वाचनमा समयमै कार्यक्रम सञ्चालनका लागि बजेट आउँदा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका थियौँ, यसपालि अहिलेसम्म बजेट आएको छैन, त्यही भएर अहिलेसम्म मतदाता शिक्षा कार्यक्रम चलाउन सकेका छैनौँ”, उहाँले भन्नुभयो ।
दुई दिनअघि मात्र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका आएकाले अब बजेट पनि आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । निर्वाचन आयोगले तयार पारेको निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ मा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी निर्वाचत शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
यस्तै स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग, नागरिक समाज तथा गैरसरकारी संस्थामार्फत निर्वाचन कार्यक्रम सञ्चालन गर्ने, सामाजिक अध्ययन शिक्षकका लागि निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने तथा आम पहुँच वा समुदायमा आधारित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्देशिकामा उल्लेख छ ।
अठार स्थानीय तह रहेको धनुषामा कूल चार लाख ६७ हजार ३८८ मतदाता छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ३२३ मतदानस्थलमा ५९६ मतदान केन्द्र तोकिएको छ ।
काठमाडौँ- काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने भाटभटेनी जात्रा मङ्गलबार राति टुँडालदेवीको खट भाटभटेनी मन्दिर ल्याइएको छ ।
खट भाटभटेनी मन्दिरमा ल्याएर जुधाई अहिले त्यहीँको द्यो छेँ अर्थात् देउताको घरमा राखिएको छ । यो खटमा टुँडालदेवीलाई तीन दिनपछि मात्र फर्काइने जनाइएको छ ।
यसअघि मङ्गलबार दिउँसो लावा छरेर जात्रा गरिएको थियो ।
लावासहितको जात्रापछि भाटभटेनी मन्दिरमा यस क्षेत्रका महिलाको समूह निशा पुचः ले दुई घण्टा विशेष पूजा गरेको महानगरपालिका–५ का अध्यक्ष एवं जात्रा सञ्चालन समितिका अध्यक्ष रमेश डङ्गोलले जानकारी दिनुभयो ।
टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि हाँडीगाउँ क्षेत्रमा जात्रा सुरु हुन्छ । जात्राको विभिन्न प्रक्रिया पूरा गरी वैशाख कृष्ण प्रतिपदाका दिन गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिने जात्रा सम्पन्न गरिएको थियो ।
प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी काठमाडौँ महानगरपालिका–५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा भव्यरूपमा गरिन्छ ।
जात्राका क्रममा भातको देउता बनाएर टुँडालदेवीमा लगिने विधि भने पूरा भइसकेको छ ।
भाटभटेनी जात्रा काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि सम्बोधन गरिन्छ ।
यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गरी मन्दिरबाट बाहिर निकाल्ने गरिन्छ ।
यो जात्रा सुरु भएको सम्बन्धमा एउटा कथा प्रचलित छ ।
धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो ताल अर्थात् हाल गहनापोखरी भएको स्थानमा गएछन् ।
स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ ।
त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नुनका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ ।
त्यसै समयदेखि हराएको गहना खोज्न यो जात्रा सुरु भएको विश्वास गरिन्छ ।
काठमार्डौँ-नेकपा एस (एकीकृत समाजवादी)ले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी वैशाख ३० गते हुन गइरहेको स्थानी तहको चुनावलाई लक्षित गर्दै नेकपा एसले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा नेकपा एसले मतदातालाई निशुल्क खानेपानी र दुई सय युनिट विद्युत निुशल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।
हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खाने पानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्क रूपमा उपलब्ध गराइने छ, नेकपा एसको घोषणापत्रमा उल्लेख छ ।
नेकपा एसले ‘खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा अनिवार्य रूपमा पुर्याइने जनाएको छ ।
नेकपा एसले घोपाणापत्रमा हरेक घरपरिवारमा स्वच्छ खानेपानी पुर्याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने जनाइएको छ ।
सोहीअनुसार बजेटको प्राथमिकता निर्धारण गरिने समेत घोषणापत्रमा उल्लेख छ ।
‘एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा’ भन्ने नाराका साथ जनताको आधारभूत आवश्यकता पूरा गर्ने प्रतिवद्धता नेकपा एसले गरेको छ ।
‘स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिइने छ ।
यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने छ,’ नेकपा एसले घोषणापत्रमा भनेको छ ।
काठमाडौं- प्रदेश नं १ मा दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।
छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई आज र भोलि दुई दिन भिटामिन ए औषधि खुवाउने कार्य सुरु गरिएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार प्रदेशका १४ जिल्लामा छ महिनादेखि पाँच वर्षमुनिका चार लाख पाँच हजार ७५५ बालवालिकाकालाई भिटाभिन ‘ए’ औषधि र एक वर्षदेखि पाँच वर्ष मुनिका तीन लाख ६१ हजार ९४७ बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।
त्यस्तै छ महिनादेखि २३ महिनासम्मका एक लाख ३१ हजार ६०५ बालबालिकालाई पोषक तत्व वितरण र छ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई पोषण लेखाजोखा मापन गरिने उहाँले जानकारी दिनुभयो ।
यसैगरी मोरङ जिल्लामा छ महिनादेखि पाँच वर्षमुनिका ८४ हजार २५ बालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने जनस्वास्थ्य कार्यालय मोरङका निरीक्षक अपोलो भगतले जानकारी दिनुभयो । जिल्लाका १७ पालिकामा यसलाई अभियानकै रुपमा सञ्चालन गरिने बताइएको छ ।
जिल्लामा ७५० महिला स्वयसेविकाले पालिकाका वडावडामा रहेका केन्द्रमा बालवालिकालाई औषधि खुवाउने उहाँले जानकारी दिनुभयो । भिटामिन ‘ए’ खुवाउने कार्य नियमित राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रत्येक छ-छ महिना गरिन्छ भने यस अघि गत कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको थियो ।
काठमाडौं -भारतबाट ल्याएका खसीबोका बोकेको गाडीसहित बर्दिया प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका वडा नं- ६ मा प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा ३७ वटा खसीबोका बोकेको गाडीसहित एक जनालाई पक्रेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका वडा नं-३ का २६ वर्षीय राजकुमार बानिया रहेको प्रहरीले जनाए छ ।
भारतबाट ल्याएका खसीबोका उनले भन्सार तथा पशु क्वारेन्टाइन छलेर ती खसी बोका नेपाल भित्र्याएका कारण पक्रनु परेको प्रहरीले स्पष्ट पारेको छ ।
बानियालाई आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाइएको छ ।
काठमाडौं – पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थय तथा जनसख्या मन्त्रालायका अनुसार आज देशभरमा ३ हजार ५८ जनाको पीसीआर परीक्षणमा १० जना र १ हजार ३४५ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २६ जना निको भएका छन् भने हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८४७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् ।
काठमाडौं-बागमती प्रदेश भित्र रहेका यातायात व्यवस्था कार्यालयले सवारीचालक अनुमति पत्रका लागि लिइने प्रयोगात्मक परिक्षामा अंक प्रणाली लागु गर्न अटेर गरेका छन् ।
यातायात कार्यालयहरुका कर्मचारी तथा यातायात विचौलियाको कमिसन खाने बाटो बन्द हुने भएसँगै परिक्षामा अंक प्रणाली लागु गर्न अटेर गरेको बुझिएको छ ।
अघिल्लो बर्ष यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र निर्देशिका २०७७ को ड्राफ्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भएर काठमाडौं उपत्यकाका यातायात कार्यालयहरुमा पठाइएको थियो ।
कर्मचारी तथा विचौलियाको कमाई बन्द हुने भएसँगै सवारीचालक अनुमति पत्र निर्देशिका २०७७ बमोजिमको अंक प्रणाली एक बर्षसम्म पनि लागु हुन नसकेको हो ।
हाल देशैभरको सवारी अनुमति पत्र (लाइसेन्स) प्रयोगात्मक परिक्षालाई सरलिकरण गर्नेगरी विभागले ल्याएको उक्त निर्देशिका कार्यान्वयन गराउन काठमाडौं भित्रका यातायात कार्यालयहरुले नै असहयोग गरिरहेको समाचार स्रोतले बताएको छ ।
ग्राहकबाट मोटो रकम असुली गरी यातायात कर्मचारी र यातायात कर्मचारीको मिलेमतोमा ट्रायल पास गराउने तथा लाइसेन्स उपलब्ध गराउने धन्दा अंक प्रणालीले बन्द गराउने भएपछि यातायात कार्यालय प्रमुख नै उक्त निर्देशिका लागु नगराउन सक्रिय भएर लागेका छन् ।
निर्देशिका बमोजिम ७० अंक ल्याएर ट्रायल पास हुने ब्यबस्था
सवारीचालक अनुमति पत्र निर्देशिका २०७७ बमोजिम ७० अंक ल्याएर ट्रायल पास हुने ब्यबस्था रहेको छ ।
यातायात विभागका अनुसार गत बर्ष नै अंक प्रणाली लागु गर्न परिपत्र जारी भएको भएता पनि अहिलेसम्म लागु हुन सकेको छैन् ।
तत्कालिन यातायात महानिर्देशक ई गोगन बहादुर हमालले अहिलेको कठिन प्रयोगात्मक परिक्षालाई सरल बनाएर बढी भन्दा बढी सेवाग्राहीलाई ट्रायल पास गराउने गरी अंक प्रणालीको कन्सेप्ट ल्याएका थिए ।
मन्त्रालयले सवारी चालक अनुमति पत्र परिक्षा निर्देशिकालाई अन्तिम रुप दिएर यातायात विभागले सबै यातायात कार्यालयहरुलाई परिपत्र गरेपनि घुसखाने बाटो बन्द हुने देखेपछि सो निर्देशिका यातायात कार्यालयहरुको दराजमै थन्काएर पुरानै प्रणालीमा ट्रायल परिक्षा लिइरहेका छन् ।
यातायात विभागको अध्ययन अनुसार उक्त निर्देशिका लागु भएपछि प्रयोगात्मक परिक्षा दिन आएका ७० प्रतिशत भन्दा बढी सेवाग्राही पास हुने र यातायात कार्यालयमा हुने भिडभाड ५० प्रतिशत कम हुने आंकलन गरिएको थियो ।
अहिले बागमती प्रदेश बाहेकका ६ ओटै प्रदेशमा सवारीचालक अनुमाति पत्र परिक्षा निर्देशिका २०७७ लागु भइसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात शाखाका एक अधिकारीले कमिसनको चक्करमा यातायात कार्यालयहरुले ७० अंक ल्याएर ट्रायल पास गर्ने प्रणाली लागु गर्न नमानेको बताए ।‘
निर्देशिकाले नै मापदण्ड सहित अंक तोकि दिएको छ, भएकै पूर्वाधार प्रयोग गरेर अंक प्रणाली लागु गर्न सकिन्छ’ ती अधिकारीले भने ‘तर, यहाँ नीति निर्माता भन्दा विचौलियाको रजगज धेरै छ।’
यातायात विभागले आफ्नै सवारीसाधन लगेर ट्रायल दिन पाउने व्यवस्था पनि यातायात विचौलियाको प्रभावमा परेर निर्देशिका सुटुक्क संसोधन गरेको उनको भनाई छ ।
उनका अनुसार यातायात कार्यालय तथा ट्रायल सेन्टरमा फेल भएर रिट्रायल दिन आउने सेवाग्राही नै सबैभन्दा बढी छन् ।
यदि १०० अंकमा ७० ल्याएर ट्रायल पास हुने सिस्टम कार्यान्वयनमा आए एक पटकमै प्रयोगात्मक परिक्षा पास हुने र भिडभाड घट्ने आंकलन छ ।
काठमाडौं उपत्यकाका यातायात कार्यालयहरु भने पूर्वाधार तयार नभएको बाहानै बनाउँदै निर्देशिका नै फेल गराउन लागिपरेका छन् ।
यस्तो छ सवारीचालक अनुमति पत्र निर्देशिका २०७७ले ब्यबस्था गरेको नयाँ अंक प्रणाली
काठमाडौं- राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा चालु आवमा १५० मानवीय डिएनए र झण्डै १०० जनावरको डिएनए परीक्षण भएको छ ।
साउनदेखि यता ४५ मुद्दाका १५० नमूना परीक्षण गरिएको र जनावरको ८५ मुद्दाका एक सय नमूना परीक्षण भएको हो । खासगरी अदालतबाट आएका मुद्दामा मानिसको डिएनए परीक्षण हुने गरेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिका डिएनए युनिटका प्रमुख निराजन थापा क्षेत्रीले बताउनुभयो ।
उहाँका अनुसार कतिपय व्यक्तिगतरुपमा पनि डिएनए परीक्षण गर्न आएपनि नगरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यक्तिगतरुपमा गर्दा सामाजिकरुपमा समस्या आउनसक्ने देखिएकाले समितिले केही वर्ष पहिले निर्णय गरेर अहिले स्थगित गरिएको हो ।”
नेपाल प्रहरीले केही वर्ष पहिलेबाट आफ्नै प्रयोगशालामा डिएनए परीक्षण गर्दै आएको छ । प्रहरीले अनुसन्धानको क्रममा परीक्षण गर्छ भने अदालतमा पुगिसकेको मुद्दामा आवश्यक हुँदा समितिले परीक्षण गर्ने डिएनए युनिटका प्रमुख क्षेत्रीले बताउनुभयो । अदालत, नेपाल प्रहरी, ब्रिटिस गोर्खासम्बन्धी तथ्याङ्क राख्ने कार्यालय, अध्यागमन कार्यालयबाट नमूना आउने गरेको छ ।
खासगरी अंश मुद्दामा वा नाता कायम गर्ने नातामा डिएनए परीक्षण हुँदै आएको छ । मुद्दा जिल्ला, पुनरावेदन वा सर्वोच्च अदालतमा पुग्दा पनि परीक्षणका लागि आउने गरेको डिएनए युनिटका प्रमुख क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ जिल्लामा नै मुद्दा हुँदा परीक्षण हुन्छ भने कहिले पुनरावेदनका लागि माथिल्लो अदालतमा पुग्दा पनि आउने गरेको छ ।”
डिएनए परीक्षणका लागि गत आवमा १२८ मुद्दाका २४० नमूना प्राप्त भएकामा समितिले राय दिइसकेको छ । जैविक नाता कायमसम्वनधी २३ मुद्दाका ६५ नमूना थियो । जनावरको प्रजाति पहिचानसम्वनधी ९६ मुद्दामा १५३ नमूना परीक्षण गरिएको थियो । ६२ मुद्दाका १०२ नमूना वन्यजन्तुको मासु, हाड, दाँत, छाला, रौँ, पित्त, सिङ, खाग, कस्तुरी, बीना, रगत शङ्का गरेर परीक्षणका लागि ल्याइएको थियो ।
यी नमूना डिभिजन वन कार्यालय, प्रहरी कार्यालय, राजश्व अनुसन्धान विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विभिन्न संरक्षण क्षेत्र, वन्यजन्तु आरक्ष, नगरपालिकाको कार्यालय, भेटेरिनरी अस्पताल र पशु सेवा कार्यालयबाट प्राप्त भएको थियो ।
प्रयोगशालाले जैविक नाता कायमसम्वन्धी एसटिआर एनालाइसिस र प्रजाति पहिचान डिएनए सिक्विन्सिङ प्रविधिमार्फत गरिँदै आएको छ । जनावर र मानिसको आठ वटासम्म नमूना एउटै प्रविधिबाट एउटै समयमा हुँदै आएको छ । सातामा दुई पटक परीक्षण गरिँदै आएको छ ।
काठमाडौं – नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गठवन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले दलबीचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताउनुभयो । अहिले संवाद चलिरहेको उहाँको भनाइ थियो ।
आज साँझसम्म गठवन्धनभित्र टुङ्गो लाग्ने भन्दै उहाँले निर्णय नआएसम्म केही भन्न नसकिने बताउनुभयो । पार्टीका पूर्वमहामन्त्रीसमेत रहनु भएका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि वढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ ।” कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उहाँले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताउनुभयो ।
काठमाडौं- नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो ।
“गठबन्धनले कांग्रेसलाई फाइदा पुगेको छ, धेरै प्रदेशमा मुख्यमन्त्री र मन्त्री पाएका छौँ, कांग्रेसमा मैले राम्रो काम गरेजस्तो लाग्छ, गठबन्धन अहिले तोड्नु हुँदैन, निर्वाचनमा एक्लै कुनै पार्टीको बहुमत ल्याउने अवस्था छैन, त्यसैले गठबन्धनलाई अगाडि लिएर जानुपर्छ,” प्रधानमन्त्री देउवाले भन्नुभयो ।
सभापति देउवाले जबसम्म गाउँ र स्कूल तहमा नेविसङ्घ गठन हुन सक्दैन तबसम्म नेविसङ्घ बलियो हुन नसक्ने बताउनुभयो । “नेविसङ्घको सङ्गठन देशभरका कलेज र क्याम्पससम्म फैलिएको छ, तरपनि हामी किन स्ववियु निर्वाचनमा हारिरहेका छौँ, यसबारे नेविसङ्घ गम्भीर हुनुपर्छ, स्कूल जित्न सकेमात्र कलेज र क्याम्पसमा जित्न सक्छौँ ,” उहाँले भन्नुभयो । गाउँगाउँ र स्कूल स्कूलसम्म नेविसंघ बनाउन लाग्नुपर्ने उहाँको भनाइ थियो ।
सभापति देउवाले पार्टीभित्र भागवण्डामा झगडा हुने भएकाले नेविसङ्घको कार्यसमिति विस्तारमा समस्या हुने गरेको बताउनुभयो । उहाँले आफू नेविसङ्घको अध्यक्ष भएर प्रधानमन्त्री भएको बताउँदै अब मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति बन्ने पालो युवा विद्यार्थीको भएको बताउनुभयो ।
“राजनीति गरेर मात्र अब चल्दैन पढाइसमेतमा योग्य हुनुपर्छ”, सभापति देउवाले भन्नुभयो । कांग्रेस एक भएर अगाडि बढे आगामी निर्वाचनमा कुनै शक्तिले हराउन नसक्ने दावी समेत उहाँले गर्नुभयो ।
स्थापना दिवसको उक्त कार्यक्रममा सभापति देउवाले नेविसङ्घका संस्थापक सभापति विपिन कोइराला, उपसभापति सनद रेग्मी, महामन्त्री टिका पोखरेल, सदस्य रामचन्द्र पौडेल, सुरेन्द्रबहादुर विष्ट, केदार न्यौपाने, भरत पाण्डे, दामोदर गौतम, चक्रराज पन्त, बसन्त गुरुङ, राजन्द्रबहादुर शाहलगायतलाई सम्मान गर्नुभएको थियो ।
काठमाडौं- जिल्लाको मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एन्ड इन्स्टलेशन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली उत्पादन परीक्षण सुरु भएको छ ।
नेपाल विद्युत् प्राविधिकरणद्वारा आजदेखि यहाँ उत्पादन परीक्षण सुरु गरेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनुभयो । आजदेखि तीन दिनसम्म सुक्खा परीक्षण र दुई दिन चलाएर नै परीक्षण गर्ने भएको छ ।
सो परीक्षणपश्चा्त १२ देखि १८ घण्टा प्लान्ट बन्द हुनेछ । सो पश्चा्त विविध पुनः जाँच प्राविधिकरण गर्ने र सबै ठीक भई बिजुली उत्पादन थालेको १५ दिनपछि मात्र व्यावसायिक रुपमा प्राधिकरणको अनुमतिपश्चा्त बिजुली उत्पादन अघि बढ्ने आयोजनाले जनाएको छ ।
आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेशनमा जोड्ने गरी नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भएको छ ।
प्राधिकरणसँग सम्झौता गरिएअनुसार प्रसारण लाइन बनाउन नसक्दा वैकल्पिक रुपमा ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ को भुलभुले–मस्र्याङ्दी प्रसारण लाइनमा जडान गर्न आयोजना अघि बढे पनि सहमति जुट्न नसक्दा दुई महिनादेखि दैनिक ३० मेगावाट बिजुली खेर गइरहेको थियो ।
केही समयअघि मात्र सम्बन्धित मन्त्रालय र प्राधिकरणबाटै सोही लाइनअन्तर्गत सोही पालिका–८ लाम्पाटामा रहेको उक्त वैकल्पिक रुपमा आयोजनाले १३२ केभीको चौथो टावरमा जोड्न निर्देशन दिएको थियो ।
विसं २०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार निर्र्माण सम्पन्न हुन नसकेपछि पटकपटक म्याद थप गर्दै निर्माण कार्य सम्पन्न गरेको यस आयोजनाले ६ अर्बको भन्दा बढी लागतमा आयोजना निर्माण गरेको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् रु साढे चार अर्ब ऋण लगानी गरेका छन् ।
बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ दशमलव ८० र सुक्खायामका लागि आठ रुपैयाँ ४० मा विद्युत् खरिद सम्झौता ९पिपिए० गरेको छ ।
काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ ।
आफ्नो फेसबुक ह्याक गरेर कसैले अनावश्यक कुरा लेखिदिए र प्रचार गरिएको महतोले बताए ।
गुनासो आएपछि नेता महतोले फेसबुक चेक गरेर स्टाटस हेरेपछि उनी आश्चर्यमा परेका छन् । नेता महतोले लगत्तै आफ्नो फेसबुक ह्याक गरी सुनियोजित रूपमा कसैले भ्रम फैलाएको र त्यसमा कुनै सत्यता नरहेको स्टाटस लेखेका छन् ।