श्रीलंकामा भिषण बाढी:६०० भन्दा बढी परिवार प्रभावित

काठामडौं – श्रीलंकामा शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण भिषण बाढी आएको छ ।

सो बाढीका कारण यहाँ पहिरो पनि गएको बताइएको छ । राजधानी कोलम्बोाट दक्षिणमा रहेको रतनपूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । यस प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित हुन पुगेका बताइएको छ ।

यहाँका मौसमसम्बन्धी अधिकारीहरुले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन भनेका छन् ।सो जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्याएको छ ।सो बाढीका कारण आएको पहिराका साथै वर्षा जारी नै रहेकाले यहाँको धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ ।

बागलुङको ४५ वडाको मतपरिणाम सार्वजनिक

काठमाडौं – बागलुङका १० पालिकाका ८५ मध्ये तीन पालिकासहित ४५ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणाम हेर्दा गठबन्धनको अग्रता कायमै छ । सार्वजनिक मध्ये १८ मा कांग्रेस, १३ मा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा ७, नेकपा एमालेले ६ र नेकपा एसले १ वटा वडामा जित हासिल गरेको छ ।

गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको सम्पूर्ण मतपरिणाम आइसकेको छ जसमध्ये गठबन्धनका उम्मेदवारले विजयी हासिल गरेका छन् भने गलकोटको ११ नं वडामामात्रै एमाले विजयी भएको छ ।

गलकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका भरत शर्मा गैरै र उपप्रमखुमा माओवादी केन्द्रका फमलाल न्यूरे निर्वाचित हुनुभएको छ । ११ वडा रहेको नगरपालिकामा एक वडाबाहेक गठबन्धका दलहरुले विजयी प्राप्त गरेका छन् । कांग्रेस २, ३, ४, ५, ८,९ र १० नं मा विजयी भएको छ भने माओवादीले ६ र ७, राष्ट्रिय जनमोर्चाले १ र ११ नं वडा नेकपा एमालेले जितेको छ ।

यस्तै तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा नेपाली कांग्रेस विजयी भएको छ । पालिका अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा हीराकुमारी छन्त्याल विजयी हुनुभएको छ ।

६ वडाको तमानखोलामा १, २, ४ मा माओवादी केन्द्र विजयी भएको छ भने ३, ५ र ६ वडामा कांग्रेस विजयी भएको छ । यस्तै ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादीका धनबहादुर विक र उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोका विजयी हुनुभएको छ । पाँच वडाको ताराखोलामा सबै वडा माओवादीले जितेको छ ।

ढोरपाटन नगरपालिकामा मतगणना चलिरहँदा हालसम्म ४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ९ वडा रहेको नगरपाकिलामा हालसम्म चार वडाको मतपरिणम सार्वजनिक भएको छ । जसमध्ये ९, ६ नं वडामा एमाले, ७ मा राष्ट्रिय जनमोर्चा र ८ मा माओवादी केन्द्रले जितेको छ ।

निसीखोला गाउँपालिकाको सातमध्ये चार वडाको मतपरिणाम सार्वजनिक भएको छ । जस्मा १ र ४ नं वडा कांग्रेस, २ नं वडा माओवादी र ३ मा राष्ट्रिय जनमोर्चाले जित हासिल गरेको छ । बडिगाड गाउँपालिकामा हालसम्म दुई वडाको मात्रै मतपरिणाम सार्वजनिक भएको छ ।

१० वटा वडा रहेको गाउँपालिकामा वडा नं १ मा राष्ट्रिय जनमोर्चा र १० मा माओवादी केन्द्रले जितेको छ । काठेखोला गाउँपालिकाको ३ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ८ वडा रहेको गाउँपालिकामा १ नं मा कांग्रेस, २ र ३ नं वडामा एमाले विजयी भएको छ ।

जम्मा १४ वडा रहेको बागलुङ नगरपालिकामा हालसम्म ४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । १, १४ र १३ मा कांग्रेस, २ नं नेकपा (एकिकृत समाजवादी) विजयी भएको छ । यस्तै १० वडाको जैमिनी नगरपालिकामा हालसम्म तीन वडाको मतपरिणाम आएको छ । जसमध्ये वडा नं ९ मा एमाले, १० मा राजमो र ८ मा कांग्रेस विजयी भएको छ ।

यस्तै ५ वडा रहेको बरेङ गाउँपाकिलामा हालसम्म तीन वडाको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये ५ नंमा कांग्रेस र १ र २ नं वडामा राजमोले जितेको छ ।

हायस दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं – शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म१ज २७७ नम्बरको उक्त हायस ग्वानीस्थित वडा कार्यालय नजिकै रोलाखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक २३ बर्षिय प्रकाशसिंह धामी तथा २२ बर्षिय नविनसिंह धामी र १९ बर्षिय हरिसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक ग्वानीका स्थानीय हुन् ।

रौतहटमा उमेदवार नै आक्रमण : दोषीलाई कार्वाही भएन- घाइते उमेदवारको विजयी

काठमाडौं- रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ का निवर्तमान वडा अध्यक्ष तथा अहिलेका वडा अध्यक्षका उमेदवार शेख अमिरुल्लाह माथि संघातिक हमला भएकोछ ।

निर्वाचनका दिन मतदानमा सहभागी हुन मतदाता बीच पुगेका शेखको लोकप्रियता देखेर विपक्षीले लखेटेर आक्रमण गर्दा घाइते भै गौर अस्पतालमा उपचाररत छ्न।उमेदवार लाई आक्रमण गरि यस्तो अवस्थामा पुर्याउनेहरुका बारेमा प्रहरीलाई घटना घटनु अगाडि नै जानकारी गराउदा गराउदै प्रहरीको बेवास्ताका कारण ज्यानै लिने गरि आक्रमण गरिएको छ।

ज्यान लिने गरि आक्रमण गरिएको भएपनि ठूलोमानवीय क्षतीभने हुन पाएन। घटना घटिसके पछि पनि पीडित परिवारले उजुरी गर्दा समेत हाल सम्म पनि दोषीलाई कार्वाही हुन नसकेको नेकपा माओवादी मेयरका उमेदवार तथा नेता शेख वकिलले सम्पत्ति न्युजलाई बताए ।

ब्यालेटबाट आफनो प्रतिनिधि चुन्न पाउने अधिकार अझैसम्म रौतहट क्षेत्र नम्बर दुई अन्तर्गतका स्थानीय तहमा लागुहुन नसक्दा चुनावका दिन मतदानमा भागलिनेहरु ढोका थुनेर बस्न बाध्य थिए।

आफ्नो प्रतिनिधि त यस्तो आक्रमणमा पर्छन् भने हाम्रो हालत के होला गौर अस्पतालमा घाइते जनप्रतिनिधि भेटन आएका एक आतंकित मनस्थितिमामा रहेका मतदाताले सम्पत्तिन्युजलाई बताए।

प्रशासन समक्ष अस्पतालको बेडबाट न्याय मागिरहेका वडा अध्यक्ष उमेदवार अमिरुल्लाहले ११ सय १२ मत ल्याएर निर्वाचित समेत भैसकेका छ्न।
तर उनलाइ मतदान गर्ने मतदाता भने थप असुरक्षित महसुस गरिरहेको नाम नछाप्ने शर्त मा एक प्राध्यापक ले सम्पत्ति ज्युजलाइ बताए।

https://www.facebook.com/lalbakaiyamedia/posts/708162507200700

खेर गयो ओलीले बालकोटमा हालेको मत अध्यक्ष नेपालले हालेको मतको पुरै प्यानल विजयी

काठमाडौं – भक्तपुर,नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मतदान खेर गएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट निवासी ओलीले बालकोट मतदान केन्द्रबाट मतदान गर्दे एमालेले वडामा सहजै जित्ने दाबि गरेका थिए । तर, उनको त्यो दाबी ३ दिन पनि टिकेन ।

ओलीको वडामा कांग्रेसका वडा अध्यक्ष उम्मेदवार प्रदीप कार्की पुरै प्यानल सहीत निर्वाचित भएका छन्। ओलि को अत्याचार सहन नसकेर पार्टी बिभाजन भएको एकीकृत समाजवादी को कलम चिन्ह मा रौतहट को गौर नपा २ बाट मतदान गर्नुभएका पार्टी अध्यक्षमाधवकुमार नेपालको गृह जिल्ला सदरमुकाम पर्ने नगर पालिका मा अहिले सम्म १,२,३,४ का सबै वडा अध्यक्ष सहित पुरै प्यानल कलम चिन्हले जित हात पारी सकेको छ भने मेयरमा आधा भन्दा बढीले शम्भु साहले नेतृत्व गरेका छ्न।

बार्दली बाट कराएका ओलि ले त्यसै वडा बालकोट बाट मतदान गरेपनि काङ्ग्रेसका प्रदिपले एक हजार ५ सय ११ मत पाएर विजयी हुँदा प्रत्याशि एमालेका विश्वराज भट्टले १ हजार ३ सय ५ मतमात्र पाएर पराजय भोग्न वाध्य भए ।

ओलीको वडामा उत्साहका साथ वडामा सहज जीत निकाल्ने दावी गर्ने एमालेका नेताहरुका सामु वडा सदस्यका उम्मेदवार काग्रेसका जर्नादन खड्का १ हजार ४ सय ७६ र भगत रानाले १ हजार ४ सय २२ मत ल्याएर विजयी भएका छन् ।

उता, काग्रेसका महिला उम्मेदवार कल्पना खतिवडा (दाहाल) १ हजार ५ सय २९ तथा महिला सदस्यमा
रन्जिता तिखत्री १ हजार ५ सय १७ मत पाएर विजयी भएकी छन् ।

आइतबार विहान देखि मत गणना सुरु हुँदानै एमाले नेताहरु निकै उत्साहका साथ विजयी हुने आंकलन गर्दे थिए । त्यसो त, ओलीका ‘छोरा’ भक्तपुर एमालेका नेता महेश बस्नेतले २ नम्बर वडामा कांग्रेसको क्लिनस्पिप हुने भन्दै ट्युट गरेका थिए । बस्नेतलको ट्युट १२ घण्टा पनि टिकेन । गणनाको प्रारम्भिक नतिजामै जीतको हावादारी दावा गर्ने महेशले पनि प्रारम्भिक नजीजामै चित्त बुझाउन वाध्य भए

अहिलेसम्म सूर्य विनायकका वडानंं १ २ को मतगणना सम्पन्न भएको छ । जसमा नगरप्रमुखका उम्मेदवार काग्रेसका निशान ढुंगेलको अग्रता कायम छ । ढुंगेलले ३ हजार १ सय ३१ मत पाउँदा एमालेका नगरप्रमख उम्मेदवार बासुदेव थापाले २ हजार ७ सय ६० मत पाएका छन् । वडा नं ३ को मतगणना जारी रहेको छ ।

(पछिल्लो अपडेट)

गौर नगरपालिका मा ५०८४ मतगणना को मत परिणाम यसप्रकारको छ ?
🖋कलम
मेयर – ३१९०
उपमेयर – २३६९
वाडा अध्याक्ष (4) – ३२०
🚲साइकल
मेयर – १४७६
उपमेयर – १२१४
वाडा अध्याक्ष (4) – १८३
🌳गाछि
मेयर‘ – ११०२
उपमेयर – १५३९
वाडा अध्याक्ष (4) – १२३

रौतहट को गौर नगरपालिका वार्ड न .४ को १८५० मतगणना को मत परिणाम ययप्रकारको छ ?
🖋कलम

मेयर‘ – १५३
उपमेयर – २२९
वाडा अध्याक्ष (4) – ३२०
🚲साइकल
मेयर – १८३
उपमेयर -१५३
वाडा अध्याक्ष (4) – ३२०
🌳गाछि
मेयर‘‘‘‘‘‘‘‘११७
उपमेयर‘‘‘‘‘‘‘१३५
वाडा अध्याक्ष (4) – १२३

कामपामा स्वतन्त्र उम्मेदवार साहको अग्रता

काठमाडौं – काठमाडौं महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ ।
पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले पाँच हजार ६९२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राख्नुभएको छ ।

नेकपा (एमाले) का केशव स्थापितले दुई हजार ९९२ र नेपाली कांग्रेसका सिर्जना सिंहले दुई हजार ६९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डङ्गोलले पाँच हजार ८९६, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले एक हजार ६३२ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ । हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ ।

वडा नम्बर १ को मतपरिणाम आइतबारनै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय हुनुभएको छ ।

केही समयभित्र वडा दुईको पनि मतपरिणाम सार्वजनिक गरिने काठमाडौँ जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । कामपामा हालसम्म १४ हजार ७७८ मत गणना भएको जनाइएको छ ।

चट्याङले झापामा युवाको मृत्यु

काठमाडौं – आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर हल्दिबारी गाउँपालिका–२ राइटोल निवासी २६ वर्षीय युवा भेना हास्दाको मृत्यु भएको छ ।

उहाँलाई राति घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताउनुभयो ।

इन्डोनेसियाको पूर्वी जाभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु-सयौं घाइते

काठमाडौं – इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको टोल रोडमा सोमबार भएको बस दुर्घटनामा १३ जनाको मृत्यु हुनाको साथै अन्य दर्जनौं घाइते भएको डा वाहिदिन सुदिरोहुसोडो अस्पतालको आपतकालीन इकाईमा कार्यरत चिकित्सक मुहम्मद बायु एस.डी.सिन्ह्वालाई फोन मार्फत बताएका छन् ।
घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

धनुषाको ११ वडाको मत परिणाम सार्वजनिक

काठमाडौं – धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक-एक स्थानमा विजयी भएका छन् ।

कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १ र २ सहित मिथिला नगरपालिकाको वडा नम्बर १, धनुषाधाम नगरपालिका नम्बर १, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, सबैला नगरपालिका वडा नम्बर १ र बटेश्वर गाउँपालिका–१ को वडाध्यक्षमा जित हासिल गरेको छ ।

एकीकृत समाजवादीले जनकनन्दनी गाउँपालिका–१ र मिथिला नगरपालिका–१ को वडाध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रले कमला नगरपालिका–१ र तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुरधाम उपमहानगरपालिका–३ को वडाध्यक्ष जितेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–३ को वडाध्यक्षमा तमलोपाका दीपेन्द्रकुमार साह २७६ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवकुमार साह ६११ मत प्राप्त गरी विजयी भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका अशोक कुमार गुप्ताले २९५, एमालेका सन्तोषकुमार साहले १५७ मत प्राप्त गर्नुभएको छ ।

यसअघि जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव (दिपु) विजयी भएको थियो । यस्तै धनुषाको मिथिला नगरपालिका–२ मा एकीकृत समाजवादीका बिहारी महतो एक हजार १२९ मत प्राप्त गरी विजयी भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांंग्रेसका उम्मेदवार मनोजकुमार सिंहले ९९३ मत ल्याउनुभएको छ ।

धनुषाको मिथिला नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७६५ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतो ६५८ मत प्राप्त गर्नुभयो ।

धनुषाको मिथिला –२मा एकीकृत समाजवादीका बिहारी महतो एक हजार १२९ मतका साथ विजयी हुनु भएको निर्वाचन अधिकृत दीपक धितालले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मनोजकुमार सिंहले ९९३ मत प्राप्त गर्नुभयो । धनुषाधाम १ को वडाध्यक्षमा कांग्रेसका विश्वनाथ यादव ६०८ मतका साथ विजयी हुनुभएको छ । धनुषाको मिथिला बिहारी –१ को वडाध्यक्षमा कांग्रेसका रामसोभित दाहा विजयी हुनुभएको छ ।

धनुषाको बटेश्वर गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा पनि कांग्रेसका अशोककुमार महतो ५५२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामअशिष महतोले ३९० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत उद्धव ढोडारीले बताउनुभयो ।

धनुषाको कमला नगरपालिका–१ को वडाध्यक्षमा माओवादीका सर्वदेव यादव निर्वाचित हुनुभएको छ । स्थानीय तह निर्वाचनको जारी मतगणना अनुसार यादवले ९९१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकुमार यादवले ५६५ मत प्राप्त गरेको जनाएको छ ।

त्यस्तै धनुषाको सबैला नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका मिथिलेश साह निर्वाचित हुनुभएको छ । धनुषाको जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा एकीकृत समाजवादीका सन्तोष गोइत निर्वाचित हुनुभएको छ ।

उहाँले ४१२ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिनुभयो ।

स्वतन्त्र उम्मेदवारको अग्रता

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता लिइरहनुभएको छ ।

उहाँले दुई हजार ६३६ मतका साथ अग्रता कायम राखेको छ भने एमालेका उम्मेदवार शिवशङ्कर साह ले एक हजार ४९ मतका साथ उहाँलाई पच्छ्याइरहनुभएको छ ।

यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ६६२ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ४०३ तथा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार जसपाका लालकिशोर साहले ३४२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।

कूल २५ वडा रहेको उपमहानगरपालिको वडा नम्बर १, २ र ३ को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नम्बर ४ को गणना जारी रहेको मुख्य निर्वाचन उहाँले बताउनुभयो ।

माङसेबुङमा एमालेका राई र उपाध्यक्षमा जसपाका नेम्बाङ विजयी

काठमाडौं – जिल्लाको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी हुनुभएको छ ।

गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी हुनुभएको हो । उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी हुनुभएको छ ।

एमालेका राईले तीन हजार ८१८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले तीन हजार ४९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनुभयो । मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार केरुङले १४ मत मात्र पाउनुभयो ।

इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुनुहुन्छ । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी हुनुभएको थियो । पाँच वर्षपछि दुवै नेताबीच दोस्रो पटक आमनेसामने हुनुभएको हो । यसपटक भने राईले विजय हासिल गर्नुभयो ।

राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुनुहुन्छ भने इदिङ्गो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुनुहुन्छ ।

त्यस्तै एमालेकी उम्मेदवार सुनिता सुब्बालाई ६८३ मतान्तरले पराजित गर्दै नेम्वाङ उपाध्यक्ष पदमा विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका नेम्वाङले तीन हजार ७२९ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुब्बाले तीन हजार ४६ मत पाउनुभयो ।

सुब्बा निवर्तमान उपाध्यक्ष हुनुहुन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिस्पर्धी थियो । सो निर्वाचनमा एमालेकी सुब्बा विजयी हुनुभएको थियो ।

माङसेबुङ गाउँपालिकामा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो । वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । १२ हजार ५६८ मतदाता रहेको माङसेबुङमा आठ हजार ३०७ मत खसेको थियो ।

भरतपुरमा एमालेका सुवेदीको अग्रता

काठमाडौं – भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले अग्रता लिनुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसार उहाँले तीन हजार ३४२ मत प्राप्त गर्नुभएको छ । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले तीन हजार ३२७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २०४ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले तीन हजार ७ १६ मत पाउनुभएको छ । उहाँको प्रतिस्पर्धी एमालेसहितको गठबन्धनकी हिमला गुरुङले दुई हजार ६६५ मत पाउनुभएको छ ।

यस्तै हाल गणना भइरहेको वडा नम्बर ३ मा एमालेका विकास थापाले ६७७ र भरत लामिछानेले ४२९ मत पाउनुभएको छ । वडाको गणना जारी रहेको छ । यस वडामा तीन हजार २४४ मत खसेको थियो । यसअघि वडा नम्बर १ र २ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसले विजय हासिल गरेको छ ।

भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीबाहेकका पाँच पालिकामा पाँच दलीय गठवन्धनको अग्रता छ ।

बूढानीलकण्ठमा कांग्रेसको अग्रता

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार विनोद चालिसेले दुई हजार ८७७ मत ल्याई अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मीठाराम अधिकारीले एक हजार ७८० मत प्राप्त गर्नुभएको छ । उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो ।

यस्तै, उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार रमिला वाग्लेले तीन हजार २२१ मत ल्याएर अग्रता लिनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अनिता लामाले तीन हजार १७१ मत प्राप्त गर्नुभएको छ ।

बूढानीलकण्ठ–४ मा कांग्रेसको प्यानल नै विजयी

बूढानीलकण्ठ नगरपालिकाको वडा नं ४ को वडाध्यक्षमा कांग्रेसको प्यानल नै विजयी भएको छ । उक्त वडाको केहीबेर अगाडि सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार श्रीराम केसीेले १२५९ मत ल्याई विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार राजेन्द्र खड्काले ८०२ मत प्राप्त गर्नुभयो ।

यस्तै वडासदस्यमा कांग्रेसका उम्मेदवारद्वय पवन कार्की १२२४ र कृष्ण खत्री ११८५ मत ल्याएर विजयी हुनुभएको छ । यसैगरी महिला सदस्यमा कांग्रेसकी सुमिता खड्काले ११९७ र दलित महिला सदस्यमा कांग्रेसकै मञ्जु परियारले १२३० मत ल्याई विजयी हुनुभएको निर्वाचन अधिकृत भट्टराईले बताउनुभयो ।

कूल ४८ हजार ३०४ मतदाता रहेको बूढानीलकण्ठमा ३४ हजारभन्दा बढी मत खसेको थियो । उक्त नगरपालिकामा १३ वडा छन् ।

नेपाल–भारत वार्ता जलविद्युत्- विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका विषयमा केन्द्रित हुने भएको छ ।

दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीच हुने वार्तामा आपसी हित र चासोका समग्र पक्षमा विचारविमर्श हुनाका साथै व्यापार, पर्यटन, लगानी, जनस्तरको सम्पर्क एवं सम्बन्ध अभिवृद्धिबारे पनि छलफल हुनेछ ।

वार्तामा शिक्षा तथा स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणका निम्ति विकास सहायता, व्यापार सहजीकरण, पारस्परिक हित, सहकार्य र साझेदारी प्रवद्र्धनलाई प्रमुख रुपमा उठाइने परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले राससलाई बताए ।

गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यस क्रममा भएका सहमति, तिनको समीक्षा एवं शीघ्र कार्यान्वयका निम्ति अवलम्बन गर्नुपर्ने उपायबारे विचार आदानप्रदान हुने भारतका लागि नेपाली राजदूत शङ्करप्रसाद शर्माले राससलाई बताउनुभयो ।

शिक्षा, तालिम, सम्पर्क सञ्जाल विस्तार तथा सांस्कृतिक क्षेत्रमा साझेदारी बढाउने विषय नै वार्तामा प्राथमिकता साथ उठ्ने मैलै ठानेको छु”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा गृह, परराष्ट, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, मुख्यसचिव, परराष्ट्र सचिव, राजदूत शर्मालगायत रहनुहुनेछ भने प्रधानमन्त्री मोदी नेतृत्वको प्रमण्डलमा परराष्ट्र सचिव, परराष्ट्र मन्त्रालयका सहसचिवहरु र काठमाडौँस्थित भारतीय दूतावासका कार्यबाहक राजदूत नाम्ग्या खम्पा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पर्वतका २४ वडाको मतपरिणाम सार्वजनिक

काठमाडौं – पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ ।

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदानपछि शनिबारदेखि सातवटै पालिकामा मतगणना सुरु गरिएको हो । जिल्लामा हालसम्म २४ वडाको मतपरिणाम सार्वजनिक भएको छ । ती मध्ये १८ वडामा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ भने छ वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

परिणाम सार्वजनिक भएका २६ वडामध्ये जिल्लाको जलजला गाउँपालिकाको वडा नं १, २, ३ ४ र ५ वडामा एमालेका उमेदवार विजयी भएका छन भने वडा नं ६ मा कांग्रेस विजयी भएको छ ।

यस्तै पैंयु गाउँपालिकामा चार वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये पैंयु १ मा कांग्रेसका उमेदवार विजयी भएका छन् भने वडा नं २, ३ र ५ मा एमाले विजयी भएको छ ।

महाशिला गाउँपालिकामा चार वडाको मत परिणाम सार्वजनिक हुँदा चारै वडामा एमाले विजयी भएको छ । महाशिलाका १,२ र ३, ४ नम्बर वडामा एमालेका उम्मेदवार प्यानलैसहित विजयी भएका हुन् । बिहादी गाउँपालिकाको दुई वडाको मत परिणाम सार्वजनिक हुँदा वडा नं १ मा एमालेका उम्मेदवार चित्रबहादुर गुरुङ र वडा नं २ मा कांग्रेसका उम्मेदवार गणेश पौडेल विजयी भएका छन् ।

फलेवास नगरपालिकामा चार वडाको मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये एमालेले दुई वडामा विजय हासिल गरेको छ भने दुई वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । फलेवासको वडा नं १ र १० मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नं २ र ११ मा एमालेका उम्मेदवारले बाजी मार्न सफल भएका छन् । वडा नं ११ मा ३६ वर्षपछि एमाले विजयी भएको हो ।

यसैगरी मोदी गाउँपालिकामा १ र २ र ३ वडाको मत सार्वजनिक भएको छ । तीनैवटा वडामा एमालेका उम्मेदवार विजयी भएका हुन अहिले वडा नंं ४ को गणना जारी रहेको छ । कुस्मा नगरपालिकामा वडा नं १ र १४ मा कांग्रेस विजयी भएको छ । अहिले वडा नं २, ३ र १३ को मतगणना जारी रहेको छ । कुश्मामा कांग्रेसको अग्रता कायमै छ ।

तनहुँमा २५ वडाको नतिजा सार्वजनिक:यस्तो छ नतिजा

काठमाडौं – स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ ।
नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ ।
तीमध्ये नेपाली कांग्रेसले ११, नेकपा (एमाले) ले दश र नेकपा (माओवादी केन्द्र )ले तीन वडामा विजय हासिल गरेको छ ।

भिमाद –१ मा कांग्रेसका आले विजयी

भिमाद नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका दीपक आले एक हजार ५९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार वडासदस्यमा भने एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

एमालेबाट महिला वडासदस्यले एक हजार ९६, दलित महिला वडासदस्यले एक हजार ७८, वडा सदस्यले एक हजार ७२ र एक हजार एक सय दुई मत प्राप्त गरी विजयी हुनुभएको शर्माले जानकारी दिनुभयो । कांग्रेसबाट महिला वडासदस्यले नौ सय ४०, दलित महिला सदस्यले नौ सय ३६, वडा सदस्यले आठ सय ८० र आठ सय ८० मत प्राप्त गर्नुभएको छ ।

म्याग्दे–२ मा कांग्रेसका क्षेत्री विजयी

म्याग्दे गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेसका शिवबहादुर क्षेत्रीले आठ सय ८९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गर्नुभयो । सदस्यमा कांग्रेसका रमेश क्षेत्री ८९४, एमालेका महेन्दबहादुर रानाभाट ८३५, महिला सदस्यमा कांग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा कांग्रेसकै कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

म्याग्दे–४ मा कांग्रेसको प्यानल विजयी

म्याग्दे गाउँपालिका–४ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा दीपककुमार श्रेष्ठ एक हजार ३८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।प्रतिस्पर्धी एमालेका ज्योतिकुमार श्रेष्ठले तीन सय ३२ मत प्राप्त गर्नुभयो । खुला सदस्यमा डोलबहादुर सुनारले आठ सय १२, बमबहादुर मस्राङ्गीले सात सय ९७, महिला सदस्यमा बद्रीका भट्टराईले नौ सय २५ र दलित महिला सदस्यमा श्रीमाया नेपालीले नौ सय आठ मत प्राप्त गर्नुभएको छ ।

ऋषिङ–२ मा कांग्रेसको प्यानल विजयी

तनहुँको ऋषिङ गाउँपालिका–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवार दलबहादुर थापा चार सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी एमालेका टेकबहादुर थापाले तीन सय ४९ मत प्राप्त गर्नुभयो ।

महिला वडासदस्यमा कांग्रेसका पानकुमारी खाँणले चार सय ६७, दलित महिला वडासदस्यमा जमुना माया दमैले चार सय ४९, सदस्यमा देविनबहादुर शाहीले चार सय ४८ र पहलसिं सारुले चार सय ५५ मत प्राप्त गर्नुभएको छ ।

ऋषिङ–३ मा कांग्रेसको प्यानल विजयी

ऋषिङ गाउँपालिका–३ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भीमबहादुर थापा आठ सय आठ मत प्राप्त गरी विजयी हुनुभएको हो ।प्रतिस्पर्धी एमालेका बेलबहादुर आलेले दुई सय ३६ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा कमला थापाले आठ सय आठ, दलित सदस्य कविता घलेले आठ सय आठ, खुल्ला सदस्यले केशबहादुर आलेले आठ सय दश र मीनबहादुर थापा मगरले सात सय ७२ मत प्राप्त गर्नुभएको छ ।

घिरिङ–१ मा कांग्रेसको प्यानल विजयी

घिरिङ गाउँपालिका–१ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा रविचन्द्र घोरासैनी एक हजार एक सय २८ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले नौ सय १२ मत प्राप्त गर्नुभयो ।

महिला वडासदस्यमा कांग्रेसका मीना आलेले एक हजार एक सय नौ, दलित महिला सदस्यमा लक्ष्मी सुनारले एक हजार ९०, खुला सदस्यमा जगतबहादुर कुमालले एक हजार २६ र माधव चन्दले एक हजार ६२ मत प्राप्त गर्नुभएको छ ।

शुक्लागण्डकी–१ मा कांग्रेसको प्यानल विजयी

शुक्लागण्डकी नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका रविचन्द्र पौडेलले एक हजार एक सय १३ मत प्राप्त विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका रघुनाथ पौडेलले आठ सय ४२ मत प्राप्त गर्नुभयो ।

खुला वडासदस्यमा कांग्रेसका मोहम्मद जब्बर मियाँ एक हजार ५९, कृष्णबहादुर गुरुङ एक हजार ७९, दलित महिला सदस्यमा विष्णुमाया विश्वकर्मा एक हजार एक सय दश र खुला महिला सदस्यमा लक्ष्मीदेवी भण्डारी एक हजार एक सय तीन मत प्राप्त गरी विजयी हुनुभएको छ ।

शुक्लागण्डकी–२ मा वडाध्यक्षमा कांग्रेस विजयी

शुक्लागण्डकी नगरपालिका–२ को वडाध्यक्षमा कांग्रेसका सुमनबहादुर रानाले नौ सय २५ मत विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका तीर्थराज खनालले आठ सय ६६ मत प्राप्त गर्नुभयो । वडा सदस्यमा भने सबै एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

शुक्लागण्डकी–३ मा कांग्रेसको प्यानल विजयी

शुक्लागण्डकी नगरपालिका–३ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा सचिन भुजेल आठ सय पाँच मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका राजन रिमालले चार सय ८० मत प्राप्त गर्नुभयो ।

खुला वडासदस्य विजय श्रेष्ठले छ सय २९, केशरबहादुर थापामगरले सात सय पाँच, महिला वडा सदस्य उमादेवी सुवेदीले सात सय १२ र दलित महिला वडासदस्यमा लक्ष्मी सुनारले सात सय सात मत प्राप्त गर्नुभयो ।

शुक्लागण्डकी–४ मा कांग्रेसको प्यानल विजयी

शुक्लागण्डकी नगरपालिका–४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । शुक्लागण्डकी नगरपालिकाको राजधानी मानिने दुलेगौडामा एमालेको उम्मेदवारलाई पराजित गर्दै कांग्रेसले आफ्नो विरासत कायम राखेको छ ।

कांग्रेसका राजकुमार वाग्लेले सात सय ७८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका विष्णुबहादुर रानाले छ सय ४८ मत प्राप्त गर्नुभयो ।

खुला वडा सदस्यतर्फ मदन श्रेष्ठ सात सय ८२ र महिप ज्वारचनले सात सय ७९ मत प्राप्त गरी विजयी हुनुभयो । महिला सदस्यमा मीठुमाया थापा मगर सात सय ९९, दलित महिला सदस्य मिना रोका सुनारले सात सय ८७ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

देवघाट–२ मा कांग्रेसको प्यानल विजयी

देवघाट गाउँपालिका–२ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा मीनबहादुर राना आठ सय ५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका हीराबहादुर थापा मगरले छ सय ७५ मत प्राप्त गर्नुभयो ।

महिला सदस्यमा हुममाया खाँणले आठ सय २०, दलित महिला सदस्यमा बालकुमारी परियारले सात सय छ, खुल्ला सदस्यमा पोलबहादुर आलेले सात सय ८६ र यामबहादुर मगरले आठ सय १८ मत प्राप्त गर्नुभएको छ ।

एमालेले जितेका वडा
म्याग्दे–१ मा एमालेका वाग्ले विजयी

म्याग्दे –१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्लेले छ सय ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका विनोद खनालले पाँच सय ३६ मत प्राप्त गर्नुभयो । स्वतन्त्र अध्यक्ष उम्मेदवार विष्णुबहादुर थापाले दुई सय ८१ मत प्राप्त गर्नुभयो ।

खुला सदस्यमा कांग्रेसका मीनबहादुर थापा छ सय ३८, नेकपा एमालेका मीनबहादुर गुरुङ छ सय आठ, महिला सदस्यमा नेकपा एमालेका राममाया खडुल मगर सात सय १४ र दलित महिला सदस्यमा एमालेका केशरी सुनार छ सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

म्याग्दे–३ को वडाध्यक्षमा एमाले विजयी

म्याग्दे–३ को वडाध्यक्षमा एमालेका टुकराज अधिकारीले ६ सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका बलराम भट्टराईले पाँच सय ८७ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादीका लेखराज लामिछानेले ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा एक हजार तीन सय ३० मत खसेको थियो ।

यसैगरी खुल्ला सदस्यमा कांग्रेसका बालचन्द्र घिमिरेले पाँच सय ८८, एमालेका प्रकाश घिमिरेले पाँच सय ७८, महिला सदस्यमा कांग्रेसका जानकी थापा पाँच सय ६३ र दलित महिला सदस्यमा एमालेका सुनिता नेपाली सात सय दश मत प्राप्त गरी विजयी हुनुभएको छ ।

बन्दीपुर–१ को वडाध्यक्षमा एमाले विजयी

बन्दीपुर गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका शिवकुमार श्रेष्ठले नौ सय नौ मत प्राप्त गरी विजयी हुनुभएको छ । एमालेले अध्यक्ष र दुई वडा सदस्य समेत जितेको छ ।

प्रतिस्पर्धी माओवादीका भानुभक्त पोख्रेलले छ सय ८१ मत प्राप्त गर्नुभयो । कांग्रेसका इमनाथ खनालले छ सय ७६ मत प्राप्त गर्नुभयो ।

महिला वडा सदस्यमा एमालेका रोशन बराकोटी सात सय ९४, खुल्ला सदस्यमा एमालेकै डिलबहादुर रानाले सात सय २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । दलित महिला सदस्यमा नमाओवादीका कोशिला परियार विकले सात सय ५४ र खुल्ला सदस्यमा माओवादीकै प्रेमबहादुर शाहीले सात सय ४६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

बन्दीपुर–४ मा एमालेको प्यानल विजयी

बन्दिपुर–४ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका दानबहादुर थापा सात सय ४० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका सीता थापाले चार सय ६४ मत प्राप्त गर्नुभयो । सदस्यहरूमा एमालेका रवि श्रेष्ठ सात सय एक, भिम घले छ सय ४५, महिला सदस्यमा ममता राना छ सय ७७ र दलित महिला सदस्यमा भगवती सुनारले छ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

घिरिङ–२ मा एमालेको प्यानल विजयी

घिरिङ गाउँपालिका–२ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेकै सनम थापा एक हजार १२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले नौ सय ६३, खुला सदस्यमा आशबहादुर थापाले नौ सय ६० र धनबहादुर रानाले नौ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

देवघाट–१ मा एमालेको प्यानल विजयी

देवघाट –१ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका मनिराज गुरुङ आठ सय ९८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका मुक्तिलाल थापा मगरले छ सय ३४ मत प्राप्त गर्नुभयो ।

खुला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले आठ सय ८१, सुन्दर भुजेलले आठ सय ६३, महिला सदस्यमा मनमाया गुरुङले आठ सय ८४ र दलित महिला सदस्यमा नानुमाया विकले आठ सय ९५ मत प्राप्त गरी विजयी हुनुभयो ।

देवघाट–४ मा एमालेको प्यानल विजयी

देवघाट –४ को वडाध्यक्षमा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका मित्रलाल गुरुङ चार सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर गुरुङले तीन सय ६७ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेका पुनमाया गुरुङले चार सय २२, दलित महिला सदस्यमा सपना सुनारले चार सय १६, खुल्ला सदस्यमा बुद्धिमान भुजेलले तीन सय ९३ र शुकबहादुर थापा मगरले चार सय २४ मत प्राप्त गर्नुभएको छ ।

भिमाद–३ मा एमालेको प्यानल विजयी

भिमाद नगरपालिका–३ मा एमालेको प्यानल विजयी भएको छ । एमालेले वडाध्यक्ष सहित सदस्य जितेको हो । पदमबहादुर सेन ठकुरी छ सय ३१ मत प्राप्त गरी विजय हुनुभएको छ । निकटतम प्रतिस्पर्धी कांग्रेसका धनबहादुर थापाले पाँच सय चार मत प्राप्त गर्नुभयो ।

महिला वडासदस्यमा एमालेका उमा कुमालले ५९३, दलित महिला सदस्यमा एमालेकै सुमित्रा विकले पाँच सय ९०, खुल्ला सदस्यमा नारायण आलेले पाँच सय ७७ र वसन्तसिंह ठकुरीले पाँच सय ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भिमाद–२ मा एमालेको प्यानल विजयी

जिल्लाको भिमाद –२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका दिनेशकुमार थापाले एक हजार पाँच सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी कांग्रेसका भीमबहादुर थापाले छ सय ५६ मत प्राप्त गर्नुभयो ।

खुला सदस्यमा मेखबहादुर थापाले एक हजार तीन सय ४१, प्रेम रानाले एक हजार तीन सय ९८, दलित महिला सदस्य सुष्मा नेपालीले एक हजार चार सय ७१ र महिला सदस्य स्यानीमाया थापाले एक हजार चार सय ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

भानु–२ मा एमालेका त्रिपाठी

भानु –२ को वडाध्यक्षमा तीन मत अन्तरले एमालेका केशवराज त्रिपाठी विजयी हुनुभएको छ । उहाँले ६२२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी कांग्रेसका नवीनराज दाहालले ६१९ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेकै मीनाकुमारी श्रेष्ठ छ सय ३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । महिला सदस्यमा बराबर भएपछि लक्की ड्रबाट उहाँ गोलाप्रथाबाट विजयी हुनुभएको हो ।

दलित महिला सदस्यमा कांग्रेसका चनमाया बसेल छ सय ३८, खुला सदस्यमा कांग्रेसकै तुलबहादुर गुरुङ छ सय २४ र विवेक श्रेष्ठ छ सय २९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

माओवादीले जितेका वडा
आँबु–१ मा माओवादीको प्यानल विजयी

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ को वडाध्यक्ष सहित सदस्यमा माओवादीको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा न माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ आठ सय ५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी कांग्रेसका किसन थापाले चार सय १५ मत प्राप्त गर्नुभयो ।

सदस्यमा माओवादीकै हरिबहादुर गुरुङले सात सय ५२, कुमारबहादुर मगरले सात सय ४८, महिला सदस्यमा माओवादीकै बसुन्धरा गौलीले सात सय ५२ र दलित महिला सदस्यमा माओवादीकै सुशीला नेपालीले आठ सय आठ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

ऋषिङ–१ को अध्यक्षमा थापा

ऋषिङ गाउँपालिका–१ को वडाध्यक्षमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कुश थापा विजयी हुनुभएको छ । एमाले र माओवादीको गठबन्धनका तर्फबाट अध्यक्ष उम्मेदवार थापा पाँच मतान्तरले विजयी हुनुभएको हो ।

थापाले आठ सय ३१ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली खिमबहादुर थापाले आठ सय २६ मत प्राप्त गर्नुभयो । चार वडासदस्य भने कांग्रेसले जितेको छ । महिला सदस्यमा सविना रानाले आठ सय ४६, दलित महिला सदस्यमा आशा नेपालीले आठ सय ५८, खुला सदस्यमा धनबहादुर आलेले आठ सय ३३ र भीमबहादुर थापाले सात सय ८१ मत प्राप्त गर्नुभयो ।

आँबुखैरेनी–२ मा माओवादीको प्यानल विजयी

तनहुँको आँबुखैरेनी–२ मा माओवादीले प्यानलसहित जित हासिल पारेको छ । वडा नम्बर २ को अध्यक्षमा माओवादीका आशबहादुर गुरुङ विजयी हुनुभएको छ ।

उहाँले छ सय ६७ मत प्राप्त गर्नुभएको छ । २९ वर्षीय गुरुङ तनहुँमा हालसम्म सार्वजनिक मतपरिणाम अनुसार सबैभन्दा कान्छा वडाध्यक्ष बन्नुभएको छ । प्रतिस्पर्धी कांग्रेसका सरोज पन्तले चार सय ३५ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्यमा माओवादी केन्द्रका टङ्ककुमारी सिंजाली मगरले सात सय तीन, दलित महिला सदस्यमा सम्झना सुनारले सात सय ११, खुला सदस्यमा कमलबहादुर मगरले छ सय ५८ र वासुदेव थापाले छ सय ५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

भानु–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

भानु नगरपालिका–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी हुनुभएको छ । पाँच सय २१ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो । प्रतिस्पर्धी कांग्रेसका रामबहादुर बानियाँले चार सय ६५ र स्वतन्त्र उम्मेदवार सीताराम बानियाँले दुई सय दश मत प्राप्त गर्नुभएको छ ।

वडासदस्यमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा सकिना खातुनले छ सय ७९, दलित महिला सदस्यमा शान्ता मौरातीले छ सय ३६, खुला सदस्यमा चन्द्रविवश गुरुङले छ सय ५३ र भीमसेन अधिकारीले पाँच सय ७५ मत प्राप्त गर्नुभएको छ ।