घुस रकमसहित पक्राउ परे उपसचिव

२ असोज, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले घुस रकमसहति रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय, नागरिक उड्‌डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेका छन् ।

प्याराग्लाईडिङ्ग सञ्चालन अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै उनले सेवाग्राहीसँग ६ लाख रुपियाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

उनी चढ्ने गाडी खान तलासी गर्दा थप १६ लाख ५० हजार पनि बराम बरामद गरिएको थियो । अनुसन्धानको सिलसिलामा उप-सचिव नेपालले सेवाग्राहीसँग प्याराग्लाईडिङ्ग सञ्चालन गर्न सञ्चालन अनुमतिपत्र (लाईसेन्स) दिने क्रममा घुसररिसवत लिएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएको हुँदा निज प्रमोद नेपाललाई बिगो ६ लाख रुपैयाँ कायम गरी ऐन अनुसार जरिवानाको सजाय र सोही ऐन अनुसार कैद सजाय मागदावी गरिएको छ ।

मानवअधिकारको टोली पुग्यो जबराको निवास

२ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमा पुगेका छन् ।

जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे ।

आयोगकी सदस्य लिली थापाका अनुसार जबरालाई नजरबन्दमा राखिएको समाचार आएपछि आयोगका सहसचिव डा। टीकाराम पोखरेलको नेतृत्वमा आयोगले अनुगमनका लागि टोली पठाएको हो । थापाका अनुसार टोलीले सर्वोच्च र जबरा निवासमा पुगेर अनुगमन सुरु गरेको छ । अनुगमन टोली फर्किएपछि जबराको अवस्थाबारे आयोगले धारणा सार्वजनिक गर्ने पनि थापाले बताइन् ।

१ फागुन २०७८ मा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । महाभियोगबारे निर्णय नगरी १ असोजको मध्यरातबाट प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सकिएपछि जबराले सर्वोच्चमा फर्किने भन्दै प्रशासनमा खबर पठाएका थिए ।

करोडौंको भ्रस्टाचार भएपछि टेलिकमका पौडेलविरुद्ध अख्तियारमा उजुरी

३१ भदाै, काठमाडौं । नेपाल टेलिकमका म्यानेजिङ्ग डाइरेक्टर (एमडी) सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका छन् ।

नेपाल टेलिकमका कर्मचारीहरूले आइपीटी र आइपीएलसी ब्याण्डविथ भाडामा खरिद गर्ने सम्बन्धमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै बिहीबार म्यानेजिङ्ग डाइरेक्टर पौडेलविरुद्ध अख्तियारमा उजुरी परेका छन् ।

उनीहरूले कम्पनीमा नयाँ म्यानेजिङ्ग डाइरेक्टर पौडेल आएदेखि नै विभिन्न अनुचित चलखेलहरू भइरहेको दाबी गर्दै अख्तियारलाई छानविन गर्न माग गरेका हुन् ।

जेठ २३ गते टेलिकमको केन्द्रीय कार्यालयमा बैठक बसेर ६ अर्ब २२ करोड ५७ हजारभन्दा बढीको ब्याण्डविथ खरिद गर्न टेण्डर आह्वान गर्ने निर्णय गरिएको भएपनि म्यानेजिङ्ग डाइरेक्टर पौडेलले हालसम्म नयाँ टण्डर आह्वान गरेका छैनन् । उनले बैठकको निर्णय विपरित काम गरेको उजुरीमा उल्लेख छ ।

पुरानो टेण्डरको समय समाप्त भइसकेको भन्दै पौडेलले अनुचित चलखेल गर्न थालेपछि हालसम्म काम हुन नसकेको कर्मचारीहरूको आरोप छ ।

हालका म्यानेजिङ्ग डाइरेक्टर पौडेल, सिटिओ प्रतिभा बैद्य, म्यानेजर देवेन्द्र खतिवडा र डा। विमल आचार्यको मिलेमोतोमा नयाँ टेण्डर नखोली पुरानो सप्लायर्सलाई नै करीव १ वर्ष म्याद थपेर करोडौं कमिसन लिन लागेको उजुरीमा भनिएको छ ।

बाणिज्य उपभोक्ता संरक्षण बिभागको महानिर्देशकमा भट्टराई

काठमाडौं । सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकमा सह–सचिव महेश भट्टराईलाई सरुवा गरेको छ ।

निजामती सेवामा २०५९ साल माघ २१ देखी शाखा अधिकृतको जिम्मेवारीमा प्रवेश गर्नुभएका भट्टराईले २०६७चैत २७ गते उपसचिब पास गर्दै कुसलता पुर्वक जिम्मेवार ढंगले राष्ट्रको सेवा गर्दागर्दै २०७७ असार १५ बाट सह सचिब पास गर्नुभएका उहाँले अर्थ मन्त्रालय अन्तर्गत एयरपोर्ट भन्सार प्रमुखको जिम्मेवारीमा रहेर काम गर्दागर्दै सरकारले महानिर्देशकको रूपमा जिम्मेवारी दिएको हो।

भट्टराईलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मन्त्रिस्तरीय निर्णय गरेर विभागको महानिर्देशक बनाएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि भट्टराईलाई अर्थ मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका थिए ।

भट्टराई यसअघि अर्थ मन्त्रालय मातहतको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख भएर महत्त्वपूर्ण काम गर्न सफल हुनुभएका भट्टराई कुसल प्रशासकका रुपमा परिचित हुनुहुन्छ ।

पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन

३१ भदौ, काठमाडौं । भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९/०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएका छन् ।

कार्यालयले रु एक लाख ३५ हजार छ सय ६४ पशुपन्छीको २० प्रतिशत प्रिमियमका दरले रु ४५ लाख ४८ हजार अनुदान दिएको हो । जिल्लामा कुखुरा एक लाख २८ हजार आठ सय २२, गाई एक हजार छ सय ९७, भैँसी एक हजार दुई सय ६२, बाख्रा दुई हजार चार सय ६८ र बङ्गुर एक हजार चार सय १४ रहेका छन् । 

तनहुँमा ५२ हजार छ सय १५ परिवार पशुपालनमा संलग्न हुँदै आएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रले पशुपन्छी पालन किसानका लागि बीमाङ्क रु ४५ करोड ४८ लाख बराबरको बीमा गरिदिएको छ । “पशुपालन किसानमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रोत्साहन गरिएको हो”, उहाँले भन्नुभयो, “बीमाका साथसाथै अनुदानका कार्यक्रम पनि ल्याइएको छ ।” 

त्यसैगरी, जिल्लाका १११ वटा दुग्ध सहकारीमार्फत अनुदानमा आधारित कार्यक्रमअन्तर्गत रु ४१ लाख ४१ हजार तीन सय ६५ अनुदान वितरण गरेको छ । कार्यालयका अनुसार दुई लाख ३४ हजार छ सय ३६ लिटर दूध उत्पादनमा किसानलाई वितरण गरिएको हो । व्यासमा छ, शुक्लागण्डकीमा दुई बन्दीपुर, भानुमा र म्याग्देमा एक-एक वटा सहकारीमार्फत उक्त अनुदान रकम प्रदान गरेको   हो ।  

कार्यालयले किसानलाई पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । प्रतिपाडी बाच्छीका लागि रु दश हजारका दरले अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ ।

साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताउनुभएको छ । आफूसँग शिष्टाचार भेटका लागि आज सिंहदरबार पुग्नुभएका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदलाई मन्त्री कुँवरले दुई देशबीचको श्रम सम्झौताको काम अगाडि बढिरहेको बताउनुभएको थियो ।

सो अवसरमा उहाँहरुबीच साउदीमा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्दै आएका नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभएको थियो । मन्त्री कुँवरले साउदीमा काम गर्ने नेपाली श्रमिकलाई त्यहाँको सरकारले रोजगारको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नदिँदा नेपालीले कामदारले समस्या भोग्ने गरेकाले यसमा विशेष सहयोग गरिदिन आग्रह गर्नुभएको थियो । 

भेटमा राजदूत हैमदले नेपाली श्रमिकले भोग्नुपरेका समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

आज ११० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

३१ भदौ,काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८२७ जनामा गरिएको नमुना परीक्षण गर्दा ११० जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

मन्त्रालयका अनुसार सोही समयमा एक जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १२६ जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन् ।

भारतबाट इन्धनको मूल्य घटेर आए

काठमाडौं । भारतबाट इन्धनको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएका छन् । शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य घटेर आएको निगमका उच्च स्रोतले बतायो ।

निगमका अनुसार डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा, पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा र हवाइ इन्धनको मूल्य एक रुपैयाँ ५० पैसा घटेर आएको हो ।

थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाए

३१ भदौ, काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा डोजर चलाएका छन् ।

६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भाग डोजर लगाएर हटाएको महानगरले जनाएका छन् । यस्तै दुई वटा टहरा पनि हटाउने काम भएको महानगरको भनाइ छ ।

आजै मात्रै महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

धनगढी विमानस्थलको रनवेमा स्याल छिरेपछि

३१ भदौ, काठमाडौँ । धनगढी विमानस्थलको रनवेमा स्याल छिरेपछि सौर्य एयरलाइन्सको जहाज अवतरणमा ढिलाइ भएका छन् ।

काठमाडौँबाट गएको सौर्य एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा रनवेमा स्याल देखिएपछि जहाजले ओभरसुट गरेको थियो । ओभरसुट गरेको जहाजले धनगढीको आकाशमा फन्को मारेर पछि अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल कार्यालयका निमित्त प्रमुख सोहनराज जोशीले दुई मिनेट ढिलो गरेर जहाज सुरक्षित अवतरण गरिएको जानकारी दिए । उनकाअनुसार अन्य प्राविधिक समस्या नभएर रनवेमा स्याल प्रवेश गरेका कारण जहाजले आकाशमा फन्को मार्नुपरेको हो ।

विमानस्थल कार्यालयकाअनुसार बेलाबखत ग्राउण्डमा स्याल प्रवेश गर्दा समस्या हुने गरेको छ । शुक्रबार बिहानैदेखि वर्षा भइरहे पनि धनगढी विमानस्थलमा हुने हवाइ उडान भने प्रभावित भएका छैनन् ।

सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट

३१ भदौ, काठमाडौं । शुक्रबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । शुक्रबार नेप्से १४.१० अंक गिरावट हुँदा १९१०.३८ अंकमा बन्द भएको छ ।

सोमबार १९१२.७४ अंकमा झरेर बन्द भएको नेप्से मंगलबार २१.३० र बुधबार ४७.४४ अंकको वृद्धि भएर १९८१.४८ अंकसम्म पुगेको थियो । तर, बिहीबार एकैदिन ५७ अंकको उच्च गिरावट भएको नेप्से शुक्रबार पनि दहोरो अंकले गिरावट हुँदा मंगलबार र बुधबार भएको वृद्धि भन्दा उच्च गिरावट भएको छ ।
उपसूचकहरुमा म्युचुअल फण्ड बाहेक सबै घटेका छन् । म्युचुअल फण्ड उपसूचक ०.०७ प्रतिशतको सामान्य वृद्धि हुँदा, लगानी, उत्पादनमुलक, लघुवित्त, वित्त कम्पनी हाइड्रोपावर र विकास बैंक उपसूचक १ प्रतिशत भन्दा माथिले गिरावट भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेले) असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरिसकेको छ । असारदेखि सातमा ६ दिन कारोबार हुँदै आएको भएपनि असोजदेखि भने शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेकोले शुक्रबारको कारोबार हुने आज अन्तिम दिन हो ।

शान्तिपूर्ण सम्मेलनमा प्रहरी हस्तक्षेप दुई दर्जन नेताकार्य गिरफ्तार

३१ भदौ, काठमाडौं । गुल्मी,नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (क्रान्तिकारी)का महासचिव रुपा बुढा मगर र नेकपा(बहुमत)का गुल्मी संयोजक चिराग र क्रान्तिकारी कै केन्द्रिय सदस्य पदम नेपाली सहितका दुई दर्जन बिद्यार्थी नेतालाइ प्रहरीले गिरफ्तार गरेको छ । उनिहरुलाई गिरफ्तार गरि गुल्मी जिल्ला प्रहरी कार्यलय गुल्मी तम्घासमा राखिएको छ ।

अखिल (क्रान्तिकारी)को गुल्मी जिल्लाको सम्मेलन उद्घाटन गर्न पुगेका मगर सहितको टोलीलाइ प्रहरीले गिरफ्तार गरेको क्रान्तिकारीले जनाएको छ । क्रान्तिकारीले राज्यले बिद्यार्थीको सम्मेलनमा प्रहरी हस्तक्षेप गर्नु निन्दनीय कार्य भएको समेत बताएका छन् ।

युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने

३१ भदौ, काठमाडौं । सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेका छन् । हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम नदिइ पठाउने गरेको पाइएपछि वैदेशिक रोजगार विभागले त्यस्ता श्रमिकका लागि तालिम अनिवार्य गरेका छन् ।

वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ ले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जानुपूर्व कम्तीमा ३० कार्यदिनको तालिम लिनुपर्ने व्यवस्था छन् ।

विभागले घरेलु कामदार अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि, २०७० अनुसार अनिवार्यरुपमा तालिम प्रदान गरेर मात्र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्न सूचीकृत मेनपावर कम्पनीलाई निर्देशन पनि दिएका छन् ।

तातोपानी र रसुवा नाकाबाट आयात सुचारु

३१ भदौ, काठमाडौं । दशैँतिहारलाई मध्यनजर राखि तातोपानी र रसुवा नाका हिजोदेखि खुला भएको छ । कोभिड(१९ को बढ्दो केसहरूलाई उद्धृत गर्दै दुबै चेकपोस्ट एक महिना भन्दा बढीका लागि बन्द गरिएको थियो।

चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी कमिटीका अध्यक्ष ली झान्सुको चारदिने नेपाल भ्रमणका क्रममा कोभिड–१९ को सङ्क्रमण घट्ने क्रमसँगै द्विपक्षीय सहमतिपछि सीमा नाका पुनः सञ्चालनमा आएको बताइएको छ । यससँगै रसुवा नाकाबाट आज बिहान सातवटा ठूला कन्टेनर नेपाल भित्रिएको र आज साँझसम्म सातवटा कन्टेनर आइपुग्ने जानकारी आएको छ ।

यसअघि रसुवा नाकाबाट दैनिक १४ वटा ठूला कन्टेनर नेपाल भित्रिने गरेको थियो । अध्यक्ष लीको नेपाल भ्रमणका क्रममा नेपालले सीमा नाका खोल्न आवाज उठाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा अध्यक्ष लीले चाडपर्वलाई लक्षित गरी दैनिक उपभोग्य सामग्री बोक्ने कन्टेनरमा सहजीकरण गर्ने आश्वासन दिएका थिए ।

प्रतिनिधिसभाको कार्यकाल शनिबार देखि अन्त्य गर्ने तयारी

३१ भदौ, काठमाडौं । सरकारले प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने तयारी गरेका छन् । संसद्को कार्यकाल कहिले अन्त्य गर्ने भन्ने अनिश्चित भइरहेका बेला मन्त्रिपरिषद्को शुक्रबार बिहान बस्ने बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यको सिफारिस गर्न लागेको एक मन्त्रीले बताए ।

‘सरकारले संसद्को कार्यकाल लम्ब्याउन लागेको गलत सन्देश गएकाले समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको हो,’ ती मन्त्रीले भने

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको कार्यक्रम आइतबारदेखि सुरु हुँदै छ । आइतबार र सोमबार राजनीतिक दलले उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने कार्यक्रम तय गरिएको छ । आयोगले बन्दसूची बुझाउने अघिल्लो दिन नै संसद्को कार्यकाल सकिने जानकारी गराइसकेको थियो । सरकारले भने राष्ट्रपतिले नागरिकता विधेयक पारित नगरेसम्म प्रतिनिधिसभा कायम राख्ने प्रयत्न गरेको थियो । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्न नसक्ने जनाउ दिएपछि सरकारले अधिवेशन अन्त्यको सिफारिस गर्न लागेको हो ।

‘सरकारले प्रस्ताव नगरेसम्म बैठक अन्त्य गर्ने अधिकार संसद् सचिवालयलाई हुँदैन,’ सरकारका एक मन्त्रीले भने, ‘यो समस्या हल गर्न सरकारले संसद् अधिवेशन अन्त्यको प्रस्ताव राष्ट्रपतिलाई गर्नेछ ।’ प्रतिनिधिसभाको बैठक शुक्रबारै अन्त्य गर्ने वा शनिबार पनि बस्ने मन्त्रिपरिषद्को निर्णयमा भर पर्ने संसद् सचिवालय स्रोतले जनाएको छ । सचिवालयले संसद्मा भएका कामका खेस्रासमेत तयार गरिसकेको छ ।

प्रतिनिधिसभाको कार्यर्काल शनिबार सकिने भएपछि २७ विधेयक निष्क्रिय हुने भएका छन् । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभाले अड्काएकै कारण ५ विधेयक निष्क्रिय हुँदै छन् । संविधानको धारा १११ को उपधारा १० मा प्रतिनिधिसभाको कार्यकाल समाप्त भएपछि यही सभामा उत्पत्ति भएको विधेयक स्वतः निष्क्रिय भएको मानिने व्यवस्था छ । सरकारले भने प्रतिनिधिसभाको कार्यकाल अन्त्य नभई ११ औं अधिवेशन अन्त्यको घोषणा गर्न लागेको हो ।
संसद्को कार्यकाल अन्त्य भएको घोषणा नगरे पनि निर्वाचनबाट नयाँ जनप्रतिनिधि चुनिने भएकाले यो कार्यकालमा प्रतिनिधिसभामा रहेका सबै विधेयक संवैधानिक व्यवस्थाअनुसार निष्क्रिय हुनेछन् । प्रतिनिधिसभाबाट नियम निलम्बन गरेर फस्ट ट्र्याकमा पारित भएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राष्ट्रिय सभाले नियमअनुसार नै अघि बढ्ने भएपछि पारित हुने सम्भावना टरेको छ । सरकारले फास्ट ट्य्राकबाट डेढ दर्जन कानुन संशोधन गर्न भदौ १८ मा संसद्मा विधेयक दर्ता गरेको थियो ।

राष्ट्रिय सभाबाट नियम निलम्बन गरेर प्रतिनिधिसभाको कार्यकाल सकिनुअघि नै पारितको प्रयास गरे पनि सफल हुन नसकेको हो । राष्ट्रिय सभामा नियम निलम्बन गर्न दलहरूबीच सहमति जुट्न सकेन । सरकारले विधेयकमाथि संशोधन हाल्न ७२ घण्टाको समय छोट्याएर २४ घण्टा मात्रै राख्नुपर्ने प्रस्ताव गरे पनि राष्ट्रिय सभाको कार्य व्यवस्था समितिको बिहीबार बसेको बैठकमा सहमति जुट्न नसकेको हो ।

सत्तारूढ दलहरूले नियम निलम्बन गरेर विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिनुअघि नै फास्ट ट्र्याकबाट पारित गर्न प्रस्ताव गरेका थिए । प्रमुख प्रतिपक्ष एमालेले भने सरकारले नियम निलम्बनको प्रस्ताव नगरेको र अध्ययनबिना हतारमा कानुन बनाउन नहुने बताएपछि सहमति हुन नसकेको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि दलहरूको सहमति भएमा मात्रै नियम निलम्बन गर्न सकिने अडान लिएका थिए ।

एमालेले सरकारले नै नियम निलम्बन गर्न प्रस्ताव नगरेको भन्दै विरोध गरेपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैठकमा पुगेका थिए । ‘अध्यक्षज्यूले सहमतिमा मात्रै नियम निलम्बन हुने भन्नुभएको थियो तर बैठकमा सहमति जुट्न सकेन,’ माओवादीका मुख्य सचेतक गोपीबहादुर कार्कीले भने, ‘यो विधेयक अब निष्क्रिय हुने भयो । सरकारले पनि यस्तो विधेयक बेलैमा ल्याउनुपर्थ्यो । सरकारले ल्याउनै ढिला गर्‍यो ।’

प्रमुख प्रतिपक्ष एमालेका प्रमुख सचेत देवेन्द्र दाहालले विधेयक अध्ययन गरेर मात्रै पारित गर्नुपर्ने भएकाले नियम निलम्बन गर्न आफ्नो पार्टीले नदिएको बताए । ‘विधेयकमा के छ रु भन्ने थाहै नपाई कसरी पारित गर्ने रु हामीले उठाएको प्रश्न यही हो,’ उनले भने, ‘अब ७२ घण्टाभित्र संशोधन हाली विधेयकको दफावार छलफल समितिमा गरेर टुंग्याउने विषयमा मात्रै हाम्रो सहमति हुन्छ ।’ प्रतिनिधिसभाको कार्यकाल १ गते सकिने हो भने यो विधेयकमा संशोधन हाल्ने समय नै पूरा हुँदैन ।