सत्ता गठबन्धनलको सिट बाँडफाँटका सिट बाँडफाँटका कार्यदलको बैठक आज बस्दै

२६ साउन, काठमाडौं । मंसिर ४ गेत हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धका दलबीच सिट बाँडफाँटबारे छलफल गर्न आज दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

निर्वाचनमा तालमेल गरेर जाने सहमति भए पनि गठबन्धन दलहरू बीच सिटको बाँडफाँट अहिले सम्म हुन सकेको छैन । कार्यदलको यही साउयन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

आजको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ । सोही मापदण्डका अनुसार दलहरूबीच सिठबाँडफाँड हुनेछ ।

वैदेशिक लगानीको सीमा घटाउँदै सरकार

सूचना तथा प्रविधि क्षेत्रलाई लक्षित गर्दै सरकारले वैदेशिक लगानीको सीमा घटाउने तयारी सुरू गरेका छन् । यसअघिको ५ करोडभन्दा कम लगानी ल्याउन नपाइने व्यवस्था परिवर्तन गर्न लागेको उद्योग विभागले जानकारी दिएको छ । यसलाई घटाएर २ करोड सम्म लगानी ल्याउन मिल्ने व्यवस्था गर्न लागेको हो ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले वैदेशिक लगानीको सीमा घटाउने तयारीमा लागेको हो बताए । यसअघि सरकारले नेपालमा ५ करोड रुपैयाँभन्दा कम विदेशी लगानी भित्र्याउन नपाउने व्यवस्था गरेको थियो । यसको विरोध भएपछि सरकारले सच्याउन लागेका छन् ।
२०७६ साल जेठमा बसेको मन्त्रिपरिषद् बैठकले ५० लाख वैदेशिक लगानीको सीमा बढाएर ५ करोड पुर्याएको थियो । त्यसयता यो नीतिले सूचना तथा प्रविधि क्षेत्रलाई प्रभाव पारेको भन्दै व्यवसायीहरूले विरोध गर्दै आएका छन् ।

यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए)ले समेत विदेशी लगानीको सीमा घटाउन माग गर्दै आएको थियो । संघले विदेशी लगानीको सीमा उच्च भएकाले साना विदेशी लगानी नै प्रभावित बनेको बताएको थियो । सरकारले सिमा घटाउने तयारी गरेपछि एनआरएनएको माग समेत पुरा हुने देखिएको छ । सूचना तथा प्रविधि क्षेत्रमा २ लाख अमेरिकी डलर (२ करोडभन्दा बढी)को लगानीले समेत काम सुरू गर्न सकिने उनीहरूको तर्क थियो ।

महानिर्देशक तिवारीले विभागबाट विदेशी लगानीको सिमा घटाउने मस्यौदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगिसकेको जानकारी दिएका छन् । उनले भने, ‘अहिले हामीले अध्ययन गरेर पठाएको मस्यौदा लागू हुने/नहुने भनेर अध्ययनको चरणमा छ । यसलाई माथिल्लो तहबाट आवश्यक विश्लेषण गरेर टुंगो लगाउँछ ।’

विभागले तयार पारेको मस्यौदामा विदेशी लगानीको सीमा क्षेत्रगत रूपमा लागू गर्ने प्रस्ताव छ । जसमा सूचना तथा प्रविधि क्षेत्रमा २ करोडसम्म विदेशी लगानी ल्याउन मिल्ने भएपनि अन्य क्षेत्रमा त्यति सानो लगानी ल्याउन नमिल्ने व्यवस्था हुने छ । ‘आईटी क्षेत्रमा सानो लगानीले काम सुरू गर्न सकिन्छ,’ तिवारीले भने, ‘तर, त्यही लगानी जलविद्युतमा ल्याउँदा कम हुन्छ । त्यसैले क्षेत्रगत विषय छुट्याएर लगानीको सिमा घटाउने तयारी भइरहेको हो ।’

नेप्से परिसूचक आज उच्च अङ्कले गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३.३५ अङ्कले घटेर दुई हजार ६२.८० अङ्कमा सीमित भएका छन् ।

यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८.६८ अङ्कले ओरालो लागेर ३९७.४३ मा कायम भएको छ । कूल २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर रु दुई अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ १८.०५, व्यापार ७०.३२, होटल तथा पर्यटन ३४.६२, विकास बैंक १२२.६९, जलविद्युत् ७८.०१, वित्त ६०.२७, निर्जीवन बीमा १२३.४४, उत्पादन ७०.३७, अन्य ५८.७२, लघुवित्त १२५.६२, जीवन बीमा १२२.५१, सामूहिक लगानी कोष ०.१४ र लगानी १.३३ अङ्कले घटेका छन् ।

आजको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ४६ अर्ब १६ करोड ७२ लाख ३१ हजार ५५० बराबर रहेको छ । कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु १५ करोड १० लाख ९७ हजार ७६६ बराबरको कारोबार भयो । शिवम् सिमेन्ट रु १३ करोड आठ लाख ७८ हजार, हिमालयन डिस्टिलरी रु १० करोड ७८ लाख ४९ हजार, नबिल बैंक रु १० करोड ४२ लाख नौ हजार नौ सय ८५ र नेपाल दूरसञ्चार कम्पनी रु सात करोड ७८ लाख ९३ हजार चार सय २९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर ९.९७, गुराँस लघुवित्त ६.३६, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र ३.९६, युनिलिभर नेपाल ३.९५ र गुडविल फाइनान्सका लगानीकर्ताले तीन प्रतिशतले कमाए ।

त्यस्तै गणपति लघुवित्त ७.२७, घलेम्दी हाइड्रोपावर ६.६८, पञ्चकन्या माई हाइड्रोपावर ६.४९, न्यादी हाइड्रोपावर ६.४० र मध्य भोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले ६.३१ प्रतिशतले गुमाएका छन् ।

एउटै व्यक्ति एउटा निर्वाचन क्षेत्रबाट दुई पटक मात्रै उम्मेदवार हुन पाउने व्यवस्था गरौं

२४ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद विन्दा पाण्डेले प्रत्यक्ष निर्वाचित सांसदमा पुरुष र समानुपातिकमा महिला भन्ने जस्तो हुन गएको भनी सच्याउनु पर्ने बताएकी छिन् ।

मंगलबार आगामी निर्वाचनमा प्रदेश र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै उनले यस्तो भनेकी हुन ।
उनले भनिन्, ‘मंसिरमा हुने निर्वाचन र आगामी दिनमा पनि पहिलो हुने निर्वाचन अन्तर्गत उम्मेदवारी दिँदा समानुपातिक प्रणाली अनुसार उम्मेदवार तय गर्नुपर्ने व्यवस्था गरियोस् ।’

साथसाथै सांसद पाण्डेले ‘एउटै व्यक्ति एउटा निर्वाचन क्षेत्रबाट दुई पटक मात्रै उम्मेदवार हुन पाउने व्यवस्था गरौं’ भन्ने प्रस्तव समेत रोखी छन् । ‘निरन्तर आजीवन एउटै व्यक्ति उम्मेदवार हुने प्रवृतिको अन्त्य जरुरी छ’ उनले भनिन् ।

धौलागिरी लघुवित्त आज IPO निष्काश गर्दै

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (साउन २४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दै हो। लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आईपीओ निष्काशन गरेको हो।

लघुवित्तले निष्काशन गरेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

सो आइपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।

नेकपा एकिकृत समाजवादीले ४० सिटको दावी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मंगलबार प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेका छन् । नेपाली चियाको गुणस्तरका बारेमा भारतमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे सरकारलाई जानकारी गराउने उदेश्यका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेका खनालले त्यही मौकामा केही वेर आगामी चुनावको सिट बाँडफाँटका विषयमा पनि कुरा कानी गरे ।

गठबन्धनमा रहेका दलहरुका वीच सम्मानजनक सिट बाँडफाँट हुनुपर्ने भन्दै उनले प्रधानमन्त्रीसँग कोही कसैको अपमान हुने गरी वाँडफाँट नहोस भन्न भ्याए । ‘गठबन्धनमा दलहरु जे आधारमा थपिन्छन्, त्यही आधारमा आवश्यक पर्ने ठाउँमा तालमेलको कुरा हुन्छ । तालमेल गर्दा प्रत्येक पार्टीको आफ्नो हैसियत हुन्छ ।

२०७४ को निर्वाचनको कुरा, भर्खरै सम्पन्न भएको स्थानीय निर्वाचनको परिणाम यी सबै आधारमा उभिएर सबैलाई समान हुने ढंगले हामीले तालमेल गर्नुपर्छ । कसैले अपमान फिल गरेमा उ तालमेलमा आउँदैन । सबैलाई समान हुने खालको तालमेलको बुटी बनाउन आवश्यक छ,’ प्रधानमन्त्रीसँग भेटरे बाहिरिएपछि खनालले तालमेलका बारेमा पनि कुरा भएको भन्दै सञ्चारकर्मीहरुसँग भने ।

सत्ता गठबन्धन दलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठबन्धन दलहरुको ११ सदस्यीय सिट बाँडफाँटको नीतिगत मापदण्ड बनाउने कार्यदल बनेको छ । कार्यदलको पहिलो बैठक सोमबार बालुवाटारमा बसेर अर्को बैठक आगामी विहिबार साउन २६ मा बस्ने गरी तय भएको छ ।
यस्तो बेला सत्ता गठबन्धन मध्ये नेकपा एकिकृत समाजवादीले ४० सिटको दावी गरेको छ । एमालेबाट विभाजित भएको सो पार्टीले देशव्यापी आफ्नो संगठन रहेको भन्दै ४० सीट दावी गर्ने भएको हो । ‘हाम्रो प्रारम्भिक छलफलमा ४० सीटको दावी रहन्छ त्यसमा केही तलमाथि हुन्छ’, नेकपा एकीकृत समाजवादीका एक सचिवालय सदस्यले मेरोन्यूजसँग भने ।
उनका अनुसार सोमबार गठबन्धनको बैठकमा मुखै खोलेर भने कुनै पनि दलले यस विषयमा कुनै दावी पेश गरेनन । तर एकीकृत समाजवादीका महासचिव समेत रहेका कार्यदलका सदस्य बेदुराम भुसालले भने आवश्यक परे आफनो दलले दावी नै प्रस्तुत गर्ने भनेर सूची नै तयार पारेर बैठकमा गएका थिए । जसमा कुन जिल्ला र क्षेत्र समेत उल्लेख रहेको थियो ।

स्रोतका अनुसार एस पार्टीले शुरुमा ४० सीट दावी गर्ने र लचिलो हुनुपर्ने भए २५ सीट भन्दा तल नझर्ने रणनीति बनाएर भुसाललाई प्रस्तुत हुन निर्देशन गरेको छ । त्यही सूची अहिले बेदुरामको खल्तीमा रहेको एकीकृत समाजवादीका ति नेताले बताए ।

‘२५ सीट भन्दा तल झर्नुपर्ने अवस्था आएमा एक्ला एक्लै चुनाव लड्ने परिस्थिति बन्नेछ’, एस पार्टीका ती नेताको भनाई छ ।

सोमबार बसेको सत्ता गठबन्धन दलको सीट बाँडफाँटका लागि बनाएको कार्यदलको पहिलो बैठकले यसबारेमा कुनै निर्णय गरेको छैन । बैठकमा कुनै पनि दलले आफ्नो कार्ड नखोली संयोजकमात्रै तोकेर बाहिरिएका थिए ।

२० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल बनाएको थियो । कार्यदलको पहिलो बैठक सोमबार दिउँसो बालुवाटारमा बसेको थियो । नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भूसालले कसरी जाँदा ठीक होला, के आधारमा, कुन मापदण्डमा जाँदा ठीक होला भनेर छलफल गरेको बताए ।

बैठकमा माओवादी नेता एवं कार्यदलका सदस्य वर्षमान पुनले भने २०७४ मा एमाले र माओवादीबीच सिट बाँडफाँटको अनुभव सुनाएका थिए । ११ सदस्यीय कार्यललमा कांग्रेसका तीन सदस्य छन् भने अरु दलका २(२ जना छन् । कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटबारे सहमति जुटाएर प्रतिवेदन बुझाउन भनिएको छ । अर्को बैठकअघि दलहरुबीच द्विपक्षीय तथा बहुपक्षीय छलफल पनि हुन सक्ने नेताहरुले बताएका छन् । एस पार्टीले काठमाडौको २ सीट दावी गर्ने तयारी गरेको छ ।

माधव नेपाल रौतहटबाट चुनाव लड्ने भएपछि काठमाडौंको २ मध्येको एउटा क्षेत्रनम्बर २ मा भने रामकुमारी झाँक्रीलाई चुनाव लडाउने गरी पनि एकीकृत समाजवादीले आन्तरिक तयारी थालेको छ । नेकपा एसले रौतहट, उदयपुर, मकवानपुर, पाल्पा, धादिङ, कैलाली, अछाम, दाङ, डोटी, रुपन्देही का निर्वाचन क्षेत्रमा दावी गर्ने तयारी गरेको छ । त्यसैगरी डोल्पा, मुगुमा पनि दावी गरेको स्रोतको दावी छ ।

गठबन्धनको मुख्य दल कांग्रेसले आफुलाई एक सय देखि ९५ सिट आफनो पार्टीमा राख्न चाहेको छ । वाँकीमा मात्र गठबन्धनमा रहेका अन्य दललाई दिन कांग्रेस तयार जस्तो देखिएको छ । तर अर्को मुख्य घटक दल माओवादीले कांग्रेसलाई ७०, माओवादीलाई ६०, एकीकृत समाजवादीलाइ १८, जनता समाजवादीलाई १६ र राष्टिय जनमोर्चालाई एक सिट दिने गरी भागवन्डा लगाउनु पर्ने बताएको छ ।

तर यसैमा दलहरुको रस्साकस्सी चल्ने र सिट बाँडफाँट सकस हुने देखिईरहेका बेला एकीकृत समाजवादीले ४० सिट दावी गरेर कांग्रेस र माओवादीलाई अप्ठ्यारोमा पार्ने देखिएको छ । यसले पनि गठबन्धन दलभित्र सिट बाँडफाँट निक्कै पेचिलो बन्ने देखिएको छ ।

निजामती ऐन ल्याउन माग “त्रिपाठी”


काठमाडौँ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा निजामती ऐन ल्याउन सरकारसमक्ष माग गरिएका छन् ।

विशेष समयमा सांसद हृदयेश त्रिपाठीले निजामती ऐन नहुँदा शासन व्यवस्था सञ्चालन तथा सुशासन कायम गर्न समस्या भएको बताएका छन् ।

“स्थानीय तहमा आठ प्रकारका कर्मचारी समायोजन भएन । प्रदेश तहले आरक्षण कोटा छुट्ट्याउन सकेन । सरुवा(बढुवा हुन सकेन । समायोजन भएका कर्मचारीलाई निजामती मान्ने कि नमान्ने दुबिधा छ,” उनले भने ।

सांसद् त्रिपाठीले ‘सरकारले ऐन किन नल्याएको रु’ भन्दै प्रश्न गरेका छन् ।

नर्भिक अस्पतालकाे टहरा आजै भत्काउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नर्भिक इन्टरनेशनल अस्पतालले नियम विपरीत बनाएका टहरा आजै भत्काउने भएका छन् ।

महानगरको २४ घण्टे अल्टीमेटमअनुसार भत्काउने महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए । नियम विपरीत अनधिकृत रूपमा बनाएका टहरा साढे २ बजे भत्काइने सापकोटाले बताए ।
महानगर सहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना २४ घण्टाको अल्टिमेटम दिएको थियो ।

अस्पतालले सरकारको नाममा रहेको कित्ता नम्बर २०८५ क्षेत्रफल १-८-१-८ जग्गा लिजमा लिई सरकारसँगको सम्झौता विपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको सूचनामा उल्लेख छ ।

सूचना आयोगद्वारा ३३ कार्यालय प्रमुखमाथि कारबाही

राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेका छन् । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३२ बमोजिम सूचना नदिने, आंशिक सूचना दिने तथा सूचनाको हक कार्यान्वयन नगर्ने कार्यालय प्रमुखलाई कारबाही गरेको हो ।

विसं २०६५ सालमा स्थापना भएको आयोगले हालसम्म ३३ कार्यालय प्रमुखमाथि कारबाही गरिसकेको सूचना आयुक्त रत्नप्रसाद मैनालीले बताउनु भयो । सूचना नदिएर कारबाहीमा पर्नेमा सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागमा कार्यरत कार्यालय प्रमुख छन् । हालसम्म सूचना नदिने तथा आंशिक सूचना दिने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक सात, त्रिवि शिक्षा सेवा आयोगका अध्यक्ष चार, त्रिविको शिक्षाध्यक्ष एक, स्थानीय तहका कार्यालय प्रमुख चार, स्कुल तथा क्याम्पसका प्रमुख छ तथा अन्य ११ जना गरी जम्मा ३३ कार्यालय प्रमुखलाई आयोगले कारबाही गरिएकोे हो ।

सूचना नदिएको भन्दै यही साउन ४ गते आयोगले बल्खुस्थित त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई रु २० हजार जरिवाना गर्ने निर्णय गरेको थियो । प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहितको आयोगको इजलासले सूचना नदिएको भन्दै सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३२ को उपदफा १ बमोजिम जरिवाना हुने निर्णय गरेको थियो।रौतहट मलोहिया–५ का राजीव दासले गर्नुभएको उजुरीमा आयोगले उक्त जरिवाना गर्ने निर्णय गरेकोे हो । दासले परीक्षा नियन्त्रण कार्यालय बल्खुसँग चिकित्सा शास्त्रको अध्ययन कति वर्षसम्म पूरा गर्नुपर्ने हो, यससम्बन्धी व्यवस्था कस्तो छलगायत सूचनाको प्रमाणित प्रतिलिपि माग गर्नुभएको थियो ।

त्यस्तै आयोगले गत असार १३ गते सूचना नदिने रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु १० हजार जरिवाना गरेको थियो । राजपुर नगरपालिका–१ का एकामुल हकले गर्नुभएको उजुरीमा आयोगले उक्त उक्त निर्णय गरेको थियो । हकले राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकको सङ्ख्या र प्रतिव्यक्ति कति खर्च भयो रु क्वारेन्टिनमा बस्ने व्यक्तिले ओढ्नका लागि खरिद गरेको कम्बलको मूल्यबारे प्रमाणित प्रतिलिपि माग गर्नुभएको थियो ।

आयोगले पटक–पटक सूचना उपलब्ध गराउनु भन्दै दिएको आदेशको उपेक्षा गर्ने तथा सूचना उपलब्ध नगराउने कार्यालय प्रमुखमाथि कारबाही गर्ने गरेको छ । सूचना मागकर्ताले मागेको सूचना उपलब्ध नगराए प्रक्रियाअनुसार सो निकायलाई आयोगले सूचना नदिनुपर्नाको कारणलेखी पठाउन भन्दै आदेश जारी गर्छ । सो आदेश पछिको जवाफमा सूचनाको हकसम्बन्धी ऐन, २०६५ को दफा ३ ले भने बमोजिमको सूचना उपलब्ध गराउनुपर्ने कानुनमै उल्लेख रहेको आयुक्त मैनालीले बताउनुभयो ।कतिपय सार्वजनिक कार्यालयका प्रमुखले सो विषय जान्दा जान्दै पनि सूचना नै दिन मान्दैनन् । आयोगले पटक–पटक ध्यानाकर्षण गर्दा पनि सूचना नदिने कार्यालय प्रमुखमाथि कारबाही प्रक्रिया अघि बढाउँछ ।

परराष्ट्रमन्त्री डा‍. खड्का आज चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा‍.नारायण खड्का आज चीन जाँदै हो । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा चीन जान लागेका हुन् । उनको चीन भ्रमण तीन दिनको रहेको परराष्ट्र मन्त्रालयले जनाएका छन् ।

अमेरिक सभामुखको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीच तनाव बढिरहेका बेला परराष्ट्रमन्त्री डा. खड्काले गर्न लागेको चीन भ्रमणलाई विशेष चासोको रुपमा हेरिएका छन् ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गत हुनेछ । भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् ।

सशस्त्र प्रहरीलाई टेन्ट र छाप्राकै बास

भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बिओपी)मध्ये छबाहेक अन्यमा भौतिक संरचनाको अभाव रहेका छन् ।

वर्षायामका बेला सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई बस्नकै लागि भरपर्दो भौतिक संरचना नहुँदा सास्ती खेप्न बाध्य छन् । पुर्नवास, बेलौरी, देवीस्थान, भुडा, ब्रम्हदेव, पचुइमा मात्रै बस्नका लागि भवन रहेका छन् । अन्य बिओपीमा बस्नका लागि टेन्ट र कच्ची संरचना रहेका छन् ।

अधिकांश बिओपी बस्नलायक नभएको बताइएको छ । वर्षात्का बेला टेन्ट र छाप्रामा बस्नुपर्दा हतियार जोगाउनै सशस्त्र प्रहरीलाई मुस्किल छ । टेन्ट र छाप्रा चुहिनेसँगै डुबानमा समेत पर्ने भएकाले सशस्त्र प्रहरीलाई निकै सास्ती छ । वर्षात् आउनुअगावै टेन्टमा रहेका बिओपीमा बस्ने जवानका लागि नयाँ टेन्टको व्यवस्था गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरले बताउनुभयो । “टेन्ट पुराना भइसकेका थिए”, उहाँले भन्नुभयो, “जगेडा रहेका टेन्ट उपलब्ध गराएका छौँ ।”

जग्गा प्राप्ति नहुँदासम्म केन्द्रले बजेट नदिने व्यवस्थाका कारणले भौतिक संरचना बनाउन नसकिएको उहाँको भनाइ छ । “सबै ठाउँमा जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको छ”, उहाँले भन्नुभयो, “केन्द्रबाट बजेट आएपछि भौतिक संरचना निर्माण गर्छौँ ।”

दुईवटा फरवार्ड अब्जर्बेशन क्याम्पका लागि भने बोलपत्र भएको उहाँले बताउनुभयो । वर्षात्का बेला खल्ला मुसेट्टिलाई छाडेर सबै ठाउँमा गाडीमा पुग्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार पाँचदेखि सात किलोमिटरको दूरीमा बिओपी राखिएका छन् । “पाँचदेखि सात किलोमिटरमा बिओपी छन् । बिओपी स्थापना भएपछि सीमामा हुने आपराधिक गतिविधि कम भएका छन्”, उहाँले भन्नुभयो । डोकेबजारबाट खल्लामुसेट्टिसम्मको भारतसँग जोडिएको एक सय २९ किलोमिटर क्षेत्रको सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई छ ।

स्रोतको अभावसँगै बैंकिङ कर्जा पनि महँगिदै

२४ साउन, काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको अभावसँगै बैंकिङ कर्जा पनि महँगिदै गएका छन् । लगानीयोग्य स्रोतको अभाव भएपछि बैंकहरुले स्रोत संकलनका लागि निक्षेपमा दिंदै आएको ब्याजदर बढेसँगै बैंकिङ कर्जा पनि महँगिन पुगेको हो । यस्तै बैंकहरुमा लगानीयोग्य स्रोतको अभाव हुँदा निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर (स्प्रेड रेट) पनि बढाएको छन् । जसले बैंकिङ कर्जा थप महँगिएका छन् ।

बैंकहरुले निक्षेपको ब्याजदर बढाएसँगै कोषको लागत बढ्यो भने आधार ब्याजदर (बेस रेट) पनि बढ्न पुगे । आधार ब्याजदर वृद्धिसँगै बैंकिङ कर्जाको ब्याजदर पनि बढेको हो । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार ब्याजदरसँग आवद्ध गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै कर्जाको ब्याजदर वृद्धि गर्दा त्रैमासिक औसत आधार दरमा भएको वृद्धिसम्म मात्र बढाउन सकिने व्यवस्था राष्ट्र बैंकले बैंकहरुलाई जारी गरेको एकीकृत निर्देशनमा गरेको छ । साथै यसरी आधार ब्याजदर बढेको आधारमा एक त्रैमासमा एकपटक मात्र ब्याजदर वृद्धि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा सञ्चालनमा रहेको २६ वटै वाणिज्य बैंकको आधार ब्याजदर बढेको छ । अघिल्लो असारको तुलनामा गत असारमा चार बैंकको आधार ब्याजदर ३ प्रतिशत बिन्दु भन्दा माथिले वृद्धि भएको छ । यसको सिधा अर्थ ती बैंकबाट कर्जा लिएका ऋणीहरुले तिर्नुपर्ने कर्जाको ब्याजदर पनि औसतमा ३ प्रतिशत बिन्दु भन्दा माथिले नै बढेको छ ।

अर्कोतर्फ बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको अन्तर पनि बढाउँदै लैजाँदा बैंकबाट कर्जा लिनेलाई थप ब्याजदरको भार बढेको छ । वित्तीय मध्यस्तता शुल्कको रुपमा लिने ब्याजदर अन्तर बेसरेट सँगै बढ्नु भनेको ऋणीको कर्जामा ब्याजदरको थप भार पर्नु हो ।

नेकपा एमालेले आज दल दर्ता गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि आज दल दर्ता गर्ने भएका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालेले आज दिउँसो निर्वाचन आयोगमा दल दर्ता गर्ने भएका छन् । पार्टीका उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव तथा निर्वाचन विभाग प्रमुख विष्णु रिमाल लगायतका नेता कार्यकर्ता दिउँसो १२:३० बजे आयोग पुग्ने तयारी छ ।

निर्वाचन आयोगले आमनिर्वाचनका लागि लागि साउन २२ देखि ३१ गतेभित्र दल दर्ताका लागि आह्वान गरेको थियो । आयोगले असोज २३ गते उम्मेदवारको मनोनयन गर्दा गर्ने गरि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ ।

नेपालमा नयाँ प्रजातिको छेपारो फेला

काठमाडौँ, २४ साउन नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेका छन् । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेका छन् ।

यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगैै नेपालमा अब छेपारो प्रजातिको सङ्ख्या ४१ पुगेका छन्।

संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो । “यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत छ बाट सात पुगेको छ”, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भन्नुभयो ।

उहाँ हाल फेडेरेशन विश्वविद्यालय अष्ट्रेलियामा नेपालका उभयचर र सरीसृप प्रजातिबारे विद्यावारिधिसमेत गर्दै हुनुहुन्छ । यसका बारेमा खास अध्ययन नभएकाले अबका दिनमा यसका गतिविधिसहित सबै आयामबारे अध्ययन गरिने पनि उहाँले बताउनुभयो ।

विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोको २४ प्रजाति फेला परेको छ । नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ । त्यसैले यसको नाम सिक्किम छेपारो भनिएको हो । यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो । त्यसैले यसको नाम ‘सिक्किमेन्सिस’ भनेर नामकरण गरिएको यो छेपारो प्रजाति, दोस्रोपटक एक सय २१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो ।

जैविक विविधता अनुसन्धानका क्रममा सुरुमा मोरङको मिक्लाजुङ क्षेत्रको जङ्गलमा पाइएको यो छेपारो पछिल्लो समयमा पाँचथर र इलामको चुलाचुली क्षेत्रमा समेत फेला परेको जैविक विविधता अनुसन्धान तथा संरक्षण समाजका अनुसन्धानकर्ता विवेक गौतमले जानकारी दिनुभयो । नियमित पानी छेपारोको अनुसन्धान गर्ने क्रममा त्यही आसपासको भू–भाग हेरौँ भनेर लाग्दा आफूले नयाँ छेपारो फेला पारेको उहाँले बताउनुभयो ।

“सुरुमा अलि लामो पुच्छर भएको छेपारो देख्यौँ, त्यो बेला समाउन सकेनौँ, फोटोबाट हेर्न गाह्रो हुन्छ, त्यस दिन बसेर खोज्यौँ, अर्को दिनचाहिँ फेरि फेला पा¥यौँ र नापजाँच ग¥यौँ”, गौतमले रासससँग अनुभव सुनाउँदै भन्नुभयो, “अध्येता सन्तोष सर ९सन्तोष भट्टराई०लाई जानकारी गराएँ, हामीले त्यसको एक हप्तामै अड्कलचाहिँ काटिसकेका थियौँ, अहिले जर्नलमै आयो, फेमिली नै नयाँ, प्रजाति नै नयाँ फेला पारी संरक्षणमा योगदान दिन पाइयो, खुसी छौँ ।”

यसको शरीरको माथिल्लो भागको रङ खैरो तथा चिउँडो र छातीको भाग हल्का हरियो–पहेँलो रङ हुने यो छेपारो करिब चार सेन्टिमिटर लामो तथा पुच्छर शरीरभन्दा तीन गुणा बढी लामो हुन्छ । यो प्रजाति कटुस, चिलाउने र उत्तिस मिश्रित जङ्गलमा भेटिएको थियो । नेपालमा सन् २०२१ को सेप्टेम्बरमा फेला परेको उक्त छेपारोबारे युरोपियन जर्नल ‘हेर्पेटोजोआ’मा सोमबार प्रकाशित भएको छ ।

चुरे क्षेत्रका अनुसन्धानकर्मीहरूको नजरमा समेत ओझेलमा परेको क्षेत्र भएकाले सघन र नियमित अनुसन्धान गर्ने हो भने थुप्रै नयाँ प्रजाति भेटिने सम्भावना रहेको भट्टराईले बताउनुभयो । उहाँका अनुसार यसअघि विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनमा समेत विभिन्न नयाँ प्रजाति भेटिएको थियो ।

नेपालमा हालसालै मात्र फेला परेको भए पनि यो प्रजातिको बासस्थानको निरन्तर विनास, क्षयीकरण र जलवायु परिवर्तनले विश्व संरक्षण सङ्घ ९आइयुसीएन०को रातो किताबमा यो प्रजातिलाई ‘सङ्कटापन्न’ सूचीमा राखिएको छ । नेपालमा तीव्रदरमा भइरहेको चुरेको दोहन र बासस्थानको विनासले यो प्रजातिमा कस्तो असर परिरहेको छ भन्ने कुराको विस्तृत अध्ययन हुन बाँकी छ ।

चुरे क्षेत्रमा अत्यधिक मानवीय गति बढेको, बासस्थान विनाश, ढुङ्गा–गिट्टी बालुवाको अत्यधिक दोहनले गर्दा यस्ता थुप्रै प्रजाति नेपालमा फेला पर्नुअघि नै लोप हुनसक्ने खतरा रहेको संसरक्षणकर्मीहरू बताउँछन् ।

उहाँहरुले सरकारलाई चुरे क्षेत्रमा जैविक विविधताको पकेट क्षेत्र पहिचान गरी संरक्षणको ठोस कार्यक्रम लागू गर्न र प्राथमिकतामा नपरेका सरीसृप प्रजातिको अध्ययन अनुसन्धान बढाउनुपर्ने सुझाव दिनुभएको छ ।

यात्रुहरुसँग मनलाग्दी भाडा लिदा तत्काल अनुगमन गर्न सरकारलाई निर्देशन

संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएका हुन् ।

समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन् । उनले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिइन् ।
सभापति खड्काले देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिइन । उनले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखि निर्माणाधिन नारायणघाट– मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतीको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिइन् ।

सभापति खड्काले वातावरण,प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालिन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानून ल्याउन सरकारलाई निर्देशन दिइन् ।