आज यी चार प्रदेशमा वर्षाको सम्भावान

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमकोे प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
हाल प्रदेश नं १मा सामान्य बदली रही मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ। प्रदेश नं १ एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।

आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुका साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम समान्यता सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानहरुका साथै बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

काठमाडौँ महानगर अपडेट : एक हजार ३९० मतले बालेन्द्र अगाडि

काठमाडौं – काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह एक हजार ३९० मतान्तरसहित अगाडि रहनुभएको छ । आज अपराह्न ४ बजे सार्वजनिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले दुई हजार ८२८ मत प्राप्त गर्दा नेकपा (एमाले)का केशव स्थापितले एक हजार ४३८ मत पाउनुभएको छ ।

नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ३४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार ८८४, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ८२३ र राप्रपाका बिनिता मगैयाले ६७० मत प्राप्त गर्नुभएको छ । कामपा वडा नं १, २, ३, ४, ३२ र ३१ को मतगणना भइरहेको छ ।

महानगरमा ३२ वडा रहेको छ । शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो । तीन लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा करिब एक लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

धनुषामा नौवटा वडाको मतपरिणाम सार्वजनिक

काठमाडौं – धनुषामा अहिलेसम्म विभिन्न पालिकाका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा कांग्रेसका देवु यादव र २ मा शिव साह विजयी भएका छन् ।
जसअनुसार कांग्रेसले पाँचवटा वडामा जित हात पारेको छ ।

एमालेले दुईवटा वडा जितेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक(एक वडा जितेका छन् ।
बटेश्वर गाउँपालिका(१ मा कांग्रेसकै अशोककुमार महतो र मिथिला नगरपालिकामा वडाध्यक्षका उम्मेदवार जोगी महतो तथा नगराईन नगरपालिका–१ मा सीताराम महतोले चुनाव जितेका छन् ।

एमालेबाट लक्ष्मीनियाँ गाउँपालिका–१ मा दिलीपकुमार यादव र २ मा लालजी यादव विजयी भएका छन् । एकीकृत समाजवादीबाट जनकनन्दनी गाउँपालिका–१ मा सन्तोष गोइत विजयी भएका छन् ।

माओवादी केन्द्रले कमला नगरपालिका–१ मा जित हात पारेको छ । जसपाका उम्मेदवारलाई पराजित गर्दै केन्द्रका सर्वदेव यादव विजयी भएका हुन् । जसपाबाट रामदेव कापर हंशपुर नगरपालिका–१ मा विजयी भएका हुन् ।

चाँगुनारायण–१ मा कांग्रेस प्यानल विजयी

काठमाडौं – चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ ।

वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिनुभयो । त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी हुनुभएको छ ।

काठमाडौंमा फेरि थुप्रियो फोहोर

काठमाडौं – काठकाडौं उपत्यकाको विभिन्न ठाँउमा फोहर एतिकै थुप्रियेको छ ।
काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।
फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ ।

चुनावको बैला सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रीत भइरहँदा काठमाडौंमा फोहोर उठाउने तर्फ भने कसैले ध्यान नदिएको हो कि भन्ने आभास हुन थालेको सर्वसाधारण बताउँछ ।

मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ : आयोग

काठमाडौं – निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ ।

अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मतगणनाकार्यमा ढिलाई गर्ने गरिएका प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

मत गणनाका क्रममा देखिएको गतिविधिबाट पूर्वयोजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर पुगेकोे आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गरेर मतगणनालाई तीव्र बनाउन आग्रह गर्नुभएको हो ।

उपलब्ध भएसम्म नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउने तथा स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्ने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ ।

कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता

काठमाडौं – स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशरत्न बज्राचार्यले एक हजार ६०५ प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले दुई हजार ४१५ प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले दुई हजार ३०३ मत प्राप्त गर्नुभएको छ । दश वडा रहेको उक्त नगरपालिका–१ मा कांग्रेसका हिरालाल महर्जनले ७७८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ५८२ मत प्राप्त गर्नुभयो ।

वडा नं २ मा कांग्रेसका रुपेश महर्जनले ८८६ मत प्राप्त गरेर विजयी हुनुभएको छ उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका रमेशमान डङ्गोलले ६९७ मत प्राप्त गर्नुभयो । वडा नं ३ मा कांग्रेसका सुविन्द्र महर्जनले ९८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी एमालेका राजेन्द्र महर्जनले ८२२ मत प्राप्त गर्नुभयो ।

अन्य वडाको मतगणना जारी छ । कुल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो ।

पुर्नवास नगरपालिका १० मा स्थगित निर्वाचन जेठ ३ गते हुने

काठमाडौं – कञ्चनपुरको पुर्नवास नगरपालिका–१० विजय माध्यमिक विद्यालयस्थित तीन वटा मतदान केन्द्रको स्थगित निर्वाचन जेठ ३ गते हुने भएको छ । निर्वाचन अधिकृत किरण जोशीका अनुसार मतदान केन्द्र क, ख र ग मा स्थगित मतदान उक्त दिन हुने भएको हो ।

मतदानको समय विहान ०७ बजेदेखि साँझ ५ बजेसम्मका लागि निर्धारण गरिएको छ । वैशाख ३० गते मतदान सुरु भइसकेपछि फर्जी मतको विषयमा राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि निर्वाचन प्रकृया अवरुद्ध भएको थियो ।

भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्दै हुनुहुन्छ ।

प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत हुनुहुन्छ ।

प्रधानमन्त्री मोदीलाई अन्तरराष्ट्रिय वौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी धर्मपत्नी डा आरजु राणा देउवा, मन्त्रिपरिषद्का सदस्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, काठमाडौँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत नाम्या खम्पालगायतले स्वागत गर्ने कार्यक्रम छ । भोलि नै दुबै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ ।

रोल्पामा २० माओवादी केन्द्र- पाँच कांग्रेस- चार एमाले र एक स्वतन्त्र विजयी

काठमाडौं – रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ ।

अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २०मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । बहत्तर वडा रहेको रोल्पामा २० वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।

नेकपा माओवादी केन्द्र विजयी भएका वडाहरु

रोल्पा नगरपालिका–१ मा खुमबहादुर थापा वडा नं २ मा प्रकाश डाँगी, वडा नं ४ मा मित्रलाल गुरुङ र वडा नं ५ मा टोपबहादुर नेपाली वडा नंं ६ मा तुलबहादुर घर्तीमगर माओवादीबाट विजयी हुुनुभएको हो ।

सुनिलस्मृति गाउँपालिका–१ मा गोवद्र्धन कँवर र वडा नंं ३ मा दुर्गाहबहादुर विष्ट लुङ्ग्री गाउँपालिका–७ मा हीराबहादुर पुन र वडा नं ६ मा जोखबहादुर बुढाथोकी वडा नंं ५ मा रिकबहादुर रोका विजयी हुनुभएको छ ।

थवाङ गाउँपालिका–ं ५ मा गोवद्र्धन घर्तीमगर र वडा नंं ३ मा जनक बुढामगर वडा नंं २ मा अविलासा रोकामगर विजयी हुनुभएको छ । परिवर्तन गाउँपालिका वडा नंं १ मा मैते बुढामगर र वडा नंं २ मा हरिप्रसाद घर्तीमगर विजयी हुनुभएको छ ।
त्रिवेणी गाउँपालिका–१ मा देउराम घर्तीमगर, रुन्टीगढी गाउँपालिका–ं २ मा भिउलाल पुन, माडी गाउँपालिका– १ मा रोहित सिंह घर्तीमगर र वडा नंं २ मा ललित घर्तीमगर विजयी हुनुभएको छ । सुनछहरी गाउँपालिका–१ मा धर्मेन्द्र रोकामगर र वडा नं २ मा कृष्णबहादुर बुढामगर विजयी हुनुभएको छ ।

नेपाली कांग्रेस विजयी भएका वडा

नेपाली कांग्रेसबाट गङ्गादेव गाउँपालिका– १, २ र ७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा अमृतबहादुर वली, वडा नं २ मा अमरबहादुर थापा, वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी हुनुभएको हो । रोल्पा नगरपालिका–३ मा राजकुमार पुरी र रुन्टीगढी गाउँपालिका–१ मा थमबहादुर घर्तीमगर विजयी हुनुभएको छ ।

नेकपा एमाले विजयी भएका वडा
नेकपा एमालेबाट थवाङ गाउँपालिका– ४ हिकमत घर्तीमगर विजयी हुनुभएको छ । यसैगरी त्रिवेणी गाउँपालिका– २ कविराज बुढामगर र गङ्गादेव गाउँपालिका– ६ बाट वीरबहादुर वली र रुन्टीगढी गाउँपालिका–३ गणेश गिरी विजयी हुनुभएको छ ।

स्वतन्त्र विजयी भएका वडा

रोल्पाको सुनिलस्मृति गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार नेत्रबहादुर गिरी विजयी हुनुभएको छ । गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमासमेत स्वतन्त्र उम्मेदवारी दिई विजयी हुनुभएको थियो ।

सिल गरिको मतपेटिका टाउँकोमाथि बोकेर स्थानीय खेतै खेत भागे….

काठमाडौं – रौतहटको यमुनामाई गाउँपालिका वडा नं २ भिडियाहीमा बैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचनको मतदान सकिएपछि सिल गरिएको मटपेटिका स्थानीयले लुटेका छन् ।

सिल गरिको मतपेटिका टाउँकोमाथि बोकेर स्थानीय खेतै खेत भागेका हुन् । मतदान सकिएपछि लुटिएको मतपेटिकाबारे स्थानीयले प्रशासनलाई खबर गरिएको छ । यो फोटो सामाजिक सञ्जालनमा भाइरल भइको छ ।

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

काठमाडौंं – काठमाडौ‌ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ ।
आज अपराह्न १ बजे सर्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एमाले)का केशव स्थापितले एक हजार १९९ र नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले २४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २३३ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार २३२, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ६४७ र राप्रपाका बिनिता मगैयाले ५४० मत प्राप्त गर्नुभएको छ । कामपा वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

मतगणनामा ढिलाइ कारण आलोचना हुन थालेपछि निर्वाचन कार्यालयले गणना केन्द्र थप गरेको छ । कार्यालयले एक केन्द्र थप गरी विभिन्न छ स्थानबाट मतगणना गर्न थालेको छ ।

कामपा वडा नं ३१ को गणना शुरु गरिएको छ । वडा नं ३२, १, २, ३ र ४ को गणना अन्तिम चरणमा रहेको र छिट्टै विजेता घोषणा गरिने कार्यालयले जनाएको छ ।

मकवानपुरमा मतगणना जारी

काठमाडौं – मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाको मतगणना कार्य जारी छ ।

हेटौँडा उपमहानगरपालिकाको १, २, १८ र १९ नं वडाको मतगणना अन्तिम चरणमा पुगेको छ भने थाहा नगरपालिकाको एक वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार हालसम्म मकवानपुरको १९ वडाको मतगणना पूर्णरुपमा सम्पन्न भइसकेको छ । तीमध्ये आठ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने ७ वडामा माओवादी केन्द्रले जित हात पारेको छ । त्यस्तै ४ वटा वडामा नेकपा एमालेले नेतृत्व लिन सफल भएको छ ।

कांग्रेसबाट भीमफेदी गाउँपालिका वडा नं १ मा सोमबहादुर स्याङ्तान, कैलाश गाउँपालिका वडा नं १ मा तेजबहादुर ब्लोन, कैलाश गाउँपालिका वडा नं २ मा राजेन्द्र तामाङ घिसिङ, मनहरि गाउँपालिका वडा नं १ मा शिवप्रसाद खनाल, मकवानपुरगढी गाउँपालिका वडा नं १ मा आइत सिंह लो, मकवानपुरगढी– ८ मा कुमार घिसिङ, इन्द्रसरोबर गाउँपालिका १ र २ मा क्रमशः सुवास थापा र सुमन श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट भीमफेदी–३ मा पृतिलाल लामा, थाहा नगरपालिका–१ मा हेरमान गोपाली, थाहा–२ मा बमबहादुर सिङतान, बकैया–१ मा आषिश तितुङ, बकैया–२ मा विश्वराज स्याङतान, मनहरी–२ मा राजकुमार पाख्रीन र बागमती–१ मा यहुन्ना राई निर्वाचित हुनुभएको छ ।

त्यसैगरी नेकपा एमालेको तर्फबाट भीमफेदी–२ मा काशीराम बज्यु, भीमफेदी–४ मा सागर पाण्डे, कैलाश–१० मा सूर्यबहादुर ब्लोन र राक्सिराङ–१ मा बाबीराम मुक्तान निर्वाचित हुनुभएको छ । सबै पालिकामा अहिले मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता गर्न अखिलको आग्रह- नभए देशभर आन्दोलनको चेतावनी

काठमाडौं – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले सरकारले गरेको पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध देशभर आन्दोलन गर्न अनेरास्ववियुका मातहतका कमिटीलाई निर्देशन दिएकी छन् ।

सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । सरकारको सोही कदमको विरुद्धमा अनेरास्ववियुले कडा शब्दमा आपत्ति जनाउँदै तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फितामात्र नभइ अन्य दैनिक उपभोग्य वस्तु वा पदार्थमा समेत चरम मूल्यवृद्धि हुँदा समेत सरकार कानमा तेल हालेर बसेको भन्दै अध्यक्ष बरालले तत्काल मूल्यवृद्धि फिर्ता तथा नियन्त्रणमा नलिए आन्दोलन गर्ने चेतावनीसमेत दिएकी छन् ।

आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू

काठमाडौं- आजदेखि सातामा दुईदिन सरकारी बिदा लागू भएको छ ।
जेठको सुरुवात १ गते देखि सरकारले शनिबार र आइतबार दुईदिन बिदा दिएसँगै यसै वर्ष १ सय २९ दिन छुट्टी मनाउन पाइने भएको छ । यसमाथि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएपछि छुट्टीको दिन बढेको छ । ३६५ दिनमध्ये यस वर्ष ४४ दिन आइतबार परेको छ ।

सार्वजनिक बिदा परेको दिन घटाउँदा यसवर्ष ४८ दिन शनिबारको बिदा हुनेछ । सार्वजनिक बिदा परेको दिन घटाउँदा ४४ दिन आइतबारको बिदा र थप ३७ दिन सार्वजनिक बिदा हुनेछ ।

हप्ताको दुई दिन बिदा लागू भएसँगै जेठको सुरुवातीमै लगातार दुई दिन बिदा भएको छ । जसमा जेठ १ गते आइतबार नयाँ लागू भएको आइतबारे बिदा र २ गते बुद्ध जयन्तीको बिदा रहेको छ ।