पेट्रोलियम पदार्थको मूल्य घटाउन माग


काठमाडौं ।आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले दुई दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाए । नेकपा एमालेका सांसद प्रदिप ज्ञवालीले निर्वाचन मिति घोषणा गरेपछि यसरी सदन चलाउँन मिल्छ भन्दै प्रश्न गरेको छ ।

भारतबाट मूल्य बढाएर पठाउँदा मूल्य बढाउने तर दुई दुई पटक मूल्य घटेर आउँदा पनी मूल्य नघटाए सरकारले भन्दै उनले आपत्ति जनाए ।

‘मूल्य बढेर आउँदा जनतालाई मूल्यभार थोपर्ने सरकारले अहिले दुई दुईपटक घटेर आउँदा मूल्य घटाइएको छैन,’ उनले भने, ‘तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाइयोस् ।’

मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा दिने तयारी सरकारले गरेको सांसद ज्ञवालीले आरोप लगाए । जस कारण भाउ बढाइरहेको सरकारले अहिले मूल्य नघटाएको उनको भनाइ छ । उनले प्रधानन्यायाधीशका विषयमा छलफल गर्न पाँच महिर्नासम्म सदनमा किन नल्याएको थप प्रश्न गरेका हुन् ।

कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंहबीच भेटवार्ता


भारत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानबीच भेटघाट भएका छन् ।

मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन एवं आर्थिक विकासको सहयोगका विषयमा कुराकानी भएको थियो । सोह्र वर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई कांग्रेस नेता निधिले नेपालको काठमाडौँ, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिनुभएको छ । जवाफमा उहाँले निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताउनुभएको पूर्वउपसभापति निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

नेता निधि र राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का महामन्त्री दत्तात्रेय होसबोलेबीच पनि भेटघाट भएको छ । मध्यप्रदेशको राजधानी भोपालको साकेत नगरस्थित वैद्य प्रदीप त्रिपाठीको निवासमा भएको एक घण्टा लामो भेटमा नेता निधि र होसबोलेबीच अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा कुराकानी भएको थियो । 

महामन्त्री होसबोले सत्तारुढ भारतीय जनता पार्टीको भ्रातृ सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद्को महामन्त्री भएर काम गरिसक्नुभएको छ । इन्दिरा गान्धीको शासनकालमा भारतमा सङ्कटकाल जारी हुँदा उहाँ १६ महिना जेल बस्नुभएको थियो ।

आजबाट ‘नो हर्न’ अभियान सुरु

काठमाडौं । काठमाडौं उपत्यकाभित्र हर्न बजाउन नपाइने नियमलाई प्रभावकारी बनाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारबाट अभियान सुरु गरेका छन् ।

यसअघि २०७४ वैशाख १ गतेदेखि हर्न बजाउन नपाइने निर्णय गरिएपनि प्रभावकारी नभएपछि यसलाई फेरि कार्यान्वयनमा ल्याउन यो अभियान सुरु गरिएको हो ।

यो अभियान काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा अभियान सुरु गरिएको हो ।

सवारीको गम्भीर दुर्घटना हुनेगरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि छोटा हर्न मात्रै प्रयोग गर्न दिइनेछ ।

अनावश्यक रुपमा हर्न बजाए ५०० रुपैयाँ जरिवानाको व्यवस्था छ । ‘नो हर्न’को नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा भने लागू हुनेछैन ।

‘नो हर्न’ अभियान प्रभावकारी बनाउन अभियान सुरू गरिएको अवसरमा आइतबार बिहान आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘नो हर्न’ अभियानलाई पुनः प्रभावकारी रुपमा सञ्चालन गर्न लागिएको बताए । उनले सवारी चालकलाई धैर्य भइ हर्न नबजाइकन यात्रा गर्न र नो हर्न अभियानलाई सफल बनाउन समेत आग्रह गरे ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन् ।

देशले कुनै निकास नपाउने “बाबुराम”

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले भनेको छ कि वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने बताएका छन् ।

उनले ट्वीटर (tweter)मा एक सन्देश जारी गर्दै देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय निर्वाचन जिते पनि देशले भने कुनै निकास नपाउने तर्क दिनू भएको छ। त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी रहेको उनको तर्क छ ।

नेपाली राजनीतिको आवश्यकता स्पष्ट अग्रगामी विचार/नीति/कार्यक्रम/संगठन/नेतृत्व/व्यवस्थापन/कार्यशैली सहितको पार्टी नेसपा रहेको भट्टराईको भनाइ छ ।

सिडिओ उपाध्यायले गरे फरक काम, राखे नाम

ललितपुर । कति प्रजिअ ललितपुर आएगए धेरैलाई मेसो छैन।तर वरिष्ठ सहसचिव घनश्याम उपाध्यायले ललितपुर प्रजिअको जिम्मेवारी पाएको धेरै भएको छैन तर सम्झन योग्य कामहरू भने धेरै भएका छन।
उपत्यकाको भित्र भएर पनि साधन श्रोतको कमिले गर्दा प्रशस्तै काम गर्ने उर्जा बोकेर जिल्ला प्रवेश गरेका धेरै प्रजिअहरु अनुभव मात्रै बटुलेर सरुवा हुनुभयो तर सहसचिव उपाध्यायले भने काम गर्ने इच्छाशक्ति अगाडि कुनै बहाना टिकिराख्न सक्दैन भने झै नागरिकको नागरिकतालाई सबैभन्दा पहिला सुरक्षित गर्नुपर्छ भन्ने मान्यतालाई प्राथमिकता राखेर ललितपुर जिल्ला प्रशासन कार्यालयको इतिहासमा पहिलो पटक नागरिकता अभिलेख सुरक्षित राख्ने काम गराउन सफल हुनुभएको छ।

हरेकदिन प्रजिअ उपाध्याय प्रत्येक शाखामा सेवाग्राही जस्तै बनेर छिर्ने मात्रै गर्दैनन सेवाग्राही लाई झन्झटिलो बनाउने दुख दिने गरेको बुझे थाहा नै नदिइ ती आफनै कर्मचारीलाई आन्तरिक सरुवा गर्दिहाल्ने उहाँको आन्तरिक अनुगमनले सेवाग्राही लाभान्वित भैरहेको सजिलै देख्न सकिन्छ । सरल ढंगले सेवाग्राही माझ आफै जिल्ला प्रशासनको कार्यसम्पादनका बारेमा प्रतिक्रिया माग्ने उहाँको यो शैली पनि सेवाग्राहीले नयाँ पाइएका छन। सेवाग्राही माझ घुलमिल हुने उहाँको स्वाभाब साच्चै लोभलाग्दो छ। छिमेकी जिल्ला काठमाडौ फोहोरको ढङुरले अस्तब्यस्त छ।

तर ललितपुर भित्र फोहोर कतै देखिदैन।यो के चमत्कार हो ललितपुर उपमहानगरपालिकाका एक कर्मचारीले भने यो सब सोडिओ सापको भुमिकाले हामीले फोहोरको झन्झट ब्यहोर्नु परेको छैन जस पाइरहेका छौ।यस्ता जनमुखी दर्जनौं काम गर्न सफल प्रजिअ उपाध्याय प्रचारप्रसारमा ध्यान नै दिदैन।

संचारकर्मिले सोधे कोशिश गर्ने हो सर प्रयासरत छौ सबैको सहयोग आवस्यक छ भन्नुहुन्छ ।उहाँलाई प्रचार भन्दा काममा परिणाम कसरी निकाल्न सकिन्छ भन्ने मान्यताले पिरोल्ने गरेको जिल्ला प्रशासन ललितपुर पुग्ने जो कोहिले पनि सजिलै बुझ्न सक्छ।

बजारमा आजभोलि प्रजिअ बन्न शक्तिकेन्द्र धाउने लर्को लाग्नेहरुलाइ जिम्मेवारी दिने निकायले काम गर्न सक्ने पृष्ठभुमि हेरेर जिम्मेवारी दिने हो भने अरु घनश्यामहरु पनि सेवाग्राहीले पाउन सक्छ्न कि ? सोच्नु पर्ने भएकोछ।

महिला फुटबलमा नेपाल एक स्थान तल झरयो


विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेका छन् ।

नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको छ भने यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत छ ।

भारत ५८ औँ स्थानमा छ । बङ्गलादेश १४७, श्रीलङ्का १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छ । विश्व वरियताको शीर्ष स्थानमा भने अमेरिका छ । यसैगरी दोस्रो स्थानमा जर्मनी छ भने तेस्रो स्थानमा स्वीडेन छ । इङ्ग्ल्यान्ड चौँथो स्थानमा रहँदा फ्रान्स पाँचौँ स्थानमा छ । नेदरल्याण्ड छैठौँ, क्यानडा सातौँ, स्पेन आठौँ, ब्राजिल नवौँ र उत्तर कोरिया १०औँ स्थानमा छन् ।

शालिग्राम करिडोर चार दिनदेखि अवरुद्ध


तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम करिडोर चार दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई मार्का भएको छ । शालिग्राम करिडोरअन्तर्गत विभिन्न ठाउँमा पहिरो खसेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो ।

सोमबारदेखि परेको वर्षाका कारण उक्त खण्डको देवपुर साउने, साँढेबर, बेलस्वाँरा, कालिकाटार, कोटा, खाल्टे लगायतका ठाउँमा पहिरो खसेको छ । पहिराले सडक अवरुद्ध भएसँगै यातायात पूर्ण रुपमा बन्द भएको स्थानीय अमृता गुरुङले जानकारी दिनुभयो । “सडक अवरुद्ध भएसँगै कामका लागि देवघाट जानुपर्दा घण्टौँ हिँड्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “सडक खुलाउनेतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।”

देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले चारदिनदेखि सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएकोबारे आफूहरु जानकार रहेको भन्दै बाटो सफाई सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार देउतीखोलाबाट बाटो सफाईको काम थालिएको छ भने प्राविधिक टोलीसँगै पहिरो गएका ठाउँको निरीक्षण गर्दै भोलिदेखि सफाइको कामलाई तीव्रता दिइनेछ ।

गठबन्धनका दलहरुले निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत “डा.भीम रावल”

२० साउन, काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद डा.भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै पनी सता गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता भीम रावलले गठबन्धनमा आवद्ध राजनीतिक दलहरुको आ-आफ्नो सिद्धान्त भएकोले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत हुने बताएका छन् ।
उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत हो भएको बताए ।

नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आर्दशहिन र गन्तव्यहीन दिशातर्फ धकेल्ने कार्य गरेको हो । आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाइ छ ।

पाँचदलीय गठबन्धनका बैठकहरु हेर्दा ती राजनीतिक दलहरुले विपरीत सिद्धान्त हुँदा हुँदै पनि तालमेल गर्ने कुरा अगाडी सारेको हामीले पाएका छौँ । यसरी आम निर्वाचनमा विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छन् ।अहिले जो जो नेताहरु त्यो पाँच दलको सबभन्दा माथिल्लो तहमा हुनुहुन्छ ।’ उनले भने, ‘उहाँहरुले के कुरा सम्झना गर्नुपर्छ भने नेपालको संविधान निर्माण गर्ने बेलामा, मस्यौदा गर्ने बेलामा उहाँहरुले यो दलीय प्रतिष्पर्धामा जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा माग गर्ने कुराप्रति उहाँहरुको प्रतिवद्धता थियो भन्ने कुरा यतिबेला उहाँहरुले स्मरण गर्नुपर्छ । ’

उनले नेकपा एमालेको समान विचार, समान दर्शन र समान कार्यक्रम भएका राजनीतिक दलहरुलाई मात्र एक ठाउँमा ल्याउने नीति रहेको स्पष्ट पारे ।

थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भए संगै १ जनाको मृत्‍यु

२० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् भने १ जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षण गर्दा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेका छन् । पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ५ हजार ५८७ जना होम आइसोलेसनमा रहेका छन् भने १७३ जना संस्थागत आइसोलेसन र ४२ जना आईसीयूमा छन् ।
यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३३ हजार ५२५ पुगेका छन् ।

क्षयरोग मुक्त अभियानमा जुटौं
भवानी खापुङ ,स्वास्थ मन्त्री

काठमाडौ ।सन २०५० सम्ममा नेपाल बाट क्षयरोग उन्मुलन गर्ने लक्ष्यका साथ काम अगाडि बढेको क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमको पुनरावलोकन तथा बिस्तार कार्यशाला गोष्ठीको उदघटन गर्दै स्वास्थ मन्त्री भवानीप्रसाद खापुङले बताउनु भएको छ।स्थानिय तहका मेयर उपमेयर र पुर्व सचिब सहित सबै प्रदेश स्वास्थ निर्देशनालयका प्रमुखहरुलाइ सम्बोधन गर्दै मन्त्री खापुङले भन्नुभयोस अब स्थानीय सरकार र सघिय सरकार मिलेर क्षयरोग नियन्त्रणमा हातेमालो गर्दै अगाडि बढ्दा हामी लक्ष्यमा पुग्न सक्छौ।

कार्यक्रममा मन्त्री खापुङ्ले अब क्षयरोगबाट मृत्यु हुनेहरुको संख्या घटाउन सके मात्र यस्ता कार्यक्रमअनि यो जमघट औचित्यपूर्ण हुने कुरा बताउनुभयो ।

राष्ट्रिय क्षयरोग केन्द्रले आयोजना गरेको कार्यक्रममा तुल्सिपुर नगरपालिकाका मेयर टिकाराम खडकाले जनप्रतिनिधिका तर्फबाट कुरा राख्दै ६० वर्ष देखी थालिएको क्षयरोग नियन्त्रणका प्रयासहरुले सोचेजस्तो उपलब्धि हासिल गर्न नसक्नु चेतनाको कमि नै भएको आफ्नो धारणा राख्नेक्रममा बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहले यो कार्यक्रमले गाउका वस्तीहरुलाइ सम्बोधन गरेको छ अब जनकपुर उपमहानगरपालिका भित्रका सबै स्थानहरुमा हामीले गर्नुपर्ने अनुगमन र रोग पहिचानका निम्ति जे जे गर्नुपर्ने हुन्छ हामी तयार छौ पबित्र उद्श्येले आयोजना गरिएको यस्तो कार्यक्रम भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।

देशभरका नगरपालिकाका मेयर उपमेयर सबैजनाको प्रतिनिधित्व रहेको सो कार्यक्रममा पुर्व सचिव डाक्टर दीर्घसिङ वमले क्षयरोग केन्द्रले जनप्रतिनिधि राखेर गरिएको यो ऎतिहासिक कार्यक्रम कार्यनयन तहमा समेत अब प्रभावकारी बन्न सक्नेमा आफू बिश्वस्त रहेको बताउनुभयो ।कार्यक्रममा डाक्टर राजेन्द्र पन्त,डाक्टर महेश्वर श्रेष्ठ डाक्टर बिनोदकुमार गिरि ,भिमा पराजुली लगायतले अआफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा केन्द्रका निर्देशक डाक्टर संजयकुमार ठाकुरले क्षयरोग मुक्त अभियानलाई सफल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउदै हाम्रो अभियानलाई सहयोग गर्दै आउनुभएका दातृनिकायका प्रतिनिधिलाई धन्यवाद दिनुभयो।कार्यक्रममा दातृ निकाय WHO को डाक्टर पापा ग्लोबल फन्ड -सेभ द चिल्ड्रेनका प्रमुख डाक्टर राजेन्द्र बस्नेतले समेत कार्यक्रम र अभियानको प्रभावकारी कार्यनयनको बारेमा आफनो धारणा राख्नुभएको थियो।कार्यक्रममा सहभागीता र चलाइएका छलफलमा उठेका बिषयहरुका गाम्भिरयतालाई बुझ्दा कार्यक्रम भब्यरुपमा सफल अनि उपलब्धिमूलक रहेको सहभागीहरुकै प्रतिक्रिया सुन्न सकिन्थ्यो ।

महिलाको नाममा जग्गा पास गर्दा, ५१ करोड राजश्व छुट

राज्यले पुरुषहरुलाई भन्दा २५ प्रतिशत महिलालाई जग्गा खरिद विक्रीमा राजस्व छुट दिएसँगै महिलाका नाममा जग्गा पास गर्नेको संख्या जिल्लामा बढेका छन् ।
भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरको आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अध्ययन गर्दा सो देखिएको छ । एक वर्षको अवधिमा ११ हजार ६७९ महिलाको नाममा जग्गा नामसारी गर्दा रु ५१ करोड ४२ लाख एक हजार ५१३ राजश्व छुट दिइएका छन् ।

अघिल्लो आवमा सात हजार ६१ वटा लिखद पास गर्ने महिलालाई रु ३९ करोड २१ लाख आठ हजार ४२६ राजस्व छुट दिइएको थियो । अघिल्लो वर्षका तुलनामा गत वर्ष राजस्व छुट बढेको छ । कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीका अनुसार नगर तथा ग्रामीण क्षेत्रका दलितहरुलाई रु १० लाख २२ हजार १७७, सहिद परिवारलाई ११ हजार ६५० र पतिपत्नीको संयुक्त नाममा लिखद पास गर्ने पाँचलाई रु २३ हजार ४४२ राजस्व दिइएको छ ।

परिचयपत्रको आधारमा अपाङ्ग, महिला र दलितलाई २५ प्रतिशत र एकल महिलालाई ३५ प्रतिशतसम्म राजस्वमा छुट दिने गरेको कार्यालयले उहाँको भनाइ छ । यस कार्यालयबाट झापाको माईपूर्वका १० वटा स्थानीय तहको जग्गा किनबेचको पास हुने गरेको छ ।

कार्यालयले गत आव २०७८/७९ मा रु ८३ करोड २८ लाख नौ हजार ८३१ राजस्व सङ्कलन गरेको छ । कार्यालयले पुँजीगत लाभकर शीर्षकबाट रु २३ करोड ४१ लाख ७३ हजार २३५, अग्रीम कर रु १० करोड ८४ लाख चार हजार ७८, डोर शीर्षक वापत रु चार लाख २५ हजार राजस्व उठाएको हो । कार्यालयले एक वर्षको अवधिमा ५१ हजार १९६ लिखद दर्ताबाट सो सङ्ख्या बराबरको राजश्व सङ्कलन गरेको हो । मेचीनगर, भद्रपुर, कचनकवल, बिर्तामोड, हल्दीवारी, बाह्रदशी, झापा, अर्जुनधारा, कनकाई र बुद्धशान्तिसहितका १० वटा स्थानीय तहका जग्गाको किनबेचलगायत सम्पूर्ण कारोबार गर्ने यस कार्यालयले सबैभन्दा बढी बिर्तामोड नगरपालिकाबाट रु २० करोड ४५ लाख ५९ हजार ४९५ र सबै भन्दा कम झापा गाँउपालिकाबाट रु।७३ लाख ३३ हजार ७३४ राजश्व सङ्कलन गरेको कार्यालयले जनाएको छ ।

नेपाल जापान श्रम समझदारीपत्र हस्ताक्षर अन्तिम चरणमा

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली श्रम लाई जापानको रोजगारीमा जोडदा नेपालीहरुको हितमा प्रयोग गर्न मन्त्रालयको तर्फबाट सचिब एकनारायण अर्यालको अध्यक्षतामा सयुक्त दोश्रो बैठक काठमाडौमा बस्यो।
नेपाली श्रमिकहरुको आत्मसम्मान बढाउनका निम्ति पनि मन्त्रालयका सचिब अर्याल सबै पक्ष सग छलफल गरि यो थालेको काम पूरा गराउन लाग्नुभएको छ।


बैठकले यो अभियान पूरा गराउनका निम्ति सहसचिव राजिब पोख्रेलको संयोजकत्वमा सबै मन्त्रालयका तर्फबाट समितिमा सहभागी गराइ जापानको प्रतिनिधिमण्डलका तर्फबाट सहायक उपमन्त्री चोतुमो नाकागावा समेत रहनुभएको बताइएको छ।
मन्त्रालयले थालेको यो बैठक पछि दुवै देशका कानुन अध्यन गरि बढी भन्दा बढी श्रमिकको हितमा हुनेगरी काम अगाडि बढाउने बैठकको निष्कर्ष रहेको बताइको छ।
स्मरणीय रहोस् सचिब अर्याल श्रम मन्त्रालयमा आए सगै कामले गतिलिएको मन्त्रालयका गतिविधि नियाल्ने श्रमिकहरुले समेत बताउन थालेका छन।।

पार्टी पुनर्संरचना गर्दै जसपाः अध्यक्ष उपेन्द्र

जसपाले यसअघि केन्द्रीय समितिमा दुई जना अध्यक्ष रहने गरी बनाइएको अन्तरिम विधान संशोधन गर्ने निर्णय गरेका छन् । जनता समाजवादी पार्टीको केन्द्रीय समिति अध्यक्ष अब एक जना मात्र रहने भएको छ ।
अन्तरिम विधानमा ‘केन्द्रीय समितिको दुई अध्यक्षबीच कार्य विभाजन गरी केन्द्रीय समितिको अध्यक्षको हैसियतमा पार्टी कामको नेतृत्व गर्ने’ भन्ने वाक्यांशबाट ‘दुई अध्यक्षबीच कार्य विभाजन गरी’ भन्ने हटाउने गरी विधान संशोधन गर्ने निर्णय गरिएको सो पार्टीले जनाएको छ ।
२०७९ असार २९ र ३० गते वीरगन्जमा बसेको केन्द्रीय समितिको बैठकको निर्णयलाई कार्यान्वयन गर्न २०७९ साउन १८ गते गरिएको परिपत्रमा उक्त कुरा उल्लेख छ ।
यसअघि जसपामा दुई जना महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष थिए । ठाकुरले छुट्टै लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि उक्त अध्यक्ष पद रिक्त थियो । बैठकले एक जना अध्यक्ष मात्र राख्ने निर्णय गरेपछि यादव एकमात्र कार्यकारी अध्यक्ष भएका छन् ।
संघीय परिषद् अध्यक्ष १ जना, आवश्यकताअनुसार वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षहरू रहने गरी विधान संशोधन गरिने निर्णय गरिएको परिपत्रमा उल्लेख छ । यसअघि संघीय परिषद् अध्यक्ष रहेका डा। बाबुराम भट्टराईले छुट्टै ‘नेपाल समाजवादी पार्टी’ गठन गरेपछि उनको स्थानमा अशोक राईलाई संघीय परिषद् अध्यक्ष बनाइएको छ ।

जसपाले केन्द्रीय समितिलाई समेत पुनर्गठन गर्दै ४६६ सदस्यीय बनाएको छ । त्यसै गरी १५१ सदस्यीय राजनीतिक समितिसमेत चयन गरेको छ । केन्द्रीय कार्यकारिणी समिति ५३ सदस्यीय हुने निर्णय समेत गरिएको छ ।

स्थानीय तहमा भएको अन्तर्घात छानबिन गर्न समिति गठन

स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध खडा भएका, अन्तर्घात गरेका वा विपक्षीहरूसँग मिलेमतो गरी पार्टीका उम्मेदवारलाई हराउने काममा संलग्न भएकाहरूलाई कारबाही गर्नका लागि छानबिन समिति गठन गरिएको छ । अशोक लगरवारको संयोजकत्वमा विश्वनाथ पटेल, आत्माराम प्रसाद साह, भरत खड्का, दीपक कार्की सदस्य रहनेगरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

गठबन्धन कायम राख्दै विचार मिल्नेसँगको एकताको विकल्प खुला

जसपाले वर्तमान पाँच दलीय गठबन्धनलाई कायम राख्ने निर्णय गरेको छ । त्यस्तै विचार र मुद्दा मिल्ने अन्य दलहरूसँग पनि तालमेल गर्नसक्ने विकल्पलाई खुला नै राख्ने निर्णय भएको छ । जसपा अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टीलाई एकताका लागि आह्वान गर्दै आएका थिए । जसपा र लोसपाबीच एकता नभए आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा तालमेल गरी जानुपर्ने दुवै पार्टीभित्र आवाज उठिरहेका बेला जसपाले उक्त विकल्प पनि खुला राख्ने निर्णय गरेको नेताहरूले बताएका छन् ।

उम्मेदवार छनोट गर्न संसदीय बोर्ड गठन

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न संसदीय बोर्ड गठन गरिएको छ । उक्त संसदीय बोर्डले केन्द्रीय कार्यकारिणी समितिमा प्रस्तावित उम्मेदवारको नाम प्रस्ताव गर्ने बताइएको छ ।
बोर्डमा प्रदेश १ मा दीपक याखा, मधेश प्रदेशमा बालकिशोर यादव, हरिनारायण यादव, गोविन्द चौधरी, बागमती प्रदेशमा लालबहादुर तामाङ, गण्डकी प्रदेशमा धनप्रसाद तामाङ, लुम्बिनी प्रदेशमा सहसराम यादव, कर्णाली प्रदेशमा वीरबहादुर शाही, सुदूरपश्चिम प्रदेशमा हेमन्त यादव सदस्य रहने गरी संसदीय बोर्ड गठन गरिएको छ । संसदीय बोर्डको अध्यक्ष केन्द्रीय समितिको अध्यक्ष नै रहने छन् भने संघीय परिषद अध्यक्ष, वरिष्ठ नेता तथा सहअध्यक्ष सदस्य रहने प्रावधान राखिएको छ ।

सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सवस्टेशन


नेपाल विद्युत् प्राधिकरणको निरन्तरको अनुगमन तथा परिचालन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर समन्वयका कारण एकै पटक पूर्वी नेपालका तीन ठूला सवस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । आखिर गरे के हुँदो रहेनछ । सरकारको स्पष्ट दिशा निर्देश ।

प्रसारण पूर्वाधारको अभावमा निर्माण सम्पन्न भएका जलविद्युत् आयोजनाले अब भने बिजुली खेर फाल्नुपर्ने छैन । निर्माणमा रहेका र निर्माणमा जाने तयारीमा रहेका आयोजनाले पनि अब निश्चिन्त भएर लगानी गर्न सक्ने भएका छन् । उच्च क्षमताका प्रसारण पूर्वाधारका कारण पूर्वी नेपालका पहाडी क्षेत्रमा निर्माणमा जाने तयारीमा रहेका आयोजनाले अब पूर्ण क्षमतामा आयोजना सञ्चालन गर्न सक्नेछन् । प्राधिकरणले एकै दिन २२० किलो भोल्ट क्षमताका तीन सवस्टेशन सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङटार तथा बानेश्वर २२० केभी सबस्टेशनमा बिहीबारबाट विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याएको छ । कूल २२०/१३२/३३ केभी तुम्लिङटार र २२०/३३ केभी बानेश्वर सवस्टेशनमा क्रमश: २६० एमभिए र ६० एमभिए क्षमताका पावर ट्रान्सफर्मर जडान भएका छन् ।

साथै कोशी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत इनरुवा–तुम्लिङटार खण्ड सिङ्गल सर्किट प्रसारण लाइन २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सवस्टेसन सञ्चालनमा आएपछि प्रदेश नं १ का पहाडी जिल्लामा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको जानकारी दिनुभयो । कूल २२० केभी प्रसारण लाइन र सवस्टेशन सञ्चालनमा आएपछि त्यस क्षेत्रमा भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय भएको उहाँले उल्लेख गर्नुभयो ।

“मोरङ–सुनसरी औद्योगिक करिडोरमा सुनसरीको दुहवी सवस्टेसनबाट मात्र आपूर्ति हुँदा भोल्टेज, ट्रिपिङलगायतको समस्या थियो, अब दुहवी सवस्टेशनको लोड इनरुवा सबस्टेसनमा सार्न सकिने भएकोले उद्योगलाई थप विद्युत दिन सकिन्छ साथैं भोल्टेज,ट्रिपिङलगायतका समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो ।
संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लाका विद्युत् आयोजनाका विद्युत गृह पनि ट्रिपिङ हुने समस्या थियो । अब त्यो समस्या पनि समाधान हुनेछ, कोशी करिडोर प्रसारण लाइनामार्फत आएको विद्युत् त्यस क्षेत्रमा खपत गरी बढी भएमा धनुषाको ढल्केबर सबस्टेशनमार्फत भारततर्फ निर्यात गर्न सकिने छ ।

नेपाल सरकारको लगानी र विश्व बैंकको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि २२०/१३२/३३ केभी इनरुवा सवस्टेशनको निर्माण गरिएको हो ।

नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तुम्लिङटार, वसन्तपुर र बानेश्वरमा सवस्टेसन र प्रसारण लाइनको निर्माण गरिएको हो । इनरुवा सवस्टेसन सञ्चालनमा नआएकाले इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारण लाइनलाई अस्थायी रुपमा ३३ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । संखुवासभाको किटिंगीडाँडादेखि सुनसरीको धरानसम्म ६६ किमि प्रसारण लाइन गत भदौदेखि ३३ केभीमा चार्ज गरिएको थियो ।
प्रसारण लाइन र सवस्टेसनमा सञ्चालनमा आएपछि त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि स्रोत उपलब्ध हुँदा प्रणालीलाई विश्वसनीय र गुणस्तरीय बनाउने घिसिङले उल्लेख गर्नुभयो । सुनसरी–मोरङ औद्योगिक करिडोको विद्युत् आपूर्ति सुधार, सुदृढीकरण र थप संरचनाका लागि इनरुवा सवस्टेसनबाट विराटनगरसम्म २३ किलोमिटर १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माणाधीन छन् ।

इनरुवा सबस्टसनमै ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जिआईएस) ४०० केभी सवस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । ४०० केभी सवस्टेशन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सवस्टेशन अर्को ठूलो हब बन्ने छ ।

अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ । कोशी करिडोरअन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु (ताप्लेजुङ) खण्ड र वसन्तपुरमा २२० केभीका सवस्टेसनको निर्माण ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख शुक्र देवकोटाले बताउनुभयो ।

कोशी करिडोरको २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरिएको छ भने टावरको एक तर्फ मात्र तार तानिएको छ ।
अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंक दिएका सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

कोशी करिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ ।

अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न निर्माणधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो । एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ ।

बढ्यो सुनचाँदी मूल्य


सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएका छन् । अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।