जनता समाजवादी पार्टी फुटने कागारमा

काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी (जसपा) मा फेरि अर्को फुट देखा परेको हो । उपेन्द्र यादव र डा बाबुराम भट्टराई अलग अलग बाटो लाग्ने गरी दुवैले आ आफ्नो भेला र बैठक बोलाएपछि जसपा विभाजनतर्फ औपचारिक रुपमा अघि बढेका छन् ।

मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् ।

जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् । अझै पनि नेताहरु भेलामा पुग्नेक्रम जारी रहेको भट्टराई पक्षका नेताहरुले बताएका छन् ।

बाबुरामनिकट नेता डम्बर खतिवडाका अनुसार जसपा अब विभाजनको प्रक्रियामा पुगेका छन् । ‘अब प्रक्रियागत रूपमा पार्टी विभाजनको बाटोमा गयो,’ खतिवडाले भने ।

कृषि विकास बैंकद्वारा सहयोग


बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा पार्क बनाउन कृषि विकास बैंकले सहयोग गरेको छ । बैंकले पार्कका लागि रु १५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त रकम हस्तान्तरण गरेका छन्। बैंकको प्रदेश कार्यालय वीरेन्द्रनगरका प्रमुख रघुनाथ न्यौपानेले अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने र कार्यकारी निर्देशक डा. देजकुमार गौतमलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो । अस्पतालले प्रशासनिक भवन पछाडिको खाली जमिनमा पार्क बनाउने जनाएको छ । बिरामी र कुरुवालाई लक्षित गरी पार्क बनाउन लागिएको हो ।

समयमा खेती गर्न नपाएपछि उत्पादन घट्ने चिन्तामा ‍किसान

समयमा रम्रो सित खेती गर्न नपाएपछि महोत्तरीका किसान यसपालि धान उत्पादन घट्ने चिन्ताले पिरोलिएएको छ । बीउ, मलको अभाव र समयमा रोपाइँ नभएपछि किसानलाई उत्पादन घट्ने चिन्ता परेका छन् ।

जेठ २२ भित्र ब्याड राखी सकेर असारको अन्ततिर रोपाइँ सकिए अपेक्षित उत्पादन हुने किसान बताउँछन् । “जेठको तेस्रो साताभित्र ब्याड राख्न सकिएर त्यो बीउ असारभरिमा रोप्न पाए समयको खेती हुन्थ्यो”, जिल्लाको भङ्गाहा–५ सिद्धपुरका ६० वर्षीय किसान बेचन मण्डल भन्नुहुन्छ, “समयमा रोपिएको धानमा पानी, मल र गोडमेलको चाँजो ठिकठिक मिले धान राम्रो फल्छ ।” तर यसपालि सुरुमा बीउ, मल नपाइनुले रोपाइँ धकेलिएर सबै खेतमा धान रोप्न नसकिने छाँटले उत्पादन घट्ने चिन्ता परेको मण्डल बताउनुहुन्छ ।

जिल्लामा परम्परागत रैथाने धान भदौ–१५ सम्म खरुवन रोप गर्दा पनि धेरथोर उत्पादन हुने गरेको यहाँका किसान विगत सम्झन्छन् । तर दुई दशकयता रैथाने धानको बीउ नै लगभग मासिएको हुँदा विकासे जातका धान असारभरि शाहीरोप ९बीउरोप० र साउनभरिमा खरुवन ९कलम, पहिलोपटक रोपिएको बीउको रोपो गाँजिएपछि त्यो उखालेर रोपिने बेर्नालाई खरुवन भनिन्छ० रोपीसकेमात्र धान राम्रो फल्ने किसानको अनुभव छ ।

“विकासे जातका धान कात्तिकमै पाक्ने हुन्, त्यसैले खरुवनकै रोप पनि साउन २२ भित्र सक्नुपर्छ”, बेचनकै छिमेकी परेखन सादा भन्नुहुन्छ, “यसपालि त असार सकिनै लाग्दासम्म बीउकै रोप एकतिहाई सकिएको छैन, के गर्ने होला रु” धान सामान्यतया बीउ रोपकै खेती भएपनि कहिलेकहिले बीउ राम्ररी नउम्रने, नसप्रिने र बाढीकटानले क्षति गर्ने हुँदा खरुवनले काम चलाउनु परेको किसान बताउँछन् ।

जिल्लामा चरणक्षेत्र मासिएर पशुपालन घट्दै गएपछि रासायनिक मलमा निर्भरता बढ्दैछ । खेतीका बेला मल नपाएर राम्ररी खेती लाउन नपाइएको किसान बताउँछन् । यसपालि धान लगाइने जम्मा खेतको एकतिहाई क्षेत्रफलको पनि रोपाइँ अहिलेसम्म नसकिदा उत्पादनमा असर पर्ने बर्दिबास–९ पशुपतिनगरका किसान रामचन्द्र महतो बताउनुहुन्छ ।

जिल्लामा करिब ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र स्थायी सिँचाइ को प्रबन्ध छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका कृषिविज्ञ भने हालसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको भएपनि अत्तालिनु पर्ने अवस्था नभएको बताउँछन् । यसपालि किसानले बीउ ढिलो राखेका हुँदा बेर्ना साउन १५ सम्म नबुढिने वरिष्ठ कृषि विकास अधिकृत डा। रामचन्द्र यादव बताउनुहुन्छ । “नबुढिएको बीउ ९बेर्ना० साउन १५ सम्म रोप्दा हुन्छ, त्यसपछि बीउ अपुग हुँदा खरुवन लगाउन सकिन्छ”, डा। यादव भन्नुहुन्छ, “अहिले नै आत्तिनु पर्दैन, बीउ रोप्दै जाँदा हुन्छ, साउन १५ सम्मको बीउ रोपले राम्रै उत्पादन दिन्छ ।”

किसानले आफ्नै रेखदेखमा बीउ धान पनि उत्पादन र भण्डारण गर्नसक्ने डा। यादवको भनाइ छ । “किसानले कृषि प्राविधिकको रेखदेख र सल्लाहमा रैथाने जातका धान र अन्य विकासे जातका पनि आफैं बीउ धान उत्पादन र भण्डारण गर्न सक्छन्, अब हामी किसानलाई यो सल्लाह दिन्छौ ।” बीउ आफैं उत्पादन र भण्डारण गर्न सके बजारको कमसल बीउबाट नठगिने र उत्पादन पनि राम्रो हुने डा। यादवको भनाइ छ ।

किसानले आफ्नै ओरपरका सड्ने, गल्ने झारपात, गाईबस्तुको गोबर खाल्डामा राखेर बनाउने कम्पोष्ट मल अत्यन्त उर्वर हुने कृषिविज्ञ बताउँछन् । “मल पाएन भनेर रोइकराइ गरेर के गर्नु रु हाम्रो उत्पादन छैन, अरु देशकै भर हो, त्यसैले किसान आफैंले मल बनाउने तत्परता देखाउन पर्छ” डा. यादव भन्नुहुन्छ, “आफैंले बनाइएको कम्पोष्ट मलले जग्गाको उर्वरा शक्ति पछिसम्म कायम राख्छ ।” यसबाहेक मधेशमा धान रोपिनुअघि ढैंचा (मलका रुपमा लगाइने वनस्पति) लगाएर खेतमै सडाउन सके राम्रो मल हुने डा. यादवको भनाइ छ ।

बजेट प्रकरणमा आजदेखि छानबिन सुरु


काठमाडौँ । ‘खेताला विज्ञ’ले अनधिकृत तरिकाबाट बजेट बनाएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज (मंगलबार) काम थाल्दै छ। जबकि प्रतिनिधिसभाले असार २२ गते बनाएको ११ सदस्यीय यो समितिले १० दिनको समय मात्रै पाएको छ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर बजेटमा करका दरमा चलखेल गरेको प्रकरणमा असार २२ मै राजीनामा दिएका थिए ।
समिति सदस्य सीताराम महतोले संसद् चलिरहेको र समितिका सदस्यहरू बाहिर रहेका कारण ढिलाइ भएको बताए। अर्का सदस्य लक्ष्मणलाल कर्णले कामको प्रकृति हेरेर समय कति लाग्ने भन्ने कुरा हुने बताए ।

काम सुरु गरेको १० दिनभित्र काम सकाउने कार्यादेश पाएको उनको भनाइ छ। उनका अनुसार पहिलो दिन कार्यविधि बनाई संयोजक चयन गरिनेछ । समितिमा एमालेका ४, काँग्रेस र माओवादी केन्द्रका २(२ र जसपा, लोसपा र एकीकृत समाजवादी १(१ जना सदस्य छन् । तत्कालीन मन्त्री शर्माले अनधिकृत व्यक्तिलाई खेताला विज्ञ बनाएर मध्यरातमा बजेटमा करका दर हेरफेर गराएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवामाथि नै औँला तेर्सिएपछि शर्माले राजीनामा दिनुपरेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति राखेर अर्थतन्त्र नै ध्वस्त पार्ने काम भएको बताए । सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले बजेटका निर्माण गर्दा अनाडी मात्र होइन, व्यापारीका प्रतिनिधिलाई सेटिङअन्तर्गत करका दर, अन्तःशुल्क, भन्सार दरका हेरफेर गर्ने, छुट दिने काम भएको बताए ।

राजनीतिक पार्टीकै नेता छानबिन समितिमा रहेकाले उनीहरूको खबरदारी हुनुपर्ने विज्ञहरूले बताएका छन् । सुशासनविद् खेमराज रेग्मीले समितिको निष्पक्ष छानबिन गर्नेमा विश्वास दिलाउन सक्नुपर्ने बताए।

पूर्वसचिव शारदाप्रसाद त्रितालले बजेट काण्ड, नीतिगत भ्रष्टाचार र संसदीय छानबिनको विश्वसनीयतामा प्रश्न उठाएको छ। उनका अनुसार नेपालमा पनि विगतमा विभिन्न विषयमा संसदीय छानबिन समिति गठन भए तर त्यस्ता छानबिन औपचारिकतामा सीमित रहेको पाइन्छ । उनले समितिलाई विभिन्न सुझाव दिएको छ ।

सरकार कसले चलाउदैहुन्छ

२७ आषाढ काठमाडौँ — एमाले अध्यक्ष केपी ‌ओलीले सरकार संचालनमा प्रधानमन्त्री भन्दा बाहिरिया बसेका मानिसहरु हाबी रहेको संकेत गरेका छन् । उनले सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै जसले चलाए पनि सेटिङ र मुलुकलाई अर्को तिर लैजाने केन्द्रित रहेको उल्लेख गरे । सोमबार सम्पादकहरुसँग अन्तरक्रिया गर्दै ओलीले भने सरकार सर कि म्याडमले चलाउनु हुन्छ, दिदीले चलाउनुहुन्छ, कि भाईले चलाउनुहुन्छ जसले चलाए पनि चलाएको त यही होला ।
उनले नेपालको राजनीतिलाई स्थिरतातर्फ होइन अस्थिरतातर्फ धकेल्ने अस्वस्थ्य खेल भएको र त्यसकै परिणाम अहिले भोग्नुपरिरहेको उल्लेख गरे । उनले सरकारका कामकारबाहीले गर्दा अहिले ठूलो विकृत्ति बढेको उल्लेख गरे । उनले बजेटमा बाहिरिया व्यक्ति प्रयोग गर्ने लगायतका उदाहरण दिए ।

अध्यक्ष दाहालसँग लिउ जियानचाओको शिष्टाचार भेटवार्ता


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गर्नुभएका छन् ।

चारदिने नेपाल भ्रमणमा रहनुभएका सिपिसीका विदेश विभाग प्रमुख लिउले आज अपराह्न अध्यक्ष दाहाल निवास खुमलटार पुगी भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र  पम्फा भुसाल पनि सहभागी हुनुहुन्थियो । 

भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।

नेपालमा कोरोना संक्रमितकाे संख्या बढ्दै

पछिल्लो २४ घण्टामा देशभर थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनामा परीक्षण गर्दा १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै आज सोही समयमा ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ७७० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

नेप्से परिसूचकमा ७७ अङ्कले पहिरो

आज नेप्से परिसूचकमा ७७ अङ्कको गिरावट आएका छन् । कारोबार खुलेको केही घण्टामा नै ५० अङ्कमाथिले घटेको बजारमा अन्तिम समयसम्म अधिकतम ७७.०१ अङ्कले घट्दै १९१५.६१ अङ्कमा झरेको हो ।
यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १३.०३ अङ्कले घट्दै ३६६.८६ अङ्कमा झरेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएका छन् । सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक ५.७८ प्रतिशतले घटेको छ भने, फाइनान्स समूहको उपसूचक ५.७३ प्रतिशतले र हाइड्रोपावर समूह ५.१९ प्रतिशतले घट्न पुगेको छ । यस्तै, जीवन बीमा समूह ४.५४ प्रतिशतले, फाइनान्स समूह ४.५१ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह ४.४५ प्रतिशतले र इन्भेष्टमेन्ट समूह ४.३१ प्रतिशतले घटेका छन् । अन्य उपसूचकहरु ३ प्रतिशतले घटेका छन् ।
अधिकतम ७७ अङ्कले घटेको बजारमा आज २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । यसदिन २ प्रतिशत भन्दा माथि कुनै कम्पनीको सेयर मूल्य वृद्धि हुन सकेन । अधिकासं कम्पनीको मूल्य घट्न पुगेको छ ।

प्रतिनिधिसभाद्वारा यौन हिंसासम्बन्धी केही विधेयक पारित


२७ असार, काठमाडौं । प्रतिनिधिसभाद्वारा बसेको दोस्रो बैठकले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पारित गरेका छन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित भयो ।  

उक्त विधेयकउपर बैठकमा छलफल भई उठेका प्रश्नको कानूनमन्त्री कोइरालाले जवाफ दिएपछि विधेयक पारित गरिएको थियो । 

यौन हिंसासम्बन्धी विधेयकलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद झपटबहादुर रावलले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभएको थियो । 

नेपालको संविधानको धारा ९४ मा सङ्घीय संसद्को कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न नपाइने प्रावधान छ ।  

सांसद रावलको नियमापत्तिपछि सभामुख सापकोटाले ३ मिनेट जनाउ घण्टी बजाएर सांसदहरुको सङ्ख्या यकीन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो । 

सांसदहरुको सङ्ख्या कम्तीमा ६९ हुनुपर्नेमा गणना गर्दा ७७ सांसदको उपस्थिति रहेको पाइएपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

नबिल र नेपाल बंगलादेश बैंककाे मर्ज कारोबार सुरु

नबिल बैंक र नेपाल बंगलादेश बैंकले मर्जरपश्चात बैंकहरुले एकीकृत कारोबार सुरु गरेका हुन्। दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकीकृत कारोबार गर्ने निर्णय गरेका थिए, सोहि अनुसार बैंकहरुले एकीकृत कारोबार गर्न थालेका हुन्। गत जेठ ७ गते सम्पन्न दुबै बैंकको विशेष साधारण सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेका थिए भने एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्राप्त गरेका थिए।

नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो। नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बनेका छन्। दुइ बैंक गाभिएपछि चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

निर्वाचनपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक

२७ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। स्थानीय तह निर्वाचनपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक बसेका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुन सक्छ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने उनको भनाइ छन् । उनले भने, ‘साथीहरुले स्थानीय तह निर्वाचनको अनुभवसहित रिपोर्टिङ गर्नुहुन्छ त्यसकै आधारमा भविष्यको बाटो पनि तय गर्छौं ।
आगामी निर्वाचनमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने आम भावना रहेको बताउँदै महतले त्यसबारे पनि बैठकमा छलफल हुन्छ । कांग्रेस केन्द्रीय केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचनको समीक्षा बैठकको मुख्य एजेण्डा रहेको छ ।

बैठकमा डा। शेखर कोइराला पक्षले भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
आइतबार बसेको कोइराला पक्षका नेताहरुको बैठकले पार्टी नेतृत्व विधानविपरीत चलेको र सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै यही विषय बैठकमा उठाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री देउवा पार्टी कार्यालयमा प्रवेश गर्न लाग्दा नाराबाजी

२७ असार, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपामा प्रवेश गर्दा नाराबाजी भएका छन् ।

सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् ।
उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रणका लागि कांग्रेस पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका थिए ।

मधेश प्रदेशमा बजेटको ५० प्रतिशत मात्र खर्च


मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ मा ५०.९१ प्रतिशत बजेट खर्च गर्न सकेका छन् ।

प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आवमा मधेश प्रदेश सरकारले रु ३४ अर्ब ८८ करोड ९८ लाख १० हजारमध्ये रु १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार मात्र खर्च गर्न सकेका छन् । आर्थिक बर्षको कार्यविधि नियमावली अनुसार शनिबार राति १२ बजेदेखि चालु आवको भुक्तानी निकासा बन्द गरिएका कारण केही मन्त्रालयको योजना सम्पन्न भए पनि करोडौँ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकाय र कार्यालयबाट विनियोजित बजेटमध्ये चालुतर्फ रु ९ अर्ब ३२ करोड ५६ लख ८२ हजार तथा पुँजीगततर्फ रु ८ अर्ब ४३ करोड ७९ लाख ९३ हजार खर्च भएको गिरीले जानकारी दिनुभयो । उहाँले चालु आवमा मन्त्रालयतर्फ सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयले ६५।१६ प्रतिशत र सबभन्दा कम महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले १५।७० प्रतिशत मात्र खर्च गरेको बताउनुभयो ।

सरकारी निकायतर्फ प्रदेशसभाले ६८ं।५६ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ४४।३६, मुख्यन्यायाधिवक्ता कार्यालयले ८८।१४ र प्रदेश नीति तथा योजना आयोगले २१।३० प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयतर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३१।११, अर्थ मन्त्रालयले २६।८६, उद्योग, पर्यटन तथा वन मन्त्रालयले ४५।२६, कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले २१।९६, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४१।६१ र खानेपानी तथा ऊर्जा विकास मन्त्रालयले ४० प्रतिशत खर्च गरेको छ ।

त्यसैगरी आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले ४७।८१, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयले ४६।६३, भौतिक पूर्वाधार विकास मन्त्रालयले ४६।२१, सामाजिक विकास मन्त्रालयले ६५।१६, र स्थानीय तहलाई शसर्त अनुदानतर्फ ९१ प्रतिशत बजेट सरकारले खर्च गरेको गिरीले जानकारी दिनुभयो । आर्थिक कार्यविधि नियमावलीमा आव समाप्त हुनुभन्दा कम्तीमा एक साताअघि भुक्तानी निकासा बन्द गरी खर्च विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।

महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि प्रदेशको भुक्तानी प्रणाली बन्द गरिसकेको छ । फ्रिज नहुने शीर्षकका रकमको भुक्तानी निकासा भने बन्द गरिएको छैन । ती रकम सरकारको कोष मै रहनेछ । गत आवमा प्रदेश सरकारले ६५।६६ प्रतिशत बजेट खर्च गरेको थियो । सबभन्दा कम बजेट खर्च हुने आव २०७८÷७९ नै रहेको छ

चाँडो मल उपलब्ध गराउन सांसदको माग


प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था बताउनुभयो । सांसद विष्णु शर्माले सरकारले मङ्सिर पुसमा ठेक्का गर्नुपर्नेमा असारमा गर्दा सधैँ किसानले मल नपाएको बताउनुभयो । सांसद सत्यनारायण शर्मा खनालले अहिले पुरानो बीउ सकिएको र नयाँ बीउ देशभर पुर्याउन नसकिएको तथा मनसुन सुरु भएपछि खेत रोप्न मल नभएको बताउनुभयो । सांसद हितबहादुर तामाङले कृषि उत्पादन बढाउने सरकारको घोषणा भए पनि खेतीको समयमा मल नपाउँदा नारा नारामै सीमित हुने अवस्था आएको आएको बताउनुभयो ।

सांसद सरलाकुमारी यादवले सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रलाई प्राथमिकता दिने भने पनि किसानले महसुस गर्न नसकेको बताउनुभयो । सांसद शान्तिमाया तामाङ पाख्रिनले किसानले मल तथा विद्यार्थीले पुस्तक नपाएको बताउनुभयो । 

सांसद सञ्जयकुमार गौतमले बाँके र बर्दियामा कपास विकास समिति विघटन गरेर किसानलाई जग्गा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । सांसद लक्ष्मी परियारले वर्षाको समयमा उदयपुरका धेरै भूभागलाई कोसी कटानले क्षत्विक्षत बनाएकाले जोखिममा परेका नागरिकलाई अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । सांसद लक्ष्मीकुमारी चौधरीले बलत्कारका घटनामा सत्यतथ्य बुझेर र पीडितले न्याय पाउनुपर्नेमा जोड दिनुभयो । 

सांसद लालप्रसाद साँवा लिम्बूले राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गका पुल २०६८ सालमा ठेक्का भएकामा अझै ५० प्रतिशत नसकिएकाले निर्माण कम्पनीलाई कारवाहीको माग गर्नुभयो । सांसद लीलादेवी सिटौला ९गौतम०ले नेपालमा प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्नुपर्ने, केन्द्रमा पाँच÷छ मन्त्रालय राख्नुपर्ने र विकासको पुँजी विकेन्द्रीकृत गर्नुपर्ने बताउनुभयो । 

सांसद विद्या भट्टराईले प्राध्यापक र सहप्राध्यापकको अन्तवार्ता एक वर्षसम्म नहुँदा शिक्षामा सुधार नआउने उल्लेख गर्नुभयो । सांसद बीनाकुमारी श्रेष्ठले दक्षिणकाली क्षेत्रमा जथाभावी उत्खनन भएकाले पहिरोको जोखिम रहेकाले नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । सांसद वृन्दा पाण्डेले काठमाडौँलगायतका सहरी क्षेत्रमा फोहर बढिरहेको र अशुद्ध पानीका कारण हैजा फैलिरहेको बताउनुभयो । 

सांसद विशाल भट्टराईले बूढीगङ्गामा पहिले विनाकारण निर्वाचन राकिएको र अहिले एमालेकै उम्मेदवार विजयी भएको बताउनुभयो । सांसद शक्तिबहादुर बस्नेतले शिक्षामा राज्यको लगानी कम भएको र भएको लगानी पनि सदुप्रयोग नभएको औँल्याउनुभयो । 

सांसद डा शिवमाया तुम्बाहाम्फेले राष्ट्रियसभामा सर्वोच्च विचाराधीन मुद्दामा छलफल भइरहेकाले त्यसो हुनु नहुने उल्लेख गर्नुभयो । सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोक सङ्कटग्रस्त घोषणा भए पनि सरकारले नागरिकलाई त्यसबाट मुक्त बनाउन नसकेको बताउनुभयो । सांसद सत्य पहाडीले डोल्पाको दुनै पहिराका कारण जोखिममा रहेको र त्यसको व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उल्लेख गर्नुभयो । सांसद सरिताकुमारी गिरी कानुनको कारवाही हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद सरवत आरा खानमले सरकारले इदमा बिदा दिएर मुस्लिम धर्मावलम्बीलाई देशप्रति अपनत्वको महसुस गराएको बताउनुभयो । सांसद सीताराम महतोले इटहरी उपमहानगरपालिकामा शिक्षा र स्वास्थ्यमा सुधारको आवश्यकता औँल्याउनुभयो । सांसद डा सूर्यप्रसाद पाठकले जापानका लोकप्रिय नेता गुमाउँदा शोकमा डुबेको बताउनुभयो । सांसद हिरा गुरुङले भारत र चीनमा कोभिड सङ्क्रमण बढिरहेकाले सरकारको तयारी अघि बढाउनुपर्ने बताउनुभयो ।

सञ्चालित पाँच क्रसर उद्योगमा तालाबन्दी


पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएका छन् ।

लिखित र मौखिकरुपमा पटकपटक जानकारी गर्दा पनी राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ । सो गाउँपालिकाका  विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ ।

ती उद्योगले गाउँपालिकालाई रु एक करोड ५४ लाख राजस्व दाखिला गर्नुपर्ने भएको तर दाखिला नगरेकाले तालाबन्दी गर्नुपरेको उपाध्यक्ष नेपालीले जानकारी दिनुभयो । मकवानपुरगढी गाउँपालिका–५ स्थित साइबाबा क्रसर उद्योगले रु २८ लाख, आधुनिक क्रसर उद्योगले रु २३ र आमभञ्ज्याङ एग्रिगेरले रु २८ लाख तिर्न बाँकी छ ।

त्यस्तै मकवानपुरगढी–२ स्थित नमूना बालुवा उद्योगले रु ३० लाख तथा मकवानपुरगढी वडा नं ६ मा रहेको सामरी खोला बालुवा उद्योगले रु ४५ लाख राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ । ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक  रहनुभएका सो गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईंले बताउनुभयो ।