नेपाल वायुसेवाको उडान अब दोहा विमानस्थलबाट

२६ भदौ, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दोहा काठमाडौँ दोहा उडान अबदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ । अहिले हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण भइरहेको हो ।

कतारको नागरिक उड्डयन प्राधिकरणले निगमको उडानलाई दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा परिवर्तन गराएको हो । १५ सेप्टेम्बरदेखि ३० डिसेम्बर २०२२ सम्म निगमले दोहा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने भएको हो । यो कतारको पुरानो अन्तर्राष्ट्रिय विमानस्थल हो । कतार विश्वकपको सँघारमा छ ।
विश्वकपका बेला हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्ने भएपछि उसले पुरानो विमानस्थललाई समेत प्रयोगमा ल्याएको हो । नेपाललगायत अन्य एसियाली मुलुकका लागि हुने उडानहरू पुरानो विमानस्थलबाट गराउने कतारको तयारी छ। यस्तै, विश्वकप अवधिभर कतारले नेपाललगायतका एसियाली मुलुकमा उडान संख्या पनि घटाउने भएको छ।

ललितपुर महानगरद्वारा लगनखेलस्थित मञ्जुश्री पेट्रो सेन्टर सिल

काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले लगनखेलस्थित पेट्रो सेन्टर सिल गरेको छ । अवैध रूपमा सञ्चालनमा रहेको भन्दै उक्त पम्पलाई महानगरले सिल गरेको हो ।

महानगरको स्वामित्वमा रहेको बसपार्क क्षेत्रको जग्गामा बनाइएको पेट्रो सेन्टर सिलबन्दी गरिएको ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए ।
महानगरले पटक-पटक पत्राचार गर्दा पनि सेन्टरले अटेर गरेकाले मेयर आफै आएर सिल गर्न बाध्य भएको हाछेथुले बताए । महानगरका अनुसार आजदेखि पेट्रो सेन्टरले कुनै पनि गतिविधि गर्न पाउनेछैन ।

गठबन्धनमा टुंगिएन सिट बाँडफाँट, फेरि भाेलि बैठक बस्ने

सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेका छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन ।

आइतबार नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए ।

आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्र भएको उनले जानकारी दिए । बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको जानकारी दिएका खनालले कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा भने रिपोर्टिङ भएको बताए ।

सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने खनालको भनाइ छ । सोमबारको बैठकले सिट बाँडफाँटको टुंगो लगाउने उनको दाबी छ ।

सरकारी वकिलको कार्यालयबाट एकजना कैदीबन्दी फरार

काठमाडौ । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् ।

सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । 

उहाँले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिनुभयो । शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका भाचेर हेर्दा फेला नपरेको उहाँले बताउनुभयो ।

 “शौचालयको झ्याल हातले निकाल्न मिल्ने खालको रैछ निकालेर भागेछ”, उहाँले भन्नुभयो । म्याद थपका लागि अदालत लैजान कागजपत्र तयार गर्दै गर्दा सरकारी वकिल कार्यालयबाट बन्दी भागेको र  खोजी भइरहेको  प्रनाउ गौतमले बताउनुभयो । विश्वकर्मालाई यही यही भदौ २२ मा  प्रहरीले पक्राउ गरेको थियो ।

ओलीलाई गठबन्धनकाे तर्फबाट चुनौती दिँदै मोहन घिमिरे

काठमाडौं । आम निर्वाचनमा झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनाव हराउने उम्मेदवारको खोजीमा सत्तारुढ गठबन्धन लागेका छन् । स्थानीय प्रभावशाली व्यक्तिलाई उठाउन गठबन्धनमा छलफल हुन थालेका छन् ।
ओलीलाई हराउन सक्ने सर्वसम्मत उम्मेदवारमा पछिल्लो समय मोहन घिमिरेमाथि छलफल सुरु भएको छ । नेकपा (एकीकृत समाजवाद) निकट निजामती कर्मचारीहरुको संगठन एकीकृत निजामती कर्मचारी संगठनका अध्यक्ष रहेका घिमिरेलाई सरकारी सेवाबाट राजीनामा दिन लगाएर ओलीविरुद्ध उठाउनेबारे कांग्रेस, माओवादी र समाजवादीका नेताहरुबीच छलफल भइरहेको स्रोत जनाउँछ । घिमिरे झापा–क्षेत्र नम्बर ५ कै छन् । लोकप्रिय कर्मचारी नेता घिमिरेको जिल्लामा राम्रो पकड छ ।
यसअघि उनी एमाले निकट कर्मचारी संगठनको अध्यक्ष समेत भएका थिए । एमाले विभाजनपछि समाजवादीतर्फ लागेका उनी पर्यटन मन्त्रालयमा अधिकृतका रुपमा कार्यरत छन् । उनको नाम एकीकृत समाजवादीले झापा–५ बाट सिफारिस गरिसकेको छ । ‘गठबन्धनले सर्वसम्मत रुपमा निर्णय गरेमा म राजीनामा दिएर चुनाव लड्न तयार छु,’ उनी भन्छन्,त्यसपछि राजनीतिमार्फत कर्मचारीको हकहितका लागी लड्नेछु ।’ खरो स्वभावका कर्मचारी नेता घिमिरे पहिलेदेखि नै ओलीका आलोचकका रुपमा चिनिन्छन् ।

त्यसो त झापामा माओवादी निकट बुद्धिजिपी युग पाठकले पनि चुनाव लड्ने घोषणा गरेका हुन् । उनले स्वतन्त्र रुपमा चुनाव लड्ने बताएका छन् । तर, उनको जनाधार छैन ।
झापा क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका तर्फबाट बिद्यार्थी नेता रञ्जित तामाङले चुनाव लड्ने बताएका छन् । माओवादी सो क्षेत्रमा कमजोर भएकाले एमाले पृष्ठभुमीकै व्यक्तिलाई चुनावमा लडाउने गठबन्धनको तयारी छ । यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता छैनन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले बलियो उम्मेदवार नपाएपछि त्रिभुवन विश्वबिद्यालयका प्राध्यापक डा खगेन्द्र अधिकारीलाई राजीनामा दिन लगाएर उठाएको थियो । त्यतीबेला ओलीले ५७ हजार एक सय ३९ मत ल्याउँदा डा अधिकारीले २८ हजार दुई सय ५७ मत ल्याएको थियो । त्यतीबेला माओवादी र एमाले सँगै थियो । पाँच वर्षअघि ओलीको राष्ट्रवादी क्रेज पनि जनतामा धेरै थियो । अहिले ओलीले त्यो क्रेज गुमिसकेको छ । स्थानीय तहको निर्वाचनले पनि त्यसलाई पुष्टि गरिसकेको छ । ओलीको गृह नगर दमकमा एमाले पराजित भएको थियो । त्यसकारण विपक्षी उम्मेदवार सशक्त भएमा झापा–५ मा ओलीलाई समस्या हुने देखिन्छ । सोही कारण ओली राप्रपासँग सहकार्य गर्ने तयारीमा छन् । सत्तारुढ गठबन्धन पनि ओलीविरुद्ध रणनीति बनाइरहेको छ । जसमा पछिल्लो समय देखी माेहन घिमिरे धेरै चर्चामा छन् ।

चार दिनदेखि हराइरहेकी किशाेरी मृत फेला

२४ भदौ, काठमाडौं । धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी चार दिनदेखि हराइरहेकी आस्था शर्मा मृत अवस्थामा फेला परेकी छिन्।

उनको शव नेपाल–भारत सीमामा पर्ने त्रिनगर मोहना नदी किनारमा शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सोमेन्द्र राठौरले जानकारी दिए।

गत सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी आस्था त्यसपछि सम्पर्कविहीन थिइन्।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। उनका अनुसार शवको पोस्टमार्टम गर्ने तयारी गरिएको छ।

माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने “दाहाल”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको जानकारी दिएका हृन् ।

पोखरामा शुक्रबार अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी तालमेल गर्न आफूले खोजेका बताएका हुन् ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति बनाउनुपर्ने प्रचण्डको भनाइ छ ।

‘हाम्रो लक्ष्य के छ भने प्रदेश र संघको निर्वाचनमा जाँदा गठबन्धनमा तालमेल पनि यसरी होस् कि माओवादी केन्द्र देशको पहिलो वामपन्थी कम्युनिष्ट पार्टी बनोस् । र देशकै निर्णायक राजनीतिक शक्ति बनोस् । हामी यही ढंगले तालमेल गर्न खोज्दै छौँ,’ प्रचण्डले भने ।

गठबन्धनभित्र सिट बाँडफाँटमा कुनै समस्या छैन आजै टुंग्याउँछौं ‘प्रचण्ड’

त्यसका लागि आज अपराह्न ३ बजेदेखि शीर्ष नेताहरुले छलफल गर्ने उनले जानकारी दिए ।

पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भनेका हुन् , ‘तीन बजेदेखि टुंगाउने गरि आज छलफल गर्दैछौं ।’ सिट बाँडफाँटको सहमति नजिक पुगेको उनको भनाइ छ ।

‘नेताहरुको अरु तिर कार्यक्रम नभएको भए हिजै टुंगिने अवस्था बनिसक्या थियो । तालमेलका लागि जलि समस्या भएको केही पनि छैन । तालमेलमा हामीले समझदारी बनाएर नै जान्छौं,’ उनले भने ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गत साउन तेस्रो साता नै गरे पनि गठबन्धनका घटकहरुबीच सिट बाँडफाँट टुंगो लागेको छैन ।

२४ भदौ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनभित्र सिट बाँडफाँटमा कुनै समस्या नभएको दावी गरेका छन् । अध्यक्ष प्रचण्डले सिट बाँडफाँट आजै टुंग्याउँछौं बताएका छन् ।

त्यसका लागि आज अपराह्न ३ बजेदेखि शीर्ष नेताहरुले छलफल गर्ने उनले जानकारी दिए ।

पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भनेका हुन् , ‘तीन बजेदेखि टुंगाउने गरि आज छलफल गर्दैछौं ।’ सिट बाँडफाँटको सहमति नजिक पुगेको उनको भनाइ छ ।

‘नेताहरुको अरु तिर कार्यक्रम नभएको भए हिजै टुंगिने अवस्था बनिसक्या थियो । तालमेलका लागि जलि समस्या भएको केही पनि छैन । तालमेलमा हामीले समझदारी बनाएर नै जान्छौं,’ उनले भने ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गत साउन तेस्रो साता नै गरे पनि गठबन्धनका घटकहरुबीच सिट बाँडफाँट टुंगो लागेको छैन ।

तीन दर्जन भन्दा बढी शाखा अधिकृतको सरुवा

काठमाडौँ । तीन दर्जन बढी शाखा अधिकृतको सरुवा भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेका हन् ।

हेर्नुस् सुची

नेपाली सेनाले रिक्त दरबन्दी पदपूर्तिका लागि माग्यो ठूलो संख्यामा आवेदन आह्वान

२४ भदौ, काठमाडौँ । नेपाली सेनाले रिक्त दरबन्दी पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन आह्वान गरेका छन् ।

भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले ४ हजार रिक्त पदमा आवेदन माग गरेका छन् । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको छ ।
खुलातर्फ २ हजार ८८ र बाँकी समावेशीतर्फ गरेर ४ हजार पदमा सेनाले आवेदन माग गरिएको छ । आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर शुल्क तिरेर थप एकहप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ ।

हेर्नुस् विज्ञापन

काठमाडौंको प्रजिअमा घनश्याम उपाध्याय ललितपुरमा आचार्य

काठमाडौ । ललितपुरका प्रजिअ सहसचिव घनश्याम उपाध्यायलाई काठमाडौंको प्रजिअमा जिम्मेवारी दिइएको छ।काठमाडौको प्रजिअ गोबिन्द रिजाललाई गृह मन्त्रालयको प्रशासन शाखाकाे जिम्मेवारीमा सरुवा गरे सगै उपाध्यायलाइ काठमाडौ को जिम्मेवारी दिइएको हो।

उपाध्यायले झन्डै एक वर्ष ललितपुर प्रजिअको जिम्मेवारी समाल्नु भएको समयको हिसाबले धेरै भएको छैन तर सम्झन योग्य कामहरू भने धेरै ललितपुरमा सम्पन्न गरेर काठमाडौं भित्रिएका छन।

उपत्यकाको भित्र भएर पनि साधन श्रोतको कमिले गर्दा प्रशस्तै काम गर्ने उर्जा बोकेर जिल्ला प्रवेश गरेका धेरै प्रजिअहरु अनुभव मात्रै बटुलेर सरुवा हुनुभयो तर सहसचिव उपाध्यायकाे भने काम गर्ने इच्छाशक्ति अगाडि कुनै बहाना टिकिराख्न सकेन ।

उहाले नागरिकको नागरिकतालाई सबैभन्दा पहिला सुरक्षित गर्नुपर्छ भन्ने मान्यतालाई प्राथमिकता राखेर ललितपुर जिल्ला प्रशासन कार्यालयको इतिहासमा पहिलो पटक नागरिकता अभिलेख सुरक्षित राख्ने काम गराउन सफल हुनुभएका उहाँले अब थाल्ने कार्य सम्पादनको यात्रा काठमाडौ प्रजिअको हैसियतले गर्नुपर्ने सुधारका कामहरु त छदैछ ।

तर उहाँको काम गर्ने इच्छाशक्तिको अगाडि अब काठमाडौंको सफल प्रजिअका रुपमा स्थापित हुनेकुरामा कुनै शंका छैन जानकारहरु बताउँछन् ।

सरल ढंगले सेवाग्राही माझ आफै पुगि जिल्ला प्रशासनको कार्यसम्पादनका बारेमा प्रतिक्रिया लिने उहाँको पुरानाे शैली काठमाडौंमा भने कुन फर्मुला लिएर सेवाग्राही माझ घुलमिल हुने हुन त्यो भने हेर्न बाकी छ।

बजारमा आजभोलि प्रजिअ बन्न शक्तिकेन्द्र धाउने लर्को लाग्नेहरुलाइ जिम्मेवारी दिने निकायले काम गर्न सक्ने पृष्ठभुमि हेरेर जिम्मेवारी दिने हो भने अरु पनि प्रजिअ घनश्याम मोडल जस्ता राष्ट्रसेवक कर्मचारी सेवाग्राहीले पाउन सक्छ्न कि ?सोच्नु पर्ने भएको छ।

ललितपुरका प्रजिअ जयनारायण आचार्य

उपाध्यायको काठमाडौ सरुवा सगै ललितपुरको प्रजिअमा कास्कीका प्रजिअ जयनारायण आचार्यको सरुवा भएको छ। नवनियुक्त प्रजिअ आचार्यले सोमबार देखि ललितपुर को प्रजिअको जिम्मेवारीले काम गर्नुहुने बताइएको छ।

थप २२७ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा २२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ४०१ परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ५१८ पीसीआर परीक्षणमा १३७ जना र दुई हजार ८८३ एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १६८ जना संक्रमणमुक्त भएका छन् र कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

बसन्त अधिकारी काठमाडौ महानगरको प्रमुख कार्यकारी काम सुचारु

काठमाडौँ । काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा बसन्त अधिकारीले पदबहाली गर्नुभएको छ । भदौ १६ गतेको मन्त्री स्तरीय निर्णयबाट अधिकारी महानगरको प्रमुख प्रशाककीय अधिकृतमा नियुक्त हुनुभएको हो ।

पदवहाली भएसँगै उहाँले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताउनुभयो । ‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र नगरसभाको अभिभावकत्व रहन्छ । म प्रशासनको अभिभावकत्व गर्छु । कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, ‘वडा सशक्त हुनुपर्छ । वडाले गर्ने ८८ वटा काम छन् । तीमध्ये ३५ प्रकारका शिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ । महानगरसँग अहिले धेरैको अपेक्षा छ । त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ ।’
अधिकारी २०४९ सालमा सहलेखापालबाट सेवा प्रवेश गर्नुभएको हो । २०५२ सालमा महालेखा परीक्षकको कार्यालय, २०५३ सालमा राष्ट्र बैङ्कको सेवा हुँदै २०५५ सालमा शाखा अधिकृत हुनुभयो । २०६२ सालमा उपसचिव र २०७४ सालमा सहसचिव हुनुभएका अधिकारीले स्थानीय, गृह प्रशासन, भूमि व्यवस्था, स्वास्थ्य, योजना आयोग, यातायात व्यवस्था, लोकसेवा आयोगलगायत विभिन्न सेवा र क्षेत्रको अनुभव हासिल गर्नुभएको छ ।

काठमाडौँ महानगरमा आउनुअघि उहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
प्रदेश सरकार गठन हुँदा अधिकारीले बागमती प्रदेशको अर्थसचिवका रुपमा काम गर्नुभयो । त्यसपछि लुम्बिनी प्रदेश मुख्य मन्त्रीको कार्यालयमा १७ महिना सेवा गर्नुभयो ।
सहसचिव अधिकारी यातायातमा कार्यरत हुँदा लोकप्रिय काम गर्दै जनताको मन जित्न सफल हुनु भएको थियो।

महानगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा हुनुभएको छ । उहाँ २०७८ पुस ७ गतेको निर्णयअनुसार महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको थियो ।

कुनै पनि कर्मचारी सरुवा गर्न नपाउने

२२ भदौ, काठमाडौं । यही मंसिर ४ गते सोमबार हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म निजामती कर्मचारीहरू सरुवा वा काजमा पठाउने नपाउने स्थिति उत्पन्न भएको हो ।

निर्वाचन आयोगले निर्वाचन सम्पन्न नभएसम्म कर्मचारी सरुवा, बढुवा र नियुक्ति नगर्न भदौंको पहिलो सातामै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्देशन दिएको हो ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी राज्यका तीन तहका कर्मचारी खटाउने भएकोले तयारी अवस्थामा राख्न निर्देशन दिँदै भदौं २० गतेपछि कर्मचारी सरुवा गर्न नपाउने भनी सरकारलाई सूचित गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

प्रवक्ता पौडेलका अनुसार आयोगले निर्वाचन प्रयोजनको लागि केन्द्र, प्रदेश तथा जिल्ला स्तरमा कार्यरत नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह कार्यरत सम्पूर्ण कर्मचारीहरू आवश्यकताअनुसार निर्वाचनमा परिचालन गर्ने निर्णय गरी जनशक्ति योजना तयार गरिसकेको छ ।

निर्वाचनको क्रममा खटिने कर्मचारीहरू बाहेक यही भाद्र २० गते सम्ममा संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीको तह र पद नामबमोजिम सरुवा वा पदस्थापना भएका कर्मचारीहरू निर्वाचन सम्पन्न नभएसम्म अन्यत्र काजमा नपठाउने र सरुवा नगर्ने व्यवस्था गर्न आयोगले भनेको थियो ।

आयोगको निर्देशनअनुरूप सरकारले संघ, प्रदेश र स्थानीय तहमा काज÷कामकाजका लागि खटिएका कर्मचारीलाई पदाधिकार रहेकै कार्यालयमा फिर्ता गरेको थियो । यसैबीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट माग गरेका बखत तुरुन्तै उपलब्ध गराउने व्यवस्था गर्ने गरी कर्मचारीहरूको यथार्थ विवरण अद्यावधिक गर्ने गृहकार्य गरिरहेको छ ।

आयोगले स्वयंसेवक, शिक्षक र कर्मचारी समेत गरी निर्वाचनका लागि २ लाख ६१ हजार ५ सय ६५ जना जनशक्ति खटाउने योजना तयार गरेको छ । आगामी निर्वाचनमा करिब ११ हजार मतदान स्थलमा २२ हजार ५ सय मतदान केन्द्र हुनेछ ।

आयोगको जनशक्ति व्यवस्थापन योजनाअनुसार पाँच सयसम्म मतदाता भएको एउटा केन्द्रमा ११ जना कर्मचारी खटाउने छ । प्रत्येक केन्द्रमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी, एक सहयोगी, र तीन जना स्वयंसेवक खटिनेछन् । पाँच सयभन्दा बढी मतदाता भएको केन्द्रमा थप एक स्वयंसेवक हुनेछन् ।

एउटा केन्द्रमा स्वयंसेवकसहित सरदर ११ जना खटिँदा निर्वाचन गराउन मात्रै २ लाख ४७ हजार ५ सय जना खटिनुपर्नेछ । यसमा मतदान अधिकृत २२ हजार ५ सय, सहायक मतदान अधिकृत २२ हजार ५ सय, सहायक कर्मचारी १ लाख १२ हजार ५ सय, सहयोगी कर्मचारी २२ हजार ५ सय र स्वयंसेवक ६७ हजार ५ सय हुनेछन् ।

आयोगले जिल्लास्तरमा निर्वाचन प्रयोजनका लागि कर्मचारी व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै जिल्लामा कर्मचारी व्यवस्थापन कमिटी बनाएको छ । कर्मचारीहरूलाई निर्वाचन प्रयोजनका लागि परिचालन गर्न सबै जिल्लामा सो कमिटीको पनि व्यवस्था गरिएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा वृद्धिको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरे

२२ भदौ, काठमाडौँ । महासङ्घले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो । बुधबार बसेको महासङ्घको बैठकले यस्तो निर्णय गरेको महासङ्घका अध्यक्ष खगेश्वर बोहोराले बताए ।

महासङ्घले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा बाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी अनुमति नलिने र असोज एक गतेबाट देशभरको ढुवानी ठप्प बनाउने अध्यक्ष बोहोराले बताए ।

ढुवानी भाडा वृद्धिका लागि यसअघि चार पटक आन्दोलन गरिएको र त्यसमा निगमले पटक पटक सहमति जनाएर पनि कार्यान्वयन नभए पछि पाँचौँ पटक आन्दोलनको घोषणा गर्नुपरेको महासङ्घको भनाइ छ । निगमले ढुवानी भाडा बढाउन यस अघि ९ पटक समझदारी गरेर पनि पुरा नगरेको अध्यक्ष बोहोराले आरोप लगाए । महासङ्घले रुटअनुसार कम्तीमा ३ देखि १० प्रतिशतसम्म ढुवानी भाडा बढाउन माग गर्दै आएको छ ।

इन्धन ढुवानीका लागि महासङ्घसँग करिब १९ सय ट्याङ्करहरू सञ्चालनमा छन् । भारतको मोतीहारी देखि नेपालको अमलेखगन्जसम्म ६९ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन गत वर्षदेखि सञ्चालन आएपछि आधाजति ढुवानीका ट्याङ्कर बिजनेस नपाएर थन्किएका छन् ।

एक वर्षपछि पेट्रोल पनि पाइपलाइनबाटै ढुवानी हुने भएपछि इन्धन ढुवानीमा ट्याङ्कर विस्थापित हुने अवस्था सिर्जना हुँदैछ । तर, ढुवानी विकल्प तयार भएपछि पनि निगमले ट्याङ्करसँगको करार भङ्ग नगरी भाडा वृद्धि गर्न पटक पटक समझदारी गरिरहेको छ ।