६ भदौ, विराटनगर । भारतबाट बेच्न भनेर नेपाल ल्याइएका पेस्तोल र रिभल्बरसहित एक जनालाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) सिक्टी मोरङको टोलीले पक्राउ गरेका छन् । उक्त हतियार किन्न खोज्ने अर्का एक व्यक्तिलाई पनि सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ बस्ने २९ वर्षीय नविन धिमाल रहेका छन् । बीओपी सिक्टी मोरङका सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राई नेतृत्वको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरी रंगेली प्रहरीमा बुझाएको हो।
सशस्त्र प्रहरी निरीक्षक राई नेतृत्वको टोलीले भारतबाट नेपालतर्फ आइरहेको मोटरसाइकलमा सवार आलमलाई शंका लागेर खानतलासी गर्दा सोमबार साँझ ५ बजे उनको साथबाट अटोमेटिक चाइनिज पेस्तोल र रिभल्बर सिक्सर एक–एक थान बरामद भएको थियो ।
उनलाई नियन्त्रणमा लिएर बीओपीमा ल्याएर सोधपुछ गर्दा हतियार बेच्न नेपाल आएको खुलेको थियो । त्यसपछि ती हतियार किन्न खोजेका अर्का व्यक्ति नविन धिमाललाई राति ८ बजे मोरङको डाम्रभिटा भन्ने स्थानबाट सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो ।
धिमालले प्रयोग गरेको को २२प ६७०७ नम्बरको मोटरसाइकल, ४७ हजार ७७० रुपैयाँ र दुई थान मोबाइल सेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको रंगेली प्रहरीले जनाएको छ ।
यसै गरी सशस्त्र प्रहरी बल नेपाल बीओपी बनैनियाले आइतबार नै सप्तरी जिल्लाको राजगढ नगरपालिका-२ बनैनिया सीमा इलाकाबाट एउटा कटुवा पेस्तोल तथा सोको एउटा गोली बरामद गरेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्ना साथ उनीहरूले बोकेको शंकास्पद बस्तु छाडी फरार भएपछि सो बस्तु जाँच गर्दा पेस्तोल र गोली भएको पुष्टि भएको हो ।
राष्ट्रिय भूमि आयोगअन्तर्गतका कार्यालयमा १२ लाख भूमिहीनको निवेदन परेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन भएको छ ।
यो सङ्ख्या १५ लाख हाराहारी पुग्ने अनुमान आयोगका पदाधिकारीले गरेका छन् । ती मध्ये भूमिहीन दलित १५ प्रतिशत, भूमिहीन सुकुम्बासी २० प्रतिशत र अव्यवस्थित बसोबासी ६५ प्रतिशत हाराहारी रहेको आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जानकारी दिनुभयो । निवेदन सङ्कलन भएकामध्ये छ लाखको ‘कम्प्युटर इन्ट्री ’ भइसकेको छ भने दैनिक पाँच हजार हाराहारीमा ‘इन्ट्री’ को काम भइरहेको छ ।
निवेदन सङ्कलन भएकामध्ये छ लाखलाई निस्सा वितरण गरिसकिएको छ । कम्प्युटर इन्ट्री बाँकी रहेकालाई पनि निस्सा भने वितरण गरिएको छ । आयोगले पाँच सय ३० स्थानीय तहहरुसँग कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम अघि बढाएको छ । बाँकी स्थानीय तहमा यसअघि नै सहमति भई काम भइरहेको थियो । यही भदौ २ गतेबाट २४० स्थानीय तहमा लगत सङ्कलन फर्म भर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । तीबाहेकका पालिकामा यो काम भईसकेको छ ।
पहिला फर्म भरेका पालिकामा छुटेकाका लागि दोस्रो पटक सूचना आह्वान गरिएको उपाध्यक्ष खड्काले बताउनुभयो । ३३ स्थानीय तहमा लालपुर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोगले २०७८ भदौमा काम थाल्दा निवेदन सङ्कलन गरिएको भए पनि कम्प्युटर इन्ट्री थोरै मात्र भएको खड्काले जानकारी दिनुभयो । आयोगले यसअघिका अधुरा कामसमेत गरिरहेको छ । यसअघिका आयोग, कार्यदल, जग्गा दर्ता समितिले काम गर्दा छुटेका र समस्या देखिएकालाई सम्बोधन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
आयोगले सहरी र ग्रामीण क्षेत्रमा प्रयोजनका आधारमा एक सय ३० वर्ग मिटरदेखि एक बिघा १० कट्ठासम्म जग्गा दिने व्यवस्था गरेको छ । ठाउँअनुसार क्षेत्रफल धेरै र थोरै छ । चालु आर्थिक वर्षमा पाँच लाखलाई लालपुर्जा वितरण गर्ने गरी काम भइरहेको उहाँको भनाइ छ । बाँकीलाई आउँदो वर्ष लालपुर्जा वितरण गर्न सकिने खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले लिएको लक्ष्यअनुसार काम सम्पन्न प्राविधिक र स्रोत साधन थप चाहिन्छ ।”
स्थानीय तहहरुले समन्वय र सहयोग गरेका ठाउँमा काम छिटो अघि बढेको छ । उहाँका अनुसार भरतपुर महानगरपालिकामा आयोगको काम धेरै सम्पादन भएको छ । महानगरपालिकाले प्राविधिक जनशक्तिसँगै आवश्यक उपकरण खरिद गरेर कामलाई छिटो गर्न सहयोग गरेको छ । नापजाँचका लागि आयोगसँग न्यून उपकरण छन् ।
महानगरपालिकाले आफैँले खरिद गरेर ‘हाई रिजुलेसन सेटलाइट इमेज’ आयोगलाई उपलब्ध गराएको छ । उपाध्यक्ष खड्काले भन्नुभयो, “भरतपुर महानगरपालिकाले झै प्राथमिकता दिएमा छिट्टै भूमिहीनलाई पुर्जा वितरण गर्न सकिन्छ ।”
अन्य पालिकाले पनि सहजीकरण गरिरहेको हुँदा काममा सहजता आएको उहाँको भनाइ छ । आयोगमा परेका निवेदन ९१ वर्ष उमेरसम्मका जेष्ठ नागरिकको समेत छ । उनीहरु पुस्तौँदेखि लालपुर्जाविहीन भएर बसेकासमेत छन् ।
बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेका छन् । समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कार्तिक २८ देखि हालसम्म मन्दिरमा चढाएको गरगहनाको सार्वजनिक गराएको हो । गुठीका अध्यक्ष कुमार खड्काले मन्दिरप्रति जनताको विश्वास बढाउने र पारदर्शी बन्ने लक्ष्यले जिन्सी सार्वजनिक गरेको बताउनुभयो ।
सार्वजनिक विवरणअनुसार गुठीले २७ प्रकारका गहना सार्वजनिक गरेको हो । तीमध्ये ११ थान सुनको तिलहरी, दुई थान सुनको सिक्री, चार टीका, पाँच मुन्द्रा, सुनको चन्द्रमा, सुनको फुली, प्रतिमा, सिक्का, औँठी, सुनकै जन्तर, नाग, तारलगायत छन् । त्यस्तै चाँदीतर्पm पनि तिलहरी, घोडा, औँठी, पाउजूजस्ता धेरै गहना मन्दिरमा चढाइएको भेटिएको हो ।
विसं २०७७ अघि मन्दिरमा चढेका गहना जिल्लास्थित मालपोत कार्यालयमा बुझाउने नियम छ । उक्त नियमअनुसार मालपोतमा दाखिला गरेकोसमेत उहाँले जानकारी दिनुभयो । “केही सामग्री पूजाको बेला चाहिने भएर मन्दिरमा थिए, केही प्रभु बैंकको लकरमा राखिएको थियो”, अध्यक्ष खड्काले भन्नुभयोे, “सरोकारवालाको समन्वय र छलफलपछि ती गहनालाई के गर्ने भन्ने निर्णयमा पुगिन्छ ।” कालिकाको पूजा गर्न आउने भक्तजनले फूल प्रसादबाहेक गहनासमेत चढाउने गर्छन् ।
मन्दिरमा चढाइने भेटी भने हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । हरेक दिनको भेटी बेलुकी सार्वजनिक बोर्डमा लेखेर मात्रै गुठीका पदाधिकारी र कर्मचारी घर फर्कन्छन् । त्यस्तै मासिकरुपमा पनि खर्च सार्वजनिक गर्ने चलन छ । गुठीका अनुसार साउन महिनामा मात्रै रु १३ लाख २९ हजार आर्थिक सङ्कलन भएको जनाइएको छ । सो आम्दानीबाट रु नौ लाख ४४ हजार खर्चेर तीन लाख ८५ हजार बचत भएको देखाइएको छ । साउनमा मन्दिरमा कमाइ कम हुन्छ । खिर खुवाउने कार्यक्रमलगायतको खर्च भने साउनमा बढी हुन्छ । अन्य महिनामा खर्चको तुलनामा आम्दानी बढी हुने गर्छ ।
कार्यक्रममा मालपोत कार्यालयमा कार्यरत कर्मचारीले अहिलेसम्म राखिएका जिन्सी सामानको जानकारी गराउनुभएको थियो । मालपोतमा राखिएका सामग्री भने सार्वजनिक भएका छैनन् ।
काठमाडौं । दशैं आउनै बेलामा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरू समस्यामा परेका छन् । दशैं तथा तिहार नजिकिएको बेला नाकामा सामान रोकिएपछि व्यवसायी चिन्तित बनेका हुन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले नाकामा देखिएको समस्या कूटनीतिक पहलबाट समाधान गर्न सरकारसँग अनुरोध गरेका छन् । महासंघका अध्यक्ष कुमार कार्कीले विज्ञप्ति जारी गर्दै समस्या समाधान गर्न अनुरोध गर्नुभएको छ ।
५ भदौ, काठमाडौं । लुम्बिनीको प्रदेश पूर्वाधार विकास प्राधिकरणले फर्जी प्रतिस्पर्धा गर्ने गरी आह्वान गरेको ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेका छन् । सार्वजनिक खरिद अनुमगन कार्यालयले १९ साउनमा प्राधिकरणले गरेको ठेक्कामाथि उठेका प्रश्नहरु पठाउँदै अख्तियारलाई पनि बोधार्थ पठाएका थिए ।
तर, सार्वजनिक खरिद अनुगमन कार्यालयलाई ध्यानाकर्षणपत्र नै पठाएर प्राधिकरणको कार्यालयले उल्टै आफ्ना कामका बारेमा उठेका जिज्ञाशाहरुको बारेमा स्पष्ट पार्न भनी पत्र लेख्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई जनकारी दिएर पत्र लेख्ने कुरा शोभनीय नभएको उल्लेख गरेका थिए । ठेक्कामा सेटिङ गरेका शर्मा एन्ड कम्पनी र रसुवा कन्स्ट्रक्सनसहित मिलेमतोमा सघाउने गरी संलग्न रहेका कालिका कन्स्ट्रक्स्न, केसी कन्स्ट्रक्सन र समानान्तर निर्माण सेवासहितका कम्पनीले ‘सबै मिलाउने’ बताउँदै आएकाले अख्तियारलाई जनकारी दिएकोमा विरोध जनाएको प्राधिकरणकै अधिकारीहरु बताउँछन् ।
‘तीन बोलपत्रलाई पास गराउनै पर्ने भएकाले सबै कम्पनीले आफ्नो भागमा पर्ने अर्को ठेक्का पाउने वातावरण मिलाउन अहिले आ(आफ्नो शक्ति प्रयोग गरेर राजनीतिक शक्ति केन्द्रदेखि अख्तियारसम्म नै मिलाउने जिम्मा लिएको सुनिन्छ,’ प्राधिकरणका एक अधिकारी भन्छन्,’यसमा अख्तियरलाई अनुसन्धान गर्नैपर्ने गरी वातावरण नबनोस् भन्ने सीईओ सरकारको चाहाना हो ।’ यो मिलेमतोको हिस्सा बन्न खोजेको समानान्तर निर्माण सेवामाथि यसअघिदेखि नै अख्तियारको नेतृत्वले मोह देखाउँदै आएको छ । काठमाडौं महानगरपालिकाको भवन निर्माणमा मिलेमतो ठहर गरेर महानगरका कर्मचारीलाई मुद्दा दायर गरेको अख्तियरले सेटिङ गराएको समानान्तार निर्माण सेवालाई मुद्दा चलाएको थिएन । सर्वोच्च अदालतको भवनमा समानान्तर र कालिकाले सेटिङमा ठेक्का लगाउन खोजेको भन्दै उजुरी पर्दा समेत अख्तियार मौन बसेको थियो ।
अख्तियारका अधिकारीहरु यो मिलेमतोबारे जानकारी भएपनि औपचारिक रुपमा प्रतिक्रिया दिने पक्षमा छैनन् । यसअघि ८ फागुनमा प्राधिकरणले गरेको यही अस्पताल भवनको ठेक्कामा मिलेमतो भएपछि अख्तियारले कागजपत्र मागेको थियो । तर, दोस्रो पटक भएको ठेक्कामा विवाद हुँदा समेत अख्तियारले कुनै चासो देखाएको छैन ।
लुम्बिनी प्रादेशिक अस्पतालको भवनको मिलेमतो दिलाउन प्राधिकरणले गरेका सबै संशोधन गैरकानुनी छन् । सार्वजनिक खरिद ऐन र नियमावली विपरीत छन् ।
खरिद ऐनअनुसार प्रतिस्पर्धा खुम्चिने गरी ठेक्का नै लगाउन पाइँदैन । यो ठेक्का सुरुमा एउटा मात्रै कम्पनीलाई पूर्वयोग्यतामा पास गराउने गरी आहृवान गरिएको थियो । तर, प्राधिकरणका अध्यक्ष रहेका लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी केसीको निर्देशनअनुसार प्राधिकरणले चुनावअघि नै कमिसन बुझ्ने चक्करमा लागत अनुमान समेत नटुंग्याई र स्रोत सुनिश्चित समेत नगरी ठेक्का आहृवान गरिदियो ।
स्रोत सुनिश्चितताका लागि १९ साउनमा लुम्बिनीको प्रदेश योजना आयोगले अर्थ तथा सहकारी मन्त्रालयलाई सिफारिस त गर्यो, तर योजना आयोगका सदसस्य डा। दामोदर भुसाललाई छलियो । २ अर्ब तलमाथि हुने गरी अस्पतालको लागत अनुमान तयार गरिएकाले त्यसलाई पुनर्विचार गर्नुपर्ने मत राखेकाले उनलाई खबर नै नगरी बसेको योजना आयोगको बैठकले बहुमतका आधारमा निर्णय गरेर सिफारिस गरिदियो ।
बोलपत्रमै विभिन्न नियम मिचिएको भन्दै ठेक्काका शर्तहरुलाई औंल्याएर सार्वजनिक खरिद अनुगमनको कार्यालयले प्राधिकरणलाई पत्र नै काटिसकेको छ ।
खरिद अनुगमन कार्यालयले विदेशी कम्पनी सहभागी हुँदा सम्बन्धित देशमै ‘नोटराइज’ गर्नुपर्ने व्यवस्था, सोही मागजात नेपालस्थित दूतावासमा ल्याएर नोटराइज गर्नुपर्ने व्यवस्था र विदेशी कम्पनीले पनि आफ्नोबाहेक अन्य देशमा गएर तोकिएको योग्यताको काम गरेको हुनुपर्ने खरिद नियमावली विपरीतको व्यवस्थाले मिलोमतो स्पष्ट भएको देखिएको भन्दै सच्याउन प्राधिकरणलाई भनेको छ ।
प्राधिकरण स्रोतका अनुसार १० असारमा ठेक्का निकाल्दा नै पटक(पटक संशोधन गरेर मिलेमतोलाई फत्ते गराउने गरी सीईओ पोखरेलले रणनीति बनाएका थिए । सुरुमा प्रतिस्पर्धा हुने खालको देखिने गरी पत्रिकामा ठूलो अंकको पूवयोग्यताको बोलपत्र निकाल्ने योजना थियो । सार्वजनिक सूचनापछि सरकारको विद्युतीय बोलपत्रको वेबसाइटमार्फत ठेक्का संशोधन गर्दै जाने रणनीति तय थियो । पोखरेलले ठेक्का संशोधन गर्दै लगेर अन्तिसम्म बिनापुरी(समानान्तर(कालिका जेभीलाई मात्रै ‘पूर्व योग्य’ रुपमा छनोट गर्ने योजना बनाएका थिए । तर योजना भत्किएपछि ‘सेटिङ’ शर्मा पट्टी मोडिएको छ ।
रोचक के छ भने ८ फागुन २०७८मा ठेक्का हुँदा यो परियोजनाको लागत (बिड क्यापिसटी० ४ अर्ब ६६ करोड थियो । यो ठेक्का पनि मिलेमतो भएको प्रमाणित भएपछि तत्कालीन सीईओ अनन्तराज घिमिरेले मिलेमतो स्वीकारेर ठेक्का रद्ध गर्दै राजीनामा दिएका थिए ।
प्राधिकरणले अहिले सार्वजनिक खरिद नियमावलीको १२औं संशोधनको आधारमा ठेक्का संशोधन गरेको दाबी गरिरहेको छ । ठेक्कामा मिलेमतो भएकोबारे अनलाइनखबरमा प्रकाशित समाचारको खण्डनमा पनि ठेक्का सार्वजनिक खरिद नियमावलीको १२ औं संशोधन बमोजिम भएको भनिएको छ ।
तर, प्राधिकरणले शर्मा वा रसुवा निर्माण कम्पनीलाई ठेक्का दिलाउन नियमावलीको १२औं संशोधनको व्यवस्था विपरीत योग्यता तोकेको छ । नियमावलीको १२औं संशोधनले ठेकदार कम्पनीको योग्यता ८० बाट ६० प्रतिशतमा झारिसकेको छ ।
यो ठेक्कामा मागिएको ८० प्रतिशतको योग्यताको प्रमाणपत्र नियमावलीको दफा २६ले गरेका व्यवस्थाको विपरीत छ । प्राधिकरणले बिड क्यापिसटी ५ अर्ब १३ करोड रुपैयाँ कामयै राखेर योग्यतालाई २ अर्ब ८१ करोडमा झार्दा पनि नियम मिचेको छ ।
५ अर्ब १३ करोडको बिड क्यापसिटीअनुसार यसमा काम गर्न ६० प्रतिशत योग्यता पुरा गर्नेले करिब ३ अर्ब ८ करोडको काम गरेको योग्यता माग्नुपर्ने थियो । प्राधिकरणका सीईओ पोखरेल अस्पतालको लागत भ्याटबाहेक ४ अर्ब ६७ करोड भएकाले त्यसको ६० प्रतिशतले हुने २ अर्ब ८१ करोड काम गरेको योग्यता मागिएको तर्क गरेका छन् । तर, खरिद कानुन अनुसार भ्याटसहितको बिड क्यापिसिटीमा मात्रै अनुभवाको हिसाव गर्नुपर्छ । अहिले प्राधिकरणले मागेका दुबै योग्यता नियमावलीको नयाँ र पुरानो दुबै व्यवस्थासँग मेल खादैनन् ।
सार्वजनिक खरिद नियमावलीअनुसार जेभी गर्ने संयुक्त उपक्रमको कम्पनीसँग कुल विशेष अनुभवको १० प्रतिशत काम गरेको अनुभव माग्नु पर्छ । यो ठेक्कामा २ अर्ब ८१ करोडको कुल विशेष अनुभव मागिएको छ । यसअनुसार जेभी गर्ने कम्पनीको योग्यता २८ करोड माग्दा पनि पुग्थ्यो । तर, शर्मासँग जेभी गर्न लागेको कम्पनीसँग योग्यता मिल्ने गरी नियमावली विपरीत प्राधिकरणले यस्तो योग्यता तोकेको छ ।
तर, यसबारे जानकारी हुँदा हुँदै पनि अख्तियारले देखाएको मौनता अर्थपूर्ण रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
काठमाडौँ । नेपाल सरकारका दुई सचिवले सरुवाको पत्र धेरै पछि मात्रै बुझेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश कुमार अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा रहेका अर्जुन पोखरेलले सामान्यका लागि पत्र बुझेका हुन् । करिब दुई साता अघिको निर्णय भनिए पनि दुवै सचिवले सरुवा भएको पत्र भने भाद्र ५ गते मात्रै बुझेका छन् । अधिकारीको यसअघि नै पर्यटन मन्त्रालयमा सरुवा हुने भनिएपनि मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले छोड्न नमानेकोले ढिलाइ भईरहेको थियो ।
एस मेन स्वभावका कारण सहजै काम गराउन सकिने भएपछि सचिव अधिकारीलाई रोक्न मन्त्री श्रेष्ठले अन्तिम अवस्थासम्म पनि निकै प्रयास गरेका थिए।अधिकारी तनावग्रस्त अबस्थामा पुगेकाले कसैको फोन समेत उठाउन सकेका थिएनन अब पर्यटनमा के गर्छ्न त्यो भने हेर्न बाकि छ।
पछिल्लो समय अधिकारीले थप बस्न देखाएको अनिच्छा र ठुलै शक्ति सङ्घर्ष पछि उनी सामान्य जालोबाट फुत्किन सफल भए भने सामान्यका लागि पनि निकै सचिवहरूको प्रयासपछि ‘शक्तिकेन्द्रको मिलान’ले गर्दा टुङ्गो लाग्न उति नै समय लागेको थियो ।
साउन १९ गते मात्रै पर्यटन र अर्थ खाली राखेर सरकारले आधा दर्जन जति सचिवको सरुवा मिलाएको थियो । सम्बन्धित समाचार सचिव सरुवा टुङ्गियो ६ जनाको सरुवासहित दुई पदस्थापन, अर्थ र पर्यटन खाली एक साता दिन पछि अर्थात् साउन २६ गते राजश्व सचिव कृष्णहरि पुष्करलाई अर्थ सचिव र राजश्वमा रामेश्वर दंगाललाई सरुवा गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार अर्थ सचिवमा कृष्णहरि पुष्कर, राजस्वमा दंगालले कार्यभार समालिसक्नु भएको छ।
त्यसको ठिक ११ दिनपछि सोही दिनकै निर्णयमा दुई सचिवको सरुवा मिलान गरिएको छ ।
पछिल्लो समय कर्मचारीको सरुवा नियमित प्रशासनिक प्रक्रिया क्षमता भन्दा शक्तिकेन्द्रको ‘रोजाई’ र मन्त्रीहरूको मोलमोलाइमा हुन थालेको आरोप लागेको छ । जसले स्थायी सरकारसमेत भनिने निजामती सन्यन्त्र बिस्तारै अस्तित्व र पहिचान जोगाउनै मुस्किलले कोमामा पुगेको छ ।पहिलापहिला हुने सचिबको क्रेज हिजोआज बिभागको महानिर्देशक भन्दा कमजोर बन्न पुगेको छ।
प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत् साउनमा भारततर्फ निर्यात गरिएको जनाएको छ । विद्युत् निर्यातबाट प्राधिकरणले साउनमा दैनिक औसत पाँच करोड ९३ लाख रुपैयाँ कमाउन सफल भएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गएको जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आईएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।
गएको आव २०७८/७९मा तीन अर्ब ८८ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरिएको थियो । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात भइरहेको छ ।
गएको आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोसी र निजी क्षेत्रका जलविद्युत् तथा सौर्य आयोजनाको कुल ७३५ मेगावाट विद्युत् प्रणालीमा थपिएको थियो । योसँगै वर्षायाममा देशभित्रको मागभन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
उनले भने, ‘विद्युत् निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठुलो टेवा पुगेको छ । दुई मुलुकबिचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ ।’
‘मुलुकमा विद्युत् उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी खपत र औद्योगिक खपत बढाउन आवश्यक छ । यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीले विशेष सेवा र सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने
थप १११ मेगावाट निर्यात प्रस्ताव
नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा बिक्रीको प्रस्ताव गरेको छ ।
प्राधिकरणले चार जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आईएक्समा बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेस गरेको हो । केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत् निर्यात सुरु हुने जनाइएको छ ।
प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४।२ मेगावाटको लिखु खोला ‘ए’, २३।५ मेगावाटको सोलुखोला, २२।१ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित १११।८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेस गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुने विश्वास व्यक्त गरे ।
भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत् बिक्री गरिन्छ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट बिक्री दर तय हुन्छ ।
काठमाडौँ । विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरूले आज (आइतबार) शपथ लिएका छन् ।
ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र कोरियाका लागि नेपाली राजदूत प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी)ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज ७.७२ अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव ७२ मा ओर्लेका छन् ।
यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४९ अङ्कले ओरालो लागेर तीन सय ९८ दशमलव ५८ मा सीमित भएका छन् । कूल दुई सय १८ कम्पनीको ५३ लाख ३९ हजार चार कित्ता शेयर रु दुई अर्ब चार करोड ७० लाख ९३ हजार छ सय ८९ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा गिरावट देखिएको छ । बैंकिङ एक दशमलव शून्य चार, होटल तथा पर्यटन २९ दशमलव ५६, निर्जीवन बीमा आठ दशमलव तीन र उत्पादन २२ दशमलव ७८ अङ्कले उकालो लागे ।
यस्तै, व्यापार ४१ दशमलव १५, विकास बैंक ३५ दशमलव दुई, जलविद्युत् २८ दशमलव ७८, वित्त १६ दशमलव नौ, अन्य २५ दशमलव ९६, लघुवित्त सात दशमलव ७१, जीवन बीमा ३७ दशमलव शून्य दुई, सामूहिक लगानी कोष शून्य दशमलव शून्य नौ र लगानी शून्य दशमलव ५३ अङ्कले ओरालो लागेको छ ।
कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड २८ लाख ५० हजार नौ सय ६८ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु १० करोड २५ हजार सात सय दुई, नेष्डो समृद्ध लघुवित्त रु सात करोड ५१ लाख ३१ हजार ७८७, नेपाल दूरसञ्चार कम्पनी रु छ करोड ५४ लाख ३५ हजार एक सय पाँच र हिमालयन डिस्टिलरी रु चार कराड ७७ लाख १० हजार आठ सय ९५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
यस्तै, अप्पर हेवा खोला हाइड्रोपावर कम्पनी नौ दशमलव ९८, एनएमबी ९पचास० चार, श्वेतगङ्गा हाइड्रोपावर तीन दशमलव ५६ र सोल्टी होटल लिमिटेडका लगानीकर्ताले तीन दशमलव ३१ प्रतिशतले कमाएका छन् ।
यस्तै, रिभर फल्स पावर पाँच दशमलव १९, हिमालयन हाइड्रोपावर पाँच दशमलव शून्य सात, कर्पोरेट डेभलपमेन्ट बैंक चार दशमलव ५३, एनआइसी एशिया फण्ड चार दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव ५९ प्रतिशतले गुमाएका छन् ।
सप्तरीमा ठूलो परिमाणमा गाँजा बरामद गरिएका छन्। जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेजबाट आइतबार बिहान २४० केजी गाँजा बरामद गरेको छ।
नेपालबाट अबैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । कसशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आलेको कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले चेकचाज गर्ने क्रममा विशेष सूचनाको आधारमा गाजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ न। गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिए ।
उनले भने,झ पछिल्लो समय प्रदेश न। १ को सुनसरी र प्रदेश न।२ को सप्तरीमा अवैध गाजा तस्करहरू सक्रिय रहेको अवस्थामा सिमावर्ती नाकामा चेकजाचमा कडाइ गरेपछि उक्त ठुलो परिमाणमा गाँजा बरामद भएको हो।
पछिल्लो ७ महिनाको अवधिमा सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका (१ स्थित कोसी ब्यारेजबाट झण्डै तीन पटक गरि कुल ४९) किलो गाँजा बरामद गरेको हो।
नेकपा एमालेका सचिव योगेश भट्टराईले तत्कालिन अवस्थामा बाम एकताको संभावना नरहेको बताउनु भएका छन् । आइतबार प्रेस चौतारी नेपाल रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भट्राईले यस्तो बताउनु भएको छ । वर्तमान गठबन्धनको सरकारले देशलाई अस्थिरता तर्फ धकेल्ने काम गरेको नेता भट्टराईले बताउनु भयो ।
सामान्यतया विचार मिल्ने दलका बिच गठबन्धन हुने भए पनि अहिलेको गठबन्धन मूल्य, मान्यता र विचार नमिल्ने बिचको भएको उहाँले बताउनुभयो । अहिलेको गठबन्धन एक्लै चुनाव लड्न नसक्ने भएपछि सत्ता स्वार्थको लागि मात्र भएको उहाँको टिप्पणी थियोे । कार्यक्रममा बोल्दै नेता भट्टराईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमा राष्ट्रिय सहमति बनाउने र सच्याउने अवसर गठबन्धन सरकारले गुमाएको बताउनुभएको छ । उहाँले फिर्ता आएको विधेयक छलफल नै नगरी पुनः राष्ट्रपतिलाई पठाएर गठबन्धन सरकारले राष्ट्रघाती काम गरेको बताउनुभयो । वैवाहिक अङ्गीकृत नागरिकलाई विना सर्त नागरिकता दिने प्रावधान विश्वका कुनै पनि मुलुकमा नभएको उहाँले प्रष्ट पार्नुभयो ।
भट्टराईले विधेयक पुनः संसद्ले राष्ट्रपतिलाई पठाइसकेकोले अब राष्ट्रपतिलाई विधेयक फिर्ता पठाउने संवैधानिक अधिकार नभएको बताउनुभयो । मङ्सिरमा हुने निर्वाचनमा एमालेको बहुमतको सरकार बन्ने र नारिकता विधेयक संशोधन गर्ने उहाँले बताउनुभयो ।
नेपालमा कमैया र हालिया प्रथा उन्मुलन भइसकेको भए पनि प्रचण्ड र माधव नेपाल भने अहिले शेरबहादुर देउवाको हली, गोठालो बस्न पुगेका उहाँले टिप्पणी गर्नुभयो । उहाँहरू शेरबहादुरका कमैया जस्तै भएको उहाँको भनाइ छ ।
आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुन गइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको छनोट गर्न थालिएको छ ।
भदौ १२ गतेसम्म जिल्लास्तरका खेलाडी छनोट गरिसक्ने राष्ट्रिय खेलकुद परिषद्को समय तालिकाअनुसार यहाँ छनोटलाई तीव्र बनाइएको हो । जिल्लामा इच्छुक खेलाडीको नाम दर्ता गरेर छनोट गराउन थालिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
सोह« खेलमा प्रदेशस्तरीय छनोटमा सहभागी गराउने योजनाअनुसार आर्चरी, कवड्डी र तेक्वान्दो खेलका खेलाडी छनोट गरिएको समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो । “सम्बन्धित खेलकुद सङ्घसँग समन्वय गरेर खेलाडी छनोटको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “जिल्लाबाट छनोट भएका खेलाडीलाई प्रदेशस्तरीय प्रतिस्पर्धामा सहभागी गराइ राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने कार्यविधि छ ।”
जिल्लामा अन्य खेलका भदौ १० गतेसम्म छनोट गर्ने अध्यक्ष केसीले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको छ । देशभरबाट खेलाडी छनोटसँगै गण्डकीको राजधानी पोखराबाहेकका सहरमा पनि प्रतियोगिताको खेल खेलाउन लागिएको राखेपका सदस्य राजेश गुरुङले बताउनुभयो ।
विसं २०७७ मा हुनुपर्ने नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पछिल्लो पटक असोज–कात्तिक महिनामा सारिएको थियो । पोखरा रङ्गशालालाई मुख्य खेलस्थल मानेर पोखरा नजिकैका गण्डकीका अन्य सहरमा पनि खेल सञ्चालन गर्ने तयारी राखेपले गरेको छ । यसैगरी राष्ट्रिय महिला भलिबल टिमका क्याप्नेट अरुणा शाहीलगायत सात जनालाई बेनीमा शनिबार सम्मान गरिएको छ ।
जिल्ला भलिबल सङ्घको कार्यालय स्थापनाको अवसरमा म्याग्दीको भलिबल खेलको विकासमा योगदान गरेको भन्दै उहाँहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा टिम क्याप्टेन शाही, भलिबल खेलाडी मुन्ना केसी, गङ्गा केसी, जिल्ला खेलकुद विकास समितिका पूर्वध्यक्ष कृष्णकुमार विश्वकर्मा, भलिबल सङ्घका पूर्व अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्व सचिव विनय श्रेष्ठ, भलिबल रेफ्री डिबी श्रेष्ठ रहनुभएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँ लगायतले सम्मानपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । जिसस प्रमुख थापाले बेनीको शिक्षा मार्गमा स्थापना भएको भलिबल सङ्घको कार्यालय पनि स्थापना गर्नुभयो । सङघले जिल्लाका छ वटै स्थानीय तहमा पनि समिति विस्तार गरेको छ ।
काठमाडौं । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति निधन भएकौ छ ।
गिरीको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्रांगणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने छ । ११ः३० देखि दिउँसो २ बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते अस्पताल भर्ना गरिएको थियो ।
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएका छन् । लहान नगरप्रमुख महेश चौधरीले नेता गिरीका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताउनुभयो ।
लहान–१० निवासी गिरीकोे उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो । उहाँको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ । समाजवादी चिन्तक गिरी गत विसं २०७४ को निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।
काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएका छन् ।
बिहान ११ बजे बस्ने तय भएको बैठक सूचना टाँस गरेर स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने संसद सचिवायले जनाएका छन् ।
सांसद तथा काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।