बुबा–आमालाई अलपत्र पारेमा सम्पत्तिमा समेत दावी गर्न नपाउने

१६ भदौ, काठमाडौं । सरकारले जेष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ कार्यान्वयनमा ल्याएका छन् । यस ऐन अनुसार बुबा–आमा तथा जेष्ठ नागरिकलाई पालन पोषण तथा हेरचाह नगरिएका वा अलपत्र रहेका जेष्ठ नागरिकलाई अब स्थानीय तहले पालन पोषणको व्यवस्था गर्नुपर्छ । त्यस अवस्थामा जेष्ठ नागरिकको जायजेथा वा अंशभाग भएमा स्थानीय तहको सरकारले उनीहरुको सम्पत्ति आफ्नो स्वामित्वमा लिनेछ । यो सम्पत्ति निज जेष्ठ नागरिकको हक र हितमा परिचालन गर्नुपर्नेछ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेसँगै यो ऐन कार्यान्वयनमा आएको हो ।

ऐन अनुसार कुनै पनि व्यक्तिले आफ्ना जेष्ठ नागरिकको पालना नगरेको सम्बन्धमा स्थानीय तहमा उजुरी परेमा स्थानीय तह मातहत रहने न्यायिक समितिले जेष्ठ नागरिकको नाममा रहेको चल अचल सम्पत्ति निजको सट्टा पालना पोषण तथा हेरचाह गर्ने नातेदार र हकवालाको जिम्मा लगाउन समेत सक्ने गरी व्यवस्था बनेको छ । यसअघि जेष्ठ नागरिक सम्बन्धी ऐन २०६३ मा यस्तो प्रावधान थिएन । अब जेष्ठ नागरिक स्वयमःले मात्र नभई टोल छिमेकमा कुनै जेष्ठ नागरिकको पालन पोषण तथा हेरचाह यथोचित भइरहेको छैन भन्ने लागेमा छिमेकीले समेत स्थानीय तहमा उजुरी दिन सक्ने भएका छन् ।

बुबा–आमा तथा जेष्ठ नागरिकका हकवाला र नातेदारले जेष्ठ नागरिकलाई अलपत्र पारेमा उनीहरुले जेष्ठ नागरिकको सम्पत्तिमा समेत दावी गर्न नपाउने भएको छ ।

जेष्ठ नागरिकको खातामा पैसा पठाउन आदेश दिने अधिकार स्थानीय तहलाई
कुनै पनि जेष्ठ नागरिकको जीवनयापनमा समस्या भएको देखिएमा स्थानीय तहले सन्तान वा नजिकको हकवालाबाट मासिक रकम सम्बन्धित जेष्ठ नागरिकको खातामा पठाउन आदेश दिन सक्ने भएको छ । तर, तोकिए अनुसारको आम्दानी सन्तानको पनि नभएको पाइएमा भने जेष्ठ नागरिकको आधारभूत आवश्यकता अब स्थानीय तहले पुरा गरिदिनु पर्ने गरी कानून बनेको छ । यो प्रक्रिया जारी रहुन्जेल जेष्ठ नागरिकको हेरचाहका लागि स्थानीय तहले उनीहरुकै खातामा सन्तानबाट एकमुष्ट रकम समेत राख्न आदेश दिन सक्ने नयाँ ऐनमा उल्लेख छ ।

यस्तो रकम बाबुआमासँगै बसेका वा कानून अनुसार छुट्टै बसेका सन्तानले समेत नियमित जम्मा गर्नुपर्ने भएको छ । बुबा आमासँगै बसेको अवस्थामा जेष्ठ नागरिकको संयुक्ता खातामा र बुबा आमा भिन्नै बसेका भए आफुले पालन पोषण गर्ने बुबा वा आमाको खातामा रकम जम्मा गर्नुपर्छ । तर, नियमित पारिश्रमिक पाइरहेका, स्वरोजगार, निवृत्तिभरण तथा अन्य आय भएका जेष्ठ नागरिकको खातामा भने सन्तानले अनिवार्य रकम राख्नु पर्ने छैन ।

रकम जम्मा गरेको विवरण वार्षिक स्थानीय तहमा बुझाउनु पर्ने

स्थानीय तहले वार्षिक रकम जम्मा गर्नुपर्ने भनी तोकेका सन्तानले यसरी जम्मा गरेको रकमको विवरण वार्षिक रुपमा स्थानीय तहमा बुझाउनु पर्छ । यस्तो रकम नियमित नबुझाएमा बुबा आमाले स्थानीय तह र सन्तान काम गर्ने निकायमा निवेदन दिन सक्ने छन् । त्यस अवस्थामा उनको पारिश्रमिकबाट स्वतः बुबा आमाको खातामा रकम जाने गरी व्यवस्था मिलाउनु पर्ने गरी कानून बनेको छ । साथै रकम जम्मा गरेकै कारण कानूनी र व्यवसायिक जिम्मेवारीबाट आफु उन्मुक्त भएको समेत सोच्न नहुने कानूनले स्पष्ट पारेको छ ।

बुबा-आमाको खातामा जम्मा भएको रकम के हुन्छ ?

ऐन अनुसार बुबा आमाको नाममा बैंक खातामा भएको रकम उनीहरुको हित र आधारभूत आवश्यकता परिपूर्ति गर्न खर्च गरिने छ । उनीहरुको मृत्युपछि बाँकी रहेको रकम अन्त्ष्येष्टीमा खर्च गरिनेछ । त्यसपछि समेत रकम बाँकी रहेमा भने सो रकम हकवाला र सन्तानले खर्च गर्न सक्ने गरी ऐनले व्यवस्था बनेको छ ।

साथै, सन्तानलाई पालन पोषण नगरेका, हेरचाह, शिक्षादिक्षा नगरिएका र उचित अभिभावकत्व नदिइएका, घरपरिवारबाट निकाला गरी खान लाउन नदिई हुर्केका सन्तानलाई भने स्थानीय तहले समेत जेष्ठ नागरिकको पालन पोषणमा बाध्य बनाउन नसक्ने ऐनमा उल्लेख छ ।

जेष्ठ नागरिकको नाममा रहेको चल अचल सम्पत्ति लिने, खाने उद्देश्यले दवाव वा प्रलोभन दिएमा समेत त्यसलाई दण्डित हुने गरी नयाँ कानून बनेको छ । अब जेष्ठ नागरिकको नियमित अभिलेख राख्ने काम स्थानीय तहले गर्नेछ ।

जेष्ठ नागरिकको विवरण अध्यावधिक गर्ने र वर्गिकरणको काम समेत स्थानीय तहबाट हुनेछ । जेष्ठ नागरिकको हेरचाह र संरक्षणका लागि स्थानीय तहले जेष्ठ नागरिक सेवा केन्द्र स्थापना र सञ्चालन गर्न समेत यस ऐनले बाटो खोलेको छ ।

इच्छाराज तामाङविरुद्ध ५ अर्बको मुद्दा दायर गरिँदै

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले इच्छाराज तामाङविरुद्ध केही बेरमा मुद्दा दायर गर्न लागेको स्रोतलाई जानकारी प्राप्त भएका छन् ।

सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले सहकारी ठगी गरेर करिब साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको निष्कर्षसहित मुद्दा दायर गर्न लागेका छन् ।

विभागले गरेको अनुसन्धानबाट साढे ५ अर्ब रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भेटिएको, तामाङले साढे ५ अर्ब रुपैयाँ बराबरको सम्पत्तिको स्रोत देखाउन नसकेको र सो रकम सिभिल सहकारी संस्थाबाट ठगी गरेर आर्जन गरेको पाइएको स्रोतको भनाई छ ।

तामाङले सर्वसाधारणको बचत रकम आफूखुसी चलाएर दुरुपयोग गरेको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले गत वर्षको असोज १८ गते उनलाई काठमाडौँबाट पक्राउ गरेको थियो । तामाङसहित १२ जना विरुद्ध परेको उजुरीमा उनकी श्रीमती सिर्जना शाक्यलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको छ ।

तामाङले सहकारीमा जम्मा भएको रकम आफ्नो २२ भन्दा बढी डमी कम्पनी खडा गरी लगानी गर्ने र त्यस्तो लगानीबाट आफूले मात्रै लाभ लिने गरेको सीआईबीले गरेको अनुसन्धानले देखाएको छ । यस्ता कम्पनीहरूबाट तामाङले गैरकानुनी रूपमा तलब तथा भत्ता समेत लिने गरेको सीआईबीको अनुसन्धानले देखाएको थियो ।

आफूहरुको रकम हिनामिना गरको भन्दै सहकारीका रकम बचत राखेका १५३० जनाले सीआईबीमा उजुरी दिएका थिए ।

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं ।बझाङको केदारस्युँ गाउँपालिका–१ धार्तडास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१ च २६९० नम्बरको जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यृ भएको छ । मृत्यु हुनेमा बित्थडचिर गाउँपालिका–९ रैकोसी बस्ने ६० वर्षीय गगन ओखेडा रहेका छन् । उनको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।

रुपन्देही, बझाङ, पर्सा, मोरङ र बाँकेमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास चोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा लु.४१ प ४१६८ नम्बरको मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा सवार उनकै छोरा ६ वर्षीय निशान भट्टराई रहेका छन् । लु।४१ प ४१६८ र लु.४८ प ३२४६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । त्यसपछि लु.४१ प ४१६८ नम्बरको मोटरसाइकल पुनः लु.१ क ४४२४ नम्बरको ट्याङकरमा समेत ठोक्किन पुगेको थियो ।

दुर्घटनामा गम्भिर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–१५ ब्रमचोकमा ना।७ ख १८३७ नम्बरको बसले ना।४० प ३४७९ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहट मौलापुर गाउँपालिका–५ बस्ने ६५ वर्षीय तुल्सी साह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको विराटनगर महानगरपालिका–१८ देवन पेट्रोल पम्प छेउस्थित कर्ल्बटमा साईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री जहदा गाउँपालिका–१ भुटाहा बस्ने ४६ वर्षीय दिपचन शर्मा रहेका छन् । उनको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको हो ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृतक हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष रहेका छन् । उनको बुधबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

स्वास्थ्यमा काङ्ग्रेस कै बर्चस्व

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको मन्त्रीले नेतृत्व गरिएको स्वास्थ्य मन्त्रालयमा काङ्ग्रेस को बाहुल्यता रहेकोे छ। माताहतका केही निर्देशकको सरुवा गरेको यो गन्ध बाहिर आए सगै समाजवादीका नेतालाई आफ्नो पार्टी नजिक रहेका डाक्टरहरुले जिम्मेवारी नपाउदा मन्त्री भवानी प्रसाद खापुङ लाई दवाब परेको छ।

ट्रमा सेन्टरमा छोटो समय काम गरेका डाक्टर प्रमोद यादव सरुवा मा परेका छ्न। कामका हिसाबले राम्रो काम गर्दै गर्दा वीर अस्पतालमा पनि डाक्टर भुपेन्द्र बस्नेत ट्रमामा नि काङ्ग्रेस कै डाक्टर रुद्र मरासिनी को सरुवा पछि कार्यकर्ता बीचमा आक्रोश बढेको छ।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक काङ्ग्रेस निकट डा रुद्र मरासिनीलाई ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेको छ।

डा. मरासिनीलाई ट्रमामा सरुवा गरेपछि उनको स्थानमा डा सर्वेश शर्मालाई ल्याइएको छ। ट्रमामा यसअघि डा प्रमोद यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको छ।

यसैगरी, कारागार अस्पतालको निर्देशकमा डा प्रकाश बुढाथोकीलाई पठाइएको छ। उनी वीर अस्पतालमा थिए।

यस्तै राधिका थपलियालाई प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा पठाइएको मन्त्रालय प्रशासनले जनाएको छ।

प्रदेश १ को स्वास्थ्य निर्देशनालयमा यसअघि नारायण ढकाललाई पठाइएको थियो। उनी जान नमानेपछि थपलियालाई पठाइएको हो।

त्यसैगरी, कोशी अस्पतालको मेसुमा लक्ष्मीनारायण यादवलाई जिम्मा दिइएको छ।मन्त्रालयका काग्रेस सचिब भएकै कारण मन्त्री सचिबको घुमाइमा परेका कारणपार्टी माथिल्लो तह असन्तुष्ट देखिएको छ।

माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक गरेका छन्। देशभरबाट २३ हजार ७२ जना पास भएको आयोगले जनाएको छ।

आयोगले प्रदेशस्तरको नतिजा सार्वजनिक गरेको हो। जसमध्ये सबै भन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्। बागमतीमा १ सय ८ जनाको परीक्षा रद्द गरिएको छ।
यस्तै प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन्। प्रदेश १ मा ४३ जनाको परीक्षा रद्द गरिएको छ। यस्तै मधेस प्रदेशबाट १७ सय २० जना उत्तीर्ण हुँदा ९६ जनाको परीक्षा रद्द गरेको आयोगले जनाएको छ।

गण्डकी प्रदेशबाट २६ सय ४५ जनाले अध्यापन अनुमति पाएका छन्। यस्तै गण्डकीबाट ३६ जनाको परीक्षा रद्द भएको छ। त्यसै गरी लुम्बिनीबाट ३९ सय ७३ जना पास भएका छन्। यहाँबाट ६५ जनाको परीक्षा रद्द गरिएको छ। कर्णाली प्रदेशबाट १६४६ पास हुँदा ३९ जनाको परीक्षा रद्द भएको छ। त्यस्तै सुदूरपश्चिमबाट २०६१ जनाले अनुमति पाउँदा ५२ जनाको परीक्षा रद्द भएको छ।

आयोगले असार १८ गते देशभरबाट माध्यमिक तह शिक्षण अध्यापन अनुमति पत्रको परीक्षा लिएको थियो।

आमाको गर्भदेखि नै एउटा शिशुको वृद्धि विकास र खानपान

काठमाडौं । आमाको गर्भदेखि नै शिशुको वृद्धि विकास सुरु हुन्छ। महिलाको अण्ड र पुरुषको शुक्रकिटको मिलनबाट पाठेघरमा गर्भको विकास हुन थाल्छ। १२ हप्तासम्म शिशुको सबै अंग बनिसकेको हुन्छ।

जन्मपछि शिशुको शारीरिक र मानसिक दुवैको विकास अन्त्यन्तै महत्वपूर्ण हुन्छ। शारीरिक रुपमा शिशुको वृद्धि विकास उसको उमेर अनुसारको तौल, उचाई, टाउकोको गोलाई लगायतले निर्धारण गर्दछ।

३७ हप्ता पुरा भएर ४० हप्ताभन्दा माथि नपुगिकन जन्मिएको शिशुलाई स्वस्थ मानिन्छ। जन्मदा एक स्वस्थ शिशुको तौल साढे दुई केजीदेखि चार किलो मुनिसम्म हुनुपर्छ। र, उचाई ५० सेन्टिमिटर (सेमी) हुनुपर्छ। टाउकोको गोलाई ३३ देखि ३५ सेमी हुनुपर्छ।

साढे दुई किलोभन्दा तल र चार किलोभन्दा माथि भएका शिशुलाई स्वस्थ मानिदै‌‌न। शिशुको कम र धेरै तौल हुनु स्वास्थ्यका हिसाबले राम्रो नभएको कान्ति बाल अस्पतालकी बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्राडा दीपेश्वरा नेपाल बताउँछिन्।

भन्छिन्, ‘बच्चा धेरै तौल भएको जन्मियो भनेर खुशी हुनु हुँदैन। कम तौल जस्तै धेरै तौललाई पनि राम्रो मानिदैन। उचाई भने ५० सेन्टिमिटर हुनुपर्छ। २र३ सेन्टिमिटर तल माथि पर्न सक्छ। यसले केही फरक पर्दैन।’

पहिलो तीन महिनामा शिशुको तौल, उचाई, टाउकाको गोलाईदेखि वृद्धि विकास एकदम तीव्र गतिमा हुन थाल्छ। डा नेपालका अनुसार पहिलो तीन महिनामा शिशुको तौल अनुसार दैनिक १५ देखि २० ग्राम बढ्ने गर्छ। टाउकोको गोलाई एक हप्तामा शून्य दशमलव पाँच सेमी गरी तीन महिनामा दुई सेमीका दरले बढ्छ।

पहिलो तीन महिनामा शिशुको वृद्धि विकास तीव्र गतिमा भएपनि तुलनात्मक रुपमा त्यसपछि कम हुन थाल्छ। दैनिक १५ देखि २० ग्रामको हिसाबले बढीरहेको शिशुको तौल तीन महिनापछि ५ देखि १० ग्रामको हिसाबले बढ्छ। ४ देखि ६ महिनासम्म शिशुको तौल दोब्बर हुनुपर्छ।

‘तीन केजी जन्मिएको शिशुको तौल ४ देखि ६ महिनासम्म ६ केजी हुनुपर्छ। एक वर्षमा तीन गुणाले बढ्नुपर्छ। एक वर्षमा तीन केजीको बच्चा ९ केजी भए पुग्छ। धेरै मोटो भएको पनि राम्रो हुँदैन,’ उनले भनिन्।

एक वर्षपछि ६ महिनामा एक केजी मात्र तौल बढ्छ। यो सामान्य हो। उचाई भने एक वर्षमा ५० प्रतिशतले बढ्दै ७५ सेमी हुनुपर्दछ। दुई वर्षको बालबालिकाको उचाई कम्तीमा ८७ दशमलव ५ प्रतिशत सेमी र टाउकोको गोलाई ५० सेमी हुनुपर्ने उनले बताइन्। सामान्य व्यक्तिको टाउकोको गोलाई पनि ५० देखि ५३ सेमी नै हुन्छ।

उमेर अनुसार शिशुको वृद्धि विकासलाई निर्धारण गर्ने मापदण्डहरु पनि छन्। डा नेपालका अनुसार विशेषगरी चार आधारमा उमेर अनुसारको शिशुको वृद्धि विकास बारे थाहा पाउन सकिन्छस्
१. ग्रस मोटर डेभलपमेन्ट
२. फाइन मोटर डेभलपमेन्ट
३. ल्याङ्गवेज मोटर डेभलपमेन्ट
४. सोसियल इन्ट्राक्सन मोटर डेभलपमेन्ट

१. ग्रस मोटर डिभलपमेन्ट
शिशुको वृद्धि विकासलाई निर्धारण गर्ने मापदण्डमध्ये पहिलो हो, ग्रस मोटर डेभलपमेन्ट। शिशुले चलाउने हात खुट्टाको चाल र प्रतिक्रिया यस अन्तर्गत पर्दछ। शिशु जन्मिने बित्तिकै पनि उसले हात खुट्टाहरु साइकिलिङ्ग तरिकाले चलाउँछ। शिशु १२ हप्ताको भएपछि घोप्टे पारेर सुताउँदा चिउँडो माथि उठाउन सक्छ। अर्को आठ हप्तामा अनुहार र तीन महिनामा छातिदेखि माथिको अंग माथि उठाउन सक्छ। चार महिनामा छाती नै उठाउँछ भने ६ महिनापछि हातले टेक्न थाल्छ।

तीन महिनामा हात सिधा गर्न सक्छ। तर पहिलो तीन महिनामा टाउकोको विकास भइनसकेको हुनाले टाउकोलाई उनीहरुले नियन्त्रण गर्न सक्दैनन्। त्यसैले तीन महिनासम्मको शिशुलाई लिँदा टाउको पछाडी हातले सपोर्ट गर्नुपर्छ। तीनदेखि चार महिनामा मात्र उनीहरुले आफैँ टाउको नियन्त्रण गर्न सक्छन्। चार महिनापछि ‘रोल ओभर’ अर्थात् उत्तानो सुतेको बच्चा आफैँ पल्टिन सक्छन्। ६ महिनापछि उत्तानो सुतेको छ भने घोप्टो पर्न सक्छन्। आठ महिना पुगेपछि पेटले घस्रिन थाल्छन्। ९ महिना भएपछि कुर्सी, सोफा, भित्ताको सहायताले उभिन थाल्छन्। र, १० देखि १२ महिनासम्म हात खुट्टाको सहायताले हिड्न थाल्छन्।

वर्ष दिन भएपछि एक दुई पाइला हिडेपछि लड्छन्। एक वर्षमा बच्चा हिडेन भन्दै धेरै अभिभावक आत्तिन्छन्। सबै बालबालिका एक वर्षमा हिड्न नसक्ने डा नेपाल बताउँछिन्। तर १६ महिनासम्म भने बच्चाहरु आफैँ हिड्न सक्ने हुनुपर्छ। १८ महिनापछि त बच्चाहरु सामान्य रुपले दौडिन नै सुरु गर्छन्।

‘दुई वर्षको उमेरमा बुढाबुढीले जस्तै एउटा स्टेपमा दुईवटा खुट्टा राखेर चढ्छन्। तीन वर्षमा भने एउटा स्टेपमा एउटा खुट्टा राखेर नै चढ्न सक्छन्। चार वर्षमा त उफ्रिन नै थाल्छन्,’ उनले भनिन्।

2. फाइन मोटर डेभलपमेन्ट
फाइन मोटर डेभलपमेन्ट अन्तर्गत बालबालिकाहरुले कुनै वस्तुहरुसँग प्रतिक्रिया जनाउन थाल्छन्। विशेषगरी चार महिनादेखि आफ्नै हात हेर्ने, कुनै वस्तुहरु समाउन खोज्ने गर्छन्। तर समाउन भने सक्दैनन्। ६ महिनामा भने उसको अगाडि ल्याएका वस्तुहरु समाउन सक्छन्। ९ महिना कुनै दानाहरु मुठीमा राख्न सक्छन्।

११ महिनापछि स–साना चामलका दाना पनि टिप्न सक्छन्। १५ महिनाबाट पेन, पेन्सिल लिएर बिना कुनै आकार र लाइन कोर्न थाल्छन्। दुई वर्षमा कुनै तीन वटा ढुंगाहरु, बट्टाहरु माथि राखेर टावर बनाउने गर्दछन्। सामान्यतया तीन वर्षदेखि भने अक्षरहरु लेख्न सक्छन्। उमेर अनुसार उनीहरुले विभिन्न प्रकारका आकारहरु पनि बनाउन थाल्छन्। त्रिकोणात्मक आकार बनाउन भने बालबालिकालाई पाँच वर्ष लाग्छ।

३. ल्याङ्गवेज मोटर डेभलपमेन्ट
यो विकास अन्तर्गत बालबालिकाले उमेर अनुसार बोल्ने र आवाजसँग प्रतिक्रिया जनाउने विकासका चरणहरु हुन्। रोइरहेको कुनै बच्चाको अगाडि थपडी बजायो वा बोलियो भने चुप लाग्छन्। यो उनीहरुले आवाजसँग जनाएको प्रतिक्रिया हो। तर सानैदेखि विकासमा अवरोध भएका बालबालिकाहरुले भने आवाजसँग कुनै पनि किसिमको प्रतिक्रिया जनाउँदैनन्।

‘बच्चाको अगाडि कुनै आवाज दियो भने उसले प्रतिक्रिया जनाउँछ। रोइरहेको छ भने चुप लाग्छ र चुप छ भने रुन थाल्छ। यो एक महिनादेखि नै बच्चाहरु अलर्ट हुन थाल्छन्। तर बच्चाको जन्मजात विकासमा अवरोध छ भने कुनै प्रतिक्रिया नै जनाउँदैनन्,’ डा नेपालले भनिन्।

तीन महिनादेखि आ, उ जस्ता कुइङ्ग आवाजहरु निकाल्न सुरु गर्छन्। चार महिनादेखि खित्का छाडेर हाँस्न, पाँच महिनादेखि ऐनामा आफूलाई हेरेर हाँस्न, ६ महिनादेखि बा, माँ, पा लगायतको एक वटा अक्षरहरु बोल्न थाल्छन्। नौ महिनादेखि माँमा, बाबा, आमा भनेर बोल्न थाल्छन्, तर यो उनीहरुको अर्थहीन बोलाई भनिन्छ। अर्थात् उनीहरुले शब्दको अर्थ नबुझिकन यी शब्दहरु उच्चारण गरिरहेका हुन्छन्। शब्दको अर्थ बुझेर बोल्न उनीहरुलाई एक वर्ष लाग्छ। १८ महिनामा यस किसिमको आठदेखि दश वटा शब्दहरु उनीहरुले बोल्नुपर्ने डा नेपालले बताइन्।

उनले भनिन्, ‘वीथ मिनिङ्ग भनेको उनीहरुले बुझेर बोल्ने कुरा हो। आमा नजिक आएको छ भने आमा, बाबा नजिक आए भने बाबा भनेर बोलाउँछन्। यो भनेको मान्छे चिनेर बोलाउने हो।’

दुई वर्ष भएपछि दुईरतीन शब्दको वाक्य बोल्न थाल्छन्। जस्तैस् भात खाने, पानी खाने, दूध खाने आदि। तीन वर्षपछि मलाई भोक लागेको छ, म यो खान्छु जस्ता वाक्यहरु बोल्ने गर्दछन्। चार वर्षपछि पढ्न र वाक्यहरु नै बोल्न थाल्छन्।

४. सोसियल इन्ट्राक्सन मोटर डेभलपमेन्ट
बालबालिकाको हिड्ने, बोल्नेसँगै सामाजिक अन्तरक्रियात्मक विकास पनि उमेर अनुसार हुँदै जान्छन्। बच्चाहरु दुई महिना भएदेखि नै अनुहारमा हेरेर मुस्कुराउन थाल्छन्। तीन महिनादेखि उसको नजिकका आफन्त आमा, बुवा, मामा, दिदी लगायतको अनुहार चिन्न सक्छन्। ५ महिनासम्मको बच्चा सबैसँग घुलमिल हुन्छन्। तर ६ महिनादेखि भने उनीहरुमा स्ट्रेन्जर एन्जाइटी हुन्छ। यो भनेको नजिकको अपरिचित व्यक्ति देख्यो भने बच्चाहरु रुन थाल्नु हो।

‘४र५ महिनासम्मको बच्चालाई जसले लिएपनि मान्छन्। ६ महिना भएपछि नचिनेको व्यक्ति देख्यो भने रुन थाल्छन्। यो सामान्य प्रक्रिया हो,’ डा नेपालले भनिन्, ‘४ वर्ष भएपछि यो स्ट्रेन्जर एन्जाइटी हराउँदै पनि जान्छ।’

नौ महिना भएपछि बाइबाई गर्न थाल्छन्। एक वर्षमा कसैले बोलाएपछि आउँछन्। १८ महिनामा भाँडा माँझ्ने, भाटाकुटी खेल्ने, भात पकाउने जस्ता खेलहरु खेल्न थाल्छन्। हर्मोनल कारण केटा बच्चाले सानैदेखि गाडी खेल्ने, केटी बच्चाले कपडा धुने, भात पकाउने जस्ता क्रियाकलाप गर्ने गरेको डा नेपाल बताउँछिन्।

जन्मिने बित्तिकै देखिन सक्ने समस्याहरु
एक सय जना शिशु जन्मिदा १० जना शिशुलाई कुनै न कुनै स्वास्थ्य सम्बन्धी समस्या देखिने गरेको उनले बताइन्। सास फेर्न गाह्रा हुने, पेटभित्रै दिसा खाने, एमीन्योटिक फ्लुड खाएको, कसैको पोजिसन नमिलेको लगायत समस्या यस अन्तर्गत पर्दछन्। उक्त १० जना शिशुमध्ये पनि एक प्रतिशत शिशुमा गम्भीर खालको श्वासप्रशासको समस्या देखिन्छ। उनीहरु आफैँ सास फेर्न सक्ने अवस्थामा हुँदैनन्। मृत्यु र अपाङ्गता हुने संभावना पनि यही एक प्रतिशत अन्तर्गतका शिशुहरु पर्दछन्। उनीहरुलाई शिशु सघन उपचार कक्ष ९एनआइसीयू० को आवश्यकता समेत पर्दछ।

‘४२ हप्ताभन्दा बढीमा शिशु जन्माए, लामो समयसम्म व्यथा लागे, पेटमा शिशु हुँदा अप्ठ्यारो भयो भने पनि शिशु पेट भित्रै निस्सासिन सक्छ,’ उनले भनिन्, ‘तालिम प्राप्त नर्स र चिकित्सक भएका स्वास्थ्य संस्थामा समयमै लगियो भने उपचार हुन्छ। नभए पेटभित्रै शिशु निस्सासियो भने मस्तिष्कमा अक्सिजन नपुग्दा उसको वृद्धि विकासमा पनि असर गर्छ। र, उपचार भएपनि उसको मुटु, मिर्गौलामा असर गर्न सक्छ।’

आमाको शरीरमा कुनै किसिमको संक्रमण भए शिशुलाई पनि संक्रमण हुन सक्ने उनले बताइन्। अधिकांश बच्चा निस्सासिने समस्या पनि आमाको पेटभित्रै हुन्छ।

यो सँगै शिशु जन्मिएपछि निलो हुने, हात खुट्टा नचलाउने, वान्ता हुने, दूध चुस्न नसक्ने समस्या देखिन्छन्। रक्तचाप, मधुमेह भएका, कलिलो उमेर र धूम्रपान गर्ने महिलाले जन्माएको शिशु अस्वस्थ हुने गरेको उनले बताइन्। विशेषगरी यी महिलाहरुले महिना नपुगी शिशु जन्माउने गरेको पाइएको छ।

कतिपय शिशुलाई जन्मिनै बित्तिकै जण्डिस समेत हुने गर्छ। जण्डिस भएका शिशुको छाला र आँखाको सेता भागहरु पहँेलो हुन्छ। रगतमा भएका रक्तकोषहरु टुक्रिन्छन् र रगतमा बिलिरुबिन भन्ने पदार्थ मिसिन्छ। नवजात शिशुहरुको कलेजोको अतिरिक्त बिलिरुबिनलाई सम्हाल्नको लागि परिपक्क भइसकेको हुँदैन। समय नपुगी जन्मिएका, राम्रोसँग स्तनपान नगरेका, आमाको भन्दा फरक रक्त समूह भएका र संक्रमण भएका कारण पनि बच्चालाई जण्डिसको समस्या हुन सक्छ।

सामान्यतया बालबालिका जन्मिएको पहिलो २४ घण्टाभित्र कालो दिसा गर्छन्। केहीलाई भने २र३ सम्म हुने उनले बताइन्। दिसा र पिसाब अडाउने प्रणालीको विकास नभइनसकेको दुई महिनासम्म दूध खाने बित्तिकै दिसा पिसाब हुने उनले बताइन्।

‘पाँचरसात दिनसम्म कब्जियत भयो भने समस्या हुन्छ। दिसामा रगत देखियो, दिसा गर्दा बच्चा धेरै रुने, पानी जस्तै दिसा गरेको छ भने पनि समस्याको रुपमा लिनुपर्छ,’ उनले भनिन्।

बालबालिकाको दिसाको रंग उसले खाने खानेकुरामा पनि भर पर्छ। दूध मात्र खाइरहेकाको सेतो, साग खाए हरियो हुने पनि हुन्छ।

स्तनपान कति पटक गराउने ?
आमाको दूध शिशुको लागि अमृत समान मानिन्छ। शिशु जन्मिने बित्तिकै छिटोभन्दा छिटो स्तनपान गराउनुपर्छ। जन्मिने बित्तिकै संभव नभए आधा घण्टा वा एक घण्टा भित्र स्तनपान गराउनु नै पर्ने उनले बताइन्। बच्चा जन्मिने बित्तिकै कृत्रिम पाउडर दूधभन्दा पनि आमाको दूध नै खुवाउनुपर्ने उनले बताइन्। २ वर्षसम्मको बालबालिकाका लागि स्तनपान अनिवार्य मानिन्छ।

उनले भनिन्, ‘६ महिनासम्म त एक्सक्लुसिभ ब्रेस्ट फिडिङ्ग अर्थात् आमाको दूध मात्र खुवाउनुपर्छ। दिनमा कम्तीमा ८ र धेरैमा १२ पटक स्तनपान गराउनुपर्छ।’

बच्चा सुतिरहेको अवस्थामा स्तनपान गराउनु हुँदैन। शिशु जन्मिएको २४ घण्टाभित्र नुहाउनु हुँदैन।

पोषणको महत्व
बालबालिकाको वृद्धि विकासका लागि पोषण सबैभन्दा महत्वपूर्ण पाटो हो। सही पोषणयुक्त खानाको अभावमा बालबालिकाहरुमा कुपोषण लगायतको स्वास्थ्य समस्या हुन्छ।
सही पोषणको अभावमा बालबालिकाको वृद्धि विकासमा असर पुग्ने पोषणविद बिनिता पन्त बताउँछिन्। हामीले खाएको खानेकुराबाट उर्जा अर्थात् क्यालोरी प्राप्त गर्छौं। बालबालिकाहरुलाई पनि उनीहरुको उमेर अनुसार निश्चित क्यालोरीको आवश्यकता पर्दछ। ६ महिनासम्म प्रतिदिन ५३० र ६ देखि १२ महिनासम्म ६८० क्यालोरीको आवश्यकता पर्ने पन्तले बताइन्।

६ महिनासम्म आमाको दूधले मात्र पुगेपनि ६ महिनादेखि सेमी सोलिड अर्थात् दाल, जाउलो, फलफूलको जुस, लिटो लगायत खानेकुराहरु सुरु गर्नुपर्छ। यी खानेकुराहरु पनि आवश्यकताभन्दा बढी जोड गरेर खुवाउनु हुँदैन। बाहिरी तयारी खानेकुराभन्दा घरमै बनेका खानेकुरामा जोड दिन अभिभावकलाई पोषणविद पन्तको आग्रह छ।

‘यी खानेकुराहरु एकदमै बढी खुवाउने चलन देख्छु। एक वर्षसम्मको बच्चालाई ६८० क्यालोरी मात्र चाहिन्छ। त्यसमा पनि ३४० क्यालोरी त आमाको दूधबाटै प्राप्त गर्छ। दुई–दुई घण्टामा अनि मात्रा पनि एकदम बढाएर खुवाउँछन्। जुन गलत हो,’ उनले भनिन्।

आवश्यकताभन्दा बढी मात्रामा खानेकुरा खुवाउँदा मोटोपनको समस्या निम्तने उनले बताइन्। ६ देखि १ वर्षसम्म १० दशमलव ५ ग्राम र १ देखि ३ वर्षसम्मको बालबालिकालाई १२ दशमलव ५ ग्राम प्रोटिन भए पुग्छ। तर कतिपय आमाहरुले अनावश्यक रुपमा मासु, अण्डा, पनिरहरु खुवाउने गरेको पन्तले बताइन्। ३ वर्षसम्मको बालबालिकालाई धेरैमा २० ग्राम प्रोटिन भए पुग्छ। तर कतिपय अभिभावकले ४०/५० ग्रामसम्मको प्रोटिन समेत खुवाउने गरेको उनले बताइन्। मासु र अण्डालाई विकल्पको रुपमा मात्र प्रयोग गर्न उनको सुझाव छ। जस्तो की दुई पिस मासु दिए अण्डा पर्दैन र अण्डा दिए मासु पर्दैन।

एक वर्षसम्म बालबालिकाको मिर्गौला परिपक्क नहुने भएकाले धेरै प्रोटिनको मात्रा उनीहरुले पचाउन सक्दैनन्। आवश्यकभन्दा बढी मात्राको प्रोटिनले उनीहरुको मिर्गौलामा असर समेत गर्न सक्छ। यो सँगै एक वर्षसम्म बालबालिकालाई नुन पनि दिनु हुँदैन।

बढी मात्रामा प्रोटिन, फ्याट, कार्बोहाइड्रेड खुवाउँदा बच्चाले पचाउन सक्दैनन्। ६ देखि १२ महिनासम्मको बालबालिकालाई २५ ग्राम अर्थात् पाँच चिया चम्चा फ्याट भए पुग्छ। जसमध्ये बालबालिकाले आमाको दूधसँगै उसले खाने खानेकुराबाट पनि प्राप्त गरिरहेको हुन्छ।

६ महिनापछि नै अन्य खानेकुरा खुवाउन सुुरु गरिने भएकाले बालबालिकामा वान्ता, झाडापखालाको समस्या आउन सक्ने बताउँदै उनी भन्छिन्, ‘दूध खाइरहँदा सबै पोषण मिलिरहेको बेला अरु खानेकुरामा एड्जस्ट हुँदा बच्चाहरुमा केही समस्या हुन सक्छ। वान्ता, झाडापखाला भइरह्यो भने बच्चाको तौल पनि घट्न सक्छ।’

एक वर्षपछि आमाको दूधलाई घटाउँदै अर्ध ठोस (सेमी सोलिड) र ठोस पदार्थ (सोलिड) खानेकुराको मात्रा बढाउँदै लैजानुपर्ने उनले बताइन्। नयाँ खानेकुरा सुरु गर्दा एक सातामा एउटा मात्र नयाँ खानेकुरा खुवाउनुपर्ने उनले बताइन्। सुरु गरिएको उक्त खानेकुरालाई बच्चाले पचाउन सक्छरसक्दैन, उसको शरीरलाई राम्रो गर्छरगर्दैन भनेर अभिभावकले ध्यान दिनुपर्ने हुन्छ।

बालबालिकालाई चाहिने सन्तुलित भोजन र पोषण बारे अझै पनि धेरै अभिभावकलाई सही जानकारी नभएको उनले पाएकी छिन्। आमाले चाहिनेभन्दा खानेकुरा खुवाउँदा बच्चाले धेरै वान्ता गरेर अस्पताल समेत ल्याउने गरेको उनले सुनाइन्।

धेरैजसो बालबालिकाहरु अहिले घरेलु खानाभन्दा जंकफूड तर्फ बढी आकर्षित भइरहेका छन्। चाउचाउ, बिस्कुट, कुरकुरे, चिप्स लगायत जंकफूड त बालबालिकाहरुको मनपर्ने खानेकुरा नै भइसक्यो। तर यी खानेकुराले बालबालिकाको वृद्धि विकासमा असर पुग्ने बताउँछिन्, पोषणविद पन्त।

‘अहिलेको बच्चाहरुमा कर्नफ्लेक्स, चोकोज, बिस्कुट लगायत धेरै नै क्यालोरी भएका खानेकुराहरु खुवाई रहेको देखिन्छ। फ्याट, क्यालोरी भएकाले यी खानेकुराले मोटोपनाको समस्या ल्याउँछ। मोटोपनाको समस्या बढ्नु भनेको दीर्घकालीन रुपमा मुटु, मिर्गौला सम्बन्धी रोग लाग्ने संभावना पनि हो।’ उनले भनिन्, ‘बरु घरमै परौठा, रोटी, हलुवा, पुवा, तरकारी धेरै राखेर पास्ता नै घरमा बनाए राम्रो हुन्छ।’

तीन वर्षसम्मको बालबालिकालाई फलफूल र तरकारी दैनिक डेढ सयदेखि दुई सय ग्राम दिनुपर्छ। प्रशोधित तथा जंकफूड नदिने, पोषणयुक्त खानेकुरा पनि मात्रा मिलाएर मात्र दिन पोषणविद पन्तको सुझाव छ।

बाहिरी खानेकुरा खान थालेपछि बालबालिकाले घरमा बनाएका खानेकुरा खान छाड्ने गरेको उनले बताइन्। आफ्नो बालबालिकाको उमेर अनुसार दिनुपर्ने खानेकुरा बारे जानकारी राख्न उनको आग्रह छ। बच्चाको पोषणमा ध्यान दिइरहँदा स्तनपान गराउने आमाले पनि आफ्नो पोषणमा ध्यान दिनुपर्ने उनले बताइन्।

जबरासँग बयान लिने क्रम आज पनि जारी

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिने क्रम आज पनि जारी छन् । समितिका सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माका अनुसार जबरालाई आज बिहान ११ बजे पुनः समितिमा बोलाइएकौ हो । समितिले जबरासँग बुधबार साढे ३ घण्टासम्म बयान लिएका थीए । समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको भए तापनि बुधबार ४ वटाको मात्र जवाफ लिन भ्याएको थियो ।

बुधबार बयान दिने क्रममा जबराले महाअभियोगको प्रस्ताव नै अवैध भएको दाबी गर्नुभयो । प्रतिनिधिसभाको एउटा अधिवेशनमा महाअभियोग प्रस्ताव दर्ता भएको तर उक्त अधिवेशनले प्रस्तावको टुंगो नलगाएकाले महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसकेको उहाँको दाबी थियो । आफू संसद्को सम्मानका लागि मात्र समितिमा आएको बताउँदै उहाँले भन्नुभयो– ‘यति गम्भीर विषयमा पनि संविधान र नियमावली किन पालना गरिएन रु’ उहाँले महाअभियोग प्रस्तावलाई प्रतिनिधिसभा पुनस्र्थापना र नयाँ सरकार गठनसँग जोड्दै कारबाही गर्ने भए पाँचै जना न्यायाधीशमाथि गर्नुपर्ने जिकिर गर्दै आफूमाथि मात्र महाअभियोग प्रस्ताव दर्ता गर्नुको कारण पनि सोध्नुभएको थियो । वि।सं। २०७८ असार २८ गते प्रधानन्यायाधीश राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले २४ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।

बयान दिने क्रममा जबराले आफूभन्दा पछाडिका दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउनका लागि आफूमाथि महाअभियोग लगाइएको आरोप लगाउँदै भन्नुभयो– ‘मसँग पनि ३–४ पटक कार्कीलाई प्रधानन्यायाधीश बनाउन बाटो खोल्न भन्दै आएका थिए । तर, मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हुँ ।’ उहाँले न्यायाधीश हरिकृष्ण कार्कीमाथि पनि आफ्नो स्वार्थअनुसारको मुद्दा मात्रै हेर्ने गरेको आरोप लगाउँदै भन्नुभयो– ‘उहाँ ओलीजीको महान्यायाधिवक्ता भएको भन्नुहुन्छ तर आफूलाई स्वार्थ परेको मुद्दा मात्र हेर्नुहुन्छ ।’

जबराले बार एसोसियसनलाई पनि दबाबमा आन्दोलनमा उतारिएको आरोप लगाउँदै प्रश्न गर्नुभयो– ‘प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गर्न आचारसंहिता, संविधान र कानुनले दिन्छ रु उहाँले नेपाल बार एसोसियसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र तत्कालीन महासचिव लीलामणि पौडेलले उच्च अदालतमा न्यायाधीशको भाग मागेको र त्यो स्वार्थ पूरा नहुँदा आफूविरुद्ध आन्दोलन चर्काएको आरोप पनि लगाउनुभएको छ ।

त्यति मात्रै होइन, उहाँले पौडेलले आफ्नै कार्यकक्षमा आएर उच्च अदालतमा न्यायाधीशको भाग मागेको दाबी समेत गर्नुभएको थियो ।सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको मुद्दामा स्वार्थ रहेको आरोप लगाउँदै त्यो पूरा नभएकोले आफूविरुद्ध आन्दोलनमा उत्रिएको आरोप पनि लगाउनुभएको छ । त्यसै गरी वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि आफूहरूले घुस खुवाउने, न्यायाधीशहरूले खाने गर्छन् भन्दै हिँडेको आरोप लगाउँदै भन्नुभयो– ‘शम्भु थापा नै यसो भन्दै हिँड्नुहुन्छ भने अब जनताले के बुझ्ने ?

पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका–५ अम्बोट नजिक भ्यापलेमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेका छन् ।

तीन दिनदेखि लगातार वर्षाका कारण बाटो माथिबाट खसेको पहिराले आज बिहानदेखि लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिनुभयो । वर्षा नरोकिएकाले माथिबाट ढुङ्गा झरेको हुँदा सडक खुलाउन मुस्किल भएको उहाँको भनाइ छ । 

पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको छ । पानी पर्न छाडेपछि पहिलो हटाइने न्यौपानेले बताउनुभयो । यसअघि मङ्गलबार पनि त्यही ठाउँमा पहिरो खसेको थियो । पहिराका कारण गन्तव्यतर्फ हिँडेका यात्रु बाटोमै अलपत्र छन् । केही यात्रु हिँडेरै गन्तव्यतर्फ लागेका बताइएको छ ।

राष्ट्रिय सभा बैठक बस्दै, सम्भावित कार्यसूची यस्तो छ

१६ विहीबार काठमाडौं । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

त्यस्तै बीमा विधेयक २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव, शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

मतपेटिका खरिद नगर्न निर्वाचन आयोगलाई उच्च अदालतकाे आदेश

काठमडौँ । उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेका छन्।

न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल मतपेटिका खरिदको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश जारी हुने र नहुने सम्बन्धमा निर्णयमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेश छलफलका लागि २०७९ भदौ १९ को पेसी तोकी पक्षहरूलाई जानकारी दिनुहोला ।’

आदेशमा अगाडि भनिएको छ, ‘त्यस अवधिसम्म निर्वाचन आयोगको मतपेटिका आयात र वितरणको बोलपत्रसम्बन्धी कामकारबाही हाल जे, जुन अवस्थामा छ, सोही अवस्थामा यथास्थितिमा राख्नु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’ मतपेटिका खरिदको बाँकी प्रक्रिया के हुने भन्नेबारे भदौ १९ मा निर्णय हुनेछ।

फेसबुकमा गाली गर्नेलाई जेल हाल्ने चेतावनी मेयर हर्क

काठमाडौँ । उनले आफूलाई फेसबुकमा गाली गर्नेलाई पत्ता लगाएर पक्राउ पूर्जी जारी गर्ने चेतावनी दिएका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै मानहानी र गाली बेइजतिको मुद्धा चलाउने चेतावनी दिए । उनले लेखेका छन्, ‘फेसबुकमा गालि गलौज गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पूर्जी जारी गरिनेछ । अनि मानहानी र गालि बेइज्यतीको मुद्दा चलाइनेछ । यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु ।’

उनले यो स्टाटस राखेको केही बेरमा गालीको ओइरो लागेपछि उनले अर्को स्टाटस राखेका छन् । उनले अर्को स्टाटसमा विरोध गर्न पाइन्छ भन्द्रै आफ्नै स्टाटसको बचाउ गरेका छन् ।

उनले लेखेका छन्,’ विरोध गर्न लोकतन्त्रमा पाइन्छ । तर्क सहितको विरोध र बहसलाई मैले सधैव धन्यवाद दिंदै आएकैछु तर तल्लो स्तरको शब्द प्रयोग गरेर गालि गर्ने छुट कसैलाई छैन । पत्ता लगाएर जेल हाल्न नपरोस ।’