काठमाडौं – लगतार घट्दै गएको सुनको मुल्य नेपाली बजारमा साताको पाँचौं दिन आज बिहीबार सुन र चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कायम भएको थियो । तेजावी सुन आज प्रतितोलामा ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । त्यस्तै चाँदी १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् ।
जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको छ ।
प्रमुख/अध्यक्ष पदमा १९७, उपप्रमुख/उपाध्यक्षमा ११८, वडाध्यक्षमा एक हजार १३, पुरुष वडा सदस्यमा एक हजार ६६०, महिला वडा सदस्यमा ८०० र दलित महिला सदस्यका लागि ७५० जना चुनावी मैदानमा छन् ।
निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार सबैभन्दा बढी कलैया उपमहानगरपालिकामा नगरप्रमुखका लागि १३ जनासहित ७५६ जना र सबैभन्दा कम प्रसौनी गाउँपालिकामा अध्यक्षमा १३ सहित १७७ जना उम्मेदवार बन्नुभएको छ ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख/अध्यक्षमा १७७, उपप्रमुख/उपाध्यक्षमा १२५ र वडाध्यक्ष ९३८ जना उम्मेदवार बन्नुभएको थियो ।
पुरुष वडा सदस्यमा एक हजार ५५४, महिला वडा सदस्यमा २६३, दलित सदस्यमा ७०२ जनासहित चार हजार २५९ जनाले उम्मेदवारी दिएका थिए । बारामा चार लाख २३ हजार ३२७ मतदाता छन् ।
पाँच सय ४१ मतदान केन्द्र र ३०३ मतदानस्थल कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।
काठमाडौं – यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको छ ।
प्रमुख÷अध्यक्ष पदमा १९७, उपप्रमुख-उपाध्यक्षमा ११८, वडाध्यक्षमा एक हजार १३, पुरुष वडा सदस्यमा एक हजार ६६०, महिला वडा सदस्यमा ८०० र दलित महिला सदस्यका लागि ७५० जना चुनावी मैदानमा छन् ।
निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार सबैभन्दा बढी कलैया उपमहानगरपालिकामा नगरप्रमुखका लागि १३ जनासहित ७५६ जना र सबैभन्दा कम प्रसौनी गाउँपालिकामा अध्यक्षमा १३ सहित १७७ जना उम्मेदवार बन्नुभएको छ ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख÷ अध्यक्षमा १७७, उपप्रमुख-उपाध्यक्षमा १२५ र वडाध्यक्ष ९३८ जना उम्मेदवार बन्नुभएको थियो । पुरुष वडा सदस्यमा एक हजार ५५४, महिला वडा सदस्यमा २६३, दलित सदस्यमा ७०२ जनासहित चार हजार २५९ जनाले उम्मेदवारी दिएका थिए ।
बारामा चार लाख २३ हजार ३२७ मतदाता छन् । पाँच सय ४१ मतदान केन्द्र र ३०३ मतदानस्थल कायम गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।
काठमाडौं – धनुषाको कमला नगरपालिका– १ मा माओवादीबाट वडा अध्यक्ष उठेका सर्वदेव यादवका बुवा चन्द्र नारायण यादवमाथि बुधवार मध्यरातमा आक्रमण भएको छ । अज्ञात समूहको आक्रमणबाट यादव घाइते भएका छन् । यादवको टाउकोमा धारिलो हतियार प्रहार भएको छ ।
घरमै रहेका बेला वडाध्यक्ष उम्मेदवार यादवको बुवामाथि करिब १० जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको माओवादीका स्थानीय नेता शशिकान्त मण्डलले जानकारी दिए ।
आक्रमणमा संलग्न व्यक्तिहरु जसपाका कार्यकर्ता रहेको उनको आरोप छ । उनले भने, ‘जसपाका कार्यर्ताहरुले आफ्नो पार्टीका वडाध्यक्ष उम्मेदवारलाई नै मार्ने उद्देश्यले घरमै पुगेको थियो । तर नभेटेपछि उनका बुवामाथि नै आक्रमण गरिएको छ ।
उनका अनुसार यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीले अपरिचित व्यक्तिले यादवलाई कुटपिट गरेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
काठमाडौँ-नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ ।
मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिनुभएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहनेगरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिनुभयो ।
पार्टीबाट निष्काशित हुनेमा उपप्रमुखको बागी उम्मेदवार घिमिरेका समर्थक र प्रस्तावक क्रमशः दीपक घिमिरे र खिलबहादुर गिरी हुनुहुन्छ ।
वडा नं २ का आधिकारिक उम्मेदवार दीपक बरालविरुद्ध बागी उम्मेदवारी दिनुभएका तिलक न्यौपाने र उहाँको समर्थक बस्नुभएका मेघनाथ बाँस्तोलालाई पनि एमालेले कारबाही गरेको छ ।
बागी उम्मेदवार न्यौपानेको प्रचार प्रसारमा लागेका सोही वडाका पार्टी अध्यक्ष भानु ढुङ्गेल, तुलसा धिताल र हरिचरण चौलागाईलाई समेत अनुशासन उल्लङ्घन गरेको आरोपमा एमालेले कारबाही गरेको छ ।
वडा नं ७ को वडाध्यक्षमा एमालेका बागी उम्मेद्वार नेत्रप्रसाद दाहाललाईसमेत पार्टीको सदस्यसमेत नरहने गरी निष्काशित गरिएको पार्टीका नगर अध्यक्ष पोखरेलले बताउनुभयो ।
काठमाडौं – रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच गए राति झडप भएको छ ।
झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत हुनुभएको छ । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि दाङतर्फ लगिएको छ ।
बाटोमा डाँगी चढेको गाडी नियन्त्रमा लिएर उहाँमाथि आक्रमण गरिएको घर्तीको आरोप छ । आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरेको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताउनुभयो ।
झडप लगत्तै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो । “अहिले अवस्था सामान्य छ”, उहाँले भन्नुभयो ।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि माडी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तथा कांग्रेस र एमालेबीच छुट्टाछुट्टै चुनावी तालमेल भएको छ ।
काठमाडौं – हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ ।
उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगी रातिको समयमा पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
काठमाडौँ उपत्यकामा बिहानैदेखि आकाश बादलले ढाकेको छ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस छ ।
काठमाडौं – सर्वोच्च अदालतमा नेपाल प्रहरीको २९ औँ महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा यही वैशाख २२ गतेलाई राखिएको अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।
काठमाडौं – पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रलायका जनाएका अनुसार देशभरमा २ हजार ३७३ जनाको पीसीआर तथा १ हजार ४४८ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने कोरोना कारण थप १ जनाको मृत्यु भएको छ ।
काठमाडाैँ-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३१.७६ अङ्कले ओरालो लागेर दुई हजार २७५.६८ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९० अङ्कले ओरालो लागेर ४३६.८८ मा ओर्लेको छ ।
कूल २३३ कम्पनीको ३६ लाख दुई हजार ८४८ कित्ता शेयर रु एक अर्ब २६ करोड ९२ लाख १९ हजार ४२१ मूल्यमा खरिद बिक्री भए ।
बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३२ खर्ब ३७ अर्ब ४९ करोड सात लाख ३० हजार बराबर रहेको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ ।
बैंकिङ १३.२३, व्यापार ४३.०७, होटल तथा पर्यटन ४०.९८, विकास बैंक ८७.६३, जलविद्युत् ५९.९३, वित्त ३४.१९, निर्जीवन बीमा २१०.८२, उत्पादन ४४.५७, अन्य ३१.३९, लघुवित्त ५३.५९, जीवन बीमा २८६.८२, सामूहिक लगानी कोष ०.०७ र लगानी १.०७ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु चार करोड ५८ लाख ९६ हजार ६५९ बराबरको कारोबार भयो ।
हिमालयन डिष्टिलरी रु तीन करोड ५२ लाख ३३ हजार ४०४, नबिल बैंक रु तीन करोड ४२ लाख ५० हजार ३०६, नेपाल दूरसञ्चार प्राधिकरण रु तीन करोड ४० लाख ३४ हजार ७८९ र नेपाल पूर्वाधार बैंक रु दुई करोड ९२ लाख ८२ हजार ८५३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार जालपा सामुदायिक लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो ।
काठमाडौं – सिराहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुरको सुन्दरपुरमा मंगलबार बेलुकी साइकल पल्टिंदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरपुरको स्थानीय ७२ वर्षीय दुख्खी यादव रहेका छन् ।
यादव सवार साइकल हिजो बेलुकी ८ बजे सडकको खाल्डोमा परेर पल्टिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ । -सुरेन्द्र
काठमाडौँ-काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अहिलेको महंगीको धेरै कारणमध्य आयातमा गरिएको कडाई एक प्रमुख कारण रहेको बताउनु भएको छ ।
संचार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको निर्वाचनको समयमा बढ्दो मुल्यबृद्धि तथा बजार अनुगमन बिषयक सचेतनामुलक कार्यक्रममा प्रजिअ रिजालले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै उहाँले अनुगमनलेमात्र मुल्य बृद्धि नियन्त्रण नहुने जिकिर गर्नु भयो ।
उहाँले भन्नु भयो अनुगमनले मात्र कुनै बस्तु तथा सेवाको बास्तविक मुल्यबारे जानकारी नहुने हुदा मुल्य निर्धारण प्रणालीको बिकाश अहिलेको मुख्य आबश्यक्ता रहेको जिकिर गर्नु भयो ।
उहाँले थप्नुभयो “मुल्यबृद्धि भएको हो होईन भन्नेवारे जानकारीको लागी समेत अहिले मुल्य निर्धारण प्रणाली अत्यन्त आवश्यक भै सकेको छ । ”
उहाले जिल्ला प्रशासन कार्यलयसँग बजारनै अनुगमन गर्न छुट्टै जनशक्ती नभएकाले प्रभावकारी अनुगमनमा समस्या श्रृजना भएको बताउनु भयो ।
उहाँले भन्नुभयो “बजार अनुगमनमा मात्र केन्द्रित हुदा कार्यलयको दैनिक कार्य प्रभावित हुने तथा अनुगमनसँगै थप प्राबिधिक स्रोत साधनको समेत अभावले अनुगमनमा समस्या श्रृजना हुने गरेको छ ।”
साथै उहाँले बजार मुल्य ब्यवस्थापनमा ब्यवसायीको भुमिका प्रमुख हुने बताउदै बताउदै ब्यवसायी इमान्दार हुनु पर्नेमा जोड दिनु भयो ।
साथै ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले साप्ताहिक रुपमा दुईवटा अनुगमन भैरहेको जानकारी दिनुभयो ।
उहाँले रसिया र युक्रेनको युद्ध तर्फ संकेत गर्दै अहिलेको बजार अन्तराष्ट्रिय घटना परिघटनाबाट प्रभावित रहेको बताउनु भयो ।
उहाँले नेपालको सन्द्रभमा नेपालमा दक्षिण एसियाकै महंगो ढुवानी भएको तथा हालको इन्धनको बढदो मुल्यले समेत बजारको मुल्यबृद्धीमा थप बल थपेको बताउनुभयो ।
उहाँले बजार अनुगमनको सन्द्रभमा जिल्ला प्रशासन कार्यलयले गर्नुपर्ने काम गरिरहेको र यसलाई थप प्रभावकारी बनाउन बाणिज्य बिभागले भुमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।
साथै कार्यक्रममा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक लिलाप्रसाद शर्माले कुनै पनि बस्तु तथा सेवगाको मुल्य बृद्धिमा बिभिन्न पक्षको भुमिका रहने उल्लेख गर्दै बिश्वका कुनैपनि संयन्त्रले मुल्यबृद्धि रोक्न नस्कने बताउनु भयो ।
उहाँले बाणिज्य बिभागसँग मुल्यबृद्धि रोक्ने कुनै अधिकार नभएको कुरा प्रष्ट पार्नुभयो ।
उहाँले बाणिज्य बिभागको कार्य बजार अनुगमन तथा बजारमा सुब्यबस्था कायम गराउने मात्र रहेको उल्लेख गर्दै उक्त कार्यमा बिभाग क्रियाशिल रहेको जानकारी गराउनुभयो ।
उहाँले अहिलेको मुल्यबृद्धि रुस युक्रेन युद्धका कारण श्रृजना भएको आयात लागतको बृद्धी भएको बताउनु भयो ।
उहाँले नेपालको अर्थ ब्यबस्था आयातमा आधारित अर्थब्यबस्था भएको हुदा इन्धन मुल्य र आयात लागतनै अहिलेको मुल्यबृद्धिको मुख्य कारक रहेको उहाँको तर्क थियो ।
उहाँले अमेरिकामा गएको एक बर्षमा ३० देखी ३५ प्रतिशत मुल्य बृद्धि भएको उदाहरण दिदै नेपाल जस्तो ९० देखी ९२ प्रतिशत आयातमा चलेको देशमा उत्पादक मुलुकमै मुल्य बढेको अबस्थामा हाम्रोमा नबढने भन्ने नहुने बताउनुभयो ।
उहाँले प्राकृतिक बाहेक कृतिम रुपमा हुने गरेको मुल्यबृद्धि नियन्त्रणमा बिभागलागी परेको जानकारी दिनुभयो ।
उहाँले हाल बाणिज्य बिभागमा भएको जनशक्तीले नेपालभरीको बजार अनुगमन सम्भब नभएको बताउदैँ जिल्ला संयन्त्रलाई सक्रिय बनाउन विभाग लागी परेको बताउनुभयो ।
उहाँले कर्तब्यको तेल नहाली अधिकारको रेल चलाउन क्रियाशिल ब्यक्तीहरुले आफ्नो कर्तब्यको पालना गरेका मात्र धेरै समस्या स्वत समाधान हुने जिकिर गर्नु भयो ।
महानिर्देशक शर्माले हाल बिभाग सयुक्त बजार अनुगमन निर्देशिका लागुगर्ने तर्फ अग्रसर रहेको बताउदै निर्देशिका लागुभए पश्चात बजार अनुगमन थप प्रभावकारी हुने जानकारी दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले जताततै मुल्य बढेको र हाल आमसर्वसाधरणको स्थिती नाजुकहुदै गएको उल्लेख गर्नुभयो ।
उहाँले ब्यवसायी ब्यापारीहरुको दादागीरिले चरम सिमा पार गर्दै प्रशासनलाई टेर्न छोडेको कुरा उल्लेख गर्नुभयो ।
उहाँले हाल ब्यबसायी राजनीतिक नेतृत्वसँग नजिक हुदै अराजक हुदै गएको जिकिर गर्नु भयो ।
ब्यापारीको सिन्डीकेटले हाल बजारमा सरकारले बनाउने सिटामोल समेत पाईन छाडेको बताउनुभयो ।
उहाँले भन्नुभयो “ सरकार बजारमा ग्यास अभाव छैन भन्छ तर बजारमा ग्यास पाईदैन, पत्रकार मलाई ग्यास मिलाईदिनुपरो भनेर फोन गर्छन, पत्रकारलाई मैले ग्यास मिलाउनु पर्ने स्थिती आउनु लाजमर्दो भएन ?।”
उहाँले थप्नुभयो “सरकार उपभोक्ता अधिकारको कुरा गर्छ । सभाषद १०० ग्राम नुन ३५ रुपैयामा बेच्छन्, ब्यबसायीनै सभाषद हुने ! बेथिती निम्तयाउने ! कसरी हुन्छ सुब्यवस्था ? ।”
सभाषद तथा पुर्व राज्यमन्त्री मोतीलाल दुगड तर्फ संकेत गर्दै उनले भने,“सभाषद ब्यापारी १०० ग्राम नुन ३५ मा बेच्ने, घर घरमा पुग्ने मसलामा मिसावट गर्ने, दुगडले उत्पादन गर्ने मसलामा अखाध्य बस्तुको मिसावट पाइएर कारवाही गरिएको छ यसमा मिडियाले आबाज अठाउन आबश्यक छ ।
कार्यक्रममा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक लिलाप्रसाद शर्मा, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, बिभिन्न सञ्चार माध्यमका पत्रकार लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
काठमाडौं – भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।
ती मध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
नयाँ सङ्क्रमित मध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन् । पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या धेरै बढेको छ ।
संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ । देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या भने १९ हजार ५०९ रहेको छ ।
पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख २३ हजार ९२० रहेको छ ।
काठमार्डौं – युक्रेनको पश्चिमी क्षेत्रमा भएको दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सुरुमा मृतकको सङ्ख्या थोरै देखिएपनि अहिलेसम्म २६ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
यात्रु बहाक एउटा बस अर्को पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने रिभ्ने क्षेत्रमा मङ्गलबार भएको दुर्घटनालाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “अत्यन्त दुःखद दुर्घटना” भन्नु भएको छ ।
“दुर्घटनामा परी अहिलेसम्म कुल २६ जनाको मृत्यु भएको छ, ती मध्ये २६ जना यात्रु हुन भने दुई जना चालक हुन,” प्रहरीले जारी गरेको वक्तव्यमा लेखिएको छ । घटनामा परी अरु १२ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा मृत्यु भएकाहरुको पहिचान खोज्ने कार्य भइरहेको जानकारी दिएको छ । पिडित मध्ये अधिकांश युवा रहेको पनि जनाइएको छ । रुसको आक्रमणमा परी सयौँ युक्रेनीहरुको मृत्यु भइरहेका बेला दुर्घटनामा परी २६ युक्रेनीको मृत्यु भएको हो ।
काठमाडौं – आज वीपी राजमार्ग अन्तर्गत काभ्रेमा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ ।
काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार काठमाडौँबाट भारत तर्फ जाँदै गरेको बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको जीप एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको काभ्रेका डीएसपी हरि खतिवडाले जानकारी दिए । दुर्घटनबारे थप विवरण आउने बाँकी रहेको हरि खतिवडाले बताए ।