बस दुर्घटना हुँदा दुई जनाको मृत्यु-चार जना घाइते

काठमाडौं- पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको रैनादेवी छहरा-६, जुठापौवामा शुक्रबार साँझ ग१ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रैनादेवी छहरा-६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटी रहेका छन् । उनीहरूको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
बस सडकबाट चारसय मिटर तल खसेर भएको दुर्घटनामा परी सोही ठाउँका ७ वर्षका रोहित घर्ती, ८ वर्षका मिलन बगाले, ८ वर्षका रोमन घर्ती, ९ वर्षका खिमबहादुर घर्ती सख्त घाइते भएका छन् ।

घाइते चार जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

रुसद्वारा युक्रेनलाई हतियार आपूर्ति गरेकामा अमेरिका र नाटोलाई अप्रत्याशित परिणामु को चेतावनी

काठमाडौं- जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिन पछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई अनपेक्षित परिणामू भोग्नुपर्ने चेतावनी दिएको छ।

वाशिंगटन पोस्टले रुसले यस हप्ता अमेरिकालाई पठाएको कूटनीतिक नोटको समीक्षा गर्दै सो विश्लेषण गरेको छ।
युक्रेनमा हतियार प्रणालीले अप्रत्याशित परिणामहरू ल्याउन सक्छ,अल्जाजीराले रिपोर्ट गरेको छ।

हामी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैरजिम्मेवार सैन्यकरण रोक्न आह्वान गर्दछौं, जसले क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणामहरू निम्त्याउँछ, नोटमा भनिएको छ।उल्लेखनीय कुरा के छ भने अमेरिकी सैन्य सहायता प्याकेजमा तोपखाना प्रणाली, आर्टिलरी राउन्ड, बख्तरबंद लगायत समावेश छन् ।

कस्तो छ आजको मौसम पूर्वानुमान ? पानी पर्छ कि पर्दैन ?

काठमाडौं – आज पनि राष्ट्रि जल तथा मौसम पुर्वानुमान महाशाखाले देशभरका मौसमकोे प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

देशभर आज (शनिबार) पनि मौसममा आंशिक देखि सामान्य बदलीको अवस्था रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छ।

देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित क्षनिक वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र सहित क्षनिक वर्षाको सम्भावना रहेको राष्ट्रि जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

गठबन्धनको टुङ्गो भोलिसम्म : अध्यक्ष दाहाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले आजै साँझसम्ममा खाका तयार हुने बताउनुभयो । उहाँले भन्नुभयो, “आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।”

निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उहाँले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताउनुभयो । पत्रकारको प्रश्नमा उहाँले भरतपुर महानगरका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “केही समस्या हुँदैन सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उहाँको भनाइ थियो ।

नेपाल–भारतबीच वैदिक कालदेखिको सांस्कृतिक सम्बन्ध प्रवद्र्धन गरिनुपर्ने जोड

काठमाडौं – नेपाल–भारतबीच वैदिक कालदेखि सांस्कृतिक, धार्मिक एवं सामाजिक सम्बन्ध रहेकाले आधुनिक कालमा त्यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिइएको छ ।

लघुकथा समाज काठमाडौँ, रुसी भारतीय मैत्री सङ्घ मस्को, कला एवं वाणिज्य महाविद्यालय अक्कलकुवा, महाराष्ट्र, भारतको संयुक्त आयोजनामा नेपाल–भारत सांस्कृतिक सङ्घ गोष्ठी विषयक कार्यक्रमका वक्ताले सदियौँदेखि रहँदै आएको सम्बन्धलाई विकास एवं विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले दुई देशबीचको सम्बन्ध बिस्तार गर्न साहित्य र संस्कृतिको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा योगेन्द्र तिमल्सिनाले ‘नेपालको साहित्य संस्कृतिको अन्तरसम्बन्ध’, भारतीय सैनिक विद्यालयका शोध छात्र दिनानाथ मुरलीधरले ‘भारतीय संस्कृति र ज्ञान परम्परा’, र यशवन्त महाविद्यालयका डा सञ्जय धोटेले ‘हिन्दी साहित्यमा भारतीय संस्कृतिको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमाथि भुवन शिवाकोटी, डा मोनिका शर्मा, प्राडा सञ्जय शर्मा, अनिलकुमार भट्टहरि, डा विदुषी आमेरा, डा कल्पना मौर्य, डा सविता तायडे, डा शैलेन्दुप्रकाश नेपाल, अरुणाञ्चल प्रदेशबाट आउनुभएकी प्राध्यापक ङाने कायीलगायतले टिप्पणी गर्नुहुँदै भारतको प्रसिद्ध तीर्थस्थल केदारनाथको शिर नेपालको भक्तपुरस्थित डोलेश्वर, राम र सीताबीचको पौराणिक कथनका आधारमा अहिले पनि चलिरहेको संस्कृति, बुद्ध नेपालमा जन्मिएर भारतको बोधगयाबाट ज्ञान प्राप्त गरेका घटनाले दुई देशबीचको सम्बन्ध अन्योन्याश्रित रहेको पुष्टि हुने बताउनुभएको थियो ।

भारतका धेरै तीर्थ यात्री प्रत्येक वर्ष नेपालको पशुपतिनाथ, मुक्तिनाथलगायत तीर्थस्थलमा दर्शन गर्न आउने र नेपालका तीर्थयात्री पनि भारतको केदारनाथ, विश्वनाथलगायत तीर्थस्थलमा दर्शन गर्न जाने भएकाले पनि दुवैदेशबीचको सम्बन्ध प्राचीनकालदेखि नै सुमधुर रहँदै आएको भनाइ उहाँहरूले राख्नुभएको थियो ।

कार्यक्रममा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, उपाध्यक्ष गोपाल अश्कलगायतले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

दुवै देशको साहित्य, भाषा, धर्म, संस्कृतिलगायत क्षेत्रमा योगदान दिने दर्जनौँ विद्वान्लाई सम्मानसमेत गरिएको थियो । यस्ता कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्ध अझ सुदृढ हुने जनाइएको छ ।

एकिकृत प्रगतिशिल इन्जिनियर समुहद्वारा लोकसेवा आयोगलाई ज्ञापनपत्र

एकिकृत प्रगतिशिल इन्जिनियर समुहले लोकसेवा आयोगका केन्द्रीय अध्यक्ष माधवप्रसाद रेग्मीसँग भेटे गरेको छ ।

प्रदेश लोकसेवा आयोग बागमतीको कार्यप्रति ध्यानाकर्षण गराउन एकिकृत प्रगतिशिल इन्जिनियर समुहले लोकसेवा आयोगका केन्द्रीय अध्यक्षसँग भेट गरेको हो ।

प्रदेश लोकसेवा आयोग बागमतीले इन्जिनियरहरुको पद नै घटाएर छैठौं तहको विज्ञापन निकालेको थियो ।

इन्जिनियरलाई छैठौं तहमा राखेर विज्ञापन गर्दा मुलुकभरका ६४ हजार इन्जिनियरहरुमाथि अन्याय भएको भन्दै यसलाई सच्याउन र संशोधन गर्न माग गर्दै समुहले ज्ञापनपत्र बुझाएको छ ।

समूहका संयोजक ई।सरोजकुमार उपाध्यायले अरु देशले पूर्वाधार, प्रविधिको बढ्दो प्रयोगका बीच इन्जिनियरहरुको महत्व बढेका बेला नेपालमा भने उनीहरुको मनोवल घटाएको बताए ।

मंगलबार समुहका प्रतिनिधिहरुले बागमती लोकसेवा आयोगका अधिकारीलाई भेटेर जानकारी गराएको उनले जनाए ।

निजामतीको नियमावली नबनेको अवस्थाले अप्ठ्यारो पारेको भए पनि लोकसेवा आयोगले वार्षिक प्रतिवेदनमा पनि तह उल्लेख गरिएको घिमिरेले बताएको उल्लेख गर्दै उपाध्यायले यो असमानता र विभेदकारी नियम खारेज गर्न माग गरिएको बताए ।

उनले यसको नीतिलाई हटाउनका लागि कानुनी निरुपणको बाटो अपनाउने जस्ता विषय उठान गरिएको बताए ।

सम्भव भएसम्म संवाद र वार्ताबाट नै समाधान खोज्न आग्रह गरिएको भन्दै उनले नभएमा ६४ हजार इन्जिनियरहरुले भद्र आन्दोलन गर्ने बताए ।

मन्त्रिपरिषद् वा लोकसेवा आयोगबाट यसको समाधान खोज्नु पर्नेमा माग गरिएको उनले बताए ।

अहिले कोरोना कहरका बीचमा भौतिक उपस्थीतिमा आन्दोलन गर्न असमर्थ रहेको भन्दै उनले कानुनी रुपमै यसको समाधान हुनुपर्ने माग राखिएको जानकारी दिए ।

बागमती प्रदेश लोकसेवा आयोगले प्राविधिकतर्फ भन्दै माघ १० गते इन्जिनियरिङ समूहतर्फ विज्ञापन निकालेको र त्यसमा इन्जिनियरहरुलाई छैठौं तहमा राखेर विज्ञापन खुलाइएको भन्दै इन्जिनियरका विभिन्न समूहले आपत्ति जनाउँदै उक्त विज्ञापनलाई सच्याउन माग गरेका छन् ।

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

काठमाडौं । वीरगन्जमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय एक पुरुर्ष पक्राउ परेका छन् ।
बाराको प्रसौनी गाउँपालिका स्थायी घर भई वीरगन्ज उपमहानगरपालिका—१६ बस्ने पलट चौधरी पक्राउ परेका हुन् ।

गत चैत २६ गते खेलिरहेकी ६ वर्षीया बालिकालाई पलटले आफ्नो घरमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।
पर्सा प्रहरी प्रमुख रमेश बस्नेतले पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको बताए ।

संस्थागत रुपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू

काठमाडौँ-शुक्रबारबाट संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलबाट उक्त प्रणालीको सुरुवात गरिएको हो ।

शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरेका छन् ।

श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक हितभन्दा बाहेक अन्य कुनै पनि निर्णय नगर्ने प्रणालीको शुभारम्भ कार्यक्रममा बताएका छन् ।

उनले सरकारले संस्थागत रुपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीका प्रतिनिधिहरूको रोजगारी गुमेको गुनासो आउन थालेको बताए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संस्थागत श्रम स्वीकृति (पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) का लागि अनलाइन प्रणाली लागू गरिएको हो ।

मन्त्री श्रेष्ठले मेनपावरका कर्मचारीहरूलाई बेरोजगार बनाउने उद्देश्यले नभएर प्रणालीलाई संस्थागत गर्दा यस्तो अवस्था आएको दाबी गरे ।

वैदेशिक रोजगार कार्यालयहरूले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको काममा ढिलासुस्ति र कसैलाई दुःख दिने कुरा मनैदेखि हटाउन कर्मचारीहरूलाई निर्देशन दिए ।

अब सरकारले वैदेशिक रोजगारीसम्बन्धी सबै कामहरू अनलाइन प्रणालीमार्फत् गर्ने तयारीमा मन्त्रालय रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणाली लागू भएसँगै सेवाग्राही, मेनपावरका प्रतिनिधिहरूले आफ्नो कार्यालयबाट नै काम गर्न सकिने बताए ।

थप १४ जनामा कोरोना संक्रमण पुष्टि-५५ जना संक्रमणमुक्त

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज पछिल्लो २४ घण्टामा ३ हजार ३० जनाको पीसीआर परीक्षणमा १४ जना र ८७३ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

साथै पछिल्लो २४ घण्टामा ५५ जना सङ्क्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

नेपालको कला विश्वकै चिनारी : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली कला विश्व कै चिनारी भएको बताउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आजदेखि सुरु भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी, २०७९’ को उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल प्राकृतिक, सांस्कृतिक र कलाले समृद्ध रहेकाले विश्वकै लागि पहिचान भएको बताउनुभयो ।

उहाँले राष्ट्रिय विभूति अरनिकोदेखिका कलाकारले कलाका माध्यमबाट विश्वमा नेपालको शिर उँचो बनाउने काम गरेको स्मरण गर्नुभयो ।

उपराष्ट्रपति पुनले विश्वका जुनसुकै कुनामा पनि नेपाली कला पुगेकोमा खुसी व्यक्त गर्नुभयो ।

केही वर्षअघि अष्ट्रियाको भियानामा भएको एक कार्यक्रममा सहभागि हुने क्रममा नेपाली लोक, आधुनिक कला प्रदर्शनी देख्दा आफूलाई गौरवको अनुभूति भएको उहाँले उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति पुनले विश्वमा नेपालीको पहिचान स्थापित गर्नमा नेपाली कलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

नेपाली कलाको इतिहास दुई हजार वर्षदेखि कै रहेको र परम्परागत रुपमा धर्म, संस्कार र संस्कृतिका कला रहेकामा वर्तमानमा हरेक विधामा कला सिर्जना हुँदै आएकोे उहाँको भनाइ थियो ।

अन्य क्षेत्रमा जस्तै नेपाली ललितकलाको क्षेत्रले पनि समस्या र चुनौती भोगिरहेको तथा कलाकारलाई टिकाउनसमेत चुनौती रहेको उहाँले बताउनुभयो ।

ललितकलालाई बचाइ राख्न राज्यबाट आवश्यक सहयोगको खाँचो रहेको उपराष्ट्रपति पुनले औँल्याउनुभयो ।

कला साधना भएकाले ललितकलाप्रति आफ्नो पनि रुचि रहेको सुनाउँदै उहाँले नेपालको चिनारी र गौरव विश्वमाझ बचाइ राख्न ललितकलाको भूमिका अहम् छ भन्नुभयो ।

समारोहमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले एक महिनासम्म चल्ने ललितकला प्रदर्शनी कला क्षेत्रकै लागि महोत्सव भएको बताउनुभयो ।

समारोहमा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले प्रदर्शनीमा ३६५ कलाकारका ४२६ चित्र समावेश गरिएको जानकारी दिनुभयो ।

उक्त समारोहमा उपराष्ट्रपति पुनले रु एक-एक लाख राशि रहेको ‘अरनीको प्राज्ञ सम्मान’ अग्रज कलाकार कृष्ण मानन्धर र सूर्यबहादुर चित्रकारलाई प्रदान गर्नुभयो ।

यस्तै राष्ट्रिय ललितकला लेखन पुरस्कार पत्रकार देवेन्द्र थुम्केलीलाई र ललितकला पत्रकारिता पुरस्कार सुशीला तामाङलाई प्रदान गरिएको छ ।

सो अवसरमा विधागत रुपमा सात कलाकारलाई राष्ट्रिय ललितकला पुरस्कार, १७ जनालाई ललितकला विशेष पुरस्कार तथा सात जनालाई ललितकला प्रादेशिक पुरस्कार प्रदान गरिएको थियो ।

पोखराबाट नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर

काठमाडौँ-निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ ।

बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सिधा उडान गर्ने तयारी गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बुद्ध एयरले पोखराबाटै भारतको देहरादुन गन्तव्यमा पनि उडान गर्ने योजना बनाएको छ । पोखराबाट दिल्ली गन्तव्यमा दैनिक दुई वटा उडान सञ्चालन गरिनेछ । उक्त गन्तव्यको उडान एक घण्टा ३० मिनेटको हुन्छ । कम्पनीले यसअघि भारतको वनारस र कोलकात्तामा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोगमा ल्याएका एटिआर ७२ जहाजमार्फत नै दिल्ली गन्तव्यमा उडान गर्ने जनाएको छ ।

बुद्ध एयर आन्तरिक उडानमा सबैभन्दा बढी एटिआर जहाज भएको कम्पनी पनि हो । नजिकका गन्तव्यमा तिनै जहाजले अन्तर्राष्ट्रिय उडान भर्ने गरेको छ । पर्यटकीय गन्तव्य पोखराबाट दिल्ली उडान गर्दा भारतीय पर्यटक बढोत्तरी हुने विश्वास लिइएको छ । पर्यटकीय गन्तव्यमा सिधै पुग्न सकिने भएकाले यो गन्तव्य व्यावसायिक हिसाबले पनि निकै सम्भावनायुक्त गन्तव्य हुने व्यवसायीको बुझाइ छ ।

पोखरा प्रमुख पर्यटकीय गन्तव्य हो । पर्यटकको पहिलो रोजाइ नै पोखरा पर्ने भएकाले त्यहाँबाट नजिकको गन्तव्य नयाँदिल्ली हुने भएकाले सेवा विस्तार गर्न लागिएको छ”, सूचना अधिकारी कर्णले भन्नुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चाँडो सञ्चालन भएमा त्यहाँबाट सिधा नयाँदिल्ली उडान गर्ने योजनअनुरुप आवश्यक प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ । उक्त गन्तव्यमा सिधा उडानका लागि नेपाल र भारत दुवैतर्फको प्रक्रिया पूरा गरेर उडान सञ्चालन गर्नेगरी काम भइरहेको कम्पनीका सूचना अधिकारी कर्णले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पोखराबाट दिल्ली उडानका लागि हामी अप्लाइ गर्दैछौँ, ‘अफिसियल प्रोसिडर’ पूरा गर्न पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा भारतको ‘डिरेक्टेट जनरल अफ सिभिल एभिएसन’ ९डिजिसिए० बाट अनुमति लिएर उडान सञ्चालन गर्छौं ।”

आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओगट्ने बुद्ध एयरले अहिले दैनिक १५० भन्दाबढी उडान गरिरहेको छ । यी उडानमार्फत दैनिक आठ हजार ५०० हाराहारी यात्रुले सेवा लिइरहेको कम्पनीले जनाएको छ ।
बुद्ध एयरसँग ११ वटा एटिआर–७२, तीन वटा एटिआर–४२ र दुई वटाबीच क्राफ्टसहित १६ जहाज छन् । थप चार जहाज आउने प्रक्रियामा रहेको र करिब चार महिनाको अन्तरालभित्रै ती जहाज नेपाल आइपुग्ने कम्पनीले जनाएको छ ।

वनारसमा मे पहिलो सातादेखि उडान

बुद्ध एयरले काठमाडौँ–बनारस गन्तव्यमा पुनःसिधा उडान गर्ने तयारी गरेको छ । बनारस उडानको प्रक्रिया पूरा भइसक्यो कम्पनीले जनाएको छ । भारतको चर्चित तीर्थस्थल वनारस पनि सम्भावना भएको गन्तव्य मानिन्छ ।

“वनारस उडानको प्रक्रिया पूरा भइसकेको छ, खाली ‘कन्फरमेशन लेटर’ मात्रै आउन बाँकी छ । हामी मे फष्टदेखि उडान सञ्चालन गर्छौं”, बुद्ध एयरका सूचना अधिकारी कर्णले भन्नुभयो ।

उक्त गन्तव्यमा कोभिड सङ्क्रमणको उच्च जोखिमका कारण उडान स्थगित भएको थियो । धार्मिक पर्यटनका दृष्टिकोणले भारतको बनारस महत्वपूर्ण गन्तव्य मानिन्छ । काठमाडौँदेखि वनारसलाई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्धले उडान गरिरहेको थियो ।

बुद्ध एयरले आन्तरिक उडानमा एटिआर जहाजमार्फत गुणस्तरीय सेवा प्रदानका साथै पर्यटन विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । सन् १९९७ अक्टोबर ११ मा बुद्ध एयरले पहिलो उडान गरेको थियो । यसले उडानकै सुरुआतमा अमेरिकाबाट ब्राण्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थियो ।

पोखरालाई हब बनाएर उडान

बुद्ध एयरले पोखरा विमानस्थललाई हब बनाएर सबै सुगम गन्तव्यका सहर जोड्ने योजना बनाएको छ । जसअनुरुप बुद्धले हाल पोखराबाट छ सहरलाई जोडिसकेको छ । पोखराबाट जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगञ्ज र धनगढी गन्तव्यमा उडान गरिरहेको कम्पनीले जनाएको छ ।

छिट्टै पोखरा–भद्रपुर पनि सेवा सञ्चालन गर्ने आवश्यक तयारी गरिसकेको छ । वैशाख २ गतेदेखि उडान गर्ने भनिए पनि प्राविधिक कारण केही विलम्ब हुने जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक ११ हेलिकप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले उडान सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियमा दुई नेपालीसहित २३ वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा पोखरेल नियुक्त

काठमाडौं – लुम्बिनी प्रदेश सरकारले प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोखरेललाई नियुक्त गरेको छ ।

प्रदेश सरकारले प्यूठानको ओखरकोट निवासी पोखरेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । यस अघि नियुक्त कार्यकारी निर्देशक अनन्तराज घिमिरेले केही दिन अघि राजीनामा दिनुभएपछि उक्त पद रिक्त थियो । पोखरेललाई गत चैत २५ गते नियुक्त गरेको हो ।

पोखरेललाई आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

त्यस अवसरमा मुख्यमन्त्री केसीले सरकारको पहिलो प्राथमिकताको रुपमा रहेको प्रदेशको राजधानी निर्माणको योजनालाई पूर्णता दिन निर्देशन दिनुभयो । शपथग्रहण पछि निर्देशक पोखरेलले लुम्बिनी प्रदेश सरकारले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

फोहर वर्गीकरण नगरे पाँच सय जरिवाना

काठमाडौं – काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ ।

वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति रु ५०० जरिवानासमेत गर्ने जनाइएको छ ।

कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ ९थ० तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ ९थ० अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ ।

पछिल्लो समय कामपालगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैत मा १२ दिन उपत्यकाको फोहर सडकमा नै थुप्रिएको थियो ।

विश्व बैंक र युएसएआइडीबाट एक खर्ब सहयोग प्राप्त हुने

काठमाडौं- वैदेशिक मुद्राको सञ्चितिमा दबाब परेका बेला एकैपटक करिब रु एक खर्ब बराबरको अन्तर्राष्ट्रिय सहायता प्राप्त हुने भएको छ ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट रु १८ अर्ब सहुलियतपूर्ण ऋण र संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकासका लागि सहयोग निकाय (युएसएआइडी) बाट रु ७९ अर्ब ७१ करोड अनुदान सहायता प्राप्त हुन लागेको हो ।

मन्त्रिपरिषद्को गत चैत ३० गते बसेको बैठकले उक्त सहयोग स्वीकार गर्ने निर्णय भएसँगै मुलुकको अर्थतन्त्रमा केही सहज हुने भएको छ ।

बैठकको निणर्यबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको करिब २८० रोपनी जग्गा प्राप्तिका निम्ति पहल गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा गर्ने, मायादेवी गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्ने र उक्त गाउँपालिकाको प्रशासकीय भवन निर्माणलगायत कार्यका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।”

बैठकले सिरहास्थित कर्जन्हा नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि सार्वजनिक जग्गा प्रयोग गर्न स्वीकृति दिने र राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापरको राजीनामा स्वीकृत गर्ने गर्ने निर्णय गरेको पनि बताइको छ ।

निर्वाचनमा तालमेलको कुरा चलेको छैनः अध्यक्ष लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पार्नुभएको छ ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अन्य पार्टीसँग पनि औपचारिकरुपमा गठवन्धनको कुरा नचलाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य पार्टीसँग पनि औपचारिक गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छैन ।

यस खालका कुराकानीहरु कुनै दलसंग पनि चलाएको छैन ।” यसपालिको निर्वाचनमा राप्रपा देशैभर आफ्नो सामथ्र्यले लड्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही स्थानीय तहमा आवश्यकताअनुसार तालमेल भयो भने बेग्लै कुरा हो । हामीले स्थानीय तहलाई त्यसै छोड्दिने निर्णय गरेका छौँ ।”

शिक्षाको विकास र सुधार नभएसम्म अन्य विकासले पूर्णता नपाउने जनाउँदै उहाँले स्थानीय तहमा राप्रपाले निर्वाचन जितेका ठाउँहरुमा निःशुल्क शिक्षा दिने बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा १२ सम्म निशुल्क शिक्षा दिने गरी तयारी गरेका छौँ ।”

फरक प्रसङ्गमा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु पार्टीबाट बाहिरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ राजनीतिलाई परिवारको श्रीवृद्धि मान्नेहरु पार्टीबाट बाहिरिएका छन् ।” देशलाई मायाँ गर्ने, राजनीतिलाई समाज सेवा ठान्नेहरु यही पार्टीमा रहेको उहाँको तर्क थियो ।