जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

काठमाडौं- स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो ।

अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका हुन् । मृत्यु हुने र घाइते हुने सबै एउटै गाउँका भएका कारण अहिले गाउँ शोकमा डुबेको छ ।

वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग१ज ७३९९ नंको जीप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो । जीप ग्रामीण कच्ची सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो ।

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ ।

एमालेले यही वैशाख ९ गते एकै दिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । परिषद्ले राष्ट्रिय कार्यशाखा आयोजना गरी प्रतिबद्धतापत्र तयारीका संयोजनका लागि हरेक पालिकाका लागि दुई दुई जनालाई प्रशिक्षण दिएको थियो । प्रशिक्षण प्राप्त परिषद्का सदस्यले पालिकास्तरमा सम्बन्धित कमिटीसँगको समन्वयमा काम गरिरहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिनुभयो ।

गत चैत १३ गते सम्पन्न एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रमा सुझाव दिन सुझाव माग्ने निर्णय गरेको थियो भने चैत १६ गते अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकाका नेता कार्यकर्तालाई भर्चुअलरुपमा सम्बोधन गर्नुभएको थियो । घोषणापत्र मस्यौदाका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरिएकोे छ ।

यसैबीच निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रिया र घोषणात्रबारे छलफल गर्न एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

वीणा उल्का वर्षा आजदेखि

सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न/देख्न सकिने उहाँले बताउनुभयो ।

अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ ।

‘थ्याचर’ नामक पुच्छे«ताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हँदा यो उल्का वर्षा देखिने गर्दछ ।

‘थ्याचर’ पुच्छे«ताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ ।

पुच्छे«ताराल वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्ने गर्छन् ।

जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन् । यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ ।

परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ ।

यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ ।

कांग्रेस र जसपाबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति

काठमाडौं- सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा यी दुई दलबीच जिल्लामा चुनावी तालमेल नगरी मित्रवत् प्रतिस्पर्धामा जाने सहमति भएको उल्लेख छ । आसन्न निर्वाचनमा जिल्लामा यी दुई दलबीच तालमेल नहुने भएपछि जिल्लाका वीरगञ्ज महानगरसहित जिल्लाका १४ वटै स्थानीय तहमा आ–आफ्नो उम्मेदवार उतार्ने छन् ।

निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले मिलेर चुनाव लड्ने केन्द्रीय नेताहरुले कसरत गरिरहेको बेला जिल्लामा भने ती दुई दलबीच तालमेल नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् । जिल्लाभरि मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिका, अन्य तीनवटा नगरपालिका र १० वटा गाउँपालिका छन् ।

वीरगञ्जमा यसअघि तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर विजयकुमार सरावगी नेकपा ९एमाले०मा प्रवेश गरिसकेका सक्नुभएको छ । उहाँलाई एमालेले मेयरको उम्मेदवारका रुपमा अगाडि पनि सारिसकेको जनाइएको छ ।

आज देशका कुन कुन स्थानमा वर्षाको सम्भावना ?

काठमाडौं – आज (सोमबार) पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरमा मौसम बारे विवरण सार्वजनिक गरेको छ ।
मोसम पूवानुमान अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

सिरहामा ब्राउन सुगरसहित एक जना युवक पक्राउ

काठमाडौं- सिरहामा लागूपदार्थ ब्राउन सुगरसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नगरपालिका–६ डोहटियाका २५ वर्षीय दिपेश रामलाई २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । प्रहरीले उनलाई लागूपदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।

बिबिसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

बिबिसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

नेपाल पर्यटन बोर्डले ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रमकाबीच ‘मास्टर सेफ सन्तोष साह’को साथमा सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरिएको हो ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछानेलगायतले सेफ टोलीलाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताउनुभयो । “नेपाललाई पर्यटन गन्तव्यका हिसाबले पर्यटकले सुन्दर गन्तव्यकारुपमा नै हेर्ने गरेका छन् ।

तर मास्टर सेफ सन्तोष शाहले नेपाली खाना÷परिकारलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसाबले पनि महत्वपूर्ण गन्तव्य हो भन्ने सन्देश गएको छ”, उहाँले भन्नुभयो ।

सन्तोषसहित टिमका सहभागी अन्य सेफको आगमन र नेपाल भ्रमणलेसमेत नेपाली पकवान पर्यटनलाई थप टेवा पु¥याएको भन्दै उहाँहरुलाई पनि बोर्डले सम्मान गरेको बताउनुभयो ।

सम्मानित व्यक्तित्व सेफ सन्तोष शाहले नेपाली खानालाई विश्वमञ्चमा पु¥याउन पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो ।

उहाँले नेपालको पर्यटन विकासका लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति, पकवान सबैको उत्तिकै महत्व रहेको धारणा राख्नुभयो ।

सेफ साहले आफ्नो साथमा आएको टिमलाई पुनःनेपाल आउन र आफैँ फेरि नेपाललाई नजिकबाट अनुभव गर्न पनि आग्रह गर्नुभयो ।

यस्तै सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिली आर्मिटेजले आफूहरु नेपाल घुम्न, यहाँको कलासंस्कृतिका बारेमा जान्न पाउँदा खुसी लागेको बताउनुभयो ।

नेपाल साँच्चिकै मौलिक संस्कृति तथा विधितामा एकता भएको सुन्दर मुलुक रहको प्रतिक्रिया दिँदै उहाँहरुले नेपाल सबैका लागि प्रिय देश रहेको बताउनुभयो ।

वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बिबिसी मास्टर सेफका चर्चित सेलिब्रेटी सेफको नेपाल भ्रमणले गन्तव्यको प्रचारप्रसार तथा मौलिक खाना र संस्कृतिको प्रवद्र्धन गर्न पाटाद्वारा गरिएको यस पहलले महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा विशेष सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा प्यासिफिक एशिया ट्राभल एशोसिएसन ९पाटा० नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत आयोजना गरेको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’नामक टुर कार्यक्रमका क्रममा सेफ सन्तोष शाहसहितको टोली अप्रिल ७ तारिखदेखि नेपाल भ्रमणमा रहेको छ ।

उक्त टोली नेपालका विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमा संलग्न भएर काठमाडौँ फर्किएको छ ।

बिबिसी मास्टर सेफको टोलीलाई पर्यटन बोर्डको सम्मान

मेयरको लागि एकीकृत समाजवादीबाट १३ जनाको नाम सिफारिस

काठमाडौं – पोखरा महानगरपालिका प्रमुखको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीले १३ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि १३ र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको सचिव होम नेपालीले जानकारी दिए ।

एकीकृत समाजवादीबाट जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेलगायतले नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएको नेकपा एकीकृत समाजवादी स्रोतले जानकारी दिएको छ

भ्रष्टाचार नियन्त्रण नभए मुलुक भित्रभित्रै सिद्धिन्छ : सभामुख

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बढ्दो भ्रष्टाचारलाई नियन्त्रणका गर्न नसके मुलुक भित्रभित्रै सिद्धिने बताउनुभएको छ ।

विश्वमा झैँ नेपालमा पनि भ्रष्टाचार गम्भीर समस्याका रुपमा रहेको उल्लेख गर्दै उहाँले यसको नियन्त्रणका लागि सामूहिक सङ्कल्पको खाँचो औँल्याउनुभयो ।

आजदेखि काठमाडौँमा सुरु भएको ‘निसाना’ शीर्षकमा भ्रष्टाचारविरुद्धको कार्टुन प्रदर्शनीको उद्घाटन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणको कुरा मात्रै हुने तर वास्तवमा नियन्त्रण गर्न भने गाह्रो देखिएको बताउनुभयो । उहाँले कार्टुन प्रदर्शनीले आफूलाई पनि भित्रभित्रै भ्रष्टाचारविरुद्ध लाग्न प्रेरणा मिलेको पनि बताउनुभयो । सभामुख सापकोटाले आफ्नो विवेकले भ्याएसम्म भ्रष्टाचारविरुद्ध लागिरहने प्रण पनि गर्नुभएको छ ।

कार्टुन भनेको कलम होइन, मुटुले बनाउने कुरा हो, जसमा समाजको चित्रण साँच्चैको सिर्जनामा हुन्छ”, उहाँले भन्नुभयो, “अभियानमा समर्थन जनाउँदै ऐक्यबद्धता प्रकट गर्दछु ।” सत्यकुरा गर्न सजिलो भए पनि त्यसलाई अङ्गाल्न गाह्रो हुने बताउँदै सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको अभियानमा हुने सङ्कल्पप्रति आफ्नो पूर्ण समर्थन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले काम गुणस्तरयुक्त, कानुन निर्माण गर्नु र ठीक ढङ्गले लागू भएको छ कि छैन भनेर निगरानीको नेतृत्व गर्ने हो भन्दै उहाँले त्यसमा आफू प्रतिबद्धताका लागि लागिरहेको र अब पनि लागिरहने बताउनुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, “भ्रष्टाचार भनेको सामान्य एउटा बजेट हिनामिनको कुरा मात्रै होइन । यो राष्ट्रियतासँग जोडिएको विषय पनि हो । यो बढ्दै गयो र यस्तै गरी हामीले यसविरुद्ध खबरदारी गरेनौं भने यसले हाम्रो प्यारो मातृभूमिलाई भित्रभित्रै खाइदिन सक्छ ।”

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सुरु भएको चित्रकारको कार्टुन प्रदर्शनी अर्थपूर्ण रहेको र अबको २५ दिन धेरै गुणात्मक हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा आजदेखि नेपाल कला परिषद्मा तीनदिने उक्त कार्टुन प्रदर्शनी सुरु भएको हो । भ्रष्टाचारविरुद्ध सचेतना जगाउन दुई महिना भित्रमा सातै प्रदेशमा प्रदर्शनी गर्ने क्लबका अध्यक्ष वासु क्षितिजले जानकारी दिनुभयो । प्रदर्शनीमा ३६ जनाका ५० वटा कार्टुन समावेश छ ।

आईतबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर कसैको मूत्य भएको छैन् ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५० जनाको पीसीआर परीक्षणमा ११ जना र ७३९ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै पछिल्लो २४ घण्टामा कोरोनाबाट ३६ जना निको भएका छन् भने हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन् ।

आईतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८२७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् ।

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २५ वर्षीय पुरुष पक्राउ

काठमाडौं – बर्दियामा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ।
बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको हो

सुर्खेत ब्राह्राताल गाउँपालिका–४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कामीले सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेका थिए ।

चितुवाको छालासहित बूढानीलकण्ठबाट चार जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित गुल्मीको चन्द्रकोट गाउँपालिका–७ का ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाको खिजिघोम्बा गाउँपालिका–९ का २९ वर्षीय फुरी शेर्पा, धादिङको गजुरी गाउँपालिका–५ का २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ३० वर्षीय विकास पुर्कुटीलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बूढानीलकण्ठ नगरपालिका–८ गल्फुटारस्थित लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्वपश्चिम गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुले ‘द नर्थ फेस’ लेखेको नीलोकालो झोलाभित्र सेतो बोराले बेरेर चितुवाको छाला बिक्रीवितरण गर्न हिँडेका अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकासँग लम्बाइ पुच्छरसहित ४।३ फिट र चौडाइ दुई फिट भएको चितुवाको छाला एक थान, लम्बाइ पुच्छरसहित ६।९ फिट र चौडाइ तीन फिट भएको चितुवाको छाला एक थान, छालाविनाको चितुवाको टाउको एक थान, ओपो मोबाइल तीन थान र सामसुङ कम्पनीको मोबाइल एकथान बरामद गरेको छ ।

पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको प्रवक्ता मैनालीले बताउनुभयो ।

स्याङ्जामा एकै गाउँका पाँचजनाको मृत्यु

काठमाडौं- स्याङ्जाको वालिङ–१२ डाँडाँखर्क फिरफिरेमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१२ डाँडाँखर्कबाट बायटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जीप आज फिरफिरेमा दुर्घटना भएको हो ।

जीप दुर्घटनामा परी वालिङ–१२ डाँडाँखर्क बस्ने ६५ वर्षीय वीरबहादुर डाला, सोही ठाउँकी ४५ वर्षीया हीरा डाला, २५ वर्षीया शर्मिला सारु, शर्मिला सारुका छ महिनाका छोरा र वालिङ–१४ बस्ने ६१ वर्षीय कूलकुमारी कनौजेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पदमराज थापाले जानकारी दिनुभयो ।

जीपमा सवार रहेका ११ जनामध्ये अन्य छ जना घाइते भएका छन् । घाइते हुनेमा वालिङ–१२ डाँडाँखर्कका ५० वर्षीय अङ्गबहादुर डाला, सोही ठाउँकी ५५ वर्षीया मायाकुमारी सारु, ३५ वर्षीया योगेन्द्र थापा, १८ वर्षीया नवीना सारु, १९ वर्षीया लक्ष्मी डाला र जीप चालक ६० वर्षीय दलबहादुर थापा रहेका छन् ।

घाइतेको वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको हो । मृत्यु भएका र घाइते भएका सबै एउटै गाउँका भएकाले अहिले गाउँ शोकमा डुबेको छ ।

घरजग्गा कारोबारलाई छोएन तरलताको अभावलेः ७१ अर्ब राजस्व सङ्कलन

काठमाडौँ- बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । कोरोना कहरका कारण सङ्कटमा परेको आर्थिक गतिविधि क्रमशः सुधारको दिशामा गइरहेको छ ।

आम मानिसले सामान्य छलफलमा भन्ने गरेका छन्– पैसाको अभाव हुन थाल्यो । सरकारको विकास खर्च पनि उल्लेख्यरुपमा बढ्न सकेको छैन । बरु आयातको मात्रा भने उल्लेख्य वृद्धि भयो । त्यसले वैदेशिक मुद्रामा चाप परेको छ ।

सरकारले एकमुष्टरुपमा समस्याको समाधान गर्न लागिपरेको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले देशभित्र देखिएको आर्थिक सङ्कटको निरुपणका लागि अर्थ मन्त्रालयले सरोकार भएका निकायसँग निरन्तर संवादमा रहेको बताउनुभएको छ ।

यी र यस्ता अवस्था मुलुकभित्र देखिएको भए पनि घरजग्गाको कारोबारमा तरलता अभावले कुनै पनि समस्या नपारेको जस्तो देखिन्छ । विसं २०७८ मा मात्रै देशभर रु ७१ अर्ब ५७ करोड ३१ लाख चार हजार ३१५ बराबरको राजस्व सङ्कलन भएको देखिन्छ ।

सरकारी विवरणमा प्राप्त भएको यो तथ्याङ्कभन्दा वास्तविकरुपमा घरजग्गाको कारोबार असाध्यै धेरै बढिरहने गरेको यससँग सम्बन्धित सरोकारवालाको भनाइ छ । घर जग्गाको कारोबार सरकारी मूल्याङ्कनका आधारमा मात्रै गर्ने गरेका छन् ।

तर व्यावसायिक कारोबार भने सरकारी मूल्याङ्कनभन्दा धेरै बढी हुने गरेको नेपाल राष्ट्र बैंकले केही समय पहिले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमासमेत उल्लेख थियो ।

विशेषगरी, शहरी तथा शहरोन्मुख क्षेत्रमा घरायसी प्रयोजनका लागि बढी मात्रामा घर जग्गाको कारोबार हुने गरेको छ । काठमाडौँ उपत्यकामा सहजरुपमा राम्रा जग्गा पाउनै मुस्किल हुन थालेको छ । पछिल्ला दिनमा विशेषगरी इटहरी, मकवानपुरको हेटौँडा, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, कैलालीलगायत जिल्लामा बस्ती व्यापकरुपमा विस्तार भएको छ ।

शहरोन्मुख क्षेत्रमासमेत शहरीकरण तीव्ररुपमा विस्तार भएको छ । खेतीयोग्य जमिन क्रमशः खण्डीकरण हुँदै गएको छ । विप्रेषणबाट प्राप्त भएको रकम अनुत्पादक क्षेत्रका रुपमा मानिने घर जग्गामा खर्च भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार २०७८ भर कूल १६ लाख २५ हजार ८५८ पटक घरजग्गाको कारोबार भएको छ । कारोबारबाट कूल रु १७ अर्ब १८ करोड चार लाख ६८ हजार ८५२ बराबरको पूँजीगत लाभकर सङ्कलन भएको देखिन्छ ।

विसं २०७७ मा मासिक औसतमा रु १० अर्ब बराबर राजस्व सङ्कलन हुने गरेको विवरण रहेकोे भए पनि २०७८ सालमा मा केही घटेको देखिन्छ । तर बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव रहेको भनिएका बेला झण्डै रु ७२ अर्ब अर्ब बराबरको राजस्व सङ्कलन हुनु आफैँमा विचारणीय प्रश्न बन्न पुगेको छ ।

विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीले यो विवरण अघिल्लो वर्षको तुलनामा कम देखिए पनि थप विवरण अर्का सहसचिव रामकुमार श्रेष्ठसँग बुझ्न आग्रह गर्नुभयो । विभागका अनुसार गत भदौमा सबैभन्दा बढी कारोबार भएको वार्षिक विवरणमा देखिन्छ ।

सो महिना रु आठ अर्ब २६ करोड ८५ लाख ३२ हजार २१८ बराबरको राजस्व सङ्कलन भएको देखिन्छ । गत साउनमा आर्थिक वर्ष सुरु हुँदा रु आठ अर्ब १३ करोड ४१ लाख ६१ हजार ६९० बराबरको राजस्व सङ्कलन भएको थियो ।

वार्षिकरुपमा हेर्दा, २०७८ वैशाखदेखि गत चैतसम्म आइपुग्दा एकाध महिना मात्रै कोरोनाका कारण राजस्व सङ्कलन प्रभावित भएको भए पनि अन्य महिना औसतमा रु छ अर्ब बराबरको राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।

विभागका अनुसार गत चैतमा रु पाँच अर्ब ७५ करोड ७४ लाख ८८ हजार बराबरको राजस्व सङ्कलन भएको थियो । सो महिनामात्रै रु एक अर्ब ३० करोड बराबरको पूँजीगत लाभकर सङ्कलन भएको देखिन्छ । त्यस महिना ७० हजार ८३० पटक घर जग्गाको कारोबार भएको छ ।

गत फागुनमा रु छ अर्ब २६ करोड १६ लाख १० हजार १०५ बराबर राजस्व सङ्कलन भएको थियो । तीमध्ये रु एक अर्ब ४४ करोड ४६ लाख तीन हजार बराबरको पूँजीगत लाभकर प्राप्त भएको थियो । उक्त महिना कूल एक लाख ६२ हजार ६७८ पटक घर जग्गाको कारोबार भएको देखिन्छ ।

त्यस्तै गत माघमा रु पाँच अर्ब ५० करोड १८ लाख ५० हजार ४३४ बराबरको राजस्व सङ्कलन भएको थियो । त्यसमा रु एक अर्ब २६ करोड ५८ लाख ४४ हजार १३४ बराबरको पूँजीगत लाभकर प्राप्त भएको थियो । उक्त महिना एक हजार ३२ हजार ५३ पटक घर जग्गाको कारोबार भएको देखिन्छ ।

विभागका अनुसार गत पुसमा रु छ अर्ब ७० करोड ४२ लाख ५० हजार ६८९, मङसिरमा रु सात अर्ब छ करोड ६५ लाख ६० हजार ७५२, कात्तिकमा रु पाँच अर्ब ४९ करोड ५१ लाख ८३ हजार १८, असोजमा रु सात अर्ब ३३ करोड २१ लाख १५ हजार ४९६ बराबरको राजस्व सङ्कलन भएको देखिन्छ ।

यस्तै गत असारमा रु छ अर्ब ७२ करोड ७४ लाख ४८ हजार ९६० राजस्व सङ्कलन भएको थियो । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण जेठमा भने कम मात्रै राजस्व सङ्कलन भएको देखिन्छ । सो महिनामा रु दुई करोड ७३ लाख ४३ हजार ६५८ र वैशाखामा रु चार अर्ब २९ करोड ६५ लाख २३ हजार २८५ बराबर राजस्व सङ्कलन भएको विभागको तथ्याङ्कमा देखिन्छ ।

६८ अर्ब घर कर्जा प्रवाह

बैंक वित्तीय संस्थामा तरलताको अभाव रहेको भन्दै कर्जा प्रवाह नै बन्द गरेको भए पनि चालू आवको पहिलो आठ महिनामा मात्रै रु ६८ अर्ब १० करोड ६७ लाख बराबरको रकम घर कर्जामा गएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मासिक विवरणका आधारमा व्यक्तिगत आवासकर्जा, रियलस्टेट कर्जामा ठूलो रकम प्रवाह भएको छ । केन्द्रीय बैंककाअनुसार रु एक करोड ५० लाखसम्मको व्यक्तिगत आवासीय कर्जामा मात्रै रु ३९ अर्ब चार करोड ५१ लाख र रियलस्टेट कर्जामा रु २९ अर्ब छ करोड १६ लाख बराबर रकम लगानी भएको छ ।

यो गत वर्षको तुलनामा १३।१ प्रतिशत बढी हो । गत वर्ष व्यक्तिगत आवास कर्जामा रु २१ अर्ब ३३ करोड २१ लाख मात्रै उपलब्ध गराइएको थियो ।

यस्तै रियल स्टेटतर्फ गत वर्ष रु आठ अर्ब ८६ करोड ५१ लाख बराबर प्रवाह भएको थियो । केन्द्रीय बैंकका अनुसार चालू आवको फागुन मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले कूल व्यक्तिगत आवास कर्जा रु तीन खर्ब ३७ अर्ब ३० करोड ५७ लाख र रियल स्टेटतर्फ रु दुई खर्ब १२ अर्ब ६७ करोड बराबर लगानी गरेका छन् ।

यस आधारमा हेर्दा घर जग्गामा मात्रै बैंक तथा वित्तीय संस्थाले रु पाँच खर्ब ४९ अर्ब ९८ करोड ४२ लाख बराबरको ऋण लगानी गरेको देखिन्छ ।

घर जग्गामा लगानी हुने रकमलाई अनुत्पादक भनिए पनि लगानीको मात्रा भने बढ्दै गएको देखिन्छ । विप्रेषण, बैंक तथा वित्तीय संस्थामा सङ्कलन हुने निक्षेपसमेत घर जग्गामा लगानी हुदै औद्योगिक लगानी भने विस्तार हुन सकेको छैन ।

औद्योगिक क्षेत्रमा लगानी नहुँदा आर्थिक वृद्धिसमेत विस्तार हुन सकेको छैन । यसतर्फ सरोकार भएका निकायले समयमै सचेत भएर निर्णय गर्नुपर्ने आवश्यकता महशुस हुन थालेको छ ।

तरलताको अभावले घर जग्गाको कारोबारमा बिरामी लाग्दा त्यसको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थामा देखिने र त्यसले अर्थतन्त्रमा सङ्कट ल्याउनेतर्फ बेलैमा जागरुप हुनु जरुरी भइसकेको छ

दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ सङ्क्रमित

काठमाडौं- दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ सङ्क्रमति भेटिएका छन् ।
यसैसँगै कूल संक्रमितको संख्या १ करोड ६३ लाख ५ हजार ७५२ पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार जनाएका छन् ।

दक्षिण कोरियामा अघिल्लो दिन एक लाख ७ हजार ९१६ जनामा कोरोना सङ्क्रमण भएको रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) ले जानकारी दिएको थियो । यहाँ एक हप्ताअघि एकै दिनमा एक लाख ६४ हजार ४५६ जनामा कोरोना सङ्क्रमण भएको थियो । यहाँ कोरोना सङ्क्रमण घट्ने क्रममा रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

गत २४ घण्टामा अर्थात शनिबार मध्यरातिसम्म कोरोना सङ्क्रमणको कारण २०३ जनाको मृत्यु पुष्टि भएपछि कूल मृतकको संख्या २१ हजार ९२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ खोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख २६ हजार ४७१ पुगेको जनाइएको छ । यो संख्या दक्षिण कोरियाको कूल जनसंख्याको ८६।८ प्रतिशत भएको जनाइएको छ ।