विराटनगर बसपार्कमा एक पुरुष मृत अवस्थामा भेटिरए

विराटनगर । बसपार्कको प्रतीक्षालयमा राखिएको बेन्चमा मृत फेला परेका अन्दाजी ५०–५५ वर्षीय पुरुषको पहिचान नखुलेको प्रहरीले बताएका छन् ।

उनी बुधबार बेलुका साढे ८ बजेतिर बसपार्कको प्रतीक्षालयमा बसिरहेका थिए । शव रहेको स्थानदेखि केही पर विषको बट्टा पनि रहेको प्रहरीले बताएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले मृतकको पहिचान खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

नेकपा माओवादी केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा माओवादी केन्द्रीय समितिको बैठक सुरु भएको हो ।बैठकले पदाधिकारीको पनि टुङ्गो लगाउने बताइएको छ । असार १९ गते सुरु भएको केन्द्रीय कमिटी बैठक दुई दिन स्थगित भएर आज बिहीबार बस्न लागेको हो । माओवादीमा एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षसहितका पदाधिकारी चयन बाँकी रहेको छ ।

अन्य पदमा खासै विवाद नदेखिए पनि महासचिवमा भने दाबेदार बढी भएकाले मिलाउन समस्या रहेको बताइएको छ । महासचिवका लागि जनार्दन शर्मा र वर्षमान पुनको दाबी रहेको छ । त्यस्तै महासचिवमा पूर्व सभामुखसमेत रहेका कृष्णबहादुर महराको समेत दाबी रहेको बताइएको छ । वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने नेता नारायणकाजी श्रेष्ठले पाउने सम्भावना रहेको छ । माओवादीले गत पुस महिनामा ८ औँ महाधिवेशन आयोजना गरे पनि केन्द्रीय समिति, स्थायी कमिटी, पोलिटब्युरो र पदाधिकारी टुङ्गो लगाउन सकेको थिएन ।

नेप्से दोहोरो अङ्कले बढ्यो


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से दोहोरो अङ्कले उकालो लागेर दुई हजार ४३।९२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १।६९ अङ्कले उकालोे लागेर ३८८।९१ मा पुगेको छ । कूल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर रु दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ०।७३, निर्जीवन बीमा ३५।०३ र सामूहिक लगानी कोष ०।०८ अङ्कले ओरालो लागेको छ ।

त्यस्तै व्यापार १।१३, होटल तथा पर्यटन १६।२२, विकास बैंक ७२।७५, जलविद्युत् ३३।८४, वित्त ४२।१३, उत्पादन २०।७२, अन्य २१।६८, लघुवित्त १०।६३, जीवन बीमा २६६।३२ र लगानी ०।२२ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब १५ अर्ब १५ करोड १९ लाख ७० हजार ३३६ बराबर पुगेको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड ७२ लाख ८० हजार ३३० बराबरको कारोबार भयो । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन रु ११ करोड ५३ लाख ४६ लाख ४७७, सिभिल बैंक रु १० करोड ५४ लाख ३६ हजार २३८, हिमालयन डिस्टिलरी रु नौ करोड २६ लाख ७१ हजार ७५३ र माथिल्लो तामाकोसी रु आठ करोड ६९ लाख २१ हजार ४७४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने सिवाइसिएल लघुवित्तका लगानीकर्ताले ९।९९ प्रतिशतले कमाए । तेह्रथुम पावर कम्पनी ७।७८, सिभिल बैंक सात, रिलायन्स फाइनान्सका लगानीकर्ताले ६।४२ प्रतिशतले कमाए । त्यस्तै एनसिसी बैंकको ऋणपत्र ५।८९, स्वाभिमान लघुवित्त ५।६८, सिटिजन म्युचुअल फण्ड दोस्रो ५।२८, किसान लघुवित्त ४।३० र सिटिजन म्युचुअल फण्ड पहिलोका लगानीकर्ताले ३।५१ प्रतिशतले गुमाए ।

राजीनामा घोषणा गर्दै अर्थमन्त्रीले भन्नुभयो ?


अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिनुभएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले आफूले पदबाट राजीनामा दिएको बताउनुभयो । विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उहाँले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराउनुभयो । उहाँले छानबिन समितिको काम कारवाहीलाई सहज बनाउनका लागि पदबाट राजीनामा दिएको बताउनुभयो ।

त्यसअघि प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रतिपक्षी दलले आफूप्रति पूर्वाग्रह देखाएको भए पनि सहमतिमा छानबिन समिति गठन भएको बताउनुभयो । समितिले छानबिन गरोस् भन्ने आग्रह गर्दै उहाँले आफूबाट कुनै पनि अनधिकृत काम नभएकोस्पष्ट पार्नुभयो । तोकिएको मानिस बाहेक बजेट निर्माणका अन्य कोही पनि मानिस संलग्न नभएको उहाँले दोहोयाउनुभयो । अर्थमन्त्रीले भन्नुभयो, “सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो । यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । यो राजनीतिक प्रतिशोध हो ।

उहाँले आफू विरुद्ध अनेक कथा बुनिएको भन्दै गलत प्रचारको खण्डन गर्नुभयो । अर्थमन्त्रीले मन्त्रालयमा राखिएको सिसिटिभीको क्षमताका बारेमा थाहा नभएको र आफूले त्यसका बारेमा कुनै चासो नराखेको बताउनुभयो । विगतमा अनधिकृतरूपमा सुपारी, केराउ र मरिच आयात गरेर तस्करी गर्ने गरिएको जानकारी दिँदै उहाँले त्यसलाई आफूले रोकिदिएको बताउनुभयो । आगामी आवको बजेटमा विलासी विद्युतीय सवारी साधनको हकमा सामान्य मात्रै करको दर हेरफेर गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री शर्माले माइतीघर मण्डलमा ‘रातो कर माफ गर’ भन्दै महिलाले गरेको आन्दोलन र उनीहरूले उठाएको माग सम्बोधन गर्न स्यानेटरी प्याडमा कर छुट दिइएको बताउनुभयो ।

निर्यात बढाउने लक्ष्यका साथ आफूले बजेटमा विशेष प्रबन्ध गरेको, कृषि क्षेत्रको विकासमा जोड दिएको तथा समाजमा सबै वर्ग तथा क्षेत्रलाई उत्साहित बनाएको उहाँले स्पष्ट पार्नुभयो । अर्थमन्त्रीले विगतमा बच्चाले खाने दूधमा कर बढाएर चकलेट आयातमा कर घटाइएको तथ्यसमेत पेश गर्नुभयो । सीमित व्यक्तिलाई लाभ हुने गरी विगतमा करका दरमा हेरफेर गरिएको भन्दै उहाँले आफूले आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिएकाले विरोध गरिएको त होइन भन्ने प्रश्न गर्नुभयो ।

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा


अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। उहाँले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गर्नुभयो ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि संसदमा उहाँको राजीनामा मागिएको थियो । यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन गरिएको छ ।

शहरी बिकास मन्त्रालयमा सचिब सिंहको आतंक

काठमाडौं । सहरी विकास मन्त्रालय अन्तर्गतको विश्वबैंकको सहयोग रहेको नेपाल र विश्व बैंकको सहयोग रहेको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना (एनयुजीआईपी( को परामर्श सेवा खरिदमा व्यापक धाँधली भएपछि प्रतिनिधिसभाको विकास समितिले उक्त प्रक्रिया रोक्न निर्देशन दिएको छ । संसदको विकास समितिका सभापति कल्याणी खड्काको अध्यक्षतामा २०७९ असार १० गते बसेको बैठकले आयोजनाको परामर्शदाता छनोटमा सेटिङ भएको कम्पनी ईआरएमसीलाई छनोट गर्न पहिले नै गोप्य क्राइटेरिया उपलब्ध गराइएको उजुरी परेपछि उक्त प्रक्रिया रोक्न निर्देशन दिएको छ ।

परीक्षामा पहिले नै प्रश्नपत्र आउट गरेजस्तै एनयुजीआईपीको परामर्शदाता छनोटमा सेटिङ भएको । गोप्य क्राइटेरिया बाहिर लानै मिल्दैन । विश्वबैंकको सहयोग रहेको आयोजनाको परामर्शदाता छनोटमा पहिले नै इआरएमसीलाई गोप्य रहनुपर्ने क्राइटेरिया उपलब्ध गराइएको खुलेको छ । इआरएमसीले पाएको उक्त गोप्य क्राइटेरिया नै सार्वजनिक भएको छ । जबकि गोप्य क्राइटेरिया सार्वजनिक गर्न मिल्दैन । यसरी ऐन, नियम र सार्वजनिक खरिद ऐनका दफाहरु ठाडै उल्लंघन गरी सेटिङमा परामर्शदाता छनोट गरेको उजुरीपछि विकास समितिले उक्त प्रक्रिया रोक्न निर्देशन दिएको जनाएको छ । समितिको निर्णयमा उल्लेख छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण बिभागबाट अगाडि बढाइएको एनयुजीआइपी अन्तर्गत संचालन भइरहेको आयोजनामा अनियमितता भएको भनी २०७९ जेठ २९ गते समितिमा उजुरी प्राप्त हुन आएकाले सोसँग सम्बन्धित कागजात ३ दिनभित्र समितिमा उपलब्ध गराउन एवं उक्त कामकारबाही हालअगाडि नबढाउन समिति नेपाल सरकार शहरी विकास मन्त्रालयलाई निर्देश गर्दछ भनिएको छ ।

दुई वटा प्याकेजमा गरी ८२ करोड रुपैयाँको परामर्शको कार्यमा कसरी गोप्य क्राइटेरिया आउट गरियो र सेटिङ भएको इआरएमसीलाई परामर्शदाता छनोट गरियो, त्यसका बारेमा उजुरी नै परेको थियो । उक्त उजुरीमा उल्लेख छ–सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत ल्ग्न्क्ष्एरग्म्क्त् आयोजनाका प्रमुख रविन्द्र बोहराले व्यापक अनियमितता गरी करिब ६० करोड लागतको एःक्त् र २२ करोड लागतको ग्म्क्त् का परामर्शदाता छान्ने क्रममा परामर्शदाता छान्नलाई बनाइएको गोप्य क्राइटेरिया नै इआरएमसी–उदय कन्सलटेन्सि फर्मलाई उपलब्ध गराई चरम अनियमितता गरिएको आरोप छ । यसरी दुवै आयोजनाको परामर्शदाता छनोट अघि नै २० प्रतिशत घुस आयोजना प्रमुख रविन्द्र बोहरा र सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले लिएको आरोप छ । ८२ करोडको २० प्रतिशत १६ करोड हुन आउँछ । परामर्श सेवामा छनोट हुन जे सुकै हत्कण्डा अपनाउने तर छानिइसकेपछि समयमा काम नगर्ने र गुणस्तरहीन काम गर्ने भनी बदनाम मानिन्छन
क्राइटेरियाकाभवन विभाग अन्तर्गत पनि टेण्डर सूचना प्रकाशित भएदेखि नै इआरएमसीले सेटिङ गरी गोप्य क्राइटेरिया नै पहिले नै लिएर भवन विभागको परामर्शको ८२ करोडको काम लिएको आरोप छ ।

सो कामको कमिसन सचिब रमेशकुमार सिह ले आफ्नो पक्षमा पनर्न जस्तो सुकै नाटक गर्छ्न भन्ने कुरो पछिल्लोपटक शहरीको कामबाट पुष्टि हुन्छ । यस्ता नैतिक हराम सचिबलाई अख्तियारले हतकडी कहिले लाउला जनचासोको बिषय भएको छ ।

सचिव सिंहलाई बोहोराले छुट्टै कमिसनको डिल गरेको समेत खुलेको छ । बोहोरा सचिव सिंहका अत्यन्तै निकटका पात्र हुन् । विगतमा एडीबीको सहयोग रहेको आरयूडीपी आयोजनाको प्रमुख पनि सिंहले नै बोहोरालाई बनाएका थिए । त्यो बेलादेखिनै उनीहरुबीच आर्थिक लेनदेन हुने गरेको थियो । आजसम्म जहाँजहाँ बसे सिंह त्यहाँत्यहाँ उनी विवादित भइरहे भने अहिले सहरी विकास मन्त्रालयमा विवादति बनेका छन् । यस्ता विवादित पात्रलाई चाँडो भन्दा चाँडो कारबाही होस भन्ने जनमानसको आवाज बाक्लिँदै गएको छ ।

न्युजिल्याण्ड पठाउने भन्दै ६३ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई पक्राउ गरेको छ ।

नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्ने पौडेलले सिन्धुलीको दुधौली नगरपालिका–१ का नारायण बोगटीसहित ९ जनाबाट ६३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ ।
न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै उनले ६३ लाख रुपैयाँ रकम लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी दिनेशकुमार आचार्यले जानकारी दिए ।

रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पौडेललाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो । त्यसपछि प्रहरीले मंगलबार साँझ ५ बजे पौडेललाई कपनबाट पक्राउ गरेको हो ।

संसद बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो । अर्थमन्त्री जनार्दन शर्माको दल माओवादी केन्द्र छानबिन समिति बनाउन सहमत देखिएको छ । तर त्यसअघि अर्थमन्त्री शर्माले आफ्नो धारणा प्रतिनिधिसभामा राख्न चाहेका छन् ।

एमालेले भने शर्मालाई बहिस्कार गर्दै आएको छ । यसबारे अहिले पनि संसदमा रहेका प्रमुख दलहरुबीच छलफल चलिरहेको छ ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक श्रीमान् धिरज प्रताप सिंहज्यूसँग अपराध अनुसन्धान तालिम (सि.प्र.अ.) ९० औं समूहमा सहभागी प्रशिक्षार्थीहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न।

खेम राज खनाल

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा मिति २०७९ जेठ १२ गतेदेखि सञ्चालित अपराध अनुसन्धान तालिम ९० औं समूहमा सहभागी प्रशिक्षार्थीहरुको आज संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहज्यूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थी प्रहरी अधिकृतहरुले नेपाल प्रहरीको अपराध अनुसन्धानको सम्बन्धमा उठाएका जिज्ञाशाहरुको सम्बोधन गर्दै प्रशिक्षणको दौरानमा हासिल गरेका ज्ञान, सीप तथा कौशललाई कार्यक्षेत्रमा व्यवहारमा लागु गर्न निर्देशन दिनु भएको थियो भने कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यज्यूले व्यस्तताको बाबजुट पनि उपस्थित भई प्रशिक्षार्थीहरुलाई दिनु भएको महत्वपूर्ण निर्देशन सम्बोधनको लागि प्रमुख अतिथिमा हार्दिक धन्यवाद् ज्ञापन गर्नु भएको थियो ।

उक्त कार्यक्रममा यस प्रतिष्‍ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङज्यू, प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीज्यू, प्रहरी उपरीक्षक सविन प्रधानज्यू लगायत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान तथा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका सिनियर प्रहरी अधिकृतज्यूहरुको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट नेपाल एपीएफ अस्पतालको निरीक्षण

खेम राज खनाल असार १९ काठमाडौं,
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालको असार १९ गते निरीक्षण गर्नुभई त्यहाँको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको छ ।
महानिरीक्षक अर्यालले सो अस्पताल निरीक्षण तथा अनुगमनको क्रममा अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुसँग अन्तरक्रिया गर्नुका साथै सो अस्पतालले प्रवाह गरिरहेको स्वास्थ्य उपचार सेवा, थप गर्नुपर्ने आवश्यक संरचना तथा श्रोत साधन र व्यवस्थापकीय लगायतका विविध पक्षबारे जानकारी लिनु भएको होे ।
त्यसअवसरमा उहाँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई सो अस्पतालबाट प्रवाह हुने उपचार सेवामा कुनै पनि कमिकमजोरी हुन नदिई संवेशनशील रहँदै उच्चस्तरीय सेवा प्रवाहमा क्रियाशिल रहन निर्देशन दिनुभयो ।

   महानिरीक्षक अर्यालले त्यसअवसरमा ओपीडी, प्याथोलोजी, आईसीयू, अपरेशन कक्ष, बाल रोग विभाग, बिरामी वार्ड, फिजियोथेरापी, फार्मेसी तथा मेश लगायतको निरीक्षण र अनुगमन गर्नुभई जनरल वार्ड, आईसीयू, एचडीयू र भेन्टिलेटरमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्थाबारे समेत जानकारी

लिनुभएको हो ।

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला


काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले असार २० गते आजदेखि सर्वसाधारणका लागि आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता रू। १०० अंकित दरका १८ लाख २० हजार ४७५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।

सर्वसाधारणमा वितरण गर्न लागेको रू। १९ करोड ५७ लाख ५० हजार बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओमध्ये कम्पनीले २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् । छिटोमा असार २३ गतेसम्मको मिति तय गरिएको यो आईपीओ सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने साउन २ गतेसम्म विक्रीमा रहनेछ । तर पछिल्लो समय सर्वसाधारणमा निष्कासन भएको आईपीओमा परेको आवेदनको प्रबृत्ति हेर्दा छिटो अवधिसम्म मात्र यो आईपीओ विक्रीमा रहने सम्भावना देखिन्छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धककम एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ

नेप्से परिसूचक ओरालो लाग्दा पनी कारोबार रकम बढ्यो


धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । अघिल्लो केही दिन उकालो लागेको नेप्से परिसूचक आज भने ९।७५ अङ्कले ओरालो लागेर दुई हजार ७६।६७ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।८९ अङ्कले ओरालो लागेर ३९५।९४ मा ओर्लेको छ ।

कूल २३४ कम्पनीको एक करोड नौ लाख ८१ हजार ५९१ कित्ता शेयर ७५ हजार ७९० पटक कारोबार भयो । आजको कूल कारोबार रु चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ बराबरको रह्यो । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ६१ अर्ब ८५ करोड ९१ लाख ८६ हजार २९० बराबर रहेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने नो उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । जीवन बीमा ५८।६८, सामूहिक लगानी कोष ०।०१, निर्जीवन बीमा ४८।०७ र व्यापार १४०।१५ अङ्कले उकालो लाग्यो । बैंकिङ १।९७, विकास बैंक ५२।९६, वित्त ६।३१, होटल तथा पर्यटन ४६।८९, जलविद्युत् १२।८५, लगानी ०।०५, उत्पादन ४५।३८, लघुवित्त ६१।२५ र अन्य उपसमूह २९।६९ अङ्कले ओरालो लाग्यो । कारोबार भएकामध्ये आज ७१ कम्पनीको शेयर मूल्य उकालो लाग्यो भने ११६ कम्पनीको ओरालो लागे । ६ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १७ करोड ५८ लाख ८३ हजार २७१ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु १६ करोड ९० लाख ५१ हजार ४२७, एशियन लाइफ इन्स्योरेन्स रु १२ करोड ९६ लाख ६७ हजार २१८, अरुण काबेली पावर रु ११ करोड ७८ लाख ८६ हजार ६५४ र माथिल्लो तामाकोशी रु ११ करोड ६७ लाख तीन हजार १२७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सिवाइसिएल नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । न्यादी ग्रुप पावर ९।९८, सामलिङ पावर कम्पनी ७।७०, साल्ट टेडिङ कर्पोरेशन ६।८५ र विशाल बजार कम्पनीका लगानीकर्ताले ६।६७ प्रतिशतले कमाए । ग्लोबल आइएमई बैंकको ऋणपत्र ९।७५, युनियन हाइड्रोपावर ६।१८, ग्रीन लाइफ हाइड्रोपावर ६।०४, मैलुङ खोला जलविद्युत् कम्पनी ५।९३ र समटि लघुवित्तका लगानीकर्ताले ५।९१ प्रतिशतले गुमाए ।

भारतीय दूतावासका सुरक्षागार्डले गरे आत्महत्या


काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षागार्डले ड्युटी समयमै आफैंले आफैंलाई गोली हानी आत्महत्या गरेका छन्
दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंहले आफूसँग रहेको इन्सास राइफलले आफैंलाई गोली हानेका हुन् ।

घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए ।घटनास्थल दूतावासभित्रै भएका कारण भारतीय पक्षले नै त्यसको अनुसन्धान गरी शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

नेकपा माओवादी र एकीकृत समाजवादीले चुनावअघि नै एकता

२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावअघि नै पार्टी एकता गर्ने तयारी गरेको छ । पछिल्लो समय माओवादी र एकीकृत समाजवादीका नेताहरुबीच चुनावअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेका छन् । यसअघि कांग्रेस बाहेक सत्ता गठबन्धनमा रहेका दलहरुले छुट्टै गठबन्धन बनाउने विषयमा कुराकानी अघि बढाएका थिए । अहिले उनीहरुको संवाद चुनावअघि कम्तीमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता गरेर अघि बढ्ने बिषयमा केन्द्रित छ ।आइतबार ललितपुरको सातदोबाटोस्थित एक घरमा भएको तत्कालिन नेकपाका पाँच जना सचिवालय सदस्यहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल र भर्खरै नेकपा एकता राष्ट्रिय अभियान खोलेर त्यसको संयोजक बनेका वामदेव गौमतबीच छलफल भएको थियो ।

उक्त भेटमा चुनावअघि दुई पार्टीको एकता गर्ने विषयमा गम्भीर छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।‘छलफलमा सकेसम्म चुनावअघि नै दुई पार्टीबीच एकता गर्ने, एकता संभव भएन भने संयोजन समिति बनाएर अघि बढ्ने भन्ने कुरा भएको छ’, श्रेष्ठले अनलाइनखबरसँग भने ।
छलफलमा नेताहरुले वामपन्थी शक्तिहरु कमजोर हुँदा राष्ट्रियता धरापमा परेको भन्दै वामपन्थी ध्रुवीकरण आवश्यक परेको निष्कर्ष निकालेका थिए । ‘अहिले राष्ट्रियता धरापमा छ, यसले गम्भीर संकट निम्त्याउन सक्छ,’ बैठकको निष्कर्ष सुनाउँदै श्रेष्ठले भने,‘त्यसो गर्दा वामपन्थी शक्तिहरुले एकता, ध्रुवीकरण र मोर्चाबन्दीको प्रक्रिया अघि बढाउनुपर्छ र त्यो बढाउने हो भने तत्काल कमसेकम एकीकृत समाजवादी र हाम्रो पार्टीबीच एकता गर्ने प्रक्रिया अघि बढाऔं र त्यसपछि अरुलाई आह्वान गरौं भन्ने निचोडमा पुगेका छौं ।’ उनका अनुसार यो चुनावमा वाम एकता सम्भव नभए वाम तालमेलको अवस्थासम्म पुर्‍याउनुपर्ने निष्कर्षमा नेताहरु पुगेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी नेपाली कांग्रेसले सत्तारुढ गठबन्धनलाई कसरी अघि बढाउन चाहन्छ भन्नेबारेमा पहिल्यै निर्क्योल गर्नुपर्नेमा एकमत छन् । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने भनेर नेपाली कांग्रेसले अन्तिममा केही ठाउँमा मात्रै गठबन्धन गरेको र त्यसले आफूहरुलाई घाटा पुगेको नेताहरुको निष्कर्ष छ ।

यद्यपि उनीहरुले एमालेसँग भने कम्तीमा यस वर्ष हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन या एकता दुबै नहुने निचोड निकालेका छन् । ‘एमालेसँग चुनावअघि नै तालमेल हुने संभावना छैन, ऊ आत्माआलोचित भएको छैन, निर्वाचनको सन्दर्भमा पनि सही ढंगले तालमेलमा जान्छ भन्ने देखिएको छैन,’ बैठकको निष्कर्षबारे श्रेष्ठले भने । यसअघि आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकताको संभावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले एमाले बाहेकका कम्युनिष्ट पार्टीहरुबीचको एकताको संभावनाबारे प्रतिवेदनमा उल्लेख गरेका छन्, तर विस्तृतमा व्याख्या गरेका छैनन् ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले समेत अहिले एमालेसँग चुनावी तालमेलको संभावना नरहेको बताइसकेको छ । स्थानीय तह निर्वाचनमा अन्तिम अवस्थामा गठबन्धन हुँदा त्यसको परिणाम राम्रो नआएको भन्दै कांग्रेससँग पनि भर गर्न नसकिने यी पार्टीका नेताहरुले बताइरहेका छन् ।

गृहमन्त्री र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएका छन् । नेपालका लागि भारतीय राजदूत बनेर भरखरै नेपाल आउनुभएका राजदूत श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलोपटक भेटघाट गर्नुभएको हो ।

गृह मन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुढृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिनुभयो । भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअनुरुप कृषि क्षेत्रमा रासायनिक मल सहजीकरण गर्न आग्रह गर्नुभएको थियो । राजदूत श्रीवास्तवले नेपालसँग भएको सम्झौता कार्यान्वयमा आफूले पहल गर्ने बताउनुभएको थियो ।