मनोविज्ञानसम्बन्धी पुस्तक प्रकाशन

काठमाडौं – नेपाली मनोविज्ञानमा समसामयिक अनुसन्धान र मनोविज्ञानमा समसामयिक अभ्यास समेटेर ‘नेप्लिज साइकोलोजी स् पहिलो खण्ड’ प्रकाशनमा ल्याइएको छ । नेपाली सन्दर्भमा मनोविज्ञान र सम्बद्ध विज्ञानका अनुसन्धान, अभ्यास र शैक्षिक पक्षमा रुचि राख्नेलाई लक्षित गरी त्रिवि केन्द्रीय मनोविज्ञान विभागले सो पुस्तक प्रकाशन गरेको हो ।

यस पुस्तकमा नेपाली मनोविज्ञानमा समसामयिक अनुसन्धान, नेपाली मनोविज्ञानमा समसामयिक अभ्यास र नेपाली मनोविज्ञानमा व्यक्ति र व्यक्तित्व गरी चार वटा खण्डमा नेपाली मनोविज्ञानको इतिहास, उन्नति र विकासकालगायतका गरी २३ वटा लेखलाई विभाजित गरिएको छ ।

पुस्तक विमोचन गर्दै विभागको प्रमुख प्रा डा नन्दिता शर्माले मनोविज्ञानको इतिहास, विकास, उन्नति, समसामयिक अनुसन्धान र अभ्यासलाई बाहिर ल्याउन पुस्तक उपयोगी रहेको बताउनुभयो ।

उहाँले यस पुस्तक मनोविज्ञान क्षेत्रमा कोशेढुङ्गा भएको बताउँदै नेपाली सेरोफेरोमा रहेर र हाम्रै सभ्यता र संस्कृतिलाई मध्यनजर गरी नेपाली मनोविज्ञानको उजागर र व्याख्या हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

पुस्तकका सम्पादक डा युवराज अधिकारीले नेपालको मनोविज्ञानको विगत, वर्तमान र भविष्यको दस्ताविजीकरण र विदेशीको मात्रै भर नपरी नेपाली अध्ययनकर्ता आफैँले ज्ञाान प्रतिपादन गर्ने एक अभियानका रुपमा लिन सकिने बताउनुभयो ।

सो अवसरमा सेन्ट जेभिएर कलेजका उपप्रधानाध्यापक सुधाकर पन्त, शिक्षण अस्पताल, महाराजगञ्जको भूतपूर्व मनोचिकित्सा विभागका प्रमुख प्राडा विद्यादेव शर्मा, पुस्तकका अर्का सम्पादक सुजेनमान महर्जनले पनि नेपाली मनोविज्ञानको दस्ताविजीकरणमा पुस्तक निकै उपयोगी रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवासहित गठबन्धन दलका शीर्ष नेताले सम्बोधन गर्दै

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताले आज पोखरामा सम्बोधन गर्नुहुने भएको छ ।

पोखराको अमरसिंह चौरमा आयोजना गरिने चुनावी सभालाई कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिनुभयो । चुनावी सभाका लागि पोखराका विभिन्न स्थानबाट दलहरूले र्‍र्‍यालीको तयारी गरेका छन्

सातामा दुई दिन बिदा : बिरामीलाई थप मर्का

काठमाडौँ – आगामी जेठ १ देखि लागू हुने गरी सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारी निर्णयले स्वास्थ्य क्षेत्र प्रभावित हुने भएको छ । स्वास्थ्य क्षेत्रमा बिदाको दिन हाडजोर्नी, नसा, डेन्टल, सुत्केरी–गर्भवतीको जाँच, छाला, न्युरो, साइक्याट्रिक, नाक, कान, घाँटीलगायतको ओपीडी सेवा मात्र नभई अप्रेसनमा समेत सोझो असर पर्छ ।

सरकारी ठूला अस्पतालमा चापका कारण पत्थरी, एपेन्डिसाइड, हाडजोर्नी, नसा च्यापिएको, ट्युमरजस्ता नियमित हुने अप्रेसनका लागि बिरामी वर्षौंसम्म कुर्न बाध्य छन् । सातामा दुई दिन बिदा दिने सरकारी निर्णय लागू भएको खण्डमा बिरामीले थप सास्ती खेप्नुपर्नेछ ।

सर्लाहीकी ७५ वर्षीया तिलमाया गौतमको ट्रमा सेन्टरमा १४ दिनअघि खुट्टाको अप्रेसन गरिएको थियो । अचानक दुख्न थालेपछि सोमबार उनी ओपीडीमा जचाउन आइन् । खुट्टामा स्टिलको पाता राखेकाले ह्वीलचियरमा बस्न नसक्ने भएपछि ट्रलीमा ल्याइएको थियो ।

सातामा दुई दिन बिदा हुँदा बिरामीले आवश्यक परेका बेला विशेषज्ञ सेवा नपाउने हो कि भन्ने चिन्ता बढेको उनकी छोरी राधाले बताइन् । अहिले नै सरकारी अस्पतालमा बिरामीहरूले अप्रेसनका लागि पालो पाउन महिनौं कुर्नुपर्ने बाध्यता छ ।

भन्छन्, ‘ट्युमरको डल्लोमा क्यान्सर भएकाले जति चाँडो अप्रेसन गर्न सक्यो त्यति फैलिनबाट बचिन्छ तर अस्पतालमा पालो पाउनै गाह्रो छ ।’ सातामा दुई दिन बिदा दिने सरकारी निर्णयले बिरामी थप मर्कामा पर्ने उनी बताउँछन् । ‘

समयमा उपचार नपाउँदा बिरामीको अवस्था खस्कन सक्छ, स्वास्थ्य संस्थामा ड्युटी मिलाएर शनिबारसमेत सेवा दिने वातावरण बनाउनुको सट्टा दुई दिन बिदा दिएर सर्वसाधारणलाई मारमा पार्ने काम भएको छ,’ उनले भने ।

एमाले मेयरका उम्मेदवारविरुद्ध अख्तियारमा उजुरी

घोराही-घोराही उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार नरुलाल चौधरीले आफू घोराहीको मेयर पदमा बहाल रहेको बेला आर्थिक अनियमितता गर्नुका साथै लाखौ बेरुजु रकम फर्छ्यौट गर्न ध्यान नदिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

यसअघि मेयर पदमा रहँदा अनियमितता गर्नुका साथै बेरुजु फर्छ्यौट गर्न नसकेका उम्मेदवार चौधरी फेरि मेयर जितेर आएमा आफू विरुद्धका प्रमाण नष्ट गर्न सक्ने भन्दै तत्काल घोराही उपमहानगरपालिकाका कागजपत्रहरु नियन्त्रणमा लिई छानविन गर्न माग गरिएको छ ।

भ्रष्टाचार विरोधी अभियान घोराहीमा आवद्ध नागरिकहरुले यही बैशाख १५ गतेको मितिमा अख्तियारलाई दिइएको उजुरीमा मेयरका उम्मेदवार नरुलालले घोराहीमा अनियमितता गरेको र महालेखा परिक्षक कार्यालयले औल्याएका बेरुजु फर्छ्यौट नगर्दै उम्मेदवारी कायम भएको जनाइएको छ ।

महालेखा परिक्षकको वार्षिक प्रतिवेदनमा घोराही उपमहानगरपालिकामा विग्रेर थन्किएका गाडीमा लाखौं रुपैयाको तेल हालेको बिल बनाएर आर्थिक दुरुपयोग भएको, विभिन्न योजनाहरुको बजेटमा अनियमितता भएको तथा विभिन्न शिर्षकका रकम असुल उपर गर्न निर्देशन भए पनि बेरुजु कायम भएकै अवस्थामा नरुलाल चौधरीको उम्मेदवारी खारेज नगरी कायमै राखिनु दुखःद भएको जनाउँदै तत्काल उपमहानगरका कागजपत्र नियन्त्रणमा ल्याई छानविन गर्न माग गरिएको छ ।

अख्तियारले उपमहानगरका कागजपत्र नियन्त्रणमा लिई छानविन गर्दा दोषी देखेमा अभियोग दर्ता गर्न सक्नेछ । निजकाविरुद्ध अभियोग दर्ता भएमा नरुलाल चौधरीको उम्मेदवारी रद्ध हुन सक्नेछ । निज चौधरीले मेयर जितेपछि पनि अभियोग लागेमा निजको पद नै जान सक्ने छ ।

घोराहीमा एमालेका नरुलाल चौधरी बाहेक मेयर पदमा नेकपा (एकीकृत समाजवादी)बाट पार्टीका केन्द्रीय सदस्य रामप्रसाद चौधरी, नेपाली कांग्रेस र माओवादी गठबन्धनवाट हेमराज शर्मा ‘डायमण्ड’, विवेकशील साझाबाट सूर्यप्रसाद पौडेल, राप्रपाबाट सरिता देवकोटा, मालेबाट नेत्रप्रसाद पाण्डेय, मंगोल अर्गनाइजेसनका कल्पना चौधरी, नेपाली कांग्रेस विपीका गोविन्द शर्मा, मौलिक जरोकिलो पार्टीका दीर्घराज भण्डारी, स्वतन्त्रबाट लिलाबहादुर पुनसहित १४ जना मेयर पदमा उम्मेदवार बनेका छन् ।

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेहरु बढ्न थाले

काठमाडौं – संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन् ।

अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अंकमा सो समाचार दिएको छ । सो पत्रिकाले पछिल्ला केही हप्ताहरुमा अमेरिकाका नागरिकहरु कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुन जाने बढेका जनाएको छ ।

सो पत्रिकाले बिहीबार मात्र यहाँका अस्पतालमा कोरोना जन्य जटिलताका कारण भर्ना हुन गएका नागरिकको संख्या १८ हजार जना रहेको थियो । यो संख्या अमेरिकाका सबै अस्पतालको हो । तर यो संख्या अघिल्लो हप्ताको तुलनामा २० प्रतिशतले बढी भएको पनि सो पत्रिकाले जनाएको छ ।

यहाँ गएको दुई हप्ता अघिको तुलनामा संक्रमितको संख्या पनि बढेको पाइएको सो पत्रिकाले जनाएको छ । कोरोनाका संक्रमित गएको बिहीबार मात्र यहाँ ६८ हजार जना भेटिएका थिए । यो संख्या अघिल्लो हप्ताको तुलनामा ६० प्रतिशतले बढी हो ।

निर्वाचनको समयमा सुरक्षाकर्मीको मृत्यु भए २० लाख : मन्त्रिपरिषद्

काठमाडौँ – आउँदो बैशाख ३० गते निर्वाचनमा सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।

निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।

बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

नेकपा(एस)को प्रतिबद्धता– ‘बूढानीलकण्ठ : साथी पनि सरकार पनि’

नेकपा (एकीकृत समाजवादी) बुढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेन्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ ।

पार्टी बुद्धिजीवी समूहले तयार गरेको ‘स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धतापत्र’मा ‘बूढानीलकण्ठः साथी पनि सरकार पनि’ भन्ने सन्देश अघि सारिएको छ ।

पार्टी निर्वाचन परिचालन कमिटी, बुद्धिजीवी समूहले शनिबार राति पत्रकारसामु सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सुशासन कायम राख्दै समाजवादी कार्यक्रमका साथ नगरलाई सम्पन्न तथा पर्यटन र शैक्षिक केन्द्र बनाइने मूलभूत मान्यता र प्राथमिकता तोकिएको छ ।

‘वैज्ञानिक शिक्षा, उचित स्वास्थ्य एवं सुशासन हाम्रो अभियान’, ‘हाम्रो सम्पदा हाम्रो सम्पत्ति’, ‘सिङ्गो नगर एक विद्यालय’, ‘पारदर्शिता र सुशासन हाम्रो अभियान’, ‘हाम्रो रहरः सुन्दर, हराभरा र सम्पन्न नगर’, ‘फोहर मलाई मोहर तपाईँलाई’ आदि नाराका साथ नगर स्वच्छ, समृद्ध, सुसंस्कृत र सभ्य बनाउन पार्टी प्रतिनिधिलाई मतदान गर्न घोषणापत्रमा आग्रह गरिएको छ ।

नागरिकमैत्री कानुन बनाइने, स्वास्थ्योपचार सहयोग कोषमार्फत जटिल रोगमा तथा विपन्न नागरिकलाई स्वास्थ्य, शिक्षालगायत विषयमा विशेष सहयोग गरिने, ज्येष्ठ नागरिक मनोरञ्जन क्लब सञ्चालन गरिने, महिला सशक्तीकरण गरिने, स्वच्छ सफा खानेपानी उपलब्ध गराइने, पानी प्रशोधन केन्द्र निर्माण गरिने, सामुदायिक वनमा उन्नत जातका फलफूलका बिरुवा लगाइने, रोजगारी सिर्जना गरिने, व्यवस्थित र वातावरणानुकुलित यातायात सेवा सञ्चालन गरिने, उज्यालो टोल कार्यक्रम चलाइने, नगरस्तरीय पर्यटन र खेलकुद विकास समिति गठन गरिनेलगायत कार्यक्र्रम घोषणपत्रमा समेटिएको छ ।

त्यस्तै रुद्रमतीमाथि पुल उद्यान निर्माण गरिने, नमुना बस्ती निर्माण तथा वैज्ञानिक भवन निर्माण मापदण्ड लागु गरिने, पार्किङको दीर्घकालीन योजना बनाइने, सार्वजनिक सम्पत्ति र सम्पदा संरक्षण गरिने, सिर्जनाग्राम बनाइने, व्यावहारिक तथा वैज्ञानिक कर–शुल्क लागु गरिने, सहकारी संस्थाको सबलीकरण गरिने, लघुउद्यम व्यवसाय तथा निजी सार्वजनिक साझेदारीलाई प्रोत्साहन गरिने, नगर योजना परिषद् गठन र वरिपरिका नगर गाभेर महानगर स्थापना गर्न सिफारिस गरिने, कुनै एक वडालाई छनोट गरी समाजवादी नमुना कार्यक्रम सञ्चालन गरिने, भूमिहीन तथा सुकुम्बासीका समस्या समाधान गरिने जस्ता बुँदा पनि दूरगामी लक्ष्य तथा कार्यक्रममा समेटिएको छ ।

सो अवसरमा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा वाग्मती प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले पार्टी नगर कमिटीको प्रतिबद्धतापत्रमा सबै दलले लागु गर्न सकिने विषय रहेको जनाउँदै यसलाई काठमाडौँ र अन्य स्थानीय तहले पनि प्रयोग गर्न सक्ने जिकिर गर्नुभयो ।

पार्टीका तर्फबाट नगर प्रमुख उम्मेदवार बालकृष्ण श्रेष्ठले नगरपालिकामा भइरहेको भ्रष्टाचार शून्य बनाइने दृढता व्यक्त गर्दै आफू विजयी भएमा बूढानीलकण्ठ मन्दिर प्रवद्र्धन तथा कपन क्षेत्र डुबानरहित बनाउन गौरवका आयोजना ल्याइने र मनोरञ्जन, हरियाली क्षेत्र जस्ता विशेष पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

उपप्रमुखका उम्मेदवार प्रमिला सापकोटाले आफ्नो विजयपछि ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई विशेष ध्यान दिइने वचन दिनुभयो ।

पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा घोषणापत्र तयारी समितिका संयोजक कुमारप्रसाद ओझाले घोषणापत्र सार्वजनिक गर्दै अनुभवका आधारमा घोषणापत्रका सबै बुँदा वित्तीय, कानुनी र व्यावहारिक हिसाबले कार्यान्वयन गर्न सकिने जिकिर गर्नुभयो भने पार्टी सल्लाहकार तथा समितिका सदस्य विष्णुप्रसाद शर्मा पराजुलीले सञ्चारग्राम, पत्रकार बिमा, तालिम–प्रशिक्षण–पुरस्कार जस्ता विषयबाट पत्रकारलाई समेटिने स्पष्ट गर्नुभयो ।

समितिका सदस्य अशोक पाण्डेले पार्टीले नगरका वडा नं ५, ७, ८ र १० वडामा अन्य दलसँग तालमेल गरी बौद्धिक र सक्षम उम्मेदवार खडा गरेको जिकिर गर्नुभयो ।

आज सुनको मूल्य तोलामा ९८ हजार ६००

काठमाडौं – सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार ६०० तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला रु ९८ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य रु ६०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार २८५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।

उम्मेदवारमाथि खुकुरी प्रहार

काठमाडौं – भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।

षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

निर्वाचन आयोगले सार्वजनिक गर्यो निर्विरोध निर्वाचित हुनेको विवरण

काठमाडौं-निर्वाचन आयोगले उम्मेदवारीका आधारमा शनिबार निर्विरोध निर्वाचित हुनेको विवरण सार्वजनिक गरेको छ ।

आयोगका अनुसार स्थानीय तह निर्वाचनमा तीन गाउँपालिका अध्यक्षसहित ३ सय ९० जना निर्विरोध निर्वाचित भएका छन् ।

आयोगका अनुसार ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्नका लागि कुल १ लाख ४५ हजार १० जनाको उम्मेदवारी परेको थियो ।

आयोगले सार्वजनिक गरेको विवरण अनुसार एमालेका १३८, कांग्रेसका ११५, माओवादीका ५९, एकीकृत समाजवादीका ३५, नेमकिपाका २, राप्रपाका २, जसपाका १, लोसपाका १, राष्ट्रिय जनमुक्ति पार्टीका १, नेकपा माओवादी समाजवादीका १ र स्वतन्त्र ३५ जना निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै पालिका अध्यक्ष ३, उपाध्यक्ष ४, वडाध्यक्ष ४८, दलित महिला सदस्य १६४, महिला सदस्य ७१ र खुला सदस्य १ सय जना निर्विरोध भएका छन् । प्रदेश १ मा ४३, मधेसमा ९, वाग्मतीमा ४६, गण्डकीमा ११२, लुम्बिनीमा ८, कर्णालीमा १५७ र सुदूरपश्चिममा १५ जना निर्वाचित भएका छन् ।

डोल्पाका तीन गाउँपालिकाका अध्यक्ष निर्विरोध भएका छन् ।

काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगदकुमार राना, छार्का ताङसोङ गाउँपालिका अध्यक्षमा समाजवादीकै सेनाङ गुरुङ र शे–फोक्सुन्डो गाउँपालिकामा एमालेका धावा सम्डुक गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा, डोल्पाको काइके गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका निमा बुढा, छार्का ताङसोङको उपाध्यक्षमा कर्म ढुन्डप गुरुङ र डोल्पोबुद्धको उपाध्यक्षमा समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै, एमालेका १७, कांग्रेसका १६, समाजवादीका ६, माओवादीका ३ र स्वतन्त्र ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । सबैभन्दा बढी दलित महिला सदस्य निर्वाचित भएका छन् ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, मनाङको नार्पाभूमि गाउँपालिका– ४ र ५, मनाङ डिस्याङ गाउँपालिका ३ र ९ तथा हुम्लाको नाम्खा गाउँपालिका–६ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका छन् ।

कतिले दिए उम्मेदवारी ?

स्थानीय निर्वाचनमा पालिका प्रमुखमा ३ हजार २ सय ३८, अध्यक्षमा ३ हजार ९२, उपप्रमुखमा १ हजार ९ सय ६४, उपाध्यक्षमा २ हजार १ सय ६३, वडा अध्यक्षमा ३२ हजार ४ सय ९६ जनाले उम्मेदवारी दिएका छन् ।

वडा सदस्य खुलामा ५३ हजार १ सय ७३, महिला सदस्यमा २५ हजार ५ सय ९९, दलित महिला सदस्यमा २३ हजार २ सय ८५ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता नै नपरेपछि १२३ वडामा दलित महिला सदस्य खाली भएका छन् । कर्णालीका ३७ वडामा महिला सदस्यको उम्मेदवारी नै परेको छैन ।

काठमाडौं, भक्तपुर र ललितपुरमा पनि उम्मेदवारी परेको छैन । यस्तै गण्डकीमा २५, प्रदेश १ मा ६, वाग्मतीमा ३७ वडामा उम्मेदवारी परेको छैन ।

काठमाडौं भक्तपुर र ललितपुरमा मात्रै २६ वडामा दलित महिलाको पद रिक्त भएको छ  । मधेसमा ६ र सुदूरपश्चिममा १० पद रिक्त भएका छन् ।

नेकपा(एस)को प्रतिबद्धता– बूढानीलकण्ठ : साथी पनि सरकार पनि’

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) बुढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेन्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ । पार्टी बुद्धिजीवी समूहले तयार गरेको ‘स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धतापत्र’मा ‘बूढानीलकण्ठः साथी पनि सरकार पनि’ भन्ने सन्देश अघि सारिएको छ ।

पार्टी निर्वाचन परिचालन कमिटी, बुद्धिजीवी समूहले शनिबार राति पत्रकारसामु सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सुशासन कायम राख्दै समाजवादी कार्यक्रमका साथ नगरलाई सम्पन्न तथा पर्यटन र शैक्षिक केन्द्र बनाइने मूलभूत मान्यता र प्राथमिकता तोकिएको छ ।

‘वैज्ञानिक शिक्षा, उचित स्वास्थ्य एवं सुशासन हाम्रो अभियान’, ‘हाम्रो सम्पदा हाम्रो सम्पत्ति’, ‘सिङ्गो नगर एक विद्यालय’, ‘पारदर्शिता र सुशासन हाम्रो अभियान’, ‘हाम्रो रहरः सुन्दर, हराभरा र सम्पन्न नगर’, ‘फोहर मलाई मोहर तपाईँलाई’ आदि नाराका साथ नगर स्वच्छ, समृद्ध, सुसंस्कृत र सभ्य बनाउन पार्टी प्रतिनिधिलाई मतदान गर्न घोषणापत्रमा आग्रह गरिएको छ ।

नागरिकमैत्री कानुन बनाइने, स्वास्थ्योपचार सहयोग कोषमार्फत जटिल रोगमा तथा विपन्न नागरिकलाई स्वास्थ्य, शिक्षालगायत विषयमा विशेष सहयोग गरिने, ज्येष्ठ नागरिक मनोरञ्जन क्लब सञ्चालन गरिने, महिला सशक्तीकरण गरिने, स्वच्छ सफा खानेपानी उपलब्ध गराइने, पानी प्रशोधन केन्द्र निर्माण गरिने, सामुदायिक वनमा उन्नत जातका फलफूलका बिरुवा लगाइने, रोजगारी सिर्जना गरिने, व्यवस्थित र वातावरणानुकुलित यातायात सेवा सञ्चालन गरिने, उज्यालो टोल कार्यक्रम चलाइने, नगरस्तरीय पर्यटन र खेलकुद विकास समिति गठन गरिनेलगायत कार्यक्र्रम घोषणपत्रमा समेटिएको छ ।

त्यस्तै रुद्रमतीमाथि पुल उद्यान निर्माण गरिने, नमुना बस्ती निर्माण तथा वैज्ञानिक भवन निर्माण मापदण्ड लागु गरिने, पार्किङको दीर्घकालीन योजना बनाइने, सार्वजनिक सम्पत्ति र सम्पदा संरक्षण गरिने, सिर्जनाग्राम बनाइने, व्यावहारिक तथा वैज्ञानिक कर–शुल्क लागु गरिने, सहकारी संस्थाको
सबलीकरण गरिने, लघुउद्यम व्यवसाय तथा निजी सार्वजनिक साझेदारीलाई प्रोत्साहन गरिने, नगर योजना परिषद् गठन र वरिपरिका नगर गाभेर महानगर स्थापना गर्न सिफारिस गरिने, कुनै एक वडालाई छनोट गरी समाजवादी नमुना कार्यक्रम सञ्चालन गरिने, भूमिहीन तथा सुकुम्बासीका समस्या समाधान गरिने जस्ता बुँदा पनि दूरगामी लक्ष्य तथा कार्यक्रममा समेटिएको छ ।

सो अवसरमा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा वाग्मती प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले पार्टी नगर कमिटीको प्रतिबद्धतापत्रमा सबै दलले लागु गर्न सकिने विषय रहेको जनाउँदै यसलाई काठमाडौँ र अन्य स्थानीय तहले पनि प्रयोग गर्न सक्ने जिकिर गर्नुभयो ।

पार्टीका तर्फबाट नगर प्रमुख उम्मेदवार बालकृष्ण श्रेष्ठले नगरपालिकामा भइरहेको भ्रष्टाचार शून्य बनाइने दृढता व्यक्त गर्दै आफू विजयी भएमा बूढानीलकण्ठ मन्दिर प्रवद्र्धन तथा कपन क्षेत्र डुबानरहित बनाउन गौरवका आयोजना ल्याइने र मनोरञ्जन, हरियाली क्षेत्र जस्ता विशेष पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उपप्रमुखका उम्मेदवार प्रमिला सापकोटाले आफ्नो विजयपछि ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई विशेष ध्यान दिइने वचन दिनुभयो ।

पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा घोषणापत्र तयारी समितिका संयोजक कुमारप्रसाद ओझाले घोषणापत्र सार्वजनिक गर्दै अनुभवका आधारमा घोषणापत्रका सबै बुँदा वित्तीय, कानुनी र व्यावहारिक हिसाबले कार्यान्वयन गर्न सकिने जिकिर गर्नुभयो भने पार्टी सल्लाहकार तथा समितिका सदस्य विष्णुप्रसाद शर्मा पराजुलीले सञ्चारग्राम, पत्रकार बिमा, तालिम–प्रशिक्षण–पुरस्कार जस्ता विषयबाट पत्रकारलाई समेटिने स्पष्ट गर्नुभयो ।

समितिका सदस्य अशोक पाण्डेले पार्टीले नगरका वडा नं ५, ७, ८ र १० वडामा अन्य दलसँग तालमेल गरी बौद्धिक र सक्षम उम्मेदवार खडा गरेको जिकिर गर्नुभयो ।

ट्र्याक्टर पल्टिएर युवकको मृत्यु

काठमाडौं – सप्तरीको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ । सोही ठाउँको (केराबारी) मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २–०१–००१त २००१ नम्बरको ट्र्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी उमेश साहले जानकारी दिनुभयो ।

पहिरोका कारण अवरुद्ध सडक खुल्यो

काठमाडौं – पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो । पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

आज पोखरामा सत्ता गठबन्धनकाे संयुक्त चुनावी सभा

काठमाडौं-आज कास्कीको पोखरामा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा आयोजना गर्दैछ ।

बिहान ११ बजे अमरसिंह चौरमा हुने सभालाई गठबन्धन दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

चुनावी सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र एमालेबाट कृष्ण थापा उम्मेदवार छन् ।

पोखराको सभापछि आजै दाङको घोराहीमा हुने सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरामा आज सत्ता गठबन्धनको सभापछि भोलि एमालेले पननि चुनावी सभा गर्दैछ ।

सो सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

आज यी प्रदेशमा वर्षाको सम्भावना ?

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभका मौसमको प्रभावबारे विवरण सार्वजनि गरेको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १का तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सफा रहनेछ।प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक- दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।