गोलञ्जोरमा एमाले विजयी

काठमाडौं – यहाँको गोलञ्जोर गाउँपालिकामा गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।
एमालेका शङ्कर बरालले कांग्रेसका उम्मेदवार पुष्प कार्कीलाई पछि पर्दै विजयी हुनुभएको हो ।

बरालले चार हजार ७४४ मत प्राप्त गर्दा कार्कीले चार हजार ४६३ मत प्राप्त गर्नुभयो । गाउँपालिका उपाध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का ज्वालाप्रसाद न्यौपाने विजयी हुनुभएको छ । उहाँले चार हजार २४२ मत प्राप्त गर्दा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार ममता देवकोटाले तीन हजार ८३८ मत प्राप्त गर्नुभएको छ ।

सातवटा वडा रहेको गोलञ्जोरमा दुई वडा माओवादी, दुई वडा एमाले र तीन वडा कांग्रेसले विजय हासिल गरेको छ । माआोबादीबाट वडा नं १ मा सोमप्रसाद बराल, वडा नं ३ मा केपी पोखरेल विजयी हुनुभएको छ ।

कांग्रेसबाट वडा नं २ मा दौलत कार्की, वडा नं ४ मा भक्तबहादुर भुजेल, वडा नं ६ मा रबिन श्रेष्ठ विजयी हुनुभएको छ । एमालेले दुईवटा वडामा विजय हासिल गरेको छ । वडा नं ५ मा गोबिन्दबहादुर लुङ्गेली, वडा नं ७ मा रेगनराज थापा विजयी हुनुभएको हो ।

हल्दिबारी गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षमै राप्रपा निर्वाचित

काठमाडौं – हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजेन्द्र लिङ्देन पुनः निर्वाचित हुनुभएको छ । उहाँले एमालेका डम्बर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गर्र्र्दै विजयी बन्नुभएको हो ।

उहाँले कूल मतको छ हजार ८५६ मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत ल्याउनुभएको छ । एमालेका गिरी निवर्तमान गाउँपालिका उपाध्यक्ष हुनुहुन्छ ।

त्यस्तै अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

पालिकाको उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली नै निर्वाचित हुनुभएको छ । मैनालीले पाँच हजार ७८ मत ल्याउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत ल्याउनुभएको छ ।

माओवादी केन्द्रका टीकादेवी राउतले एक हजार ४५३ र कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत ल्याउनुभएको छ । राप्रपाले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित दुई वडाध्यक्ष र ११ सदस्य जितेको छ ।

आजको मौसम कस्तो रहला ?

काठमाडौं – आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी राती पनि प्रदेश १ र मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गोकर्णेश्वर-५ मा नेपाली कांग्रेसको प्यानलै विजयी

काठमाडौँ– गोकर्णेश्वर -५ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको ५ मा नारायण बहादुर सुवेदीले पुन अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका सुवेदीले १७५५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन् ।

सुवेदीका निकटतम् प्रतिद्वन्द्वी एमालेकी कुमारी सिम्खडाले ८१४ मत ल्याइन भने माओवादी केन्द्रले ६५५ मत ल्याएका थिए ।सुवेदी स्थानीय निर्वाचन २०७४ मा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

ओलीलाई गठबन्धनको झट्का : बालकोटदेखि जन्मघरसम्म भत्कियो ‘लाल किल्ला’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले झट्का दिएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा देखिएको छ ।

एमालेले अहिलेसम्म जितेको र अग्रता लिएको पालिकाको संख्या हेर्दा दोस्रो हुने निश्चित जस्तै छ । यता ओलीसँग जोडिएका ठाउँहरुका लाल किल्ला भत्काउँदै गठबन्धनले विजयको झण्डा गाडिरहेको छ । जन्मघर तेह्रथुमको इवा, गृहनगर बालकोटमा पर्ने सूर्यविनायक वडा नम्बर ४ र दमकमा ओलीको प्रतिकुल परिणाम देखिएको छ ।

ओलीको घर रहेको सूर्यविनायक नगरपालिका– २ बालकोटमा काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी छ । काँग्रेसका कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले झट्का दिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा देखिएको छ ।

एमालेले अहिलेसम्म जितेको र अग्रता लिएको पालिकाको संख्या हेर्दा दोस्रो हुने निश्चित जस्तै छ । यता ओलीसँग जोडिएका ठाउँहरुका लाल किल्ला भत्काउँदै गठबन्धनले विजयको झण्डा गाडिरहेको छ । जन्मघर तेह्रथुमको इवा, गृहनगर बालकोटमा पर्ने सूर्यविनायक वडा नम्बर ४ र दमकमा ओलीको प्रतिकुल परिणाम देखिएको छ ।

ओलीको घर रहेको सूर्यविनायक नगरपालिका– २ बालकोटमा काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी छ । काँग्रेसका कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे।

यो वडामा अघिल्लो निर्वाचनमा पनि नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो । ओलीको गृहनगरमा एमाले यसपटक पनि काँग्रेसलाई रोक्न सकेन । सूर्यविनायकमा पनि काँग्रेस जित नजिक छ ।

आठराई गाउँपालिका–४ इवामा काँग्रेसका खगेन्द्र गुरुङ ६९३ मतसहित विजयी भएका छन् । एमालेका नरेन्द्र कुमार ईङनामले ५६३ मत मात्र पाए । गठबन्धनको सहयोगमा काँग्रेसले ओलीको जन्मघरको वडामा १३० मतान्तरका साथ जित हात हासिल गरेको छ ।

ओलीले आफ्नो जन्म गाउँ भनेर प्रचार गरेको ठाउँमा जित हात पार्नुलाई गठबन्धनले प्रतिष्ठाका रुपमा लिइएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री ओलीले ०७६ फागुनमा ११ मा इवा पुगेर आफ्नो ६९ औं जन्म दिवस मनाउन थिए ।

आफ्नो जन्म उत्सवमा ओलीले इवाका नागरिकलाई सारी, पछ्यौरी, भादगाउँले टोपी, ज्याकेट र डायरी बाँडेका थिए । ओलीले नेपालको नक्सासहितको केक काटेर जन्मदिवस बनाएको भन्दै आलोचनाको विषय समेत बनेको छ । तामझामका साथ जन्मघरमा जन्म दिवस बनाएका फर्किएका ओलीलाई दुई वर्षपछि इवाबाट सुखद नतिजा आएन ।

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल ११९ मतले अगाडि

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ११९ मतले अगाडि छिन् ।

१८ हजार ८८३ मत गणना गर्दा रेणुले ६ हजार ३१९ मत ल्याएर अग्रता लिँदा उनलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार २०० मत ल्याएका छन् । साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ८१ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन् ।

यसैगरी उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले सात हजार ६९९, राप्रपाकी हिमला गुरुङले पाँच हजार ८२ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

मेलुङ गाउँपालिकामा एमालेका थोकर विजयी

काठमाडौं – दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हीराकुमार थोकर निर्वाचित हुनुभएको छ ।
उपाध्यक्षमा एमालेकै गायत्री आचार्य निर्वाचित हुनुभएको छ ।

थोकरले चार हजार ४४२ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समावजादीका रवीन्द्र कार्कीले दुई हजार ७०३ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा निर्वाचित एमालेका आचार्यले चार हजार १४७ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका भक्तबहादुर तामाङले दुई हजार १७५ मत प्राप्त गर्नुभएको छ ।

सातवटा वडा रहेको गाउँपालिकामा एमालेले ४ वटा वडामा वडाअध्यक्षसहित सिङ्गो प्यानल निर्वाचित भएको छ । गठबन्धनबाट तीन वडामध्ये समाजवादीले वडा नं २, माओवादीले वडा नं ५ र ६ मा विजयी भएको छ ।

नेपालमा करिब ४७ लाख उच्च रक्तचापका बिरामी

काठमाडौं – नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ ।

विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ आयोजना गरेको पत्रकार अन्तक्र्रिया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताउनुभएको हो ।

उहाँका अनुसार तीमध्ये १० लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे जानकारी रहेको र चार लाखले मात्र औषधि सेवन गर्ने गरेका छन् । औषधि सेवन गर्नेमध्ये दुई लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको उहाँको भनाइ थियो ।

उच्चरक्तचाप तनाव, प्रदूषण, अस्वस्थ्यकर खाना, मध्यपान, सुर्तीजन्य पदार्थको प्रयोग र निस्क्रिय जीवनशैलीले हुने गर्दछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले रक्तचापबाट बच्नका लागि सन्तुलित जीवनशैली अपनाउनुपर्ने बताउनुभयो । उहाँले नसर्ने रोगलाई मन्त्रालयले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारीसमेत गरेको जानकारी दिनुभयो ।

उच्च रक्तचापका कारण मस्तिष्कघात, हृदयाघात, मुटु तथा रक्तनलीसम्बन्धी रोग, दीर्घ मिर्गौलाको समस्याजस्ता रोग लागेर अकालमै मानिसको मृत्यु हुने गर्दछ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले रक्तचापबाट बच्नका लागि नुन र चिनीको मात्रा कम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले उच्च रक्तचापमा सर्वव्यापी गुणस्तरीय समतामूलक स्वास्थ्य सेवाको पहुँच बढाई यस वर्ष नियमित औषधि सेवन गर्ने सङ्ख्या १० लाख पु¥याउने बताउनुभयो ।

विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले रक्तचापको उपचारसँगै जनचेतनासमेत जगाउनुपर्ने बताउनुभयो । उहाँले रक्तचापको रोकथामका लागि स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालबाट नै विशेष सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो ।

महानिर्देशक सिंहले नियमित रक्तचाप परीक्षण र औषधि सेवनले रोगको रोकथाम गर्नसकिने बताउनुभयो ।

वरिष्ठ हृदयरोग विशेषज्ञ डा ओममूर्ति अनिलले १५ देखि २४ वर्ष उमेरसमूहमा उच्च रक्तचाप १० प्रतिशत र ४० वर्षभन्दा माथिका मानिसमा ५० प्रतिशत उच्च रक्तचाप देखिएको जानकारी दिनुभयो । उहाँले काठमाडौँमा पेसागतरुपमा काम गर्ने युवामा बढी उच्चरक्तचाप देखिएको छ भन्नुभयो ।

डा अनिलले नुनले मात्र उच्चरक्तचाप नभएर गुलियो र चिल्लो खानेकुरा खाँदा पनि रक्तचाप बढ्ने बताउनुभयो । उहाँले ५० प्रतिशत मानिसले आफूमा उच्च रक्तचाप भएको थाहा नपाउने भएकाले यसको रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोगसम्बन्धी पठनपाठनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

‘दीर्घ जीवनको आधारः नियमित रक्तचाप परीक्षण, नियन्त्रण र उपचार’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर नै यो दिवस मनाइदै छ ।

टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकाइ महसुस हुने, एक्कासि नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्नेजस्ता समस्या उच्च रक्तचापका लक्षण हुन् ।

उच्च रक्तचापबाट बच्नका लागि धु्रमपान तथा मदिरासेवन नगर्ने, हरियो सागसब्जी तथा फलफूल धेरै खाने, खानामा नुनको प्रयोग कम गर्ने, रातो र धेरै बोसोयुक्त मासु कम खाने, नियमित व्यायाम तथा योग गर्ने गर्नुपर्दछ ।

सिरहा कर्जन्हा नगरपालिकाको मेयर पदका एमालेको उम्मेदवार भोलाप्रसाद पोखरेल अग्रता कायमै

काठमाडौं – कर्जन्हा नगरपालिकाको मेयर पदका उम्मेदवारभोलाप्रसाद पोखरेल अग्रता कायमै राखेका छन्।
सिरहा कर्जन्हा नगरपालिकाको मेयर पदका एमालेको उम्मेदवार भोलाप्रसाद पोखरेलको मत दुई हजार पाँच सयले नाघेको छ ।
पछिल्लो मतपरिणाम अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन्।

पछिल्लो मतपरिणाम अनुसार भोलाप्रसाद पोखरेलले दुई हजार ६६२ मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका केशवप्रसाद साहले ९ सय ८५ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार प्रभात महतोले ७ सय ८८ मत प्राप्त गरेका छन्।

भरतपुरमा पाँच दलीय गठबन्धनको अग्रता कायमै

काठमाडौं – भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।

पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका साथ अग्रता लिनुभएको हो ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले छ हजार ११५ मतका साथ उहाँलाई पच्छ्याइरहनुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले सात हजार ५५८ र राप्रपाका हिमला गुरुङले पाँच हजार १० मत प्राप्त गर्नुभएको छ ।

भरतपुर महानगरपालिका–५ को एक हजार ३१७ मत गणना हुँदा वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले ५७८ मत र नेकपा एमालेका पदमपाणि सुवेदीले ५७२ मत प्राप्त गर्नु भएको छ ।

यसअघि महानगरको वडा नं १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ भने वडा नं ३ मा नेकपा एमालेका वडाध्यक्ष निर्वाचित हुनुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामना बाहेकका चार पालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै छ ।

बुढानिलकण्ठ नगरपालिकामा नगरकै पहिलो महिला वडाध्यक्षमा : सुमित्रा त्रिपाठी पाण्डे

काठमाडौं- बुढानिलकण्ठ नगरपालिका वडा नं – ९ को वडाध्यक्षमा नेकपा एमालेका सुमित्रा त्रिपाठी पाण्डे विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्दीलाई ७५ मतले पराजित गरेका छन् । अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित पाण्डेले ९४८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका गणेश कोइरालाले ८७३ मत प्राप्त गरेका छन् ।

सोही वडा नं ९ को चार सदस्यमा रमेश गौतम,श्याम कार्की,शान्ति पाण्डे र सुमि परियार नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । बुढानिलकण्ठ नगरपालिकाको ईतिहासमा सुमित्रा त्रिपाठी पाण्डे नगरकै पहिलो महिला वडाध्यक्ष बन्न सफल भएकी छिन् ।

काठमाडौँ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ११ हजार नाघे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ११ हजार नाघेको छ ।

पछिल्लो मतपरिणाम अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन्।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ११ हजार १३ मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ५ हजार ९ सय ५६ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ५ हजार २ सय ११ मत प्राप्त गरेकी छन्।

पेट्रोलियम पदार्थको मुल्य प्रतिलिटर १७० रुपैयाँ पुग्यो

काठमाडौं – सरकारले फेरी डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो ।

अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो ।

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता

काठमाडौं – काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको अग्रता बनाएका छन् ।

सुरुवातदेखि नै अग्रता लिइरहेका साहले पछिल्लो मत परिणाम अनुसार १० हजार ८९९ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार ८४१ मत पाएका छन् । तेस्रो स्थानमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन् । उनले ५ हजार ११४ मत प्राप्त गरेकी छन् ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा पहिरोमा परी ४ जनाको मृत्यु-२ जना घाइते

काठमाडौ- अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले मङ्गलबार जानकारी दिएका छन् ।

सोमबार साँझ यवन जिल्लाको शोलार-ए-पायन गाउँमा भएको प्राकृतिक प्रकोपमा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना घाइते भएको अधिकारीले बताए ।
स्थानीय अधिकारीहरूले पीडित परिवारलाई मानवीय सहायता पठाउने प्रयास गरिरहेको अकबरीले बताएका छन् ।
यसैबीच स्थानीयवासीले घटनाबाट तीन परिवार प्रभावित भएको र मृतकको संख्या रिपोर्ट गरिएभन्दा बढी हुन सक्ने बताएका छन् ।