सुनसहित एक पक्राउ

काठमाडौं – प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो ।

जैसीको साथबाट बरामद गरिएको ३४९ दशमलव ७०० ग्राम सुन हालको बजार मूल्यअनुसार रु २८ लाख ८७ हजार १८२ रकम बराबरको रहेको १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताउनुभयो । पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ ।

सप्तरीको पहिलो नगर प्रमुखमा चौधरी

काठमाडौं- सप्तरीमा पहिलो पटक महिला नगरप्रमुख बन्नुभएको छ । सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार मतान्तरले निर्वाचित हुँदै नगरप्रमुख बन्नुभएको हो ।

उहाँले सात हजार २९२ मत ल्याउनुभयो । योसँगै नेपाली कांग्रेसले सप्तरीमा अग्रता कायम राख्दै चार स्थानीय तहमा प्रमुख र ६ वटामा उपप्रमुख पदमा जित हासिल गरेको छ ।

सुरुङ्गा नगरपालिकामा रामनारायण चौधरीले चार हजार २१७ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहनुभएको छ । एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार २१७ मत ल्याउनुभयो ।

उपाध्यक्षमा नेपाली कांग्रेसका रुद्रबहादुर कार्की ६ हजार २७५ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सुनिताकुमारी मुखियाले तीन हजार ९९८ मत ल्याउनुभएको छ ।

वडाध्यक्षमा एकीकृत समाजवादीले चार, जसपाले तीन, कांग्रेस र माओवादी केन्द्रले दुई-दुईमा जीत हासिल गरेका छन् । सप्तरीमा हालसम्म घोषित १० स्थानीय तहको परिणाम अनुसार कांग्रेसले चार, एमालेले दुई तथा जसपा, लोसपा, जनमत, एकीकृत समाजवादीले एक-एक स्थानीय तहमा जीत हासिल गरेका छन् ।

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौं – जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै जानुभएको छ ।

साहले पाँच हजार ६१ मत प्राप्त गर्नुभएको छ । एमालेका शिवशङ्कर साह तीन हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी एक हजार ४८८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ४०८ मतका साथ चौथोे स्थानमा रहनुभएको छ । निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका लालकिशोर साह एक हजार २८३ मतका साथ पाँचौँ स्थानमा हुनुहुन्छ ।

उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राख्नुभएको छ । उहाँले पाँच हजार ३९५ मत प्राप्त गर्नुभएको छ । एमालेका रुना झाले तीन हजार ५६४ मतका साथ उहाँलाई पछ्याइ रहनुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।

धनुषाको कमला नगरपालिमा कांग्रेस: मुखियापट्टीमा जसपा

काठमाडौं – धनुषाको कमला नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसले जितेको छ ।
मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने जनता समाजवादी पार्टीले जित हासिल गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कमलाको प्रमुखमा नेपाली कांग्रेसका विशेश्वर यादव र उपप्रमुखमा कांग्रेसकै शिलादेवी मण्डल विजयी भएका छन् । विशेश्वरले तीन हजार ८८७ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका पशुपति यादवले दुई हजार ८५९ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयरमा तीन हजार ८८७ मतसहित कांग्रेसका शिलादेवी मण्डल विजयी हुदाँ उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एकीकृत समाजवादी०की सरस्वती सिन्हा कुशवाहाले दुई हजार ७६६ मत प्राप्त गर्नुभयो ।

यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा जसपाका जयकुमार यादव र उपाध्यक्षमा सैदा खातुन निर्वाचित भएको निर्वाचन अधिकृत निरज पोखरेलले जानकारी दिनुभयो ।

अध्यक्षमा निर्वाचित यादवले पाँच हजार ४१० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामबाबु यादवले दुई हजार ४५५ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा खातुनले चार हजार ४१४ मत ल्याएर निर्वाचित हुदाँ कांग्रेसकी अनिता कुमारीले तीन हजार १५२ मतमा प्राप्त गर्नुभयो ।

कमला नगरपलिकाको मेयर पदमा विशेश्‍वर यादव निर्वाचित

काठमाडौं – धनुषाको कमला नगरपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार विशेश्‍वर यादव ३ हजार ८८७ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार पशुपति यादवलाई १ हजार २८ मतान्तरले पराजित गरेका हुन् । पराजित पशुपति यादवले २ हजार ८५९ मत ल्याएका छन् ।

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिलादेवी मण्डल ३ हजार ८८७ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत ल्याएकी छन् ।

धनुषाको कमला नगरपालिकामा कूल जनसंख्या ४५ हजार ४७७ रहेको छ भने कुल मतदाता संख्या २५ हजार २६६ रहेको छ । जसमा १३ हजार ५०६ पुरुष र ११हजार७६० महिला रहेका छन् । यस नगरपालिकामा ९ वडा छन् ।

सर्लाहीको कविलासी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारकै अग्रता

काठमाडौं – सर्लाही कविलासी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार ब्रम्हदेव रायले अग्रता कायमै राख्नुभएको छ ।

केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका नेपाली कांग्रेसका उम्मेदवार ब्रम्हदेव रायले चार हजार ४९४ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ ।

जनता समाजवादी पार्टी, नेपालका रामनरेश रायले ३ हजार १५४ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कौशल किशोर यादवले एक हजार ७९९ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखका उम्मेदवार पुनम कर्णले चार हजार ३३८ मतका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ भने जनता समाजवादी पार्टी, नेपालका राधा देवीले ३ हजार ३१६ मत प्राप्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)पार्टीका मिनाकुमारी देवीले दुई हजार ७६ मत प्राप्त गर्नुभएको छ । बाँकी वडाको मत गणना कार्य भइरहेको छ ।

हेटौंडा उपमहानगरपालिका अपडेट : मीना अनन्‍त प्रसाद पौडेलभन्दा ९७२ मतले अगाडि

काठमाडौं -मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मेयरको तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ।

हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ ।

केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) उम्मेदवार मीना कुमारी लामाले १५ हजार ५१२ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अनन्‍त प्रसाद पौडेलले १४ हजार ५४० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी दिपक बहादुर सिंहले १३ हजार ९८८ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखका उम्मेदवार राजेश बानियाले २० हजार ६०६ मतका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुमित्रा काफ्‍लेले १५ हजार २६० मत प्राप्त गर्नुभएको छ । बाँकी वडाको मत गणना कार्य भइरहेको छ ।

महोत्तरीको पिपरामा जसपा नेपाल विजयी

काठमाडौं – महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलका अनुसार अध्यक्षमा जसपाका रामजानकी यादवले ५ हजार ५८२ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका अमितकुमार पाण्डेयले दुई हजार ९७७ मत ल्याउनुभएको छ ।

त्यसैगरी उपाध्यक्षमा पनि जसपाकै बन्दना पाण्डेयले पाँच हजार ४० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी रविता कुमारीले तीन हजार ६२३ मत प्राप्त गर्नुभयो ।

काठमाडौं महानगर अपडेट : बालेन स्थापितभन्दा १० हजार ६ सय ९१ मतले अगाडि

काठमाडौं – काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ ।

केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ । उहाँले केही समय अघि प्राप्त २१ हजार ८१५ मत प्राप्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले ११ हजार १२४ तथा नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ३४१ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिनुभयो ।

एमालेको तर्फबाट उपप्रमुखका उम्मेदवार सुनिता डङ्गोलले १९ हजार ९५६ मतका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत प्राप्त गर्नुभएको छ । हालसम्म ५२ हजार ८२७ मत गणना भएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृमा बाँकी वडाको मत गणना कार्य भइरहेको छ ।

सप्तरीको शम्भुनाथमा नगरपालिकामा एकीकृत समाजवादी विजयी

काठमाडौं – सप्तरीको शम्भुनाथ नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ ।
प्रमुखमा सो पार्टीका उम्मेदवार जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी हुनुभएको हो ।

कलवारले पाँच हजार ३९२ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपेन्द्रकुमार चौधरीले चार हजार १४३ मत ल्याउनुभएको छ ।

विसं २०७४ को निर्वाचनमा एमालेबाट चुनाव लडेका गुप्ता ४४ मत अन्तरले पराजित हुनुभएको थियो । त्यो बेला कांग्रेसका योगेन्द्र चौधरीले दुई हजार ७७८ मत ल्याई गुप्तालाई पराजित गर्नुभएको हो ।

एकीकृत समाजवादीकी अनिताकुमारी चौधरीले उपप्रमुखमा जित हासिल गर्नुभयो । उहाँले ४ हजार ९९८ मत ल्याउनुभयो । चौधरीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले चार हजार २७१ मत ल्याउनुभयो । वडाध्यक्षमा एकीकृत समाजवादीले पाँच, काग्रेसले पाँच तथा जसपा र लोसपाले एक÷एक वडाध्यक्षमा जित हासिल गरेका छन् ।

रोल्पामा कारागारमा कैदी झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं – रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् ।

सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो ।

शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।

प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा : सातमध्ये पाँचमा कांग्रेस- एमाले शून्य

काठामडौं- सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले २ र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

यस्तै भित्रिमधेसको परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रका विमला महता निर्वाचित हुनुभयो । यस नगरपालिकाका वडाहरुमा पनि कांग्रेसको सहज जित भएको छ ।

कांग्रेसले गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका पनि जितेको छ । यहाँका आलिताल र अजयमेरु गाउँपालिकामा नेकपा (माआवादी केन्द्र) आएको छ । उता अजयमेरु गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी वशन्ती पाल विजयी हुुनुभएको छ ।

कांग्रेसले ५२ वडामध्ये २९ वडामा विजय प्राप्त गरेको छ भने माओवादी १४, एमालेले तीन, एकीकृत समाजवादी दुई, विपी कांग्रेस दुई र स्वतन्त्रले दुई वडा जितेका छन् । विसं २०७४ को निर्वाचनमा कांग्रेसले यहाँका १६ वडा मात्र जितेको थियो । अघिल्लो चुनावमा नेकपा ९एमाले० ले २० वडा जितेको थियो भने माओवादीले १६ वडा जितेको थियो । अघिल्लो चुनावमा कांग्रेसले चार पालिकामा मात्र विजय भएको थियो ।

अघिल्लो चुनावमा अमरगढी नगरपालिकामा ५ वडा मात्रै जितेको कांग्रेसले अहिले प्रमुख उपप्रमुखसहित १० वडामा विजय हात पारेको छ । अघिल्लो चुनावमा अमरगढीका प्रमुख र उपप्रमुखसहित ६ वडाअध्यक्ष जितेको एमाले अहिले शून्यमा झरेको छ ।

त्यसैगरी अघिल्लो चुनावमा परशुराममा प्रमुख र उपप्रमुखसहित तीन वडा मात्रै जितेको कांगे्रसले अहिले सम्पन्न स्थानीय निर्वाचनमा पालिका प्रमुखसहित पाँच वडा जितेको छ ।

गन्यापधुरामा पनि पहिले कांग्रेसले तीन वडा र अध्यक्ष उपाध्यक्ष जितेको थियो तर अहिले एक वडा बाहेक पालिकाका सबै स्थानमा विजय हासिल गरेको छ । यो प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरको पालिका हो ।

अघिल्लो निर्वाचनमा नवदुर्गा गाउँपालिमा अध्यक्ष, उपाध्यक्षसहित दुई वडा मात्रै जितेको कांग्रेस अहिले अध्यक्ष उपाध्यक्षसहित थप दुई वडा जितेको छ र बाँकी तीन वडामा नेकपा (एकीकृति समाजवादी) ले दुई र माओवादीले एक वडामा जित हासिल गरेको छ ।

भागेश्वर गाउँपालिकामा अघिल्लो निर्वाचनमा अध्यक्ष उपाध्यक्ष मात्रै जितेको कांग्रेसले अहिले पालिकासहित चार वडामा जित हासिल गरेको छ । त्यसैगरी यसअघि भागेश्वरमा एमालेले चार र माओवादीले एक वडा जितेकामा अहिले चार वडामा नै कांग्रेसले जित हासिल गरेको छ । अर्को एकमा स्वतन्त्र उम्मेदबार आएका छन् ।

डडेल्धुरा कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहराले डडेल्धुराका जनताले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रतिको विश्वास यस पटकको स्थानीय तहको निर्वाचनमा प्रकट गरेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, डडेल्धुरमा गठबन्धन थिएन बरु समझदारीमा सबै दलले आ–आफ्नो तवरबाट निर्वाचनमा उठेका थियौँ र यो देशको विकास गर्ने र मुलुक आर्थिक तथा राजनीतिक सङ्कटमा परेका बेला निकास दिनसक्ने पार्टी नेपाली कांग्रेस र नेता शेरबहादुर देउवा नै हुन् भन्ने विश्वासका साथ यहाँका जनताले स्थानीय तहमा मत दिएका हुन् ।

नेपाली कांग्रेस डडेल्धुराका सभापति भीम साउदले यसअघिका अरु दलका जनप्रतिनिधिहरुले कुरामात्र गरेका तर विकासका काम नगरेका कारण यसपाली यहाँका नागरिकले कांग्रेसलाई छानेको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेसको वर्तमान नेतृत्वको नीति, जिल्लाका नेता तथा कार्यकर्ताहरुको सक्रियता तथा जिल्लामा पार्टी सभापति देउवाप्रति यहाँका जनताले गरेको भरोसाका कारण पनि अहिलेको जित हात लागेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेस डडेल्धुराकी महासमिति सदस्य सरस्वती खड्काले नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले सुदूरपश्चिमका महिला र त्यसमा पनि डडेल्धुराका महिलामा गरेको लगानीको परिणाम अहिलेको स्थानीय तहको नतिजा हो भन्नुहुन्छ ।

खड्काले भन्नुभयो, डा देउवाले यहाँका महिलाका घरेलु हिंसा तथा उनीहरुमा परेका अनेक समस्या बुझ्ने र तिनको समाधान गरी महिला सशक्तीकरणमा हरबखत आफैँ लाग्ने गर्नुहुन्छ । त्यस्तै पछिल्लो समय उहाँ सुदूरपश्चिममा नै खट्नुभयो र डडेल्धुराका चुनावी सभाहरुलाई पनि सम्बोधन गर्नुभयो । यसका कारण पनि यहाँ हामीले राम्रो परिणाम हात पार्न सकेका हौँ ।

गएको महाधिवेशनबाट जिल्लामा छानिएको नयाँ नेतृत्वको सक्रियता र सो नेतृत्वले पार्टीका नीति तथा कार्यक्रमहरु जनताको घरघरसम्म पु¥याउन सकेका कारण पनि यहाँको एक समूहले कांग्रेस पार्टी छोडेर अलग भए पनि यो निर्वाचनमा पार्टीले राम्रो परिणाम हात लागेको उहाँको धारणा छ ।

स्थानीय निर्वाचनको मतगणना जारी रहेका बेला नागरिकहरुले प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओलीको जिल्ला झापाको परिणामप्रति चासो राखिरहेका छन् । प्रधानमन्त्रीको जिल्लामा उहाँले नेतृत्व गरेको दल नेपाली कांग्रेसले राम्रो नतिजा प्राप्त गरिसकेको छ भने उता झापाबाट भने परिणाम आइरहेका छन् ।

पोखरा महानगरमा प्रमुखमा गठबन्धन-उपप्रमुखमा एमालेको अग्रता

काठमाडौं- पोखरा महानगरपालिकामा प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले)को अग्रता रहेको छ ।

हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गर्नुभएको छ । एमालेका कृष्णबहादुर थापाले १७ हजार ५१२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ तथा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले १९ हजार ७७४ मत प्राप्त गर्नुभएको छ ।

मकवानपुरमा १० मध्ये सात स्थानीय तहको नतिजा सार्वजनिक

काठमाडौं – मकवानपुरको १० स्थानीय तहमध्ये सातको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
हेटौँडा उपमहानगरपालिकासहित तीन तहको मतगणना जारी छ ।

नेकपा (एमाले)ले दुई गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँपालिकामा अध्यक्ष र एक नगरपालिकामा उपप्रमुख जितेको छ । नेकपा (माओवादी केन्द्र)ले एक नगरपालिकामा प्रमुख तथा चार गाउँपालिकामा उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ । काँग्रेसले राक्सिराङ, बकैया, कैलाश र मकवानपुरगढीमा जित हासिल गरेको छ । कैलाशमा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो । एमाले र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए । इन्द्रसरोबर र भीमफेदी गाउँपालिकामा एमाले विजयी भयो ।

आजको मौसम : यी चार प्रदेशमा हावा हुरी सहित भारी वर्षाको सम्भावाना ?

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पुर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
आज दिउँसो स् प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा अपह्रान्नपछि आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हावा हुरी सहित मध्यम वर्षाको पनि सम्भावना रहेको छ।

त्यसैगरी राती पनि प्रदेश १, मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ र मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।