अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ ।

गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभयो । गाउँपालिकाको यही असोज १२ गतेको निर्णयअनुसार नयाँ भाडादरसहित एम्बुलेन्स सञ्चालनमा आएको छ ।

गाउँपालिकाले स्थानअनुसार रु पाँच सयदेखि रु एक हजार ५०० सम्म भाडा निर्धारण गरेको छ । पाणिनी गाउँपालिका– ५, ६, ७ र ८ देखि सन्धिखर्कसम्म रु दुई हजार, पाणिनी गाउँपालिका– १, २, ३, ४ र ५ को भर्तीपुरदेखि सन्धिखर्कसम्म रु तीन हजार, पाणिनी गाउँपालिकादेखि पाल्पासम्म रु चार हजार ५००, पाणिनी गाउँपालिकादेखि पाल्पा हुँदै बुटवलसम्म रु छ हजार ५०० र पाणिनी गाउँपालिकादेखि बुटवलसम्म रु पाँच हजार ५०० भाडा तोकिएको छ । अन्य स्थानको हकमा कच्ची बाटोमा प्रतिकिलोमिटर रु ८० र पक्की बाटोमा प्रतिकिलोमिटर रु ४० भाडा तोकिएको पालिकाले जनाएको छ ।

बडा दशैंको साताै दिन,आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदै

आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याई मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । 

हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङ जिल्लाको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने परम्परा रहेको छ ।
राजतन्त्र रहुन्जेल हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्य प्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेका छन्। 


आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टीका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र हुने गर्छ ।

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्छ ।

असोज १६ गते, यस्तो छ तपाईकाे राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आज शुभकार्यको चर्चा चल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वशिष्ठ व्यक्तिको साथ पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला, तर साँझमा मन प्रसन्न रहला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सफल यात्राको योग पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज दैनिक कार्यमा सफलता पाइनेछ । राजनैतिक, सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेमसम्बन्धका लागि पनि श्रेष्ठ समय रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आज शुभ कार्यमा सरिक भईनेछ । नयाँ बिजनेश प्लान बन्नेछ । आफन्तसँग भेटघाट पनि हुनेछ, तर यातायात वा वाहनमा खर्च भने बढ्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज महिलाहरूबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । बजारको यात्रा पनि हुनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कुनै कुराले मनमा शान्ति छाउला । अचल सम्पत्तिको कारोबार हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ, तर यात्राको क्रममा सचेत रहनु पर्छ ।

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

काठमाडौं । समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

‘लगातार २४ घण्टा बसेको बैठकमा सहमति जुट्यो, सहमति अनुसारको संशोधित सूची निर्वाचनमा आयोगमा बुझाइन्छ,’ नेपाली कांग्रेसका एक पदाधिकारीले भने । सहमति कसरी जुट्यो र संशोधित सूची कस्तो बन्यो भन्ने सार्वजनिक हुन बाँकी छ ।

एक उच्च तहका नेताका अनुसार संशोधन गरिएको सूची सभापति देउवाले भनेजस्तै पनि नभएको र नेता शेखर कोइराला समूहले भने जस्तो पनि नभएको बताए ।

निर्वाचन आयोगमा यसअघि बुझाइएको समानुपातिकको बन्दसूची सच्याउन आज साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

सूची संशोधनको क्रममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम यसअघिको क्रमसंख्याभन्दा तल सारिएको एक नेताले बताए । आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो । तर तल सारेर कति नम्बरमा राखियो भन्ने कुरा भने ती नेताले खुलाएनन् ।

यसैगरी अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाको नाम बन्द सूचीबाट हटेको छ । यसअघि उनको नाम ३६ औं नम्बर थियो । शेर्पा आफैंले आफ्नो नाम सूचीबाट हटेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले बन्दसूचीमा असहमति जनाउँदै संशोधनका लागि दबाव दिएको थियो । यसअघि नेपाली कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेका थिए । ती १३ जनालाई कम प्राथमिकता दिएर पुछारतिर राखिएपछि कोइराला पक्ष रुष्ट थियो ।

कांग्रेस पदाधिकारीहरुकाे बैठक बालुवाटारमा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छन् । नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सूचीलगायतका विषयमा सम्वोधन गर्नका लागि बैठक बसेका छन् ।

संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्वोधन नगरी संसोधित नामावली बुझाए पछि दुवै पक्षबीच रस्साकस्सी चलिरहेको छ ।

संस्थापन पक्षले भने कोइराला समुहले बुझाएको सुचीको ३५ प्रतिशत भन्दा बढी समावेश गरेर बन्द सूची बुझाएको दावी गर्दैै सहमतिमा आउन आग्रह गरिरहेको छ ।

इन्डोनेसिया: फुटबल रङ्गशालामा भागदौड हुदा झन्डै १३०को मृत्यु

हुलदङ्गा मच्चाइरहेका फुटबल समर्थकहरूमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि इन्डोनेसियाको एउटा फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १२९ जनाको ज्यानको गएको छ।

अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्।

खेल सकिएको सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गरिरहेका भिडिओ फुटेज इन्टरनेटमा सार्वजनिक भएका छन्।

प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको थियो।

जसले गर्दा भागदौड मच्चियो र मानिसहरू निसासिन पुगेको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताए।

ज्यान गुमाउने मध्ये दुई जना प्रहरी अधिकारी रहेको उनले जानकारी दिए।

मृतकमध्ये ३४ जनाको रङ्गशाला भित्रै निधन भएको थियो भने बाँकीको अस्पतालमा निधन भएको थियो।

ूउनीहरू एउटै बाहिरिने विन्दुमा गए। त्यहाँ ठूलो भिड भयो र अक्सिजनको अभावले गर्दा सास फेर्न गाह्रो हुने अवस्था आयो, अफिन्टाले बताए।

कतार विश्वकपको समयमा आवासलाई लिएर फुटबल समर्थकहरू किन चिन्तित ?
कतार विश्वकप फुटबलः कसरी अरूभन्दा फरक ?
सामाजिक सञ्जालका भिडियोमा मृतकको शव भुइँमा रहेको देखिन्छ।

इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले ४० हजार मानिस अटाउने उक्त रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेको बताएका छन्।

दसैँ–तिहारसँगै डुङ्गा व्यवसायी व्यस्त

पोखरा । वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन् ।

कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो । चाडपर्व सुरु भएसँगै बाक्लिएको पर्यटकको घुइँचोले उनीहरूमा आशा जगाएको छ । तीमध्ये डुङ्गा चालकहरू पनि आयआर्जन बढ्नेमा ढुक्क छन् । कोरोना मत्थर भएसँगै पोखरामा पर्यटकको सङ्ख्या बढेको डुङ्गा चालक चिजमान गुरुङले बताउनुभयो । पोखरा आएका पाहुना फेवाताल पुगेर डुङ्गा सयर गर्ने उहाँको भनाइ थियो । यसरी फेवातालमा डुङ्गा चढ्ने पाहुनाका कारण आफ्नो आम्दानी बढेको गुरुङले जानकारी दिनुभयो । “कोरोनाको बेलामा त सुक्को पैसा कमाइएन, जहान बच्चा पाल्न पनि धौधौ थियो”, उहाँले भन्नुभयो, “कोरोना घटेपछि पाहुना आएर डुङ्गा चढ्नुहुन्छ अलिअलि भए पनि कमाइएको छ ।” पहिले दैनिक रु एक हजार पाँच सयसम्म आम्दानी गर्नुहुने गुरुङले अहिले दैनिक रु आठ सयसम्म कमाउनुहुन्छ ।

पोखरा आएपछि फेवातालमा डुङ्गा सयर नगरी फर्कनै मन नलाग्ने स्याङ्जाबाट पोखरा घुम्न आउनुभएका समिर मानन्धरले बताउनुभयो । गएको दुई वर्ष कोरोनाले गर्दा घुम्न नपाएको बताउनुहुने उहाँ दसैँ बिदाको मेसोमा पोखरा आउनुभएको हो । पोखरा आएलगत्तै सिधै फेवाताल पुगेर डुङ्गा चढी बाराही मन्दिरको दर्शन गरी फर्किएको उहाँले सुनाउनुभयो ।

चाडपर्वको आगमनसँगै पर्यटक पोखरा आउन थालेको फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । पोखरा आएका पर्यटक फेवातालमा डुङ्गा चढ्न हुरुक्कै गर्ने कारण डुङ्गा चालक व्यस्त हुन थालेको उहाँको भनाइ छ ।

फेवातालका आठवटा घाटबाट डुङ्गा सञ्चालन हुने गर्छ । अहिले ती सबै घाटका डुङ्गा चालक बिहानदेखि बेलुकासम्मै व्यस्त हुन थालेको अध्यक्ष गिरीले जानकारी दिनुभयो । बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा सात सय २६ वटा डुङ्गा छन् । ती डुङ्गा चलाउने २५ जना महिला छन् भने बाँकी सबै पुरुष छन् । त्यसमा पनि युवाहरूको सङ्ख्या धेरै रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

पर्यटकले तोकिएको भन्दा बढी भाडा लिएको गुनासो गर्न थालेपछि फेवा डुङ्गा व्यावसायी सङ्गठनले अनुगमन समिति पनि बनाएको छ । अनुगमन समिति गठन भएर निरीक्षण गर्न थालेपछि पर्यटकको गुनासोमा कमी आएको अनुगमन टोलीको संयोजक प्रितम कुँवरले बताउनुभयो । “बाराहीघाटबाट बाराही मन्दिरसम्म पुगेर फर्केको रु ६० भाडा हो तर, यहाँ चालकले मनोमानी पैसा लिएको भन्ने गुनासो आउन थाल्यो”, कुँवरले भन्नुभयो, “यसका लागि हामी अनुगमनमा निस्कन्छौँ, त्यस्तो भेटिए तत्काल कारबाही गर्छौँ ।”

दसैँको आगमनसँगै पोखरामा आन्तरिक पर्यटकको आगमन बढेकाले डुङ्गा व्यवसायी र चालक खुसी भएको कुँवरले बताउनुभयो । पोखरा आएका आन्तरिक तथा केही बाह्य पर्यटकले डुङ्गा चढ्ने गरेको उहाँले जानकारी दिनुभयो । सोही कारण फेवातालका डुङ्गा व्यवसायी तथा चालकले आम्दानी बढ्ने आशा गरेका छन् ।

यात्रु मार्कामा, काउन्टरमा टिकट अभाव देखाउँदै बाहिर बार्गेनिङमा रिजर्भ बस सञ्चालन

काठमाडौँ । दसैँमा घर जान बसको टिकट बुकिङका लागि एक जना बिहीबार गौशालास्थित टिकट काउन्टर पुगे तर, जाने टिकट पाएनन् । उनको परिवार अब रिजर्भ बसमा जाने तयारीमा छ ।

मध्यपुर थिमि बस्ने पराजुलीले भाडाबापत २ हजार ५ सय रुपैयाँ तिर्नुपरेको बताइन् । जबकि सरकारले काठमाडौँ–विराटनगरको सार्वजनिक बस भाडा १ हजार ५ सय ४८ रुपैयाँ तोकेका छ न्। ‘काउन्टरमा टिकट अभाव देखाउँछन्, बाहिर बार्गेनिङमा व्यवसायीले रिजर्भ बस सञ्चालन गरिरहेका छन्,’ उनले भनिन्, ‘चाडपर्वको मौकामा यात्रुलाई खुल्लम-खुला ठगी भइरहेको छ ।’

कैलाली धनगढीका शंकर तिमिल्सेनाको गुनासो पनि उस्तै छ । दसैँका लागि घर फर्किन उनी शुक्रबार कलंकीस्थित टिकट काउन्टर पुगे । शंखमूल बस्ने तिमिल्सेनाले टिकट सकिसकेको जवाफ पाए । ‘रिजर्भमा जाने भए मिलाइदिउँला भन्छन्,’ उनले भने, ‘टिकट काउन्टरबाटै बार्गेनिङ चलेको छ, झन्डै दोब्बर भाडा तिरेर घर जाँदै छु ।’ तिमिल्सेनाले धनगढीका लागि प्रतिव्यक्ति ३ हजार २ सय रुपैयाँ तिर्ने गरी आइतबारका लागि सिट रिजर्भ गरेका छन् । सरकारले काठमाडौं धनगढीका लागि १ हजार ९ सय ६२ रुपैयाँ मात्र भाडा तोकेको छ ।

यी दुई घटना त उदाहरण मात्र हुन् । दसैँमा घर फर्किन खोज्ने यात्रुहरूले दिनैपिच्छे टिकट काउन्टर धाउँदा पनि टिकट पाउनै नसकेको गुनासो छ । टिकट पाए पनि बढी भाडा तिर्नुपरेको बताएका छन् । बस व्यवसायीहरूले टिकट अभाव देखाउँदै दोब्बर भाडा लिएर रिजर्भमा यात्रुलाई ओसार्ने गरेका हुन् । यातायात व्यवस्था विभागले दसैंलाई लक्ष्य गरेर यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरेको छ । यही मौका छोपेर व्यवसायीले यात्रुलाई मर्कामा पारेको गुनासो छ । चाडपर्वकै बेला यात्रुहरू मर्कामा पर्दासमेत सरोकारवाला निकाय भने मौन देखिन्छन् ।

यातायात व्यवसायी भने यात्रु सहायताकै लागि रुट परमिट खुला गरेको र यात्रुले रिजर्भमा सवारीसाधन छनोट गर्न सक्ने जनाएका छन् । ‘क्युको सार्वजनिक यातायात सीमित भएकै कारण दसैं लक्षित रुट परमिट खुला गरिएको छ,’ यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, ‘यात्रुले आफ्नो रोजाइअनुसार नै गाडी रिजर्भ गरेर घर फर्किरहनुभएको छ ।’

सरकारले तोकेकै मूल्यमा टिकट उपलब्ध गराउँदै आएको सिटौलाको दाबी छ । अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिहरूबाट टिकट नलिन उनको सुझाव छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ सुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ । बिहीबार ७१ हजार ७ सय यात्रुले उपत्यका छाडेकामा शुक्रबार उपत्यका छाड्नेको संख्या ८४ हजार नाघेको कार्यालयका सहप्रवक्ता एसपी अवदेश विष्टले बताए । शनिबार त्यसको तुलनामा दोब्बर ९दुई लाख० बढीले उपत्यका छाडेका छन् । रिजर्भमा जाने र निजी सवारीमा जानेको संख्या यकिन नभएको एसपी विष्टले बताए । ट्राफिक प्रहरीका अनुसार असोज १० ९सोमबार० मा ८ हजार सात सय २९ वटा सवारीसाधनमा ४५ हजार ८ सय २३ यात्रु काठमाडौँ उपत्यका भित्रिएका थिए भने ८ हजार ९ सय ४ सवारीसाधनमा ६० हजार ८ सय ४१ यात्रु उपत्यकाबाट बाहिरिएका थिए । मंगलबार ८ हजार ४ सय २७ सवारीसाधनबाट ४५ हजार ३३ यात्रु भित्रिएकोमा ९ हजार एक सय ६१ सवारीसाधनबाट ६२ हजार ४ सय ३२ यात्रु बाहिरिएको अभिलेख छ ।

यस्तै, बुधबार ९ हजार ९ सवारीसाधनबाट ४५ हजार २ सय ६० यात्रु भित्रिएकामा १० हजार ८६ सवारीसाधनबाट ७१ हजार ७ सय ६३ यात्रु बाहिरिएको एसपी विष्टले जानकारी दिए । बिहीबार ८ हजार २३ सवारीसाधनमार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार २ सय १९ सवारीसाधनमार्फत ७४ हजार ३ सय ६२ यात्रु बाहिरिए । शुक्रबार भने ७ हजार ४ सय ६० सवारीमार्फत ३७ हजार ३ सय ४० यात्रु भित्रिँदा १० हजार २ सय ६७ सवारीसाधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्यांक ट्राफिक प्रहरीको छ । ट्राफिक प्रहरीले निजी र रिजर्भको सवारी संख्याको भने तथ्यांक राखेको छैन । सार्वजनिक भन्दा दोब्बरको संख्यामा रिजर्भ तथा निजी सवारीसाधनमा यात्रु घर फर्किएको ट्राफिक प्रहरी कार्यालयको अनुमान छ ।

नाकामा विशेष जाँच
ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्ष्य गरी काठमाडौं उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वका अवसरमा सवारीसाधनबाट हुन सक्ने ठगी रोक्न र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न विशेष जाँच गर्न लागेको जनाएको छ । उपत्यकाका मुख्य नाका थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बाइपास, बालाजुलगायत स्थानमा जाँच हुने एसपी विष्टले जानकारी दिए ।

यस्तै, उपत्यकाका विभिन्न ३५ स्थानमा नियमित जाँच, मादक पदार्थ सेवन ९मापसे० जाँच, सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिने भएको छ । ट्राफिक प्रहरीले क्षमताभन्दा बढी र छतमा यात्रु तथा मालसामान राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउने भएको छ ।

चालकको अवस्था जाँच गर्ने, सुरक्षा सचेतनासम्बन्धी कार्यक्रम गर्ने, सवारीसाधनमा जिंगल बनाएर सुनाउने, बढी भाडा लिने सवारीसाधनलाई कारबाही गर्ने र लागूपदार्थ सेवन जाँच गर्ने एसपी विष्टले बताए ।

यात्रुको गुनासोका आधारमा ट्राफिक प्रहरीले ६१ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो, जसअन्तर्गत दुई जनालाई अभद्र व्यवहार कसुरमा मुद्दा चलाइएको छ ।

समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाउने आज अन्तिम दिन

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीमा सहभागी हुन बन्दसूची बुझाएका दलहरुले आज साँझसम्म संशोधित सूची बुझाइ सक्नुपर्नेछ। निर्वाचन कार्यतालिका अन्तर्गत दलहरुले असोज २ र ३ गते आयोगमा समानुपातिकको बन्दसूची बुझाएका थिए। समानुपातिकतर्फ ४८ दल दर्ता भएकामा हिजोसम्म ३६ दलले संशोधित बन्दसूची बुझाइसकेका छन्। बाँकी १२ दललाई आजसम्ममा संशोधित बन्दसूची बुझाउन आयोगले पत्राचार गरेको छ।

हिजो नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले संशोधित सूची बुझाइसकेका छन्। संशोधित सूचीमा नाम परेका उम्मेदवारहरुले नाम फिर्ता लिन चाहेमा भोलि असोज १७ गते बिहान १० देखि १२ बजेसम्म निवेदन दिने र भोलि नै दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने कार्यसूची छ।

यस्तै असोज २० देखि २२ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सम्बन्धित समूहको अर्को उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यतालिका छ। असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका छन्।

हत्या आरोपमा एक जना पक्राउ

कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् । शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई सुतिरहेको अवस्थामा राति १० बजे चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ । हत्यापछि खुकुर लिएर भाग्दै गरेको अवस्थामा प्रहरीले माझीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले बताउनुभयो ।

पारिवारिक विवादका कारण आमा र काकाको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

दशैंमा काठमाडौं महानगरमा नि:शुल्क एम्बुलेन्स सेवा

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैंमा निःशुल्क एम्बुलेन्स सेवा दिने भएका छन् ।

महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।

डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दशैं अवधिमा महानगरले नागरिकका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेका छन् ।

डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ । एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् ।

साथै दशैं अवधिमा महानगरमा ५५८ स्वयमसेवक खटाइनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् ।