एकीकृत समाजवादीद्वारा मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीले गरेको मन्त्री फेरबदलको निर्णय कार्यान्वयन गर्न माग गरेको छ ।

आज बसेको सचिवालय बैठकले पार्टीले गरेको निर्णय कार्यान्वयन किन हुन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्ने निर्णय भएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

‘अहिले मन्त्रीमण्डलमा हाम्रो टिमलाई बदल्ने भनेर जुन निर्णय गरेका छौँ । त्यो निर्णयलाई सरकारले अहिलेसम्म किन कार्यान्वयन गर्न सकेन रु तुरुन्तै कार्यान्वयन गर्नुपर्‍यो भनेर निर्णय गरेका छौँ,’ उनले भने ।

आज बालुवाटारमा बस्ने गठबन्धनको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय सुनाउने पनि उनले बताए ।

सचिवालय बैठकमा पार्टीका आगामी बैठकका तयारीबारे पनि छलफल भएको उनको भनाइ छ । एकीकृत समाजवादीले गएको जेठ २२ गते मन्त्री फेर्ने निर्णय गरे पनि कार्यान्वयन भएको छैन ।

बढ्न थाल्यो विद्युतीय गाडीको आयात

काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय गाडीको आयात चालु आर्थिक वर्षमा उल्लेख्य मात्रामा वृद्धि हुन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयातमा वृद्धि भएको छ ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको एघार महिनामा १७ सय बढी विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार एक हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । गत आर्थिक वर्षको एघार महिनाको तुलनामा चालु आर्थिक वर्षमा विद्युतीय सवारीसाधनको आयातमा ७०० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको अवधिमा जम्मा २१३ विद्युतीय आयात भएका थिए ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १५४ र १५० देखि २०० सम्म किलोवाट क्षमताका ६५६ गरी ८१० गाडी नेपाल भित्रिएका हुन् । चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६०८, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका १३२ र फ्रान्सबाट एक गाडी नेपाल भित्रिएका छन् ।

यस्तै युकेबाट १०० दखि १५० किलोवाट क्षमताका १३, चीनबाट १५० देखि २०० किलोबाट क्षमताका ६५६, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२, जापानबाट ७८, युकेबाट चार गाडी नेपाल आएका छन् । युकेबाट २००देखि ३०० किलोवाट क्षमताका चार र युकेबाटै ३०० क्षमताभन्दा माथिका दुई विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

गत वैशाखमा न्यून मात्रामा विद्युतीय गाडी भित्र्याइएकामा जेठमा वृद्धि भएको छ । गत वैशाखको तुलनामा जेठमा मात्रै १५३ विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । वैशाखमा ७८ मात्रै विद्युतीय गाडी नेपाल भित्रिएका थिए ।

पाँच अर्बका गाडी भित्रिए

चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा रु पाँच अर्ब बढीका विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ मसान्तसम्म एक हजार ७०४ विद्युतीय गाडी नेपाल भित्रिँदा रु पाँच अर्ब पाँच करोड १६ लाख १३ हजार विदेशीएको हो ।

यस्तैगरी उक्त विद्युतीय गाडी आयातबाट सरकारले रु एक अर्ब ३५ करोड ४१ लाख बराबर राजस्व सङ्कलन गरेको छ । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित हुने गाडीको आयातमा रोक लगाउँदा विद्युतीय गाडी आयातमा वृद्धि भएको बताइएको छ । देशमा विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गाडीसहित विभिन्न १० वस्तुको आयातमा रोक लगाएको छ ।

मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशन गरी असार मसान्तसम्म उक्त वस्तुको आयातमा रोक लगाएको हो । सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित गाडीको आयातमा रोक लगाएर विद्युतीय सवारी आयात खुला राखेको थियो ।

अफगानिस्तानमा भूकम्पमा परी ९२० जनाको मृत्यु

काबुल । अफगानिस्तानको पाक्तिका प्रान्तमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुगेको छ । पाक्तिका प्रान्तको दक्षिणपूर्वी सहर खोस्टबाट ४४ किलोमिटर टाढा केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पको धक्का पाकिस्तान र भारतका भूभागसम्म महशुस गरिएको थियो । भूकम्पमा सयौँ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । भूकम्पका कारण पूर्वी पाक्तिका प्रान्तमा धेरै घरहरू भत्किएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी (पुर्णपाठसहित)

काठमाडौं । ‘स्वतन्त्र उम्मेदवारी अभियानले रवि लामिछानले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ ।

अभियानका तर्फबाट संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूहरसंस्थालाई गम्भीर आघात पुगेको उल्लेख छ ।

लामिछानेको पार्टीको नामबाट स्वतन्त्र शब्द हटाउन आग्रह गर्दै दिएको उजुरीमा उल्लेख छ, ‘परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु ।’

लामिछानेको पार्टीलाई स्वतन्त्र उम्मेदवार अभियान, अभियान्ता र देशैभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको समर्थन–सहकार्य नरहेकोसमेत उजुरीमा उल्लेख छ ।

उजुरीको पूर्णपाठ

मा दिनेश कुमार थपलियाज्यु प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोग नेपाल कान्तिपथ,
काठमाडौं ।

विषय स् उजुरी दिईएको बारे

उपरोक्त विषयमा हिजो मिति २०७२ असार ७ गते विभिन्न संचार माध्यममा प्रकाशित तथा प्रसारित समाचार र निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार पूर्व पत्रकार रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी दर्ताको लागि निवेदन दिएको भन्ने कुरामा ‘स्वतन्त्र उम्मेदवारी अभियान’को गम्भीर ध्यानाकर्षण हुनुका साथै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूहरसंस्थालाई गम्भीर आघात पुगेको छ ।

संविधानमा कुनै पनि व्यक्ति, समूह र संस्थाहरू कुनै राजनैतिक पार्टीमा आबद्ध नरहेर स्वतन्त्र रहुन र निर्वाचनमा स्वतन्त्रकै रुपमा आफ्नो उम्मेदवारी दिन पाउने सार्वभौम अधिकारको व्यवस्था छ । कनै पनि व्यक्तिले राजनैतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको छ ।

स्थानीय तहको निर्वाचनको दौरान राजनैतिक पार्टी प्रतिको वितृष्णा तथा निर्वाचनको मतपरिणाम र स्वतन्त्रप्रतिको बढ्दो आकर्षणलाई आफ्नो मुठ्ठीमा कब्जा गर्ने दुषित मनसाय र कथित अवसरबादीलाई आम मतदाता, नागरिक समाज, मिडिया एवं सरोकारवालाहरूले चिन्नु अति आवश्यक छ । परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु । साथै, स्वतन्त्र उम्मेदवार अभियान, अभियान्ता र देशैभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा समर्थन–सहकार्य नरहेकोसमेत जानकारी गराउँदछु।

इम्बर शाहु
संयोजक

स्वतन्त्र उम्मेदवारी अभियान

सेनाद्वारा बिरामीको उद्वार

रसुवा । जङ्गलको गोठमा बिरामी परेका एक स्थानीय बासिन्दालाई नेपाली सेनाले आज उद्वार गरेको छ । स्वास्थ्य समस्याले गम्भीर अवस्थामा पुगेका रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–५ निवासी १९ वर्षका सन्तोष तामाङलाई नेपाली सेना विष्णु दल गणले भारी वर्षाको प्रवाह नगरी उपचारार्थ बोकेर जिल्ला अस्पताल पु¥याएको हो ।

चन्दनबारी र प्राप्चेबीच उच्च भागमा रहेको चौरी गोठबाट नेपाली सेनाले उद्वार गरेको थियो । नेपाली सेनाले जिल्ला अस्पताल पु¥याए पश्चात् चिकित्सकको सिफारिसमा अहिले बिरामीलाई ललितपुरको पाटन अस्पताल पु¥याइएको चन्दनबारीका होटल व्यवसायी सुनाम घ्याल्मो तामाङले बताउनुभयो ।

समुद्र सतहदेखि तीन हजार २५० मिटरको उचाइबाट बिरामीको उद्वार भएको थियो । कुनाकाप्चामा छरिएर रहेका स्थानीय नागरिक बिरामी पर्दा नेपाली सेनाले छिटोछरितो उद्वार गरी मानव बचाउने कार्यमा गरेको योगदान अविस्मरणीय रहेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिनुभयो ।

म जेल जान तयार छु तर इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्दिन : भीम रावल

काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्व गृहमन्त्री भीम रावलले आफूले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका छन् ।

आज संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको छलफलमा रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने बताएका हुन् ।

संविधान विपरीत इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजीमा राख्न ठुलो चलखेल भएको समेत रावलले बताए । छलफलमा रावलले भने, ‘म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ । बरु सरकारले एक वर्ष जेल हाल्ने भनेको छ हालोस् । म एक वर्ष जेल जान तयार छु ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दर्ता नवीकरण गर्नेले, नयाँ दर्ता गर्ने र सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव नै उपस्थित नभएपछि बैठक भने बस्न सकेन । समितिले मन्त्रीलाई उपस्थित गराएर मात्र छलफल गर्ने पनि बताएको छ ।

राताम्मे बन्यो शेयर बजार, ८४ करोडमाथिको कारोबार

काठमाडौं । नेप्से साताको कारोबारको चौथो दिन बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३१.२१ अंकले घटेर एक हजार ८ सय ९३ दशमलब ५३ विन्दुमा थामिएको छ । मंगलबार नेप्से ३७.४९ अंकले बढेर एक हजार ९ सय २२ दशमलब ३० विन्दुमा पुगेर बन्द भएको थियो ।

आज कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्सेमा ८४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब २५ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज शेयर बजार घटेपनि दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आँधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७९४ रुपैयाँ पुगेको छ भने ग्लोबल आईएमई समुन्नत स्किम १ को शेयरमूल्य पनि १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार युनाइटेड इदीमर्दी आरबी जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६.४८ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ३ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ ।

‘प्रेस्क्रिप्सन’बिना औषधि बेच्ने पक्राउ

काठमाडौं । लागूऔषध दुव्र्यसनमा परेका व्यक्तिलाई चिकित्सकको ‘प्रेस्क्रिप्सन’बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा धादिङ गङ्गाजमुना गाउँपालिका–५ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङस्थित गङ्गाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिलबहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका–१ का २२ वर्षीय राजकुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौँ तारकेश्वर–५ गोलढुगा बस्ने २४ वर्षीय सञ्जय पुतुवार रहेका छन् ।

गङ्गाजमुना फार्मेसीमा बिना इजाजत अवैध रूपमा औषधि बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले अनुसन्धानका क्रममा संलग्नता देखिएपछि उनीहरूलाई पक्राउ गरेको हो । साथै फार्मेसीबाट स्पास्पेन ४५० ट्याब्लेट, ट्रमा २४० ट्याब्लेट र ट्रमाडोल ५०० क्याप्सुल प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौँ पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

७० हजार बालबालिकालाई कोभिड खोप लगाइँदै

चितवन । जिल्लामा रहेका पाँच वर्षदेखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप सुरु गरिने भएको छ । यही असार ९ गतेबाट बालबालिकालाई खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयले आज यहाँ पत्रकारसँग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरी खोप अभियान सुरु गर्न लागिएको जनाएको हो ।

असार ९ देखि १८ गतेसम्म चल्ने सो अभियान दुई चरणमा विभाजन गरिएको छ । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा असार ९ देखि १४ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिनुभयो । केसीका अनुसार भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा असार १४ गते देखि १८ गते सम्म अभियान सञ्चालन हुने छ ।

जिल्लामा रहेका ७० हजार ३८२ बालबालिकालाई फाइजर –बायोएनटेक खोप दिइने उहाँले जानकारी दिनुभयो । जस अन्तर्गत भरतपुर महानगरपालिकामा ३१ हजार ४१२, रत्ननगर नगरपालिकामा ८ हजार ३७१, खैरहनी नगरपालिकामा सात हजार ३५० बालबालिकालाई खोप दिइँदैछ ।

यस्तै कालिका नगरपालिकामा चार हजार १९२, राप्ती नगरपालिकामा आठ हजार ९१४, माडी नगरपालिकामा पाँच हजार ३६३ र इच्छाकामना गाउँपालिकामा चार हजार ७८० जना बालबालिकालाई खोप लगाउन लागिएको कार्यालयले जनाएको छ ।

केसीका अनुसार अभियानका लागि ७६ हजार ८०० डोज खोप जिल्लामा आइसकेको छ । जिल्लामा रहेका ५४० खोप केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने उहाँले जानकारी दिनुभयो । खोप अभियानमा ९४४ स्वास्थ्यकर्मी र एक हजार ३९४ स्वयंसेवीका परिचालन हुने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिकामा २१४, रत्ननगर नगरपालिकामा ५८, खैरहनी नगरपालिकामा ६२, राप्ती नगरपालिकामा ६४, कालिका नगरपालिकामा ५३ वटा खोप केन्द्रबाट खोप लगाइँदै छ । माडी नगरपालिकामा ४१ र इच्छाकामना गाउँपालिकामा ४८ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप दिन लागिएको केसीले जानकारी दिनुभयो ।

हरेक विद्यालयलाई खोप केन्द्रको रुपमा परिचालन गरिने उहाँले बताउनुभयो । सामुदायिक र संस्थागत विद्यालयमा खोप खेन्द्र बनाइने छ । दुई सय बालबालिकाका लागि एकजना स्वास्थ्यकर्मी परिचालन गरिने उहाँले जानकारी दिनुभयो । खोप लगाएपछि सामान्य ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने लगायतका लक्षण देखिएमा आत्तिनु पर्ने अवस्था नरहेको कार्यालयले जनाएको छ ।

गम्भीर प्रकृतिका बिरामी र उच्च ज्वरो आएका बिरामी बालबाललिकालाई यो खोप दिन नहुने सो अवसरमा जानकारी दिइएको थियो । पहिलो पटक खोप लगाएको २१ दिन पछि अर्थात साउन २ गतेबाट दोस्रो डोजको खोप अभियान सुरु गरिने केसीले बताउनुभयो । जिल्लामा हालसम्म पाँच लाख २८ हजार ९२५ जनाले कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।

यस्तै चार लाख ७० हजार ५७ जनाले दोस्रो मात्रा खोप लगाएको कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ९३ हजार ४७० जनाले बुष्टर डोज खोप लगाएका छन् । १२ वर्ष देखि माथि १७ वर्ष उमेर समूहका बालबालिका ६० हजारले खोप लगाएको उहाँले बताउनुभयो ।

जिल्लामा हालसम्म ३३ हजार ५५४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ३३ हजार १०५ जना निको भएर घर फर्किसकेका छन् भने ४४९ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । अहिले सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ ।

बसको ठक्करबाट मृत्यु

कञ्चनपुर । बेदकोट नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना४ख ८०७७ नंको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका–६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो ।

सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । सख्त घाइते भएकी जोशीलाई अस्पताल पु¥याउने क्रममै मृत्यु भएको बताइएको छ । बसका चालक भीमदत्त नगरपालिकाको बनगाउँ बस्ने ३४ वर्षीय राजेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनुप¥यो : मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट पार्नुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउँदै २०७१ सालदेखि नै अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया सुरु भएको प्रस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय रुस–युक्रेन युद्धका कारण सिर्जना भएको विशिष्ठ ऊर्जा सङ्कटका कारण निगमले प्राप्त गर्ने पेट्रोलियम पदार्थको मूल्य लगभग सबैजसो समय बढेर नै आइरहेको छ, नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल खरिद नगरी प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।”

मन्त्री बडूले प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिररहेको अवस्थामा निगमले हाल आफू घाटामा रही कारोबार गरिरहेको बाध्यात्मक अवस्थाबारे पनि सदनलाई जानकारी गराउनुभयो । उहाँले विगत केही समययता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको, निगमलाई जेठ समान्तसम्म करिब रु ५० अर्ब घाटा हुन गएको र इन्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने रु २२ अर्ब बक्यौता रहेको जानकारी दिनुभयो ।

“इन्डियन आयल कर्पोरेसशनलाई पेट्रोलियम पदार्थ खरिद गरेबापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै जान नदिन र आपूर्ति व्यवस्था सहज बनाइ राख्न लागत अनुरुप नै मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएका कारण मूल्य वृद्धि गरिएको यस सदनलाई जानकारी गराउन चाहन्छु”, उहाँले भन्नुभयो ।

निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गर्नुभन्दा पहिला पेट्रोलियम पदार्थको धेरै मात्रा बिक्री गरिने निगमलाई घाटामा पु¥याएको भन्ने सन्दर्भमा उहाँले निगमको प्रचलित कानुन, नीति तथा पेट्रोलिम पदार्थको बिक्री सम्बन्धि विद्यमान नियमावली अनुरुप नै बिक्री वितरण गरिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “मुलुकैभरी सबैभन्दा बढी पेट्रोल खपत हुने काठमाडौँ उपत्यकामा निगमको थानकोट डिपोले यही असार ५ गते पेट्रोल सात लाख ५० हजार लिटर र डिजेल आठ लाख ५० हजार लिटर बिक्री गरेको छ भने असार ६ गते पेट्रोल आठ लाख ४० हजार लिटर र डिजेल १० लाख ४० हजार लिटर बिक्री गरेको निगमको रेकर्डबाट देखिन्छ, कसैलाई नाफा हुने नियतले नभइ कानुन र नीतिगत रुपमा नै मूल्य निर्धारण गरी बिक्री गरिएको छ ।”

उहाँले बिक्रीवितरण भइरहेको अवस्थामा पेट्रोलियम बिक्री गरेपश्चात मूल्य बढ्ने गरेको भनाइमा कुनै सत्यता नभएको पनि स्पष्ट पार्नुभयो । मन्त्री बडूले नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रणाली सहज, व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरकारले अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन नीति तथा नीतिगत, कानुनी एवं संस्थागत सुधारका लागि विषय समावेश गरी प्रतिवेदन पेश गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले बजार अनुगमनलाई अझै व्यवस्थित, प्रभावकारी र सशक्त बनाउने विश्वास दिलाउनुभयो ।

सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि एक हप्ताअघि नै मन्त्रीहरुको नाम पठाए पनि हालसम्म हेरफेर भएको छैन ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताकै छलफलले बजेट पारित हुनुअघि मन्त्री हेरफेर नगर्ने सहमति गरेको थियो । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्न लागेपछि अन्य दलहरुमा पनि मन्त्री हेरफेरको आवाज उठेको छ ।

यसै वर्ष संघीय र प्रदेशसभा निर्वाचन हुने भएकाले सत्तारुढ गठबन्धनको बैठकमा चुनावको मिति तोक्ने र गठबन्धनको विषयमा पनि छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।

दोर्दी खोलाको आईपीओ बाँडफाँट, ९ जनाको भागमा ११ कित्ता

काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाअनुसार स्वीकृत आवेदनमध्ये २ लाख १ हजार ९८६ आवेदकले १० कित्ताका दरले कम्पनीको आईपीओ हात पारेका छन् । थप ९ जना आवेदकले भने थप एक कित्ता गरी ११ कित्ता सेयर पाए ।

कम्पनीले २६ जेठदेखि आईपीओ निष्काशन गरेको थियो । आईपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको थियो । जसमध्ये १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएको थियो ।

गरेको थियो । आईपीओमा १४ लाख ७१ हजार ६६५ आवेदन परेको थियो । जसमध्ये १४ लाख ७० हजार ७८३ आवेदन स्वीकृत भएको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो ।

जसमध्ये ६५ हजार ८६५ कित्ता अर्थात ३ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरु, एक लाख ९ हजार ७७५ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको थियो । बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयर सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो ।

सहमति कार्यान्वयन नभए आन्दोलनमा उत्रने राहत शिक्षकको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौँ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले यसअघि गरिएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरूले आफूहरूको पेसागत स्थायित्वको पनि माग गरेका छन् ।
माग पुरा नभए आक्रमक ढंगले सडकमा उत्रने चेतावनी दिएका छन् ।

यसअघि नेपाल शिक्षक महासंघको रोहोबरमा शिक्षा मन्त्रालयसँग दुई पटक सम्झौता गरिएको भन्दै उनीहरूले संघीय शिक्षा ऐन बनाउँदा आफूहरूसँग गरिएको सहमतिलाई उल्लेख गर्न माग गरेका हुन् ।

आफूहरूका माग पूरा गर्नेतर्फ नगई कुनै बाहनामा तलमाथि गर्न खोजिएमा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंले मंगलबार विज्ञप्ति जारी गर्दै आफूहरूसँग मन्त्रालयले गरेका सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

पिपुल्स पावरको आइपीओ बिक्री खुला

काठमाडौँ । पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड ३२ लाख ६० हजार मूल्य बराबरको छ लाख ३२ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो ।

कम्पनीले कूल निष्कासनमध्ये आयोजनाबाट असर पर्ने इलाम जिल्लाको इलाम नगरपालिका– १ र ४ का बासिन्दालाई एक लाख ८९ हजार ७८० कित्ता र ती वडा बाहेक इलाम जिल्लाका बासिन्दाका लागि चार लाख ४२ हजार ८२० कित्ता शेयर खरिदका लागि आवेदन माग गरेको छ ।

लगानीकर्ताले आगामी असार २२ गतेसम्म उक्त माग बमोजिम शेयर खरिदका लागि आवेदन दिन सक्ने र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका १ र ४ मा पर्ने पुवा खोलामा ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै नेपाल बङ्गलादेश बैङ्कको फिक्कल शाखा, प्रभु बैङ्कको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैङ्कको फिक्कल र इलाम शाखा, प्राइम कर्मशियल बैङ्कको राँके, मङ्गलबारे, विलौते, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले बताएको छ ।