भीमफेदीमा बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

भीमफेदी गाउँपालिका जुरिखेतमा बिहीबार दिउँसो ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । एक जनाको भने उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको उक्त बस भीमफेदीको आरोलोमा सडकबाट तल खस्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरुको हेटौँडामा उपचार भइरहेको जानकारी दिएको प्रहरीले दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको बताएको छ ।

प्रधानमन्त्रीलाई ओलीको प्रश्न ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाभियोग लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बचाउमा लागेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाललाई एमाले प्रवेश गराउदै ओलीले महाभियोगको पुष्टि नभइ प्रधानन्यायाधीश जबरालाई देउवा सरकारले बालुवाटारमा नजरबन्दमा राखेको भन्दै आपत्ती जनाए।

असोज १ गते राति संसदको कार्यकाल सकिएसँगै महाभियोग निस्क्रिय भएको भन्दै जबराले असोज २ गते आइतबार सर्वोच्च जान खोजेपछि सरकारले रोक लगाएको थियो। सर्वोच्च जान नपाएपछि जबराले आफूलाई नजरबन्दमा राखेको अभिव्यक्ति दिएका दिए। सोही विषयलाई लिएर ओलीले महाभियोग पुष्टि नहुँदै जबरालाई बलजफ्ती नजरबन्दमा राखेको भन्‍दै आक्रोश पोखे।

उनले भने, म प्रधानमन्त्री शेरबहादुर देउवासँग सोध्न चाहन्छु, आरोप पुष्टि नहुँदै घर घेर्नु र नजरबन्दमा राख्नु राज्य आतंकको पराकाष्ट हो। यो कुन कानुनमा उल्लेख छ ?

अर्को प्रशंगमा ओलीले संविधानले नचिनेका मान्छेले राष्ट्रपतिको मजाक उडाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे।
उनले राष्ट्रपतिको अपमान गर्ने काम महानता हो भनेर गठबन्धनले ठानेको तर्क गरे।

नागरिकता विधेयकका बारेमा गठबन्धन एकलौटी ढंगले अघि बढेको र एकपटक पनि राष्ट्रपतिसँग परामर्श नगरेको उनको भनाइ छ।

ओलीले नेपाली नागरिकलाई मात्रै नागरिकता दिने काम हुनुपर्ने भन्दै बिदेशीहरुलाई नागरिकता दिने काम सरकारले गर्न नसक्ने धारणा राखे।

मिथिला विहारी नगरपालिकाले दर्जन कर्मचारीलाई फिर्ता पठाए

काठमाडौँ । धनुषाको मिथिला विहारी नगरपालिकाले दर्जन कर्मचारीलाई फिर्ता पठाएका छन् ।

मन्त्रालयले चालु आर्थिक वर्षदेखि सशर्त अनुदान पठाउन बन्द गरेको र नगरपालिकाको आन्तरिक आयस्रोत न्यून भएकाले स्वीकृत दरबन्दी भन्दा फाजिलमा रहेका ११ स्वास्थ्य सेवाका कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा फिर्ता पठाएको हो ।

‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ देखी सशर्त अनुदान पठाउन बन्द गरेको र नगरपालिकाको आय स्रोत न्यून भएकाले दरबन्दी भन्दा फाजिल कर्मचारीको तलब भत्ता दिन नसकिने भएकाले नगर कार्यपालिकाको २०७९ भदौ २४ गतेको निर्णयअनुसार आजकै मिति -२०७९ असोज -६ गते बाट लागु हुने गरी कर्मचारी फिर्ता पठाएको जानकारी गराइन्छ’, मन्त्रालयलाई बोधार्थ गरिएको पत्रमा उल्लेख गरिएको छ ।

नगरपालिकाले सिनीयर अहेव (छैटौँ) वीरेन्द्र नायक र शङ्कर मण्डल, सिनीयर अहेव (पाँचौँ)ओमप्रकाश यादव, राजेन्द्र कुमार शाह हेल्थ असिस्टेन्ट (पाँचौँ) लाई फिर्ता पठाएको हो ।

यस्तै अहेव (चौथो) संजित कुमार यादव, रामशोभारभ मण्डल, राम शङ्कर मण्डल, धिरेन्द्र यादव, वीरेन्द्र कुमार झा, प्रदीप कुमार साह र अमृत कुमार पासमानलाई पनि नगरपालिकाले फिर्ता पठाइएको छ ।

स्वास्थ्य सेवामा उहिल्यै देखिको गोलमाल छ, त्यसैमाथि समायोजनको समस्या अहिलेसम्म पनि समाधान गर्न नसक्दा कर्मचारीले त सास्ती पाएका छन् नै सेवा प्रवाहमासमेत नकारात्मक असर पर्दै गएको छ ।

कृषि बैंकले वभिन्न सेवामा विशेष छुट दिनुका साथै निक्षेपमा ब्याज बढायो, लखपति करोडपति खातामा जम्मा गर्नु पर्ने रकम र अवधि घटाया

कृषि विकास बैंक लि.ले आफ्ना ग्राहकहरुको लागि निक्षेपको व्याजदरमा भारी बृद्धि गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार यही २०७९ आश्विन १ गतेदेखि लागुूहुने गरी निक्षेपका विभिन्न शीर्षकहरुको व्याजदरमा बृद्धि गरेको हो । अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने क्रममा बैंकले हालै रिकरिङ खाताको प्रोडक्ट जारी गरी नियमित, मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक किस्तामा रकम जम्मा गरी खाता खोल्न सकिने प्रोडक्ट जारी गरेको छ । बैंकले आफ्नो नयाँ सेवा ‘लखपति करोडपति धमाका’ ल्याएको छ । यसमा हजार राखे लाख र लाख राखे करोड पाउनुका साथै न्युनतम रकम र निश्चित अवधिमा राखिएको रकमको दुई गुणा, तीन गुणा र पाँच गुणा हुने गरी प्रतिफल प्राप्त गर्न जम्मा गर्नु पर्ने निक्षेप रकम र अवधि घटाएको छ । यसले गर्दा यस सेवा उपभोग गर्ने ग्राहकले अझै बढी सेवाको महसुस गर्ने भएका छन् ।


साथै वडादशै, तिहार, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा बैंकमा गई लखपति करोडपति धमाका खातासहित साधारण बचत, चेतनशील नारी बचत, कृषक बचत, शेयरहोल्डर बचत, बाआमा बचत, सम्बृद्धि बचत, कर्मचारी निवृत्तिभरण बचत, सामाजिक सुरक्षा विशेष बचत, सबैं नेपालीको बचत, रेमिट्यान्स बचत, मेरो खुसी मेरो भविष्य मुद्धति, सेवानिवृत्त कर्मचारी मुद्धति, छोरी छोरा जीवन समुन्नत खाता, अक्षयकोष खाता खोल्दा भिसा कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिम्याट, ऋच्ल्, ीयअपभच सेवामा विशेष छुट प्रदान गरेको छ । ंसेवा प्राप्तीका लागि नजिकैको शाखा वा अनलाइनबाट पनि खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ । थप जानकारीका लागि बैंकको धभदकष्तभ धधध।बमद।िनयख।लउ मा गई जानकारी र सेवा लिन सकिने बैंकले जनाएको छ ।

वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरे

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेका छन् ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएका छन् ।

डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरु हटाउन महानगरले सूचना जारी गरेको थियो । तर अटेर गरेर सो क्षेत्रमा औषधि लगायतका पसलहरु सञ्चालनमा रहेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको महानगरको भनाइ छ ।

संज्ञा पोखरेलको नाम समानुपातिकको सूचीबाट हटाए

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छोरी संज्ञा पोखरेलको नाम समानुपातिकको सूचीबाट हटाएका छन् । संज्ञाको नाम गण्डकी प्रदेशसभा सदस्यका लागि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएर आएको थियो ।

उनको नाम कास्की जिल्लाबाट पनि खस आर्य तर्फ पहिलो नम्बरमा सिफारिस भएको थियो भने गण्डकी प्रदेशले समेत उनको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो । तर असोज ३ गते निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्द सुचीको नाम बुझाउने बारेमा छलफल भइरहदा पौडेलले छोरी संज्ञाको नाम हटाएका हुन् ।

संज्ञा कास्की क्षेत्र नम्बर १ बाट पार्टीको महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन भने अहिले गण्डकी प्रदेश समितिको सदस्य हुन् । उनी गत जेठमा घरको छतबाट चिप्लिएर लडेपछि लामो समय ट्रमा सेन्टरमा उपचार गराएर घरमा थेरापी गराएर आरम गरिरहेकी छन् ।

नेपाली कांग्रेसको समानुपातिकको सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा, तथा पार्टीका शीर्ष नेताहरु र आफन्त परेको भनेर आलोचना भइरहेका बेलामा पौडेलले भने आफ्नी छोरी संज्ञाको नाम समानुपातिकको सूचीबाट हटाएका हुन् । पौडेलले गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले असहमति जनाउँदा जनाउँदै पनि छोरी संज्ञाको नाम हटाएको स्रोतले जनाएको छ ।

राष्ट्र बैङ्कले ४० अर्बको ट्रेजरी बिल किने

काठमाडौँ । बैङ्कहरू तरलता सङ्कट गहिरिँदै गएपछि राष्ट्र बैङ्कले ट्रेजरी बिल सोझै खरिद गरेर बजारमा तरलता पठाउने भएका छन् ।

राष्ट्र बैङ्कले ६ असोज बिहीबार ४० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिदको लागि बोलकबोल गर्न लागेको हो । राष्ट्र बैङ्कले सोझै खरिद बोलकबोल (आउट राइट पर्चेज) मार्फत प्रणालीमा ४० अर्ब रुपैयाँ पठाउन लागेको हो ।

६ असोज बिहीबार ३ बजेसम्म बोलकबोल पेस गर्न सकिने र ७ असोज शुक्रबार उक्त ट्रेजरी बिल खरिद हुने राष्ट्र बैङ्कले जनाएको छ ।

सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोलबमोजिमको वार्षिक प्रतिफल दर गणना गरी सबैभन्दा बढी प्रतिफलदर बोल गर्ने काउन्टर पार्टीलाई प्राथमिकतामा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ राष्ट्र बैंकले जनाएको छ ।

तर, समान वाषिर्क प्रतिफल दर भएका बोलपत्रहरूको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रूपमा बाँडफाँट हुनेछ ।

चालु आर्थिक वर्षमा नवीकरणको लागि बोलकबोल भएको ट्रेजरी बिल राष्ट्र बैङ्क आफैले धमाधम खरिद गरिरहेको छ । तर, यस पटक भने ट्रेजरी बिल सोझौ खरिद गरेर राष्ट्र बैङ्कले प्रणालीमा तरलता पठाउन लागेको हो ।

केही दिनअघि पुरानो ऋणपत्र नवीकरण गरिरहेको राष्ट्र बैङ्कले यसपालि भने बजारमा पैसा पठाउन लागेको हो । चालु वर्ष दोस्रो पटक आउट राइट पर्चेज गर्न लागेको हो । यसअघि २५ अर्ब रुपैयाँ बजारमा दिएको थियो ।

२०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारको ट्रेजरी बिल साझै खरिद हुने केन्द्रीय बैङ्कले जनाएको छ ।

सिक्लेस हाइड्रोपावरको आईपीओ अर्को साता बाँडफाँट हुने

सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ अर्को साता बाँडफाँट हुने भएका छन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार भोलि शुक्रबार प्रि अलटमेन्टको काम सकाएर अर्को साता शेयर बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १६.२९ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १ लाख ५ हजार ८०० जनाले मात्रै कम्पनीको शेयर पाउनेछन् ।

भण्डारीले संविधानलाई लात हानेपछि शीर्ष नेताद्वारा आलोचना

काठमाडौं । नेपाली कांग्रेससहित ४ दलका शीर्ष नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाविरुद्धको हर्कत भनेर कठोर आलोचना गरेका छन् ।

मंगलबार बालुवाटारमा बसेको ४ दलका शीर्ष नेताहरूको बैठकपछि जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीको कदमविरुद्ध सचेत रहन आह्वान गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको यो कदमका विरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, संचार जगत लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा यो बैठक आह्वान गर्दछ ।’

विज्ञप्तिमा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

‘राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमाबाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएका छन्’, विज्ञप्तिमा भनिएको छ ।

‘अर्कोतिर संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहीत सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभूत मूल्य मान्यतामा गम्भीर प्रहार भएको यो बैठक ठहर गर्दछ’, ४ दलले भनेका छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पुनः पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको १५ दिनको समयसीमाभित्र प्रमाणीकरण नगरेर राष्ट्रपति संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथिनै प्रहार गरेको चार दलका शीर्ष नेताहरूले जनाएका छन् ।

राष्ट्रपतिको यो गैरसंवैधानिक कदमबाट जनताले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको चार दलले उल्लेख गरेका छन् ।

पूर्वप्रहरी महानिरीक्षक खनाल एमालेमा प्रवेश

काठमाडौँ । पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।

बिहीबार पार्टी कार्यलय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका छन् ।

गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बिहीबार (आज) दिउँसो बस्दैछ ।

राष्ट्रपतिको कदमले बुधबारका लागि बोलाएको गठबन्धनको बैठकमा सिट भागबण्डाबारे प्रवेश नै गर्न पाएको थिएन । कार्यदल सदस्यसहित शीर्ष नेता सहभागी हुने आजको बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बोलाएको कार्यदलका सदस्यसचिव केशव जोशीले जानकारी दिए ।

गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छैन । प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको सिट समेत भागबण्डा गर्ने तयारीमा रहेका दलहरुबीच प्रतिनिधि सभा तर्फका १ सय हाराहारीमा सहमति जुटेपनि बाँकीमा सहमति जुटाउने प्रयास भइरहेको नेताहरुको भनाई छ ।

टुकुचामाथि बनेका संरचनामा महानगरको डोजर, स्थानीय र व्यवसायी अदालत गुहार्ने

काठमाडौँ । सम्पूर्ण कर बुझाएको, रीतपूर्वक खरिद गरेको र नक्सा पास भएको जमिनमा महानगरले डोजर चलाएको भन्दै थप २२ जना उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । उक्त विषयमा बुधबार छलफल भए पनि फैसला भएको छैन ।

यसअघि जे–नेक्स इन्भेस्टमेन्ट प्रालि, प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्स प्रालि र स्थानीय उत्तरमान लामाले महानगरको कदमविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले असोज २ मा महानगरको नाममा अन्तरिम आदेश जारी गर्दै निवेदकको संरचनामा क्षति नगर्न निर्देशन दिनुका साथै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

उच्च अदालतले बुधबार महानगरपालिका र निवेदक दुवै पक्षको बहसपछि टुकुचासम्बन्धी फाइल माग गरेको छ । मेयर बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार नक्सा पास गर्दा इजजातपत्र केका आधारमा दिएको भन्ने सम्बन्धमा पनि महानगरसँग अदालतले लिखित जवाफ माग गरेको छ ।

अतिक्रमण भएको भन्दै केही दिनदेखि काठमाडौँ महानगरपालिकाले टुकुचा खोज्ने अभियान सुरु गरेको छ । सहरी विकास मन्त्रालयले ३ वर्षअघि बनाएको टुकुचाको डीपीआर योजनाअन्तर्गत महानगरले टुकुचा छोपिएको क्षेत्रमा डोजर लगाइरहेको छ ।

वर्षौँदेखि बसोबास गर्दै आएका हात्तीसार क्षेत्रका केही स्थानीय र व्यवसायीले भने महानगरले गैर कानुनी रूपमा संरचनाहरू भत्काएको भन्दै विरोध गरिरहेका छन् । अभियान सुरु गरेको भोलिपल्टै उच्च अदालत पाटनमा महानगरको कदमविरुद्ध रिट परेको थियो । महानगरपालिकाका कानुनी विभागका प्रमुख वसन्त आचार्यले पनि मुद्दा परेको बताए ।

नक्सा पास गरेको घर महानगरले जबरजस्ती भत्काउन खोजेको भन्दै लक्ष्मी बैङ्कले पनि आपत्ति जनाएको छ । बैङ्कले पनि अदालत जाने तयारी गरेको छ । टुकुचा खोला मिचेर लक्ष्मी बैङ्कले घर बनाएको भन्ने कुरा सत्य नभएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बताए ।

उनका अनुसार हाल बैङ्कको केन्द्रीय कार्यालय रहेको हात्तीसारस्थित भवनअगाडिको ९मुख्य सडकसँग जोडिएको० जग्गा साबिकको हाइसेफ फाइनान्स लिमिटेडले ०५७ सालमा खरिद गरेको हो । पछि उक्त फाइनान्स लक्ष्मी बैङ्कसँग मर्जर भएपछि त्यो जग्गा पनि बैङ्कको स्वामित्वमा आएको हो ।

पछिल्तिर ९टुकुचा खोलातिरको० जग्गा ०६४ सालमा बैङ्कले दुई जना व्यक्तिहरूसँग छुट्टाछुट्टै खरिद गरेको हो । जसअनुसार एउटा कित्ता १५ आना र अर्को कित्ता १६ आनाको छ । अहिले विवाद भएको यही दुई वटा कित्तामा हो । उनले भने, ‘हाल विवाद भएको जग्गाको लालपुर्जा, नापीको ट्रेसलगायत सबै कागजात हामीसँग छ, त्यसमा कहीँ, कतै खोला देखिँदैन । अब कानुनी उपचारमा जान्छौँ । कानुनले जे भन्छ, त्यही हुन्छ ।’ यद्यपि कानुनी उपचारमा जानेबारे बुधवारसम्म बैङ्क सञ्चालक समितिमा निर्णय भई नसकेको उनले बताए ।

अदालतले उक्त कार्यलाई तत्काल रोक लगाउन भने पनि महानगरले आफ्नो अभियान जारी राखेको छ । महानगरले मुद्दा दायर गर्ने व्यक्ति संस्थाले अदालतबाट स्टे अर्डर ल्याएपछि डोजर चलाउने गरेको छैन । अन्यको हकमा डोजर लगाइरहेको छ । नगर प्रहरीको टोलीले बुधबार पनि टुकुचा खोज्ने क्रममा हात्तीसारस्थित सिद्धार्थ बैङ्क दक्षिण क्षेत्रको प्वाइन्टमा २० फिट खनेको छ । २० फिट खन्दा पनि टुकुचा नभेटिएपछि टोली फर्किएको थियो ।

‘सिद्धार्थ बैङ्कको दक्षिणतर्फको प्वाइन्ट खन्न गाह्रो भयो, २० फिट खनिँदा पनि टुकुचा भेटिएन, ड्रिल मेसिन नभएपछि खन्ने काम रोकिएको छ,’ नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले कान्तिपुरसँग भने । उनले स्थानीय जनप्रतिनिधिको अगुवाइमै भत्काउने गरिएको जानकारी दिए । नगर प्रहरी प्रमुख पाण्डे संरचना भत्काउने क्रममा स्थानीयवासी र अन्य कसैले चुइँक्क नबोल्ने तर अदालतमा मुद्दा दायर गर्ने गरेको बताए ।

महानगरपालिले भदौ पहिलो सातादेखि सुरु गरेको अनधिकृत संरचनामा डोजर चलाउने अभियान जारी छ । अनधिकृत संरचना हटाउन भनेर ३५ दिने सूचना निकाले पनि सम्बन्धित घरधनीले अटेर गरेपछि डोजर लगेर भत्काइरहेको हो । त्यस्ता संरचना भत्काउनुअघि महानगरको टोलीले एक पटक सूचना दिने गरेको छ ।

महानगरमा आउने सूचना, जनप्रतिनिधिबाट प्राप्त जानकारी, नगर प्रहरीको सूचना र आउने उजुरीहरूका आधारमा अनधिकृत संरचना पहिचान गर्ने गरिएको छ । ती संरचनाको वस्तुस्थिति बुझ्न र त्यसलाई भेरिफाइ गरेपछि नगर प्रहरीले माइकिङ गर्ने पाण्डेले बताए । माइकिङ गरेको भोलिपल्टदेखि जुनसुकै समयमा ती संरचना महानगरले भत्काउँदै आएको छ । पाण्डे भन्छन्, ‘हाम्रो यसअघिको ३५ दिने सार्वजनिक सूचना नै संरचना भत्काउन काफी छ तर पनि हामी एक पटकचाहिँ माइकिङ गरेर हटाउन भन्दै आएका छौँ ।’

अभियान सुरु भएयता महानगरले वडा नम्बर ५, २४, २५ र २७ मा बनाइएका ओभरल्याप हटाएको छ । १६ नम्बर वडामा ७ वटा टहरा र १ वटा भर्‍याङ, भोटाहिटी पीपलबोटमुनि रहेका दुई वटा टहरा हटाइएको नगर प्रहरी निरीक्षक धर्म भण्डारीले जानकारी दिए ।

यस्तै, माछापोखरी नापतौलअगाडि र महादेव खोला किनारमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका स्थायी र अस्थायी गरी ४३ वटा टहरा महानगरले हटाएको छ । वनस्थली ढुंगेधारा क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएको टहरा पनि हटाएर खाली गराइएको उनले बताए ।

नगर प्रहरीले वसुन्धरा चोकबाट सिर्जनशील मार्गसम्म करिब ९ सय मिटर जीएलडी बाटो खोल्ने कार्यमा करिब सय घरको कम्पाउन्डसमेत भत्काएको छ । ती कम्पाउन्ड सार्वजनिक जग्गाभित्र निर्माण गरिएका थिए । यस्तै, वडा नम्बर १० मा सडक खोल्ने क्रममा वडाध्यक्षको रोहबरमा ४ वटा घर भत्काइएको नगर प्रहरीले जनाएको छ ।

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेका छन् ।

 आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, चाँदी १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो बुधबार चाँदी प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

बसको ठक्करबाट एक जनाको मृत्यु

६ असोज, काठमाडौं । पर्यटक बसले ठक्कर दिंदा भक्तपुरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेकी छन् ।

श्रेष्ठलाई सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प १५५१ नं. को बसले बुधबार राति साढे ८ बजेतिर ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको डा. ईवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ५ ।

कपनमा भीषण आगलागी

काठमाडौँ । काठमाडौंको कपनमा भीषण आगलागी भएका छन् । कपन गुम्बाभन्दा तल आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो निभाउनका लागि सुरक्षाकर्मी र दमकल परिचालन गरिएको छ । आगो कसरी शुरु भयो भन्नेबारे यकिन गर्न नसकिएको घटनास्थलमा खटिएका एकजना सुरक्षा अधिकृतले बताए ।