गौर नगरपालिकाको मेयर र उपमेयर दुवैमा एकीकृत समाजवादी विजयी

काठमाडौं – रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एकीकृत समाजवादीले जितेको छ ।
एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

साहले ६ हजार ३८१ मत प्राप्त गर्दा गुप्ताले ३ हजार ७५५ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत पाए ।

यसैगरी उपमेयरमा पनि एकीकृत समाजवादीकै शैलकुमारी साह निर्वाचित भएकी छन् । उनले ४ हजार ८०९ मत ल्याइन् भने निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अमरुल कले १ हजार ४७ मत पाए । नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार शाहजान खातुनले ९४४ मत ल्याइन् ।

कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौं – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कृषि अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरिनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९-८० को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले आधुनिकीकरण गर्दै कृषिलाई उद्योगका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

अझै पनि दुई तिहाई जनसङख्या कृषिमा आवद्ध छ, कृषि निर्वाहमुखी भइरहेको छ, कृषिले पर्याप्त रोजगारी सिर्जना गर्न सकेको पनि छैन, विकसित मुलुकमा ५ प्रतिशतभन्दा कम जनसङ्ख्या कृषिमा आवद्ध भएको अवस्था छ, कृषिमा संलग्न जनशक्तिलाई न्यूनीकरण गर्दै लैजानुपर्छ”, उहाँले भन्नुभयो, “कृषिमुखी अर्थतन्त्रलाई सेवामुखी अर्थतन्त्रका रुपमा विकास गर्नुपर्छ ।”

जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा भट्टराईले उच्च आर्थिक वृद्धि हासिल गरी समूचित वितरण प्रणालीको अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र ठूला पूर्वाधारमा राज्यको दायित्व हुनुपर्नेमा जोड दिँदै उहाँले कृषि, उद्योग, सेवा र पर्यटन निजी क्षेत्रलाई दिइनुपर्ने बताउनुभयो । अर्थतन्त्रको विकासमा देखिएको संरचनात्मक समस्या समाधान गर्न क्रान्तिकारी ढङ्गले सोच्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले अबका दशक रुपान्तरणकारी नीति लिनुपर्ने बताउनुभयो ।

राजनीतिक, प्रशासनिक र कानुनी क्षेत्रमा सुधार गरेर मात्र आर्थिक वृद्धि हासिल गर्न सकिने बताउँदै उहाँले नेपालको संसदीय प्रणालीले राजनीतिक र नीतिगत स्थिरता नदिने भएकाले यसलाई सच्याएर जानुपर्ने बताउनुभयो ।

विकासका आवश्यकताका आधारमा प्रशासनिक संरचना बनाइनुपर्छ, ऐन कानुन र परम्परागत न्याय प्रणालीमा सुधार गर्नुपर्छ, विकास विरोधी न्यायिक संरचना बदल्न आवश्यक छ”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो ।

बाह्य परिनिर्भरताका कारण नेपालको अर्थतन्त्र पछाडि परेको भन्दै उहाँले तुलनात्मक लाभका वस्तुको उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । “आयात र निर्यातको खाडल डरलाग्दो छ, यसलाई नसच्याइ हुँदैन”, उहाँले भन्नुभयो, “छिमेकीसँग गम्भीर ढङ्गले कुरा गरेर नेपालले स्पष्ट नीति लिनुपर्छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु

काठमाडौं – प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०७९-८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि छलफल गर्ने कार्यसूची छ ।

अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबारको बैठकमा आगामी आवका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेश गर्नुभएको थियो । आव २०७९-८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि बिहीबार राष्ट्रियसभामा छलफल गर्ने कार्यतालिका छ ।

छलफलमा भाग लिँदै नेकपा (एमाले)का सांसद् योगेशकुमार भट्टराईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समाजवादमा पुग्ने आधार नदेखिएको, सार्वजनिक स्वास्थ्य तथा शिक्षाको सवलीकरणलाई बेवास्ता गरिएको बताउनुभयो ।

व्यापार घाटा न्यूनीकरण गर्दै पूँजीगत खर्च वृद्धि गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले मुलुकको अर्थतन्त्रलाई अप्ठ्यारो अवस्था आउन नदिन वैकल्पिक उपायको खोजी गरिनुपर्ने बताउनुभयो ।

पेट्रोलियम पदार्थको खपत घटाउने, वैकल्पिक ऊर्जाको प्रयोगलाई बढवा दिनुपर्ने विषय विधेयकका सिद्धान्त र प्राथमिकतामा देखिएन”, उहाँले भन्नुभयो, गैरआर्थिक कारोबार बढेको छ, यसले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको छ ।

इलाम नगरपालिकामा कांग्रेसका थापा र दाहाल विजयी

काठमाडौं – इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ ।

प्रमुखमा कांग्रेसका केदार थापा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धीरेन चेम्जोङलाई दुई हजार ५२८ मतअन्तरले पछि पार्दै उहाँ विजयी हुनुभएको हो ।

कांग्रेसका उम्मेदवार थापाले १३ हजार ११५ मत प्राप्त गर्दै विजयी हुनुभयो भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धीरेन चेम्जोङले १० हजार ५८७ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गर्नुभयो । उहाँले १३ हजार ५४२ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

प्रतिस्पर्धी एमालेकी उम्मेदवार सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गर्नुभयो । २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो ।

इलाम नगरपालिकामा जम्मा १२ वटा वडा छन् । नौ वटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने तीन वटा वडामा एमालेका उम्मेदवार अध्यक्ष पदमा विजयी हुनुभएको छ ।

कमला नगरपालिका वडा नं –७ को (लोसपा)पार्टीबाट वडाअध्यक्षको पदमा छठु मण्डल विजयी

काठमाडौं – धनुषाको कमला नगरपालिका वडा नं –७ को लोकतान्त्रिक समाजवादी पार्टीबाट वडाअध्यक्षको पदमा छठु मण्डल विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्दीलाई ४९ मतले पराजित गरेका छन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित मण्डलले ४०७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका तपेश्वर यादवले ३५८ मत प्राप्त गरेका छन् ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तपेश्वर यादवलाई ४९ मत अन्तरले पछि पार्दै छठु मण्डल विजयी हुनुभएको हो । सोही वडा नं ७ को नेपाल कम्युनिष्ट पार्टी एमालेका सुधिर कुमार सिहंको २६० मत प्राप्त गरेका छन् ।

उहाँका निकटतम् प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकै वडाअध्यक्षका उम्मेदवार राम चन्द्र महतो कोइरीले २४२ मत ल्याउनुभएको छ ।

कमला नगरपालिकाको ईतिहासमा छठु मण्डल वडाध्यक्ष बन्न सफल भएका छन् । छठु मण्डल स्थानीय निर्वाचन २०७४ मा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए । –

कर्जन्हा नगरपालिकाको मेयर पदका (एमाले) उम्मेदवार भोलाप्रसाद पोखरेल अग्रता कायमै

काठमाडौं – सिरहाको कर्जन्हा नगरपालिकाको मेयर पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट उम्मेदवार भोलाप्रसाद पोखरेलले अग्रता कायमै भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन्। पछिलो मतपरिणाम अनुसार पोखरेलले दुई हजार ९३२ मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालका केशवप्रसाद साह दुई हजार २ सय ९२ मत प्राप्त गरेका छन्।

त्यसैगरी तेस्रो अस्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी )केन्द्रका उम्मेदवार गंगा पासवान एक हजार ७ सय ४७ मत प्राप्त गरेका छन्।

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता कायमै

काठमाडौं – विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले १४ हजार ६१ मत ल्याएर अग्रस्थानमा रहनुभएको छ ।
उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापाले १० हजार ६९२ र स्वतन्त्र उम्मेदवार उमेश यादवले चार हजार ५०१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १२ हजार २३२ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।

उहाँको प्रतिस्पर्धी गठबन्धन दलबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले सात हजार ४४० र राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले तीन हजार ४७० मत प्राप्त गर्नुभएको छ ।

अध्यक्ष नेपालको गृहजिल्लामा एक्लै भिडदा कलम चुनाव चिन्ह विजयी

काठमाडौं – रौतहटमा नेकपा एकीकृत समाजवादीपार्टीको विजयी सुरुवात भएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगरमा कलम चुनाव चिन्हले पहिलो २ नगरपालिकामा मेयर र उपमेर सहित वडा अध्यक्षसहितको प्यानल नै विजयी हासिल भएको छ ।

यो विजयीले गठबन्धन नगरी एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा गएको अवस्था थियो भने धैरे सिटहरुमा विजयी हासिल गर्नै सकिन्थ्यो भन्ने कुराको तथ्यलाई स्मरण गराएको छ ।

गौर नगरपालिका १ देखि ९ वडा सम्म गौर नपा मा बहुमतका साथ एकीकृत समाजवादीका उम्मेदवारहरुले ले जित हासिल गरेका छन् । राजदेबी नगरपालिका र गौर नपा मा मेयर देखी उपमेयर र वडा अध्यक्ष सहित सबै विजयी भएका हुन्।

अध्यक्ष नेपालको गृहनगर गौरमा मेयर एकीकृत समाजवादीका शम्भु साहले फराकिलो मतान्तर का साथ बिजय भएका छ्न ।

पुर्व प्रधानमन्त्री नेपालको गृहजिल्ला मा समाजवादी एक्लाएक्लै चुनावी मैदानमा भिडेको थियो। भ्रष्टाचारको विरुद्ध लामो समय लडदै आएका समाजसेवी साहले छोटो समयमा जनताको मन जित्न सफल भएका थिए। यो बिजयमा पुर्व प्रधानमन्त्री नेपालको लोकप्रियता जोडिएको बिष्लेसकहरुको टिप्पणी छ।

धनुषाका पाँच पालिकामा कांग्रेस र एमाले दुई–दुई:जसपा एकमा विजयी

काठमाडौं – स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ ।

धनुषाको दुईवटा पालिका जितिसकेको कांग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा (एमाले) ले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ ।

एउटा पालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले थप तीन स्थानीय तहमा अग्रता कायम गरेको छ भने धनुषाको कुनै पनि पालिकाको प्रमुख–उपप्रमुख जित्न नसकेको नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादी पार्टीले एक–एक स्थानीय तहमा अग्रता बनाएका छन् ।

जारी मतगणना परिणामअनुसार धनुषाको धनुषाधाम, मिथिला, नगराइन नगरपालिका, हंशपुर र बटेश्वर गाउँपालिकामा कांग्रेसले अग्रता बनाएको कांग्रेसले धनौजी र लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष जितिसकेको छ ।

यस्तै धनुषाको औरही गाउँपालिका र विदेह नगरपालिकाको प्रमुख र उपप्रमुख जितेको एमालेले क्षीरेश्वरनाथ, मिथिला विहारी नगरपालिकामा अग्रता लिएको छ ।

कांग्रेसको बिरासत भत्काउँदै जनकनन्दनी गाउँपालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले सहिदनगर, कमला नगरपालिका र मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा अग्रता कायम गरेको छ ।

धनुषाधाम नगरपालिका प्रमुखमा कांग्रेसका बालेश्वर मण्डलले एक हजार ७२३ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने एमालेका योगकुमार यादवले एक हजार ४८० मतका साथ पछ्याइरहनुभएको निर्वाचन अधिकृत चिरञ्जीवी गौतमले जानकारी दिनुभयो ।

मिथिला नगरपालिकामा चार हजार ४५० मतका साथ कांग्रेसका महेन्द्र महतोले अग्रता कायम गर्नुभएको छ भने एमालेका राजाराम महतोले तीन हजार ५९५ मतका उहाँलाई पछ्याइरहनुभएको छ ।

कांग्रेस नेता विमलेन्द्र निधिको गृहनगर धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका विनयकुमार यादवले दुई हजार १८८ मतका साथ अग्रता कायम गर्नुभएको छ भने एमालेका रामबाबु पंजियारले एक हजार ४७६ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।

त्यस्तै धनुषाको बटेश्वर गाउँपालिकामा कांग्रेसका रामअशिष महतो दुई हजार ४५८ मतका साथ अग्रता लिनुभएको छ भने एमालेका श्यामसुन्दर महतोले एक हजार ३८८ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ । हंशपुर गाउँपालिकामा कांग्रेसका प्रदीपकुमार यादवले एक हजार १३१ मतका साथ अग्रता लिनुभएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीका रामज्ञान मण्डलले ५५४ मत ल्याएर उहाँलाई पछ्याइरहनुभएको छ ।

मिथिला विहारी नगरपालिकामा एमालेका अनिलकुमार यादवले एक हजार ३०७ मतका साथ अग्रता बनाउनुभएको छ भने माओवादी केन्द्रका सूर्यनारायण मण्डलले एक हजार ७ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेको सहिदनगर नगरपालिकामा जनता समाजवादी पार्टीका दिनेशप्रसाद यादवले चार हजार ९७३ मतका साथ अग्रता लिनुभएको छ भने कांग्रेसका सुधीरकुमार गोइत दुई हजार ९३९ मतका साथ पछ्याइरहनुभएको निर्वाचन अधिकृत उत्तमप्रसाद खरेलले जानकारी दिनुभयो ।

त्यहाँ निवर्तमान नगरप्रमुख तथा माओवादी केन्द्रका उम्मेदवार उदयकुमार यादवले दुई हजार ८४२ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । कमला नगरपालिकामा जनता समाजवादी पार्टीका पशुपति यादवले दुई हजार १०४ मतका साथ अग्रता लिनुभएको छ भने कांग्रेसका विशेश्वर यादवले एक हजार ७६३ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

मुलुककै सबैभन्दा होचो ठाउँका रूपमा परिचित धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा जसपाका जयकुमार यादवले दुई हजार ६३९ मतका साथ अग्रता बनाउँदा कांग्रेसका रामबाबु यादव एक हजार ५५६ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा भने माओवादी केन्द्रले अग्रता बनाएको छ । माओवादी केन्द्रका दुर्गाबहादुर मल्ल ठकुरीले एक हजार २९२ मतका साथ अग्रता लिँदा राप्रपाका जकसन हमाल ठकुरीले एक हजार २०८ मतका साथ उहाँलाई पछ्याइरहनुभएको छ ।

मतगणनाका क्रममा धनुषाका अधिकांश स्थानीय तहमा कमजोर देखिएको लोसपाले सबैला नगरपालिकामा भने अग्रता कायम गरेको छ । त्यहाँ लोसपाका रामचन्द्रप्रसाद जैसवालले एक हजार ८०५ मतका साथ अग्रता लिनुभएको छ भने माओवादी केन्द्रका कारीराम यादवले एक हजार ७०७ मतका साथ पछ्याइरहनुभएको छ ।

तनहुँका सात पालिका र ५२ वडाको मतपरिणाम सार्वजनिक

काठमाडौं – स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबारसम्म तनहुँका सातवटा पालिका र ५१ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

मतगणना सार्वजनिक भएका सात पालिकामध्ये नेकपा (एमाले) ले चार, नेपाली कांग्रेसले दुई र नेकपा (माओवादी केन्द्र)ले एक पालिका जितेका छन् । त्यस्तै मतपरिणाम सार्वजनिक भएका ५२ वडामध्ये एमालेले २२, कांग्रेसले २४ र माओवादीले छ वडामा जित हासिल गरेका छन् ।

शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाको मतगणना जारी छ । व्यास नगरपालिकाको भने आज दुईवटा मतदान केन्द्रमा पुनः मतदान भएपछि मात्रै मतगणना गर्ने तयारी छ । एमालेले घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, म्याग्दे गाउँपालिकाको अध्यक्ष जितेको छ । एमालेले भिमाद नगरपालिकाको प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । त्यस्तै एमालेले बन्दीपुर गाउँपालिकाको अध्यक्ष जितेको छ ।

नेपाली कांग्रेसले ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, देवघाट गाउँपालिकाको अध्यक्ष, म्याग्दे गाउँपालिकाको उपाध्यक्ष र बन्दीपुर गाउँपालिकाको उपाध्यक्ष जितेको छ भने माओवादी केन्द्रले आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा देवघाट गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राधादेवी अधिकारी, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल विजयी हुनुभएको छ ।

देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा, म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा बालकृष्ण घिमिरे विजयी हुनुभएको छ । त्यस्तै देवघाट गाउँपालिकाको उपाध्यक्षमा पञ्चमाया गुरुङ विजयी हुनुभएको छ । आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष शुक्र चुमान, उपाध्यक्षमा दुर्गा अर्याल र देवघाट गाउँपालिकाको उपाध्यक्षमा भुवनसिं गुरुङ विजयी हुनुभएको छ ।

ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा विजयी हुनुभएको छ । एमालेले म्याग्दे–१, म्याग्दे–३, म्याग्दे–७, बन्दीपुर–१, बन्दीपुर–४, बन्दीपुर–६, घिरिङ–२, घिरिङ–३, घिरिङ–४, देवघाट–१, देवघाट–४, भिमाद–२, भिमाद–३ मा, भिमाद–७, भिमाद–८, भिमाद–९, भानु–२, शुक्लागण्डकी–५, शुक्लागण्डकी–६, शुक्लागण्डकी–८ र आँबुखैरेनी–६ को वडाध्यक्ष जितेको छ ।

कांग्रेसले भिमाद–१, भिमाद–४, भिमाद–६, म्याग्दे–२, म्याग्दे–४, म्याग्दे–५, म्याग्दे–६, ऋषिङ–२, ऋषिङ–३, ऋषिङ–४, ऋषिङ–५, ऋषिङ–६, घिरिङ–१, शुक्लागण्डकी–१, शुक्लागण्डकी–२, शुक्लागण्डकी–३, शुक्लागण्डकी–४, देवघाट–२, देवघाट–५, आँबुखैरेनी–३, आँबुखैरेनी–४, भानु–१, भानु–१२ र बन्दीपुर–३ को वडाध्यक्ष जितेको छ ।

माओवादी केन्द्रले आँबु–१, आँबुखैरेनी–२, ऋषिङ–१, बन्दीपुर–२, बन्दीपुर–५ र आँबुखैरेनी–५ को वडाध्यक्ष जितेको छ । स्वतन्त्र उम्मेदवारले भानु–१३, ऋषिङ–७ र ऋषिङ–८ को वडाध्यक्ष जितेको छ ।

दोहोरिन खोज्दा चार पराजित

विसं २०७४ को स्थानीय तहको निर्वाचनबाट विजय भएर पुनः दोहोरिन खोज्ने तीन पालिकाका प्रमुख यसपटक पराजित हुनुभएको छ । एमालेबाट देवघाटको अध्यक्षमा दोहोरिनुभएका दुर्गाबहादुर थापा यसपटक पराजित हुनुभएको छ ।

काङ्ग्रेसबाट आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा दोहोरिनुभएका गिरबहादुर थापा, म्याग्दे गाउँपालिकाको अध्यक्षमा दोहोरिनुभएका मायादेवी राना यसपटक पराजित हुनुभयो । यस्तै बन्दीपुर गाउँपालिकाको अध्यक्षमा दोहोरिनुभएका पूर्णसिं थापा र उपाध्यक्ष करुणा गुरुङ झिनो मतान्तरले पराजित हुनुभएको छ ।

कांग्रेसबाट म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा दोहारिनुभएका बालकृष्ण घिमिरे भने यसपटक पनि विजयी हुनुभएको छ । यसपटकको स्थानीय तह निर्वाचनमा फरक नतिजा आएको छ । गत निर्वाचनमा एउटा पार्टीले जितेका ठाउँमा अहिले अर्को पार्टीले जितेको छ ।

व्यास–८ रिस्तीमा आज पुनः मतदान

तनहुँको व्यास नगरपालिका–८ स्थित रिस्तीमा आज पुनः मतदान हुने भएको छ । पुनः मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँले जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाका प्रमुख उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले रद्द गरेको मतदान हुन लागेको हो ।

पुनः मतदान कार्यको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार गाविस भवन फेदी मतदान (क) र (ख) मा मतदान अधिकृत नियुक्त गरेर परिचालन गरिसकिएको छ । (क) मतदान केन्द्रमा सात सय ५६ र (ख) मतदान केन्द्रमा आठ सय २० मतदाता रहेका छन् ।

पुनः मतदान कार्यलाई सुरक्षित बनाउन सुरक्षा व्यवस्था चुस्त बनाइएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले मतदान केन्द्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ । बिहान ७ बजेदेखि मतदान कार्यसम्पन्न नभएसम्म अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरिएको हो ।

उक्त मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार र निजको प्रतिनिधि, निर्वाचनमा खटिएका कर्मचारी, अनुमतिप्राप्त व्यक्ति वा संस्थाका प्रतिनिधि र सुरक्षामा खटिएका कर्मचारीबाहेक अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।

देवघाटका नवनिर्वाचित अध्यक्षद्वारा शपथग्रहण

देवघाट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष तिलबहादुर थापाले शपथग्रहण गर्नुभएको छ । कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित थापाले मङ्गलबार मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानासमक्ष शपथग्रहण गर्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नवनिर्वाचित अध्यक्ष थापालाई शपथग्रहण गराइएको थियो । जिल्लाका पालिका प्रमुखलाई न्यायाधीशले शपथग्रहण गराउने र पालिकाका अन्य जनप्रतिनिधिलाई सम्बन्धित पालिकाको प्रमुखले शपथग्रहण गराउने व्यवस्था रहेको छ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट थापाले एमालेका दुर्गबहादुर थापालाई पराजित गर्नुभएको थियो ।

यसैबीच आँबुखैरेनी गाउँपालिकाका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, वडाध्यक्षलगायत सदस्यलाई प्रमाणपत्र वितरण गरेको हो ।

तिरहुत गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

काठामडौं- सप्तरीको तिरहुत गाउँपालिकामा जसपालाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

निर्वाचन अधिकृत कार्यालयबाट प्राप्त जानकारीअनुसार जिल्लाको तिरहुत गाउँपालिका अध्यक्षमा विजय यादव निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ५५६ मत ल्याएर सो गाउँपालिकामा विजयी हुनुभयो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हेमन्तकुमार बहडखेर यादवले दुई हजार ९८६ मतमात्र ल्याउनुभएको छ ।
यस्तै उपाध्यक्षमा कांग्रेसकै विनादेवी गोइत यादव निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ५१ मत ल्याउनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकै उपाध्यक्षका उमेदवार रामवतीदेवी मण्डलले तीन हजार २० मत ल्याउनुभएको छ ।

मकवानपुरको थाहा नगरपालिकामा गठबन्धन विजयी

काठमाडौं- उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन विजयी भएको छ ।

आज बिहानै सार्वजनिक मतपरिणामअनुसार थाहामा नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का विष्णु विष्ट प्रमुखमा र नेपाली कांग्रेसका भरत गोपाली उपप्रमुखमा निर्वाचित हुनुभएको हो ।

थाहामा खसेको कूल मत २३ हजार ५६ मध्ये विष्टले नौ हजार ७१९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार अच्युतम ढकालले सात हजार ७७१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपप्रमुखमा कांग्रेसका भरत गोपालीले आठ हजार ६०७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका कल्पना बलामीले आठ हजार ५२२ मत प्राप्त गर्नुभयो ।

थाहा नगरपालिकामा रहेका कूल १२ वटा वडामध्ये माओवादी केन्द्रले छवटा वडामा जित निकालेको छ भने तीन–तीन वटा वडामा नेपाली कांग्रेस र एमाले विजयी भएका छन् । थाहा नगरपालिकामा अघिल्लो निर्वाचनमा पनि कांग्रेस र माओवादीबीच तालमेल भएर प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

भरतपुरमा मतान्तर बढाउँदै दाहाल

काठमाडौं – भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।
गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३ पुगेको छ ।

दाहाल नौ हजार ४४७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने सुवेदी आठ हजार ५४ मतका साथ पछ्याइरहनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चार हजार २६५ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले छ हजार ५७७ मत प्राप्त गर्नुभएको छ ।

हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ । वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णलाल श्रेष्ठ दुई हजार ६१ मत र नेकपा ९एमाले०का डोलनारायण अधिकारीले एक हजार ७६१ मत प्राप्त गर्नुभएको छ ।

यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।

भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम छ ।

डुडुवाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

काठमाडौं – बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा नरेन्द्र चौधरी ‘पप्पु’ ले छ हजार २७२ र उपाध्यक्षमा नेपाली कांग्रेसकी साहिदा बानोले पाँच हजार ८८४ मत ल्याएर निर्वाचित हुनुभएको डुडुवा गाउँपालिकाका निर्वाचन अधिकृत फटिकराज मुडवरीले जानकारी दिनुभयो । चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी ९जसपा०का भण्डारीलाल यादवले पाँच हजार १२५ मत पाउँदा एमालेका उम्मेदवारले तीन हजार ७१९ मत पाउनुभएको थियो । उपाध्यक्षमा कांग्रेसका साहिदा बानोले निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसापा)की तरन्नुम बानोले चार हजार ७५४ मत पाउँदा एमालेका उम्मेदवारले चार हजार १५८ मत पाउनुभएको थियो ।

छवटा वडा रहेको सो गाउँपालिकामा एक वडा कांग्रेस, तीन वडा जसपा र दुई वडा एमालेले जितेको छ । यसअघि राप्ती सोनारी गाउँपालिका पनि कांग्रेसले जितेको थियो । बाँकेका ८१ वडामध्ये अहिलेसम्म ३३ वडाको मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये एमालेले नौ, नेकपा (माओवादी केन्द्र) ले नौ, कांग्रेसले आठ, जसपाले पाँच र राप्रपाले दुई वडा जितेको छ ।

पोखरामा गणना ढिलो भएपछि मतगणनास्थल थप

काठमाडौं – स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीका पाँच पालिकामध्ये चार गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ« गाउँपालिकाको परिणाम सार्वजनिक भइसक्दा पनि पोखरा महानगरको गणना जारी छ ।

वैशाख ३१ गतेबाट पोखराको मतगणना सुरु भएकामा महानगरका ३३ वडामध्ये हालसम्म वडा नं १, २, ४, १२ र २३ को मात्र अन्तिम परिणाम घोषणा भएको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा पोखरा महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेकामा चार दिनमा ३१ हजार मतमात्र गणना गरिएको छ ।

पोखरामा अझै २९ वडाको परिणाम आउन बाँकी छ । मतगणना सुस्तगतिमा भइरहेकाले पोखरा अन्तिम परिणाम आउन अझै लामो समय कुर्नुपर्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुईवटा गणनास्थल थप गरेको छ । मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी निलप्रसाद पनेरुका अनुसार मङ्गलबार रातिदेखि दुई मतगणनास्थल थप गरिएको हो ।

पोखराका गणना अहिले नगर विकास समितिको सभाहल र जिल्ला समन्वयको हलमा छ मतगणनास्थलको १० सर्कलबाट भइरहेकामा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयको भवनमा गणनास्थल थप गरिएको हो । गणनास्थल थपपछि गणना छिटो हुने विश्वास लिइएको छ ।

पोखरामा अहिलेसम्म ३१ मतगणना सकिँदा सत्ता गठबन्धनबाट प्रमुखका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्यले १२ हजार ९४५ मत प्राप्त गर्नुभएको छ भने नेकपा ९एमाले०का कृष्णबहादुर थापाको ११ हजार १५० मत छ ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाटले १३ हजार २३३ मतसहित अग्रता बनाउनुभएको छ । एमालेका मञ्जुदेवी गुरुङको १२ हजार ७२८ मत छ ।