काठमाडौं – रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका नगर प्रमुख उमेदवार संजय काफले बिजयी भएका छन ।
उपप्रमुखमा कांग्रेसकै जयमाला चौधरी निर्वाचित भएकी छन् ।
चन्द्रपुर नगरपालिकाको नगरप्रमुखमा कांग्रेस उम्मेदवार काफ्लेले ९ हजार १ सय ६३ मत ल्याइ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार शिवप्रसाद आचार्यलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरेका हुन् । पराजित एमाले उम्मेदवार शिवप्रसाद आचार्यले ६ हजार ५ सय २४ मत पाए ।
उपप्रमुखमा नेपाली कांग्रेसकी चौधरीले ११ हजार ३ सय ७८ मत पाएर निर्वाचित भएकी छन् । चौधरीकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी देवकी नेपालले ७ हजार ६ सय ४० मत पाएकी छन् ।
यसैगरी चन्द्रपुर नगरपालिकाको १० वटै वाडमा नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओबादीका उमेदवारहरु बिजयी भएका छन । चन्द्रपुर नगरपालिका वाड नं १० मा नेकपा एमालेका उमेदवार टंकेश्वर चौधरी बिजयी भएका छन ।
उनले ११५८ मत ल्याइ वाड अध्यक्ष पदमा बिजयी भएका हुन । उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उमेदवार जयराम चौधरीले १११५ मत ल्याएका थिए । जयराम चौधरी यस अघिका वाड अध्यक्ष हुन ।
यसैगरी वाड नं ९ मा पनि नेपाली कांग्रेसका नबराज देबकोटा बिजयी भएका छन । देबकोटाले १ हजार २ सय २४ मत ल्याइ बिजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उमेदवार लिलाधर चौधरीलाइ हराएका थिए । चौधरीले १ हजार ३८ मत ल्याएका थिए ।
त्यस्तै चन्द्रपुर नगरपालिकाको वाड नं ८ मा नेपाली कांग्रेसका वाड अध्यक्ष उमेदवार जितेन्द्र चौधरीले १८ मतको अन्तरले बिजयी भएका हुन उनले नेकपा एमालेका उमेदवार पासपत चौधरीलाइ हराएका हुन । पासपत चौधरी यस अघिका वाड अध्यक्ष पनि हुन ।
यस अघि चन्द्रपुर नगरपालिकाको वाड नं. ७ मा नेपाली कांग्रेसका वाड अध्यक्ष उमेदवार बिष्णु उप्रेती निर्वाचित भएका छन । उप्रेतीले ९ सय ९५ मत ल्याएर बिजय भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जयनारायण साहले ६ सय २८ मत ल्याएका थिए भने माओवादी केन्द्रका उम्मेदवार उमेश सहनील ५ सय २९ मत ल्याएका थिए ।
यसैगरी वाड नं. ६ मा मा नेकपा माओबादीका वाड अध्यक्ष उमेदवार सहदेब केसी बिजयी भएका छन । मत गणनाको अन्तिम परिणाम अनुसार उनले ११६३ मत ल्याइ वाड अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नेत्र कुश्वारले १०८८ मत ल्याएका थिए ।
यसैगरी चन्द्रपुर नगरपालिका वाड नम्बर ५ मा नेपाली कांग्रेसका उमेदवार निलहरी कोइराला बिजयी भएका छन । नेपाली कांग्रेसका पुराना नेता कोइरालाले फराकिलो मत सहित वाड अध्यक्ष पदमा बिजयी भएका हुन । उनको निकटतम प्रतिद्धन्दीमा नेकपा एमालेका उमेदवार नबिन बराल रहेका छन ।
यस्तै चन्द्रपुर नगरपालिका वाड नं ४ मा नेकपा एमालेको तर्फबाट उमेदवार बनेका रबि राना मगरको प्यानल नै बिजयी भएको छ । अन्तिम मत परिणाम अनुसार एमालेका उमेदवार रानाले ८२४ मत ल्याएर बिजयी भएका हुन । उनको निकटतम प्रतिद्धन्दी नेपाल कार्कीले ७ सय ९८ मत ल्याएका थिए ।
यसैगरी चन्द्रपुर नगरपालिका वाड नं ३ मा नेकपा माओबादीका उमेदवार बोधराज देबकोटा (रबि)ले फेरी जितेका छन । देबकोटाले १३८४ मत ल्याइ वाड अध्यक्षमा बिजयी भएका छन भने उनका निकटतम प्रतिद्धन्दी दोङले १३११ मत ल्याएका थिए । चन्द्रपुर २ मा नेकपा माओबादीका उमेदवार दुत्त बहादुर थिङ र वाड नं १ मा नेपाली कांग्रेसका उमेदवार बलराम राउत वाड अध्यक्षमा बिजयी भएका छन ।