जिसस बागलुङको निर्वाचन तालिका सार्वजनिक

बलेवा । जिल्ला समन्वय समिति बागलुङको निर्वाचन कार्यतालिक सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार जिससको नयाँ नेतृत्व चयनका लागि मतदान जेठ ३१ गतेका लागि तोकिएको छ ।

जेठ २४ गते एकै दिन मतदाता नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधन मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २५ गते मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरीउपर जाँचबुझ गर्ने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने रहेको छ ।

जेठ २६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएका उमेदवारको सूची प्रकाशन गर्ने रहेको छ । २७ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २८ गते मनोनयन पत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने रहेको छ । २९ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने रहेको छ ।

निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै जिल्ला समन्वय समितिको नेतृत्वको विषयमा चर्चा सुरु भएको छ । बागलुङमा ११ प्रमुख÷तथा उपप्रमुख जितेको नेपाली कांग्रेस जिससका लागि एकल बहुमत भएको पार्टी हो । दोस्रोमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले समान चार – चार सिट जितेका छन् । नेकपा (एमाले) ले भने एक सिट मात्रै जितेकाले उसको मतभार एकमात्रै हो । जिससका लागि दश स्थानीय तह रहेको बागलुङमा २० मत छ ।

बहुमत रहेको पार्टी कांग्रेस भए पनि यहाँ जिससको नेतृत्व भने राष्ट्रिय जनमोर्चाले पाउने चर्चा छ । पालिका प्रमुख -उपप्रमुख एक सिटसमेत नजितेको नेकपा (एकीकृत समाजवादी) ले जिसको उपप्रमुख पाउने छ ।

“पहिले भएको सहमतिको आधारमा राजमोलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख दिने निर्णय भएको छ”, जिससका संयोजकसमेत रहेका राजमो नेता राजेन्द्र ढुङ्गानाले भने, “बाँकी सात जना सदस्यको विषयमा दलहरुबीच छलफल हुनेछ ।” तर, कांग्रेसका एक तहका नेताले भने एकल बहुमत भएका बेला सहमति तोडेरै भए पनि जिससको प्रमुख आफैँले लिनुपर्ने धारणा राख्दै आएका छन् ।

जिससको पदाधिकारी वा सदस्य हुन पालिका वा वडा तहमा निर्वाचन जितेको हुनुपर्ने व्यवस्था छ । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमरबहादुर थापा काठेखोला गाउँपालिकाको वडासदस्यमा निर्वाचित भएकाले उनी नै सम्भवत जिल्ला समन्वय समितिको संयोजक बन्ने चर्चा छ ।

स्थानीय तह निर्वाचन–२०७९ को कार्यविधिअनुसार पालिकामा निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेको बढीमा १५ दिनभित्र कार्यपालिका सदस्यको लागि निर्वाचन गर्नुपर्ने व्यवस्था छ भने जिससमा एक महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

बागलुङमा पहिलो पदभार ग्रहण जेठ ५ गते भएकाले आउँदो असार ५ गतेभित्रै जिल्ला समन्वय समितिको नेतृत्व चयन हुनुपर्ने थियो । यसअघि २०७४ साल साउन १९ गते जिल्ला समन्वय समितिको निर्वाचन भएको थियो । एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनले त्यतिबेला जिससको नेतृत्व गरेको थियो भने यसपटक एमाले जिससबाट बाहिरिने छ ।

एक नगरपालिकासहित सात गाउँपालिकामा बजेट बृद्धि

जुम्ला । सङ्घीय सरकारले जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा बजेट बृद्धि गरेको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँटमा चन्दननाथ नगरपालिकालाई रु ४० करोड ४३ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै कनकासुन्दरी गाउँपालिकालाई ३१ करोड ५५ लाख बजेट आएको गाउँपालिको लेखाशाखाले जनाएको छ ।

गोठीचौर गाउँपालिकालाई रु २० करोड ५२ लाख ,तातोपानी गाउँपालिकालाई रु ३१ करोड पाँच लाख, तिला गाउँपालिकालाई रु ३७ करोड ३७ लाख बजेट प्राप्त गरको छ । यसैगरी जिल्लाको पातारासी गाउँपालिकाले रु ३१ करोड , सिंजा गाउँपालिकाले रु २७ करोड ५१ लाख र हिमा गाउँपालिकाले रु २८ करोड १० लाख समपूरक बजेट प्राप्त गरेको छ ।

यहाँका सात गाउँपालिकामध्ये सबैभन्दा बढी तिला र सबैभन्दा कम गुठीचौर गाउँपालिकालाई संघीय सरकारबाट बजेट आएको छ ।

लोक सेवा आयोगको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

मकवानपुर । लोक सेवा आयोगको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका १ स्थित स्कुलमा सञ्चालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा एक जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।

कास्कीको पोखरा महानगरपालिका २ बस्ने ४२ वर्षीय दिपेन्द्रप्रसाद बास्ताकोटी बिहीबार बिहान पक्राउ परेका छन् ।
महोत्तरी साविक पोखभिण्डा गाबिस बस्ने अभय कुमार यादवको ठाउँमा बास्ताकोटीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी लोकसेवा आयोगको परीक्षाको केन्द्राध्यक्षले तत्काल प्रहरीलाई जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । प्रहरीका अनुसार उनको झोलाबाट नगद ५८ हजार ५ सय रूपैयाँ र विभिन्न व्यक्तिहरूको ४ थान नागरिकतासमेत फेला पारी बरामद गरिएको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिका ११ स्थित यातायात ब्यवस्था कार्यालय हेटौंडाले लिईरहेको मोटरसाइकलको सवारी चालक अनुमती पत्रको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा मकवानपुर बकैया गाउँपालिका(७ बस्ने २० वर्षीय सन्तोष गौतम बिहीबार दिउँसो पक्राउ परेका छन् ।

सोही गाउँपालिका ७ बस्ने टुक नाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोषले परीक्षा दिइरहेको अवस्थामा फेला पारी यातायात कार्यालयले प्रहरीलाई खबर गराउनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

कर्मचारी अभावमा सेवा प्रवाह प्रभावित

लमजुङ । बेँसीसहर नगरपालिका वडा नं ७ मा रहेको राष्ट्रिय वाणिज्य बैंक बेँसीशहर शाखामा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या भएको छ । करिब चार महिनादेखि दरबन्दीअनुसार कर्मचारी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या भइरहेको हो ।

पाँच मिनेटमा हुने कामसमेत कर्मचारी अभावका कारण सेवाग्राही घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । सेवाग्राहीलाई मात्र नभई सीमित सङ्ख्यामा रहेका कर्मचारीलाई समेत सेवा प्रवाहमा समस्या हुँदै आइरहेको छ । दरबन्दीअनुसार कर्मचारी नहुँदा दिनहुँ बढी समय कर्मचारी खटिनुपर्ने, बिहान ९ः३० बजेदेखि खटिएर बेलुका ७ः३० बजेसम्म पनि काम गर्नुपर्ने बाध्यता रहेको राष्ट्रिय वाणिज्य बैंक बेँसीसहर शाखा प्रबन्धक सोमनाथ पौडेलले बताए ।

यसरी काम गर्दा पनि छिटोछरितो सेवा प्रवाह गर्नलाई समस्या परिरहेको उनको भनाइ छ । उनले भने, “पहिला ५ बजेसम्म सबै काम सम्पन्न गर्न सक्थ्यौँ, तर अहिले शौचालय जान पनि फुर्सद छैन ।”

यहाँ दरबन्दीअनुसार १५ जना हुनुपर्ने भए पनि हाल पाँच जना मात्र कर्मचारी रहेका छन् । तीमध्ये शाखा प्रबन्धक पौडेलसहित सहायक प्रबन्धक रञ्जित लामा, कर्जा हेर्ने कर्जा इञ्चार्ज उपेन्द्रबहादुर विष्ट, नगद प्रबन्धक हरिमाया श्रेष्ठ र नगद सहायक सुमित्रा घिमिरे कार्यरत छन् ।

त्यस्तै वरिष्ठ सहायक चार र सहायक छ गरी १० दरबन्दीअनुसारका कर्मचारी नभएको उक्त बैंकका शाखा प्रबन्धक पौडेलको भनाइ छ ।

त्यस्तै एक जना प्रशासन इञ्चार्ज हेमराज भण्डारी रहेका छन् । उनका अनुसार तीन कर्मचारी करारमा छन् । चार बैंकका गार्ड रहेका छन् । भइरहेका दरबन्दीका कर्मचारी केही अवकाश भएर, कोही विदेशमा गएकाले खाली रहेको र कर्मचारी अभाव भएकाले कर्मचारी सम्बन्धित निकायमा माग गरिसकेको शाखा प्रबन्धक पौडेलले बताए ।

उनले भने, “कोरोनाका कारण लोकसेवा पनि सञ्चालन नभएकाले दरबन्दीअनुसार कर्मचारी पाउन देशैभर मुश्किल भइरहेको भए पनि अब लोकसेवा दिएकाहरु आउनेछन् ।”

एउटा चेक साट्नका लागिसमेत लामो समय पर्खनुपर्दा सेवाग्राहीले समस्या भोग्नुपर्दा सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । काम ढिलो हुँदा यहाँ सहर बजारबाट आएका नजिकका सेवाग्राहीलाई भन्दा अझै बढी बढी दुर्गम ठाउँबाट आएका सेवाग्राही पनि मर्कामा पर्दै आएका छन् । अझै केही दिनदेखि बैंकमा कामको चाप बढ्दा थप सेवा प्रवाह प्रभावित हुने बताइएको छ ।

घट्यो गाडी भाडा, कहाँको कति ? (सूचीसहित)

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ घटेपछि सार्वजनिक यातायातको सवारी भाडा पनि घटेको हो । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजनसँगै गाडी भाडा समायोजन गरेको छ ।

विभागकाअनुसार यात्रुवाहक सवारीको भाडा २ प्रतिशतले घटेको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.९ प्रतिशतले घटेको छ ।मालबाहक सावरीको भाडा दर पनि घटेको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला स्वालित भाडादरले यात्रु र व्यवसायी कसैलाई पनि मर्का नपर्ने अवस्था आएको बताउँछन् ।

https://drive.google.com/file/d/1vOASv3LJ0nTX9-g_oN9xYUK09U5tu1ea/preview

डिजिटल भुक्तानी उच्च प्राथमिकतामा छ : सञ्चारमन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले डिजिटल भुक्तानी सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । उनले सरकारले डिजिटल भुक्तानीलाई बढावा दिँदै आएको उल्लेख गरे ।

ब्राण्डवर्थ प्रालिले आज काठमाडौँमा आयोजना गरेको दोस्रो चरणको ‘फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२’ लाई सम्बोधन गर्दै उनले यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज मानेर नीति निर्माणमा समेत समट्ने प्रतिबद्धता व्यक्त गरे । यस कार्यक्रमले डिजिटल नेपाल फेमवर्क कार्यक्रममा समेत सघाउ पुग्ने उनको भनाइ थियो ।

उनले भने, “मैले यो मन्त्रालयको जिम्मेवारी लिएपछि यस्ता धेरै कार्यक्रममा सहभागी भएको छु, यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ, यो कार्यक्रम अवधिभर मात्र नभएर सधैँभरि कायम गर्नुपर्छ ।” उहाँले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्ने जनाउँदै यस्ता कार्यक्रमबाट समाज प्रत्यक्षरुपमा लाभान्वित हुने बताए ।

सूचना प्रविधिको विकास विना मुलुकको विकाससमेत असम्भव भएको जनाउँदै उनले सूचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताए । दूरदराजका क्षेत्रमा समेत सूचना प्रविधि पहुँच पु¥याउन सहयोग गर्ने उल्लेख गर्दै मन्त्री कार्कीले सूचना प्रविधिको पहुँच सबै नागरिकमा पु¥याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको जानकारी गराए । इन्टरनेट सेवालाई अझ सस्तो, गुणस्तरीय बनाउन सरकार सकारात्मक रहेको उनले उल्लेख गरे।

मूल्यवृद्धिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाका सांसदले देशमा भएको मूल्यवृद्धिबारे अनुगमन गरी कारण पत्ता लगाएर मूल्यवृद्धि अन्त्य गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद कृष्णभक्त पोखरेलले प्रस्तावको समर्थन गर्दै मूल्यवृद्धिले सर्वसाधारण जनतालाई आफ्नो दैनिकी चलाउनसमेत समस्या भएको बताए ।

सांसद पुष्पा भुसालले आयातित वस्तुलाई न्यून गर्दै निर्यातमा जोड दिनुपर्ने बताए । सांसद डिला सङ्ग्रौलाले दैनिक उपभोग्य वस्तुको दिनप्रतिदिन बढ्दै गएको मूल्यवृद्धिका बारेमा सरकारको ध्यानार्कषण गराए । सांसद लालबाबु पण्डितले सरकारले बजार अनुगमन नगरेको र बजार अनुगमन नहुँदा जनता मारमा परेको बताए ।

सांसद नारायणप्रसाद खतिवडाले सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले योजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए । सांसद शेरबहादुर तामाङले भने, “खानेतेलको मूल्यवृद्धि घटाएको खण्डमा मात्रै समग्र मूल्यवृद्धिका बारेमा छलफल गर्न सकिन्छ ।”

सांसद समिना हुसेनले मूल्यवृद्धि हुनुको कारण पत्ता लगाइ मूल्यवृद्धि कम गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रका प्रमुख परिसूचकप्रति सरकारले यथेष्ट ध्यान पु¥याउन नसक्दा जनताको जनजीविकासँग जोडिएका खाद्यान्नलगायत अन्य उपभोग्य वस्तुको व्यापक मूल्यवृद्धि भएको भन्दै नेकपा (एमाले) का सचेतक विशाल भट्टराईलेले आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेका थियो ।

प्रस्तावमा भनिएको छ, “जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने कल्याणकारी राज्यको प्राथमिकता र सर्वाधिक महत्वपूर्ण दायित्वको सुनिश्चितता गर्न तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउने स्पष्ट खाका पेश गर्न सरकारलाई झकझक्याउन संसद्ले पहल गर्न अत्यावश्यक भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिएको छ ।”

सरकारले मुद्रास्फितिलाई रोक्नुको सट्टा दिनानुदिन खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका जनताको जीवनसँग जोडिएका बस्तुको मूल्य स्वचालितरुपमा १५ दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधानविपरीत बढाएको सचेतक भट्टराईको भनाइ थियो । सो प्रस्तावलाई सांसद यज्ञराज सुनुवार, गणेशकुमार पहाडी र राजेन्द्र लिङ्देलले समर्थन गरेका थिए ।

गौरका मेयर साहको ध्यान शिक्षा तर्फ केन्द्रित

रौतहट । शिक्षा साक्षरताको हिसाबले निकै पछिल्लो श्रेणीमा परेको रौतहटको शिक्षाको अवस्था प्रति चिन्तित हुँदै आफ्नो ध्यान बिद्यालयका नानिबाबुहरु तिर केन्द्रित गरेका छ्न । शिक्षकहरुले पढाएका छ छैन छन् भने कस्तो पढाएका छ्न् अब मेयर शम्भु साह त्यतातिर पनि लाग्ने भएको देखिन्छ ।

स्थानीय तहको चुनावबाट निर्वाचित भएर शपथ ग्रहण गरी कार्यभार सम्हालेपछि एक नगर प्रमुख सदरमुकामका विद्यालयमा पुगेका छन् ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह चुनाव प्रचारको भन्दा पनि निकै बढी सक्रिय देखिएका छन् । उनी एउटा यस्तो विद्यालयमा पुगे जहाँको अवस्था कुनै दन्त्यकथाको विद्यालय जस्तो उनले पाए।

सदरमुकामको विद्यालयको स्थिति कतिसम्म गए जुग्रेको हुन सक्छ भन्ने अनुमानभन्दा पनि निकै दयनीय स्थितिको विद्यालय देखेपछि नगर प्रमुख साह छाँगाबाट खसेजस्तै भएका छन् ।

सदरमुकाम गौर नगरपालिका ४ टिकुलियामा रहेको श्री आधारभूत विद्यालयमा कक्षाकोठा पर्याप्त छ तर जब नगर प्रमुख साह विद्यालय निरीक्षणको क्रममा पुगे तब बालविकास कक्षादेखि ६ सम्मका सबै विद्यार्थीलाई एउटै कोठामा राखिएको थियो ।

कक्षा कोठा देखि विद्यालय कार्यालय सहयोगी एक जना मात्रै थिए जो विद्यार्थीको बिचमा बसेका थिए । नगर प्रमुख साह एक जना विद्यार्थीको बेन्चमा बसेर उनलाई च, छ, ज, झ लेख्नलाई अनुरोध गरे । कक्षा ३ मा पढ्ने उक्त विद्यार्थीले लेख्न सकेनन् ।

अर्को बेन्चमा बसेका अलिक ठूलो भाइलाई एबिसिडि पढ्नलाई भने । कक्षा ४ पढ्ने विद्यार्थीले पढ्न सकेनन् । एकाघरका चार जना शिक्षक तथा कर्मचारी रहेको विद्यालयकी प्रधानध्यापिका सावित्री यादवका श्रीमान् हुन् कार्यालय सहयोगी अशोक यादव ।

बाल विकास सहजकर्ता तथा शिक्षक पनि सोही घरका रहेकाले कोही एक जना मात्र विद्यालयमा रहने गरेको र बाँकी कोही पनि विद्यालयमा नरहने गरेको विद्यार्थीको गुनासो गरे ।

विद्यालयका कार्यालय सहयोगीले कहिलेकाँही पढाउने गरेको र कहिलेकाँही विद्यालयमा कोही पनि शिक्षक वा कर्मचारी नआउँदा बालबालिकाहरु दिनभरबसेर घर फर्किने गरेको गुनासो पनि नगर प्रमुख साहलाई विद्यार्थीहरुले गरेका छन् ।

निरीक्षणको क्रममा कार्यालय सहयोगी यादवले केही पनि जवाफ दिन नसकेपछि विद्यालयमा देखिएको विद्यार्थी तथा शिक्षक रजिस्टर र अन्य केही कागजात नगर प्रमुख साहले नियन्त्रणमा लिएका छन् । विद्यालयको पठनपाठन र अवस्थाको विषयमा नगर प्रमुख साहले सम्बन्धित निकायबाट स्पष्टिकरण सोध्न लगाएका छन् ।

सदरमुकाममै झोले विद्यालयको जस्तो अवस्था रहेको स्थलगत अनुगमन निरीक्षणको क्रममा पाएपछि आफू अचम्भित भएको नगर प्रमुख साहले बताएका छन् । एक हप्तादेखि निरन्तर विद्यालय तथा स्वास्थ्य चौकीको अनुगमन गरिरहेका नगर प्रमुख साहले सबै विद्यालयका बेथिति तथा सबल पक्षलाई सामाजिक संजालमार्फत सार्वजनिक गर्दै आएका छन् ।

चरम बेथितिमा रहेको भेटिएको आजको विद्यालयको अनुगमनपछि नगर प्रमुख साहले सामाजिक संजालमार्फत नगरको शिक्षामा सुधारको लागि उचित सुझाव पनि माग गरेका छन् । नगर प्रमुख साहले निरन्तर एक्सन लिन थालेपछि स्वास्थ्य, शिक्षा तथा सरसफाइको क्षेत्रका साथै नगरपालिका र वडा कार्यालयको काममा गौर नगरबासीले परिवर्तनको अनुभूति गर्न थालेका छन् ।

प्रमुख साहको यो अभियानले अबका दिनमा विद्यालय लगाएत विद्यार्थीहरुले राहत पाउने देखिन्छ ।गर्न चाहादा छोटो समयमा राम्रो सन्देश दिन सकिन्छ भन्ने उदाहरण बनेका छन शम्भु साह यतिबेला ।

https://www.facebook.com/permalink.php?story_fbid=176525934810765&id=100073600779863

गौरमा कृषि बिकास बै‌कको एटीएम सेवा

रौतहट । देशभर कृषि बिकास बै‌क मार्फत किसानको हितमा मात्रै नभै समग्र आर्थिक उन्नतिका निम्ति सकृय रहनुभएका कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय यस हप्ता गौरमा शाखा भवनको उदघाटन सहित एटीएम सेवाको सुभारम्भ गराउनु भएको छ ।

गौर शाखाको नयाँ भवन एवम् एटिएम सेवाको सेवा सुरु गराउनु सँगै नव निर्वाचित नगर प्रमुख शम्भु साह सहित बैंकका सिइओ उपाध्याय नेपालले सयुत्त रुपमा एक कार्यक्रम बिच उद्धघाटन गर्नु भएको थियो । उदघाटन पश्चात् वहाँले गौरको समग्र बिकासका लागि आफू लागि परेको र आउने दिनमा जनता लाइ बिकासको अनुभुति हुने गरि लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख साहले आउने दिनमा बै‌कले उन्नति प्रगति गरोस र जिल्लाका किसानहरुको समस्या बुझी समयमा काम गर्न सकोस भन्ने आशा र बिश्वास व्यक्त गदै सिइओ उपाध्याय नेपाललाई आफनो नगरमा स्वागत गर्नुभएको थियो ।

सुनको मूल्य बढ्यो, कति छ बजार भाउ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

हिजो तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन ९०० रुपैयाँले बढेर ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार तेजावी सुनको मूल्य ९८ हजार रुपैयाँ पुगेको छ । हिजो तेजावी सुन तोलाको ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर तोलाको १ हजार २९० रुपैयाँ पुगेको छ ।

औद्योगिक लगानीका लागि जापानलाई आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले औद्योगिक लगानीका लागि जापानलाई आग्रह गरेको छ ।
चेम्बरले उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीको वातावरण बनाउन जापानसँग आग्रह गरेको हो । नेपालका लागि जापानी राजदूत किकुता युताकासँग बुधबार भएको भेटवार्तामा चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले जापानी लगानीको सुरक्षणका लागि आफूहरूले सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘वैदेशिक लगानीको सुरक्षणका लागि नेपालले पछिल्लो समय नीतिगत तहमा थुप्रै सुधार गरिसकेको छ । आगामी वर्षको बजेटमा पनि सरकारले ५० वर्षसम्म जग्गा भाडामा उपलब्ध गराउने घोषणा गरेको छ, जापानी लगानी सुरक्षण गर्न हामी प्रतिवद्धता जनाउँछौँ,’ अध्यक्ष मल्लले राजदूत युताकासँग भने । जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्दर्भमा अध्यक्ष मल्लले नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रूपमा बढी माग हुने वस्तुहरूको नेपालमै उद्योग खोल्न राजदूतसमक्ष आग्रह गरेका छन् ।

मल्ले नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जपानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार बढाउन सकिने विश्वास राजदूत युताकालाई दिलाएका छन् । जापानी निजी क्षेत्रसँग आफूहरूले सहकार्य गर्न चाहेको अध्यक्ष मल्लले बताए । ‘नेपाल र जपानबीचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६६ वर्ष पुरा भएको छ । जपानले जाईका लगायत आफ्ना विभिन्न दातृ निकायहरूमार्फत नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ,’ अध्यक्ष मल्लले भने, ‘दुई मुलुकबीच आर्थिक सम्बन्ध पनि उच्च छ । यसलाई व्यावसायिक गतिविधिमार्फत हामी अझै अघि बढाउन चाहान्छौँ ।’

यस्तै सरकारले बजेटमार्फत कृषिलाई उच्च प्राथमिकतामा राखेको भन्दै अध्यक्ष मल्लले नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि भित्र्याउनका लागि पहल गरिदिन पनि राजदूत युताकासँग आग्रह गरे । राजदूतसँगको भेटमा चेम्बरका पदाधिकारीले पछिल्लो समय नेपालले विद्युतमा सहुलियत, निर्यात प्रवर्द्धनमा विभिन्न सहुलियत घोषणा गरेकाले अन्तर्राष्ट्रिय लगानीका लागि महत्वपूर्ण अवसर रहेको बताएका थिए ।

चेम्बर पदाधिकारीसँगको भेटपछि राजदूत युताकाले नेपाल र जापानबीचको दुईपक्षीय सम्व्बन्ध ऐतिहासिक भएको बताए । उनले भने, ‘दुई देशबीचको सम्बन्ध बलियो छ । यसलाई हामी नागरिकको तहबाट थप नजिक ल्याउन चाहान्छौं ।’ राजदूत युताकाले नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य जारी रहने प्रतिवद्धता समेत जनाए ।

नेपाल सरकारलाई जपान सरकारका तर्फबाट र आफ्ना दातृ निकायमार्फत लामो समयदेखि सहयोग हुँदै आएको र यो क्रम अझै जारी रहने उनले बताए । जपानको लगानी भित्र्याउनका लािग नेपालले आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धी क्षमतामा सुधार गर्नुपर्ने राजदूत युताकाले बताए ।

बजेटपछि कुशल महिला प्रशासक उर्मिला श्रेष्ठ के भन्छिन ?

नेपाल सरकारले संसदमा बजेट पेश गरेको छ । यसै बजेटका बारेमा सस्थानका एकजना कुशल महिला प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको प्रस्तुत बजे,सम्बन्धि धारणा :

बजेटको उद्देश्य उत्पादनमा आधारित हुने, बजेटका प्राथमिकता कृषि क्षेत्रको रुपान्तरणमा केन्द्रित हुने, उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरेर गरिबी न्यूनीकरण गरिने आदि रहेको देख्नु हुन्छ । आगामी आर्थिक बर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सरकारले ल्याएको छ भने राजश्वको लक्ष्य १२ अर्ब ४० करोडको राखिएको छ । कृषि उत्पादन वृद्धि , आयात प्रतिस्थापन र निर्यात प्रबर्धन गर्ने बिषयमा बजेटले उस्तै जोड दिएको पनि पाईन्छ । बजेटले धेरै क्षेत्रलाई समेटेको पनि छ ।
बजेट सार्वजनिक भएसँगै हाल सोको बिषयमा समिक्षा हुँदै आएको छ । मुख्य रुपमा बजेटले प्रभावित पार्ने हुँदा लगानीकर्तार निजी क्षेत्र र सार्वजनिक क्षेत्र सम्बद्धको चासो उच्च रहन्छ । सरकारले प्रस्तुत गर्ने बजेटलाई सबै क्षेत्र बाट पनि उस्तै महत्व दिएको हुन्छ । यसै सन्दर्भमा हामीले पनि आ. ब. २०७९/२०८० को बजेट सम्बन्धमा समिक्षा समेत गरेका छौ ।

जसमा हामीसँग निजी क्षेत्रको जेठो संगठन तथा छाता संस्था मध्येको एक नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष, महिला उद्यमीहरुको छाता नेपाल महिला चेम्बरकी अध्यक्ष र सार्वजनिक निजी साझेदारी अन्तर्गत निजी क्षेत्रको ७८ प्रतिशत भन्दा माथि लगानी रहेको र अन्य लगानी नेपाल सरकारको रहेको साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडकि प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सुझबुझ दर्विलो क्षमता कै कारण साल्ट ट्रेडिङ आज सम्म टिकेको छ । धेरै सरकारी सस्थानहरु बन्द मात्रै भएका छैनन कतिपय कार्यालयमा माकुरोको जालोले मात्रै भरिएको छ ।

जतिबेला मुलुकमा प्राकृतिक संकट आइपर्छ त्यतिबेला तिनै उर्मिलाको कुसल ब्यबस्थापनले साल्ट ट्रेडिङले सकट टार्न खेलेको भुमिका बारे दर्ज गरेको इतिहास हामी बीच सुरक्षित छ । कर्पोरेसनमा उहाँको र उहाँकै पारिवारिक रुपमा पनि ठुलै हिस्सा लगानी रहेको छ । निजी क्षेत्र साथै निजी सार्वजनिक मोडलको संस्थान सम्बद्ध रहनु भएकाले सम्पत्ति न्युजले मुख्य रुपमा सोही बिषय माथि केन्द्रित रहेर उहाँसँग कुराकानी गरेका छौ । उक्त संवादका क्रममा हामीले बजेटको सैद्धान्तिक पक्ष र प्राथमिकताका क्षेत्र देखी निजी क्षेत्रको अपेक्षा, प्रस्तुत सुझाव, सुझावको कार्यान्वयन, बजेटले निजी लगानीको संरक्षण, जनस्वास्थ्य, महंगी नियन्त्रण र उपभोक्ताको सवाल, महिला उद्यमशिलता विकासको सवाल, आर्थिक तथा वित्तिय संकुचनबाट मुलुकलाई निकास दिने खालका योजना तथा कार्यक्रम आयो आएन भन्ने लगायतका विविध सवाल उपर केन्द्रित प्रश्नको जवाफ उहाँले दिनुभएको छ ।

उर्मिला श्रेष्ठ एक अनुभवी र बौद्धिक व्यक्तित्व समेत हुनुहुन्छ । मुल रुपमा निजी क्षेत्रको प्रतिनिधी भएता पनि नेपाल सरकारले पनि उहाँको कार्य क्षमता र व्यवस्थापकिय कार्य कौशलताको उच्च मुल्याङ्कन गर्दै आएको पाईन्छ । उहाँमा नेतृत्व क्षमता समेत प्रबल रहेको नै देखिन्छ । नेपालको निजी क्षेत्रकै जेठो संगठन चेम्बर अफ कमर्सको ७० बर्षको इतिहासमा उहाँ पहिलो महिला उपाध्यक्ष हुनुहुन्छ भने सम्भवत उहाँ नेपालमा कर्पोरेट सेक्टरको ठुलो संस्था अझ भनौ लिमिटेड कम्पनीहरु मध्येमा पनि पहिलो महिला कार्यकारी प्रमुखको भूमिकामा रहेर काम गर्ने र लामो समयसम्म नेतृत्व प्रदान गर्ने महिला हुनुहुन्छ । उहाँ कयौ महिलाहरुको रोलमोडल त हुनुहुन्छ नै पुरुषहरुले पनि उस्तै मानेको हामी पाउँछौ । उहाँका पिताजी नेपाल चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष हुनुहुन्थ्यो । पिताजीकै पदचापलाई पछयाउदै उहाँ चेम्बर आन्दोलनमा होमिदै आउनु भएको छ । महिलाहरुको बिषयमा बढि गम्भिर हुने सामाजिक सेवा भाब गर्नसक्ने क्षमता उहाँ राख्नुहुन्छ । उहाँसँग हामीले आ. व. २०७९/२०८० को बजेटको समिक्षा गरेका थियौ उहाँ भन्नुहुन्छ अब ब्यबहारिक सहजतामा जानुपर्छ ।

सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर नराखे कारबाही हुने

काठमाडौँ । सवारी साधनमा इम्बोस्ड नम्बर नराखे कारबाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न आग्रह गरेको छ । इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागको चेतावनी छ ।

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको विभागको जनाएको छ ।
बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौँ तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको बताएको छ ।

मोटरसाइकल लगायत साना ठूला सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न पनि सवारी साधन धनीहरूलाई विभागले आग्रह गरेको छ ।

साउन १ गतेपछि ट्राफिक प्रहरीले सडकमा चेकजाँच गर्ने र इम्बोस्ड नम्बर प्लेट नराखेको पाइएमा कारबाही गरिने चेतावनी विभागको छ ।

भक्तपुर सूर्य नगर टोल सरसफाइमा उत्कृष्ट

भक्तपुर । आफ्नो टोल आफै सफाइ गरौ अभियानमा भक्तपुर जिल्लामा सुर्य नगर टोल बिकास समाज अगाडी देखिएको छ । सुर्यबिनायक नगरपालिका को ५ नम्बर वडा भित्र रहेको सो स‌स्था अनि यस वस्तिमा बस्नेहरू असाध्यै जागरुक देखिएको नेप्सेम्याक सफाइ अभियानका शाखा प्रमुख बाबुराम चौलागाईंले बताउनुभएको छ ।

आज जेष्ठ २० गते बिहान ७ बजे गरिएको सफाइ अभियानमा टोलवासीले आफ्नो वस्ती सफाइ गरेको दृश्य साँच्चै अरु वस्तीको निम्ति अनुशरणिय रहेको शाखा प्रमुख गोबिन्द आचार्य कार्यक्रम समापन पश्चात् टोल सफाइ अभियानमा जुटेका समुहबीच बताउनुभयो । झण्डै एक सय घरहरू रहेको सो वस्तीको एकता र सामुहिक भावनाले कोरोनाका बखत होस वा भुकम्पका बेला होस मानवीय सेवाको कार्यमा समेत टोल वासी लाई सक्रिय गराएको थियो ।

वडाको नजर असारे बिकासमा मात्र केन्द्रितभएको हुँदा भित्री वस्तीहरुमा सर्वसाधारणहरुलाई हिँडडुल गर्न धेरै कठिनाइ भैरहेको मुक्त जिसिले सम्पत्ति न्युजलाई बताए । वर्षातको याम केटाकेटीहरुलाइ हिलो चिप्लो बाट जोगाउनु हाम्रो दायित्व सगै सबैका निम्ति बाटो राम्रो र सफासुग्घर राख्नुपर्ने भएकाले नै हामी जुटेका छौ सस्थाका सल्लाहकार गोबिन्द चौलागाईंले बताउनुभयो ।

जे होस नेप्सेम्याकको सहकार्यमा आज भएको सरसफाइ अब हरेक महिनाको अन्तिम शुक्रवार बिहान ७ बजे देखि ८ बजे सम्म सफाइ अभियानमा लाग्ने गरि आजको कार्यक्रम समाजका अध्यक्ष समाजसेबी बालकृष्ण न्यौपानेले कार्यक्रम समापनको मन्तव्य राख्दै सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो । बिहान भएको कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रिय सचिब गोबिन्द चौलागाईं डाक्टर वकिल सहित विभिन्न पेशामा आबद्ध सबैको सहभागिता रहेको थियो ।

काठमाडौँका मेयर बालेन साह र सुनिता डङ्गोल सिसडोलमा

काठमाडौँ – काठमाडौँका मेयर बालेन साह र र सुनिता डङ्गोल सिसडोल पुगेका पुगेका छन् । फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न सिसडोल पुगेका साहले आफ्ना आइडिया सेयर गरेका छन् । उनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका छन् ।

शाहले फोहोरबाट इन्धन निकाल्नका लागि करिब ३–४ महिना लाग्ने बताएका छन् । उनले कुहिने फोहोरबाट मन बनाउने गरी योजना बनाएको जनाए ।
कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि काठमाडौँका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने पनि बताएका छन् ।

मेयर साहले स्थानीयलाई ३ महिनाभित्र सडक बनाइसक्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । जसका लागि लिखित सम्झौता गर्न पनि आफू तयार रहेको उनले बताएका छन् ।

मेयर साह र उपमेयर सुनिता डङ्गोल आज बिहानै सिसडोल गएका हुन् । उनीहरूले हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग भेट गरेका थिए ।