ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी : सिइओ कार्की

काठमाडौं-नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले ब्रोकर कम्पनीको संख्या पुनरावलोकन जरुरी रहेको बताएका छन् ।

पूँजी बजार विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेको भन्दै आवश्यक नीतिगत सुधारका प्रयास भइरहेको बताए ।

ब्रोकर कम्पनी थप हुनुपर्ने विषय उठिरहेको भन्दै उनले यी विषयमा अध्ययन भइरहेको बताए ।

चाडै ब्रोकर कम्पनीको संख्यामा पुनरावलोकन हुने उनले बताए ।

बजारप्रति सर्वसाधारणको चासो राम्रो रहेको भन्दै यो पुँजी बजार क्षेत्रका लागि राम्रो कुरा भएको बताए ।

नेपालको सेयर बजारमा युवा पुस्ताको सक्रियता रहेको भन्दै यो एउटा बजारको सकारात्मक पक्ष रहेको उनले बताए ।

बजारलाई परिपक्व बनाउन सेयर बजार र आफूले किन्ने कम्पनीको बारेमा पूर्ण जानकार हुनुपर्ने उनले बताए ।

प्रमुख कार्यकारी अधिकृतले पुँजी बजार विकासका लागि नीतिगत सुधार गर्न नेप्से तयार रहेको बताए ।

भारतमा २४ घण्टामा तीन हजार ५४५ कोरोनाका नयाँ सङ्क्रमित

काठमाडौं – भारतमा २४ घण्टामा तीन हजार ५४५ कोरोनाका नयाँ सङ्क्रमित २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म तीन हजार ५४५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ । २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमितमध्ये एक हजार ३६५ राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ ।

हाल राजधानीमा पाँच हजार ७५६ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २७ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ६८८ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

चौविस घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म तीन हजार ५४९ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ५१ हजार २५८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बुबाआमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं – ताप्लेजुङमा बुबाआमाको हत्या गरेको आरोपमा प्रहरी एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका- ६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बु रहेको छन् ।

उनले आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेका उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यसबारेथप अनुसन्धान गरिरहेको छ ।

मुख्यसचिव वैरागीमाथी सर्वोच्चकाे कारण देखाउ आदेश

काठमाडौँ-नेपाल सरकारको मुख्यसचिव शंकरदास वैरागीलाई अदालतको अवहेलनामा मुद्दामा सर्वोच्च अदालतले सातदिनभित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा उक्त मुद्दामा सातदिनभित्र आफू वा कानूनबमोजिम प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनिएको छ ।

आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदन मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाका म्यादबाहेक ७ (सात) दिनभित्र आफैँ वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू ।’

काठमाडौँ उपत्यकालाई स्वच्छ र प्रदूषणमुक्त बनाउने उद्देश्यले २०७४ वैशाख १ गते देखि लागू हुने गरी तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको मिति २०७१ चैत १८ गते नेपाल राजपत्रमा प्रकाशित ४० माइक्रोन मोटाइ सम्मका प्लाष्टिक झोलाको आयात, भण्डारण, विक्री, वितरण तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटको वातावरण संरक्षणअन्तर्गतको बुँदा नं १६० मा ४० माइक्रोन मोटाइसम्मको प्लास्टिकको झोलाहरुको, आयात, भण्डारण विक्री वितरण तथा प्रयोग गर्ने प्रतिबन्ध लगाउने बाध्यात्मक व्यवस्था गरेको थियो ।

अदालतले २०७८ साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउने व्यवस्था लागू गर्न सरकारका नाउँमा तत्काल कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो ।

उक्त परमादेश कार्यान्वयन नगरेकोमा अधिवक्ता अधिवक्ता पदमबहादुर श्रेष्ठले मुख्यसचिवलाई विपक्षी बनाई अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दाको सुनुवाइपछि अदालतले एकहप्ताभित्र उपस्थित हुन भनेको हो ।

प्रधानमन्त्री देउवा भोलि बुटवल जाने

काठमाडौं – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि शनिबार बुटवल आउनुहुने भएको छ ।

प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल आउन लाग्नुभएको नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ का सचिव प्रजापाल गिरीले जानकारी दिनुभयो ।

निर्वाचन कार्यक्रमअन्तर्गत शनिबार बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन दलका नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएको गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनमा गठबन्धनलाई एकताबद्ध बनाउन र कार्यकर्तालाई उत्साहित बनाउन सबै दलका नेताले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल तथा महामन्त्री गगनकुमार थापा, नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

मधेस प्रदेश कोरोना मुक्त : ८२ प्रतिशतले लगाए पूर्ण खोप

काठमाडौं – मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ ।
मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो ।

कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको मधेस प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले जनाएको छ । सङ्क्रमणकै कारण प्रदेशमा एक हजार ६२ को मृत्यु भएको स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो ।

सङ्क्रमणकै कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१ , सिरहामा १३५ , धनुषामा १३२ , पर्सामा १३२ , रौतहटमा १२९ , सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ ।

यस्तै प्रदेशमा करिब ८२ प्रतिशतले कोेभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएका छन् । सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढे्को निर्देशक झाले बताउनुभयो ।

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचन–२०७९ का लागि घोषणापत्र तयारी समितिका संयोजकसमेत रहनुभएका महामन्त्री थापाले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको व्यावहारिक कार्यान्वयनसँगै विधिको शासन स्थापित गरी स्रोतसाधनको भरपुर सदुपयोग गरेर जनतालाई अनुभूत हुने गरी सेवा दिन कांग्रेसले नेतृत्व गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ नेपाली कांग्रेसको सङ्कल्पः प्रस्ताव र बहस’ विषयक कार्यक्रममा कांग्रेस महामन्त्री थापाले कांग्रेसले जितेमा अबको पाँच वर्ष बितेको पाँच वर्षको जस्तो निराशाजनक परिस्थिति नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अबको पाँच वर्ष विगतको जस्तो हुन दिँदैनौँ । स्रोत साधनको दुरुपयोग हुन नदिन तथा सुशासन, पारदर्शिता अपनाउन मूलभूत ११ वटा मापदण्डका आधारमा स्थानीय संयन्त्र परिचालनको अवधारणा अघि सारिएको छ । यसले अबको पाँच वर्ष के गर्ने भन्ने प्रष्ट खाका तयार गरेको छ ।”

महामन्त्री थापाले संविधानको मौलिक हकमार्फत जनतामा गरेको वाचाको पूर्ण कार्यान्वयन गर्न कांग्रेसले स्थानीय सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले अबको दशक रोजगारीको दशक हुने र प्रत्येक वर्ष पाँच लाख रोजगारी सिर्जना हुने गरी कृषि, पर्यटन, ऊर्जा आदि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर अघि बढ्ने मार्गचित्रसहित कांग्रेसले सङ्कल्प लिएको बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले स्थानीय तह निर्वाचनको सङ्कल्प प्रस्ताव पार्टीको मार्गदर्शक हो भन्दै पार्टीले निष्पक्ष र प्रजातान्त्रिक पद्धतिको अवलम्बन गर्दै विचार अभिमत प्रकट गर्ने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजका उपाध्यक्ष कूलचन्द्र वाग्लेले स्थानीय सरकारलाई सुशासन, पारदर्शी र जनमुखी बनाउन कांग्रेसको नेतृत्व अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षत्रय डा सुरेश आचार्य, विष्णु निष्ठुरी, धर्मेन्द्र झा, पत्रकार रामजी दाहाल, नकुल अर्याल, नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, मानवअधिकारकर्मी इन्द्र अर्याललगायतले संवैधानिक सर्वोच्चता, प्रेस स्वतन्त्रता, विधिको शासन र जनतालाई सुखी बनाउने सङ्कल्पलाई प्रभावकारी कार्यान्वयनको दिशामा कांग्रेस अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

आज सुनको मुल्य कतिले घट्यो ?

काठमाडौं – आज शुक्रबार पनि सुनको मुल्य घट्को छ ।

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यको हो ।बिहीबार एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । यस्तै, आज सेतो धातु चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आजको चाँदीको खरिद बिक्री मूल्य १२ सय ८० रुपैयाँ तोकिएको छ ।

मोटरसाइकल दुर्घटना : ५ सय मिटर तल खसेर चालकको मृत्यु

काठमाडौं – धनकुटाको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साँघुरीगढी–३ मदेन टोलका ३८ वर्षीय इन्द्रबहादुर याखा रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

साँगुरीगढी गाउँपालिका–३ सल्लेनी डाँडास्थित कुशेटार– डाँडाबजार सडक खण्डमा बिहीबार राती पौने १२ बजे को २८ प ७४७१ नम्वरको मोटरसाइकल अनियन्त्रित सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

मदन भण्डारी राजमार्ग : धरान–चतरा–सिन्धुली–हेटौँडा सडक अन्तिम चरणमा

काठमाडौं – सरकारको मुख्य प्राथमिकतामा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत (धरान–चतरा–सिन्धुली–हेटौँडा) सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जनाएको छ ।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका जोड्दै पूर्व–पश्चिम राजमार्गका रुपमा वैकल्पिक मार्गका रुपमा हेरिएको राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको भिमानदेखि हेटौँडासम्मको झण्डै ९६ प्रतिशत सडक निर्माण सम्पन्न भइसकेको योजनाका प्रमुख राजेन्द्रप्रसाद दासले जानकरी दिनुभयो ।

साथै सो राजमार्गको बाटोमा रहेको बागमती नदीमा पुलसमेत नौ वर्षपछि निर्माण भई सञ्चालनमा आएको छ । पश्चिम खण्डमा सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ चौघडासम्मको कूल ११५ किलोमिटर लम्बाइ सडक रहेको छ ।

विसं २०७३ कात्तिकमा सम्झौता भएको उक्त राजमार्गको निर्माण गर्न विभिन्न समय अवधि थप भई २०७७ फागुनभित्र सम्पन्न गर्नुपर्नेमा कोरोना महामारीका कारण निर्माण अवधि पुनःथप गरी तीव्ररुपमा काम भइरहेको छ ।

राजमार्गको निर्माणको जिम्मा कालिका स्वच्छन्द ररकेन जेभी काठमाडाँै र पूर्वी खण्डको जेट आइइसो शर्मा एण्ड लामाजेभीले निर्माण काम गरिरहेको छ । एघार मिटर चौडाइ रहेको उक्त सडक दुई पक्षमा कालोपत्र भएको र यसमाथि सात मिटर चौडाइ दोस्रो लेयरमा कालोपत्र भएको उहाँले बताउनसभयो ।

सिन्धुलीको सदरमुकामस्थित कमलामाई नगरपालिका–४ खटारदेखि धुरा बजारको छ किमी सडक निर्माणमा लामो समयदेखि राजमार्ग अर्कोतिरबाट लैजानुपर्ने मागसहित अवरोध हुँदै आएको थियो ।

राजमार्गको नक्साङ्कनका विषयलाई लिएर झण्डै चार वर्ष अगाडिदेखि विवाद भई निर्माण हुन् नसकेको राजमार्गमा हाल विवाद समाधान गरी निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकामस्थित धुरा बजारदेखि खटार क्षेत्रसम्मको छ किमी लम्बाइ रहेको उक्त सडकको चौडाइ घटाएर नौ मिटर मात्र कालोपत्र गर्ने सहमतिअनुसार निर्माणको काम भइरहेको छ । यस राजमार्गको अन्य क्षेत्रमा नालाबाहेक कालोपत्रमात्रै ११ मिटर गरिएको छ ।

चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

काठमाडौं – चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ ।

गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो भवनमा रहेका १० जना नागरिकलाई भने जिवीतै उद्धार गरिएको छ । त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशंका गरिएका नागरिकको उद्धार जारी राखिएको थियो ।

शुक्रबार हुनानका प्रान्तीय प्रहरी प्रमुखले सो प्रान्तको वाङ्चेन्दमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरु १० जनालाई जिवीतै उद्धार गरिएको जानकारी दिएका हुन् । यस दुर्घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।

जेठ ४ गतेदेखि लाइसेन्स आवेदनमा नयाँ प्रणाली लागू

काठमाडौं – आगामी जेठ ४ गतेदेखि यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ।
नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो पाइने विभागका महानिर्देशक घिमिरेले बताए।

यो वैशाखभित्र सन् २०२४ सम्म पालो परेका सबै आवेदनको परीक्षा सकाएर नयाँ खुलाउने तयारी गरिएको उनको भनाइ छ। जेठ १ गतेदेखि नै नयाँ व्यवस्था लागू गर्ने हाम्रो योजना हो। सार्वजनिक बिदा पर्ने भएकाले यो व्यवस्था जेठ ४ गतेबाट लागू गर्ने बताएको छ । नयाँ प्रणाली लागू भएपछि आवेदन दिएर ट्रायलका लागि दुई तीन वर्ष कुर्नु पर्दैन,महानिर्देशक घिमिरेले भने।

आज काठमाडौँमा गठबन्धनको चुनावी सभा: शीर्षनेताहरुले सम्बोधन गर्ने

काठमाडौँ-आज काठमाडौँमा पाँच दलीय सत्ता गठबन्धनले संयुक्त चुनावी आमसभा गर्दैछ ।

काठमाडौँको शान्तिबाटिकामा आज दिउँसो १ बजे हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नुहुनेछ ।

सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सवुज)ले जानकारी दिनुभयो ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् ।

निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।

मेयर उम्मेदवारको गाडीमा आगजनी

काठमाडौं – मोरङको बेलबारी नगरपालिकामा मेयरका उम्मेदवारको प्रचारप्रसारमा प्रयोग गरिएको गाडीमा आगजनी भएको छ ।

राप्रपाबाट मेयरको उम्मेदवार रहेका खेमप्रसाद गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा शुक्रबार बिहानको समयमा आगजनी भएको ईलका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमालले जानकारी दिए ।

घटनामा संलग्न भएका सुन्दरहरैँचा नगरपालिका–१२ का २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।

सीसी क्यामेराको रेर्कड फुटेजमा देखिएका युवासँग हुलिया मिलेपछि पाण्डेलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान थालेको हो । प्रहरी नियन्त्रणमा लिएको पाण्डे मेयरका उम्मेदवार गौतमसँगै चुनवी अभियानमा हिँड्ने युवा हुन् ।

सङ्खुवासभा कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाही

काठमाडौं- नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ ।

कांग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका तथा प्रस्तावक र समर्थक बसेकालाई पार्टीबाट निष्कासन गरेको उल्लेख गरेको छ ।

सभापति दीपक खड्काले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने २३ जनालाई कारबाही गरेको जानकारी दिनुभयो ।

कारबाहीमा पर्नेमा धर्मदेवी नगरपालिकाका डम्बरकुमार पौडेल, राजु घिमिरे, भोलामान घिमिरे र नवराज भण्डारी, मादी नगरपालिकाका यादवचन्द्र खड्का, मकालु गाउँपालिकाका बालकुमार राई, मीनलाल राई, राजीव कटुवाल, दिपेश गुरुङ, धनबहादुर तामाङ, दिलीप तामाङ, आङरिन्जे शेर्पा, धनबहादुर तामाङ र दिलीप विक छन् ।

यस्तै पाँचखपन नगरपालिकाका सन्तोष बस्नेत, भरत बस्नेत, तिलक तामाङ, पूर्णबहादुर थापा, पुष्पबहादुर गुरुङ, सागर विक, कुमार राई, सलन राई र सन्देश याक्खालाई पनि कारबाही गरेको कांग्रेस सङ्खुवासभाले जनाएको छ । उनीहरुलाई पार्टीको विधान, २०१७ ९संशोधनसहित०को परिच्छेद ९, धारा ३४, १ ९घ० बमोजिम कारबाही गरिएको हो ।